समाज कल्याण ऐन, २०४९
लालमोहर र प्रकाशन मिति -२०४९।७।१७
१. केही नेपाल ऐनको व्यवस्था जगाउने ऐन, २०६३ -२०६३।४।२३
२. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ -२०६६।१०।७
३. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ -२०७२।११।१३
४. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०४९ सालको ऐन नं. २९
……………
समाज कल्याण सम्बन्धी व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : नेपाल र नेपाली समाजको सर्वाङ्गीण विकासको लागि समाज कल्याण कार्य तथा समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माण कार्यहरूसँग सम्बद्ध गराई समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई मानवोचित जीवन यापन गर्न सक्षम तुल्याउन, समाजसेवी संघ संस्था तथा व्यक्तिहरूको मर्यादा र प्रतिष्ठा बढाउन तथा गैर सरकारी सामाजिक संघ संस्थाहरूको काम कारवाहीमा समन्वय गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको एक्काइसौं वर्षमा संसदले यो ऐन बनाएकोछ ।