Skip to contentSkip to left sidebar Skip to footer

Author: Law Commission

परिच्छेद–५ पदस्थापना तथा सरुवा सम्बन्धी व्यवस्था

४७. पदस्थापना :

(१) यस नियमावली बमोजिम खुल्ला तथा बढुवाद्वारा सिफारिस भएका प्रहरी कर्मचारीको शुरु पदस्थापना तथा सरुवा गर्दा प्रहरी कर्मचारीको शैक्षिक योग्यता, तालीमस्तर, ज्ञानसीप, कार्यदक्षता, शारीरिक क्षमता, वैयक्तिक रुचि र चाहनालाई ध्यान दिइनेछ ।

(२) उपनियम (१) को अधीनमा रही जनपद प्रहरी समूहको प्रहरी नायव निरीक्षक दर्जासम्मको कुनै प्रहरी कर्मचारीलाई शुरु पदस्थापना तथा सरुवा गर्दा देहाय बमोजिमको सेवा विशिष्टीकृत कार्यक्षेत्र मध्ये कुनै एकमा पदस्थापना तथा सरुवा गरिनेछ ः–

(क) सुरक्षा व्यवस्थापन तथा नियन्त्रण
(१) ट्राफिक प्रहरी,
(२) विशिष्ट व्यक्ति सुरक्षा तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा,
(३) दङ्गा नियन्त्रण,
(४) वित्तीय तथा औद्यौगिक सुरक्षा,
(५) बिमानस्थल सुरक्षा,
(६) सीमा तथा राजमार्ग सुरक्षा,
(७) कारागार सुरक्षा,
(८) अदालत समन्वय तथा सुरक्षा,
(९) विपद् व्यवस्थापन,
(१०) विशेष कार्यदल,
(११) सशस्त्र प्रहरी गण तथा गुल्म,
(१२) रेल–वे प्रहरी,
(१३) सञ्चार रेडियो अपरेटर,
(१४) अन्य सुरक्षा ।

(ख) प्रशासन तथा व्यवस्थापन
(१) प्रशासन तथा व्यवस्थापन,
(२) प्रशिक्षण,
(३) कानून व्यवस्थापन
(४) पर्यटक प्रहरी,
(५) आर्थिक प्रशासन÷लेखा÷जिन्सी
(६) प्राविधिक समूहको प्रशासन (अस्पताल, विधिविज्ञान, कम्प्युटर÷सूचना प्रविधि, सवारी, इन्जिनियरिङ, आवास तथा भौतिक योजना, सङ्गीत, हातहतियार र कुकुर विद्यालय) ।

(७) जनसम्पर्क,
(८) सामुदायिक प्रहरी ।
(ग) अपराध अनुसन्धान तथा सूचना सङ्कलन
(१) अपराध अनुसन्धान तथा अभियोजन,
(२) अख्तियार दुरूपयोग अनुसन्धान आयोग, प्रहरी महाशाखा,

(३) लागूऔषध नियन्त्रण ब्यूरो,
(४) केन्द्रीय अनुसन्धान ब्यूरो,
(५) विशेष व्युरो
(६) महिला तथा बालबालिका सेवा ।
(घ) महानगरीय प्रहरी
(अ) सुरक्षा व्यवस्थापन तथा नियन्त्रण
(१) ट्राफिक प्रहरी,
(२) विशिष्ट व्यक्ति सुरक्षा तथा महत्वपूर्ण प्रतिष्ठान सुरक्षा,
(३) दङ्गा नियन्त्रण,
(४) बिमानस्थल सुरक्षा,
(५) कारागार सुरक्षा,
(६) अदालत समन्वय तथा सुरक्षा,
(७) विपत व्यवस्थापन,
(८) सञ्चार रेडियो अपरेटर ।
(आ) प्रशासन तथा व्यवस्थापन
(१) प्रशासन तथा व्यवस्थापन,
(२) प्रशिक्षण,
(३) कानून व्यवस्थापन
(४ ) पर्यटक प्रहरी,
(५) आर्थिक प्रशासन÷ लेखा÷जिन्सी
(६) सामुदायिक प्रहरी,
(इ) अपराध अनुसन्धान तथा सूचना सङ्कलन
(१) अपराध अनुसन्धान तथा अभियोजन,
(२) सूचना सङ्कलन,
(३) महिला तथा बालबालिका सेवा ।
(ङ) अन्य
(१) छापाखाना,
(२) फोटोग्राफी ।

(३) उपनियम (१) को अधीनमा रही जनपद प्रहरी समूहको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा रहेको प्रहरी कर्मचारीलाई सरुवा गर्दा जनपद प्रहरी समूह भित्रकै अर्को कुनै सेवा विशिष्टीकृत कार्यक्षेत्रभित्र समान प्रकृतिको काम कर्तव्य सम्पादन गर्ने जिम्मेवारीमा फरक नपर्ने गरीे यस नियमावली बमोजिम सरुवा गर्न सकिनेछ ।

(४) उपनियम (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि प्रहरी कर्मचारीलाई प्राविधिक प्रहरी समूहको पदाधिकार रहने पदबाट जनपद प्रहरी समूहको पदाधिकार रहने पदमा र जनपद प्रहरी समूहको पदाधिकार रहने पदबाट प्राविधिक प्रहरी समूहको पदाधिकार रहने पदमा सरुवा वा वढुवा गरिने छैन ।

(५) प्रहरी कार्यालय सहयोगीको योग्यता, ज्ञान सीप, कार्यदक्षता, शारीरिक क्षमता, वैयक्तिक रुचि र निजको चाहनाको आधारमा देहाय बमोजिमको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा पदस्थापना वा सरुवा गरिनेछ ः–
(क) पुजारी
(ख) माली÷बगैंचे
(ग) भान्छे
(घ) हजाम
(ङ) सिलाइ बुनाइ
(च) सयस
(छ) कुचिकार
(ज) मोची
(झ) धोबी
(ञ) सहयोगी भूमिकाका अन्य कार्य ।

४८. सरुवा गर्ने अधिकारी : प्रहरी कर्मचारीलाई सरुवा गर्ने अधिकार देहायका अधिकारीलाई हुनेछ :– (क) प्रहरी अतिरिक्त महानिरीक्षकलाई नेपाल सरकारले,
(ख) प्रहरी वरिष्ठ उपरीक्षक र प्रहरी नायब महानिरीक्षकलाई गृह मन्त्रीले,
(ग) प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मका प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक र आफ्नो क्षेत्रभित्र प्रहरी निरीक्षकसम्म प्रहरी नायव महानिरीक्षकले,
(घ) प्रहरी नायव निरीक्षकलाई प्रहरी नायव महानिरीक्षक वा आफ्नो क्षेत्रभित्र प्रहरी वरिष्ठ उपरीक्षकले,
(ङ) प्रहरी कार्यालय सहयोगी देखि प्रहरी सहायक निरीक्षकसम्मका प्रहरी कर्मचारीलाई प्रहरी उपरीक्षक वा आफ्नो क्षेत्रभित्र जिल्ला प्रहरी कार्यालयको प्रमुखले ।

४९. सरुवा सम्बन्धी व्यवस्था : (१) यस नियमावलीकोे अधीनमा रही आवश्यकता अनुरूप प्रहरी कर्मचारीको सरूवा नियमित रूपमा गरिनेछ ।
(२) उपनियम (१) बमोजिम सरुवा गर्दा “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रमा साधारणतया अठार महिनाभन्दा बढी अवधिको लागि सरुवा गरिने छैन ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जनपद प्रहरी समूहको कुनै प्रहरी कर्मचारीको जुन सेवा विशिष्टीकृत कार्यक्षेत्रमा शुरु पदस्थापना भएको हो निजले सो सेवा विशिष्टीकृत कार्यक्षेत्रमा कम्तीमा तीन वर्षसम्म काम गर्नु पर्नेछ ।
(४) सामान्यतयाः प्रहरी हवल्दार र प्रहरी जवानहरूलाई आफ्नो घर पायक पर्ने अञ्चलभित्र र प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षकलाई आफ्नो घर पायक पर्ने विकास क्षेत्रभित्र सरुवा गर्न प्राथमिकता दिइनेछ ।
(५) जनपद प्रहरी समूहको प्रहरी निरीक्षक र सोभन्दा माथिको प्रहरी कर्मचारीलाई कुनै एक सेवा विशिष्टिकृत कार्यक्षेत्रबाट अर्को सेवा विशिष्टिकृत कार्यक्षेत्रमा सरुवा गर्न सकिनेछ ।

तर प्रहरी निरीक्षकको सरुवा गर्दा निजले शुरु पदस्थापना भएको वा सरुवा भई आएको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा कम्तीमा तीन वर्ष सेवा गरेको हुनु पर्नेछ ।
(६) सेवा विशिष्टीकृत कार्यक्षेत्रमध्ये व्यवस्थापन तथा प्रशासन अन्तर्गतको आर्थिक प्रशासनमा कार्यरत प्रहरी सहायक निरीक्षक देखि प्रहरी निरीक्षक दर्जा सम्मको प्रहरी कर्मचारीको सरूवा गर्दा लेखा तर्पm कम्तीमा दुई वर्ष काम गरेकोलाई जिन्सी तर्फ र जिन्सी तर्पm कम्तीमा दुई वर्ष काम गरेकोलाई लेखा तर्पm आलोपालो गरी सरूवा गरिनेछ ।

(७) सेवा विशिष्टिकृत कार्यक्षेत्र मध्ये व्यवस्थापन तथा प्रशासन अन्तर्गतको आर्थिक प्रशासनमा सरुवा हुनको लागि लेखा तथा व्यवस्थापन विषयमा कम्तीमा प्रविणता प्रमाणपत्र तह उत्तीर्र्र्ण गरेको वा एस.एल.सि. उत्तीर्ण गरेको र कम्तीमा तीन वर्षसम्म लेखा सम्बन्धी काम गरेको हुनु पर्नेछ ।

(८) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि जनपद प्रहरी समूहको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा उल्लेख नभएको वा प्राविधिक प्रकृतिको कार्य गर्ने प्रहरी कर्मचारीको सरूवा वा पदस्थापन गर्दा निजले सम्पादन गरिरहेको कार्य प्रकृतिसँग मिल्ने समान प्रकृतिको सेवा विशिष्टीकृत कार्यक्षेत्रमा मात्र गरिनेछ ।

(९) सरुवालाई व्यवस्थित, पारदर्शी र अनुमानयोग्य बनाउन सरुवा समय तालिका समेत समावेश गरी मन्त्रालयको स्वीकृति लिई प्रहरी प्रधान कार्यालयले सरुवा मापद:ण्ड बनाउनु पर्नेछ ।

५०. सरुवा गरिने अवधि  (१) कुनै पनि प्रहरी कर्मचारीलाई साधारणतयाः पदस्थापन गरिएको मितिले एक वर्ष नपुग्दै सरुवा गरिने छैन ।
(२) उपनियम (१) बमोजिमको अवधि नपुग्दै कुनै प्रहरी कर्मचारीलाई सरुवा गर्नु परेमा सो को कारण उल्लेख गर्नु पर्नेछ ।

५१. सरूवा सम्बन्धी कार्यविधि : नियम ५० को अधीनमा रही देहायका अवस्थामा देहाय बमोजिम कार्यविधि अवलम्बन गरी सरुवा गरिनेछ ः—
क) कुनै प्रहरी कर्मचारीलाई कुनै कार्यालयमा राखि रहन अनुपयुक्त देखिएमा वा कार्य विशिष्टताका कारण कुनै प्रहरी कर्मचारीको आवश्यकता परेमा सम्बन्धित कार्यालयले सो व्यहोरा खुलाई सम्बन्धित निकायमा लेखी पठाउनु पर्नेछ ।

(ख) कुनै प्रहरी कर्मचारीलाई व्यक्तिगत कारणले सरूवा आवश्यकता परेमा मनासिब माफिकको कारण खुलाई अनुसूची—१३ बमोजिमको फाराम भरी सम्बन्धित जिल्ला प्रहरी कार्यालय वा सो भन्दा माथिल्लो कार्यालयमा निवेदन दिनु पर्नेछ ।

(ग) खण्ड (ख) बमोजिमको निवेदन प्राप्त भएको अवस्थामा सम्बन्धित कार्यालयले दर्ता गरी कार्यालय प्रमुखको राय सहित सरुवा गर्ने कार्यालयमा पठाउनु पर्नेछ र सो को जानकारी निवेदकलाई दिनु पर्नेछ ।

५२. काज सम्बन्धी व्यवस्था :

(१) प्रहरी कर्मचारीलाई सामान्यतयाः काजमा खटाइने छैन ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी प्रधान कार्यालयले विशेष परिस्थितिमा काज खटाउने प्रयोजनको लागि काज सम्बन्धी छुट्टै मापदण्ड बनाई लागूू गर्न सक्नेछ ।

परिच्छेद–६ प्रहरी कर्मचारीको काम, कर्तव्य र अधिकार

५३. प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार : यस नियमावलीमा लेखिएका अन्य कुराहरुका अतिरिक्त प्रहरी महानिरीक्षकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :

(क) प्रहरी प्रधान कार्यालय र सो मातहतका सबै प्रहरी कार्यालयहरूमा सामान्य नियन्त्रण, रेखदेख गर्ने र निर्देशन दिने,
(ख) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी नायव महानिरीक्षकहरूको काम कारबाही उपर उचित रेखदेख तथा नियन्त्रण गर्ने,
(ग) प्रहरी सङ्गठनको काम कारबाहीलाई प्रभावकारी बनाउन आदेशको शृङ्खलालाई प्रभावकारीरूपमा लागू गर्ने वा गराउने, मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण कायम गर्ने वा गराउने,

(घ) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न आवश्यक नीति तर्जुमा गरी प्रभावकारी कार्यान्वयन गर्ने वा गराउने,

(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने वा गराउने,
(च) प्रहरी सेवालाई समयानुकूल र जनमुखी बनाउन नीति एवं योजना तर्जुमा गरी लागू गर्ने वा गराउने,

(छ) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(ज) सामाजिक सद्भाव बिथोल्ने, सुरक्षा प्रतिकूल, गैरकानूनी एवं गम्भीर आपराधिक क्रियाकलाप र असाधारण अवस्थाको राजनीतिक गतिविधि सम्बन्धी प्रतिवेदन यथाशिघ्र मन्त्रालयमा पठाउने,

(झ) सुरक्षा प्रतिकूल, गैरकानूनी एवं आपराधिक क्रियाकलापको रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा आवश्यक योजना तर्जुमा गरीे प्रभावकारीरूपमा लागू गर्ने वा गराउने,
(ञ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारिता अभिवृद्धि गर्नका लागि आवश्यक नीति तथा योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(ट) प्रहरी कर्मचारीहरूको पीरमर्का व्यवस्थापनको उचित व्यवस्था गर्ने वा गराउने,
(ठ) प्रहरी कर्मचारीहरूलाई आवश्यक पर्ने समयानुकूल प्रशिक्षणको व्यवस्था गर्ने,
(ड) विपत् व्यवस्थापन र पीडितको उद्धार कार्यमा प्रहरीलाई तदारुकतासाथ संलग्न गराउने,
(ढ) अन्तर्राष्ट्रिय प्रहरी सङ्गठनसँग सम्पर्क तथा समन्वय कायम राख्ने,
(ण) वर्षमा एक पटक प्रत्येक क्षेत्रभित्रका कम्तीमा तीन जिल्लाका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने र सोको प्रतिवेदन मन्त्रालयमा पठाउने,
(त) देशको आन्तरिक शान्ति सुव्यवस्थासँग सम्बन्धित विषयमा नेपाल सरकारलाई राय सल्लाह दिने,
(थ) नेपाल सरकारबाट प्राप्त निर्देशन अनुरूप कार्यसम्पादन गरी प्रतिवेदन पेश गर्ने,
(द) अन्तर्राष्ट्रिय समुदायबाट शान्ति स्थापनार्थ नेपाल प्रहरीको माग भई आएमा नेपाल सरकारबाट स्वीकृति भए बमोजिम खटाउने व्यवस्था मिलाउने,
(ध) सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रियस्तरको कार्यशाला, गोष्ठी, तालीम तथा अध्ययन आदिमा नेपाल प्रहरीको सहभागिताका लागि मन्त्रालयसमक्ष राय एवं सिफारिस पेश गर्ने,
(न) प्रहरी प्रशासनको वार्षिक प्रतिवेदन मन्त्रालयमा पठाउने,
(प) प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

५४. महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार : प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो कार्य क्षेत्रभित्र महानगरीय प्रहरी आयुक्तको कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :—

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न महानगरीय ट्राफिक प्रहरी महाशाखा, महानगरीय प्रहरीअन्तर्गत प्रशिक्षण केन्द्र तथा गण, महानगरीय अपराध महाशाखा, प्रहरी परिसर, कारागार र वृत्तहरूको कम्तीमा वर्षको एकपटक र आवश्यकता अनुसार प्रभाग तथा अन्य प्रहरी कार्यालयहरूको
निरीक्षण गरी आवश्यक निर्देशन दिनुका साथै निरीक्षण पुस्तिकामा जनाउने,

(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(ङ) सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने, राख्न लगाउने,
(च) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(छ) शान्ति सुव्यवस्था र सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्तिको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने,
(ज) शान्ति सुव्यवस्था र सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने,

(झ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी, छिटो छरितो गराउने, अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,

(ञ) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने, मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,

(ट) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ठ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने, साथै विपद्को बेला तत्परतासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(ड) ट्राफिक प्रहरीलाई समयानुकूल दक्ष बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा आवश्यक नीति तर्जुमा गरी लागू गर्ने,
(ढ) प्रहरी प्रशिक्षणको गुणस्तर अभिवृद्धि र परिणाममुखी प्रशिक्षणका लागि उचित व्यवस्थापन तथा अनुगमन गर्ने र आवश्यक निर्देशन दिने,
(ण) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(त) महानगर प्रहरीको क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने,
(थ) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,

(द) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग कम्तीमा वर्षमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,

(ध) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने,
(न) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने, प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

५५. क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार ः प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो कार्य क्षेत्रभित्र क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, क्षेत्रस्थित प्रशिक्षण केन्द्र तथा गण, अञ्चल प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, कारागारहरूको कम्तीमा वर्षको एक पटक र आवश्यकता अनुसार थाना र चौकीहरूको निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,

(ग) प्रहरी कर्मचारी, कार्यालय तथा प्रहरी काम कारबाहीको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(ङ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने, सङ्कलन गरिएका सूचना तथा विवरण अद्यावधिक राख्ने वा राख्न लगाउने,
(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे वा गराउने,
(छ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनि तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी र छिटो छरितो गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ज) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,
(झ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ञ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने, विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(ट) ट्राफिक प्रहरीलाई समयानुकूल दक्ष बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तर्जुमा गरी लागू गर्ने वा गराउने,
(ठ) प्रहरी प्रशिक्षणको गुणस्तर अभिवृद्धि र परिणाममुखी प्रशिक्षणका लागि उचित व्यवस्थापन तथा अनुगमन गर्ने र आवश्यक निर्देशन दिने,
(ड) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(ढ) क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने
(ण) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैह सरकारी संघसंस्था तथा कार्यालय र आवश्यकताअनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षीी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,

(त) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग सालको एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदान प्रदान गर्ने,

(थ) मानव अधिकारको संरक्षण, सम्बद्र्धन गर्ने वा गराउने, असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(द) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने ।

(ध) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

५६. केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार ः प्रहरी प्रधान कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची –१ बमोजिम सम्वन्धित प्रहरी कार्यालयवाट अनुसन्धान तहकिकात हुने अपराधहरु मध्ये जघन्य, संगठित, वा सार्वजनिक चासो वा बहुराष्ट्रिय प्रकृती वा मानव अधिकारको गम्भिर उल्लङ्घन वा आर्थिक, उच्च प्रविधियुक्त जघन्य एवं राष्ट्रिय हित वा सरोकारका दृष्टिले अति संवेदनशिल महशुस गरी राष्ट्रिय चिन्ता र चासो बन्ने प्रकृतिका अपराधहरूको
सम्बन्धमा प्रहरी महानिरीक्षकले तोकिदिएका अपराधहरुको अनुसन्धान तहकिकात गर्ने,

(ख) कुनै प्रहरी कार्यालयको अधिकारक्षेत्र भित्र पर्ने भए तापनी त्यस्तो अपराधको अनुसन्धान तहकिकात व्यूरोले गर्दा बढी प्रभावकारी हुने भनी सम्बन्धित प्रहरी कार्यालयले प्रहरी प्रधान कार्यालयमा अनुरोध गरी पठाएकोमा प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान बिभागको प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकबाट तोकिएका अपराधहरुको अनुसन्धान गर्ने,

(ग) अपराध अनुसन्धान तहकिकातको निमित्त अन्य कार्यालयबाट आवश्यक सहयोगका लागि अनुरोध भई आएमा आवश्यकता अनुसारको सहयोग उपलब्ध गराउने,

(घ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने र प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

५७. अञ्चल प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार : क्षेत्रीय प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र अञ्चल प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न जिल्लास्तरीय प्रहरी कार्यालय, कारागारहरू र नगर तथा इलाका प्रहरी कार्यालयहरूको वर्षको कम्तीमा दुई पटक र प्रहरी चौकीहरूको आवश्यकता अनुसार निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,

(ग) प्रहरी कर्मचारी, कार्यालय तथा प्रहरी काम कारबाहीको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(ङ) शान्ति सुरक्षामा खलल पु¥याउने वा सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै सङ्कलन गरिएका सूचना तथा विवरण व्यवस्थित गरी अद्यावधिक राख्ने राख्न लगाउने,
(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने,
(छ) प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान प्रभावकारी र छिटो छरितो गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ज) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने, साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,

(झ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(ञ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(ट) ट्राफिक प्रहरीलाई समयानुकूल दक्ष बनाई ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तर्जुमा गरी लागू गर्ने,
(ठ) प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(ड) अञ्चलको कुनै क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गर्ने वा गराउने,
(ढ) सीमावर्ती स्थानीय प्रशासन तथा प्रहरी कार्यालय, जिल्लाहरूको स्थानीय प्रशासन, सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने वा गराउने,
(ण) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्न गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(त) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा क्षेत्रीय प्रहरी कार्यालय प्रमुख समक्ष
प्रतिवेदन पठाउने,
(थ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

५८. महानगरीय वा दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार : प्रहरी प्रधान कार्यालय, महानगरीय प्रहरी आयुक्तको कार्यालय तथा क्षेत्रीय प्रहरी कार्यालयको प्रत्यक्ष रेखदेख, नियन्त्रण तथा निर्देशनमा रहने गरी दङ्गा नियन्त्रण प्रहरी गण प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,
(ग) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्ने, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(घ) प्रहरी कर्मचारी तथा कार्यालयको निरीक्षण तथा सुपरीवेक्षण गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ङ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(च) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रभावकारी ढङ्गबाट खटिन सक्ने गरी अतिरिक्त बलको रूपमा दङ्गा नियन्त्रण प्रहरीलाई तयारी हालत राख्न समय सापेक्ष प्रशिक्षणको व्यवस्था गर्ने र आधुनिक साधनयुक्त बनाई तयारी हालतमा राख्ने,
(छ) हुलदङ्गा, साम्प्रदायिक दङ्गालगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने,
(ज) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने,
(झ) गण र मातहत गुल्म तथा जनशक्ति, योजना तथा कार्य, प्रशिक्षण विषयमाm आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिक रूपमा प्रहरी महानिरीक्षकसमक्ष प्रतिवेदन पठाउने,
(ञ) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्नु गराउने र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने÷गराउने ।

५९. महानगरीय प्रहरी परिसर प्रमुखको काम, कर्तव्य र अधिकार : महानगरीय प्रहरी आयुक्त कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी परिसर प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :—

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) परिसरको क्षेत्रभित्र आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्तिसुरक्षा सम्बन्धी अन्य काम गर्ने, गराउने,
(ग) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न परिसर मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(घ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ङ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(च) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने,
(छ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची—१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनि तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी प्रभावकारी र छिटो छरितो गर्ने वा गराउने साथै अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,

(ज) अनुसन्धान तथा तहकिकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने वा राख्न लगाउने,
(झ) अदालत वा अन्य कार्यालयहरुबाट सम्पादन हुने अपराधको अनुसन्धान, तहकिकात, पूर्पक्ष सम्बन्धी कामको सिलसिलामा सम्बन्धित सरकारी वकिलसँग समन्वय गरी र कानूनले निर्धारण गरेको अन्य सरकारी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम
तुरुन्त गर्ने वा गर्न लगाउने,

