Skip to contentSkip to left sidebar Skip to footer

अनौपचारिक शिक्षा नीति, २०६३

अनुसूची–७

अनुसूची–७
(दफा १३.१ सँग सम्बन्धित)
प्राथमिकता प्राप्त उद्योगहरू

१ कृषि तथा वन पैदावारमा आधारित अनुसूची १ वमोजिमका उद्योग ।
२. निर्माण उद्योग (निर्माण गरि सञ्चालन गर्ने) अनुसूची ३ वमोजिमका उद्योग ।
३. जलविद्युत उत्पादन तथा वितरण लगायतका उर्जामूलक उद्योगहरू ।
४. निकासी प्रवद्र्धन उद्योग ।
५. पूर्वाधार सहितको साहसिक पर्यटन, ग्रामीण पर्यटन, पर्यावरणीय पर्यटन, गल्फ कोर्स, पोलो ९एययि०, पोनी टे«किङ्ग (एयलथ त्चभपपष्लन), पदयात्रा (त्चभपपष्लन) पर्यटन, वाटर ¥याफ्टिङ्ग (ध्बतभच च्बातष्लन), सभा सम्मेलन पर्यटन, खेलकुद पर्यटन, धार्मिक पर्यटन, सांस्कृतिक पर्यटन, मनोरञ्जन पार्क निर्माण तथा सञ्चालन, वन्यजन्तु आरक्षण
६. खानीजन्य उद्योग, पेट्रोलियम तथा प्राकृतिक ग्यास अन्वेषण तथा उत्पादन ।
७. स्वदेशी चुनढुंङ्गा प्रयोग गरी क्लिङ्गर तथा सिमेन्ट उत्पादन गर्ने उद्योग, पल्प तथा कागज, चिनी, रासायानिक मल (मिश्रण बाहेक) धूलो दुध, औषधी उत्पादन, फोहोर मैला तथा खेर गएको वस्तुको प्रशोधन, इन्धन वचत गर्ने उपकरण उत्पादन गर्ने उद्योग, प्रदुषण
कम गर्ने उपकरण उत्पादन गर्ने उद्योग र अपाङ्गहरूले प्रयोग गर्ने साधन तथा उपकरण उत्पादन गर्ने उद्योग, कृषि यन्त्र उपकरण तथा औद्योगिक मेशिनरी बनाउने उद्योग, विद्युतबाट चल्ने सवारी साधनहरू उत्पादन गर्ने उद्योग ।
८. सार्वजनिक परिवहन व्यवसाय, शित भण्डार निर्माण तथा सञ्चालन, फोहोर मैला संकलन, ग्रामीण सूचना तथा संचार प्रविधि सम्बद्ध सेवा, कम्प्यूटर सफ्टवेयर ।
९. काठमाडौं उपत्यका, पोखरा उपमहानगरपालीका र तराई क्षेत्रका उपमहानगरपालिका तथा नगरपालिका क्षेत्र वाहिर स्थापना हुने अस्पताल, नर्सिङ्ग होम, पशु अस्पताल एवं चिकित्सालय, स्वास्थ्य परिक्षण सेवा, स्वास्थ्य प्रयोगशाला, जैविक अनुसन्धानशाला र शिक्षण एवं प्रशिक्षण संस्थाहरू ।
१०. परम्परागत घरेलु उद्योग ।

अनौपचारिक शिक्षा नीति, २०६३

अनौपचारिक शिक्षा नीति, २०६३

अनौपचारिक शिक्षाले विभिन्न किसिमका समूहको लागि आफ्नो कार्य लक्ष्य बनाई सेवा प्रदान गरिरहेको छ । सबैलाई साक्षर बनाउने दृष्टिकोणले दुर्गम र भित्री बस्तीका निरक्षरहरू, गरिबीको रेखामुनि रहेका व्यक्तिहरू र कारखानाका निरक्षर कामदारहरूलाई अनौपचारिक शिक्षाका लक्षित समूहहरूको रूपमा लिइएको छ । ती लक्षित समूहहरूलाई अनौपचारिक शिक्षाले सचेतना शिक्षा, साक्षरता, साक्षरोत्तर र निरन्तर शिक्षा (सीपमूलक, आयमूलक कार्यक्रमहरू) सञ्चालन गर्दछ । वैकल्पिक शैक्षिक अवसरको दृष्टिकोणले अनौपचारिक शिक्षाले विद्यालय नभएका वा छाडेका युवायुवती तथा केटाकेटीहरूको लागि खुला विद्यालय, स्थानीय सीपमा आधारित प्राविधिक एवम् व्यावसायिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्दछ । पेसागत शिक्षा ९ऋबचभभच भमगअबतष्यल० को दृष्टिकोणले अनौपचारिक शिक्षाले विशेषगरी शारीरिक श्रम गरी जीवनयापन गर्नुपर्ने समूहहरूलाई समेत आफ्नो लक्षित समूह बनाई तिनलाई परामर्श सेवा, तालीम र प्राज्ञिक सहयोग गर्दछ । सामाजिक समाहितता ९क्यअष्ब िष्लअगिकष्यल० को दृष्टिकोणले अनौपचारिक शिक्षाले लैंगिक, जात
विशेष ९ऋबकत कउभअषष्अ०, जातीय ९भ्तजलष्अ०, भौतिक र भाषिक समस्या भएका व्यक्तिहरूलाई लक्षित गरी तिनीहरूलाई उपयोगी हुने कार्यक्रमहरू सञ्चालन गरिँदै आएको छ । विगतका अनुभवहरूका आधारमा अनौपचारिक शिक्षामा अनेकन चुनौतीहरू (सोचसम्बन्धी,
व्यवस्थापनसम्बन्धी र कार्यान्वयनसम्बन्धी) देखिएका छन् । कसरी अनौपचारिक शिक्षाको विस्तारित स्वरूपबारे विभिन्न तहमा जानकारी गराउने ? कसरी विस्तारित सोच सापेक्ष मानवीय स्रोतहरूको परिचालन गर्ने ? कसरी अनौपचारिक शिक्षा कार्यक्रमहरूबीच समन्वय गर्ने ? कसरी तिनीहरूलाई मूलप्रवाहीकरण गर्ने ? कसरी व्यक्तिगत क्षमताअनुसार आ–आफ्नै गतिमा सिक्नसक्ने
अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने ? यी प्रश्नको समाधानका लागि अनौपचारिक शिक्षाको नीति एवम् कार्यनीतिहरूको आवश्यकता महसुस भएको थियो । सोही आवश्यकता पूरा गर्ने अभिप्रायले समय सापेक्ष अनौपचारिक शिक्षाका विस्तृत अवधारणाहरूलाई ध्यानमा राखी मन्त्रिपरिषद्को मिति २०६३ माघ २५ गतेको निर्णयानुसार अनौपचारिक शिक्षाको नीति, २०६३ स्वीकृत गरेको छ । अनौपचारिक शिक्षाको नीति, कार्यनीति र रणनीतिहरू अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने सरकारी तथा गैरसरकारी निकायहरूको लागि मार्ग निर्देश हुनेछ ।

