Skip to contentSkip to left sidebar Skip to footer

राष्ट्रिय खेलकुद नीति, २०६७

१. प्रस्तावना

१. प्रस्तावना

नेपालको खेलकुद क्षेत्रलाई विश्वव्यापी मूल्य र मान्यताअनुसार विकास तथा विस्तार गर्न खेलकुदको सांगठनिक ढा“चामा समय सापेक्ष सुधार गर्न सरकारी, गैरसरकारी एवं निजी क्षेत्रका खेलकुद संस्थाबीच समन्वय, सहकार्य एवं साझेदारीको वातावरण सिर्जना गरी खेलकुदलाई जनजीवनको अभिन्न अंग बनाउन, शारीरिक, मानसिक, वौद्धिक र नैतिक क्षमतायुक्त मानव संसाधनको विकास गरी खेलकुदलाई रोजगारीमूलक व्यवसायको रूपमा स्थापित गर्न, अनुशासित र मर्यादित समाज बनाउन तथा खेलकुद कार्यक्रमलाई स्थानीय तहदेखि नै सञ्चालन गरी “सबैको लागि खेलकुद” भन्ने अभियानलाई साकार पार्न वाञ्छनीय भएकोले यो राष्ट्रिय खेलकुद नीति, २०६७ जारी गरिएको छ ।

२. दीर्घकालीन सोच र लक्ष्य

२. दीर्घकालीन सोच र लक्ष्य

(१) दीर्घकालीन सोचः

सबैका लागि खेलकुदको माध्यमबाट स्वस्थ र तन्दुरुस्त, अनुशासित जनशक्ति तयार गर्नु तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक हासिल गरेर मुलुकको प्रतिष्ठा अभिवृद्वि गरी खेलकुद क्षेत्रमा नेपाललाई सशक्त राष्ट्रको रूपमा स्थापित गर्नु यस राष्ट्रिय खेलकुद नीतिको दीर्घकालीन सोच हुनेछ ।

(२) लक्ष्यः

(क) सुस्वास्थ्य र तन्दुरुस्तीका लागि सबै उमेर समूहका व्यक्तिलाई खेलकुदमा व्यापक सहभागिताका निमित्त प्रोत्साहित गर्ने,
(ख) खेलाडीहरूलाई पर्याप्त अनुभव र अवसर प्रदान गर्न स्थानीय स्तरदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म खेलकुदका कार्यक्रमहरू व्यापक रूपमा आयोजना गर्ने,
(ग) अन्तर्राष्ट्रिय खेलहरूमा नेपालले उत्कृष्ट नतीजा तथा उपलब्धि हासिल गर्ने अभियानमा खेलप्रेमी लगायत सबैको सहभागिता अभिवृद्धि गर्ने ।

३. उद्देश्य

३. उद्देश्य

(१) राष्ट्र निर्माण एवं राष्ट्रिय बिकासमा खेलाडीहरूको भूमिका र सम्भाब्यताको बिकास र बिस्तार गर्ने,
(२) खेलकुदको माध्यमबाट अनुशासित तथा स्वस्थ, सक्षम जनशक्ति तयार गरी राष्ट्र निर्माणमा बल पु¥याउने,
(३) विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगिताहरूबाट सफलता हासिल गरी अन्तर्राष्ट्रिय जगतमा राष्ट्र र नेपालीको गौरव बढाउने,
(४) खेलकुदलाई नेपाली जनजीवनको अभिन्न अङ्ग बनाउने,
(५) खेलकुद विकासका लागि प्रारम्भिक थलोको रूपमा रहेका विद्यालयहरूलाई केन्द्रविन्दु बनाई प्रतिभाको खोजी, पहिचान र संरक्षण गर्ने,
(६) मनोरञ्जनात्मक, परम्परागत, साहसिक तथा खेलकुद पर्यटन उद्योगको विकास गरी राष्ट्रको आर्थिक विकासमा टेवा पु¥याउने,
(७) खेलकुदमा शिक्षा, रोजगारी र वृत्तिविकासको अवसर उपलब्ध गराउने,
(८) राष्ट्रको खेलकुद क्षेत्रको व्यापक विकास तथा विस्तार गर्न खेलकुदमा निजी क्षेत्रको सहभागिता र लगानीका अवसरहरूमा वृद्धि गर्ने ।

४. नीतिहरू

४. नीतिहरू

राष्ट्रिय खेलकुद नीतिले लिएका उद्देश्यहरू हासिल गर्न देहाय बमोजिमका नीतिहरू अख्तियार गरिनेछ

(१) सबैको लागि खेलकुदको अवधारणा अनुरूप खेलकुद क्षेत्रलाई अनुशासित, मर्यादित एवं सुव्यवस्थित बनाउ“दै राष्ट्रिय विकासको महत्वपूर्ण पक्षको रूपमा स्थापित गरिनेछ ।
(२) मुलुकमा भै रहेको खेलकुदका भौतिक पूर्वाधारको संरक्षण, संवद्र्धन तथा विकास गरी नया“ पूर्वाधारको निर्माण एवं ग्रामीण भौतिक पूर्वाधारको विकास र विस्तारमा दातृ निकाय तथा स्थानीय निकायका स्रोत परिचालन गरिनेछ ।
(३) खेलकुदका भौतिक संरचना तथा पूर्वाधारहरूलाई अन्तर्राष्ट्रिय मूल्य, मान्यता तथा विधिबमोजिम परिमार्जन गरिनेछ ।
(४) प्रतिभाशाली खेलाडीहरूको खोजी गर्नुका साथै खेलाडीहरूको विकासका लागि स्थानीय र राष्ट्रियस्तरमा खेलकुद प्रशिक्षण तथा प्रतियोगिताहरू आयोजना गरिनेछ ।
(५) खेल क्षेत्रमा महिलाहरूको सहभागितालाई सुनिश्चित र मर्यादित बनाउन महिलाहरूको सहभागिता रहने खेलहरूलाई व्यवस्थित तथा व्यवहारिक बनाइने छ ।
(६) खेलकुद क्षेत्रलाई जनजीवनको अभिन्न अंगको रूपमा विकास र विस्तार गर्न विद्यालय तथा विश्वविद्यालय, परम्परागत तथा ग्रामिण, साहसिक तथा पर्यटकीय,  स्थानीय तथा प्रादेशिक, सार्वजनिक संस्था, सरकारी विभागीय निकाय तथा कर्मचारी लगायतका क्षेत्र र स्तरमा खेलकुदका कार्यक्रम तथा प्रतियोगिताहरू सञ्चालन गर्न पे्ररित गरिनेछ ।
(७) राष्ट्रको खेलक्षेत्रको विकास र विस्तारमा योगदान पु¥याउने राष्ट्रिय खेलाडी, प्रशिक्षक, खेलकर्मी तथा खेलकुदस“ग सम्वन्धित व्यक्तित्वहरूलाई निश्चित मापदण्डका आधारमा सम्मान तथा पुरस्कारको व्यवस्था मिलाइनेछ ।
(८) विशेष तथा पारा खेलकुदहरूको विकास र विस्तारमा जोड दिइनुका साथै असक्त तथा अपांगहरूको आवश्यकता र रुचि अनुसारका खेलकुदहरूमा उनीहरूको सहभागितालाई प्रोत्साहित गरिनेछ ।
(९) व्यवसायिक सीप र दक्षता हासिल गर्न सक्ने गरी खेलाडी तथा प्रशिक्षकहरूका लागि रोजगारीको सुनिश्चितता दिने कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
(१०) खेलकुदको क्षेत्रमा प्रतिवन्धित औषधि सेवन विरुद्धको चेतना अभिबृद्धि गराई प्रतिवन्धित औषधिमुक्त स्वच्छ खेल वातावरणको निर्माण गरिनेछ ।
(११) विभिन्न खेलको प्रकृति र प्रगति, लोकप्रियता, संभाव्यता, सफलताका सम्भावनाहरूका आधारमा खेलहरूको बर्गीकरण र प्राथमिकीकरण गरी उपलब्ध स्रोत र साधनको परिचालन प्रतिफलमूलक बनाइनेछ ।
(१२) बाह्रै महिना खेलकुदको लागि मौसम अनुकूल रहने हाम्रो भौगोलिक अवस्थाको लाभ लिन सकिने गरी नेपाललाई खेलकुदको थलोको रूपमा विकास गर्ने नीति लिइनेछ ।
(१३) खेलकुदको विकास र विस्तारका लागि सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संस्थाहरूको एकीकृत समन्वय र सहकार्य गर्ने दृष्टिकोणले खेलकुदको संस्थागत संरचनामा समय सापेक्ष परिमार्जन गरिनेछ ।
(१४) अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना तथा सहभागिताको उपयुक्त मापदण्ड तयार गरी निश्चित कार्यविधिका आधारमा आयोजना तथा सहभागिताको व्यवस्था मिलाइनेछ ।
(१५) खेलकुदमा प्राप्त हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग तथा त्यस को उपयोग सम्वन्धी सबै काम कारवाहीलाई पारदर्शी बनाईनेछ ।
(१६) खेलकुदस“ग सम्वद्ध विभिन्न निकायहरूका वीच समन्वय कायम गरी खेलकुद सम्वन्धी कार्यहरूमा तत् निकायहरूको काम कारवाहीलाई परिभाषित गरिनेछ ।