(ञ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने,
(ट) शान्ति सुरक्षामा खलल पु¥याउने एवं सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै सङ्कलन गरिएका सूचना तथा
विवरण अद्यावधिक राख्ने राख्न लगाउने र शान्ति सुरक्षा सम्बन्धी विषयमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(ठ) परिसरको क्षेत्रभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक
सूचना जारी गर्र्र्ने,

(ड) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने,
(ढ) तालुक कार्यालयबाट लागू गरिएको नीतिअनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने साथै मातहत कार्यालयको सुरक्षा व्यवस्थाको अनुगमन गरी आवश्यक निर्देशन दिने,
(ण) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने,
(त) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(थ) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने वा गराउने,
(द) प्रहरीको काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरू बीच
समन्वय र सहयोगको वातावरण मिलाउने,
(ध) परिसरको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,
(न) स्थानीय प्रशासन, जिल्लास्थित सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,

(प) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,

(फ) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,
(ब) सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,
(भ) प्रमुख जिल्ला अधिकारीबाट वर्षको कम्तीमा एकपटक महानगरीय प्रहरी परिसरको निरीक्षण गराउने व्यवस्था मिलाउने साथै जिल्लाको शान्ति सुरक्षा कायम राख्ने कार्यमा निजले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन पेश गर्ने,
(म) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलार्ई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी दिने :–
(१) अपराध सम्बन्धी अवस्था,
(२) आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्ति,
(३) अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति,
(४) खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेलाजम्मा हुने र संवेदनशील ठाउँ,
(५) राजनीतिक गतिविधि,
(६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय ।
(य) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा तालुक प्रहरी कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने,
(र) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

६०. जिल्ला प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार : अञ्चल प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र जिल्ला प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न जिल्ला मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार, सरुवा, बढुवा लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) मातहत प्रहरी कर्मचारीहरूको पीरमर्का सुन्ने व्यवस्था मिलाउने,
(ङ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गर्न लगाउने,
(च) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने,
(छ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका, शङ्कित र फौजदारी अपराधमा अदालतबाट सजाय पाएका व्यक्ति तथा गतिविधिहरूको निगरानीको व्यवस्था मिलाउने साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विबरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने,
(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे वा गराउने,

(झ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची—१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी प्रभावकारी र छिटो छरितो गर्ने वा गराउने साथै सो गर्दा अनुसन्धानमा आवश्यक सहयोग उपलब्ध गराउने,
(ञ) हिरासत व्यवस्थापन पक्षलाई प्रभावकारीरूपमा लागू गर्ने,
(ट) अदालत वा अन्य कार्यालय सम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गराउने,
(ठ) जिल्लाभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्र्र्ने,
(ड) तालुक कार्यालयबाट लागू गरिएको नीति अनुरूप अति विशिष्ट तथा विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्था गर्ने वा गराउने,
(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने व्यवस्था मिलाउने
(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताका साथ उद्धार व्यवस्थापन गर्ने वा गराउने,
(त) ट्राफिक व्यवस्थापन र नियन्त्रणमा नीति तर्जुमा गरी लागू गर्ने,
(थ) प्रहरी काम कारबाहीका लागि मातहत प्रहरी कार्यालयहरू बीच समन्वय र सहयोगको वातावरण मिलाउने,
(द) जिल्लाको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,

(ध) स्थानीय प्रशासन, जिल्ला स्थित सरकारी तथा गैह्र सरकारी संघसंस्था तथा कार्यालय र आवश्यकता अनुसार अन्तर्राष्ट्रिय सीमावर्ती समकक्षी अधिकारीहरूसँग सुरक्षा तथा अपराध नियन्त्रणमा सम्पर्क र समन्वय गर्ने,

(न) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने साथै असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(प) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदान प्रदान गर्ने,

(फ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति तथा गतिविधिहरूको बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(ब) प्रमुख जिल्ला अधिकारीबाट वर्षको कम्तीमा एकपटक निरीक्षण गराउने व्यवस्था मिलाउने साथै जिल्लाको शान्तिसुरक्षा कायम राख्ने कार्यमा निजले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने
(भ) सरुवा वा बढुवा भई जिल्ला छोड्दा अञ्चल प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलार्ई निम्न लिखित कुराहरू प्रतिवेदन र तयार गर्ने :–
(१) जिल्लाको अपराध सम्बन्धी अवस्था,
(२) जिल्लाको राजनीतिक गतिविधि,
(३) जिल्लाको खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेला जम्मा हुने र संवेदनशील ठाउँ,
(४) जिल्लाको प्रमुख जिल्ला अधिकारीसँगको सम्बन्ध,
(५) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय ।

(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिकरूपमा अञ्चल प्रहरी कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने,
(य) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

६१. महानगरीय नगर प्रहरी वा नगर प्रहरीे कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार : महानगरीय प्रहरी परिसर वा जिल्ला प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र महानगरीय नगर प्रहरी वा नगर प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(ग) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,
(घ) आफ्नो कार्यालयमा रहेका हातहतियार गोली गठ्ठा, भीड नियन्त्रण र अन्य सरकारी मालसामानहरूको हिफाजत गर्ने र सरसफाइ गरी राख्ने,
(ङ) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय, पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(च) जिम्मेवारी क्षेत्रकोे शान्तिसुरक्षामा खलल पुग्ने स्थितिको मूल्याङ्कन तथा पूर्वानुमान गरी प्रभावकारी नियन्त्रण योजना तर्जुमा र कार्यान्वयन गर्ने,
(छ) आफ्नो कार्यक्षेत्रभित्र आवश्यकता अनुसार गस्ती र पालो पहराको व्यवस्था गरी अपराध नियन्त्रण गर्ने र कुनै घटना घटेको जानकारी प्राप्त हुनासाथ स्वयम् त्यस ठाउँमा पुग्ने,
(ज) सभा, जुलुस तथा अति विशिष्ट व्यक्ति वा विशिष्ट व्यक्तिको आवागमनको सुरक्षामा खटिने,
(झ) जिम्मेवारी क्षेत्रको आपतकालीन सुरक्षा योजना तर्जुमा गरी आवश्यक तयारी र अभ्यास गर्ने वा गराउने,
(ञ) असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा तत्काल प्रभावकारी ढङ्गबाट थप मद्दत खटिन सक्ने गरी तयारी हालत राख्ने,
(ट) हुलदङ्गा, साम्प्रदायिक दङ्गा लगायत असामान्य र सुरक्षाको प्रतिकूल अवस्थामा प्रहरी परिचालन गर्ने वा गराउने,
(ठ) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताका साथ उद्धार व्यवस्थापन गर्ने,धधध।
(ड) तालुक कार्यालयले दिएको निर्देशन पालना गर्ने वा गराउने साथै प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने,
(ढ) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ण) प्रहरी जनशक्तिको कार्य दक्षता एवं कार्यसम्पादन क्षमता अभिवृद्धि गर्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न नियमित रूपमा निरीक्षण गरी आवश्यक निर्देशन दिने,
(त) प्रहरी जनशक्तिको आचरण तथा अनुशासन कडाइका साथ पालना गराउने,

६२. महानगरीय प्रहरी वृत्त प्रमुखको काम, कर्तव्य र अधिकार ः महानगरीय प्रहरी परिसरको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी वृत्त प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछन् ः–

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने र आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने वा गराउने,

(ख) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्र्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न वृत्त मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(ग) प्रहरी कार्यालय तथा प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(घ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,
(ङ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने वा गर्न लगाउने,
(च) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने,
(छ) सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउनुका साथै त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण व्यवस्थित गरी अद्यावधिक राख्ने व्यवस्था मिलाउने,
(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे वा गराउने,

(झ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची—१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी सम्बन्धित सरकारी वकिलसँग समन्वय गरी प्रभावकारी र छिटो छरितो रुपमा सम्पन्न गर्ने,
(ञ) हिरासत व्यवस्थापन पक्षलाई प्रभावकारी रूपमा लागू गर्ने,
(ट) आफ्नो कार्यालयबाट अनुसन्धान तथा तहकिकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने,
(ठ) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,
(ड) वृत्तको क्षेत्रभित्र आवतजावत गर्ने व्यक्तिहरूलाई आफ्नो पहिचान खुल्ने परिचयपत्र वा कागजात साथमा लिएर यात्रा गर्न वा सुरक्षाकर्मीले खोजेको बखत त्यस्तो परिचयपत्र वा कागजात देखाउनुपर्ने गरी आवश्यकता अनुसार सार्वजनिक सूचना जारी गर्र्र्ने,
(ढ) अति विशिष्ट तथा विशिष्ट व्यक्तिको आवश्यक सुरक्षा मिलाउन लगाउने साथै त्यस्ता व्यक्तिको सवारीमा सुरक्षाको आवश्यक प्रबन्ध गर्ने,

(ण) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने,
(त) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्नुका साथै विपद्को बेला तत्परताकासाथ उद्धार व्यवस्थापन गर्ने,
(थ) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने, प्रहरी काम कारबाहीलाई प्रभावकारी बनाउन मातहत प्रहरी कार्यालयहरूबीच समन्वय र सहयोगको वातावरण मिलाउने,

(द) वृत्तको कुनै क्षेत्रभित्र शान्तिसुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,

(ध) जिम्मेवारी क्षेत्रभित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तरक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव लिने, नागरिकसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने, शान्तिसुरक्षा कायम गर्ने विषयमा सहयोग र
सहकार्य अभिवृद्धि गर्ने ।
(न) आवश्यकता अनुसार स्थानीय प्रशासन, वृत्तको क्षेत्रभित्र रहेका सरकारी तथा गैह्रसरकारी संघसंस्था तथा कार्यालयसँग आवश्यक सम्पर्क र समन्वय गर्ने,
(प) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने र असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने ।
(फ) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने ।
(ब) शान्तिसुरक्षामा खलल पु¥याउने, सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधी तथा त्यस्ता व्यक्ति तथा गतिविधिहरूका बारेमा प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(भ) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलाई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी पेश गर्ने :–
(१) अपराध सम्बन्धी अवस्था,
(२) आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्ति,
(३) अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति,
(४) खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेला जम्मा हुने र संवेदनशील ठाउँ,
(५) राजनीतिक गतिविधि,
(६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय,

(म) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्तिसुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक र वार्षिकरूपमा महानगरीय प्रहरी परिसर प्रमुखसमक्ष प्रतिवेदन पठाउने,
(य) आफ्नो वृत्त क्षेत्रभित्रको शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रमुख जिल्ला अधिकारी र माथिल्लो प्रहरी कार्यालयले दिएको आदेश तदारुकताकासाथ कार्यान्वयन गरी प्रतिवेदन दिने,

(र) तालुक कार्यालयको निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरेबमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

६३. महानगरीय प्रहरी प्रभाग प्रमुखको काम, कर्तव्य र अधिकार : महानगरीय प्रहरी परिसर र वृत्तको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नो जिम्मेवारी क्षेत्रभित्र महानगरीय प्रहरी प्रभाग प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–

(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने,
(ग) पालोमा खटाइने प्रहरी कर्मचारीहरूको आवश्यक व्यवस्थापन गर्ने,
(घ) थुनामा राख्नुपर्ने व्यक्तिलाई थुनामा राख्दा वा थुनाबाट बाहिर निकाल्दा यथासम्भव आफैंले वा आफ्नो अगाडि थुनामा राख्ने वा निकाल्ने,
(ङ) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्ने, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्र्ने, कर्तव्यनिष्ठ बनाउने एवं मनोबल उच्च राख्ने कार्य गर्ने,
(च) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,
(छ) प्रहरी कर्मचारीहरूको कामको मूल्याङ्कन गरी सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ज) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे,

(झ) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने,
(ञ) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने,
(ट) शान्तिसुरक्षा खलल पु¥याउने सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउने त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण व्यवस्थित रूपमा अद्यावधिक राख्ने साथै तालुक कार्यालयमा प्रतिवेदन गर्ने,
(ठ) अदालत वा अन्य कार्यालयसम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने काम तुरुन्त गर्ने वा गर्न लगाउने,
(ड) अति विशिष्ट तथा विशिष्ट व्यक्तिको आवश्यक सुरक्षा व्यवस्था मिलाउने साथै त्यस्ता व्यक्तिको सवारीमा सुरक्षाको आवश्यक प्रबन्ध गर्ने,
(ढ) निजी क्षेत्रबाट सुरक्षा सेवा प्रदान गर्न परिचालित सुरक्षाकर्मीहरूको नियमित अनुगमन गर्ने,
(ण) विपद्बाट हुने क्षति न्यूनीकरण गर्न आवश्यक व्यवस्थापन गर्ने साथै विपद्को बेला तत्परताकासाथ उद्धार कार्य गर्ने,
(त) आफ्नो जिम्मेवारी क्षेत्रभित्र ट्राफिक व्यवस्थापन गर्ने,
(थ) प्रभागको कुनै क्षेत्रभित्र शान्ति सुरक्षामा उत्पत्र हुन सक्ने असाधारण परिस्थितिलाई मध्यनजर राखी आकस्मिक तथा विशेष सुरक्षा योजना तयार गरी आवश्यकता अनुसार लागू गर्ने वा गराउने,

(द) जिम्मेवारी क्षेत्रभित्रका टोल टोलमा पुगी नागरिकसँग निरन्तर भेटघाट, छलफल र अन्तक्रिया गरी सुरक्षासँग सम्बन्धित विषयमा राय सुझाव लिने, नागरिकसँग सौहार्दपूर्ण वातावरण कायम राख्ने, शान्ति सुरक्षा कायम गर्ने विषयमा सहयोग र सहकार्य अभिवृद्धि गर्ने ।
(ध) आवश्यकता अनुसार स्थानीय प्रशासन, प्रभागको क्षेत्रभित्र रहेका सरकारी तथा गैह्र सरकारी संघसंस्था तथा कार्यालयसँग आवश्यक सम्पर्क र समन्वय गर्ने,
(न) मानव अधिकारको संरक्षण सम्बद्र्धन गर्ने वा गराउने र असहाय, महिला तथा बालबालिकाका हक अधिकार संरक्षण सम्बन्धी विशेष योजना बनाई कार्यान्वयन गर्ने वा गराउने,

(प) सीमावर्ती समकक्षी प्रहरी कार्यालयका प्रमुखसँग वर्षमा कम्तीमा एकपटक सुरक्षा, अपराध रोकथाम र नियन्त्रण तथा संयुक्त प्रहरी परिचालन लगायतका विषयमा छलफल गरी आवश्यक सहयोग आदानप्रदान गर्ने,
(फ) सरुवा वा बढुवा भई कार्यालय छोड्दा तालुक प्रहरी कार्यालयलाई र आफूलाई बदली गर्ने प्रहरी कर्मचारीलार्ई आफ्नो क्षेत्रको निम्न लिखित विषयमा प्रतिवेदन तयार गरी पेश गर्ने :–

(१) अपराधसम्बन्धी अवस्था,
(२) आपराधिक कार्य गर्न दुरुत्साहन गर्ने व्यक्तिहरू,
(३) अपराधमा संलग्न व्यक्तिहरूलाई आश्रय दिने व्यक्ति,
(४) खराब व्यक्तिहरू र त्यस्ता व्यक्ति भेलाजम्मा हुने र संवेदनशील ठाउँ,
(५) राजनीतिक गतिविधि,
(६) प्रहरी काम कारबाहीको दृष्टिकोणले महत्वपूर्ण अन्य विषय ।
(ब) प्रहरी एकाइ तथा जनशक्ति, योजना तथा कार्य, दैनिक शान्ति सुरक्षा, अपराध अनुसन्धान, राष्ट्रिय तथा सार्वजनिक महत्व राख्ने विषयमा आवश्यकता अनुसार यथाशीघ्र वा मासिक तथा वार्षिक रूपमा तालुक कार्यालय प्रमुखसमक्ष प्रतिवेदन पठाउने,
(भ) प्रभागको क्षेत्रभित्रको शान्ति सुरक्षा कायम राख्ने कार्यमा प्रमुख जिल्ला अधिकारी र तालुक कार्यालयले दिएको आदेश तदारुकताका साथ कार्यान्वयन गरी प्रतिवेदन दिने,

(म) तालुक कार्यालयको निर्देशन र प्रचलित कानूनले निर्दिष्ट गरे बमोजिम अन्य कार्यहरू गर्ने वा गराउने ।

६४. ईलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार : जिल्ला प्रहरी कार्यालयको निर्देशन र नियन्त्रणमा रहने गरी आफ्नोे जिम्मेवारी क्षेत्रभित्र इलाका प्रहरी कार्यालय वा वडा प्रहरी कार्यालय प्रमुखको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्रहरी जनशक्तिको प्रभावकारी परिचालन, रेखदेख, नियन्त्रण गर्ने र आवश्यक निर्देशन दिने,
(ख) आवश्यकता अनुसार गस्ती, पालोपहरा आदिको व्यवस्था मिलाउने, शान्ति सुरक्षा सम्बन्धी अन्य काम गर्ने वा गराउने,
(ग) प्रहरी कर्मचारीहरूको आचरण तथा अनुशासन कायम राख्न, कुशलतापूर्वक जिम्मेवारी निर्वाह गर्र्न, कर्तव्यनिष्ठ बनाउन एवं मनोबल उच्च राख्न कार्यालय मातहत प्रत्येक प्रहरी कार्यालयको वर्षको कम्तीमा तीन पटक निरीक्षण गरी आवश्यक निर्देशन दिने साथै निरीक्षण पुस्तिकामा जनाउने,
(घ) सजाय र पुरस्कार लगायतका वृत्ति विकासका कार्य गर्ने,
(ङ) आफ्नो कार्यालयमा रहेका सरकारी खजाना, मालसामान इत्यादि सुरक्षित राखी त्यसको स्रेस्ता दुरुस्त राख्ने वा राख्न लगाउने,
(च) अपराध नियन्त्रण वा अनुसन्धान गर्ने सिलसिलामा घर वा डेरामा बस्ने व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने,
(छ) आफ्नो क्षेत्राधिकार भित्र स्थायी वा अस्थायी रुपमा बसोबास गर्ने गैर नेपाली व्यक्तिहरुको गतिबिधिको जानकारी राख्ने र राख्न लगाउने,
(ज) शान्ति सुरक्षामा खलल पु¥याउने, सुरक्षा प्रतिकूल क्रियाकलाप, खराब चरित्र भएका व्यक्ति, शङ्कित व्यक्ति, अदालतबाट सजाय पाएका अपराधीको निगरानी राख्न लगाउने, त्यस्ता व्यक्ति वा गतिविधिहरूको सूचना तथा विवरण अद्यावधिक राख्ने व्यवस्था मिलाउने साथै प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गर्ने,
(झ) सुरक्षा प्रतिकूल क्रियाकलाप तथा अपराध रोकथाम तथा नियन्त्रण गर्ने सम्बन्धमा योजना तर्जुमा गरीे प्रभावकारी कार्यान्वयन गर्ने तथा जनमुखी प्रहरी सेवा प्रदान गर्र्नेे गराउने,

(ञ) सरकारी मुद्दा सम्बन्धी ऐन, २०४९ को अनुसूची—१ मा उल्लेखित मुद्दा सम्बन्धी अपराध तथा प्रचलित कानून बमोजिम प्रहरीले अनुसन्धान गर्ने भनी तोकिएका अपराधहरूको अनुसन्धान वैज्ञानिक पद्धतिको प्रयोग गरी सम्बन्धित सरकारी वकिलसँग समन्वय गरी प्रभावकारी र छिटो छरितो रुपमा सम्पन्न गर्ने,

(ट) आफ्नो कार्यालयबाट अनुसन्धान तथा तहकिकात भएका मुद्दाहरूको विवरण सम्बन्धी अभिलेख राख्ने, अदालत वा अन्य कार्यालय सम्बन्धी कामको सिलसिलामा प्रहरीले गर्नुपर्ने

परिच्छेद–७ स्थानीय प्रशासन र स्थानीय प्रहरीको सम्बन्ध

६८. स्थानीय प्रशासनको नियन्त्रणमा रहने : प्रहरीको अनुशासन, आन्तरिक व्यवस्था र अपराध अनुसन्धानको कुरामा बाहेक जिल्लाका सम्पूर्ण प्रहरी कर्मचारीहरू प्रमुख जिल्ला अधिकारीको सामान्य रेखदेख र नियन्त्रणमा रहनेछन् ।

६९. जिल्ला छोड्नू पूर्व सूचना दिनु पर्ने : जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखले जिल्ला छोड्दा त्यसको पूर्व सूचना प्रमुख जिल्ला अधिकारीलाई दिनु पर्नेछ ।

७०. निर्देशनको पालना गर्नु पर्ने : जिल्लाको शान्ति र व्यवस्था कायम राख्न आफूलाई तोकिएको कार्यसम्पादन गर्नु तथा यस्ता विषयमा प्रमुख जिल्ला अधिकारीले दिएको निर्देशन पालन गर्नु जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसर प्रमुखको कर्तव्य हुनेछ ।

७१. प्रमुख जिल्ला अधिकारीबाट निरीक्षण : (१) जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखले आफ्नो मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गर्ने वा गराउने सम्बन्धमा प्रमुख जिल्ला अधिकारीलाई पूर्व जानकारी गराउनु पर्नेछ तथा प्रमुख जिल्ला अधिकारीले वर्षको कम्तीमा एक पटक जिल्ला प्रहरी कार्यालय, महानगरीय प्रहरी परिसर, इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त र प्रहरी प्रभागको निरीक्षण गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्रमुख जिल्ला अधिकारीले निरीक्षण गर्दा प्रत्येक इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, प्रहरी प्रभाग र प्रहरी चौकीमा रहेको डायरी तथा प्रहरी सम्बन्धी गोप्य प्रतिवेदन सहित अन्य अपराध सम्बन्धी सारांश प्रतिवेदन हेरी आफ्नो प्रतिक्रिया सहितको सूचना तुरुन्त जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखलाई दिनुपर्नेछ । यसरी निरीक्षण गर्दा जिल्ला प्रहरी कार्यालय तथा महानगरीय प्रहरी परिसरको प्रमुखले आफ्नो मातहतका प्रहरी कार्यालयहरूको निरीक्षण गरे वा नगरेको सम्बन्धमा समेत निरिक्षण गर्नु पर्नेछ ।

७२. प्रतिवेदन गर्ने र पूर्व निर्देशन प्राप्त गर्ने : गैरकानूनी जमात, साम्प्रदायिक वा राजनीतिक जुलुशको सामना गर्दा जिल्ला प्रहरी कार्यालय वा महानगरीय प्रहरी परिसरको प्रमुखले प्रमुख जिल्ला अधिकारीको पूर्व निर्देशन प्राप्त गर्नु पर्नेछ । शान्ति सुव्यवस्थालाई खलल हुने देखिएमा जिल्ला प्रहरी कार्यालय प्रमुख वा महानगरीय प्रहरी परिसर प्रमुखले प्रमुख जिल्ला अधिकारीलाई प्रतिवेदन गरी उपयुक्त निर्देशनको निमित्त अनुरोध गर्नुपर्नेछ ।

७३. कार्यालय प्रमुख मार्फत लेखापढी हुने : स्थानीय प्रशासनले प्रहरी सङ्गठनसँग लेखापढी गर्दा सामान्यतया कार्यालय प्रमुख मार्फत नै गर्नु पर्नेछ ।

७४. चालचलन सम्बन्धी प्रतिवेदन भर्दा परामर्श लिनुपर्ने : क्षेत्रीय प्रहरी कार्यालयको प्रमुखले जिल्ला प्रहरी कार्यालयको प्रमुखको र महानगरीय प्रहरी प्रमुखले महानगरीय प्रहरी परिसर प्रमुखको चालचलन सम्बन्धी प्रतिवेदन भर्दा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग परामर्श लिनु पर्नेछ ।

७५. सरुवा वा अनुशासनको कारबाही गर्दा परामर्श लिने : जिल्ला प्रहरी कार्यालय प्रमुख वा महानगरीय प्रहरी परिसर प्रमुखलाई सरुवा गर्दा वा निजमाथि अनुशासन सम्बन्धी कारबाही गर्दा अख्तियारवालाले आवश्यकता अनुसार सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको परामर्श लिन सक्नेछ ।

