बूढानीलकण्ठ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३
बूढानीलकण्ठ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३
नेपाल राजपत्रमा प्रकाशित मिति
२०५४।२।६
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
देहायको आदेश जारी गरेको छ ।
बूढानीलकण्ठ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३
नेपाल राजपत्रमा प्रकाशित मिति
२०५४।२।६
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले
देहायको आदेश जारी गरेको छ ।
१. संक्षिप्त नाम र प्रारम्भ
(१) यस आदेशको नाम “बूढानीलकण्ठ क्षेत्र विकास समिति (गठन) आदेश, २०५३” रहेको छ ।
(२) यो आदेश तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा
विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस आदेशमा, –
(क) “समिति” भन्नाले दफा ३ बमोजिम गठित बूढानीलकण्ठ क्षेत्र विकास समिति सम्झनु पर्छ ।
(ख) “बूढानीलकण्ठ क्षेत्र” भन्नाले काठमाडौं जिल्ला अन्तर्गत देहायका क्षेत्रहरू सम्झनु पर्छ । ९ज्ञ० पूर्व– चपली भद्रकाली गाउँ विकास समितिको वडा नं. ५ को वागद्वार नागी गुम्बा, सोही गाउँ विकास समितिको वडा नं. ३ को देवीडाँडा, तौलुङ्ग जाने मूल सडकबाट सतरूद्रेश्वर र नौलिङ्गेश्वर भद्रकालीसम्म । ९द्द० पश्चिम– विष्णु बूढानीलकण्ड गाउँ विकास समितिको वडा नं. ६ को साँधमा पर्ने टोखा चण्डेश्वरी भगवती मन्दिरसम्म । ९घ० उत्तर– विष्णु बूढानीलकण्ठ गाउँ विकास समितिको वडा नं. ७ को टोखा स्वास्थ्य निवास जाने बाटो हुँदै विष्णु पादुका मन्दिर र चपली भद्रकाली गाउँ विकास समितिको वडा नं. ५ को सतरूद्रेश्वर महादेव मन्दिरसम्म ।
९द्ध० दक्षिण– चपली भद्रकाली गाउँ विकास समितिको तौलुङ्ग जाने बाटो हुँदै विष्णु बूढानीलकण्ठ गाउँ विकास समितिको वडा नं. २ हुँदै गङ्गादेव मन्दिर हुँदै खड्का भद्रकाली गाउँ विकास समितिको वडा नं. ३ र ५ को धरमपुर र खड्का भद्रकाली मन्दिर जाने बाटोसम्म ।
(ग) “अध्यक्ष” भन्नाले समितिको अध्यक्ष सम्झनु पर्छ ।
(घ) “सदस्य” भन्नाले समितिको सदस्य सम्झनु पर्छ र सो शब्दले समितिको अध्यक्ष र सदस्य–सचिव समेतलाई जनाउँछ ।
(ङ) “कार्यकारी निर्देशक” भन्नाले दफा ६ बमोजिम नियुक्त कार्यकारी निर्देशक सम्झनु पर्छ ।
(च) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस आदेश अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
३. बूढानीलकण्ठ क्षेत्र विकास समितिको गठन
(१) बूढानीलकण्ठको सामाजिक, आर्थिक, धार्मिक र साँस्कृतिक विकास गर्न बूढानीलकण्ठ क्षेत्र विकास समिति नामक एउटा समितिको गठन हुनेछ ।
(२) उपदफा (१) बमोजिमको समितिमा देहायका सदस्यहरू रहनेछन् ः–
(क) नेपाल सरकारले तोकेको व्यक्ति – अध्यक्ष