१. विभिन्न उमेर र वर्गका व्यक्तिहरूलाई

१. विभिन्न उमेर र वर्गका व्यक्तिहरूलाई उनीहरूको आवश्यकताअनुरूपको प्राज्ञिक तथा व्यावहारिक ज्ञान, सीप र सूचना प्रदान गर्नेगरी अनौपचारिक शिक्षाको क्षेत्र विस्तार गरिनेछ ।

यस नीतिअन्तर्गत निम्न लिखित कार्यनीतिहरू अपनाइनेछ ः

♦ प्रौढ, महिला र युवालाई साक्षर गराइनेछ ।
♦ वैकल्पिक विद्यालय शिक्षामार्फत विद्यालय जान नपाउने र बीचैमा विद्यालय छाड्नेहरूलाई विद्यालयीय शिक्षाको अवसर प्रदान गरिनेछ ।
♦ विद्यालयीय शिक्षामा जान नसक्नेहरूका लागि व्यावसायिक शिक्षाको प्रबन्ध मिलाइनेछ ।
♦ खुला विद्यालयमार्फत विद्यालय तहको समकक्षी शिक्षा उपलब्ध गराइनेछ ।
♦ विभिन्न तहका शैक्षिक क्षमता र सीप भएका व्यक्तिहरूलाई निरन्तर शिक्षा प्राप्त गर्ने अवसर दिलाइनेछ ।
♦ सचेतनाका लागि मौखिक साक्षरता अभियान सञ्चालन गरिनेछ ।
♦ खुला विश्वविद्यालयमार्फत् उच्च तहको समकक्षी शिक्षा उपलब्ध गराइनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ अनौपचारिक शिक्षा शैक्षिक सुचना प्रणाली  को आधारमा गाउँ÷नगर शिक्षा योजना तयार पार्ने र यो योजनालाई जिल्ला आवधिक योजना र जिल्ला शिक्षा योजनाको अंगको रूपमा विकसित गर्ने ।
♦ शैक्षिक संस्थाहरूलाई प्रोत्साहित गरी खुला विद्यालय सञ्चालन गर्ने ।
♦ गैरसरकारी संस्था, शैक्षिक संस्था र सामुदायिक अध्ययन केन्द्रहरूले विभिन्न तहका शैक्षिक क्षमता भएका व्यक्तिहरूका निम्ति निरन्तर शिक्षाको प्रबन्ध गर्ने ।
♦ छलफलसत्र र सञ्चारका विभिन्न माध्यमहरू प्रयोग गरी मौखिक साक्षरता कार्यक्रम सञ्चालन गर्ने ।
♦ साक्षरोत्तर शिक्षालाई आयआर्जन कार्यक्रमसँग आबद्ध गर्ने ।
♦ पढ्ने विषयवस्तु तथा पढाउने शैलीमा जीवनोपयोगी सीपहरू आबद्ध गर्ने ।
♦ छुट्टै खुला विश्वविद्यालय नखुलेसम्म उच्च शिक्षाका कार्यक्रमहरू सञ्चालन गर्ने संस्थाहरूबाटै उच्च तहको समकक्षी शिक्षा उपलत्तध गराउने ।

२. शिक्षाको अवसरबाट वञ्चित वा बीचैमा पढाइ छाडेकाहरूलाई

२. शिक्षाको अवसरबाट वञ्चित वा बीचैमा पढाइ छाडेकाहरूलाई औपचारिक शिक्षा सरह मान्यता भएको अनौपचारिक शिक्षा प्रदान गरिनेछ ।

यस नीति अन्तर्गत निम्नलिखित कार्यनीतिहरू अपनाइने छन् ः

♦ वैकल्पिक विद्यालय शिक्षालाई प्राथमिक तह समकक्षी बनाइनेछ ।
♦ प्रौढ÷महिला साक्षरता कक्षालाई क्रमशः प्राथमिक तहको समकक्षी बनाइनेछ ।
♦ वैकल्पिक विद्यालय शिक्षा कार्यक्रमलाई क्रमशः बाह्र कक्षा बराबरको बनाइनेछ ।
♦ खुला विद्यालयमार्फत निम्नमाध्यमिक, माध्यमिक र उच्च माध्यमिक तह बराबरको शिक्षा दिइनेछ ।
♦ खुला विश्वविद्यालयलाई अरु विश्वविद्यालयको समकक्षी बनाइनेछ ।
♦ पेशागत र व्यावसायिक कोर्सहरूलाई ननक्रेडिट कोर्सको रूपमा विकसित गरिनेछ ।
♦ संश्लेषित ९ऋयलमभलकभम० कोर्सको सहयोगले औपचारिक र अनौपचारिक शिक्षाका कार्यक्रमहरूलाई एक अर्काको समकक्षी बनाइनेछ ।
♦ सामुदायिक अध्ययन केन्द्रलाई शिक्षाको विभिन्न कार्यक्रमहरू सञ्चालन गर्ने थलोको रूपमा विकसित गरिनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ विभिन्न उमेर समूहका बालबालिका, किशोर किशोरी, प्रौढ तथा महिलाहरूका लागि उपयोगी हुनेगरी अनौपचारिक शिक्षाको कार्यक्रम बनाउने ।
♦ औपचारिक शिक्षोन्मुख अनौपचारिक शिक्षा कार्यक्रमका पाठ्यक्रमहरू प्राथमिक तहदेखि क्रमशः विश्वविद्यालय तहसम्मको शिक्षासँग मिल्दोजुल्दो बनाउने ।
♦ संश्लेषित पाठ्यक्रम तथा पाठ्यांशहरू बनाउने र लागू गरिने । यस्ता पाठ्यक्रम एवम् पाठ्यविषयहरू प्राथमिक तहदेखि क्रमशः विश्वविद्यालय तहसम्मका हुने ।
♦ स्वाध्यायनबाटै पढेका व्यक्तिहरूलाई उनीहरूको योग्यताअनुसार परीक्षा र मूल्यांकनका लागि आधिकारिक शैक्षिक संस्थाद्वारा परीक्षाको माध्यमबाट समकक्षता प्रमाणपत्र दिइने ।
♦ स्वाध्यायन सामग्री निर्माण र सञ्चालन पद्धति विकास गरी त्यसको प्रचारप्रसार गर्ने ।

