८. शिकार अनुज्ञापत्र ९लाइसेन्स का किसिमहरुस् शिकार अनुज्ञापत्र देहाय बमोजिम चार किसिमका हुनेछ ।
९क. जिल्ला शिकार अनुज्ञापत्र,
९ख. सामान्य शिकार अनुज्ञापत्र,
९ग. पूरक शिकार अनुज्ञापत्र,
९घ. पंक्षी शिकार अनुज्ञापत्र,
९. जिल्ला शिकार अनुज्ञापत्र ९लाइसेन्स १ जिल्ला शिकार अनुज्ञापत्र अनुसूची (१ बमोजिमको दस्तुर लिई नेपाली नागरिकलाई मात्र दिन सकिनेछ । सो अनुज्ञापत्र दश दिनसम्म बहाल रहने गरी जिल्ला वन कार्यालयले दिन सक्नेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले अनुज्ञापत्रमा तोकिएको इलाकामा देहायका वन्यजन्तुहरु र पंक्षीहरू देहायको अधिकतम संख्यामा नबढाई वन्यजन्तुको हकमा जम्मा तीनवटासम्म र पंक्षीको हकमा जम्मा दशवटासम्म शिकार गर्न पाउनेछ ।
वन्यजन्तु र पंक्षीहरूको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तु र पंक्षीहरूको अधिकतम संख्यास्(
१स्तनधारीस्
९क. रातो मृग
९ख. चित्तल
९ग. बनेल
९घ. चौघडा
२ पंक्षीहरूस्
९क. मुजूर
९ख. कालिज
९ग. लुईचे (
९घ. तित्रा, च्याखुरा
९ङ. पानी हाँस
तर कुनै पनि दिनमा तीनवटा भन्दा बढी पंक्षीहरू मार्न पाइने छैन ।
२ उपनियम १ मा जुनसुकै कुरा लेखिएको भएता पनि जिल्ला शिकार अनुज्ञापत्र एकै व्यक्तिलाई एक वर्षमा एक पटक भन्दा बढी दिइने छैन र त्यसको म्यादभित्र शिकार गरे पनि नगरे पनि सो अनुज्ञापत्रको म्याद थप हुने छैन ।
१०. सामान्य शिकार अनुज्ञापत्रस् सामान्य शिकार अनुज्ञापत्र अनुसूची (१ बमोजिमको दस्तुर लिई नेपाली र विदेशी नागरिकलाई महाभारत श्रृंखलादेखि दक्षिण सीमाक्षेत्रसम्म पन्ध्रदिन वा महाभारत श्रृंखलादेखि उत्तर सीमाक्षेत्रसम्म एक्काइस दिनसम्म बहाल रहने गरी दिन सकिनेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले अनुज्ञापत्रमा लेखिएको जिल्ला वा क्षेत्रमा देहायका वन्यजन्तुहरू र पंक्षीहरू देहायको अधिकतम संख्यामा नबढाई वन्यजन्तुको हकमा जम्मा चारवटासम्म र पंक्षीहरुको हकमा जम्मा दशवटासम्म शिकार गर्न पाउनेछस्(
९१० वन्यजन्तुको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तुको अधिकतम संख्यास्(
९क. रातो मृग ( १
९ख. चित्तल ( २
९ग. लगुना ( १
९घ. घोडा गधा ( १
९ङ. बनेल ( २
९च. चौघडा ( ४
२ पंक्षीहरूको नाम स् शिकार गर्न पाइने प्रत्येक पंक्षीहरूको अधिकतम संख्यास्(
९क. मुजूर ( २
९ख. कालिज ( ४
९ग. लुईचे ( १०
९घ. च्याखुरा र तीत्रा ( १०
९ङ. पानी हाँस र चखेवा ( १०
९च. ढुकुर, परेवा, हलेसो ( १०
९छ. बट्टाई ( १०
९ज.चाहा ( १०
तर कुनै पनि दिनमा चाहा र बट्टाई बाहेक अन्य पंक्षीहरू पाँचवटा भन्दा बढी मार्न पाइने छैन । चहा र बट्टाईको हकमा एक दिनमा बढीमा दशबटासम्म शिकार गर्न सकिनेछ ।