५ प्रमुख कार्यनीतिहरू

(५) प्रमुख कार्यनीतिहरू

(१) सबैका लागि खेलकुद

(क) खेल विधाहरूमा गुणात्मक परिणाम हासिल गर्न आवश्यक संस्थागत संयन्त्र निर्माण गरी शिक्षण संस्था, अध्ययन संस्थानहरू, स्थानीय निकाय, सार्वजनिक संस्था र निजी क्षेत्रमा समेत खेलाडीहरूको सहभागिता वृद्धि गर्ने,
(ख) सरकारी विभागीय निकायहरूमा खेलकुदको संस्थागत विकास गरी उत्कृष्ट खेलाडी उत्पादन गर्न आवश्यक वातावरणको सिर्जना गर्न सम्बन्धित निकायलाई प्रोत्साहित गर्ने,
(ग) खेलकुदमा व्यापक जनसहभागिता तथा सबै नागरिकका लागि खेलक्षेत्रको विकास र विस्तार गर्न प्रोत्साहन गर्ने,
(घ) राष्ट्रको आर्थिक विकासमा सहयोग पु¥याउन विभिन्न साहसिक, पर्यटकीय र मनोरञ्जनात्मक खेलकुद प्रतियोगिताहरूको आयोजना गर्नुका साथै ती खेलहरूको संस्थागत विकासका लागि प्रोत्साहित गर्ने,
(ङ) लै·िक समानता र खेलकुदको माध्यमबाट राष्ट्रको प्रतिष्ठा हासिल गर्न महिलाहरूको सहभागितामा वृद्धि गर्न प्रोत्साहित गर्ने,
(च) राष्ट्र विकासमा अपा· तथा सुस्तमनस्थितिका व्यक्तिहरू समेतको सिर्जनशीलतालाई ध्यानमा राख्दै उनीहरूको मनोबल वृद्धि गर्न पारा तथा विशेष खेलकुदका प्रतियोगिताहरूको आयोजना गर्ने,
(छ) निजी तथा राष्ट्रिय खेलकुद संघहरूको सक्रिय सहभागिताबाट आइस स्किइङ, आईस स्केटिङ, पारा ग्लाइडिङ, रक क्लाइम्बिङ, क्रसकन्ट्री दौड, राफ्टिङ, सरोबर नौकायन, हात्तीपोलो, गल्फ, हाई अल्टिच्यूड म्याराथन जस्ता साहसिक तथा पर्यटकीय खेलहरू र धनुका“ड, चंगा, छेलो र घु“यत्रोजस्ता परम्परागत तथा मनोरञ्जनात्मक खेलहरूको विकास तथा विस्तार गर्ने,
(ज) शहर तथा नगरका सार्वजनिक स्थल वा मैदानहरूमा सर्वसाधारण जनताका लागि सरल र उपयोगी किसिमका सामान्य शारीरिक व्यायाम, साधारण हिंडडुल (मर्निङ वाक) तथा सामान्य दौडका लागि संरचनाहरूको व्यवस्था गरी शारीरिक स्वास्थ्य प्रति जनचेतना जगाउने र सोका लागि स्थानीय क्लब, गा.वि.स., नगरपालिका तथा निजी क्षेत्रलाई परिचालन र प्रोत्साहित गर्ने,
(झ) खेलकुद मेला र ग्रामीण खेलहरूको आयोजना र सञ्चालन गर्न खेलकुदसम्बन्धी सबै संस्थाहरूलाई प्रोत्साहित गराउने,
(ञ) उद्योग, कलकारखाना र सरकारी, गैरसरकारी कार्यालयहरूमा ३० देखि ४५ मिनेटको खेल समय ९क्उयचतक ज्यगच० को व्यवस्था गर्न प्रेरित गर्ने,
(ट) वर्षको एक निश्चित दिनलाई खेलकुद दिवस तोकी विभिन्न खेलकुदका कार्यक्रमहरूको आयोजना गरी देशभरी खेलकुद चाडको रूपमा
मनाउने ।
(२) भौतिक पूर्वाधारको विकास र विस्तार
(क) हाल भइरहेका भौतिक पूर्वाधारको संरक्षण, सम्बद्र्धन तथा विकास र विस्तार
(अ) हाल विभिन्न जिल्लाहरूमा भएका खेलकुदका भौतिक पूर्वाधारहरूलाई संरक्षण र सम्बद्र्धन गर्नुका साथै ती पूर्वाधारहरूलाई आधुनिक खेलस्थलको रूपमा परिणत र विकास गर्दै लाने,
(आ) देशको लोकप्रिय तथा ख्याति आर्जन गर्न सक्ने सम्भावित खेलहरूको विकासलाई मध्यनजर राखी राष्ट्रिय वा स्थानीय स्तरमा खेलकुदका भौतिक पूर्वाधारहरूको योजनावद्ध रूपले निर्माण र विकास गर्ने,
(इ) खेलकुदका भौतिक पूर्वाधारहरूको विकास तथा निर्माण  को अवधारणा अनुसार अघि बढाउने ।
(ख) नया“ पूर्वाधारको निर्माण
(अ) आवश्यकता अनुसार अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरका सुविधायुक्त भौतिक पूर्वाधार निर्माण गर्दै जाने नीति अवलम्बन गर्ने,
(आ) जिल्लाहरूमा भौतिक पूर्वाधार सुविधा निर्माणका लागि लोकप्रिय कार्यक्रम ल्याई निजीक्षेत्रलाई प्रोत्साहित गर्ने,
(इ) गा.वि.स., नगरपालिका क्षेत्र तथा विद्यालयहरूमा खेलकुदका भौतिक पूर्वाधारहरूको व्यवस्थित विकास तथा निर्माणका लागि स्थानीय निकायहरूले गुरूयोजना निर्माण गरी कार्यान्वयन गर्ने व्यवस्था मिलाउने ।
(ग) ग्रामीण भौतिक पूर्वाधारको विकास
(अ) विभिन्न गाउ“हरूलाई सरकारी वा पर्ती जग्गाहरू उपलब्ध गराई खेलमैदान तथा अन्य भौतिक निर्माण गरी खेलकुदका गतिविधिहरू सञ्चालन गर्ने,
(आ) गा.वि.स. लाई उपलब्ध गराइएको खेल मैदानलाई मिनि  स्टेडियमको रूपमा (चार÷पा“चवटा खेलकुद विधाहरू खेल्न र सञ्चालन गर्न सकिने किसिमबाट) विकास निर्माण गर्ने र सो को लागि सरकारले आवश्यक सहयोग उपलब्ध गराउने,
(इ) दश हजार जनसंख्या भएका गाउ“हरूमा खेलकुदको भौतिक सुविधा निर्माणको लागि प्राथमिकता दिने ।
(घ) विभिन्न दातृ निकाय र मित्रराष्ट्रहरूबाट अन्तर्राष्ट्रिय मापदण्डको भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक सहयोग जुटाउने,
(ङ) गा.वि.स., नगरपालिका र स्थानीय टोलहरूका लागि आवश्यक न्यूनतम खेलमैदानका लागि चाहिने जग्गा व्यवस्था गरी त्यस्ता खेल
मैदानहरूलाई संरक्षण गर्ने,
(च) नगरविकास समिति, नगरपालिका, उपमहानगरपालिका, महानगरपालिकाको मान्यता प्रदानका लागि आवश्यक मापदण्डभित्र
खेलकुदको न्यूनतम भौतिक पूर्वाधारहरूलाई समेत समावेश गर्न कानुनी व्यवस्था गर्ने,
(छ) शिक्षण संस्था, कलेज, विद्यालय तथा विश्वविद्यालय स्थापनाका लागि न्यूनतम खेलकुदको भौतिक पूर्वाधार अनिवार्य हुनैपर्ने कानुनी व्यवस्था गर्ने ।