३. शिक्षामा पहुँच बढाउन विशेष व्यवस्था गरिनेछ

३. शिक्षामा पहुँच बढाउन विशेष व्यवस्था गरिनेछ ।

यस नीतिअन्तर्गत निम्नकार्यनीतिहरू हुनेछन् ःः

♦ मागमा आधारित सघन साक्षरता कार्यक्रम
♦ अनौपचारिक शिक्षामा महिलालाई प्राथमिकता दिइनेछ ।
♦ स्वयंसेवी र सहयोगी व्यक्तिहरू परिचालन गरिनेछ ।
♦ खुला विद्यालय र खुला विश्वविद्यालयमार्फत् समकक्षी कार्यक्रम चलाइनेछ ।
♦ विभिन्न निकायहरूलाई अनौपचारिक शिक्षा कार्यक्रमअन्तर्गत खुला विद्यालय, पेसागत शिक्षालय र व्यावसायिक शिक्षालयहरू सञ्चालन गर्न अनुमति तथा सहयोग प्रदान गरिनेछ ।
♦ स्वयंसेवी र सहयोगीहरूका लागि तालीम सामग्री विकास गरिनेछ ।
♦ जीवनोपयोगी तथा व्यावसायिक तालीम सञ्चालन गरिनेछ ।
♦ मौखिक साक्षरता कार्यक्रमअन्तर्गत सचेतना कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
♦ औपचारिक शिक्षा कार्यक्रममार्फत् अनौपचारिक मोडबाट समकक्षी स्वरूपको शिक्षा प्रदान गरिनेछ ।
♦ रोजगारी दिने संस्था÷व्यक्तिलाई अनिवार्य रूपले आफ्ना श्रमिकहरूलाई स्तरअनुसारको अनौपचारिक शिक्षा प्रदान गर्न प्रोत्साहित गरिनेछ ।
♦ दुर्गम र सहरी बस्तीका भित्री भागमा बसेका बालबालिका, युवायुवती, दलित, महिला, धार्मिक समूह, जाति, जात विशेष तथा बालश्रमिकलाई कामको प्रकृति हेरी विविध खाले अनौपचारिक शिक्षा कार्यक्रममा सहभागी गराइनेछ ।
♦ सबैखाले संघ संस्था र सञ्चारका माध्यमहरूलाई परिचालन गरिनेछ ।
♦ सामाजिक, आर्थिक एवम् शैक्षिक दृष्टिकोणले पछाडि परेका समुदायको शिक्षामा पहुँच बढाउने उपयुक्त पाठ्यक्रम, शिक्षक र सहयोगी कार्यकर्ता तयार पारिनेछ ।
♦ आर्थिकरूपले विपन्न सहभागीहरूलाई साक्षर बनाई आयआर्जन समूहमा आबद्ध गरिनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ समुदाय परिचालन कार्यक्रममार्फत् सर्वेक्षण गरी गाउँ÷नगर शिक्षा योजना बनाउने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूले परिवारिभित्रको लक्षित व्यक्तिसमेत पहिचान गरी त्यसलाई मिल्ने गरी कार्यक्रमहरूको तय गर्ने ।
♦ स–साना समूहका साक्षरता कार्यक्रमको व्यवस्था गर्ने ।
♦ विभिन्न कुनाकाप्चा र समूह उपसमूहमा रहने व्यक्तिहरूलाई सेवा पु¥याउन स्वयंसेवीहरू तयार गरी परिचालन गर्ने ।
♦ लक्षित क्षेत्रहरूमा प्रौढ÷महिला साक्षरता, मौखिक साक्षरता कार्यक्रम, वैकल्पिक विद्यालय, खुला विद्यालय र खुला विश्वविद्यालयहरूको विस्तार गर्ने ।
♦ छोटो अवधिका कार्यक्रमहरू र प्याकेजहरू विकास गरी कार्यान्वयन गर्ने ।
♦ कार्यक्रमहरू अनौपचारिक शिक्षाका शिक्षार्थीहरूको समयानुकूल सञ्चालन गर्ने ।
♦ साक्षरता न्यून रहेका भौगोलिक क्षेत्रमा कार्यक्रम लक्षित गर्ने ।
♦ साक्षरता न्यून रहेका वर्ग जात जातिमा कार्यक्रम लक्षित गर्ने ।
♦ विशेष अवस्थाका बालबालिका जस्तैः द्वन्द्वबाट पीडित र बालश्रमिकहरूमा कार्यक्रमहरू लक्षित गर्ने ।

४. पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाई सामग्री

४. पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाई सामग्री निर्माण तथा वितरण प्रक्रियालाई स्थानीयकरण गर्दै लैजाने सन्दर्भमा विकेन्द्रित गरिनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू अपनाइने छन् ः

♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने सबै सरकारी, गैरसरकारी र निजी संस्थाहरूले अनौपचारिक शिक्षा केन्द्रसँग समन्वय र सहकार्य गरी साक्षरता तथा प्राथमिक तहको अनौपचारिक शिक्षाको पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइसामग्री निर्माण, उत्पादन एवम् वितरण गर्नेछन् ।
♦ प्रौढ, महिला, बाल शिक्षा र वैकल्पिक विद्यालय कार्यक्रमका सामग्रीको गुणस्तर अनौपचारिक शिक्षा केन्द्रले निर्धारण गरेबमोजिम हुनेछ ।
♦ खुला विद्यालयको पाठ्यक्रम, पाठ्यपुस्तक र सिकाइसामग्रीको स्तर निर्धारण तोकेबमोजिमको हुनेछ ।
♦ खुला विश्वविद्यालयले यसका क्याम्पसहरूका लागि गुणस्तर निर्धारण गर्नेछ ।
♦ अनौपचारिक शिक्षा कार्यक्रमका लागि बनेका सामग्रीहरू लैंगिक, जातविशेष, जातीय र भाषिक दष्टिले विश्लेषण गर्दा उपयुक्त ठहरिनु पर्नेछ । यसको उपयुक्तता अनौपचारिक शिक्षा केन्द्रद्वारा मूल्यांकन हुनेछ ।
♦ मूल पाठ्यक्रम तथा मूल सामग्रीको खाका बनाउने क्रममा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था एवम् गैरसरकारी संस्थाहरूलाई सहभागी गराइनेछ ।
♦ पाठ्यक्रम पाठ्यपुस्तक निर्माण, उत्पादन र वितरणमा सूचना प्रविधि चालन गरिनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ अनौपचारिक शिक्षा केन्द्रले आधारभूत तथा साक्षरोत्तर कार्यक्रमका लागि अपेक्षित शैक्षिक उपलब्धिहरूको सूची तयार गरी अनौपचारिक शिक्षाको पाठ्यपुस्तक तथा अन्य सामग्रीबनाउने संस्थालाई सो सूची उपलब्ध गराउने ।
♦ शैक्षिक सामग्रीहरूमा जिवनोपयोगी सीपहरू समावेश गर्ने ।
♦ अनौपचारिक शिक्षा केन्द्रले कार्यक्रम सञ्चालक, निर्णयकर्ता, सामग्री उत्पादक र दाताहरूसँग बसेर यस्तो सूचीलाई अद्यावधिक गर्ने ।
♦ अद्यावधिक सूचीअनुसार व्यक्ति तथा संस्थाहरूले आवश्यक सामग्रीहरू बनाउने ।
♦ समकक्षताका लागि वैकल्पिक विद्यालय, खुला विद्यालय र खुला विश्वविद्यालयका पाठ्यक्रम, पाठ्यसामग्री र सहायक एवम् पूरक सामग्रीहरू अनौपचारिक शिक्षाका अपेक्षित उपलब्धिका आधारमा बनाउने ।
♦ अनौपचारिक शिक्षा केन्द्रले आफ्ना सबैखाले वैकल्पिक विद्यालय कार्यक्रमहरूको लागि संश्लेषित पाठ्यक्रम बनाउने, संशोधन गर्ने र अद्यावधिक गर्ने ।
♦ इच्छुक शैक्षिक संस्थाहरूलाई संश्लेषित पाठ्यक्रम, पाठ्यपुस्तक निर्माण र प्रयोग गर्न प्रोत्साहित गर्ने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्था एवम् व्यक्तिहरूले सम्बन्धित निकायसँग स्वीकृति तथा सहयोग लिई विभिन्न भाषामा स्थानीय पाठ्यक्रम, पाठ्यसामग्री र सहायक एवम् पूरक सामग्रीहरू तयार गर्ने, छाप्ने र वितरण गर्ने र एकअर्काका सामग्रीहरूको प्रयोग गर्ने कामहरू गर्ने ।
♦ ती सामग्रीहरूको सिकाइ उपलब्धि र उपयुक्तता स्तर निर्धारण सम्बन्धित संस्थाले गर्ने ।
♦ स्थानीय तथा राष्ट्रिय पाठ्यक्रम, पाठ्यवस्तु र पूरक सामग्रीहरूको स्थानीय बजारमा उपलब्धता, ती सामग्रीहरू शैक्षिक उपलब्धिको अद्यावधिक सूचीअनुसार भए नभएको र जात विशेष, जातीय, लैंगिक, धार्मिक, भाषिक र अपांगताका मुद्दाहरूलाई ध्यानमा राखिएको वा नराखिएको सम्बन्धित संस्थाले एकिन गर्ने ।
♦ विपन्न एवम् लक्षित समूहलाई अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालकले पाठ्यसामग्रीहरू निःशुल्क उपलब्ध गराउने ।

५. शिक्षामा पहुँच, गुणस्तर र समता

५. शिक्षामा पहुँच, गुणस्तर र समता प्राप्त गर्नका लागि सामुदायिक अध्ययन केन्द्रहरूलाई कार्यक्रम सञ्चालन र संयोजनको आधार बनाइनेछ ।

यस नीतिअन्तर्गत निम्नलिखित कार्यनीतिहरू अपनाइनेछ ः

♦ सामुदायिक अध्ययन केन्द्रहरू, गैरसरकारी संस्था, स्थानीय समूह, विद्यालय, स्थानीय निकाय र सरकारी संस्थाहरूले एकल वा संयुक्तरूपमा तोकिए बमोजिम सञ्चालन गर्न सक्नेछन् ।
♦ समुदायका आवश्यकताअनुसार शैक्षिकलगायत विभिन्न कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
♦ समुदायका प्रौढ तथा युवा सदस्यहरूलाई आवश्यक पर्ने अन्य जीवनोपयोगी सीपलाई ध्यानमा राखी विविध कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
♦ सामुदायिक विकास, उत्पादन वृद्धि र सांस्कृतिक संरक्षण तथा निरन्तर शिक्षाका लागि सामुदायिक अध्ययन केन्द्रलाई परिचालन गरिनेछ ।
रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ स्थानीय निकायले नयाँ क्षेत्रमा सामुदायिक अध्ययन केन्द्रको स्थापना गर्दा विशेष लक्षित समूहलाई ध्यान दिने ।
♦ सामुदायिक अध्ययन केन्द्रलाई सबै किसिमको अनौपचारिक शिक्षा विस्तारका लागि केन्द्रविन्दु बनाउने ।
♦ विभिन्न व्यक्ति, समूहलाई परिचालन गरी समुदायमा साक्षरता अभियान सञ्चालन गर्ने ।
♦ समूहमा आबद्ध महिलाहरूको निम्ति शिशुस्याहार केन्द्रको प्रबन्ध गर्ने ।
♦ समुदायको आवश्यकताअनुसार समूहको हितका लागि विभिन्न विकासात्मक कार्यहरू सञ्चालन गर्ने ।

६. विकेन्द्रीकृत तरिकाबाट अनौपचारिक शिक्षा

६. विकेन्द्रीकृत तरिकाबाट अनौपचारिक शिक्षा कार्यक्रमहरूको कार्यान्वयन, सुपरिवेक्षण, अनुगमन र मूल्याङ्कन गरिनेछ