११. पूरक शिकार अनुज्ञापत्रस् सामान्य शिकार अनुज्ञापत्र प्राप्त व्यक्तिलाई सो अनुज्ञापत्रमा तोकिएको ठाउँ र म्यादभित्र शिकार गर्ने गरी अनुसूची(१ बमोजिम लाग्ने दस्तुर बुझाएमा देहायका वन्यजन्तु देहाय बमोजिमको संख्यामा शिकार गर्न पूरक शिकार अनुज्ञापत्र दिन सकिनेछस्(१ वन्यजन्तुको नाम शिकार गर्न पाइने प्रत्येक वन्यजन्तुको अधिकतम संख्याः
९क. नाउर ( २
९ख. जरायो ( १
९ग. चितुवा ( १
९घ. भालु ९हिमालयन बियर० ( १
९ङ. भालु ९स्थल बियर० ( १
९च. थार ( १
९छ. झारल ( १
९ज. घोरल ( १
९झ० चित्तल ( २
९ञ. बनेल ( २
१२. पंक्षी शिकार अनुज्ञापत्र लाइसेन्स यो अनुज्ञापत्र शिकार खुला समय सिजन भरको लागि बहाल रहने गरी नेपाली र विदेशी नागरिकलाई अनुसूची (१ बमोजिमको दस्तुर लिई दिन सकिनेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले देहायमा लेखिएका पंक्षीहरूको हकमा एक दिनमा पाँचमा नबढाई शिकार गर्न पाउनेछ । चाहा र बट्टाईको हकमा एक दिनमा दशवटासम्म शिकार गर्न सकिनेछ पंक्षीहरूको नाम स् शिकार गर्न पाइने प्रत्येक पंक्षीहरूको अधिकतम संख्याः
१ मुजूर
२ कालिज
३ तीत्रा
४ लुईचे
५ बट्टाई
६ पानी हाँस र चखेवा
७ ढुकुर, परेवा, हलेसो
८ चाहा
९ च्याखुरा
१३. शिकार अनुज्ञापत्र ९लाइसेन्स दिने अधिकारीस् १ जिल्ला शिकार अनुज्ञापत्र बाहेक नियम १०, ११ र १२ बमोजिमको अनुज्ञापत्र प्रमुख वा सो कामको लागि नेपाल सरकारले तोकेको कुनै अधिकृतले दिन सक्नेछ ।
२कुनै किसिमको शिकार अनुज्ञापत्रको लागि दरखास्त दिने व्यक्तिसँग शिकार गर्न चाहेको वन्यजन्तु वा पंक्षीहरू मार्न प्रयोग गरिने हातहतिहारको प्रचलित नेपाल कानून बमोजिम रीतपूर्वक इजाजतपत्र भएमा मात्र अनुज्ञापत्र दिइनेछ ।
३ कुनै वर्ष शिकार आरक्षमा मार्न पाउने वन्यजन्तुको वार्षिक भाग कोटा प्रमुखले निश्चित गर्नेछ र त्यसरी निश्चित गरेको भाग कोटा मा नबढ्ने गरी मात्र शिकार अनुज्ञापत्र दिइनेछ ।
४ उपनियम १, २ र ३ मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै वन्यजन्तु पंक्षीको उचित संरक्षणको निमित्त आवश्यक परेमा नेपाल सरकारले कुनै जिल्ला, शिकार आरक्ष वा अन्य कुनै क्षेत्रमा शिकार गर्न दिने वन्यजन्तु वा पंक्षीको संख्या घटाउन वा त्यस्तो अनुज्ञापत्र दिने काम स्थगित गर्न सक्नेछ ।
१४.अनुज्ञापत्र ९लाइसेन्स० बेगर शिकारमा मद्दत गर्न नहुनेस् नियम १५ वा १६ बमोजिमको अनुज्ञापत्र ९लाइसेन्स० प्राप्त नगरी कुनै पनि व्यक्तिले ज्याला, इनाम वा भाडा लिने गरी कुनै व्यक्तिलाई पेशेवार शिकारीको हैसियतले शिकारमा मद्दत गर्न वा शिकारी भई वन्यजन्तु वा पंक्षी देखाउन पाउने छैन ।
१५. पेशेवार शिकारी अनुज्ञापत्रस् १ नेपाल ‘‘ को पहाडी र तराई दुबै क्षेत्रमा लामो अवधिदेखि शिकार र यात्रा अभियान दलहरूको निमित्त आवश्यक सरसामानहरू समेत व्यवस्था गर्नमा अनुभवी तथा ऐन र सो ऐन अन्तर्गत बनेको नियमहरूको जानकारी भएको व्यक्तिलाई प्रमुखले अनुसूची(१ बमोजिमको दस्तुर लिई पेशेवार शिकारीको अनुज्ञापत्र दिन सक्नेछ ।