(३) खेलकुद प्रशिक्षण तथा प्रतियोगिता
(क) विद्यालयस्तरमा खेलकुद प्रशिक्षण तथा प्रतियोगिताहरूको आयोजना तथा सञ्चालन नियमित रूपमा गर्ने व्यवस्था मिलाउने,
(ख) विकेन्द्रीकरणको सिद्धान्तअनुसार खेलकुदको प्रशिक्षण र प्रतियोगिताहरूलाई स्थानीय र राष्ट्रियस्तरमा सञ्चालन र आयोजना गर्ने
व्यवस्था मिलाउने,
(ग) विभिन्न बृहत् खेलकुद प्रतियोगिता विद्यालयस्तर र राष्ट्रियस्तरमा आयोजना गर्ने,
(घ) प्रशासनिक तथा प्राविधिक जनशक्ति स्वदेशमा उत्पादन गर्न खेलकुद प्रशिक्षण प्रतिष्ठानको स्थापना र सञ्चालन गर्ने,
(ङ) सबैका लागि खेलकुद तथा व्यापक सहभागिता सम्बन्धी कार्यक्रम (प्रशिक्षण र प्रतियोगिता) नियमित सञ्चालन गर्न स्थानीय निकाय, क्लब, निजी , सरकारी तथा गैरसरकारी संस्थाहरूलाई प्रोत्साहित गर्ने,
(च) उदीयमान र नवप्रतिभाशाली खेलाडीहरूको खोजी, पहिचान र विकासको लागि स्थानीय र केन्द्रीयस्तरमा प्रशिक्षणको व्यवस्था मिलाउन राष्ट्रिय खेलकुद संघहरूलाई विशेष परियोजना बनाउन लगाई कार्यान्वयन गर्ने, गराउने,
(छ) अपा· तथा सुस्तमनस्थिति भएका खेलाडीहरूका लागि प्रशिक्षण, तालिम तथा प्रतियोगिताहरू सञ्चालन र आयोजना गर्ने, गराउने,
(ज) साहसिक, पर्यटकीय तथा मनोरञ्जनात्मक खेलकुद प्रतियोगिता, प्रशिक्षण र तालिमको सञ्चालन र आयोजना गर्ने, गराउने,
(झ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बृहत् खेलकुदका लागि नियमित प्रशिक्षण र प्रतियोगिता सञ्चालन गर्ने, गराउने,
(ञ) उमेरको हद, विभिन्न खेलको प्रकृति र प्रगति, क्षेत्रीय संरचना र प्रतियोगिताको स्तरको आधारमा खेलकुद प्रशिक्षण र प्रतियोगितालाई
वर्गीकरण गर्ने,
(ट) अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक प्राप्त गर्ने उच्च सम्भावना भएका खेलविधाहरूलाई प्राथमिकता दिई नियमित प्रशिक्षण सञ्चालन गर्ने,
(ठ) खेलकुद प्रतिभाहरूको खोजी, पहिचान र विकासका लागि स्थानीय र केन्द्रीयस्तरमा व्यवस्थित प्रशिक्षण दिने व्यवस्था मिलाउने,
(ड) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्यालेन्डरको आधारमा प्रशिक्षण तथा प्रतियोगिताको स्वरूप निर्धारण गरी सञ्चालन र सहभागिता गर्ने,
(ढ) प्रत्येक दुई बर्षमा अन्तर विद्यालय राष्ट्रिय बृहत खेलकुद प्रतियोगिताको आयोजना गरी प्रतिभावान युवा खेलाडीहरू पहिचान गर्ने,
(ण) अन्तर्राष्ट्रिय स्तरका पारा तथा विशेष ओलम्पिक अन्तर्गत हुने प्रशिक्षण तथा प्रतियोगिताहरूमा सहभागिता जनाउने,
(त) विद्यालयहरूमा व्यवस्थित र नियमित रूपमा खेलकुद गतिविधि सञ्चालन गर्ने, गराउने व्यवस्था गर्ने,
(थ) अन्तर्राष्ट्रिय खेलको मूल्य, मान्यता अनुसार बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता, दक्षिण एशियाली खेलकुद, एसियाली खेल तथा ओलम्पिक खेलको आयोजना र सञ्चालन तथा सहभागिताको व्यवस्था गर्ने,
(द) प्रत्येक दुई–दुई वर्षमा “बृहत राष्ट्रिय खेलकुद प्रतियोगिता” आयोजना गर्ने,
(ध) बृहत राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिनिधित्व गर्ने खेलाडीहरूको जिल्ला एवं क्षेत्रीय छनौट प्रतियोगिता तथा विशेष तयारी प्रशिक्षण सम्बन्धित खेलका राष्ट्रिय संघहरूले राष्ट्रिय खेलकुद परिषद् तथा अन्तर्गत निकायहरूको समन्वयमा गर्ने व्यवस्था मिलाउने ।
(४) खेलकुदमा महिला सहभागिता
(क) अन्तर्राष्ट्रिय आधिकारिक खेलकुद प्रतियोगिताहरूबाट पदक हासिल गरी मुलुक र नेपालीको इज्जत अभिवृद्धि गर्ने महिला खेलाडीहरूलाई रोजगारीको लागि आवश्यक पहल गर्ने,
(ख) उत्कृष्ट, उदीयमान तथा प्रतिभाशाली महिला खेलाडीहरूकालागि विभिन्न चरणका स्वदेश तथा वैदेशिक प्रशिक्षणका अवसरहरू प्रदान गरी महिला खेलाडीहरूको खेलस्तरको विकासमा सहयोग गर्ने,
(ग) खेलकुदका विभिन्न संघ–संस्थाहरू र निकायहरूमा महिलाहरूको सहभागितालाई प्रोत्साहित गर्ने,
(घ) खेलक्षेत्रमा महिला सहभागिताका लागि प्रशिक्षण, चिकित्सा, मनोविज्ञान आदि क्षेत्रका जनशक्तिहरू तयार गर्ने,
(ङ) महिला खेलकुद तथा महिला खेल विधाहरूको विस्तार गर्न विद्यालय तहदेखि नै विशेष पहल गरी संख्यात्मक एवं गुणात्मक सहभागिताको विकास गर्ने,
(च) विगतका वर्षहरूमा महिलाहरूले अन्तर्राष्ट्रिय जगतमा हासिल गरेका सफलताहरूलाई मध्यनजर राखी प्रत्येक २÷२ वर्षमा महिला खेल
महोत्सव आयोजना गर्ने,
(छ) महिलाहरूका लागि आवासीय खेलकुद सुविधाहरू स्थानीय स्तरमा स्थापना गर्न विशेष कदम चाल्ने,
(ज) विद्यालय÷ महाविद्यालय÷ विश्वविद्यालयमा महिला खेलाडीहरूको पठनपाठनका लागि निश्चित छात्रवृत्तिको कोटा छुट्ट्याइने व्यवस्था गर्ने ।
(५) प्रतिभावान खेलाडीको खोजी, पहिचान र विकास
(क) प्रतिभावान खेलाडीहरूको खोजी कार्यका लागि केन्द्रीय तहदेखि स्थानीय तहसम्म विशेष परियोजना र कार्यक्रमहरू सञ्चालन गर्ने,
(ख) स्थानीय तहमा सञ्चालित प्रतिभा विकास परियोजनाका लागि स्रोत साधन स्थानीय खेलकुद निकायबाट जुटाउने,
(ग) प्रतिभावान खेलाडीहरूका लागि विशेष खेलकुद विद्यालयको व्यवस्था गर्ने ,
(घ) प्रतिभा विकास परियोजनाका लागि सरकारलगायत स्थानीय निकायले आर्थिक र प्राविधिक सहयोग पु¥याउने,
(ङ) क्षेत्रीय विशेषता र मौलिकता भएको खेलविधाको परियोजना सञ्चालन गर्ने,
(च) बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आएका प्रतिभावान् खेलाडीलाई केन्द्रस्तरको प्रतिभा विकास परियोजनामा समावेश गर्ने ।
(६) परम्परागत तथा ग्रामीण खेलकुद
(क) उपयुक्त संयन्त्र निर्माण गरी परम्परागत खेलहरूको नियमहरू बनाई प्रतियोगिता आयोजना गरी विकास र विस्तार गर्ने,
(ख) राष्ट्रिय एवं स्थानीय स्तरमा गोष्ठी, सेमिनार, अन्तरक्रियाहरू आयोजना गरी खेलको प्रवद्र्धन गर्ने,
(ग) परम्परागत खेलका प्रतियोगिताहरू नियमित रूपमा आयोजना र सञ्चालन गर्ने जनजाति, सम्प्रदायहरूलाई सम्मान एवं पुरस्कारको व्यवस्था गर्ने,
(घ) नेपालमा खेलिने परम्परागत खेलहरूको अध्ययन एवं अनुसन्धान गर्न परम्परागत खेल स्रोत केन्द्र को स्थापना गर्ने,
(ङ) राष्ट्रिय परम्परागत खेल महोत्सव आयोजना गर्र्ने ।
(७) ग्रामीण खेलकुद
(क) प्रत्येक गाउँ विकास समितिलाई आफ्नो गाउ“mमा ग्रामी ण खेलहरूको उचित सरंक्षण र विकासका लागि विशेष ध्यान दिन र ती खेलहरूको खेल नियमहरूको विकास गरी विभिन्न स्तरका प्रतियोगिताहरूको आयोजना गर्न प्रेरित गर्ने,
(ख) गाउ“ विकास समितिलाई सरकारबाट प्राप्त हुने अनुदान रकमबाट केही निश्चित प्रतिशत रकम ग्रामीण खेलकुद विकासका लागि खर्च गर्न उत्प्रेरित गर्ने,
(ग) नेपालको ग्रामीण तथा परम्परागत खेलहरूमा सर्वसाधारणको सहभागिता वृद्धि गर्न यस खेलका नियमहरूलाई पुनः परिमार्जन तथा आवश्यकता अनुसार संशोधन गर्ने र यसका लागि नियमित प्रशिक्षण तथा सञ्चालन गर्न स्थानीय स्तरबाट आर्थिक स्रोत जुटाउने ।
(घ) प्रत्येक तीन वर्षमा राष्ट्रिय ग्रामीण खेलकुद आयोजना गर्ने,
(ङ) ग्रामीण तथा परम्परागत खेल विकासका लागि खेलकुदका क्लवहरूलाई प्रोत्साहित गर्ने र ती खेलहरूमा सबैलाई सहभागी गराई खेल्न अभिप्रेरित गर्ने,
(च) प्रत्येक वडा–वडामा खेलकुद आयोजना गर्न वडा समिति एवं क्लबहरूलाई प्रोत्साहित गर्ने,
(छ) स्थानीय र केन्द्रस्तरीय ग्रामीण खेलकुद प्रतियोगिताहरूको व्यवस्था गर्ने,
(ज) गाउँहरूमा पहिचान गरिएका खेलका प्रतिभावान खेलाडीहरूलाई विशेष प्रशिक्षणको व्यवस्था स्थानीय निकायहरूबाटगर्ने तर्फ पहल गर्ने,
(८) जिल्ला विकास समिति÷नगरपालिका÷गाउ“ विकास समितिमा खेलकुद
(क) फिटनेश फर अल जस्ता जनचासोका खेलकुद कार्यक्रमलाई वडा– वडासम्म विस्तार गर्ने,
(ख) जिल्ला विकास समिति, नगरपालिका एवं गाउ“ विकास समितिबीच खेलकुद प्रतियोगिताहरूको नियमित आयोजना गर्न प्रोत्साहित गर्ने,
(ग) जिविस, नगरपालिका एवं गाविसहरूले खेलकुदसम्बन्धी संस्था तथा क्लबहरू खोल्ने व्यवस्था मिलाउने,
(घ) प्रतिभाशाली राष्ट्रिय खेलाडीहरूको संरक्षणका लागि स्थानीय स्तरमा नै रोजगारीको व्यवस्था मिलाउन विशेष पहल गर्ने,
(ङ) खेलकुदका भौतिक पूर्वाधारहरूको निर्माण र विकासका लागि जिल्ला, नगर र गाउ“ विकास समितिहरूलाई सरकारले विशेष सहयोग र
प्रोत्साहन गर्ने ।
(९) हाई अल्टिच्युड ट्रेनिङ
(क) विदेशमा रहेका हाई अल्टिच्युड ट्रेनिङ सेन्टरहरूस“ग समन्वय र सहकार्य गरी देशमा हाई अल्टिच्युड ट्रेनिङ सेन्टरको स्थापना गरी यसको समयानुसार उचित विकास तथा विस्तार गर्ने,
(ख) हाई अल्टिच्युड ट्रेनिङबारे राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्न विभिन्न तालिम, सेमिनार, गोष्ठी तथा अन्तरक्रियाको आयोजना गर्ने,
(ग) हाई अल्टिच्युड ट्रेनिङ सेन्टरहरूको विकास तथा प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तर मा सेमिनार तथा गोष्ठीहरू सञ्चालन गर्ने ।
(१०) खेलकुद र पर्यटन
(क) उपयुक्त संयन्त्र निर्माण गरी साहसिक तथा पर्यटकीय खेलको प्रशिक्षण र तालिमको व्यवस्था मिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा
प्रतियोगिताहरूको आयोजना गरी पर्यटकहरूलाई मुलुकमा भित्र्याउने,
(ख) साहसिक तथा पर्यटकीय खेलकुदका आवश्यक खेल सामग्रीहरू न्यूनतम भन्सार शुल्कमा झिकाउन सक्ने व्यवस्था मिलाउने,
(ग) प्रत्येक ३÷३ वर्षमा नेपालमा माउन्टेन स्पोर्टस् फेस्टिबल आयोजना गर्ने,
(घ) साहसिक तथा पर्यटकीय खेलहरूको दिगो विकासका लागि तत्कालीन, अल्पकालीन एवं दीर्घकालीन योजना बनाई आवश्यक पूर्वाधारहरूको निर्माण गर्न प्रोत्साहित गर्ने,
(ङ) साहसिक तथा पर्यटकीय खेलहरूको विकास र विस्तार गर्न विभिन्न नौलो विधाहरूसमेत पहिचान गरी ती खेलहरूलाई समावेश गराउने
क्रममा माउन्टेन रन, रक क्लाइम्बिङ र माउन्टेन क्लाइम्बिङलाई समेत पर्यटकीय खेलको रूपमा समावेश गर्ने,
(च) साहसिक पर्यटन खेलकुदको अनुसन्धान गर्न रिसोर्स सेन्टरको स्थापना गरी नेपाललाई विश्वकै साहसिक पर्यटन खेलकेन्द्रको रूपमा विकास गर्न पहल गर्ने ।
(११) सरकारी विभागीय निकायहरूमा खेलकुद
(क) नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा अन्य सुरक्षा निकायमा खेलकुदको भौतिक पूर्वाधार विकास गर्न प्रोत्साहित गर्ने,
(ख) सरकारी विभागीय टोलीका लागि आ–आफ्नै दक्ष प्राविधिक जनशक्ति विकास गर्न अभिप्रेरित गर्ने,
(ग) विभागीय खेल टोलीका उत्क।ृष्ट खेलाडी तथा टिमलाई प्रोत्साहन गर्न विभिन्न पुरस्कार, सम्मान तथा वृत्तिविकासका योजनाहरूको व्यवस्था गनें,
(घ) सरकारी विभागीय निकायहरूमा खेलकुद प्रतियोगिताको वार्षिक कार्यक्रमहरू तय गरी कार्यान्वयन गर्ने गराउने,
(ङ) सरकारी विभागीय निकायका विभागीय खेल टोलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा प्रतिनिधित्व गराउने,
(च) राष्ट्रिय स्तरमा देखापरेका उत्कृष्ट तथा प्रतिभाशाली उदीयमान खेलाडीहरूलाई सुरक्षा निकायमा रोजगारीको व्यवस्था गर्ने ।
(१२) मजदुर÷कर्मचारीका लागि खेलकुद
(क) खेलकुदलाई मजदुर तथा कर्मचारीहरूको शारीरिक तन्दुरुस्ती कायम राख्ने माध्यमको रूपमा उपयोग गर्न उत्प्रेरित गर्ने,
(ख) दैनिक खेलकुद तथा शारीरिक क्रियाकलाप गर्ने वातावरण बनाउने,
(ग) वार्षिक रूपमा खेलकुद महोत्सवको आयोजना गर्ने, गराउने नीतिगत व्यवस्था गर्ने,
(घ) खेलकुदको विकास र विस्तारका लागि कारखानाहरूमा खेलकुद क्लब गठन गर्न प्ररित गर्ने,
(ङ) खेलकुद गतिविधि तथा कार्यक्रम सञ्चालनका लागि प्रत्येक उद्योग तथा कलकारखानाहरूले खेलकुद कोषको स्थापना गर्ने,
(च) प्रत्येक उद्योग तथा कलकारखानाहरूले शारीरिक तन्दुरुस्ती तथा स्वास्थ्यका लागि फिटनेशका सामग्रीहरूको व्यवस्था गर्नेे ।
(१३) सार्वजनिक संस्थानहरूमा खेलकुद
(क) सार्वजनिक संस्थानहरूमा छुट्टै संयुक्त खेलकुद विकास कोष रहने व्यवस्था गर्ने,
(ख) सार्वजनिक संस्थानहरूले वार्षिक खेलकुद कार्यक्रमको सञ्चालन गर्ने व्यवस्था मिलाउने,
(ग) प्रतिष्ठित राष्ट्रिय खेलाडीहरूलाई रोजगारीको व्यवस्था गर्न सार्वजनिक संस्थानहरूमा निश्चित दरबन्दीको व्यवस्था गर्न पहल गर्ने,
(घ) सार्वजनिक संस्थाहरूलाई आफ्नै खेलकुदका प्राविधिक जनशक्ति तयार गर्न प्रोत्साहित गर्ने,
(ङ) खेलकुद गतिविधिमा सक्रिय रहने सार्वजनिक संस्थानहरूलाई उत्कृष्ट संस्थाको रूपमा घोषणा गरी सम्मान र पुरस्कृत गर्ने,
(च) सार्वजनिक संस्थाहरूलार्इं स्थानीय र केन्द्रमा खेलकुदका भौतिक पूर्वाधारहरूको निर्माण तथा व्यवस्था गर्नका लागि सरकारले विशेष
प्रोत्साहन र सहयोग गर्ने ।
(१४) ज्येष्ठ नागरिकका लागि खेलकुद
(क) ज्येष्ठ नागरिकहरूका लागि खेलकुद र शारीरिक स्वास्थ्यसम्बन्धी विभिन्न चेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्ने,
(ख) ज्येष्ठ नागरिकहरूलाई खेलकुद गतिविधिमा सक्रिय गर्ने,
(ग) विभिन्न स्थानहरूमा योग, ध्यान प्रशिक्षण केन्द्रहरू खोल्न प्रोत्साहित गर्ने,
(घ) समयसमयमा ज्येष्ठ नागरिकहरूका लागि उपयोगी खेलहरूको प्रतियोगिताहरू आयोजना गर्ने,
(ङ) ज्येष्ठ नागरिकहरूबाट आफ्नै खेलकुद संस्था तथा क्लबहरूको व्यवस्थापन र गठन गर्न प्रेरित गर्ने,
(च) ज्येष्ठ नागरिकहरूका निम्ति खेलकुदमय वातावरण बनाउन नगरपालिका, गाउ“ विकास समितिहरूलाई विशेष रूपमा सक्रिय
गराउने,
(ज) भेट्रान्स खेलाडीहरूलाई अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा सहयोगीको रूपमा सहभागी गराउन प्रोत्साहन गर्ने ।
(१५) स्पेशल, पारा ओलम्पिक
(क) अपा· खेलाडीहरूका लागि विद्यालय, महाविद्यालय र विश्वविद्यालयमा अध्ययनका लागि विशेष छात्रवृत्तिकोव्यवस्था गर्ने,
(ख) पारा ओलम्पिकका खेलाडीहरूका लागि स्थानीय तथा राष्ट्रिय प्रतियोगिताहरू नियमित आयोजना गर्ने व्यवस्थामिलाउने,
(ग) पारा ओलम्पिकका खेलाडीहरूले अन्तर्राष्ट्रिय पदकहरू प्राप्त गरेमा अन्य साधारण खेलका खेलाडीहरू सरहसुविधाहरू प्रदान गर्ने व्यवस्था मिलाउने,
(घ) विशेष÷पारा ओलम्पिकलगायतका खेलकुद विकासका लागि आवश्यक बजेटको व्यवस्था गर्ने,
(ङ) पारा÷विशेष खेलकुदका लागि विशेष प्राविधिक जनशक्ति उत्पादन गर्न जोड दिने,
(च) अपा·ताको प्रकृति अनुसार खेलहरूको चयन तथा खेल स्थलहरूको भौतिक संरचना निर्माण गर्ने,
(छ) अपा· खेलाडीहरूका लागि खेलस्थल तथा खेलकुदसम्बन्धी निकायहरूमा सांकेतिक भाषा, बे्रल लिपि तथा लार्ज प्रिन्टको प्रयोग गरी खेल नियमबारे जानकारी दिने व्यवस्था लागु गर्ने ।
(१६) विद्यालयमा खेलकुद
(क) देशको शैक्षिक पाठ्यक्रममा खेलकुद तथा शारीरिक शिक्षालाई अनिवार्य
विषयको रूपमा समावेश गर्ने,
(ख) सबै विद्यालयहरूमा खेलकुदका न्यूनतम भौतिक पूर्वाधार तथा सुविधाहरूका लागि कानुनमा यथेष्ट व्यवस्था गर्ने,
(ग) देशका साधारण तथा निजी स्तरमा सञ्चालित विद्यालयहरूमा न्यूनतम एकजना तालिमप्राप्त खेलकुद शिक्षकको दरवन्दी मिलाउने व्यवस्था गर्ने,
(घ) प्रत्येक विद्यालयमा प्रतियोगिताका लागि खेलविधाहरूको टिम तयार गर्ने,
(ङ) विद्यालयले कम्तीमा दिनको एक पिरियड खेलकुद कक्षा सञ्चालन गर्नुपर्ने व्यवस्था मिलाउने,
(च) प्रतियोगितामा सहभागी हु“दा परीक्षा र प्रतियोगिताको स मयमा तालमेल मिलाउने,
(छ) विद्यालयहरूमा रहेका खेलप्रतिभाहरूको विकास गर्न केन्द्रदेखि स्थानीय तहसम्म खेलकुद प्रतियोगिताहरू आयोजना गर्ने÷गराउने ।
(१७) विश्वविद्यालय खेलकुद
(क) प्रत्येक दुई–दुई वर्षमा अन्तर विश्वविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने,
(ख) प्रत्येक विश्वविद्यालयलाई अनिवार्य रूपमा आफ्नो खेलकुद गतिविधिको वार्षिक कार्यक्रम प्रकाशित गरी लागु गर्न प्रोत्साहित गर्ने,
(ग) प्रत्येक विश्वविद्यालयलाई विभिन्न प्रतियोगिताका लागि खेलाडी वा टिम तयार गर्न अभिप्रेरित गर्ने,
(घ) विश्वविद्यालयहरूमा खेलकुदका न्यूनतम भौतिक पूर्वाधारहरू हुने व्यवस्था गर्ने,
(ङ) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालय खेलकुद प्रतियोगिताहरू आयोजना गर्न र सहभागिता जनाउन आवश्यक पहल गर्ने,
(च) विश्वविद्यालयहरू अन्तर्गतका आंगिक क्याम्पसहरू वीच वार्षिक रूपमा विभिन्न खेलविधामा अन्तर क्याम्पस प्रतियोगिताहरूको आयोजना गर्ने र उक्त प्रतियोगिताहरूमा प्रथम, द्वितीय र तृतीय हुने शिक्षण संस्थाहरूलाई सरकारले प्राविधिक र आर्थिक रूपमा पुरस्कार र सम्मान प्रदान गर्ने ।
(१८) खेलाडीको भविष्य, मान, सम्मान र पुरस्कार