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ सरकारी, गैरसरकारी र स्थानीय निकायहरूको एकल र संयुक्तरूपमा सुपरिवेक्षण, अनुगमन र मूल्यांकन गरिनेछ ।
♦ अनुगमन एवम् सुपरिवेक्षण गर्दा सहभागितात्मक विधि अपनाइनेछ ।
♦ सुपरिवेक्षण, अनुगमन र मूल्यांकनपश्चात् स्थानीय एवम् केन्द्रीय तहमा छलफल सत्रहरूको आयोजना गरी प्रतिवेदन प्रस्तुत गरिनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ अनौपचारिक शिक्षा केन्द्रले अनौपचारिक शिक्षा प्रदान गर्ने अन्य निकायहरूको अनुगमन गर्नका लागि बेलाबेलामा ती निकायहरूको निरीक्षण गर्ने, समूहमा छलफल गराउने र स–साना अनुसन्धानात्मक कार्यहरू गर्ने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूले जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा एकाइलाई अनिवार्य रूपमा आ–आफ्ना कार्यक्रमको अनुगमन र मूल्यांकन गर्ने कार्यमा सघाउ पु¥याउने ।
♦ प्रधानाध्यापकले आफ्नो विद्यालयअन्तर्गतका वैकल्पिक विद्यालय कार्यक्रमहरूको सुपरिवेक्षण गर्ने ।
♦ सामुदायिक परिचालकले आफ्नो केन्द्रअन्तर्गत सञ्चालित बाल÷प्रौढ÷महिला साक्षरता कक्षाको अनुगमन र सुपरिवेक्षण गर्ने ।
♦ सबैखाले सुपरिवेक्षकहरूले आफूले गरेको निरीक्षणको प्रतिवेदन गाविस÷नपा र सम्बन्धित संस्थामा पठाउने ।
♦ अन्य संस्थाहरूले चलाएको खुला विद्यालयको सुपरिवेक्षण गर्ने काम सम्बन्धित निकायले तोकेको व्यक्ति÷संस्थाको हुने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने निकायहरूले आ–आफ्नै आन्तरिक सुपरिवेक्षकहरू भर्ना गर्ने ।
♦ सुपरिवेक्षकहरूको योग्यता तोकेबमोजिम हुनुपर्ने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने सहयोगी कार्यकर्ताले सहभागीको शैक्षिक उपलब्धि मापन गर्नका लागि उनीहरूको व्यक्तिगत प्रोफाइल राख्ने ।
♦ स्थानीय जिल्लास्तरीय निकायहरूले स्थानीय स्वायत्त शासन ऐन, २०५५ ले तोकेबमोजिमको जिम्मेवारी बहन गर्नेछ ।

७. साधन र स्रोत जुटाउने तथा सदुपयोग

७. साधन र स्रोत जुटाउने तथा सदुपयोग गर्नका लागि विभिन्न निकायहरू बीच साझेदारी,
सञ्जाल र समन्वय कायम गरिनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ अनौपचारिक शिक्षा केन्द्रले अनौपचारिक शिक्षासँग सम्बद्ध सबै निकायहरूको केन्द्रीय कार्यथलोका रूपमा साझेदारी, सञ्जाल र समन्वयको कार्य गर्नेछ ।
♦ राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले मानवीय, आर्थिक र भौतिक साधनस्रोत उपलब्ध गराउनेछन् ।
♦ अनौपचारिक शिक्षा केन्द्रले अनौपचारिक शिक्षा परिषद्को संयोजकत्वमा अन्य मन्त्रालयहरूसँग पाठ्यसामग्री तयार गर्न र विषयवस्तुको दोहोरोपन कम गर्न आवश्यकताअनुसार समन्वय गर्नेछ ।
♦ अनौपचारिक शिक्षा परिषद्मार्फत संयुक्त राष्ट्रसंघीय संस्था, अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र अन्य दातृ संस्थाहरूसँग समन्व्य गरी “सबैको लागि शिक्षा” को उद्देश्य प्राप्त गर्न पहल गरिनेछ ।
♦ गाविस÷नगरपालिकाले अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्न राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सहयोग लिन सक्नेछन् ।
♦ खुला विद्यालय र खुला विश्वविद्यालयले मानवीय, आर्थिक तथा भौतिक स्रोतको आपसी साझेदारी गर्ने नीति अवलम्बन गर्नेछन् ।
♦ कार्यक्रमहरू बीच दोहोरोपन हटाउन कार्यान्वयन तहमा कार्यगत समन्वय र साझेदारी गरिनेछ ।
रणनीति  माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ व्यक्तिगत एवम् संस्थागत अनुभव आदान प्रदान गरेर अनौपचारिक शिक्षाका सहकर्मीहरू बीच मानवीय स्रोतको साझेदारी गर्ने ।
♦ दोहोरोपन हटाई स्थानीय तहमा उपलब्ध स्रोतको सदुपयोग गर्नका लागि अनौपचारिक शिक्षा तथा अन्य कार्यक्रमका सहकर्मीहरू बीच साझेदारी गर्ने ।
♦ जिल्लामा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संघ संस्थाहरूको रोस्टर जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा एकाइमा अनिवार्य रूपले राख्ने ।
♦ अनुसन्धानलगायतका अनौपचारिक शिक्षाका विविध पक्षमा साझा कार्यक्रमहरू सञ्चालन गर्ने ।
♦ अनौपचारिक शिक्षा केन्द्रले आफ्ना साझेदार संस्थाहरूको सहयोगमा मानवीय स्रोतको स्तरवृद्धि गरी अद्यावधिक गर्ने ।
♦ अनौपचारिक शिक्षाका विविध तहमा आर्थिक र भौतिक साधन स्रोतहरूको आदान प्रदान गर्ने ।
♦ जिल्ला शिक्षा कार्यालयले जिविसको सामाजिक समिति र अनौपचारिक शिक्षा समितिले जिल्ला शिक्षा कार्यालयको अनौपचारिक शिक्षा एकाइसँग कार्यगत सम्बन्ध राख्ने ।
♦ सामाजिक समितिको संयोजक जिल्ला अनौपचारिक शिक्षा समितिको सदस्य रहने ।
♦ अनौपचारिक शिक्षा समितिले जिल्लाभरका अनौपचारिक शिक्षा कार्यक्रमहरूको अनुगमन तथा मूल्याङ्कन समेत गर्ने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने गैरसरकारी संस्थाहरू र जिल्ला महासंघले अनौपचारिक शिक्षा समितिसँग कार्यक्रम कार्यान्वयनका सन्दर्भमा नियमित छलफल गर्ने ।
♦ अनौपचारिक शिक्षा परिषद् र जिल्ला अनौपचारिक शिक्षा समितिहरूलाई स्रोतसाधन सम्पन्न बनाउने ।
♦ सञ्चार क्षेत्रसँग साझेदारी गरी अनौपचारिक शिक्षा केन्द्रले सामुदायिक अध्ययन केन्द्रमा पत्रपत्रिकाहरू उपलब्ध गराउने ।
♦ सञ्चार क्षेत्रसँग साझेदार गरी अनौपचारिक शिक्षाबारे प्रचार प्रसार गर्ने ।
♦ स्थानीय र राष्ट्रिय स्तरमा मावनीय, भौतिक र आर्थिक स्रोतको साझेदारी गर्ने ।
♦ अन्तर्राष्ट्रिय स्तरमा साझेदारी गर्नको लागि शिक्षा तथा खेलकुद मन्त्रालय वा समाज कल्याण परिषद्मार्फत जाने ।