७६. अपराध नियन्त्रण गर्ने सम्बन्धमा छलफल गर्न विदेश जान सकिने :सीमावर्ती इलाकामा घट्ने अपराध नियन्त्रण गर्न र तत्सम्बन्धी अनुसन्धान गर्ने काममा स्थानीय प्रहरी कार्यालयको प्रमुखले पारस्परिक सहयोग पु¥याउने सिलसिलामा छिमेकी मित्र राष्ट्रका सीमावर्ती इलाकामा रहेका प्रहरी कार्यालयका समानस्तरका प्रहरी अधिकृतसँग आवश्यकता अनुसार छलफल गर्नु परेमा वा सोका लागि सम्बन्धित मित्र राष्ट्रमा जानु परेमा प्रमुख जिल्ला अधिकारीलाई समेत जानकारी गराउनु पर्नेछ ।

परिच्छेद–८बिदा

७७. बिदा नलिई गैरहाजिर हुन नपाइने : यस नियमावली बमोजिम बिदा नलिई कुनै प्रहरी कर्मचारी गैरहाजिर हुन पाउने छैन ।
७८. बिदाका किसिमहरू : प्रहरी कर्मचारीले देहाय बमोजिमका बिदा पाउनेछ :

(क) भैपरी आउने बिदा,
(ख) घर बिदा,
(ग) बिरामी बिदा,
(घ) किरिया बिदा,
(ङ) प्रसूति बिदा,
(च) प्रसूति स्याहार बिदा,
(छ) सट्टा बिदा,
(ज) अध्ययन बिदा ।

७९. भैपरी आउने बिदा : (१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिनमा नबढाई भैपरी बिदा पाउनेछ ।

(२) भैपरी आउने बिदा साधारणतः एक पटकमा बढीमा चार दिनसम्म लिन पाइनेछ ।
(३) एक वर्षको भैपरी आउने बिदा सञ्चित गरी अर्को वर्ष लिन पाइने छैन ।
(४) भैपरी आउने बिदामा बसेका प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।

८०. घर बिदा : (१) प्रहरी कर्मचारीले प्रत्येक वर्ष तीस दिनका दरले घर बिदा पाउनेछ ।
(२) प्रहरी कर्मचारीले आफूले पकाएको घर बिदा बढीमा एक सय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ ।
(३) प्रहरी कर्मचारीले वर्षको एक पटक घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा पैदल हिड्नुपर्ने भएमा आठ कोसको निमित्त एक दिनको दरले र मोटर, रेल, हवाईजहाजको बाटोका लागि जति दिन लाग्ने हो त्यति दिन बाटोको म्याद पाउनेछ ।
(४) प्रहरी कर्मचारी कुनै कारणले सेवाबाट अवकास भएमा निजको सञ्चित रहेको घर बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ ।

(५) घर बिदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।
(६) निलम्बनमा रहेको प्रहरी कर्मचारीले सो अवधि भरको घर बिदा पाउने छैन ।
(७) सञ्चित रहेको घर बिदाको रकम लिन नपाउँदै कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित घर बिदाको रकम नियम १३३ को उपनियम (५) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।

८१. बिरामी बिदा : (१) आफ्नो पदको कर्तव्यपालन गर्दा चोटपटक लाग्न गई वा बिरामी हुन गई अस्पतालमा भर्ना भई उपचार गराउँदा लाग्ने दिन बाहेक प्रत्येक प्रहरी कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन तलब, भत्ता र रासनसहित बिरामी बिदा पाउनेछ ।

(२) प्रहरी कर्मचारीले बिरामी बिदा सञ्चित गर्न सक्नेछ र जुनसुकै व्यहोराबाट निज सेवाबाट अलग भएमा निजको सञ्चित बिरामी बिदा बापत आफ्नो पदाधिकार रहेको पदबाट खाइपाई आएको मासिक तलबका दरले हुन आउने रकम एकमुष्ट लिन पाउनेछ । सञ्चित रहेको बिरामी बिदाको रकम लिन नपाउँदै कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिरामी बिदाको रकम नियम १३३ को
उपनियम (५) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ ।

(३) पाँच दिनभन्दा बढी अवधिको बिरामी बिदा माग गर्ने प्रहरी कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ । तर यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव छैन भन्ने बिदा दिने अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा खुलाई प्रमाणपत्र बिना नै विदा स्वीकृत गर्न सक्नेछ ।
(४) कुनै ठूलो वा कडा रोग लागी उपचार गर्न सञ्चित बिरामी विदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरेमा त्यस्तो प्रहरी कर्मचारीले बढीमा पैँतालीस दिनसम्म थप बिरामी बिदा पेश्कीको रुपमा पाउन सक्नेछ ।

(५) उपनियम (४) बमोजिमको पेश्की विरामी विदा त्यस्तो बिदा लिने प्रहरी कर्मचारीको सञ्चित रहेको वा पछि सञ्चित हुने घर बिदाबाट कट्टा गरिनेछ । त्यसरी कट्टा गर्दा प्रत्येक एक दिनको घर विदाबाट दुई दिनको दरले पेश्की विरामी विदा कट्टा गरिनेछ ।
(६) निलम्बनमा रहेको प्रहरी कर्मचारीले सो अवधिभरको बिरामी बिदा पाउने छैन ।

८२. किरिया बिदा : (१) कुनै प्रहरी कर्मचारीले कुल धर्म अनुसार आफैं किरिया बस्नु परेमा वा त्यस्तो प्रहरी कर्मचारीको बाबु, आमा, बाजे, बज्यै, छोरा, छोरी वा सासू ससुराको मृत्यु भएमा वा पुरुष प्रहरी कर्मचारीको हकमा निजको पत्नीको मृत्यु भएमा पन्ध्र दिन किरिया बिदा पाउनेछ । महिला प्रहरी कर्मचारीको पतिले किरिया बस्नु परेमा निजलाई पनि त्यति नै दिन किरिया बिदा दिइनेछ । त्यस्तो विदा लिएको विवरणको अभिलेख राख्नु पर्नेछ ।
(२) किरिया बिदामा बस्दा प्रहरी कर्मचारीले पूरा तलब, भत्ता र रासन पाउनेछ ।
(३) उपनियम (१) बमोजिम बिदा लिने प्रहरी कर्मचारीले बिदापछि कार्यालयमा हाजिर भए पछि मृत व्यक्तिको मृत्यु दर्ता प्रमाणपत्र र मृत व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम प्रमाणपत्र पेश नगर्ने प्रहरी कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।

८३. प्रसूति बिदा : (१) महिला प्रहरी कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अघि वा पछि गरी साठी दिन प्रसूति बिदा पाउनेछ ।
(२) प्रसूति बिदा बस्ने महिला प्रहरी कर्मचारीले पुरा तलब, भत्ता र रासन पाउनेछ ।
(३) उपनियम (१) बमोजिम प्रसूति बिदा लिएका महिला प्रहरी कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टी नहुने गरी थप तीन महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्नेछन । यस्तो बिदा लिँदा उपनियम (१) बमोजिमको बिदासँग लगातार रूपमा लिनु पर्नेछ ।
(४) उपनियम (१) र (३) बमोजिमको विदाको विवरणको अभिलेख राख्नु पर्नेछ ।
(५) उपनियम (३) बमोजिम बेतलवी बिदामा बसेको अवधि सेवा अवधिमा जोडिनेछ ।

८४. प्रसूति स्याहार बिदा : (१) कुनै पुरुष प्रहरी कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ ।
(२) प्रसूति स्याहार विदा सेवा अवधिभरमा दुई पटक मात्र लिन पाइनेछ ।
(३) प्रसूति स्याहार बिदामा बस्ने प्रहरी कर्मचारीले पुरा तलब, भत्ता र रासन पाउनेछ ।
(४) प्रसूति स्याहार बिदा लिएको प्रहरी कर्मचारीले बिदा लिएको मितिले तीन महिना भित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने प्रहरी कर्मचारीको त्यस्तो अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ ।
(६) प्रसूति स्याहार बिदाको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ ।
(७) प्रसूति विदा तथा प्रसूति स्याहार बिदा पाएको प्रहरी कर्मचारीलाई बच्चाको स्याहारको निमित्त बढीमा दुई बच्चाका लागि जनही एकमुष्ठ पाँच हजार रूपैयाँ शिशु स्याहार भत्ता दिइनेछ ।

८५. सट्टा बिदा : प्रहरी कर्मचारीले सार्वजनिक बिदाको दिनमा काम गरे वापत एक पटकमा सात दिनमा नबढाई सट्टा तलबी बिदा पाउनेछ । त्यस्तो बिदा एक वर्षभित्रमा आलोपालो मिलाई कार्यालय प्रमुखबाट स्वीकृति भए बमोजिम लिनु पर्नेछ ।

८६. अध्ययन बिदा : (१) नेपाल प्रहरीलाई उपयोगी र अति आवश्यक पर्ने विषयमा नेपाल सरकारलाई प्राप्त भएको छात्रवृत्तिमा मन्त्रालयको स्वीकृति लिई खुल्ला प्रतियोगितामा वा अन्तर विभागीय प्रतियोगितामा छानिई वा नेपाल सरकारबाट मनोनयन भई अध्ययन गर्न जाने प्रहरी कर्मचारीले अध्ययन अवधिभर अध्ययन बिदा पाउन सक्नेछ ।
(२) प्रहरी कर्मचारीले सेवा अवधि भरमा एकै पटक वा पटक पटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ । तर नेपाल सरकारले आवश्यक ठानेमा अध्ययन बिदाको अवधिमा दुई वर्ष थप गर्न सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनका निमित्त मनोनयन भई अध्ययन बिदा लिई गएको प्रहरी कर्मचारीले थप बिषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नका निमित्त अध्ययन बिदा थपिने छैन ।
(४) अध्ययन बिदामा बसेको प्रहरी कर्मचारीले पूरा तलब पाउनेछ ।
(५) नेपाल प्रहरीको सम्बन्धित सेवालाई उपयोगी र आवश्यक पर्ने बिषयमा विभागीय प्रमुखको सिफारिसमा नेपाल सरकारको पूर्व स्वीकृति लिई निजी खर्चमा अध्ययन गर्न जाने प्रहरी कर्मचारीलाई उपनियम (२) बमोजिम अध्ययन बिदा दिन सकिनेछ ।

(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि उपनियम (५) बमोजिम अध्ययन बिदामा बस्ने प्रहरी कर्मचारीले अध्ययन बिदामा रहेको अवधिको तलब पाउने छैन ।
(७) छ वर्ष सेवा अवधि नपुगेको प्रहरी कर्मचारीले अध्ययन बिदा पाउने छैन । तर प्राविधिक प्रहरी सेवाका प्रहरी कर्मचारीको हकमा प्रहरी सेवाका लागि अति आवश्यक परेको विषयमा अध्ययनको अवसर दिनु उपयुक्त भएको भनी प्रहरी प्रधान कार्यालयले सिफारिस गरेको आधारमा नेपाल सरकारले स्वीकृति दिएमा तीन वर्ष सेवा अवधि पुगेपछि अध्ययन विदा दिन सकिनेछ ।

(८) अध्ययन विदा लिने वा अध्ययन काज तालीममा बस्ने प्रहरी कर्मचारीले अध्ययन गर्न जानु भन्दा अघि त्यस्तो अध्ययन विदा वा अध्ययन काज तालीम पूरा गरी फर्केर आई आफ्नो सेवामा देहाय बमोजिमको अवधिसम्म अनिवार्य रूपमा सेवा गर्ने कबुलियतनामा गर्नुपर्नेछ ः–

अध्ययनको अवधि सेवा गर्नुपर्ने न्यूनतम अवधि
(क) तीन महिनासम्म एक वर्ष
(ख) तीन महिनादेखि छ महिनासम्म डेढ वर्ष
(ग) छ महिनादेखि नौ महिनासम्म दुई वर्ष
(घ) नौ महिनादेखि एक वर्षसम्म तीन वर्ष
(ङ) एक वर्षदेखि दुई वर्षसम्म पाँच वर्ष
(च) दुई वर्षदेखि तीन वर्षसम्म छ वर्ष
(छ) तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष
(ज) चार वर्षदेखि पाँच वर्षसम्म आठ वर्ष
(९) अध्ययन बिदा लिई वा अध्ययन काज तालीममा गई फर्किएका प्रहरी कर्मचारीले उपनियम
(८) बमोजिमको अवधिसम्म अनिवार्य सेवा नगरेमा अध्ययन विदा वा तालीम काज अवधिमा पाएको तलब भत्ता, अध्ययनको लागि नेपाल सरकारको तर्फबाट खर्च व्यहोरिएको भए सो खर्च तथा कवुलियतनामामा उल्लेख भएका अन्य रकम समेत निजबाट सरकारी बाँकी सरह असुल उपर गरिनेछ ।
(१०) कुनै योजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नका निमित्त अत्यावश्यक तालीम प्राप्त गर्नका लागि नेपाल सरकारले कुनै प्रहरी कर्मचारीलाई मनोनयन गरी खटाएमा त्यस्तो तालीम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजले पुरा तलब पाउनेछ । तर यस प्रकारको काज तालीमको निमित्त मात्र हुनु पर्नेछ र कुनै पनि प्रहरी कर्मचारीलाई शैक्षिक उपाधी हासिल गर्न पठाउँदा तालीम काज दिइने छैन ।
(११) यस नियम बमोजिम अध्ययनका लागि एकपटक बेतलबी अध्ययन बिदा स्वीकृत भई सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन ।

८७. बिदा दिने अधिकारी : (१) कार्यालय प्रमुखले भैपरी आउने बिदा वा विरामी विदा वस्नु पर्ने भएमा विदा वसी तालुक कार्यालयबाट स्वीकृत गराउनु पर्नेछ ।
(२) प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो अधिकृत कार्यालय प्रमुख रहेको कार्यालयका अन्य कर्मचारीलाई सबै किसिमको बिदा र प्रहरी निरीक्षक र सोभन्दा माथिल्ला अधिकृतलाई भैपरी आउने बिदा, बिरामी बिदा र क्रिया बिदा सोही कार्यालय प्रमुखले दिन सक्नेछ ।

(३) प्रहरी निरीक्षक र सोभन्दा माथिल्लो प्रहरी अधिकृतलाई घर बिदा एक तहमाथिको कार्यालय प्रमुखले दिन सक्नेछ ।
(४) अन्य प्रहरी कर्मचारी कार्यालय प्रमुख रहेको कार्यालयको कर्मचारीलाई घर बिदा बाहेक अरू बिदा सोही कार्यालय प्रमुखले र घर बिदा एक तहमाथिको कार्यालय प्रमुखले दिन सक्नेछ ।
(५) प्रहरी प्रधान कार्यालयको प्रहरी निरीक्षक र सो भन्दा माथिल्लो प्रहरी अधिकृतलाई भैपरी आउने र बिरामी बिदा सम्बन्धित शाखा प्रमुखले र अरू बिदा प्रहरी महानिरीक्षक वा निजले तोकेको अधिकारीले दिन सक्नेछ ।
(६) प्रहरी कमचारीको अध्ययन बिदा प्रहरी प्रधान कार्यालयको सिफारिसमा नेपाल सरकारले स्वीकृत गरे बमोजिम हुनेछ ।

८८. बिदा लिने कार्यविधि : (१) बिदा लिन चाहने प्रहरी कर्मचारीले आफूलाई चाहिएको बिदाको अवधि, कारण र विदेश जानुपर्ने भए सो समेत खोली रीतपूर्वकको लिखित दरखास्त आफु हाजिर रहेको कार्यालय मार्फत बिदा स्वीकृत गर्ने अधिकारीसमक्ष पेश गर्नु पर्छ । यस्तो दरखास्त प्राप्त भए पछि विदा स्वीकृत गर्ने अधिकारीले बिदा स्वीकृत वा अस्वीकृत भएको कुराको सूचना सम्बन्धित प्रहरी कर्मचारीलाई दिनु पर्नेछ ।

(२) बिदाको लागि दरखास्त प्राप्त भए पछि बिदा दिने अधिकारीले परिस्थितिको विचार गरेर बिदा स्वीकृत वा अस्वीकृतको निर्णय गर्नेछ ।
(३) भैपरी आउने बिदाको हकमा बिदा स्वीकृत गर्ने अधिकारीले उपनियम (१) बमोजिम दरखास्त नदिए पनि मौखिक अनुरोधको आधारमा त्यस्तो बिदाको स्वीकृति दिन सक्नेछ ।
(४) देहायमा लेखिए बमोजिमका कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले बिदाका लागि दरखास्त परेको मितिभन्दा अगाडि देखि लागू हुने गरी बिदा स्वीकृत गर्न सक्नेछ :

क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिइरहनु सम्भव थिएन भने, वा
(ख) पूर्व स्वीकृतिका लागि निवेदकले सकभर प्रयास गरेको थियो भने ।

८९. बिदाको अभिलेख : (१) बिदा दिने अधिकारीले आफ्नो मातहतका सबै प्रहरी कर्मचारीहरूको बिदाको अभिलेख किताब खडा गरी लगत राख्नु वा राख्न लगाउनु पर्नेछ ।
(२) कुनै प्रहरी कर्मचारी एक ठाउँबाट अर्को ठाउँमा सरुवा भएमा निजको बिदाको लगतको उतार सरुवा भएको ठाउँमा पठाउनु पर्नेछ ।

९०. बिदाको बीचमा पर्न जाने सार्वजनिक बिदा गाभिने : भैपरी आउने, घर बिदा र बिरामी बिदा बाहेक अरु कुनै प्रकारको बिदा लिई बसेको प्रहरी कर्मचारीले लिएको बिदा अवधिभित्र सार्वजनिक बिदा परेमा सो अवधि पनि निज कर्मचारीले लिएको बिदामा गाभिनेछ ।
९१. तालीम अवधिमा बिदा नदिइने : यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तालीम अवधिभर सार्वजनिक बिदा र क्रिया बिदा बाहेक साधारणतया अरू कुनै बिदा दिइने छैन ।

९२. बिदा अधिकारको कुरा होइन : (१) प्रहरी कर्मचारीले अधिकारको रूपमा बिदाको दाबी गर्न पाउने छैन ।

(२) कामको अनुकूल हेरी बिदा दिने अधिकारीले आफ्नो तजबीजबाट बिदा स्वीकृत अथवा अस्वीकृत गर्न सक्ने तथा आवश्यक परेमा बिदामा बसेको प्रहरी कर्मचारीलाई निजको स्वीकृत बिदा रद्द गरी बोलाई काममा लगाउन सक्नेछ ।

परिच्छेद–९ आचरण

९३. दान उपहार लिन नहुने : (१) सरकारी काममा कुनै पनि प्रकारको असर पर्न सक्ने गरी कुनै पनि प्रहरी कर्मचारी र निजको परिवारका सदस्य समेतले नेपाल सरकारको पूर्व स्वीकृति बिना स्वदेशी वा विदेशी कसैबाट पनि कुनै प्रकारको दान दातव्य, कोसेली वा उपहार स्वीकार गर्न वा चन्दा माग्न वा सरकारी कामसँग सम्बन्धित व्यक्तिसँग सापट लिनु हुँदैन ।

(२) प्रहरी कर्मचारीले कुनै विदेशी सरकार वा विदेशी सरकारको कुनै प्रतिनिधिबाट कुनै उपहार प्राप्त हुन आएमा निजले नेपाल सरकारलाई सो कुराको सूचना दिई निकासा भएबमोजिम गर्नुपर्छ ।

९४. चन्दा लिन नहुने : प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति बिना कुनै पनि कामको निमित्त कुनै किसिमको चन्दा माग्न अथवा स्वीकार गर्नु हुँदैन र अरू कुनै किसिमको आर्थिक सहायता प्राप्त गर्ने काममा समेत भाग लिन हुँदैन ।

९५. सम्पत्तिको विवरण दिनुपर्ने : प्रत्येक प्रहरी कर्मचारीले नेपाल सरकारले तोकेको फाराममा आप्mनो सम्पति विवरण भरी आर्थिक वर्ष समाप्त भएको साठी दिनभित्र सम्बन्धित कार्यालय मार्फत प्रहरी किताबखानामा बुझाउनु पर्नेछ ।

९६. कम्पनीको स्थापना र सञ्चालन तथा व्यापार व्यवसाय गर्न नहुने ः प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई देहायका काम गर्नु हुँदैन :–
(क) कुनै बैक वा कम्पनीको स्थापना, रजिष्ट्रेशन वा सञ्चालनको काममा भाग लिन,
(ख) प्रचलित कानूनबमोजिम दर्ता गराउनु पर्ने कुनै व्यापार वा व्यवसाय गर्न,
(ग) अन्यत्र कुनै प्रकारको नोकरी स्वीकार गर्न ।

९७. सरकारी काममा थाहा पाएका कुराहरू प्रकाश गर्नमा प्रतिवन्ध ः प्रहरी कर्मचारीले नेपाल सरकारद्वारा अथवा विशेष रूपबाट अख्तियार नपाई आफूले सरकारी कर्तव्यको पालना गर्दा सरकारी अथवा गैरसरकारी साधनहरूबाट प्राप्त गरेको वा आफूले लेखेको अथवा सङ्कलन गरेको कुनै कागजपत्र वा समाचार प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अनधिकृत व्यक्ति वा सञ्चार माध्यमलाई जानकारी दिन हुँदैन । यो प्रतिबन्ध जुनसुकै कारणले प्रहरी सेवाबाट अलग रहेको व्यक्तिको हकमा समेत लागू हुनेछ ।

९८. रेडियो वा पत्रिकासँग सम्पर्क राख्न नहुने : (१) प्रहरी कर्मचारीले नेपाल सरकारको अनुमति प्राप्त नगरी कुनै पत्रपत्रिकामा आफ्नै वास्तविक अथवा काल्पनिक नामबाट अथवा बेनामी कुनै लेख प्रकाशित गर्न
अथवा रेडियोद्वारा प्रसारण गर्न हुँदैन । तर प्रहरी सङ्गठनको प्रवक्ताको रुपमा तोकिएको प्रहरी कर्मचारीले सम्बन्धित प्रहरी सङ्गठनको प्रमुखको अनुमतिमा कार्यालयको गतिविधि सम्बन्धी जानकारी वा सूचना प्रवाह गर्न बाधा पर्ने छैन ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि साहित्यिक, कलात्मक, ऐतिहासिक, वैज्ञानिक र व्यावसायिक विषयको लेख प्रकाशन वा प्रसारण गर्न सकिनेछ । तर त्यस्तो लेख प्रकाशन वा प्रसारण गरेपछि आफ्नो कार्यालयमा जानकारी गराउनु पर्नेछ ।

९९. नेपाल सरकारको आलोचना गर्न नहुने :

(१) प्रहरी कर्मचारीले नेपाल सरकारको नीति विरुद्ध असर पर्ने गरी अथवा नेपाल सरकार र नेपाली जनताको पारस्परिक सम्बन्धमा अथवा कुनै विदेशी राष्ट्रसँगको सम्बन्धमा खलल पर्न सक्ने गरी आफ्नो वास्तविक वा काल्पनिक नामबाट अथवा बेनामी कुनै लेख
प्रकाशित गर्न, प्रेसलाई कुनै खबर दिन, रेडियो वा टेलीभिजन आदिद्वारा भाषण प्रसारित गर्न, कुनै सार्वजनिक भाषण दिन वा कुनै वक्तव्य प्रकाशित गर्न हुँदैन ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानून र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी लेख प्रकाशन वा प्रसारण गर्न बाधा पर्ने छैन ।

१००. निर्वाचनमा भाग लिन नहुने : प्रहरी कर्मचारीले कुनै राजनीतिक पदका लागि कुनै निर्वाचनमा भाग लिन वा कसैको निमित्त मत माग्न वा अन्य कुनै प्रकारले आफ्नो प्रभाव पार्न हुँदैन । तर कसैलाई मत दिएको वा दिने विचार गरेको कुरा प्रकट नगरी प्रचलित कानून बमोजिम आफ्नो मताधिकार प्रयोग गर्न बाधा पर्ने छैन ।

१०१. राजनीतिमा भाग लिन नहुने : प्रहरी कर्मचारीले कुनै राजनीतिक संस्थाको सदस्य बन्न, राजनीतिमा भाग लिन, राजनीतिक संस्थालाई सहायताको निमित्त चन्दा दिन अथवा कुनै राजनीतिक संस्था वा आन्दोलनलाई अन्य कुनै प्रकारले प्रभाव पार्न हुँदैन ।

१०१क.स्थायी आवासीय अनुमति लिन नहुने : प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिन वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिन हँदैन ।
१०१ख.स्वयम् घोषणा गरी विवरण पेश गर्नु पर्ने : (१) यो नियम प्रारम्भ हुनु अघि स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको प्रत्येक प्रहरी कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र सोको स्वयम् घोषणा गरी देहाय बमोजिमको विवरण आफू कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ :–