(क) अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिष्ठा अभिवृद्धि गर्ने राष्ट्रिय खेलाडीहरूको भविष्य सुनिश्चित गर्न र उनीहरूलाई सामाजिक मान, सम्मान प्रदान गर्न विभिन्न कार्यक्रम तथा पुरस्कारको व्यवस्था गर्ने,
(ख) राष्ट्रको खेलकुद क्षेत्रमा योगदान पु¥याउने प्राविधिक तथा प्रशासनिक कर्मचारी (खेल प्रशिक्षक, खेल विज्ञ, खेल विशेषज्ञ, खेल चिकित्सक, खेल मनोविज्ञ तथा अन्य) हरूलाई सम्मान र प्रोत्साहन गर्ने,
(ग) खेलकुद क्षेत्रको विकासका लागि गरिने नीतिगत निर्णय गर्ने तहमा प्रतिनिधित्व गराउंदा राष्ट्रका प्रतिष्ठित खेलाडी तथा प्राविधिक र खेलकुद सम्बन्धी उच्च योग्यता हासिल गरेका विज्ञहरूको चयनलाई विशेष प्राथमिकता दिने,
(घ) राष्ट्रिय खेलाडीहरूको कल्याण र सहयोगका लागि कानुनले व्यवस्था गरेको एक “राष्ट्रिय खेलाडी कल्याणकारी कोष” को स्थापना गर्ने,
(ङ) राष्ट्रिय खेलाडीहरूको वर्गीकरण गरी ती खेलाडीहरूको स्तर अनुसारको बीमाको व्यवस्था गर्नेे,
(च) एक निश्चित मापदण्डको आधारमा नेपालका लागि ओलम्पिक, एशियाली, दक्षिण एशियाली खेलकुद तथा सम्बन्धित खेलको विश्वस्तरीय र एशियास्तरीय प्रतियोगिताहरूबाट पदक विजेता खेलाडीहरूलाई आजीवन भत्ताको व्यवस्था गर्ने,
(छ) राष्ट्रिय खेलाडीहरूले आफ्नो सक्रिय खेल जीवनपश्चात रोजगारीमा विदेश जान चाहेमा प्राथमिकता दिने व्यवस्था गर्ने,
(ज) निश्चित मापदण्डको आधारमा देशका प्रतिष्ठित राष्ट्रिय खेलाडीहरूलाई सद्भावना राजदूतको मान्यता प्रदान गर्ने,
(झ) राष्ट्रिय खेलाडीहरूको जीविकोपार्जनका लागि व्यावसायिक सीप तथा दक्षता अभिवृद्धिका कार्यक्रमहरू अघि सार्ने,
(ञ) देशका सबै तहका विद्यालय तथा महाविद्यालयहरूमा गौरवशाली राष्ट्रिय खेलाडीहरूको अध्ययनका लागि निश्चित मापदण्डको आधारमा छात्रवृत्तिको व्यवस्था गर्ने,
(ट) प्रतिष्ठित राष्ट्रिय खेलाडीहरूले आप्mनो जीवनयापनका लागि रोजगारी प्राप्त गर्न नसकेको अवस्थामा निजहरूलाई राज्यबाट विशेष खेलाडी भत्ताको व्यवस्था गर्नेे,
(ठ) कुनै पनि प्रतियोगिताहरूमा सहभागी खेलाडीहरूको प्रदर्शन क्षमता अभिवृद्धिका लागि सम्बन्धित खेलका प्रशिक्षकको सहभागिता अनिवार्य गराउने,
(ड) विभिन्न खेलकुदका कार्यक्रम तथा सभासमारोहहरूमा नेपाली ओलम्पियन खेलाडीहरूलाई उचित सम्मान र मर्यादित स्थान दिने,
(ढ) केन्द्रीय तथा स्थानीयस्तरमा प्रत्येक वर्ष “उत्कृष्ट वर्ष खेलाडी” चयन गरी उचित सम्मान तथा पुरस्कार प्रदान गर्ने व्यवस्था गर्ने ।
(१९) खेलकुदको व्यवसायीकरण
(क) खेलकुदलाई व्यवसायी रूपमा अघि बढाउनका लागि बढीभन्दा बढी खेलकुदका संस्था तथा क्लवहरू गठन गर्न प्रोत्साहित गर्ने,
(ख) स्थानीय खेलकुदका संस्था तथा क्लबहरूलाई सहयोग र समर्थन गर्ने विभिन्न उद्योग, कम्पनी, व्यक्तिहरूलाई प्रोत्साहित गर्ने,
(ग) विभिन्न व्यवसायी खेलकुदका कार्यक्रम तथा प्रतियोगिताहरूको सञ्चालन गर्न जोड दिने,
(घ) अन्तर्राष्ट्रियस्तरमा उपलब्धि हासिल गरेका पूर्व खेलाडीहरूको अनुभव र क्षमताहरूलाई उपयोग गर्ने गरी खेलको व्यवसायीकरण गर्ने वातावरण बनाउने ।
(२०) खेलकुद सामग्री उत्पादन
(क) स्वदेशमै खेलकुद सामग्री उत्पादन गर्न सक्ने उत्पादकहरूलाई आवश्यक सहयोग एवं सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने,
(ख) स्थानीय कच्चा पदार्थको प्रयोग गरी आयात प्रतिस्थापन गर्ने खेल सामग्री अपनाउनमा जोड दिने,
(ग) खेलकुद उद्योग प्रवद्र्धन गर्नका लागि आवश्यक कच्चा पदार्थ आयात गर्दा भन्सार शुल्कमा छुटको व्यवस्था गर्न पहल गर्ने ।धधध।
(२१) खेलकुद तथा वातावरण
(क) खेलकुदका भौतिक पूर्वाधार वरपर हरियाली राखी वातावरण मैत्री बनाउने,
(ख) खेलकुद प्रशिक्षण एवं प्रतियोगितास्थल वरपर सरसफाई, खानेपानी तथा ढलको राम्रो व्यवस्था गर्ने,
(ग) केन्द्र र स्थानीयस्तरका खेलकुद इकाईहरूले खेलकुद तथा वातावरणलाई सामञ्जस्य गर्न छुट्टै समिति बनाई कार्य गर्ने ।
(२२) खेलकुद चिकित्सा विज्ञान
(क) खेलकुद चिकित्सा विज्ञानलाई संस्थागत रूपमा विकास गर्न आधुनिक प्रविधियुक्त स्पोर्टस् मेडिसिन एण्ड रिसर्च सेन्टर स्थापना गर्ने,
(ख) खेलाडीहरूको स्वास्थ्यको स्तरलाई तन्दुरूस्त राख्न नियमित स्वास्थ परीक्षणको व्यवस्था मिलाउने,
(ग) खेलकुदमा आवश्यक प्राविधिक जनशक्ति (डाक्टर, पोषण विशेषज्ञ, स्वास्थ सहायक, नर्स, फिजियोथेरापिष्ट, ल्याब एसिस्टेन्ट आदि) को उचित व्यवस्था मिलाउने,
(घ) खेलाडी तथा सामान्य नागरिकका लागि लागुऔषध र एड्ससम्बन्धी चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने,
(ङ) खेलकुद चिकित्सा विज्ञानसम्बन्धी प्राविधिकहरूको उत्पादन गर्ने,
(च) खेलाडीका लागि उपयुक्त पोषणयुक्त खुराकको व्यवस्था सम्बन्धी आवश्यक ज्ञान दिने व्यवस्था गर्ने,
(छ) चिकित्सा विज्ञानसम्बन्धी नय“ा ज्ञान र अनुभव आदानप्रदान गर्न विभिन्न सेमिनार, गोष्ठी आदि सञ्चालन गर्ने,
(ज) अन्तर्राष्ट्रिय अभिसन्धि अनुसार खेलकुदमा प्रतिबन्धित औषधिहरू बारे जनचेतना अभिबृद्धि गर्ने र यसको दुरूपयोगलाई नियन्त्रण गर्न यथेष्ट प्रवन्ध मिलाउने