८. पहुँच सुनिश्चित गर्न

८. पहुँच सुनिश्चित गर्न र गुणस्तर तथा सहअस्तित्व कायम गर्न समावेशी  शैक्षिक नीतिहरू अपनाइनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ जातीय, जात विशेष, लैंगिक, भाषिक र अपाङ्गता विभेद अन्त गर्नका लागि विशेष शैक्षिक वातावरण तयार गरिनेछ ।
♦ विविध खाले अपाङ्गहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन विशेष व्यवस्था मिलाइनेछ ।
♦ सशस्त्र द्वन्द्वबाट पीडित बालबालिका तथा प्रौढलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन विशेष व्यवस्था मिलाइनेछ ।
♦ बालश्रमिकहरूलाई गुणस्तरीय शिक्षामा पहुँच दिलाउन विशेष व्यवस्था मिलाइनेछ ।
♦ तोकिएको न्युनतम योग्यता भएका पिछडिएका समुदाय, महिला र स्थानीय भाषा बोल्नसक्ने व्यक्तिलाई अनौपचारिक शिक्षा कार्यक्रमका सहयोगीकार्यकर्ता, सुपरिवेक्षक र स्रोतव्यक्ति बनाइनेछ ।
♦ कुन भाषामा पढ्ने पढाउने भनी छान्ने अधिकार समुदाय÷समूहलाई दिइनेछ र आवश्यकता अनुसार स्थानान्तरणको प्रक्रिया अपनाइनेछ ।
♦ भाषिक सहअस्तित्वको सिद्धान्तअनुसार बहुसांस्कृतिक सिकाइ गरिनेछ ।
♦ मातृभाषामा साक्षरता सामग्रीहरूको निर्माण गरिनेछ ।
♦ सूचना प्रविधि ९क्ष्ऋत्० को माध्यमबाट अनौपचारिक शिक्षाको पहुँच व्यापक बनाइनेछ ।
♦ पिछडिएका समुदायका संस्थाहरूलाई अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्न प्राथमिकता दिइनेछ ।

रणनीति 

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ प्रशिक्षक÷सहयागीकार्यकर्ता÷शिक्षक÷सुपरिवेक्षक र परिचालकहरूलाई समाहित शिक्षण विधिबारे तालीम दिने ।
♦ जातीय र जात विशेष (दलित, जनजाति, लोपन्मुखजाति) लैङ्गिक, भाषिक, अपाङ्ग, बालश्रमिक र सशस्त्र द्वन्द्वबाट पीडितहरूको साझा तथा विशेष समस्याबारे छलफल गरी प्रशिक्षक÷सहयोगीकार्यकर्ता÷ शिक्षक÷सुपरिवेक्षक र परिचालकहरू तयार पार्ने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूले प्रशिक्षक, सहयोगीकार्यकर्ता, शिक्षक, सुपरिवेक्षक र परिचालकहरूलाई समूह विशेषको स्थानीय भाषा र साझा मुद्दा एवम् समसयाबारे प्रबोधीकरण गर्ने ।
♦ स.का.÷शिक्षकहरूलाई स्थानीय भाषामा प्रकाशित सामग्रीहरू उपलब्ध गराउने ।
♦ मूल र सहायक पाठ्यसामग्रीका अन्त्यमा त्यहाँ प्रयोग भएका शब्दावलीलाई विभिन्न भाषामा अर्थिनेगरी शब्दको अर्थ दिने ।

९. अनौपचारिक शिक्षा कार्यक्रम चलाउ

९. अनौपचारिक शिक्षा कार्यक्रम चलाउने सबै संस्थाहरूको साझा तथ्याङ्क भण्डार  बनाइनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू अपनाइने छन् ः

♦ स्थानीय निकाय, जिल्ला वा केन्द्रमा उपलब्ध तथ्यांकहरूलाई प्रयोग गरी लक्षित क्षेत्र निर्धारण गरिनेछ ।
♦ स्थानीय निकायले सामुदाय परिचालकमार्फत् सर्वेक्षणगरी गाविस÷नपा तहमा अनौपचारिक शिक्षा शैक्षिक सूचना प्रणाली  खडा गर्ने र उपलब्ध तथ्यांकलाई प्रणालीबद्ध रूपमा अद्यावधिक गर्नेछ ।
♦ जिशिकाको अनौपचारिक शिक्षा एकाइले सो सर्वेक्षणमा बालश्रमिक, विद्यालय नजाने बालबालिका र निरक्षर महिला तथा पुरुष र दलित, जनजाति तथा धार्मिक समूहसम्बन्धी जानकारी समावेश गर्नेछ ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने सबै संस्थाहरूले एउटै डाटाबेस प्रयोग गर्नसक्ने प्रबन्ध मिलाइनेछ ।
♦ अनौपचारिक शिक्षा केन्द्रले राष्ट्रिय एवम् जिल्लास्तरीय डाटाबेस बनाउने काममा सहजकर्ताको भूमिका निर्वाह गर्नेछ ।धधध।
♦ राष्ट्रिय जनगणनामा साक्षरतासम्बन्धी सही तथ्यांक बटुल्न अनौपचारिक शिक्षा केन्द्रले केन्द्रीय तथ्यांक विभागसँग सहकार्य गर्नेछ ।
♦ पिछडिएका समुदायका संस्थाहरूलाई अनौपचारिक शिक्षा सञ्चालन गर्नका लागि प्राथमिकता दिनेछ ।
♦ म्बतब दबकभ तयार गर्दा मष्कबननचभनबतभ मबतब तयार गर्नेछ । रणनीति  माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ गाउँ शिक्षा योजना÷नगर शिक्षा योजनाद्वारा संकलन गरेको साक्षरतासम्बन्धी तथ्यांक प्रयोग गर्ने ।
♦ उपलब्ध जिल्लास्तरीय तथ्यांकको निचोडलाई जिशिकामा राख्ने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रमको जिल्लागत तथ्यांकको निचोड अनौपचारिक शिक्षा केन्द्रमा राख्ने ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाले कार्यक्रमसम्बन्धी सम्पूर्ण तथ्यांकहरू डाटावेसमा समावेश गर्ने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने संस्थाले आ–आफ्नो दक्षता ९क्ष्लतभचलब िभााष्अष्भलअथ० र मानवीय, भौतिक तथा आर्थिक स्रोतको तथ्यांक अद्यावधिक गर्ने ।
♦ उपलब्ध तथयांकहरूलाई लैंगिक, जातीय, जात विशेष, भाषिक, धार्मिक समूह र अपाङ्गता छुट्टिने गरी व्यवस्थित गर्ने ।
♦ साक्षरता, वैकल्पिक शिक्षा, खुला विद्यालय र खुला विश्वविद्यालयका विज्ञहरू, तथा अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालक, सहयोगीकार्यकर्ता, शिक्षक, तालीमकर्ता, स्रोतव्यक्ति, निरीक्षक, सबैको तथ्यांक अद्यावधिक गर्ने ।
♦ डाटाबेसका लागि तीन किसिमबाट प्राविधक एवम् प्रशासनिक तथ्यांकहरू संकलन गर्ने अनौपचारिक शिक्षा केन्द्रले आफ्नो फारमकमार्फत बटुलेको तथ्यांकबाट, अनौपचारिक शिक्षा कार्यक्रम चलाउने संस्थाहरूले पठाएको प्रतिवेदनबाट र मूल्यांकन प्रतिवेदनहरूबाट ।