(क) आफ्नो नाम, थर, सेवा, समूह, उपसमूह र हालको पद ।
(ख) स्थायी आवासीय अनुमति लिएको भए सो लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको भए सोको मिति ।
(ग) सम्बन्धित विदेशी मुलुकको नाम ।
(घ) आफूले लिएको स्थायी आवासीय अनुमति परित्याग गर्न वा त्यस्तो अनुमतिको लागि दिएको आवेदन रद्द गराउन इच्छुक भए नभएको ।
(२) कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले यो नियमावली प्रारम्भ हुनु अघि स्थायी आवासीय अनुमति लिएको भएमा यो नियम प्रारम्भ भएको मितिले तीस दिनभित्र र यो नियमावली

प्रारम्भ भए पछि त्यस्तो अनुमति लिएमा अनुमति लिएको तीस दिनभित्र सम्बन्धित प्रहरी कर्मचारीले आफू कार्यरत कार्यालयमा देहाय बमोजिमको विवरण पेश गर्नु पर्नेछ :–
(क) आफ्नो नाम, थर, सेवा, समूह, उपसमूह र हालको पद,
(ख) पति वा पत्नीले स्थायी आवासीय अनुमति लिएको मिति,
(ग) सम्बन्धित विदेशी मुलुकको नाम ।
(३) उपनियम (१) वा (२) बमोजिमको विवरण प्राप्त भएपछि सम्बन्धित कार्यालयले सो विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र प्रहरी प्रधान कार्यालयमा पठाउनु पर्नेछ ।

१०२. प्रहरी कर्मचारीले गरेको काम कारबाहीको सफाइ : कुनै प्रहरी कर्मचारीले नेपाल सरकारको पूर्व स्वीकृति नलिई कुनै व्यक्तिद्वारा निजको कर्तव्यपालनका सम्बन्धमा लेखाइएका झुठ्ठा आरोपको निमित्त प्रेस अथवा अदालतको सहारा लिन हुँदैन । तर यस नियमले प्रहरी कर्मचारीको आफ्नो व्यक्तिगत काम अथवा चरित्रको सम्बन्धमा सफाइ दिन पाउने अधिकारमा कुनै बाधा पर्ने छैन ।

१०३. समय पालन र नियमितता : प्रहरी कर्मचारीले ठीक समयमा तथा नियमित रूपले आफ्नो पालोमा हाजिर हुनु पर्दछ र साधारणतया पहिले बिदाको स्वीकृति नलिई कामबाट अनुपस्थित हुनु हुँदैन ।

१०४. अनुशासन र आज्ञापालन : (१) प्रहरी कर्मचारीले आफ्नो कर्तव्य इमान्दारी र तत्परताको साथ पालना गर्नु पर्दछ ।
(२) प्रहरी कर्मचारीले आफ्नो सरकारी काम सम्बन्धी कुरामा आफूभन्दा माथिका अधिकृतले दिएको आज्ञालाई शीघ्रताका साथ पूरा गर्नु पर्दछ ।
(३) प्रहरी कर्मचारीले आफू भन्दा माथिका सबै अधिकृतहरूप्रति उचित आदर देखाउनु पर्नेछ र आफू मातहतका प्रहरी कर्मचारीहरू प्रति उचित व्यवहार गर्नु पर्नेछ ।

१०५. प्रहरी कर्मचारीले बाहिरी प्रभाव पार्न नहुने : प्रहरी कर्मचारीले आफ्नो नोकरी सम्बन्धी कुरामा मतलब साध्य गर्न आफू भन्दा माथिका अधिकृत माथि कुनै अनुचित प्रभाव पार्न अथवा प्रभाव पार्ने प्रयत्न गर्न हुँदैन ।

१०६. लैङ्गिक संवेदनशील हुनु पर्ने : कुनै पनि प्रहरी कर्मचारी लैङ्गिक संवेदनशील रहनु पर्नेछ ।

१०७. कानून विपरीत विवाहमा प्रतिबन्ध : प्रहरी कर्मचारीले बिहावारी सम्बन्धी प्रचलित कानून विपरीत हुने गरी विवाह गर्नु गराउनु हुँदैन ।
१०८. हातपात वा जोरजुलुम गर्न नहुने : कुनै प्रहरी कर्मचारीले आफूभन्दा माथिल्लो वा मातहत प्रहरी कर्मचारी उपर हातपात वा कुनै प्रकारको आक्रमण वा जोरजुलुम गर्न वा गराउन हुँदैन ।

परिच्छेद–१० सजाय र पुनरावेदन

१०९. सजाय : उचित र पर्याप्त कारण भएमा प्रहरी कर्मचारीलाई देहाय बमोजिमको विभागीय सजाय गर्न सकिनेछ :
(क) सामान्य सजाय
(१) शारीरिक परिश्रम हुने सजाय गर्ने वा नियन्त्रणमा राख्ने,
(२) नसिहत दिने,
(३) चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्ने,
(४) बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने,
(५) बढीमा पाँच तलब वृद्धि रोक्का गर्ने,
(६) खाइपाई आएको बढीमा पाँच तलबवृद्धि घटुवा गर्ने,
(७) हालको पदको जेष्ठतासहित खाइपाई आएकोे शुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने ।

(ख) विशेष सजाय
(१) भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने,
(२) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गर्ने ।

११०. शारीरिक परिश्रम गराउने वा नियन्त्रणमा राख्ने वा नसिहत दिने वा प्रतिकूल राय लेख्ने : देहायको अवस्थामा कुनै प्रहरी कर्मचारीलाई यातना नहुने गरी शारीरिक परिश्रम गराउन वा नियन्त्रणमा राख्न वा नसिहत दिन वा चालचलन सम्बन्धी प्रतिवेदनमा प्रतिकूल राय लेख्न सकिनेछ :–

(क) कार्यसम्पादन सन्तोषजनक नभएमा,
(ख) तालीममा खटाउँदा नगएको वा तालीम अवधिमा लापरवाही देखाई गैर जिम्मेवारपूर्ण व्यवहार देखाएमा,
(ग) सेवाग्राहीको पीरमर्का र उजुरी पटक पटक बेवास्ता गरेको सम्बन्धमा आपूmभन्दा माथिल्लो अधिकारीले दिएको निर्देशन पालन नगरेमा,
(घ) सेवाग्राहीलाई दुव्र्यहार गरेमा,
(ङ) सरुवा भएर वा अन्य सरकारी कामको सिलसिलामा खटिएका वखत मनासिब आधार र कारण बेगर बाटाका म्याद पछि सम्बन्धित कार्यालयमा हाजिर हुन नगएमा,

(च) दुई पटकसम्म लिखित चेतावनी पाएमा वा सचेत गराइएमा,

(छ) नियम १००, १०१ख. को उपनियम (२), १०२ र १०५ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा ।

१११. बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्ने वा बढीमा पाँच तलब वृद्धिसम्म रोक्का गर्ने : देहायको अवस्थामा सजायको आदेश दिने अधिकारीले बढीमा पाँच वर्षसम्म बढुवा रोक्का गर्न वा बढीमा पाँच तलब वृद्धिसम्म रोक्का गर्न सक्नेछ :

(क) आफूले सम्पादन गर्नु पर्ने काम कारबाहीमा लापरवाही गरेमा,
(ख) …………
(ग) यस नियमावली वा अन्य प्रचलित कानूनले तोकेको पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेमा,
(घ) माथिल्लो दर्जाको अधिकारीले दिएको निर्देशन पालना नगरेमा वा कार्यान्वयन नगरेमा,
(ङ) नियम ९३, ९४, ९७, ९८, १०३, १०४ र १०८ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा ।

११२. बढीमा पाँच तलब वृद्धि घटुवा गर्ने वा शुरु स्केलमा घटुवा गर्ने वा तल्लो पदमा घटुवा गर्ने : देहायको अवस्थामा सजायको आदेश दिने अधिकारीले कुनै प्रहरी कर्मचारीले खाइपाई आएको बढीमा पाँच तलबवृद्धि घटुवा गर्न वा हालको पदको जेष्ठता सहित खाइपाई आएकोे शुरु स्केलमा घटुवा गर्न वा तल्लो पदमा घटुवा गर्न सक्नेछ :–

(क) अनुशासनहीन काम गरेमा,

(ख) नियम ९६, ९९, १०६ र १०७ मा उल्लिखित आचरण सम्बन्धी नियम उल्लङ्घन गरेमा,
(ग) नियुक्ति भएको पाँच वर्षभित्रै नोकरीबाट अलग हुन झुठ्ठा कारण देखाएमा,
(घ) कानून बमोजिम दिएको आदेश निर्देशन नमानेमा वा कार्यान्वयन नगरेमा,
(ङ) मनासिब कारण नभई वा बिदा नलिई अनुपस्थित भएमा वा गैरहाजिर भएमा,
(च) लापरवाही गरेमा वा नियम आदेशको पालना नगरेमा,
(छ) लापरवाही गरी सरकारी सम्पत्ति हानि नोक्सानी गरेमा,
(ज) नैतिक पतन देखिने फौजदारी कसूर वाहेकको अन्य कुनै फौजदारी अभियोगमा कैद बाहेक जरिवाना वा क्षतिपूर्ति भराउने वा दुबै सजाय हुने गरी दोषी ठहर भएमा ।

११३. सेवाबाट हटाउने वा बर्खास्त गर्ने : (१) देहायको कुनै अवस्थामा प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउन सकिनेछ :–

(क) आफ्नो पदीय जिम्मेवारी लापरवाही गरी पूरा नगरेमा,
(ख) आचरण सम्बन्धी कुराहरु बराबर उल्लङ्घन गरेमा,
(ग) ड्युटिको समयमा बराबर मादक पदार्थ सेवन गरेमा,
(घ) बराबर अनुशासनहीन काम गरेमा,
(ङ) राजनीतिमा भाग लिएमा,
(च) बिदा स्वीकृति नगराई लगातार पैंतालीस दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेमा,
(छ) नैतिक पतन देखिने बाहेकका अन्य कुनै फौजदारी कसूरमा दोषी ठहर भई कैद सजाय तोकिएमा ।

तर सरकारी कार्य सम्पादनमा संलग्न हुने क्रममा प्रचलित कानून वमोजिम लागेको कुनै अभियोगमा दोषी ठहर भै छ महिना भन्दा कम कैद वा जरिवाना मात्र लागेको प्रहरी कर्मचारीलाई प्रहरी सेवाबाट हटाईने छैन ।

(ज) अध्ययन बिदा पूरा गरी फर्किएपछि नियम ८६ मा उल्लेख भए बमोजिमको अवधिसम्म सेवा नगरेमा ।
(२) देहायको कुनै अवस्थामा प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ ः–
(क) नैतिक पतन देखिने फौजदारी अभियोगमा कसूरदार ठहरिएमा,
(ख) भ्रष्टाचार गरेको प्रमाणित भएमा,
(ख१) स्थायी आवासीय अनुमति लिएमा वा त्यस्तो अनुमति प्राप्त गर्नकोे लागि आवेदन दिएमा,
(ग) ऐनको दफा ३३.क, ३३.ख र ३४ बमोजिमको अपराधमा प्रहरी विशेष अदालतवाट दोषीे ठहरिएमा ।

११४. कार्यालयमा अनुपस्थित भएमा वा झुट्टा विवरण पेश गरेमा हुने कारबाही : (१) बिदा नलिई आफ्नो कार्यालयमा अनुपस्थित हुने प्रहरी कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय सजाय समेत गर्न सकिनेछ । यसरी गयलकट्टी भएको अवधि अनिवार्य अवकाश बाहेक अन्य प्रयोजनको लागि निजको सेवा अवधिमा गणना हुने छैन ।

(२) कुनै पनि प्रहरी कर्मचारीले झुट्टा कारण देखाई बिदा लिई बसेको ठहरेमा बिदा बसेको अवधिलाई गैरहाजिर जनाई गैर हाजिरसम्बन्धी कसूरमा कारबाही हुनेछ ।

११४क.जानकारी दिन सकिने : (१) नियम १०१क. विपरीत कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको जानकारी कसैलाई प्राप्त भएमा त्यस्तो व्यक्तिले सो जानकारी सम्बन्धित प्रहरी कर्मचारी कार्यरत कार्यालय वा प्रहरी प्रधान कार्यालय वा मन्त्रालयमा दिन सक्नेछ ।

(२) उपनियम (१) बमोजिमको जानकारी कुनै कार्यालयमा प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले त्यस्तो जानकारी प्राप्त भएको मितिले सात दिनभित्र प्रहरी प्रधान कार्यालयमा र प्रहरी प्रधान कार्यालयले मन्त्रालयमा पठाउनु पर्नेछ ।

(३) उपनियम (१) वा (२) बमोजिम वा अन्य कुनै स्रोतबाट कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको जानकारी प्राप्त हुन आएमा प्रहरी प्रधान कार्यालयले त्यस्तो प्रहरी कर्मचारीको सम्बन्धमा छानबिन गर्न विभागीय सजाय दिने अधिकारीलाई लेखी पठाउनु पर्नेछ ।
(४) उपनियम (३) बमोजिम लेखी आएमा विभागीय सजायको आदेश दिने अधिकारीले त्यस्तो प्रहरी कर्मचारीको सम्बन्धमा तीन दिनभित्र छानबिन प्रारम्भ गरी सोको जानकारी यथाशीघ्र प्रहरी प्रधान कार्यालयलाई र प्रहरी प्रधान कार्यालयले मन्त्रालयलाई दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम छानबिन गर्दा विभागीय सजायको आदेश दिने अधिकारीले मन्त्रालय वा मन्त्रालय मार्पmत अन्य कुनै सरकारी निकायसँंग कुनै कुराको जानकारी वा सहयोग माग गर्न सक्नेछ र त्यस्तो जानकारी वा सहयोग उपलब्ध गराउनु सम्बन्धित निकायको कर्तव्य हुनेछ ।
(६) यस नियम बमोजिम छानबिन र कारबाही गर्दा कुनै प्रहरी कर्मचारीले स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको देखिएमा निजलाई तीन महिनाभित्र प्रचलित कानून बमोजिमको प्रक्रिया पूरा गरी यस नियमावली बमोजिम सजाय गरी सोको जानकारी पन्ध्र दिनभित्र प्रहरी प्रधान कार्यालय र मन्त्रालयमा दिनु पर्नेछ ।

११४ख.सजाय नहुने : यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुनुभन्दा अघि स्थायी आवासीय अनुमति लिएको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि आवेदन दिएको कुनै प्रहरी कर्मचारीले सो कुरा स्वीकार गरी यो नियम प्रारम्भ भएको मितिले साठी दिनभित्र आफूले प्राप्त गरेको स्थायी आवासीय अनुमति त्यागेको वा त्यस्तो अनुमति प्राप्त गर्नको लागि दिएको आवेदन रद्द गर्नको लागि सम्बन्धित मुलुकमा लिखित अनुरोध गरेको प्रमाण सहित निवेदन दिएमा त्यस्तो प्रहरी कर्मचारीलाई यस नियमावली बमोजिम सजाय हुने छैन ।

११५. सजाय सम्बन्धी कार्यविधि : (१) प्रहरी कर्मचारीलाई सजायको आदेश दिनुअघि कारबाही गर्न लागिएको व्यहोरा उल्लेख गरी हुन सक्ने सजाय समेत खुलाई लिखित सूचना दिई निजलाई आफ्नो सफाइ पेश गर्ने मौका दिनु पर्नेछ । त्यस्तो लिखित सूचनामा निजउपर लगाइएको आरोप स्पष्ट रूपले किटिएको हुनु पर्दछ । साथै प्रत्येक आरोप कुन तथ्य र कारणमा आधारित छ सो समेत खुलाउनु पर्नेछ । आरोप लागेको प्रहरी कर्मचारीले त्यस्तो सूचनामा उल्लिखित म्यादभित्र आफ्नो सफाइ र प्रस्तावित सजायको सम्बन्धमा लिखित स्पष्टीकरण पेश गर्नु पर्नेछ ।

(२) भागी पत्ता नलागेको वा अरू कुनै कारणले सम्पर्क स्थापित गर्न असम्भव भएको प्रहरी कर्मचारीको सम्बन्धमा प्रहरी सेवाबाट हटाउन वा वर्खास्त गर्दा अनुसूची—१४ मा उल्लेख भए बमोजिम गर्नु पर्नेछ । तर नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट दोषी ठहर भइसकेको वा ऐनको दफा ३३क., ३३ख. र ३४ बमोजिमको अपराध गरेको प्रहरी विशेष अदालतबाट ठहर गरी कैदको सजाय पाएको कुनै प्रहरी कर्मचारीलाई गर्न लागेको सजायको बारेमा सूचनासम्म दिए पुग्नेछ ।

(३) सजायको आदेश दिन पाउने अधिकारीले कुनै प्रहरी कर्मचारीले नियम १११, ११२ र ११३ मा उल्लिखित कसूर गरेको सम्बन्धमा जाँचबुझ गराउन आवश्यक ठानेमा त्यस्तो अधिकारी स्वयं वा अन्य कुनै अधिकृतद्वारा जाँचबुझ गर्न वा गराउन सक्नेछ । जाँचबुझ गर्ने अधिकारीले आवश्यकता अनुसार सम्बन्धित प्रहरी कर्मचारीसँग सोधपुछ गरी कारण सहित आफ्नो प्रतिवेदन तथा भएको सबुद प्रमाण समेत पेश गर्नु पर्नेछ ।

(४) कुनै प्रहरी कर्मचारीमाथि लागेको कुनै अभियोगको जाँचबुझ गर्नु परेमा सजायको आदेश दिन पाउने अधिकारीले जाँचबुझ समाप्त नहुन्जेलसम्म त्यस्तो प्रहरी कर्मचारीलाई निलम्बन गर्न सक्नेछ । यसरी निलम्बन गर्दा निलम्बन गर्नुको आधार र कारण स्पष्ट रुपमा खुलाउनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम गरिने निलम्बनको अवधि छ महिनाभन्दा बढी हुने छैन । निलम्बन अवधिमा निज उपरको कारबाहीको किनारा लगाउनु पर्नेछ ।
(६) उपनियम (४) बमोजिम कुनै पनि प्रहरी कर्मचारीलाई निलम्बन गर्नु पर्दा देहायको अवस्था विद्यमान हुनु पर्नेछ :
(क) निलम्बन नगरी ओहोदाको काम गर्न दिँदा झुट्टा प्रमाण सङ्कलन गर्न सक्ने वा आपूm विरुद्धको सवुद प्रमाण गायब वा नष्ट गर्न सक्ने देखिएमा, वा
(ख) निलम्बन नगरी ओहोदाको काम गर्न दिँंदा थप सरकारी हानी नोक्सानी हुने सम्भावना देखिएमा, वा
(ग) कुनै प्रहरी कर्मचारीले गरेको कार्यको कारणले निजलाई निलम्बन नगरे सङ्गठन भित्रका कर्मचारीहरूमा नैराश्यता, उत्तेजना आउने वा जनमानसमा नकारात्मक असर पर्न सक्ने वा प्रहरी सङ्गठनकै प्रतिष्ठामा आँच आउने भएमा ।
(७) उपनियम (४) बमोजिम निलम्बन अवस्थामा रहेको प्रहरी कर्मचारीले पाउने तलब भत्ताको आधा रकम मात्र पाउनेछ ।
(८) कुनै फौजदारी अभियोगमा वा ऐन अन्तर्गतको कसूरमा गिरफ्तार भई थुनिएको वा त्यस्तो आरोप लागेको प्रहरी कर्मचारी साधारण तारेखमा छुटेको अवस्थामा बाहेक मुद्दाको अन्तिम किनारा नलागेसम्म स्वतः निलम्बनमा रहनेछ । तर,
(क) निलम्बित प्रहरी कर्मचारी उपर लागेको अभियोग प्रमाणित नभई सफाइ पाएमा निजले सो अवधिको निलम्बन रहेका अवस्थामा आधा तलब पाएको भए सो कट्टा गरी र नपाएको भए पूरै तलब (तलबवृद्धि हुने भएमा सो समेत) पाउनेछ । कसूरदार
ठहरिएमा निलम्बन भएका मिति देखिको बाँकी तलब भत्ता पाउने छैन ।
(ख) कुनै प्रहरी कर्मचारी सरकारी कामको सम्बन्धमा वा कुनै कर्मचारीलाई तोकेको दायित्व पालनको क्रममा नेपाल सरकारबाट भएको कारबाही स्वरूप निलम्बन भएको नभई अरू नै कारणबाट स्वयं निलम्बन हुन गएको रहेछ भने त्यसरी निलम्बन रहेको
अवधिको तलब भत्ता पाउने छैन । तर निजले अभियोगबाट सफाइ पाएमा उक्त निलम्वन अवधिभरको तलबभत्ता पाउनेछ ।
(९) कुनै प्रहरी कर्मचारीउपर नेपाल सरकार वादी हुने कुनै फौजदारी अभियोगमा कुनै अधिकार प्राप्त निकायले निलम्बनका लागि लेखि पठाएमा त्यस्तो प्रहरी कर्मचारीलाई अधिकार प्राप्त अधिकारीले निलम्बन गर्नु पर्नेछ र सो को जानकारी सम्बन्धित निकायलाई दिनु पर्नेछ ।
११६. सजायको आदेश दिने ः (१) नियम ११५ बमोजिम जाँचबुझको काम समाप्त भएपछि सम्बन्धित प्रहरी कर्मचारीसँग स्पष्टीकरण मागिएको भए निजले तोकिएको समयभित्र स्पष्टीकरण नदिएमा वा निजले दिएको स्पष्टीकरण सन्तोषजनक नलागेमा सजाय गर्ने अधिकारीले सजाय दिन सक्नेछ र सजायको आदेशको एक प्रति त्यस्तो कर्मचारीलाई दिनुपर्नेछ ।
(२) सजाय गर्नु पर्ने प्रहरी कर्मचारी सम्पर्कमा नरहेमा उपनियम (१) बमोजिमको सजायको आदेश प्रचलित कानून बमोजिम निजको परिवारको सदस्यलाई बुझाउनु पर्नेछ । यसरी बुझाएकोमा सम्बन्धित व्यक्तिले पछि आफूले जानकारी नपाएको भनी दाबी गर्न सक्ने छैन । परिवारको सदस्यले बुझि नलिएमा वा परिवारको कुनै सदस्य नभेटिएमा त्यस्तो सजायको आदेश अनुसूची–१५ बमोजिमको ढाँचामा निजको घर ठेगानामा सार्वजनिक रूपमा टाँस गर्नु पर्नेछ । उल्लिखित जुनसुकै तरिकाबाट त्यस्तो आदेश बुझाए वा तामेल गरेपछि सो कोे निस्सा वा भर्पाइ वा तामेली प्रति सम्बन्धित फाइलमा संलग्न गरी राख्नु पर्नेछ ।

११७. सेवाको अन्त गर्ने : (१) कुनै प्रहरी कर्मचारीलाई देहायको अवस्थामा निजको सेवा अन्त गर्नु पर्ने भएमा नियम ११९ बमोजिम नोकरीबाट हटाउने वा वर्खास्त गर्न सक्ने अधिकार पाएको अधिकारीले पर्चा खडा गरी सेवाको अन्त गर्न सक्नेछ । यसरी सेवाको अन्त गर्दा नियम ११५ बमोजिमको कार्यविधि अपनाउनु पर्ने छैन :–

(क) परीक्षणकालमा रहने गरी नियुक्ति भएकोमा नियुक्ति सदर नहुँदै,
(ख) करारमा नियुक्ति भएकोमा करारनामाको अवधि भुक्तान नहुँदै,
(ग) म्यादी पदमा नियुक्ति भएकोमा सो म्याद पूरा नहुँदै,
(घ) स्वीकृत चिकित्सकको बोर्डले शारीरिक दृष्टिले अनुपयुक्त ठहयाएमा ।
(२) उपनियम (१) बमोजिम सेवा अन्त गरेको निर्णय उपर त्यस्तो प्रहरी कर्मचारीले नियम ११८ मा उल्लेख भए बमोजिम पुनरावेदन गर्न सक्नेछ ।

११८. पुनरावेदनको कार्यविधि : (१) नियम ११६ र ११७ अन्तर्गत दिइएको आदेशमा चित्त नबुझी पुनरावेदन गर्ने प्रहरी कर्मचारीले जुन कार्यालयबाट कारबाहीको आदेश गरिएको हो सोही कार्यालय मार्पmत वा सोझै पुनरावेदन सुन्ने अधिकारीलाई संवोधन गरी पुनरावेदन दिन सक्नेछ ।