(२३) खेल पत्रकारिता तथा सञ्चार माध्यम
(क) खेलकुद पत्रकारितालाई विस्तार र विकास गर्न सहयोग पु¥याउने हेतुले केन्द्र तथा क्षेत्रमा “स्पोर्टस् मिडिया सेन्टर” को स्थापना गर्ने,
(ख) खेलकुद पत्रकारितामा सशक्त र प्रभावकारी भूमिका निर्वाह गर्ने यस क्षेत्रका व्यक्तित्वहरूलाई प्रोत्साहित गर्नका लागि उचित मापदण्ड बनाई विभिन्न अन्तर्राष्ट्रिय खेलकुदका गतिविधिहरूमा सहभागिताका लागि अवसर प्रदान गर्ने,
(ग) खेलकुद पत्रकारिता क्षेत्रमा सहभागी भई मुलुकको खेलकुद विकासमा योगदान दिने खेल पत्रकार, सञ्चार माध्यम तथा यसक्षेत्रमा कार्य गर्ने संघसंस्थाहरूलाई हौसला प्रदान गर्नका लागि एक मापदण्ड बनाई प्रत्येक वर्ष नेपाल सरकारको तर्फबाट नगद पुरस्कार सहित सम्मानको व्यवस्था गर्ने,
(घ) खेलकुद पत्रकारहरूको वृत्तिविकासका लागि समय–समयमा खेलकुद सम्बन्धी ज्ञानबर्धक कार्यक्रम तथा प्रशिक्षणहरूको आयोजना गर्ने,
(ङ) खेलकुद पत्रकारिता तथा सञ्चार माध्यममा कार्यरत् पत्रकारहरूलाई विभिन्न स्तरका बैदेशिक तालिम, सभा, सेमिनार, तथा गोष्ठीहरूमा प्रतिनिधित्व गराउने व्यवस्था गर्ने,
(च) खेलकुद पत्रकारितामा उच्च शिक्षा हासिल गर्नका लागि छात्रवृतिको व्यवस्था गर्ने ।
(२४) खेलकुद शिक्षण संस्था तथा विद्यालयको व्यवस्था
(क) स्थानीयस्तरमा खेलकुद विद्यालयहरूको स्थापना गर्न पहल गर्ने,
(ख) खेलकुद महाविद्यालय÷कलेजमा प्रतिभावान र उदीयमान विद्यार्थी
खेलाडीहरूको लागि छात्रवृत्तिको व्यवस्था गर्ने,
(ग) खेलकुद विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई सुविधायुक्त छात्रावासको व्यवस्था गर्ने,धधध।बिधअयmmष्ककष्यल।नयख।लउ