♦ डाटाबेसलाई वेब पेज, इ–मेल आदिको माध्यमबाट सर्वसाधारणको पहुँचमा पु¥याउने ।
♦ सम्बन्धित संस्थाले अनौपचारिक शिक्षा कार्यक्रमका असल अभ्यासहरूको अभिलेख राख्ने र प्रचारप्रसार गर्ने ।

१०. कार्यक्रमलाई सवलीकरण गर्न

१०. कार्यक्रमलाई सवलीकरण गर्न र कार्यरत जनशक्तिको कार्यदक्षता बढाउन तालीम, अनुसन्धान, स्वानुगमन एवम् प्रवर्तनकार्यलाई समावेश गरिनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ प्रत्येक खाले अनौपचारिक शिक्षा कार्यक्रममा अनुसन्धान एवम् प्रवर्तनलाई आबद्ध
गरिनेछ ।
♦ अनौपचारिक शिक्षा केन्द्रले आफ्ना र अन्य संस्थाहरूले सञ्चालन गरेका अनौपचारिक शिक्षा कार्यक्रमहरूमा अनुसन्धान तथा प्रवर्तनलाई अनिवार्यरूपले आबद्ध गराइनेछ ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः

♦ अनुसन्धान एवम् प्रबर्तन कार्यलाई अनौपचारिक शिक्षा कार्यक्रमका विभिन्न तहमा आबद्ध गर्ने ।
♦ परिचालक, सहयोगीकार्यकर्ता÷शिक्षकको कार्यक्षेत्र भित्रै अनुसन्धान एवम् प्रवर्तनलाई समावेश गर्ने ।
♦ प्राप्त अनुसन्धान एवम् प्रवर्तनको नतिजा विश्लेषण गरी नीति, कार्यनीति, कार्यक्रम, पाठ्यक्रम, पाठ्यसामग्री, तालीम आदिमा समयानुकूल संशोधन गर्ने ।

११. “सबैका लागि शिक्षा” का लक्ष्यहरू

११. “सबैका लागि शिक्षा” का लक्ष्यहरू प्राप्त गर्न निजी, सरकारी एवम् गैरसरकारी क्षेत्रलाई परिचालन गरिनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ साधन र स्रोतको साझेदारी गरिनेछ ।
♦ संयुक्त प्रयासमा विविध कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।

रणनीति

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन्

♦ निजी क्षेत्रसँग उपलब्ध भएका मानवीय र भौतिक स्रोतहरूको आदानन प्रदान गरी अनौपचारिक शिक्षा कार्यक्रम चलाउने ।
♦ ट्रेडयुनियनहरूले आफ्ना कामदारहरूका लागि साक्षरता कार्यक्रम सञ्चालन गर्न पहल गर्ने र सोको तथ्याङ्क संकलन गरी जिल्ला शिक्षा कार्यालय र अनौपचारिका शिक्षा केन्द्रमा समेत पठाउने ।

१२. अनौपचारिक शिक्षाको वित्तीय व्यवस्था

१२. अनौपचारिक शिक्षाको वित्तीय व्यवस्था राष्ट्रको आर्थिक अवस्था एवम् नीतिअनुसार हुनेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ अनौपचारिक शिक्षा केन्द्र तथा अन्य संघ संस्थाले राष्ट्रको आर्थिक नीतिको परिधिभित्र रहेर आ–आफ्नो वित्तीय व्यवस्था मिलाउने छन् ।
रणनीति  माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ गाउँ÷नगर शिक्षा योजनाअनुरूप उक्त निकायहरूलाई एकमुष्ट अनुदान  दिने र सो रकम फ्रिज नहुने प्रबन्ध गर्ने ।
♦ एकमुष्ट अनुदान प्राप्त निकायले स्वविवेकमा स्रोतको बाँडफाँड गर्ने ।
♦ वैकल्पिक विद्यालयको सुपरिवेक्षण, अनुगमन र मूल्यांकन गर्ने मातृविद्यालय तथा गैरसरकारी संस्थालाई व्यवस्थापन खर्च दिने ।
♦ अनौपचारिक शिक्षा सञ्चालन गर्ने संस्थाहरूले सामाजिक लेखापरीक्षण गराउने ।
♦ नोकरीदाता÷उद्योग÷कारखानाले आफ्ना कामदारहरूका लागि लागत साझेदारी गरी अनिवार्यरूपमा आधारभूत अनौपचारिक शिक्षा उपलब्ध गराउने ।
♦ तोकिएको सर्तमा सहयोगी कार्यकर्ता र निरीक्षकलाई पारिश्रमिक उपलब्ध गराउनु पर्नेछ ।
♦ अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूको क्रियाशीलतामा जोडा कोष र साझेदारी कोषको प्रबन्ध गर्ने ।

१३. अनौपचारिक शिक्षा कार्यक्रमको व्यवस्थापन

१३. अनौपचारिक शिक्षा कार्यक्रमको व्यवस्थापनका लागि स्थानीय निकायले परिचालक  को भूमिका खेल्नेछ । अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालकहरूले भने विभिन्न मोडालिटिहरू अपनाउन सक्नेछन् । तिनमध्ये स्थानीय निकाय, गैरसरकारी संस्था, सामुदायिक अध्ययन केन्द्र र शिक्षालय मोडालिटिहरू प्रमुख हुनेछन् ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन् ः