(२) पुनरावेदन गर्ने व्यक्तिले पुनरावेदनमा आफ्नो सफाइको निमित्त जो भएको प्रमाण राखिएको र शिष्ट भाषामा लेखिएको हुनु पर्नेछ । पुनरावेदनका साथमा जुन आदेशको विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल पनि राख्नु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम पुनरावेदन दिँदा आदेशको सूचना पाएको मितिले  पैतीस दिनभित्र दिनु पर्नेछ ।
(४) विभागीय सजायको आदेश सम्बन्धमा पुनरावेदन सुन्ने अधिकारीले गरेको निर्णय अन्तिम हुनेछ ।

परिच्छेद–११ अवकास, उपदान र निवृत्तिभरण

१२७. अनिवार्य अवकास :

(१) देहायका प्रहरी कर्मचारीले देहाय बमोजिमको कुनै एक आधारमा सरकारी सेवाबाट स्वतः अवकास पाउनेछ :

(क) देहायको पदमा बहाल रहेका प्रहरी कर्मचारीको देहाय बमोजिम उमेर पुरा भएमा :–
(१) प्रहरी महानिरीक्षक – ५८ वर्ष
(२) प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक – ५६ वर्ष
(३) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – ५५ वर्ष
(४) प्रहरी नायव उपरीक्षक – ५४ वर्ष
(५) प्रहरी निरीक्षक – ५३ वर्ष
(६) प्रहरी नायव निरीक्षक – ५२ वर्ष
(७) प्रहरी सहायक निरीक्षक – ५१ वर्ष
(८) प्रहरी हवल्दार र प्रहरी जवान – ४८ वर्ष
(९) प्रहरी कार्यालय सहयोगी – ५५ वर्ष

(ख) देहायका पदमा देहायको अवधिसम्म बहाल रहेको प्रहरी कर्मचारीले सो अवधि भुक्तान गरेको आधारमा ः–
(१) प्रहरी महानिरीक्षक – ४ वर्ष
(२) प्रहरी अतिरिक्त महानिरीक्षक÷प्रहरी नायव महानिरीक्षक – ५ वर्ष
(३) प्रहरी वरिष्ठ उपरीक्षक – ६ वर्ष
(४) प्रहरी उपरीक्षक – १० वर्ष

स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि कायम मुकायम मुकरर भएमा पदको अवधि लागू हुने छैन ।

तर तल्लो पदमा नोकरीको अवधि लागू हुने रहेछ भने कायम मुकायम मुकरर भएको पदमा पदोन्नति हुन नसके तल्लो पदको अवधि नै लागू हुनेछ ।

(ग) खण्ड (क) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राविधिक प्रहरी समूहमा कार्यरत देहायका प्रहरी प्राविधिक कर्मचारीहरूले देहाय बमोजिम उमेर पुरा भएमा :–
(१) राजपत्राङ्कित द्वितीय श्रेणीदेखि माथि – ५८ वर्ष
(२) राजपत्राङ्कित तृतीय श्रेणी – ५६ वर्ष
(३) राजपत्र अनङ्कित द्वितीय र तृतीय श्रेणी – ५४ वर्ष
(घ) तीस वर्ष नोकरी अवधि पूरा भएको ।
(२) यस नियमको प्रयोजनका निमित्त प्रहरी कर्मचारीको उमेरको हिसाब गर्दा देहाय बमोजिम गरिनेछ :–
(क) सेवामा प्रवेश गर्दा निजले पेश गरेको नागरिकताको प्रमाणपत्र, शैक्षिक योग्यताको प्रमाणपत्र र वैयक्तिक विवरण (सिटरोल) मा जन्ममिति वर्ष, महिना र गते समेत खुलेको र सबैमा एउटै मिति नरहेको भएमा जुन मितिबाट पहिले अवकास हुन्छ सोही मितिको आधारमा,

(ख) वर्ष वा संवत् मात्र उल्लेख भएको प्रमाणपत्रका आधारमा जन्ममिति कायम गर्दा नागरिकताको प्रमाणपत्रको हकमा प्रमाणपत्र प्राप्त गरेको मिति, शैक्षिक योग्यताको प्रमाणपत्रको हकमा प्रमाणपत्र जारी भएको मिति र वैयक्तिक अभिलेख (सिटरोल) को हकमा सुरु भर्ना भएको मितिको आधारमा,

(ग) कुनै प्रमाणपत्रमा वर्षमात्र उल्लेख भएको र अर्को प्रमाणपत्रमा पूरा जन्ममिति खुलेको रहेछ र त्यस्तो प्रमाणपत्रमा उल्लिखित जन्ममितिहरूको बीचमा एक वर्षसम्मको अन्तर देखिएमा पूरा खुलेको जन्ममितिको आधारमा ।

तर यसरी छुट्टाछुट्टै प्रमाणपत्रमा उल्लेख भएको जन्ममितिको अन्तर एक वर्षभन्दा बढी भएमा वर्षमात्र उल्लेख भएको प्रमाणपत्रको आधारमा उपखण्ड (ख) बमोजिम जन्ममिति कायम गरिनेछ ।

(३) मिति २०४९।११।१५ भन्दा अघि प्रहरी सेवामा नियुक्ति भई उपनियम (१) को खण्ड (क) वा (घ) बमोजिम अवकाश प्राप्त गर्ने प्रहरी कर्मचारीको हकमा निज नियुक्ति हँदा बहाल रहेको प्रहरी नियमावली बमोजिम अवकाश प्राप्त गर्न जति उमेर बाँकी रहेको छ सो अवधि निजले गरेको जम्मा नोकरी अवधिमा थपि निजले पाउने निवृत्तिभरणको हिसाब गरिनेछ ।

१२८. स्वेच्छिक अवकास : नियम १३१ बमोजिम निवृत्तिभरण पाउने अवधि पूरा गरी सकेको प्रहरी कर्मचारीलाई चाहेमा नियुक्ति गर्ने अधिकारीले नोकरीबाट अवकास लिने अनुमति दिन सक्नेछ ।

१२९. राजीनामा स्वीकृत :

(१) देहायका प्रहरी कर्मचारीको राजीनामा स्वीकृत गर्ने अख्तियार देहायका अधिकारीलाई हुनेछ :

(क) प्रहरी अतिरिक्त महानिरीक्षक र प्रहरी महानिरक्षिकको – नेपाल सरकार
(ख) प्रहरी वरिष्ठ उपरिक्षक र प्रहरी नायब महानिरीक्षकको – गृहमन्त्री
(ग) प्रहरी सहायक निरीक्षक देखि प्रहरी उपरीक्षकको – सचिव, मन्त्रालय
(घ) प्रहरी नायब निरीक्षकको –प्रहरी महानिरीक्षक
(ङ) प्रहरी सहायक निरीक्षकको – प्रहरी अतिरिक्त महानिरीक्षक÷ प्रहरी नायब महानिरीक्षक
(च) प्रहरी हवल्दार वा प्रहरी जवानको – प्रहरी वरिष्ठ उपरीक्षक÷प्रहरी उपरीक्षक
(छ) प्रहरी कार्यालय सहयोगीको – प्रहरी नायव उपरीक्षक वा सो भन्दा माथिल्लो दर्जाको प्रहरी अधिकृत ।

(२) निवृत्तिभरण पाउने सेवा अवधि पुगेको र एउटै पदमा कम्तीमा बाह्र वर्ष बहाल रहेको प्रहरी नायव उपरीक्षक वा सोभन्दा मुनिका कुनै प्रहरी कर्मचारीको नियम १२७ बमोजिम अनिवार्य अवकास हुन एक महिना बाँकी भएमा निजलाई एक तह पदोन्नति गरी अवकास दिइनेछ ।

(३) प्रहरी कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार अख्तियारवालालाई हुनेछ ।

१३०. उपदान : (१) पाँच वर्ष वा सो भन्दा वढी सेवा गरेको तर नियम १३१ बमोजिम निवृत्तिभरण पाउने अवधि नपुगेको प्रहरी कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी नोकरीको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाईएमा देहायको दरले उपदान पाउनेछ ः–

(क) पाँच वर्ष भन्दा वढी दश वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलव,

(ख) दश वर्ष भन्दा वढी पन्ध्र वर्षसम्म नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब ।

(ग) पन्ध्र वर्षभन्दा वढी बीस वर्ष भन्दा कम नोकरी गरेको प्रहरी कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीले सेवा पाउने वा सो सेवामा बहाल रहने उद्देश्यले नागरिकता वा उमेर वा योग्यता ढाँटेको प्रमाणित हुन आएमा त्यस्तो प्रहरी कर्मचारीलाई उपदान दिईने छैन ।

१३१. निवृत्तिभरण : (१) बीस वर्ष वा सोभन्दा बढी समयसम्म प्रहरी सेवामा काम गरेका प्रहरी कर्मचारीले नोकरीबाट अवकास पाएको मितिदेखि निवृत्तिभरण पाउनेछ ।

तर मिति २०६०।१२।२६ अगावै नियुक्ति भएका प्रहरी कर्मचारीले देहाय बमोजिम वा सोभन्दा बढी अवधिसम्म प्रहरी सेवामा काम गरी नोकरीबाट अवकास भएमा निवृत्तिभरण पाउनेछ :

(क) राजपत्राङ्कित अधिकृत – २० वर्ष

(ख) प्रहरी नायव निरीक्षक र प्रहरी सहायक निरीक्षक – १८ वर्ष
(ग) प्रहरी हवल्दार र प्रहरी जवान – १६ वर्ष
(२) उपनियम (१) बमोजिम दिइने निवृत्तिभरणको हिसाब देहाय बमोजिम हुनेछ :
(क) प्रहरी निरीक्षकदेखि प्रहरी महानिरीक्षकको निमित्त :– नोकरी वर्ष  आखिरी तलब ५०
(ख) प्रहरी नायव निरीक्षक र सोभन्दा मुनिका प्रहरी कर्मचारीको निमित्त :–
नोकरी वर्ष  आखिरी तलब ४०

(३) प्रहरी हवल्दार र सोभन्दा मुनिका निवृत्तिभरण पाइरहेका व्यक्तिहरूको उमेर साठी वर्ष पूरा भएपछि निजले पाइरहेको निवृत्तिभरणको अङ्कमा तीस प्रतिशत थप गरिनेछ ।
(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तिभरणको न्यूनतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब स्केलको शुरु अङ्कको आधाभन्दा कम र अधिकतम रकम समान पदको बहालवाला प्रहरी कर्मचारीको तलबको शुरु स्केलभन्दा बढी हुने छैन ।
(५) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै प्रहरी कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा निवृत्तिभरणको लागि आवश्यक पर्ने सेवा अवधि पु¥याउन चाहिने वर्ष थप गरी निजको परिवारलाई निवृत्तिभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिईनेछ ।

(६) प्रहरी प्राविधिक नियमावली, २०५८ बमोजिम प्राविधिक समुहमा नयाँ नियुक्ति भएको राजपत्राङ्कित द्वितीय वा तृतीय श्रेणीको पदको प्रहरी कर्मचारी यस नियमावली बमोजिम निवृत्तिभरण पाउने सेवा अवधि पूरा नहँुदै सेवाबाट अवकास प्राप्त हुने भएमा निवृत्तिभरण प्राप्त गर्नका लागि वढीमा चार वर्ष सेवा अवधि थप भए निवृत्तिभरण पाउने भएमा नेपाल सरकारले बढीमा चार वर्ष सेवा अवधि थप गरी निवृत्तिभरण दिन सक्नेछ ।
(७) भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट वर्खास्त गरिएको प्रहरी कर्मचारीले यस नियमावली बमोजिमको निवृत्तिभरण पाउने छैन ।

१३२. निवृत्तिभरणमा वृद्धि ः बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अङ्कमा जति वृद्धि भएको छ, त्यसको दुई तिहाई रकम समान पदका निवृत्त प्रहरी कर्मचारी (अमर प्रहरीका परिवार समेत) को निवृत्तिभरण रकममा पनि थप गरिनेछ ।

१३३. पारिवारिक निवृत्तिभरण र उपदान ः (१) कुनै प्रहरी कर्मचारीको सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नाबालक भाई वा अविवाहिता दिदी बहिनीलाई नियम १३० वा १३१ मा लेखिए बमोजिम उपदान वा निवृत्तिभरण प्राप्त हुनेछ । तर निवृत्तिभरणको हकमा यस्तो निवत्तिभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन । निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएको प्रहरी कर्मचारीको परिवार वा नाबालक भाई वा अविवाहिता दिदी बहिनीलाई सात वर्ष पुगेपछि निवृत्तिभरण प्राप्त हुने छैन ।

(२) उपनियम (१) मा जुनसुकै कुरा उल्लेख भए तापनि निवृत्तिभरण पाउने व्यक्ति नाबालक रहेछ भने निज अठार वर्षको उमेर नभएसम्म त्यस्तो निवृत्तिभरण पाउनेछ ।
(३) प्रहरी कर्मचारीको विधुर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तिभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा उपनियम (१) बमोजिम पारिवारिक निवृत्तिभरण पाउने भएमा सो निवृत्तिभरण पाउने अवधि भुक्तान भएको मितिदेखी र त्यस्तो निवृत्तिभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तिभरण पाउन थालेको सात वर्ष व्यतित भईसकेपछि मृत्यु भएकोमा निजको मृत्यु भएको मितिदेखि जीवनभर निजले पाउने निवृत्तिभरणको आधा रकम पाउनेछ ।
(४) बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम उपनियम (१), (२) र (३) अनुसार पारिवारिक निवृत्तिभरण पाईरहेका व्यक्तिले खाईपाई आएको पारिवारिक निवृत्तिभरण रकममा पनि थप गरिनेछ ।
(५) कुनै प्रहरी कर्मचारीको यस नियामावली बमोजिम पाउने कुनै रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरुमध्ये यस नियमावली बमोजिम निजको निवृत्तिभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ ।
(६) निवृत्तिभरण वा उपदान दिँदा मृतक प्रहरी कर्मचारीले आफ्नो परिवारका सदस्य मध्येमा वा नाबालक भाइ वा अविवाहिता दिदी वहिनीलाई इच्छाएको नभए सो रकम निजको परिवारको सदस्य मध्ये नेपाल सरकारले उचित ठह¥याएको व्यक्तिलाई दिईनेछ ।

१३४. अशक्त वृत्ति : (१) कुनै प्रहरी कर्मचारी आफनो पदको कर्तव्य पालन गर्दा वा तालीमको सिलसिलामा दुर्घटनामा परी वा आघातमा परी अङ्गभङ्ग भई वा चोटपटक लागि शारीरिक वा मानसिक रुपमा प्रहरी सेवामा बहाल रहन अशक्त भएमा त्यस्तो प्रहरी कर्मचारीले निजको जीविकाको निमित्त बाँचुन्जेलसम्म अशक्तवृत्तिको रुपमा उपनियम (२) मा लेखिए बमोजिम निवृत्तिभरण सहित उपनियम (३) मा लेखिए बमोजिमको अशक्त भत्ता पाउनेछ ।

स्पष्टीकरण : यस उपनियमको प्रयोजका लागि मानसिक रुपमा अशक्त भन्नाले नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट मानसिक रुपमा अशक्त भई प्रहरी सेवामा काम काज गर्न असक्षम भनी सिफारिस गरेको व्यक्ति सम्झनु पर्छ ।

(२) उपनियम (१) बमोजिम अशक्त भएको प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवधि पुगेको भए निजले तत्काल खाईपाई आएको (कायम मुकायम, कार्यवाहक वा निमित्त भई काम गरेको भए सो को समेत) तलबले नियम १३१ को उपनियम (२) बमोजिम हिसाब गरी हुन आउने रकम बराबर अशक्त निवृत्तिभरण पाउनेछ । त्यस्तो अशक्त प्रहरी कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने
अवधिभन्दा घटी भएमा यस नियमावली बमोजिम निवृत्तिभरण पाउने वर्ष पु¥याउन नपुग प्रत्येक पूरा वा चानचुन वर्षको निमित्त दामासाहीबाट कट्टी गरी बाँकी हुन आउने रकम निवृत्तिभरण वापत पाउनेछ । यसरी कट्टी गर्दा एक तिहाईभन्दा वढी रकम कट्टी गरिने छैन ।

(३) प्रहरी कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तिभरणको अतिरिक्त थप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाईपाई आएको तलबको बीस प्रतिशत बराबर हुनेछ । साथै नियम १३८ को स्पष्टीकरण खण्डको देहाय (क) मा लखिए बमोजिमको अशक्त प्रहरी कर्मचारीको हकमा निजको जीवनभर निजले खाइपाई आएको अशक्त भत्ताको बीस प्रतिशत रकम कुरुवा खर्चको रुपमा थप सुविधा समेत दिईने छ । तर अशक्तवृत्ति पाएका वा पाउने ठहरिएका प्रहरी कर्मचारीले पछि कुनै सेवामा पुनः प्रवेश
पाएमा निजले यस नियम बमोजिमको अशक्तवृत्ति पाउने छैन र खाईसकेको अशक्तवृत्ति रकम भने फिर्ता गर्नु पर्ने छैन ।

(४) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारी हतियारधारी समूहको कारवाही वा कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण, बिस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारवाहीमा खटिएका बखत कुनै आकस्मिक दुर्घटनामा परी वा लडी वा कुनै प्रकारको हतियारको चोटबाट प्रहरी सेवाको निमित्त काम गर्न अशक्त भएमा त्यस्तो प्रहरी कर्मचारीलाई एक तह पदोन्नति गरी सेवाबाट अवकाश दिईनेछ र निजले उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म खाईपाई आएको पूरा तलब पाउनेछ । त्यसरी पूरा तलब पाउने अवधि व्यतित भए पछि निवृत्तिभरण पाउने अवधि भन्दा कम सेवा अवधि भएको प्रहरी कर्मचारीले निवृत्तिभरण पाएको अवधिसरह र निवृत्तिभरण पाउने अवधिभन्दा बढी सेवा अवधि भएको प्रहरी कर्मचारीले सोही बमोजिम निवृत्तिभरण पाउनेछ ।

(५) उपनियम (१) वा (४) बमोजिम चोटपटक लाग्न गई उपचार गराउँदा लाग्ने खर्चको पूरा रकम सम्बन्धित प्रहरी कर्मचारीले पाउनेछ र यस्तो उपचार खर्च दिँदा नियम १४१ को उपनियम (१) बमोजिम पाउने उपचार खर्चमा कट्टा गरिने छैन ।

(६) उपनियम (४) बमोजिम सुविधा पाएको अवधिमा समान पदको बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अङ्कमा जति रकम वृद्धि भएको छ सोही बरावरको रकम अवकाश प्राप्त प्रहरी कर्मचारीले पाउने तलब रकममा समेत वृद्धि हुनेछ ।

(७) उपनियम (१), (२), (३) र (४) बमोजिम सुविधा पाएको अवकाश प्राप्त प्रहरी कर्मचारीको मुत्यु भएमा त्यस्तो सुविधा पाएको सात वर्ष नपुगे सम्म निजको परिवारले निजले पाए सरह नै सम्पूर्ण सुविधा पाउनेछ र सात वर्ष पुगे पछि नियम १३५ को उपनियम (१) र (२) बमोजिम निवृत्तिभरण पाउनेछ ।

(८) बहालवाला प्रहरी कर्मचारीको तलब वृद्धि हुँदा समान स्तरको प्रहरी कर्मचारीको तलबको सुरु अङ्कको रकममा जति प्रतिशत वृद्धि भएको छ सोही प्रतिशतले उपनियम (३) बमोजिमको अशक्त वृत्तिको रकममा समेत वृद्धि हुनेछ ।

(९) अशक्तवृत्ति प्रदान गर्ने प्रयोजनको लागि मन्त्रालयले अशक्तताको प्रमाणपत्र प्रदान गर्नेछ ।

१३५. असाधारण पारिवारिक निवृत्तिभरण र उपदान : (१) कुनै प्रहरी कर्मचारी आफ्नो कर्तव्य पालन गर्दा वा तालीम लिँदा कुनै चोटपटक लागी तत्कालै मृत्यु भएमा वा त्यसैको कारणबाट निको नहुँदै मृत्यु भएमा निजको नोकरी जतिसुकै वर्ष पुगेको भए तापनि मृतक प्रहरी कर्मचारीको परिवारको सदस्य मध्ये नियम

१३३ को उपनियम (५) बमोजिमको व्यक्तिलाई त्यस्तो प्रहरी कर्मचारीले खाइपाई आएको तलबको आधा पारिवारिक निवृत्तिभरण र देहाय बमोजिम असाधारण पारिवारिक उपदान समेत दिइनेछ :–
(क) दश वर्षसम्मको सेवा अवधि नपुग्दै मृत्यु भएमा निजले खाइपाई आएको छ महिनाको तलब बराबरको रकम,
(ख) दश वर्ष देखि बीस वर्षसम्मको सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको नौं महिनाको तलब बराबरको रकम,
(ग) बीस वर्षभन्दा बढी जतिसुकै सेवा अवधि पूरा गरी मृत्यु भएमा निजले खाइपाई आएको एक वर्षको तलब बराबरको रकम ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारी हतियारधारी समूहको कारबाही वा अन्य कुनै प्रकारको सशस्त्र मुठभेड वा आक्रमण वा बिस्फोटन वा हतियारधारी समूह वा त्यस्तै अन्य समूहविरुद्धको कारबाहीमा खटिएका बखत वा प्रचलित कानून बमोजिम खटिएको अवस्थामा भीर, पहरा, खोलानालामा लडी वा कुनै पनि प्रकारको हतियारको चोटबाट वा कुनै आकस्मिक
दुर्घटनामा परी तत्कालै वा सोही कारणले निको नभई मृत्यु भएमा मृतक प्रहरी कर्मचारीलाई मरणोपरान्त एक तहमाथिको पदमा पदोन्नति दिई सोही पद अनुसारको पुरा तलब निजको परिवारले त्यस्तो प्रहरी कर्मचारीको उमेरको हदले अवकाश प्राप्त गर्ने अवधि ननाघ्ने गरी बढीमा सात वर्षसम्म पाउनेछ । उक्त पुरा तलब पाउने अवधि व्यतित भएपछि मृतक प्रहरी कर्मचारीको सेवा अवघि निवृत्तिभरण पाक्ने अवधि भन्दा कम भएमा निवृत्तिभरण पाकेको अवधिसरह र निवृत्तिभरण पाक्ने अवधि भन्दा बढी सेवा अवधि भएमा सोही बमोजिम मृतक प्रहरी कर्मचारीको परिवारले निवृत्तिभरण पाउनेछ ।

(३) यस नियम बमोजिम असाधारण पारिवारिक निवृत्तिभरण मृतक प्रहरी कर्मचारीको पति वा पत्नी, बाबु, आमा भए आजिवन र छोरा वा विवाह नगरेकी छोरी भए एक्काइस वर्षको उमेर पुरा नगरेसम्म वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म पाउनेछ ।

(४) कर्तव्य पालनाको शिलशिलामा खटिएको वा खटिने क्रममा बाटोमा आउँदा जाँदा वा अन्य कार्य गर्दा बाटोबाट वा कार्यस्थलबाट अपहरणमा परी हत्या भएको भरपर्दो सूचना प्राप्त भएको तर लास फेला पर्न नसकेको अवस्थामा सम्वन्धित प्रमुख जिल्ला अधिकारी र सम्वन्धित प्रहरी कार्यालयको प्रमुखको संयुक्त प्रतिवेदनको आधारमा हत्या गरिएका प्रहरी कर्मचारीको परिवारलाई उपनियम (१) र (२)
बमोजिमको सुविधा दिइनेछ ।

(५) उपनियम (२) बमोजिम प्रहरी कर्मचारीको परिवारले तलब पाईरहेको अवस्थामा बहालवाला प्रहरी कर्मचारीको तलबमानमा वृद्धि भएमा प्रहरी कर्मचारीको परिवारले पाउने तलबमा समेत सोही बमोजिम वृद्धि हुनेछ ।

१३६. सन्ततिवृत्ति र शैक्षिक वृत्ति : (१) कुनै प्रहरी कर्मचारी नियम १३४ बमोजिमको अवस्था परी आजीवन काम गर्न नसक्ने गरी अशक्त भएमा त्यस्तो अशक्त प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई देहायको दरले मासिक सन्ततिवृत्ति दिईनेछ :–
(क) राजपत्राङ्कित प्रहरी अधिकृत – दुई सय साठी रुपैयाँ
(ख) राजपत्र अनङ्कित प्रथम र द्धितीय श्रेणीका प्रहरी – एक सय चौवीस रुपैयाँ
(ग) राजपत्र अनङ्कित तृतीय र चतुर्थ श्रेणीका प्रहरी – एक सय सोह्र रुपैयाँ
(घ) प्रहरी कार्यालय सहयोगी वा सो सरह – एक सय बाह्र रुपैयाँ
(२) कुनै प्रहरी कर्मचारीको नियम १३५ बमोजिमको अवस्था परी मृत्यु भएमा त्यस्तो मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई मृतक प्रहरी कर्मचारीको बहाल रहेको पदको सुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्ततिवृत्ति दिईनेछ :–
पद सुरु तलबको प्रतिशत