(घ) खेलकुद विद्यार्थीहरूलाई अध्ययनको दौरानमा विभिन्न राष्ट्रहरूको शैक्षिक एंव सामाजिक तथा सांस्कृतिक भ्रमण र अनुभव आदान प्रदानलाई नियमित गराउने ।
(२५) खेल वर्गीकरण तथा प्राथमिकता निर्धारण
(क) खेलकुदको विकास तथा विस्तारका लागि अन्तर्राष्ट्रिय प्रतियोगितामा प्राप्त गरेको सफलता, राष्ट्रियस्तरमा खेलले गरेको विकास र विस्तार, खेलले प्राप्त गरेको लोकप्रियता, लगानीको सम्भावना, अन्तर्राष्ट्रियस्तरमा पदक प्राप्तिको सम्भाव्यता, खेलको विकास तथा विस्तारको लागि भौगोलिक सम्भाब्यता आदि आधारमा खेलहरूको बर्गीकरण गरी प्राथमिकता तोक्ने,
(ख) खेलको वर्गीकरण प्राथमिकताको आधारमा बजेट विनियोजना गर्ने नीति अबलम्बन गर्ने,
(ग) बजेट विनियोजनका लागि खेलहरूको प्राथमिकीकरण गर्दा बार्षिक कार्यक्रमको नियमितता, कार्यक्रम सञ्चालनमा आन्तरिक साधन र स्रोतको परिचालन, खेल विकास र विस्तारको अग्रसरता आदिलाई पनि आधारको रूपमा लिने,
(घ) कार्यक्रमहरूको प्राथमिकीकरण गर्दा व्यवहारिकता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा गरिने सहकार्य, सञ्चालित कार्यक्रमहरूको उपलब्धि, खेल अनुशासन आदिलाई पनि ध्यानमा राख्ने ।
(२६) आर्थिक स्रोत परिचालन र व्यवस्थाः
(क) खेलकुद विकास र विस्तारका लागि नेपाल सरकारबाट नियमित रूपमा बजेट तथा अनुदानको व्यवस्था मिलाउने,
(ख) देशका संस्थागत शिक्षण संस्थाहरूले विद्यार्थीहरूबाट खेलकुदका लागि संकलन गर्ने रकमलाई खेलकुद विकासमा नै लगानी गर्ने व्यवस्था मिलाउने,
(ग) खेलकुद विकासका लागि विभिन्न दातृ राष्ट्र, विदेशी संस्था तथा दाताहरूबाट वैदेशिक सहयोग जुटाउन पहल गर्ने,
(घ) मुलुकको खेलकुद विकासका गा.वि.स÷जि.वि.स.ले खेलकुद विकासका लागि कम्तिमा ५ प्रतिशत रकम विनियोजित गर्नुपर्ने नीति अख्तियार गर्ने,
(ङ) स्थानीय स्तरमा सहयोग जुटाउन सकिने गरी विभिन्न कार्यक्रमहरूको आयोजना गर्न प्रेरित गर्ने ।

६. संस्थागत व्यवस्था तथा प्रक्रियागत सुधार

६. संस्थागत व्यवस्था तथा प्रक्रियागत सुधार

(१) संस्थागत व्यवस्था

(क) खेलकुद संचालन तथा विकास कार्यलाई मार्ग दर्शन गर्न, खेलकुद सम्वन्धी कार्यनीति तर्जुमा गर्न, आवश्यक स्रोतको परिचालन गर्न र विभिन्न निकायहरू वीच समन्वय गर्ने उद्देश्यले केन्द्रीय स्तरमा सम्माननीय प्रधानमन्त्रीको अध्यक्षतामा एक बहुपक्षीय खेलकुद समन्वय
परिषद् गठन गरिनेछ । युवा तथा खेलकुद मन्त्री सहअध्यक्ष रहने यस परिषद्मा अर्थ, गृह, रक्षा, शिक्षा, स्थानीय विकास , पर्यटन तथा स्वास्थ्य मन्त्रीहरू, योजना आयोगका खेलकुद हेर्ने सदस्य लगायत सम्वन्धित मन्त्रालयका सचिवहरू रहनेछन् भने राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ तथा खेलकुद कर्मचारी संघ आदिलाई पनि परिषद्मा प्रतिनिधित्व गराइनेछ । यस परिषद्मा आवश्यकता अनुसार खेलकुद विज्ञ, प्रशिक्षक तथा खेलकुद प्राविधिकलाई समाबेश गराइनेछ । समन्वय परिषद्ले संचालित खेलकुद् गतिविधिको आवधिक रूपमा समीक्षा गर्दै खेलकुद सम्बन्धी निकायहरूबाट प्रस्तुत कार्य योजनाहरूलाई स्वीकृति प्रदान गरी आवश्यक मार्गदर्शन गर्नेछ ।