(ख) बूढानीलकण्ठ क्षेत्रसंग सम्बन्धित समाजसेवी, बुद्धिजीवी तथा प्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले मनोनीत गरेका
पाँच जना व्यक्तिहरू – सदस्य
(ग) प्रतिनिधि, वन तथा भू–संरक्षण मन्त्रालय – सदस्य
(घ) प्रतिनिधि, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय – सदस्य
(ङ) प्रतिनिधि, अर्थ मन्त्रालय – सदस्य
(च) प्रतिनिधि, युवा खेलकूद तथा संस्कृति मन्त्रालय – सदस्य
(छ) प्रतिनिधि, गृह मन्त्रालय – सदस्य
(ज) प्रतिनिधि, भूमिसुधार तथा व्यवस्था मन्त्रालय – सदस्य
(झ) प्रतिनिधि, आवास तथा भौतिक योजना मन्त्रालय – सदस्य
(ञ) प्रतिनिधि, शिक्षा मन्त्रालय – सदस्य
(ट) प्रतिनिधि, राष्ट्रिय योजना आयोग – सदस्य
(ठ) प्रतिनिधि सभा सदस्य, काठमाडौं क्षेत्र नंं. ३ – सदस्य
(ड) प्रतिनिधि, काठमाडौं महानगरपालिका – सदस्य
(ढ) अध्यक्ष, विष्णु बूढानीलकण्ठ गाउँ विकास समिति – सदस्य
(ण) कार्यकारी निर्देशक – सदस्य–सचिव
(३) अध्यक्ष तथा मनोनीत सदस्यहरूको पदावधि चार वर्षको हुनेछ र निजहरू पुनः मनोनीत हुन सक्नेछन् ।
(४) नेपाल सरकारले आवश्यक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी समितिका सदस्यहरूमा आवश्यक थपघट वा हेरफेर गर्न सक्नेछ ।
(५) समितिले आवश्यकता अनुसार अन्य स्वदेशी तथा विदेशी व्यक्तिहरूलाई समितिको बैठकमा पर्यवेक्षकको रूपमा भाग लिन आमन्त्रण गर्न सक्नेछ ।
४. समितिकोे काम, कर्तव्य र अधिकार
समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) बूढानीलकण्ठ क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रमहरू स्वीकृत गरी कार्यान्वयन गराउने ।
(ख) बूढानीलकण्ठ क्षेत्रभित्रको सामाजिक, आर्थिक, धार्मिक तथा साँस्कृतिक विकासको निमित्त त्यस क्षेत्रभित्रका प्राचीन, धार्मिक, साँस्कृतिक, मठ मन्दिर, धर्मशाला, विहार, सरोवर वा यस्तै प्रकारका ऐतिहासिक महत्वका वस्तुहरूको विकास,
अन्वेषण अनुसन्धान गर्ने र त्यसको अभिलेख राख्ने तर यस्तो कार्य गर्दा स्वीकृति लिनु पर्ने निकायको पूर्व स्वीकृति लिनु पर्नेछ ।
(ग) बूढानीलकण्ठ क्षेत्रको विकास सम्बन्धी योजना तथा कार्यक्रम कार्यान्वयन गर्नको लागि नेपाल सरकार, विदेशी सरकार, राष्ट्रिय वा अन्तर्राष्ट्रिय संघ संस्था वा व्यक्तिसंग सम्पर्क र समन्वय गर्ने ।
(घ) बूढानीलकण्ठ क्षेत्रभित्र पर्ने पर्यटकीय क्षेत्रको विकास गर्ने
(ङ) बूढानीलकण्ठ क्षेत्रभित्र कुनै स्थान विशेषको महत्व, गरिमा, मान्यता र सम्बेदनशीलतालाई ध्यानमा राखी उक्त स्थानमा गर्न नहुने कार्यहरू तोकी निषेध र नियन्त्रण गर्ने, गराउने ।
(च) बूढानीलकण्ठ क्षेत्रभित्रको प्राकृतिक सम्पदाहरूको संरक्षण गर्ने तथा वातावरणीय सन्तुलन कायम गर्ने ।