(क) प्रहरी महानिरीक्षक वा प्रहरी अतिरिक्त महानिरीक्षक – ६.५
(ख) प्रहरी नायव महानिरीक्षक वा प्रहरी वरिष्ठ उपरीक्षक – ८
(ग) प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक – ९
(घ) प्रहरी निरीक्षक – १०
(ङ) प्रहरी नायव निरीक्षक – १२
(च) प्रहरी सहायक निरीक्षक – १३
(छ) प्रहरी हवल्दार÷प्रहरी जवान÷ प्रहरी कार्यालय सहयोगी – १४
(३) उपनियम (१) बमोजिमको सन्ततिवृत्ति छोरा वा विवाह नगरेकी छोरी भए एक्काइस वर्षको उमेर पुरा गरेको वा सरकारी सेवामा प्रवेश गरेको जुन अगाडि हुन्छ सो मितिसम्म सम्म पाउनेछ र उपनियम (२) वमोजिमको सन्ततिवृत्ति अठार वर्षको उमेर सम्म पाउनेछ ।

(४) कुनै प्रहरी कर्मचारीको नियम १३४ वा १३५ बमोजिमको अवस्थामा परी अशक्त भएमा वा मृत्यु भएमा त्यस्तो अशक्त वा मृतक प्रहरी कर्मचारीको बढीमा दुई सन्ततिलाई अठार वर्षको उमेर पूरा नभएसम्म उपनियम (१) वा (२) बमोजिमको सन्ततिवृत्तिको अतिरिक्त देहाय बमोजिमको दरले वार्षिक शैक्षिकवृत्ति समेत दिईनेछ :–

पद शैक्षिकवृत्ति
(क) राजपत्राङ्कित प्रहरी अधिकृत – दुईहजार चार सय रुपैयाँ
(ख) राजपत्र अनङ्कित प्रहरी र प्रहरी कार्यालय सहयोगी वा सो सरह – एक हजार आठ सय रुपैयाँ

१३७. समान सुविधा उपलब्ध हुने : (१) सम्वत् २०५२ साल फाल्गुण १ गते पछि कुनै प्रहरी कर्मचारी नियम
१३४ को उपनियम (४) वा नियम १३५ को उपनियम (२) बमोजिमको अवस्था परी अशक्त भएको वा मृत्यु भएको भए त्यस्तो प्रहरी कर्मचारी वा निजको परिवारले नियम १३२, १३३, १३४, १३५ र १३६ मा उल्लिखित सुविधा सोही नियमहरुमा उल्लेख भए बमोजिम दोहोरो नहुने गरी समान रुपमा पाउनेछन् ।
(२) उपनियम (१) बमोजिम सुविधा उपलब्ध गराउँदा अघि प्राप्त गरेको सुविधा बापतको रकम कट्टा गरी बाँकी रकम मात्र दिनु पर्नेछ ।
(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएता पनि कुनै प्रहरी कर्मचारीको परिवारलाई नियम १३३ वा १३४ वा १३५ बमोजिम प्राप्त हुने पारिवारिक निवृत्तिभरण मध्ये कुनै एक पारिवारिक निवृत्तिभरण मात्र प्राप्त हुनेछ ।

१३८. समितिको व्यवस्था : (१) नियम १३४ र १३५ बमोजिमको अवस्था परी कुनै प्रहरी कर्मचारी अशक्त भएमा वा निजको मृत्यु भएमा त्यस्तो प्रहरी कर्मचारीको नजिकको परिवार वा सन्ततिले पाउने वृत्ति वा उपदानको सम्बन्धमा सिफारिस गर्न देहाय बमोजिमको समिति रहनेछ ः–
(क) मन्त्रालयको प्रतिनिधि
(ख) अर्थ मन्त्रालयको प्रतिनिधि
(ग) नेपाल प्रहरी अस्पतालको चिकित्सक प्रतिनिधि
(घ) प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुख

स्पष्टीकरण : यस नियमको प्रयोजनका लागि अशक्तताको प्रतिशत निर्धारणको आधार देहाय बमोजिम हुनेछ :–
(क) “असी देखि सतप्रतिशत अशक्तता” भन्नाले दुवै आखा नभएको वा दुवै खुट्टा नभएको वा दुवै हात नभएको वा एक खुट्टा, एक हात नभएको वा सम्पूर्ण शरीर नचल्ने,

(ख) “साठी देखि उनासी प्रतिशत अशक्तता” भन्नाले काम गर्न नसक्ने गरी आंशिक शरीर नचल्ने वा एक आखा नभएको वा एक हात नभएको वा एक खुट्टा नभएको,
(ग) “चालीस देखि उनान्साठी प्रतिशत अशक्तता” भन्नाले असामान्य रुपमा बोली प्रष्ट नभएको वा शरीरको सम्पूर्ण हिस्सा तन्दुरुस्त देखिए तापनि लर्खराउने, धङधङाई हिड्ने वा प्रहरी कर्मचारी सेवामा रहि काम गर्न शारीरिक, बोली, हिँडाई, चलाईले असोभनिय देखिने,

(घ) खण्ड (क), (ख) र (ग) मा उल्लिखित वर्गीकरण बाहेक अन्य अशक्तताको प्रतिशत निर्धारण गर्ने अधिकार नेपाल सरकारद्वारा गठित मेडिकल वोर्डमा रहनेछ ।
(२) प्रहरी प्रधान कार्यालयको कर्मचारी प्रशासन शाखा प्रमुखले उपनियम (१) बमोजिमको समितिको सदस्य सचिव समेतको कार्य गर्नेछ ।

१३९. निवृत्तिभरण सम्बन्धी कार्यविधि : (१) उमेरको हद वा सेवा अवधि पुगेको कारणबाट निवृत्तिभरण पाउने कर्मचारीले अवकास लिने मितिभन्दा ६ महिना अगाडि तोकिएको फाराम भरी सम्वन्धित अधिकारी समक्ष पठाउनु पर्दछ । त्यस्तो प्रहरी कर्मचारीको मृत्यु भएमा निजको मृत्यु भएको छ महिनाभित्र निजको परिवारले निवृत्तिभरणका लागि सम्वन्धित अधिकारी समक्ष दरखास्त पठाउनु पर्नेछ ।

(२) निवृत्तिभरणसँग सम्बन्धित देहायका कार्यहरू बैंक भुक्तानी लिइरहेको जिल्लाको जिल्ला प्रहरी कार्यालय प्रमुखको सिफारिसमा सोही जिल्लाको कोष तथा लेखा नियन्त्रकको कार्यालयबाट गरिनेछ :–
(क) एकपटक जारी भइसकेको निवृत्तिभरणको अधिकारपत्रको पाना सिद्धिई वा अधिकारपत्र हराई प्रतिलिपि दिनु परेमा वा निवृत्तिभरण वा पारिवारिक निवृत्तिभरण अधिकारपत्र बाहकको मृत्यु भई पारिवारिक निवृत्तिभरण पाउने व्यक्तिको नाम
परिवर्तन गर्नुपरेमा वा प्रमाणित निवृत्तिभरण अधिकारपत्रमा संशोधन गर्नुपरेमा वा प्रहरी किताबखानाबाट पठाइए बमोजिम निवृत्तिभरण अधिकारपत्र तथा फाराममा फोटो तथा दस्तखत प्रमाणित गर्नुपरेमा,
(ख) नियम १३१ को उपनियम (३) वमोजिम निवृत्तिभरण प्राप्त गर्ने व्यक्तिको उमेर साठी वर्ष पुगी निवृत्तिभरण रकम थप गर्नु परेमा ।

१४०. नोकरी अवधिको गणना : (१) यस परिच्छेदको प्रयोजनको निमित्त नोकरी अवधिको गणना गर्दा प्रहरी सेवाको कुनै पदमा स्थायी नियुक्ति भई नोकरी गरेको जम्मा अवधि (विचमा टुटेको भए सो टुटेको अवधि कटाई) लाई गणना गरिनेछ ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएता पनि उपदान पाई सकेको व्यक्ति अदालतको फैसला वा यस नियमावली बमोजिम हुने विभागीय सजाय उपर परेको पुनरावेदनमा भएको निर्णय बमोजिम प्रहरी सेवा वा पदमा पुनःबहाली भएमा निजले पहिले पाएको उपदानको रकम फिर्ता गरेमा मात्र निजको पहिलेको नोकरी जोडिनेछ ।
(३) उपनियम (१) बमोजिम नोकरी अवधि गणना गर्दा निलम्बन रहेको अवधिलाई समेत गणना गरिनेछ ।

१४१. औषधी उपचार खर्च :(१) प्रहरी कर्मचारीले सेवा अवधिभरमा राजपत्राङ्कित श्रेणीको प्रहरी अधिकृत भए बाह्र महिना बराबरको, राजपत्रअनङ्कित प्रथम श्रेणीको प्रहरी कर्मचारी भए अठार महिना बराबरको र अन्य राजपत्र अनङ्कित र श्रेणीविहिन प्रहरी कर्मचारी भए एक्काइस महिना बराबरको खाईपाई आएको तलब रकम सम्म उपचार खर्च वापत पाउनेछ ।

(२) कुनै प्रहरी कर्मचारी वा निजको परिवारको सदस्य विरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नवढ्ने गरी देहाय बमोजिम भएको खर्चको रकम दिईनेछ :–

(क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको प्रेस्क्रिप्सन बमोजिम खरिद गरेका औषधी खर्च,
(ख) स्वास्थ्य संघ संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,
(ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा सम्बन्धित कार्यालयको प्रमुखले, कार्यालय प्रमुखको हकमा तालुक कार्यालयको प्रमुखले र प्रहरी महानिरीक्षकको हकमा मन्त्रालयको सचिवले सिफारिस गरेको खर्च,

(घ) प्लाष्टिक सर्जरी बाहेक सबै किसिमको चिरफार (सर्जिकल अप्रेशन) गर्दा लागेको बिल बमोजिमको खर्च,
(ङ) चश्मा, दाँत, हेरिङ्एड आदि उपकरणको लागि नेपाल सरकारले समय समयमा आदेश जारी गरी तोकिदिएको हदसम्मको रकममा लागेको बिल बमोजिमको खर्च,

(च) आफ्नो घर वा डेरा छाडी अर्को जिल्लामा वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दा र फर्कदाको विरामीको र कुरुवा चाहिने अवस्था भए एक जना कुरुवा सम्मको यातायात खर्चको पुरै रकम र खाना खर्च वापत निज बिरामी प्रहरी कर्मचारीले नियमअनुसार पाउने दैनिक भत्ताको पचत्तहर प्रतिशत रकम ।

स्पष्टीकरण ः यस उपनियमको प्रयोजनको लागि “स्वीकृत चिकित्सक” भन्नाले सरकारी सेवामा रहेको वा प्रचलित कानूनबमोजिम चिकित्सकका रुपमा दर्ता भएका डाक्टर, कविराज, हेल्थ असिष्टेण्ट वैद्य समेतलाई जनाउँछ ।

(३) सरकारी कामको सिलसिलामा खटिँदा चोटपटक लाग्न गई त्यस्तो चोटपटकको नेपालभित्र औषधी उपचार हुन नसक्ने भनि नेपाल सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरको प्रहरी कर्मचारीले विदेशमा गई उपचार गराउन चाहेमा निजलाई नेपाल सरकारले उचित ठह¥याएको थप आर्थिक सहायता दिन सक्नेछ ।

(४) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै प्रहरी कर्मचारीले पेश्कीको रुपमा लिन चाहेमा र सोको कारण मनासिब देखिए यस नियमको अधीनमा रही पछि हिसाब बुझाउने गरी पेश्की रकम दिन सकिनेछ । त्यसरी पेश्की दिएको रकमको हिसाब गर्दा उपचारबापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भएजति रकम सम्बन्धित प्रहरी कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ ।
त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तान नहुदै सम्बन्धित प्रहरी कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा सो कट्टी गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ ।

(५) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त गरिएकोमा बाहेक अन्य अवस्थामा सेवाबाट अलग हुने प्रहरी कर्मचारीले यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्च मध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी भएको भए त्यस्तो बाँकी रकम एकमुष्ठ लिन पाउनेछ ।

(६) निवृत्तिभरण पाउने गरी सेवाबाट अवकास पाएको प्रहरी कर्मचारीले उपनियम (५) बमोजिमको रकम र पच्चीस वर्ष सेवा अवधि पुरा गरेको रहेछ भने उपनियम (१) बमोजिम पाउने उपचार खर्चमा थप दश प्रतिशत रकम निजले नोकरीबाट अलग हुँदा एकमुष्ट लिन पाउनेछ ।

(७) कुनै प्रहरी कर्मचारी दश वर्षको सेवा अवधि नपुग्दै भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी बर्खास्त गरिएकोमा बाहेक अरु जुनसुकै व्यहोराबाट सेवाबाट अलग भएमा पनि दश वर्षको सेवा अवधि मानी त्यसको दामासाहीले यस नियम बमोजिमको उपचार खर्च दिइनेछ ।

(८) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक प्रहरी कर्मचारीलाई एक वर्षमा निजले खाइपाई आएको डेढ महिनाको तलब बराबरको रकम भन्दा बढी उपचार खर्च दिइने छैन ।

(९) यस नियम बमोजिम प्रहरी कर्मचारीले पाएको उपचार खर्चको विवरण खर्च लेख्ने कार्यालयले प्रहरी कर्मचारीको व्यक्तिगत अभिलेख राखी प्रहरी किताबखानामा समेत पठाउनु पर्नेछ ।

(१०) दुर्गम क्षेत्रमा रहेका प्रहरी कर्मचारी वा निजको परिवारलाई रोग लागी स्थानीय स्वास्थ्य केन्द्रबाट उपचार हुन नसकी ज्यान समेत जोखिम हुने अवस्था परेको कुरा जिल्ला स्वास्थ्य केन्द्रले सिफारिस गरेमा उपचारको सुविधा भएको ठाउँमा लैजाँदा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च नेपाल सरकारले दिनेछ ।

(११) प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु वा नावालक छोरा छोरी बिरामीले यस नियमावली बमोजिम पाउने अधिकतम उपचार खर्चको रकमबाट कट्टा हुने गरी सो रकमको आधारसम्म बिल बमोजिमको भएको उपचार खर्चको नब्बे प्रतिशत रकम सम्बन्धित कर्मचारीले लिन पाउनेछ । त्यस्तो उपचार खर्चको माग गर्दा रोगको निदान उल्लेख गरिएकोे चिकित्सकको प्रेसक्रिप्शन
पनि पेश गर्नुपर्नेछ । यस उपनियम बमोजिम पाउने उपचार खर्च एक पटकमा सम्बन्धित प्रहरी कर्मचारीको एक महिनाको तलबभन्दा बढी हुने छैन ।

(१२) कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु, वा नाबालक छोरा, छोरी बिरामी भई विदेशमा गई उपचार गराउनु पर्दा वा स्वदेशमै अस्पताल भर्ना भई शल्यक्रिया वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्शन वा उपचार गराउनु पर्दा अस्पतालमा लागेको बिल बमोजिमको खर्च र अस्पतालको चिकित्सकको प्रेसक्रिप्शन बमोजिम लागेको औषधी उपचारको खर्चको नब्बे प्रतिशत रकम उपनियम (२) बमोजिम प्रहरी कर्मचारीले पाउने रकममध्येबाट पाउनेछ ।

(१३) उपनियम (११) र (१२) मा जुनसुकै केरा लेखिएको भए तापनि प्रहरी कर्मचारीको सगोलको पति वा पत्नी, आमा, बाबु वा कुनै सरकारी सेवामा वा सरकारी स्वामित्व वा नियन्त्रणमा भएको संस्थाको सेवामा बहालवाला कर्मचारी भएमा त्यस्तो उपचार खर्च पाउने छैन ।

(१४) झुट्टा व्यहोरा पेस गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने प्रहरी कर्मचारी लगायत त्यस्तो झुट्टा व्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक (कर्मचारी भए) लाई विभागीय कारबाही हुनेछ ।

१४२. तलबको उल्लेख : (१) यस परिच्छेद र परिच्छेद–१२ मा जहाँ–जहाँ तलबको उल्लेख भएको छ त्यसले सम्बन्धित प्रहरी कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ ।

(२) नियम १३० र १३१ को प्रयोजनको लागि “आखिरी तलब” भन्नाले प्रहरी कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थाको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै प्रहरी कर्मचारी निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पुरै तलबको हिसाव गरिनेछ ।

१४३. सेवा सर्त तथा सुविधा परिर्वतन : कुनै पनि प्रहरी कर्मचारीलाई निजको नियुक्ति हुँदाका बखत कायम रहेको तलब, उपदान, निवृत्तिभरण र त्यस्तै अन्य सुविधा सम्बन्धी सेवाका सर्तहरुमा निजलाई प्रतिकूल असर पर्ने गरी परिर्वतन गरिने छैन ।

१४४. बिमा सम्बन्धी व्यवस्था : प्रहरी कर्मचारीको बिमा सुविधा सम्बन्धी व्यवस्था नेपाल सरकारले तोके बमोजिम हुनेछ  ।

परिच्छेद–१२ तलब भत्ता

१४५. तलब पाउने मिति : प्रहरी कर्मचारीले नियुक्ति पाएको वा बढुवा भएको मितिदेखि तलब, भत्ता र राशन पाउने छ ।

१४६. टाइम स्केल :

(१) टाइम स्केल अनुसार तलब पाउने पदमा नयाँ नियुक्ति पाउने व्यक्तिले सामान्यतयाः स्केलमा लेखिएको न्यूनतम तलब पाउने छ । तर अख्तियारवालाले कारणसमेत जनाई लिखित अनुरोध गरेमा असाधारण योग्यता वा क्षमता प्रदर्शन गरेका व्यक्तिहरूको हकमा मात्र नेपाल सरकारले निजको प्रारम्भिक तलबलाई टाइम स्केलभित्रको कुनै माथिल्लो स्थानमा तोक्न सक्नेछ ।

(२) उच्चस्तर टाइम स्केलको कुनै पदमा स्थायी रूपमा बढुवा पाउने प्रहरी कर्मचारीले पनि उक्त उच्चतम टाइम स्केलमा लेखिएको न्यूनतम तलब पाउनेछ । तर निजले हाल पाइरहेको तलब उक्त उच्चतम टाइम स्केलको न्यूनतम तलब बराबरमात्र वा सोभन्दा बढी भएमा निजको शुरु स्केल उक्त टाइम स्केलको त्यस स्थानमा तोकिने छ । उदाहरणका लागि ः कुनै प्रहरी कर्मचारीले हाल खाइराखेको तलबको अङ्कमा परेको स्केलभन्दा एक स्केल बढ्ता छ । जस्तै : ५७०–१५–७२० को टाइमस्केलमा ७०५ तलब पाइरहेको प्रहरी कर्मचारीको बढुवा ६८५–२०–९०५ को टाइम स्केलमा भएमा निजको तलब यस टाइम स्केलमा भएमा निजको तलब यस टाइम स्केलमा ७२५ हुनेछ ।

१४७. तलब वृद्धि : देहायको अवस्थामा बाहेक प्रत्येक प्रहरी कर्मचारीले एक वर्ष सेवा पूरा गरेपछि एउटा तलब वृद्धि पाउनेछ :

(क) परीक्षणकाल,
(ख) कायम मुकायम र
(ग) तलब वृद्धि रोक्का ।

तर परीक्षणकालमा रहेको प्रहरी कर्मचारीको नियुक्ति सदर भएपछि प्रहरी कर्मचारीहरूको परीक्षणकालमा रहेको अवधिसमेत तलब वृद्धिको निमित्त जोडिने छ ।

१४८. कायम मुकायम भई काम गरेको तलब भत्ता : कुनै प्रहरी कर्मचारीले कुनै माथिल्लो पदमा कायम मुकायम भई काम गरेमा काम गरेकै मितिदेखि निजले माथिल्लो पदको तलब भत्ता पाउने छ ।

१४९. अवकास पाउने कर्मचारीले पाउने तलब र रासन : प्रहरी कर्मचारीले राजिनामा दिई वा अनिवार्य अवकास पाई सेवा निवृत्त भएमा सोको सूचना पाएको मितिसम्म निजले खाइपाई आएको तलब, भत्ता, रासन र अन्य सुविधासमेत पाउनेछ । तर कार्यालयमा गैरहाजिर रही विभागीय कारबाही शुरु गरिएको वा कारबाहीको क्रममा कार्यालयमा अनुपस्थित रहेको प्रहरी कर्मचारीले भने अनुपस्थित रहेको मितिदेखिको तलब, भत्ता र रासन पाउने छैन ।

परिच्छेद –१३ तालीम

१५०. तालीमको व्यवस्था :(१) प्रहरी कर्मचारीलाई कार्यकुशल एवं दक्ष तुल्याउन अनुसूची–१० मा उल्लेख भएका तालीमहरूको अतिरिक्त प्रहरी प्रधान कार्यालयले तोके बमोजिमका अन्य तालीमहरू समेत दिन सकिनेछ ।

(२) विदेशमा सञ्चालन हुने तालीममा प्रहरी कर्मचारीको छनौट गर्दा प्रहरी प्रधान कार्यालयले तोकेको मापदण्ड बमोजिम छनौट गरी मन्त्रालयको सहमति लिई पठाउनु पर्नेछ । तर नेपाल सरकारलाई आर्थिक व्ययभार हुने वैदेशिक तालीमको हकमा अर्थ मन्त्रालयको स्वीकृति लिनु पर्नेछ ।

१५१. तालीम सञ्चालन हुने स्थान :

(१) प्रहरी कर्मचारीको लागि प्रदान गरिने तालीम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विद्यालय, प्रहरी युक्ति तालीम महाविद्यालय, महानगरीय प्रहरी शिक्षालय, क्षेत्रीय प्रहरी तालीम केन्द्र र आवश्यकता अनुसार प्रहरी प्रधान कार्यालयले
तोके बमोजिमको प्रहरी कार्यालयमा सञ्चालन हुनेछ ।

(२) सामान्यतया राजपत्राङ्कितस्तरको तालीम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा र राजपत्र अनङ्कितस्तरको तालीम क्षेत्रीय तालीम केन्दहरूमा सञ्चालन हुनेछ ।
(३) उपनियम (२) मा उल्लेख भएको अवस्था बाहेक अन्य स्थानमा तालीम सञ्चालन गर्नु परेमा वा कुनै तालीम खास स्थानमा सञ्चालन हुने भनी प्रहरी प्रधान कार्यालयले तोकिदिएमा सोही बमोजम हुनेछ ।

१५२. तालीमको अवधि : सेवाका प्रहरी कर्मचारीहरुलाई दिइने तालीमको अवधि प्रहरी प्रधान कार्यालयले तोके बमोजिम हुनेछ ।

१५३. तालीम लिनु अनिवार्य हुने : (१) प्रहरी सेवामा रहेका सबै प्रहरी कर्मचारीहरूले आवश्यकता अनुसार तालीम लिन अनिवार्य हुनेछ । यस्तो तालीममा सम्मिलित गराइएको प्रहरी कर्मचारीहरूले लापरवाही गरी आफ्नो व्यावसायिक ज्ञानप्रति उदासिनता तथा गैरजिम्मेवारी देखिएमा सो व्यहोरा अभिलेखमा जनाइनेछ ।

(२) व्यावसायिक तालीम हासिल गर्न उदासिनता तथा गैरजिम्मेवारी देखिएको व्यहोरा अभिलेखमा जनाई सकेपछि निजहरूलाई पुनः एकपटक तालीमको मौका दिइनेछ । यसरी मौका दिँदा समेत उदासिनता र गैर जिम्मेवारी देखाउने प्रशिक्षार्थीलाई प्रहरी नियमावली बमोजिम विभागीय कारबाही गर्न सकिनेछ ।

१५४. तालीमको पाठ्यक्रम : प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग तालीम निर्देशनालयले आवश्यकता अनुसार प्रहरी कर्मचारीहरूकोे लागि दिइने विभिन्न तालीमहरूको पाठ्यक्रम तयार तथा परिमार्जन गर्नेछ । तर त्यस्तो पाठ्यक्रम तयार तथा परिमार्जन गर्न मानवस्रोत विकास विभागले आवश्यकता अनुसार एक छुट्टै समिति गठन गर्न सक्नेछ र त्यस्तो समितिका सदस्यहरूको पारिश्रमिक तोकिए बमोजिम हुनेछ ।