(ख) खेलकुद सम्वन्धी क्रियाकलापहरूलाई प्रभावकारी ढंगबाट व्यवस्थापन र अनुगमन गर्नका लागि खेलकुद निकायबीच प्रभावकारी समन्वय गर्न, खेलकुद सञ्चालन र सहभागिताको मापदण्ड तथा कार्यविधि तय गर्न, अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना तथा सहभागिताको आवश्यक व्यवस्था गर्ने आदि कार्यहरूको संयोजन गर्न नेपाल सरकारको क्षेत्रगत केन्द्रीय निकायको रूपमा युवा तथा खेलकुद मन्त्रालय रहनेछ ।
(ग) मुलुकमा खेलकुदको पूर्वाधारको मर्मत संभार, सञ्चालन एवं विकास गर्न, बृहत राष्ट्रिय प्रतियोगिताहरू सञ्चालन गर्न, खेल संघहरूलाई
आधिकारिकता प्रदान गरी लोकतान्त्रिक मूल्य र मान्यता अनुरूप सञ्चालन गर्न गराउन, अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने राष्ट्रिय
टोलीको तयारी एवं प्रशिक्षण गर्न, खेलकुद विकासमा सम्वन्धित सबैको सहयोग परिचालन गर्न युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत
केन्द्रीयस्तरमा राष्ट्रिय खेलकुद परिषद् तथा प्रादेशिक र स्थानीय स्तरमा परिषद् अन्तर्गतका स्थानीय कार्यालयहरू रहने छन् ।
(घ) आ–आफ्नो खेलहरूको विकास र विस्तार गरी खेलाडीहरूको तयारी एवं छनौट गर्न तथा नियमित प्रतियोगिताहरू सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुने गरी प्रत्येक खेलको स्वतन्त्र तथा स्वायत्त राष्ट्रिय खेल संघहरू रहने छन् ।

(ङ) मुलुकमा ओलम्पिक अभियान सञ्चालन गर्न, मुलुकको खेलकुद विकासमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि र ओलम्पिक काउन्सील अफ एशिया जस्ता संस्थाहरूबाट आवश्यक स्रोतको परिचालन गर्न, अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षकत्वमा सञ्चालन हुने खेलकुद
प्रतियोगिताहरूमा मुलुकको सहभागिताको सुनिश्चित गर्न युवा तथा खेलकुद मन्त्रालयको समन्वयमा प्रचलित कानुन अनुसार राष्ट्रिय खेलकुद परिषद्मा दर्ता हुने गरी एक स्वतन्त्र तथा स्वायत्त नेपाल ओलम्पिक कमिटिको व्यवस्था गरिनेछ ।

(२) प्रक्रियागत सुधार
(क) युवा तथा खेलकुद मन्त्रालयको काम, कर्तब्य र अधिकारलाई आवश्यकतानुसार परिमार्जन गरी मुलुकको खेलकुद सम्वन्धी निकायहरू
वीच समन्वय गर्न देहाय अनुसारको कार्यक्षेत्र तोक्ने व्यवस्था मिलाईनेछः–

(अ) खेलकुद सम्बन्धी नीति, योजना तथा कार्यक्रमको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने,
(आ) खेलकुद विकासका लागि आवश्यक पर्ने आर्थिक र प्राविधिक सहयोग जुटाउने,
(इ) खेलकुद सम्बन्धी विषयको अध्ययन, अनुसन्धान र सर्वेक्षण गर्ने गराउने,
(ई) खेलकुदको क्षेत्रमा अन्तर्राष्ट्रिय सम्बन्ध र सम्पर्क सम्बन्धी कार्य गर्ने,
(उ) अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुनका लागि आवश्यक मापदण्ड स्वीकृत गर्ने,
(ऊ) ओलम्पिक, एशियाली खेलकुद तथा दक्षिण एशियाली खेलकुदको आयोजना तथा संचालन गर्ने आवश्यक व्यवस्था मिलाउने,
(ए) ओलम्पिक, एशियाली खेलकुद तथा दक्षिण एशियाली खेलकुद लगायत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षकत्वमा
सञ्चालन हुने प्रतियोगितामा भाग लिने खेलाडी, प्रशिक्षक, व्यवस्थापक समेतको राष्ट्रिय टोलीको सहभागितालाई स्वीकृति प्रदान गर्ने,
(ऐ) खेलकुद विकासमा सरकारी तथा गैर सरकारी संस्थाहरूलाई परिचालन गर्ने,
(ओ) निजी क्षेत्र तथा व्यापारिक प्रतिष्ठानहरूलाई खेलकुद विकासमा लगानी गर्न प्रोत्साहित गर्ने,
(औ) खेलाडी, प्रशिक्षक, राष्ट्रिय संघहरूलाई प्रोत्साहित गर्न खेलकुद प्रतिभा पुरस्कारको व्यवस्था गर्ने र अन्तर्राष्ट्रिय तहमा पदक
प्राप्त गर्ने खेलाडीहरूलाई सम्मान स्वरूप पुरस्कार आदिको व्यवस्था गर्ने ।
(ख) मुलुकमा खेलकुदको पूर्वाधारको मर्मत सम्भार, सञ्चालन एवं विकास गर्न, अन्तर्राष्ट्रिय खेलहरूमा भाग लिने खेलाडीहरूको तयारी, प्रशिक्षण तथा सहभागिता आदिको व्यवस्था मिलाउन, नियमित रूपमा राष्ट्रिय प्रतियोगिताहरूको आयोजना एवं सञ्चालन गर्न तथा यस कार्यमा सम्वन्धित सबैको सहयोग जुटाउन विद्यमान खेलकुद सम्वन्धी कानुनमा आवश्यक परिमार्जन गरी राष्ट्रिय खेलकुद परिषद्को काम कारवाहीलाई अन्तर्राष्ट्रिय मूल्य र मान्यता अनुरूप बनाई आवश्यक प्रक्रियागत एवं।
संस्थागत सुधार गरिनेछ भने यसको क्रियाकलापलाई थप प्रभावकारी बनाउन देहाय बमोजिम काम, कर्तव्य तथा अधिकार तोक्ने व्यवस्था
मिलाइनेछः–

(अ) खेलकुद क्षेत्रको संस्थागत विकास र विस्तार गर्न प्रचलित नियम कानुन र तोकेको मापदण्ड भित्र रहेका खेलकुद सम्बन्धी संघ,
संस्थाहरूलाई दर्ता गरी सम्बन्धित खेल संस्थाको स्वीकृत विधानबमोजिम गठन तथा सञ्चालन गर्ने व्यवस्था मिलाउने,
(आ) खेलकुद सम्वन्धी संघहरूको काम कारवाहीमा एकरूपता ल्याउन अनुगमनको व्यवस्था गर्ने र संघहरूको गतिविधि
विधानको परिधि तथा प्रचलित खेल नीति निर्देशन विपरीत गएमा कारवाही गर्ने,