(छ) बूढानीलकण्ठ क्षेत्रको सुव्यवस्था र विकासको लागि आवश्यक मापदण्ड तयार गरी नेपाल सरकारबाट स्वीकृति प्राप्त भएपछि लागू गर्ने ।
(ज) बूढानीलकण्ठ क्षेत्रभित्र पर्ने बाटोघाटो, पिउने पानी, शैक्षिक विकास, जनश्वास्थ्य, पुस्तकालय तथा अन्य आवश्यक कुराहरूको व्यवस्था र विकास गर्ने ।
(झ) बूढानीलकण्ठ क्षेत्रभित्र मनाइने विभिन्न चाडपर्व, मेला आदिको आवश्यक सुव्यवस्था गर्ने, गराउने ।
(ञ) बूढानीलकण्ठ क्षेत्रभित्रका सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट सञ्चालन हुने विकास निर्माण कार्यहरू सञ्चालन गर्ने नियकाहरू बीच समन्वय कायम गर्ने ।
(ट) बूढानीलकण्ठ क्षेत्रको विकासका लागि आवश्यक गुरु योजना तयार गरी कार्यान्वयन गर्ने ।
(ठ) बूढानीलकण्ठ क्षेत्रको महत्व दर्शाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सभा, सम्मेलन, गोष्ठी वा प्रदर्शनीको आयोजना गर्ने ।
(ड) समितिले आवश्यकता अनुसार नियमहरू बनाई स्वीकृतिको लागि नेपाल सरकारमा पेश गर्ने ।
(ढ) यस आदेश बमोजिम समितिको उद्देश्य पूर्ति गर्नको लागि गर्नु पर्ने अन्य आवश्यक कार्यहरू गर्ने, गराउने ।
५. समितिको बैठक सम्बन्धी कार्यविधि
(१) समितिको बैठक वर्षको कम्तीमा चार पटक बस्नेछ ।
(२) समितिको बैठक अध्यक्षले तोकेको मिति, समय र स्थानमा बस्नेछ र बैठक बस्ने सूचना बैठक बस्ने भन्दा कम्तीमा पन्ध्र दिन अगावै सदस्यहरूलाई दिनु पर्नेछ ।
(३) समितिको कूल सदस्य संख्याको पचास प्रतिशत सदस्यहरू उपस्थित भएमा समितिको बैठकको लागि गणपुरक संख्या पुगेको मानिने छ ।
(४) समितिको बैठकमा बहुमतको राय मान्य हुनेछ र मत बराबर भएमा अध्यक्षता गर्ने व्यक्तिले निर्णायक मत दिनेछ ।
(५) समितिको निर्णय सदस्य–सचिवले प्रमाणित गर्नेछ ।
(६) समितिको बैठकको अध्यक्षता अध्यक्षले गर्नेछ र निजको अनुपस्थितमा समितिका सदस्यहरूले आफू मध्येबाट छानेको सदस्यले बैठकको अध्यक्षता गर्नेछ ।
(७) समितिको बैठक सम्बन्धी अन्य कार्यविधि समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
६. कार्यकारी निर्देशक
९१० समितिको प्रशासकीय प्रमुखको रूपमा काम गर्न न्ेप्ँल् सरक्ँरले कार्यकारी निर्देशकको नियुक्ति गर्न सक्नेछ । ९२० कार्यकारी निर्देशकको पदावधि चार वर्षको हुनेछ । ९३० उपदफा ९२० मा जुनसुकै कुरा लेखिएको भए तापनि न्ेप्ँल् सरक्ँरले आवश्यक
देखेमा कार्यकारी निर्देशकको पदावधि समाप्त नहुँदै पदबाट हटाउन सक्नेछ । ९४० कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा न्ेप्ँल् सरक्ँरको स्वीकृति लिई समितिले तोके बमोजिम हुनेछ ।
७. समितिका कर्मचारी
(१) समितिले आवश्यकता अनुसार समितिका कर्मचारीहरू नियुक्ति गर्न सक्नेछ ।
(२) समितिका कर्मचारीहरूको पारिश्रमिक, सेवाको शर्त तथा सुविधा तोकिए बमोजिम हुनेछ ।