१५५. प्रशिक्षक प्रशिक्षण तालीम : (१) प्रहरी कर्मचारीहरूको तालीम, प्रशिक्षण क्षमता, शैक्षिक योग्यता, शारीरिक तन्दुरुस्ती, अनुशासन, आचरण एवं नैतिकता र सम्बन्धित प्रहरी कर्मचारीको इच्छा तथा तत्परता समेतलाई ध्यानमा राखी प्रशिक्षक हुन योग्य प्रहरी कर्मचारीहरूको अभिलेख खडा गरी त्यस्ता प्रहरी कर्मचारीहरूलाई प्रशिक्षक प्रशिक्षण तालीम प्रदान गरिनेछ । तर यो नियमको व्यवस्था लागू हुनुअघि प्रशिक्षक प्रशिक्षण तालीम प्राप्त गरी प्रशिक्षक रुपमा प्रशिक्षण दिई रहेका प्रहरी कर्मचारीलाई पुनः प्रशिक्षक प्रशिक्षण तालीम दिन आवश्यक हुने छैन ।

(२) प्रशिक्षक प्रशिक्षण तालीममा सफल प्रहरी कर्मचारीलाई प्रशिक्षक प्रमाणपत्र प्रदान गरी प्रहरी प्रशिक्षकको मान्यता प्रदान गरिनेछ र त्यस्तो मान्यताप्राप्त प्रहरी कर्मचारीहरूको एउटा छुट्टै प्रशिक्षक सूची (ट्रेनर्स पूल) खडा गरी राखिनेछ ।

(३) प्रशिक्षक सूचीमा नामावली समावेश गरिएका प्रहरी कर्मचारीहरूलाई प्राथमिकता दिई प्रशिक्षण संस्था तथा तालीम केन्द्रमा प्रशिक्षकको रूपमा खटाइने छ ।
(४) खुल्ला प्रतियोगिताद्वारा नियुक्ति पाई आफ्नो दर्जा अनुसारको प्रहरी आधारभूत तालीम समाप्त गरेलगत्तै प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी प्रशिक्षण केन्द्रमा सरुवा वा पदस्थापन भएको वा प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा प्रहरी प्रशिक्षण केन्दमा प्रशिक्षकको रूपमा कार्यरत कुनै प्रहरी कर्मचारीले प्रहरी प्रशिक्षक प्रशिक्षण तालीम नलिएको भए निजलाई छ महिनाभित्र अनिवार्यरूपमा त्यस्तो तालीम दिइनेछ ।
(५) प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रहरी तालीम केन्द्रमा प्रहरी कर्मचारीको सरुवा वा पदस्थापन वा काज खटाउँदा वा त्यस्तो एकाइहरूबाट अन्यत्र खटाउँदा तालीम निर्देशनालयको सिफारिसमा गरिनेछ । तालीम निर्देशनालयले त्यस्तो सिफारिस गर्दा सम्भव भएसम्म प्रशिक्षक समूह (ट्रेनर्स पूल) मा अभिलेख भएका प्रहरी कर्मचारीलाई मात्र सिफारिस गर्नु पर्नेछ ।

(६) प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रहरी प्रशिक्षण केन्द्रमा प्रशिक्षकको रूपमा कार्यरत प्रहरी कर्मचारीलाई अन्यत्र सरुवा वा पदस्थापन गर्दा वा काजमा खटाउँदा तालीम निर्देशनालयसँग समन्वय गरी तालीम कार्यक्रम तथा क्यालेण्डरमा असर नपुग्ने गरी गर्नु पर्नेछ ।

(७) स्वदेश तथा विदेश तालीममा पठाउँदा प्रहरी प्रशिक्षण प्रतिष्ठान वा प्रहरी तालीम केन्द्रमा वा प्रशिक्षकको रूपमा कार्यरत प्रहरी कर्मचारीलाई प्राथमिकता दिइनेछ ।

१५६. चरित्रको अभिलेख : (१) तालीम अवधिभित्र प्रशिक्षार्थीहरूको आचरण र चरित्रसम्बन्धी अभिलेख तयार गरिनेछ ।
(२) उपनियम (१) बमोजिम तयार गरिएको अभिलेख राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्रका समादेशक तथा अन्य प्रशिक्षण केन्द्रहरुले तालीम समाप्त भएपछि प्रशिक्षार्थीहरू पदस्थापन भएको कार्यालयमा पठाउनेछ । अभिलेख व्यवस्थापनको लागि सोको एक प्रति प्रहरी प्रधान कार्यालय, कर्मचारी प्रशासन शाखामा समेत पठाउनु पर्नेछ ।

१५७. प्रशिक्षार्थीहरूले पाउने सुविधा : (१) प्रशिक्षार्थीहरूलाई तालीम लिन आउँदा जाँदाको दैनिक भ्रमण भत्ता प्रचलित नियम अनुसार ठेकिएको कार्यालयबाट दिइनेछ ।

(२) रासन पाउने प्रहरी कर्मचारीहरूलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्रबाट नै प्रचलित स्केल बमोजिमको रासन र भत्ता प्रशिक्षार्थीले पाउने छन् ।

(३) प्रशिक्षार्थीहरु तीन महिनासम्मको तालीममा जाँदा सो अवधिभरको तलब भत्ता सम्बन्धित कार्यालयबाट एकमुष्ट पेश्की दिने र तीन महिनाभन्दा बढी अवधिको तालीममा जाँदा तीन महिनाको एकमुष्ट पेश्की दिई बाँकी अवधिका लागि पटकपटक गरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र क्षेत्रीय प्रहरी तालीम केन्द्र मार्फत पाउने गरी पठाइनेछ ।

(४) कडा शारीरिक अभ्यास गर्नुपर्ने प्रकृतिका तालीमका प्रशिक्षार्थीहरूलाई नेपाल सरकारले तोकेबमोजिम थप राशन प्रदान गर्न सकिनेछ ।

१५८. परीक्षा सञ्चालन : (१) यस नियमावली बमोजिम दिइएको तालीम समाप्त भएपछि परीक्षा लिनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान भए प्रतिष्ठान प्रमुखले र क्षेत्रीय प्रहरी तालीम केन्द्रमा भए क्षेत्रीय प्रहरी कार्यालय प्रमुखले परीक्षा सञ्चालन समिति गठन गर्नेछन् ।
(२) उपनियम (१) बमोजिम गठित समितिलाई परीक्षा सञ्चालन सम्बन्धी सम्पूर्ण अधिकार हुनेछ ।
(३) उपनियम (१) बमोजिमको समितिले तालीम केन्द्रका अधिकृतहरूलाई जुनसुकै इलाकामा गई परीक्षा लिनका लागि खटाउन सक्नेछ ।

१५९. तालीममा सफल हुँदाको परिणाम : देहायका तालीममा सफल हुने प्रहरी कर्मचारीहरूको हकमा देहाय बमोजिम हुनेछ ः–
(क) प्रहरी अधिकृत तालीम (आधारभूत) मा सफल भएका र परीक्षणकालमा रहेका अधिकृतहरू स्थायी नियुक्तिका लागि सामान्यतया योग्य हुनेछन् ।
(ख) प्रहरी जवान आधारभूत तालीममा सफल प्रहरी जवान प्रशिक्षार्थीहरू प्रहरी जवान पदमा स्थायी नियुक्तिका लागि योग्य हुनेछन् ।

१६०. तालीममा असफल हुँदाको परिणाम : देहाय बमोजिमको तालीममा असफल हुने प्रहरी कर्मचारीहरूको हकमा देहाय बमोजिम हुनेछ :
(क) प्रहरी जवान, प्रहरी सहायक निरीक्षक, प्रहरी निरीक्षक र प्राविधिक प्रहरी आधारभूत तालीम (जवान तथा अधिकृत तह) मा तालीमरत कुनै प्रशिक्षार्थी आफ्नो काबु भन्दा बाहिरको परिस्थिति परी वा अन्य कारणले असफल भएमा सम्बन्धित परीक्षा समितिको सिफारिसमा त्यस्तो प्रशिक्षार्थीलाई पुनः अर्को सोही प्रकृतिको तालीममा समावेश गराउन सकिनेछ । तर संवत् २०६२ सालदेखि पोष्ट ग्रेजुयट डिप्लोमा इन पुलिस साइन्स (पीजीडिपीयस) समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालीमको हकमा नन क्रेडिट कोर्षका लागि यसै नियमानुसार र विश्वबिद्यालय सम्बद्ध क्रेडिट कोर्षका लागि विश्वबिद्यालयको नियमानुसार पुनः मौका प्रदान गरिनेछ ।

(ख) उपनियम (१) बमोजिम पुनः तालीममा समावेश भएका प्रहरी कर्मचारीको अभिलेखलाई निजको व्यक्तिगत विवरण अभिलेख (डोसीयर) मा जनाउनुु पर्नेछ ।

१६१. समिति गठन हुने : नियम १५९ र १६० मा उल्लेख भएको व्यवस्थालाई कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकले तोके बमोजिमका अधिकृतहरू रहने गरी एक समिति गठन गरिनेछ र सो समितिले गरेको सिफारिस बमोजिम नियुक्ति गर्ने अधिकारीले निर्णय गर्नेछ ।

१६२. प्रशिक्षण भत्ता : राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र तालीम केन्द्रहरूमा सञ्चालन भएको तालीममा प्रशिक्षकको रूपमा खटिने प्रहरी कर्मचारी, स्वदेशी वा विदेशी अतिथि प्रशिक्षकलाई प्रत्येक प्रवचनका लागि नियमानुसार प्रवचन भत्ता दिइनेछ । उपर्युक्त तालीममा बाह्य प्रशिक्षकको रूपमा खटिने प्रशिक्षकलाई पनि सोही अनुसारको भत्ता दिइनेछ ।

१६३. तालीम भत्ता : अनिवार्य आधारभूत र विशिष्टीकृत सेवाकालीन तालीमका प्रशिक्षार्थीहरूलाई तालीमको अवधिमा मासिक पाँच सय रूपैयाँमा नबढाई तालीम भत्ता दिइनेछ । यस्तो तालीम एक महिनाभन्दा कम अवधिको भएमा दामासाहीले उपलब्ध गराइनेछ ।

१६४. वैदेशिक तालीममा पठाउने : प्रहरी कर्मचारीलाई वैदेशिक तालीमका लागि मनोनयन गर्दा सङ्गठनक  आवश्यकता, सेवा विशिष्टीकरण, जेष्ठता, अनुभव, शैक्षिक योग्यता, कार्यसम्पादन क्षमता र दक्षताका आधारमा प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागको प्रहरी अतिरिक्त महानिरीक्षकको अध्यक्षतामा गठित समितिले सम्भाव्य उमेदवारको नाम प्रहरी महानिरीक्षकसमक्ष सिफारिस गरी प्रहरी महानिरीक्षकले नेपाल सरकारसमक्ष पेश गर्नुपर्नेछ । यसरी विदेश तालीममा छनौट गर्दा योग्य प्रहरी कर्मचारीहरूमध्येबाट कसैलाई भेदभाव नगरी सहभागी हुने समान अवसर पाउने गरी छनौट गरिनेछ ।

१६५. स्वदेश तालीम : एकै पटक निुयक्ति भएका वा बढुवा भएका प्रहरी कर्मचारीलाई स्वदेश तालीममा पठाउँदा साधारणतया समान अवसर प्राप्त हुने गरी तालीमको व्यवस्था मिलाउनु पर्नेछ ।

१६६. प्रशिक्षकलाई दिइने विशेष सुविधा : प्रशिक्षण संस्थामा कार्यरत प्रहरी कर्मचारीको मनोबललाई उच्च बनाई राख्न स्वदेश तथा विदेशमा तालीम, संयुक्त राष्ट्रसंघीय मिसन पठाउने अवधि वा पटकको सीमामा छुट, प्रशिक्षण तथा प्रवचन भत्ता, अध्ययन बिदा वा अन्य थप सुविधाहरू उपलब्ध गराइनेछ । तर यस्तो तालीम केन्द्रमा कार्यरत रहँदा कारबाहीमा परेका प्रहरी कर्मचारीलाई यस्तो सुविधाबाट निश्चित समयसम्म बञ्चित गरिनेछ ।

परिच्छेद–१४ पोसाक

१६७. प्रहरी पोसाक :

(१) प्रहरीको पोसाकको रङ, किसिम र अन्य विवरणहरू प्रहरी महानिरीक्षकले मन्त्रालयको स्वीकृति लिई निर्धारण गरे बमोजिमको हुनेछ ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कामको प्रकृतिको आधारमा सादा पोसाक वा अन्य काममा खटिने प्रहरी कर्मचारीका लागि आवश्यक पर्ने पोसाक यसै परिच्छेद बमोजिम दोहोरो नपर्ने गरी उपलब्ध गराइनेछ ।

१६८. प्रारम्भिक पोसाक र सामान :

(१) प्रत्येक प्रहरी कर्मचारीलाई अनुसूची–१६ मा उल्लेख भए बमोजिमका प्रारम्भिक पोसाक र सामान दिइनेछ ।
(२) सबै तालीम केन्द्रहरूका नयाँ भर्ना हुने अधिकृत तथा जवानहरूलाई तालीम केन्द्रबाट स्केल बमोजिम प्रारम्भिक पोसाक वितरण गरिनेछ ।

१६९. जाडो मौसमका लागि दिइने पोसाक :

प्रत्येक प्रहरी कर्मचारीलाई जाडो मौसमका लागि अनुसूची–१७ मा उल्लेख भए बमोजिमका पोसाक दिइनेछ ।

१७०. ट्राफिक प्रहरीलाई दिइने पोसाक : ट्राफिक प्रहरीलाई अनुसूची–१८ मा उल्लेख भए बमोजिमका पोसाक दिइनेछ ।
१७१. प्राविधिक प्रहरीलाई दिइने पोसाक : प्राविधिक प्रहरीलाई अनुसूची–१९ मा उल्लेख भए बमोजिमका पोसाक दिइनेछ ।
१७२. श्रेणीविहीन प्रहरी कर्मचारीलाई दिइने सामान तथा पोसाक : श्रेणीविहीन प्रहरी कर्मचारीलाई अनुसूची– २० मा उल्लेख भए बमोजिमका सामान तथा पोसाक दिइनेछ ।

१७३. सशस्त्र प्रहरी, सुरक्षा प्रहरी, प्रहरी चेकपोष्टको प्रहरी कर्मचारीलाई दिइने सामान तथा पोसाक : सशस्त्र प्रहरी, सुरक्षा प्रहरी र प्रहरी चेकपोष्टका प्रहरी कर्मचारीहरूलाई अनुसूची–२१ बमोजिमका सामान तथा पोसाक दिइनेछ ।

१७४. टयुनिक तथा सेरेमोनियल पोसाक : प्रत्येक राजपत्राङ्कित प्रहरी कर्मचारीलाई सेरेमोनियल पोसाकको लागि एकमुष्ठ एक हजार रुपैयाँ दिइनेछ । यसरी दिईने सुविधा आवश्यकता अनुसार नेपाल सरकारको निर्णय बमोजिम फेरबदल गर्न सकिनेछ ।

१७५. पर्यटक प्रहरीलाई दिइने पोसाक : पर्यटक प्रहरीलाई थप आवश्यक पर्ने पोसाकका सम्वन्धमा नेपाल सरकारवाट निर्णय भए बमोजिम दिइनेछ ।
१७६. तयारी पोसाक वितरण गर्न नसकिएमा दिने सुविधा : प्रहरी कर्मचारीलाई अनुसूचीहरूमा उल्लेख भए बमोजिमका तयारी पोसाक वितरण गर्न नसकिएको अवस्थामा स्थानीय दर रेट बमोजिम सिलाई ज्याला दिइनेछ ।

१७७. प्रहरीको पोसाक सट्टा भर्ना : प्रहरी कर्मचारीहरूको मालसामान र पोसाक निश्चित अवधि पुगी वा सरकारी काम विशेषले फाटी, टुटी गएमा नियम १७८ बमोजिमको कण्डेम्नेशन समितिको सिफारिसमा प्रहरी प्रधान कार्यालयबाट सट्टा गरी नयाँ दिइनेछ ।

१७८. कण्डेम्नेशन समिति :

(१) प्रहरी सेवाका कर्मचारीहरूको प्रयोजनका लागि वितरण गरिने मालसामान तथा पोसाकहरू फाटी, टुटी गएमा बदली दिनुपर्ने हुँदा त्यस्ता मालसामानहरू समय पुगी मनासिब कारणले फाटे टुटेको साँचो हो वा होइन ठहर गर्न प्रहरी प्रधान कार्यालयले एक कण्डेम्नेशन समितिको
गठन गर्नेछ । सो समितिले जाँची ठहर गरी पेश गरेको प्रतिवेदनको आधारमा प्रहरी प्रधान कार्यालयले र क्षेत्रीय भण्डारले सट्टा भर्ना गरी दिनेछ ।

(२) कण्डेम्नेशन समितिमा कम्तीमा तीन जना सदस्य रहनेछन् । कण्डेम्नेशन समितिको अध्यक्ष पदमा प्रहरी सेवाको एक जना राजपत्राङ्कित अधिकृत हुनेछ ।
(३) प्रहरी प्रधान कार्यालयले केन्द्रीय कण्डेम्नेशन समितिले गरी आएको काम गर्न क्षेत्रीय वा अन्य कुनै प्रहरी कार्यालयलाई सुम्पन सक्नेछ ।
(४) उपनियम (३) बमोजिमको कामको सम्बन्धमा क्षेत्रीय वा अन्य कुनै प्रहरी कार्यालयले गरेको प्रतिवेदनको आधारमा प्रहरी प्रधान कार्यालयले अन्तिम निर्णय दिनेछ ।
(५) नियम १७९ बमोजिम कण्डेम्नेशन समितिले गर्नुपर्ने कामबाहेक त्यसको अन्य काम कर्तव्यबारे प्रहरी प्रधान कार्यालयले मन्त्रालयको स्वीकृति लिई व्यवस्था गर्न सक्नेछ ।

१७९. कण्डेम्नेशन समितिको काम : कण्डेम्नेशन समितिले देहायका सामानहरु सरकारी कामको सिलसिलामा फाटी, टुटी गएमा वा निश्चित अवधि नाघी गएको प्रतिवेदन प्राप्त भएमा सो सम्बन्धी विषयमा जाँचवुझ गरी नयाँ निकासा वा सट्टाभर्नाको लागी सिफारिस गर्नु पर्नेछ ।

(क) हिमाली प्रदेशमा रहेका प्रहरीका लागि वितरण भएको गरम लत्ताकपडा पोसाक र अन्य मालसामानहरू,
(ख) ग्रेटकोट,
(ग) वर्षादी,
(घ) झुल,
(ङ) व्यक्तिगत असवाव,
(च) जाडो मौसममा वितरण गरिने पोसाकहरू,
(छ) युनिट इक्वीपमेण्ट ।

१८०. नियन्त्रित सामानको सम्बन्धमा : प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल प्रहरीमा रहेका नियन्त्रित सामानमध्ये प्रहरी कारबाहीका समयमा लुटिएमा वा काम नलाग्ने वा चलनमा नआउने भएमा देहाय बमोजिमको समितिको सिफारिसमा पाँचलाख रूपैयाँसम्मको भए प्रहरी महानिरीक्षक, पाँच लाख रूपैयाँभन्दा माथि सात लाख रूपैयाँसम्मको भए मन्त्रालयका सचिव, सात लाख रूपैयाँभन्दा माथि दश लाख रूपैयाँसम्म भए गृहमन्त्री र सोभन्दा माथिको भए नेपाल सरकार, मन्त्रिपरिषद्ले मिन्हा दिने, सडाउने, गलाउने, धुल्याउने वा लिलाम गर्ने आदेश दिन सक्नेछ :–

(क) प्रहरी नायव महानिरीक्षक, प्रहरी प्रधान कार्यालय, कार्य विभाग – अध्यक्ष
(ख) प्रहरी प्रधान कार्यालय, आर्थिक प्रशासन महाशाखा प्रमुख – सदस्य
(ग) मन्त्रालयको राजपत्राङ्कित द्वितीय श्रेणीको कर्मचारी – सदस्य
(घ) महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित द्वितीय श्रेणीको कर्मचारी – सदस्य
(ङ) प्रहरी प्रधान कार्यालयले तोकेको सम्बन्धित विषयको विशेषज्ञ – सदस्य
(च) प्रहरी प्रधान कार्यालय, प्रबन्ध शाखा प्रमुख – सदस्य
(छ) प्रहरी प्रधान कार्यालय, भण्डार शाखा प्रमुख –सदस्य सचिव

स्पष्टीकरण : यस उपनियमको प्रयोजनका लागि “नियन्त्रित सामान” भन्नाले नेपाल प्रहरीको हातहतियार, खरखजाना र प्रहरी प्रधान कार्यालयले समयसमयमा नियन्त्रित सामान भनी तोकिदिएको सामानलाई सम्झनु पर्छ ।

परिच्छेद–१५ विविध

१८१. जनपद प्रहरी समूहमा समूहिकृत हुने : (१) प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत गठन  भएको प्रहरी पहरा गण यो नियमावली प्रारम्भ भएपछि जनपद प्रहरी समूहमा समूहिकृत हुनेछ ।
(२) उपनियम (१) बमोजिम समूहिकृत भएको प्रहरी कर्मचारीहरुलाई सेवा विशिष्टीकृत कार्यक्षेत्र अन्तर्गतको सुरक्षा व्यवस्थापन तथा नियन्त्रणको काममा लगाइनेछ ।

(३) प्रहरी केटा (भर्ना तथा सेवा शर्त) नियमावली, २०४२ बमोजिम नियुक्ति भएको प्रहरी केटाको दरवन्दी यो नियमावली प्रारम्भ भए पछि प्रहरी कार्यालय सहयोगी वा सो सरहको पदमा स्वतः कायम हुनेछ ।

१८२. पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको सम्बन्धमा : यो नियमावली प्रारम्भ हुँदाका बखत प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत पदस्थापन भई कार्यरत रहेको प्रहरी कर्मचारीमध्ये एकपटक सरकारी सेवाबाट अलग भई पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको हकमा देहायको व्यवस्था लागू हुनेछ :

(क) प्रहरी पहरा गण गठन नियमावली, २०६४ अन्तर्गत पदस्थापन भएका प्रहरी कर्मचारीमध्ये एक पटक सरकारी सेवाबाट अलग भई पुनः नियुक्ति भएका प्रहरी कर्मचारीको हकमा पुनः नियुक्ति भई आएका मितिबाट जेष्ठता कायम गरिनेछ ।

(ख) एक पटक प्रहरी सेवाबाट अलग भई पुनः नेपाल प्रहरीे सेवामा नियुक्ति भई आएका प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको पाठ्यक्रम अनुरूपको पुनस्र्थापना तालीम अनिवार्य रूपमा लिनु पर्नेछ । अन्य सेवाबाट अलग भइ नेपाल प्रहरीे सेवामा नियुक्ति भई आएका प्रहरी कर्मचारीले प्रहरी प्रधान कार्यालयले तोके बमोजिमको पाठ्यक्रम अनुरूपको आधारभूत तालीम अनिवार्य रूपमा लिनु पर्नेछ ।
१८३. दज्र्यानी चिन्ह सम्बन्धी व्यवस्था : प्रहरी सेवामा रहने पदहरूको दज्र्यानी चिन्ह अनुुसूची—२२ मा उल्लेख भए बमोजिम हुनेछ ।

१८४. प्रहरी कर्मचारीको बचाउ :

(१) कुनै प्रहरी कर्मचारीले ऐन वा यस नियमावली वा अरु प्रचलित कानून बमोजिम गर्नु पर्ने आफ्नो ओहोदाको कर्तव्यपालन सम्झी गरेको कुनै सरकारी कामको सम्बन्धमा निज उपर उपनियम (२) बमोजिमको कार्यविधि नपु¥याई मुद्दा चल्न सक्ने छैन ।

(२) उपनियम (१) बमोजिम कुनै पनि प्रहरी उपर मुद्दा चलाउनका लागि फौजदारी मुद्दाको हकमा अख्तियारवालाको अनुमति प्राप्त हुनु पर्नेछ र देवानी मुद्दाको हकमा देहाय बमोजिम प्रक्रिया अवलम्बन गरेको हुनु पर्नेछ :

(क) मुद्दा चलाउने कारण तथा वादीको वारेस भएमा त्यस्तो वारेसको नाम र ठेगाना खोली लिखित सूचना अख्तियारवालालाई वा सम्बन्धित प्रहरीलाई बुझाएको वा हुलाकद्वारा रजिष्ट्री गरी पठाएको र त्यसको एक प्रति नक्कल नेपाल सरकारमा पेश
भएको दुई महिना नाघेको, र