२उपनियम १ बमोजिमको अनुज्ञापत्र जारी भएको मितिले एक वर्षसम्म बहाल रहनेछ । यस किसिमको अनुज्ञापत्र लिन चाहने व्यक्तिले दरखास्त दिंदा सम्बन्धित काम गर्न सक्ने क्षमता र आफ्नो आर्थिकस्तर देखिने अन्य प्रमाणहरू पेश गर्नु पर्नेछ ।
३ प्रमुखले आवश्यक सम्झेमा उपनियम १ बमोजिम अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नुपर्ने थप शर्त र बन्देज तोकिदिन सक्नेछ र त्यस्तो अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आत्मरक्षा वा शिकार अनुज्ञापत्र प्राप्त गर्नेले घाइते बनाएको वन्यजन्तुलाई भाग्नबाट रोक्नको लागि बाहेक अन्य कुनै अवस्थामा पनि कुनै वन्यजन्तुको शिकार गर्न पाउने छैन ।
१६. शिकार गाइड अनुज्ञापत्र ९लाइसेन्स १ सम्बन्धित जिल्ला वन नियन्त्रकले देहायको आधारमा कुनै व्यक्तिलाई अनुसूची (१ बमोजिमको दस्तुर लिई शिकार गाइड अनुज्ञापत्र दिन सक्नेछ र त्यसरी शिकार गाइड अनुज्ञापत्र दिने अधिकारीले त्यस्तो अनुज्ञापत्रको एकप्रति प्रमुखकहाँ पठाउनु पर्नेछ ।
९क. दरखास्तवाला आफूले काम गर्न चाहेको क्षेत्रभित्रको वन्यजन्तु वा पंक्षी शिकार सित परिचित छ भन्ने लागेमा,
९ख. दरखास्तवाला ऐन र ऐन अन्तर्गत बनेका नियमहरूको जानकार हुनुका साथै शिकार गाइडको काम गर्न सक्षम छ भन्ने लागेमा ।
२ उपनियम १ बमोजिम शिकार गाइड अनुज्ञापत्र प्राप्त व्यक्तिले अनुज्ञापत्रमा तोकिएको जिल्ला वा जिल्लाहरुमा मात्र शिकारीहरूलाई गाइड गर्ने काम गर्न पाउनेछ ।
३ प्रमुखले वा नेपाल सरकारले सो कामको लागि तोकिदिएको कुनै अधिकृतले आवश्यक देखेमा उपनियम१ बमोजिम शिकार गाइड अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले पालन गर्नु पर्ने थप शर्त र बन्देजहरु तोकिदिन सक्नेछ र यस्तो अनुज्ञापत्र प्राप्त व्यक्तिले आत्मरक्षा र शिकार अनुज्ञापत्र प्राप्त गर्नेले घाईते बनाएको वन्यजन्तुलाई भाग्नबाट रोक्नको लागि बाहेक कुनै अवस्थामा पनि कुनै वन्यजन्तुको शिकार गर्न पाउने छैन ।
१७.एकभन्दा बढी शिकार अनुज्ञापत्र ९लाइसेन्स० नदिइनेस् कुनै पनि व्यक्तिलाई एकभन्दा बढी शिकार अनुज्ञापत्र एकैसाथ दिइने छैन ।
तर नियम ११ अनुसार पूरक शिकार अनुज्ञापत्र र नियम १२ अनुसार पंक्षी शिकार अनुज्ञापत्र लिनलाई यस नियमले बाधा पुर्याएको मानिने छैन ।
१८. अनुज्ञापत्र, वन्यजन्तु, आखेटोपहार वा हातहतियार देखाउन पर्नेस् अनुज्ञापत्र प्राप्त व्यक्तिले शिकार गर्न जाँदा आफूले पाएको अनुज्ञापत्र साथमा राख्नु पर्नेछ र राष्ट्रिय निकुञ्ज शिकार आरक्ष वा अन्य वन कार्यालयका कर्मचारीहरू मध्ये नेपाल सरकारले तोकेको दर्जासम्मको कर्मचारीले कुनै व्यक्तिको साथमा रहेको शिकार रजिष्टर, मारिएको वा पक्रिएको वन्यजन्तु वा पंक्षी, आखेटोपहार वा हातहतियार हेर्न चाहेमा देखाउनु पर्नेछ ।
१९. अनुज्ञापत्र ९लाइसेन्स हस्तान्तरण नहुनेस् अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आफूले प्राप्त गरेको अनुज्ञापत्र कुनै पनि तरिकाबाट कसैलाई हस्तान्तरण गर्न हुँदैन ।