♦ स्थान, आवश्यकता र परिस्थिति हेरी कुनै पनि मोडेलबाट अनौपचारिक शिक्षाका कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
♦ कुनै पनि मोडेलबाट अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्दा स्थानीय स्वायत्त शासन ऐनको परिधिभित्र रही सम्बन्धित निकायले सञ्चालन गर्नेछ ।
♦ कार्यक्रमहरू सञ्चालन गर्नका लागि विभिन्न समिति एवम् उपसमितिहरू बनाउन सकिनेछ ।
♦ जिल्ला शिक्षा कार्यालय र क्षेत्रीय शिक्षा निर्देशनालयमा अनौपचारिक शिक्षासम्बन्धी कार्यक्रम हेर्ने एकाइ गठन गरिनेछ ।
♦ उक्त एकाइहरूले शैक्षिक एवम् गैरशैक्षिक संस्थाहरूले चलाएका अनौपचारिक शिक्षा कार्यक्रमको रेखदेख र अनुगमन गर्नेछन् ।

रणनीति 

माथिका नीति एवम् कार्यनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन् ः
♦ प्रत्येक मोडेलमा अनौपचारिक शिक्षाबारे जानकार, सहजकर्ताहरूको परिचालन गर्ने ।
♦ भौतिक तथा मानवीय स्रोतको व्यवस्थापन, विकास र स्तरवृद्धिका कार्यक्रम सञ्चालक संस्थाले नै गर्ने ।
♦ कार्यक्रम सञ्चालक संस्थाहरूले घुमन्ते वा अस्थायी बसोबास भएकाहरूका निम्ति घुमन्ते सहयोगी कार्यकर्ताको व्यवस्था गर्ने ।
♦ निरक्षरता उन्मुलन गर्न प्रतियोगितात्मक ढंगबाट स्थानीय निकायहरूको परिचालन गर्ने ।

१४. अनौपचारिक शिक्षा

१४. अनौपचारिक शिक्षा केन्द्रले विभिन्न सरकारी, गैरसरकारी संस्था एवम् अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गरी आपसी सहयोगको वातावरण सिर्जना गर्नेछ ।

यस नीतिअन्तर्गत निम्निलिखित कार्यनीतिहरू हुनेछन्

♦ अनौपचारिक शिक्षासम्बन्धी नीति एवम् रणनीतिहरूको अद्यावधिक, परिमार्जन एवम् संशोधन गर्नेछ ।
♦ समन्वय र सहयोगको वातावरण सिर्जना गर्न विकेन्द्रीकरणको अवधारणा अपनाउनेछ ।
♦ अनौपचारिक शिक्षा परिषद् र अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालनकर्ताबीच पुलको काम गर्नेछ ।
♦ अनौपचारिक शिक्षा क्षेत्रमा समता, समानता र सामाजिक न्याय कायम गर्न अनौपचारिक शिक्षा परिषद्लाई मद्दत गर्नेछ ।
♦ अनौपचारिक शिक्षाको क्षेत्रमा अनुसन्धान र प्रबद्र्धनका कार्यहरू गर्नेछ ।
♦ अनौपचारिक शिक्षाका लक्षित समुहका लागि बनेका योजना, कार्यक्रम र कार्य प्रगतिको विवरण सम्बन्धित संस्था, आयोग र प्रतिष्ठानहरूसँग आदान प्रदान गर्नेछ ।
♦ अनौपचारिक शिक्षालाई समयसापेक्ष ऊर्जा दिन यसका विज्ञ, अनुसन्धानकर्ता, अध्ययनकर्ता र अभ्यासकर्ताहरूको समसामयिक गोष्ठी÷कार्यशाला÷अन्तरक्रिया गरी नयाँ विचारहरू सिर्जना एवम् वितरण गर्ने प्रबन्ध मिलाउनेछ ।
♦ विभिन्न सूचक ९क्ष्लमष्अबतयच० र सूचाङ्क ९क्ष्लमभह० समेटिएकाअनुगमन एवम् मूल्याङ्कन खाका तयार तथा प्रयोग गर्ने गराउनेछ ।
♦ अनौपचारिक शिक्षामा काम गर्ने व्यक्ति संस्थाहरूलाई पुरस्कृत गर्नेछ ।
♦ अनौपचारिक शिक्षा केन्द्रले कामदारहरूका लागि शैक्षिक कार्यक्रम सञ्चालन गर्न उद्योग तथा वाणिज्यसँग सम्बन्धित संघ संस्थाहरूको पहलमा रोजगारदाताहरूसँग छलफल तथा सहकार्य गर्नेछ र आवश्यकताअनुसार आचारसंहिता पनि बनाउनेछ ।

रणनीति

माथिका नीति एवम् उपनीतिहरूलाई कार्यान्वयन गर्न देहायका रणनीतिहरू हुनेछन्

♦ विभिन्न मन्त्रालय तथा अन्य संघ संस्थाहरूसँग पाठ्यसामग्रीहरूको आदान प्रदान गर्ने ।
♦ अनौपचारिक शिक्षाका कार्यक्रमहरूको प्रभावकारी अनुगमन गर्ने ।
♦ अनौपचारिक शिक्षासँग सम्बन्धित मानवीय स्रोतहरूको विकास गर्ने ।
♦ अनौपचारिक शिक्षासँग सम्बन्धित तथ्यांकहरू अद्यावधिक गर्न सहयोग पु¥याउने ।
♦ अनौपचारिक शिक्षाको क्षेत्रमा उदाहरणीय काम गर्ने संस्थालाई पुरस्कृत गर्ने र सोको अनुकरण गर्ने व्यवस्था मिलाउने ।

१५. निरक्षरता उन्मूलन गर्न साक्षरता

१५. निरक्षरता उन्मूलन गर्न साक्षरता अभियानलाई प्रमुख आधार बनाइनेछ । यस कार्यमा स्थानीय निकायलाई जिम्मेवार बनाइनेछ ।

१६. अनौपचारिक शिक्षा

१६. अनौपचारिक शिक्षा कार्यक्रम सञ्चालन गर्ने संस्थाहरूले यस नीति, कार्यनीति र रणनीतिअन्तर्गत रही आफ्नो कार्यनीतिहरूको तर्जुमा गर्नेछन् ।