(इ) खेलकुद सम्वन्धी भौतिक संरचनाहरूको मर्मत सम्भार, सञ्चालन एवं व्यवस्थापन गर्ने,
(ई) वार्षिक रूपमा कार्यक्रम तयार गरी मन्त्रालयमा पेश गर्ने र प्राप्त बजेटलाई खेलको बर्गीकरण तथा प्राथमिकताको आधारमा विभिन्न खेलका राष्ट्रिय संघहरूलाई विनियोजन गर्ने,
(उ) अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा सहभागिताका लागि खेलाडीहरूको प्रशिक्षण लगायत सम्पूर्ण तयारी कार्यमा राष्ट्रिय संघहरूलाई सहयोग पु¥याउने,
(ऊ) खेलकुदको गुणात्मक विकास गर्न आवश्यक दक्ष जनशक्तिको गर्ने,
(ए) ओलम्पिक, एशियाली खेल तथा दक्षिण एशियाली खेल लगायत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षकत्वमा सञ्चालन हुने प्रतियोगिताहरूमा भाग लिने खेलाडी, प्रशिक्षक, व्यवस्थापक लगायतको राष्ट्रिय टोलीको तयारी, प्रशिक्षण तथा सहभागिताको आवश्यक व्यवस्था मिलाउने,
(ऐ) विभिन्न खेलका केन्द्रदेखि स्थानीय तहसम्म नवप्रतिभावान तथा उदीयमान खेलाडीहरूको खोजी, पहिचान र संरक्षण तथा
बृत्तिविकासका लागि परियोजनाहरू सञ्चालन गर्न सम्वन्धित संघहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गर्ने,
(ओ) खेलकुदको राष्ट्रिय योजना तथा कार्यक्रमहरूलाई सफल बनाउन मातहतका कार्यालयहरूलाई आवश्यक आर्थिक तथा
प्राविधिक सहयोग उपलब्ध गराउने,
(औ) मुलुकको प्रतिष्ठा अभिवृद्धि गर्ने प्रतिष्ठित राष्ट्रिय खेलाडीहरूको वृत्तिविकास तथा भविष्य सुनिश्चितताका लागि रोजगारीको
व्यवस्था गर्न पहल गर्ने,
(अं) खेलकुदमा प्रतिवन्धित औषधि सेवन विरुद्ध चेतना अभिबृद्धि गरी अन्तर्राष्ट्रिय अभिसन्धि अनुरूपका आवश्यक व्यवस्था मिलाउने,
(अः) केन्द्र र स्थानीयस्तरमा खेलकुद सम्बन्धी संकलनहरू राख्ने केन्द्रीय र स्थानीयस्तरका संग्रहालयहरू स्थापना गर्ने ।
(ग) राष्ट्रिय खेलकुद संघहरूको क्रियाकलापलाई व्यवस्थित गर्नका लागि देहाय बमोजिमको कार्यहरूमा संघहरूलाई जिम्मेवार बनाइनेछः–
(अ) सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघको मान्यता प्राप्त गर्ने,
(आ) अन्तर्राष्ट्रिय खेलकुद महासंघको विधानअनुसार प्रतियोगिताहरू सञ्चालन गर्ने,
(इ) स्थानीयस्तरसम्म संरचनाहरू खडा गर्ने,
(ई) प्राविधिक जनशक्ति तयार गर्ने,
(उ) वार्षिक राष्ट्रिय क्यालेन्डर अनुसार कार्यक्रम सञ्चालन र आयोजना गर्ने,
(ऊ) आत्मनिर्भरताका लागि आर्थिक स्रोत जुटाउने,
(ए) वार्षिक साधारणसभा गरी अनिवार्य रूपमा वार्षिक प्रगति तथा लेखापरीक्षणको प्रतिवेदन पेश गर्ने,
(ऐ) ओलम्पिक÷एशियाली खेल÷दक्षिण एशियाली खेलकुदबाट मान्यताप्राप्त राष्ट्रिय संघहरूले राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भई परिषद्को अनिवार्य सिफारिसमा नेपाल ओलम्पिक कमिटीबाट मान्यता लिने,
(ओ) स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय टिम तथा खेलाडीहरूको छनौट र तयारी गर्ने,
(औ) मुलुकभर आफ्नो खेलको विकास र विस्तार गर्ने,
(अं) राष्ट्रिय टोली तथा राष्ट्रिय खेलाडीहरूको विवरण दुरुस्त राख्ने ।
(घ) राष्ट्रिय ओलम्पिक कमिटीलाई अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र ओलम्पिक काउन्सिल अफ एशियाबाट मान्यताप्राप्त एक स्वतन्त्र र
स्वायत्त संस्थाको रूपमा नेपालको खेलकुद विकासमा सहभागी हुने संस्थाको रूपमा विकास गर्ने नीति अवलम्बन गरिनेछ । साथै यस
कमिटीलाई ओलम्पिक कमिटिको ओलम्पिक चार्टर अनुरूप राष्ट्रको खेलकुद विकासमा सहयोगी भूमिका निर्वाह गर्ने संस्थाको रूपमा विकास गरिनेछ । ओलम्पिक कमिटीमा नेपाल सरकारको प्रतिनिधिलाई पर्यवेक्षकको रूपमा राखिने व्यवस्था मिलाईनेछ । साथै राष्ट्रिय ओलम्पिक कमिटीको क्रियाकलापलाई पारदर्शी बनाई मुलुकको खेलकुद विकासको कार्यमा यस संस्थालाई प्रभावकारी बनाउन देहाय बमोजिम गर्नेे व्यवस्था मिलाईनेछः–
(अ) ओलम्पिक, एशियाली र दक्षिण एशियाली खेलकुद लगायत अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षकत्वमा सञ्चालित
खेलकुद प्रतियोगितामा सहभागी हुन प्रक्रिया बमोजिम सिफारिस भै आएका खेलाडी, प्रशिक्षक, व्यवस्थापकहरूलाई
प्रमाणीकरण तथा अनुवन्धन गर्ने,
(आ) ओलम्पिक, एशियाली र दक्षिण एशियाली खेलकुद लगायत बृहत् राष्ट्रिय खेलकुदको सञ्चालन, आयोजना र सहभागितामा नेपाल
सरकार लगायत खेलकुद सम्वन्धी निकायहरूलाई सघाउने,
(इ) नेपालको खेलकुद विकास र विस्तारको लागि खेलकुदका निकायहरूलाई तोकिएको प्रक्रिया अनुसार प्राविधिक, आर्थिक
सहयोग जुटाउने र प्राप्त सहयोगको नियमित प्रतिवेदन मन्त्रालय तथा राष्ट्रिय खेलकुद परिषद्लाई उपलब्ध गराउने,
(ई) देशभित्र ओलम्पिक अभियानलाई व्यापकता दिन विभिन्न समितिहरू बनाई कार्यक्रमहरू अगाडि बढाउने,
(उ) खेलकुदमा दक्ष जनशक्ति निर्माण गर्न, प्रतिभावान खेलाडीलाई स्वदेशी एवं विदेशी प्रशिक्षणमा संलग्न गराउन तथा खेलकुदका
विकासका कार्यक्रमहरू सञ्चालन गर्न अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, ओलम्पिक कमिटी अफ एशिया लगायतका अन्तर्राष्ट्रिय
संस्थाहरू मार्फत सहयोग जुटाउने,
(ऊ) खेलकुदको माध्यमबाट विश्व–भातृत्वको विकास गर्ने,
(ए) राष्ट्रिय संघहरूको अन्तर्राष्ट्रिय मान्यता, स्वायत्तता र प्रतिनिधित्वलाई सुनिश्चित गर्ने,
(ऐ) खेलकुदमा प्रतिवन्धित औषधिहरूको प्रयोग विरुद्ध अभियानबारे जनचेतना जगाउनुका साथै उक्त कार्यक्रमलाई सुनिश्चित गर्न आवश्यक कदम चाल्ने ।
(ङ) आ–आफ्नो क्षेत्रका खेलकुद गतिविधिको सञ्चालन गर्न तथा सम्वन्धित संघ तथा बोर्डहरूलाई नियमित रूपमा खेलकुदका प्रतियोगिताहरू सञ्चालन गर्नका लागि स्थानीय तहमा कार्यालयहरूको व्यवस्था गरिनेछ । यी कार्यालयहरूका व्यवस्थापन एवं सञ्चालनलाई सहयोग पु¥याउन स्थानीय स्तरमा बहुपक्षीय समिति गठन गरिनेछ ।
(च) मुलुकमा खेलकुदको बृहत्तर विकास र विस्तारका लागि नेपाल सरकारले आवश्यकतानुसार विद्यालय, विश्वविद्यालय, स्थानीय निकाय, सार्वजनिक संस्थान, निजी क्षेत्र, पर्यटन खेलकुद, विशेष तथा पारा खेलकुद विकास बोर्डहरू गठन गर्ने नीति अवलम्बन गर्नेछ ।
(छ) खेलकुद सम्वन्धी निकायहरू वीच समन्वय अभिबृद्धि गर्न काम कारवाहीमा दोहोरोपन नहुने गरी प्रक्रियागत कार्यहरूलाई सुनिश्चित गरिनेछ ।
(ज) राष्ट्रिय तहको प्रतियोगिता सञ्चालन, अन्तर्राष्ट्रिय प्रतियोगिताहरूको आयोजना तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिताका लागि आवश्यक मापदण्ड तयार गरी निश्चित कार्यविधि तयार गरिनेछ ।
(झ) खेलकुदमा प्राप्त हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय सहयोग तथा त्यसको उपयोग सम्वन्धी सबै काम कारवाहीलाई पारदर्शी बनाई त्यसलाई मुलुकको राष्ट्रिय खेलकुद गतिविधिस“ग सामन्जस्यता ल्याउने गरी उपयुक्त प्रक्रिया निर्धारण गरिनेछ ।
(ञ) खेलकुदका निकायहरूलाई बढी प्रभावकारी बनाउन राष्ट्रिय ओलम्पिक कमिटी लगायत सबै संघहरूले अनिवार्य रूपमा सरकारले तोकेको  आवधिक प्रतिवेदन दिने व्यवस्थालाई सुदृढ गराइनेछ ।

७. अनुगमन तथा मूल्यांकन

७. अनुगमन तथा मूल्यांकन

राष्ट्रिय खेलकुद नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने सन्दर्भमा युवा तथा खेलकुद मन्त्रालयको सचिवको संयोजकत्वमा “राष्ट्रिय अनुगमन समिति” गठन गरिनेछ । यस समितिमा राष्ट्रिय खेलकुद परिषद् तथा नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरू लगायत खेल विज्ञहरू, विश्व विद्यालयका प्रतिनिधिहरू, खेल प्राविधिकहरू आदिलाई समावेश गरिनेछ ।

८. नीति संशोधन

८. नीति संशोधन

नेपाल सरकारले प्रत्येक दुई÷दुई बर्षमा यो नीतिको पुनरावलोकन गर्नेछ । तर खेलकुदको विकास र विस्तार गर्ने उद्देश्यले तोकिएको समय अगावै पनि नीति संशोधन गर्न भने बाधा पर्ने छैन ।