२०.अनुज्ञापत्र ९लाइसेन्स फिर्ता गर्नु पर्नेस् कुनै अनुज्ञापत्र प्राप्त गर्ने व्यक्तिले आफूले पाएको अनुज्ञापत्रको म्याद नाघेको पैंतीस दिनभित्र शिकार रजिष्टरको साथै त्यस्तो अनुज्ञापत्र फिर्ता गर्नु पर्नेछ । जिल्ला शिकार अनुज्ञापत्र जहाँबाट प्राप्त गरिएको हो सोही ठाउँमा र अन्य किसिमका अनुज्ञापत्र लाइसेन्स राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण कार्यालय वा जहाँबाट प्राप्त गरिएको हो सोही ठाउँमा फिर्ता गर्नु पर्नेछ ।
२१.शिकार आरक्षमा क्षेत्र ब्लक सुरक्षण इजाजतपत्रस् प्रमुखले वा नेपाल सरकारले सो कामको लागि तोकेको कुनै अधिकृतले जिल्ला शिकार अनुज्ञापत्र वा सामान्य शिकार अनुज्ञापत्र प्राप्त गरेका व्यक्तिलाई शिकार आरक्षभित्र शिकार गर्न अनुसूची (१ बमोजिमको दस्तुर लिई क्षेत्र ब्लक सुरक्षण इजाजतपत्र दिन सक्नेछ । नेपाली नागरिकको नाममा क्षेत्र ब्लक सुरक्षण गरी विदेशीलाई शिकार खेल्न दिन वा खेलाउन सहयोग गर्न समेत हुँदैन ।
२२.नमूना संकलन गर्न वा वन्यजन्तु र पंक्षीहरू पक्रन वा शिकार गर्न इजाजतपत्र लिनु पर्नेस् १ वैज्ञानिक अनुसन्धानको लागि कुनै वन्यजन्तु वा पंक्षी पक्रन वा शिकार गर्न वा अरु कुनै कीट(किटाणु माछा वा कुनै प्राकृतिक उपज संकलन गर्न चाहने व्यक्तिले प्रमुख समक्ष दरखास्त दिनु पर्नेछ ।
२ उपनियम १बमोजिम दरखास्त दिने व्यक्ति कुनै मान्यता प्राप्त अध्ययन संस्थान वा चिडियाखाना वा वैज्ञानिक अनुसन्धानशालाको अधिकारी भएमा र त्यस्तो व्यक्तिले देहाय बमोजिम गरी पक्रन वा रेखदेख गर्न सक्छ भन्ने विश्वास भएमा ऐनको अनुसूची(१ मा उल्लिखित वन्यजन्तु वा पंक्षी बाहेक अरुको हकमा अनुसूची(२ बमोजिमको दस्तुर लिएर प्रमुखले सम्बन्धित वन्यजन्तु पंक्षीको शिकार गर्न वा कीट(किटाणु पक्रन इजाजतपत्र दिन सक्नेछस्(
९क. दरखास्तवालाले सम्बन्धित वन्यजन्तु पंक्षी वा कीट(किटाणु पक्रने वा संकलन गर्ने कार्यको आफै उपस्थित भई वा सो काममा दक्ष प्रतिनिधि पठाई सुपरीवेक्षण गर्ने भएमा,
९ख. सम्बन्धित वन्यजन्तु वा पंक्षी पक्रने तरिका मनासिव तथा जरुरत भन्दा बढी दुस्ख नदिने किसिमको भएमा,
९ग. पक्रेको वन्यजन्तु वा पंक्षीहरूको उचित रेखदेख वा ओसार(पसार गर्न सक्ने क्षमता भएमा ।
३ उपनियम २ बमोजिम दिइने इजाजतपत्रको म्याद साधारणतया तीन महिनाको हुनेछ । प्रमुखले मुनासिव देखेमा थप म्याद दिन सक्नेछ र यसरी म्याद थप्दा थप शर्त समेत तोक्न सक्नेछ ।
२३. वन्यजन्तु र पंक्षी पक्रने दस्तूरस् नियम २२ बमोजिम वन्यजन्तु र पंक्षी वा कीट(किटाणु पक्रँदा लाग्ने दस्तुर अनुसूची(२ मा उल्लेख भए बमोजिम हुनेछ र त्यस्तो दस्तुर देहाय बमोजिम गरी बुझाउन सकिनेछस्(