८. समितिको कोष ः
(१) समितिको एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् ः–
(क) नेपाल सरकारबाट प्राप्त रकम ।
(ख) कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको जिन्सी वा नगद रकम ।
(ग) अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी सरकार वा व्यक्तिबाट प्राप्त रकम ।
(घ) समितिले उपलब्ध गराएको कुनै सेवा वापत प्राप्त हुन आउने रकम ।
(ङ) समितिलाई काठमाडौं जिल्ला विकास समिति, काठमाडौं महानगरपालिका वा अन्य कुनै निकायबाट प्राप्त अनुदान
रकम ।
(च) अन्य स्रोतबाट प्राप्त रकम ।
(२) उपदफा (१) को खण्ड (ग) अन्तर्गतको रकम प्राप्त गर्नु अघि समितिले नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।
(३) समितिको कोषमा रहने रकम नेपालको कुनै बैंकमा खाता खोली जम्मा गरिने छ ।
(४) समितिको नामबाट गरिने सबै खर्च उपदफा (१) बमोजिमको कोषबाट ब्यहोरिनेछ ।
(५) समितिको खाता सदस्य–सचिव र अध्यक्ष वा निजले तोकेको सदस्यको संयुक्त दस्तखतबाट सञ्चालन हुनेछ ।
९. लेखा र लेखा परीक्षण
(१) समितिको आय–व्ययको लेखा प्रचलित कानून बमोजिम राख्नु पर्नेछ ।
(२) समितिको लेखा परीक्षण महालेखा परीक्षकको विभाग वा सो विभागबाट तोकेको लेखा परीक्षकबाट हुनेछ ।
(३) नेपाल सरकारले समितिको आय–व्ययको लेखा, तत् सम्बन्धी कागजात र अरू नगदी, जिन्सी जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।
१०. उपसमिति वा कार्यटोली गठन गर्न सक्ने
(१) समितिले यो आदेश र यस आदेश अन्तर्गत बनेको नियम बमोजिम आफूले गर्नु पर्ने काम गर्न, गराउनको निमित्त आवश्यकता अनुसार उपसमिति वा कार्यटोलीहरू गठन गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गठन हुने उपसमिति वा कार्य टोलीहरूको काम, कर्तव्य, अधिकार तथा कार्यविधि समितिले तोके बमोजिम हुनेछ ।
११. बैठक भत्ता तथा अन्य सुविधा
सदस्यहरूले तोकिए बमोजिम बैठक भत्ता तथा सुविधा पाउनेछन् ।
१२. अधिकार प्रत्यायोज
समितिले आफूलाई प्राप्त अधिकार मध्ये केही वा सबै अधिकार आवश्यकता अनुसार अध्यक्ष, सदस्य, सदस्य–सचिव वा समितिको कुनै अधिकृतस्तरको कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
१३. नेपाल सरकारसंग सम्पर्क
समितिले नेपाल सरकारसंग सम्पर्क राख्दा युवा, खेलकूद तथा संस्कृति मन्त्रालय मार्फत राख्नु पर्नेछ ।
१४. समितिको कार्यालय
समितिको मुख्य कार्यालय विष्णु बूढानीलकण्ठ गाउँ विकास समितिमा रहनेछ र आवश्यकता अनुसार अन्य स्थानमा पनि सम्पर्क कार्यालयहरू रहन सक्नेछन् ।
१५. नियम बनाउने अधिकार
समितिले यस आदेशको उद्देश्य पूर्तिको लागि आवश्यक नियमहरू बनाउन सक्नेछ र नेपाल सरकारबाट स्वीकृत भएपछि मात्र त्यस्तो नियमहरू लागू हुनेछन् ।