बृहत्तर जनकपुर क्षेत्र विकास परिषद् ऐन, २०५५
लालमोहर र प्रकाशन मिति -२०५५।३।२९
१. गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानुन संशोधन गर्ने ऐन, २०६६ २०६६।१०।७
२. केही नेपाल ऐन संशोधन गर्ने ऐन, २०७२ २०७२।११।१३
३. नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५ २०७५।११।१९
२०५५ सालको ऐन नं. ५
…………
बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को स्थापना र व्यवस्था गर्न बनेको ऐन
प्रस्तावना : जनकपुर र यसको माध्यमिकी (पञ्चकोशी ) परिक्रमा क्षेत्रभित्रको धार्मिक, ऐतिहासिक र पुरातात्विक महत्वका मठ, मन्दिर, सरोवर र स्थलहरूको सुरक्षा, सम्भार र विकास गर्ने तथा बृहत्तर जनकपुर क्षेत्रको सामाजिक, आर्थिक र साँस्कृतिक विकासका पूर्वाधारहरू विकसित गर्दै सुव्यवस्थित तीर्थस्थल एवं धार्मिक क्षेत्रको रूपमा योजनाबद्ध ढंगले विकास गर्न बृहत्तर जनकपुर क्षत्र विकास परिषद्को स्थापना र व्यवस्था गर्न वाञ्छनीय भएकोले,
श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवको शासनकालको सत्ताईसौं वर्षमा संसदले यो ऐन बनाएको छ ।