९क.लाग्ने दस्तुर पूरै वा त्यसको पचास प्रतिशत शुरूमा र पचास प्रतिशत सम्बन्धित वन्यजन्तु वा पंक्षीहरू पक्रेपछि बुझाउने गरी प्रमुखले दरखास्तवालासँग असुल उपर गर्न सक्नेछ ।
९ख. कुनै वन्यजन्तु वा पंक्षीहरू पक्रने बखतमा वा पक्री सकेपछि मर्न गएमा इजाजतपत्र प्राप्त व्यक्तिले पक्रन पाएको इजाजतपत्रको संख्यामै गिन्ती हुनेछ र तिनको निमित्त लाग्ने दस्तुर समेत बुझाउनु पर्नेछ ।
९ग. कुनै वन्यजन्तु वा पंक्षीहरू पक्रन इजाजतपत्र प्राप्त व्यक्तिले कुनै वन्यजन्तु पक्रन सकेन वा सो पक्रने सिलसिलामा कुनै वन्यजन्तु वा पंक्षी मर्न वा घाइते हुन पाएको छैन भन्ने प्रमुखलाई लागेमा इजाजतपत्र प्राप्त व्यक्तिले बुझाउनु पर्ने दस्तुरको पचहत्तर प्रतिशतसम्म रकम फिर्ता गरिदिनेछ ।
२४.अनुज्ञापत्र र इजाजतपत्रको लागि दिइने दरखास्त, त्यसको ढाँचा र दस्तुरस् १ यस नियमावली बमोजिम दिइने अनुज्ञापत्र ९लाइसेन्स० र इजाजतपत्र ९पर्मिट० को ढाँचा अनुसूची (५, ७, ९ र ११ बमोजिमको र तिनीहरू प्राप्त गर्नको लागि दिइने दरखास्तको ढाँचा अनुसूची( ३, ४, ६, ८ र १० बमोजिम हुनेछ । शिकार अनुज्ञापत्र र शिकार गाइड अनुज्ञापत्रको निमित्त दरखास्त दिने व्यक्तिले आफ्नो हालसालै खिचेको दुईप्रति फोटो समेत पेश गर्नुपर्छ ।
२ उपनियम १ बमोजिम अनुज्ञापत्र ९लाइसेन्स० वा इजाजतपत्र ९पर्मिट० प्राप्त गर्ने व्यक्तिले अनुसूची (१ बमोजिम लाग्ने दस्तुर बुझाउनु पर्नेछ ।
२५. विदेशी नागरिकलाई शिकार अनुज्ञापत्र दिने बारेस् विदेशी नागरिकलाई कुनै किसिमको शिकार अनुज्ञापत्र दिंदा पेशेवार शिकारी अनुज्ञापत्र प्राप्त व्यक्तिको साथमा मात्र शिकार गर्न जान पाउने गरी शर्त तोक्न सकिनेछ ।
तर कुनै विदेशी नागरिक पेशेवार शिकारीको मद्दत विना शिकार गर्न सक्ने क्षमता भएको छ र निज ऐन र ऐन अन्तर्गत बसेको नियमहरूसित साधारणतया परिचित छ भन्ने कुरा अनुज्ञापत्र ९लाईसेन्स० दिने अधिकारीलाई लागेमा पेशेवार शिकारी साथमा नलिएर पनि शिकार गर्न जान पाउने गरी छुट दिन सक्नेछ ।
२६.अनुज्ञापत्र निलम्बन गर्न सकिनेस् यस नियमावली अन्तर्गत प्रदान गरिएको अनुज्ञापत्र वा इजाजतपत्र बर्खिलाप कसुर भएकोमा त्यस्तो कसुर सम्बन्धी मुद्दाको कारबाही गर्दा सम्बन्धित मुद्दा हेर्ने अधिकारीले नेपाल सरकार समक्ष जाहेर गरी निकासा भई नआएसम्म त्यस्तो कसुर गर्ने व्यक्तिले प्राप्त गरेको अनुज्ञापत्र वा इजाजतपत्रलाई निलम्बन गर्ने गरी आदेश दिन सक्नेछ ।
२७. अनुज्ञापत्रको नक्कल दिन सकिनेस् प्रमुख वा नेपाल सरकारले सो कामको लागि तोकेको कुनै अधिकृतले मनासिब सम्झेमा कुनै अनुज्ञापत्र वा इजाजतपत्र हराएमा वा अरु कुनै प्रकारले नष्ट भएमा अनुसूची (१ बमोजिम लाग्ने दस्तुर लिई त्यस्तो अनुज्ञापत्र वा इजाजतपत्रको प्रतिलिपि ९डुप्लिकेट० दिन सक्नेछ । यस्तो प्रतिलिपि स्वरुप प्रदान गरिएको अनुज्ञापत्र लाइसेन्स र इजाजतपत्रको म्याद सक्कल अनुज्ञापत्र वा इजाजतपत्रको बाँकी अवधिसम्मको लागि मात्र हुनेछ ।