(ख) मुद्दा चलाउने कारण भएको तीन महिनाभित्र मुद्दा दायर गरिसकेको ।
(३) कुनै प्रहरी बहाल छँदा आफ्नो ओहदाको कर्तव्यपालनको सिलसिलामा गरेको कामको सम्बन्धमा बहाल टुटिसके पछि पनि नेपाल सरकारको स्वीकृति नभई निजउपर मुद्दा चल्न सक्ने छैन ।
(४) उपनियम (३) बमोजिम मुद्दा चलाउन नेपाल सरकारबाट स्वीकृति प्राप्त भएमा निजको प्रतिरक्षा नेपाल सरकारले गर्नेछ ।

१८५. महान्यायाधिवक्ताबाट प्राप्त निर्देशनको कार्यान्वयन : प्रहरी हिरासतमा रहेको व्यक्तिलाई संविधान र प्रचलित कानूनको अधीनमा रही मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानून व्यवसायीसँग भेटघाट गर्न नदिएको सम्बन्धमा महान्यायाधिवक्ताबाट प्राप्त निर्देशन कार्यान्वयन गर्नु गराउनु सम्बन्धित प्रहरी कर्मचारीको कर्तव्य हुनेछ ।

१८६. वैयक्तिक नोकरी विवरण :

(१) प्रहरी नायव निरीक्षकदेखि प्रहरी महानिरीक्षकसम्मको वैयक्तिक नोकरी विवरणको अभिलेख मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा तथा प्रहरी सहायक निरीक्षकदेखि प्रहरी जवानसम्मको वैयक्तिक नोकरी विवरणको अभिलेख प्रहरी प्रधान कार्यालयमा राखिनेछ ।
(२) उपनियम (१) बमोजिमको वैयक्तिक नोकरीको विवरण प्रहरी प्रधान कार्यालयले तोके बमोजिमका फारामहरूमा अभिलेख गरिनेछ ।

१८७. लगत किताब खडा गर्ने : कुनै पनि प्रहरी कार्यालयमा नगदी एक, जिन्सीको एक र कागज पत्रको एक गरी कुल तीन लगत किताब खडा गरी राखिनेछ र हाल साविक हुँदा सोही किताबको आधारमा बरबुझारथ गरिनेछ ।

१८८. साविक र हालवालाको बरबुझारथ : प्रहरी चौकी, इलाका प्रहरी कार्यालयदेखि लिएर प्रहरी प्रधान कार्यालयसम्मको प्रमुखको जिम्मामा रहेको नगदी, जिन्सी, हातहतियार, कागजात इत्यादि जे–जति छ त्यो सबै साविकवालाले हालवालालाई बुझाउनु पर्दा देहाय बमोजिम गर्नु पर्नेछ :–
(क) हालवालाले बहाली गर्ने दिनको सूचना साविकवालालाई सकेसम्म चाँडो दिनु पर्नेछ र साविकवालाले पनि त्यही दिनदेखि जिम्मा बुझाउन तयार रहनु पर्नेछ ।

(ख) बरबुझारथ गर्न चाहिने आवश्यक समय प्रहरी महानिरीक्षकको निमित्त नेपाल सरकारले तोके बमोजिम र अरु प्रहरी कर्मचारीको हकमा सामान्यतया १५ दिनको हुनेछ र सो समयभित्र बरबुझारथ गर्नु पर्नेछ ।

(ग) खण्ड (ख) मा तोकिएको समयभित्र कुनै विशेष कारण परी बरबुझारथ गर्न नभ्याएमा एक पटकको लागि एक्काईस दिनमा नबढ्ने गरी एक तह माथिको तालुक कार्यालयले समय थप गर्न सक्नेछ ।

१८९. प्रहरी किताबखानाको व्यवस्था :

(१) यस नियमावलीको परिच्छेद–११ अन्तर्गतका देहाय बमोजिमका सुविधाहरू सम्बन्धित कार्यालयको सिफारिसमा प्रहरी किताबखानाबाट उपलब्ध गराइनेछ ।

(क) सेवा निवृत्त प्रहरी कर्मचारीहरूको अधिकारपत्र जारी गर्ने ।
(ख) उपदानको अङ्क किटान गरी सम्बन्धित निकायमा पठाउने ।
(ग) पारिवारिक निवृत्तिभरण, अशक्त निवृत्तिभरण, सन्ततिवृत्ति, शैक्षिकवृत्ति आदिको अधिकारपत्र जारी गर्ने ।
(घ) पारिवारिक निवृत्तिभरणको नामसारी गर्ने ।
(२) उपनियम (१) मा उल्लिखित सेवा उपलब्ध गराउने कार्यका अतिरिक्त प्रहरी किताबखानाबाट देहाय बमोजिमको कार्य समेत हुनेछ ः–
(क) पद दर्ता गर्ने,
(ख) पद खालीको लगत सङ्कलन गरी पद पूर्ति प्रयोजनको लागि मन्त्रालय र प्रहरी प्रधान कार्यालयमा मासिक रुपमा वा तत्कालै लेखी पठाउने,
(ग) प्रहरी कर्मचारीहरूको भर्नादेखि अबकास सम्मका (नियुक्ति, सरुवा, वढुवा, पुरस्कार, विभागीय सजाय, शैक्षिक योग्यता, तालीम, औषधी उपचार समेत) सम्पूर्ण अभिलेख राख्ने,
(घ) सिटरोल दर्ता गर्ने र प्रमाणित गर्ने,
(ङ) नोकरी जोड्ने,
(च) स्केल मिलान गर्ने,
(छ) तलबी प्रतिवेदन पारित गर्ने,
(ज) अभिलेखमा विवरण फरक परेमा जाँचबुझ गरी यकीन गर्ने,
(झ) प्रहरी कर्मचारी वहाल छँंदै औषधी उपचार बापत लिएको रकमको अभिलेख राख्ने,
(ञ) सम्पत्ति विवरणको अभिलेख राख्ने ।
(३) नयाँ नियुक्तिको हकमा नियुक्ति गर्ने अधिकारीले र सो नियमावली बमोजिम सरुवा गर्ने अधिकारीले यस्तो नियुक्तिको वा सरुवाको सूचना प्रहरी किताबखानामा पठाई आफूभन्दा एक तह माथिल्लो अधिकृत र प्रहरी प्रधान कार्यालयमा त्यसको बोधार्थ दिनु पर्नेछ ।

(४) प्रहरी कर्मचारीको उपदान, निवृत्तिभरण विभागीय सजाय, पुरस्कार, प्रहरी कर्मचारी पदमा वहाल छँंदै औषधी उपचारवापतको रकम लिएको भए सो अभिलेख समेत प्रहरी किताबखानामा पठाउनु पर्नेछ ।

(५) नयाँ निवृत्तिभरण अधिकारपत्र, पट्टा संशोधन, प्रतिलिपि वा पाना सकिएमा थप पुस्तिका वितरणजस्ता कार्यहरु प्रहरी किताबखानाले सम्बन्धित जिल्लाको जिल्ला प्रशासन कार्यालयलाई आवश्यक अधिकार प्रत्यायोजन गरी सम्वन्धित कोष तथा लेखा नियन्त्रक कार्यालय मार्फत उपलव्ध गराउनेछ ।

१९०. पाँच वर्षसम्म नोकरी छाड्न नपाउने : कुनै पनि प्रहरी कर्मचारीले नियुक्ति भएको मितिले पाँच वर्षसम्म नोकरी छाड्न पाउने छैन ।
तर कुनै प्रहरी कर्मचारीलाई मानसिब माफिकको कारण परी नोकरी नछाडी नहुने अवस्था परेमा निजले कारण खोली अख्तियारवालासमक्ष निवेदन गर्नु पर्नेछ र अख्तियारवालाले मनासिब ठानेमा प्रहरी कर्मचारीलाई नोकरी छाड्न अनुमति दिन सक्नेछ ।

१९१. तह नाघ्न नहुने : कुनै पनि प्रहरी कर्मचारीले कुनै विषयको लेखापढी गर्दा साधारणतया तह नाघ्न हुँदैन ।

१९२. अशक्त उपचार : सशस्त्र मुठभेडमा वा कर्तव्य पालनको सिलसिलामा दुर्घटनामा परी शारीरिक वा मानसिक रूपमा अशक्त भएका प्रहरी कर्मचारीकोे उपचार नेपाल प्रहरी अस्पताल वा आवश्यकता अनुसार अन्य अस्पतालवाट समेत गरिनेछ ।

१९३. नीति निर्माण समितिको गठन :

(१) प्रहरी सङ्गठनमा बृहत्तर र दीर्घकालिन प्रभाव पार्ने लगायतका नीतिगत विषयमा नेपाल सरकारलाई सुझाव दिन, प्रहरी सङ्गठनको आन्तरिक व्यवस्थापन र यस नियमावली बमोजिम तोकिएका विषयहरुमा समेत आवश्यकता अनुसार निर्णय लिन प्रहरी प्रधान
कार्यालयमा देहाय बमोजिमको एक नीति निर्माण समिति रहनेछ :–
(क) प्रहरी महानिरीक्षक – अध्यक्ष
(ख) प्रहरी अतिरिक्त महानिरीक्षकहरू सबै – सदस्य
(ग) उपत्यकास्थित प्रहरी नायव महानिरीक्षक सबै – सदस्य
(घ) प्रहरी नायव महानिरीक्षक, प्रहरी महानिरीक्षकको सचिवालय – सदस्य–सचिव

(२) प्रहरी महानिरीक्षकले बैठकमा प्रस्तुत हुने विषयवस्तुको गम्भीरता र आवश्यकता अनुसार अन्य प्रहरी कर्मचारीहरू, सरोकारवाला र विषयविज्ञलाई बैठकमा आमन्त्रण गर्न सक्नेछ ।
(३) नीति निर्माण समितिको बैठकसम्बन्धी कार्यविधि नीति निर्माण समिति आफैंले निर्धारण गरे बमोजिम हुनेछ ।

१९४. प्रहरी कल्याण कोषको स्थापना र सञ्चालन :

(१) प्रहरी कर्मचारी, निजका परिवार तथा निवृत्त प्रहरी कर्मचारीको कल्याणका लागि एउटा छुट्टै कोष हुनेछ र सो कोषमा देहायका रकमहरू रहनेछन् :–
(क) प्रहरी सेवाका कर्मचारीहरूको भत्ता वा पारिश्रमिकबाट तोकिए बमोजिम कट्टा गरिएको रकम,
(ख) नेपाल सरकार वा मान्यता प्राप्त संगठित संस्था वा व्यक्तिबाट प्राप्त चल, अचल सम्पत्ति,
(ग) विदेशी सरकार वा संघसंस्थाबाट अनुदानस्वरुप प्राप्त रकम तथा अन्य सहयोग,
(घ) तोकिए बमोजिम कल्याणकोषको चलअचल सम्पत्तिको लगानी र प्रयोगबाट आर्जित रकम,
(ङ) कल्याण कोषबाट राष्ट्र संघीय मिशनहरूमा लगानी गरेवापत राष्ट्रसंघबाट सोधभर्ना वापत प्राप्त हुने रकम,
(च) अन्य प्रचलित कानूनी स्रोतबाट प्राप्त रकम ।

(२) उपनियम (१) को खण्ड (ग) बमोजिमको रकम प्राप्त गर्नु अघि प्रहरी प्रधान कार्यालयले नेपाल सरकारको स्वीकृत लिनु पर्नेछ ।
(३) कल्याण कोषमा रहने रकम नेपाल राज्यभित्र नेपाल राष्ट्र बैंकले “क” श्रेणीको ईजाजत प्रदान गरेको कुनै वाणिज्य बैंकमा खाता खोली जम्मा गरिनेछ र त्यस्तो खाताको सञ्चालन सञ्चालक समितिले तोके बमोजिम हुनेछ ।

(४) कल्याण कोषको रकम बहालवाला तथा निवृत्त प्रहरी कर्मचारी र तिनका परिवारको कल्याणकारी कार्यमा मात्र खर्च गरिनेछ ।
(५) यो नियमावली प्रारम्भ हुनुअघि स्थापना भएका कल्याण कोषको चल अचल सम्पत्ति तथा दायित्व यो नियम बमोजिम स्थापना भएको कल्याण कोषमा सर्नेछ ।
(६) कल्याण कोषको आय व्यय सहितको वार्षिक प्रतिवेदन मन्त्रालयमा पेश गर्नु पर्नेछ ।
(७) कल्याण कोषको लेखा प्रचलित कानून बमोजिम राखिने छ । सो कोषको आन्तरिक लेखापरीक्षण सञ्चालक समितिले तोके बमोजिम र अन्तिम लेखा परिक्षण महालेखा परीक्षकबाट हुनेछ ।
नेपाल सरकारले चाहेमा जुनसुकै बखत पनि कल्याण कोषको हिसाब किताब जाँच्न वा जँचाउन सक्नेछ ।
(८) कल्याण कोषको योजना, बजेट, प्रगति तथा वार्षिक आयव्यय बारे कल्याण कोषले वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ ।
(९) प्रहरी महानिरीक्षक कल्याण कोषको संरक्षक हुनेछ ।
(१०) कल्याण कोषको सञ्चालन तथा व्यवस्थापनका लागि देहाय बमोजिमको कल्याण कोष सञ्चालक समिति रहनेछ ः–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी प्रधान कार्यालय, प्रशासन विभाग –अध्यक्ष
(ख) मेडिकल डाइरेक्टर, प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल प्रहरी अस्पताल–सदस्य
(ग) प्रतिनिधि, मन्त्रालय (राजपत्राङ्कित द्घितीय श्रेणीको अधिकृत) –सदस्य
(घ) प्रतिनिधि, अर्थ मन्त्रालय (राजपत्राङ्कित द्घितीय श्रेणीको अधिकृत) –सदस्य
(ङ) अवकाशप्राप्त र बहालवाला प्रहरी अधिकृत मध्येवाट संरक्षकले मनोनित गरेका दुई जना –सदस्य
(च) अवकाशप्राप्त र बहालवाला प्रहरी हवल्दार र प्रहरी जवान मध्येवाट संरक्षकले मनोनित गरेका दुई जना –सदस्य
(ज) प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा प्रमुख –सदस्य—सचिव
(११) उपनियम (१०) को खण्ड (ङ) र (च) बमोजिम मनोनित सदस्यहरूको पदावधि दुई वर्षको हुनेछ ।

(१२) कल्याण कोष सञ्चालक समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ :–
(क) कल्याण कोषको आय व्यय र वार्षिक कार्यक्रम स्वीकृत गर्ने ।
(ख) नेपाल सरकारको स्वीकृतिमा फर्म पुलिस युनिट (एफपीयु ) मिशनहरूका लागि आवश्यक पर्ने बन्दोवस्ती सामानहरूमा गरिने लगानी सम्बन्धी निर्णय गर्ने ।
(ग) कल्याण कोष सञ्चालनका लागि आवश्यक कार्यविधि स्वीकृत गर्ने ।
(घ) कल्याण कोषका लागि आवश्यक पर्ने जनशक्ति नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने ।
(ङ) कल्याण कोषबाट सञ्चालन गरिने कल्याणकारी कार्यक्रमहरू छनौट गर्ने, थपघट तथा संशोधन गर्ने ।
(च) मन्त्रालय तथा कल्याण कोषका संरक्षक समक्ष कल्याण कोषको अवस्था र सञ्चालित कल्याणकारी कार्यहरूको प्रगति प्रतिवेदन प्रस्तुत गर्ने ।

१९५. सूत्र परिचालन सम्बन्धी व्यवस्था :

(१) अपराध नियन्त्रण वा अनुसन्धान सम्बन्धी सूचना सङ्कलनका लागि नेपाल प्रहरीले गोप्य रुपमा सूत्र परिचालन गर्न सक्नेछ ।
(२) उपनियम (१) को प्रयोजनको लागि नेपाल सरकारले सूत्र परिचालन सम्वन्धमा छुट्टै निर्देशिका बनाई लागू गर्न सक्नेछ ।

१९६. प्रहरी महानिरीक्षकले आदेश तथा निर्देशन जारी गर्न सक्ने :

(१) ऐन र यस नियमावलीको अधीनमा रही देहायका विषयमा प्रहरी महानिरीक्षकले आवश्यक कार्य आदेश वा निर्देशन जारी गर्न सक्नेछ । यसरी जारी गरिएको महत्वपूर्र्ण कार्य आदेश वा निर्देशनको जानकारी मन्त्रालयमा पठाउनु पर्नेछ :–
(क) प्रहरी सङ्गठनको प्रभावकारी रेखदेख, सञ्चालन र नियन्त्रणका विषय,
(ख) सेवालाई समयानुकूल र जनमुखी बनाउने विषय,
(ग) प्रहरीलाई व्यावसायिक र सेवा विशिष्टीकरण गर्ने विषय,
(घ) कार्य विवरण र कर्मचारीलाई जवाफदेही बनाउने विषय,
(ङ) मातहत कार्यालयहरूको कार्यमा समन्वय कायम ल्याउने विषय,
(च) कैद थुनुवा तथा तहवील लाने ल्याउने सम्बन्धी विषय,
(छ) प्रहरी कर्मचारीको मनोबल, स्वास्थ्य तथा तन्दुरुस्ती र अनुशासन र आचरणसम्बन्धी
(ज) पोसाक, रासन तथा अन्य सुविधा सम्बन्धी विषय,
(झ) स्रोतसाधनको समूचित वितरण, रेखदेख र सम्भारसम्बन्धी विषय,
(ञ) यस नियमावलीमा उल्लेख भएका कुराहरू स्पष्ट तथा विस्तृत गर्ने विषय,
(ट) प्रहरी क्याम्प, व्यारेक र कार्यालयको व्यवस्थापन सम्बन्धी विषय,
(ठ) अन्य महत्वपूर्ण विषयहरू ।
(२) प्रहरी महानिरीक्षकले उपनियम (१) बमोजिमको विषयमा कार्य आदेश वा निर्देशन जारी गर्नु पूर्व आवश्यकता अनुसार नियम १९३ बमोजिम गठित नीति निर्माण समितिमा उक्त विषय छलफलका लागि पठाउन सक्नेछ ।

१९७. पुरस्कार : देहायका पदाधिकारीहरूले आफ्नो र आफ्ना मातहत कार्यालयका प्रहरी कर्मचारीहरूले आफ्नो कर्तव्यपालनको सिलसिलामा प्रशंसनीय काम गरेमा त्यस्तो प्रहरी कर्मचारीहरूलाई पुरस्कार स्वरूप देहाय बमोजिम तलबवृद्धि थप वा एकमुष्ट रकम दिन सक्नेछन् :–

(क) प्रहरी महानिरीक्षकले पाँच तलबवृद्धिसम्म थप वा दुई हजार पाँचसय रूपैयाँसम्म ।
(ख) कार्यालय प्रमुखको रूपमा रहेको प्रहरी उपरीक्षक र सोदेखि माथिका प्रहरी अतिरिक्त महानिरीक्षकले तीन तलबवृद्धिसम्म थप वा एक हजार पाँचसय रूपैयाँसम्म ।
(ग) कार्यालय प्रमुखको रूपमा रहेको प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षकले दुई तलबवृद्धिसम्म थप वा एक हजार रूपैयाँसम्म ।

१९८. रासन सुविधा : प्रहरी कर्मचारीले नेपाल सरकारले तोकिदिए वमोजिमको राशन सुविधा पाउनेछ ।

१९९. चाडपर्व खर्च पाउने :

(१) प्रहरी कर्मचारीले आफू धर्म, संस्कृति, परम्परा अनुसार मनाइने चाडपर्वको लागि खाइपाई आएको एक महिनाको तलब बराबरको रकम प्रत्येक वर्ष चाडपर्व खर्चको रूपमा पाउनेछ । यस्तो रकम कर्मचारीले एक आर्थिक वर्षमा एकपटक आफूनो धर्म, संस्कृति, परम्परा अनुसार मनाइने मुख्य चाडपर्वको अवसरमा भुक्तानी लिन सक्नेछ ।

(२) निलम्बनमा रहेको प्रहरी कर्मचारीले समेत उपनियम (१) बमोजिमको चाडपर्व खर्च पाउनेछ ।
(३) निवृत्तिभरण पाउने गरी अवकाश प्राप्त कर्मचारीलाई निजले पाउने एक महिनाको निवृत्तिभरण बराबरको रकम चाडपर्व खर्चको रुपमा दिईनेछ ।

२००. वैयक्तिक विवरण फाराम (सिटरोल) तयार गर्ने :

(१) नियुक्ति गर्ने अधिकारीले अनुसुची–२३ बमोजिमको ढाँचामा प्रत्येक प्रहरी कर्मचारीको दुई प्रति वैयक्तिक विवरण फाराम (सिटरोल) तयार गर्न लगाउनु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम तयार गरिएको वैयक्तिक विवरण (सिटरोल) एकप्रति प्रहरी किताबखानामा र अर्को प्रति सो कर्मचारी बहाल रहेको कार्यालयमा राख्न लगाउनु पर्दछ । कर्मचारी बहाल रहेको कार्यालयमा राखिएको वैयक्तिक विवरण सो प्रहरी कर्मचारी अन्यत्र सरुवा भएमा सोही कार्यालयमा पठाउनु पर्नेछ ।

(३) कुनै प्रहरी कर्मचारीको नेकीवेदी तयार पार्दा निजको आचरण तथा कार्यसम्पादनको मूल्याङ्कन गरिएका पक्षहरू समेत स्पष्ट रूपमा खुलाउनु पर्नेछ । उक्त नेकीवदीको अभिलेख प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखा, सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालय र निज कार्यरत प्रहरी कार्यालयमा तीनपुस्ते अभिलेखको रूपमा राखिनेछ ।

(४) उपनियम (३) बमोजिम तयार गरिने नेकीवेदीको ढाँचा र कार्यान्वयन प्रकृया नियम १९३ बमोजिमको प्रहरी नीति निर्माण समितिले निर्धारण गरे बमोजिम हुनेछ ।

२०१. कर्मचारी सञ्चय कोष ः प्रहरी कर्मचारीको प्रत्येक महिनाको तलबबाट दश प्रतिशतका दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले शतप्रतिशत रकम थपगरी कर्मचारी सञ्चयकोषमा जम्मा गरिदिनेछ ।

२०१क.सञ्चयकोष र बिमा बाहेक अन्य कुनै सुविधा नपाउने :

(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम ११३ को उपनियम (२) बमोजिम सेवाबाट बर्खास्त भएको प्रहरी कर्मचारीले नियम १४४ बमोजिमको बिमा र नियम २०१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम बाहेक यस नियमावली बमोजिमको कुनै पनि सुविधा पाउने छैन ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नियम १०१ख. को उपनियम
(२) बमोजिमको विवरण वा अन्य कुनै स्रोतबाट कुनै प्रहरी कर्मचारीको सगोलको पति वा पत्नीले स्थायी आवासीय अनुमति प्राप्त गरेको देखिएमा स्थायी आवासीय अनुमति लिएको त्यस्तो पति वा पत्नीले नियम १४४ बमोजिमको बिमा र नियम २०१ बमोजिमको कर्मचारी सञ्चय कोषको रकम बाहेक यस नियमावली बमोजिमको अन्य कुनै पनि सुविधा पाउने छैन ।

२०२. प्रहरी सेवाबाट बर्खास्त गरिएका प्रहरी कर्मचारीको अभिलेख राख्ने :

(१) कुनै प्रहरी कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहरिने गरी बर्खास्त गरिएमा निजको तीनपुस्ते हुलियासमेतको
सूचना लोकसेवा आयोग, प्रहरी किताबखाना, प्रहरी चालचलन शाखालाई र सम्पूर्ण जिल्ला प्रहरी कार्यालयलाई पठाई दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बर्खास्त भएको व्यक्ति पुनः प्रहरी सेवामा नियुक्ति भएमा निजले पुनः नियुक्ति भई खाएको तलब फिर्ता गराई निजलाई तुरुन्त बर्खास्त गरिनेछ ।

२०३. इजाजत बेगर इलाका छोड्न नहुने :

सरकारी काजमा खटिएका वा बिदामा बसेका अवस्थामा बाहेक कुनै सरकारी कार्यालयमा बहाल रहेका प्रहरी कर्मचारीले बिदा दिने अख्तियारी पाएको व्यक्तिको इजाजत बेगर आफ्नो कार्यालय रहेको जिल्ला वा इलाका छाडी अन्यत्र जानु हुँदैन । तर अपर्झटको अवस्था परी कार्यालय छाडी नगई नहुने भएमा सम्बन्धित प्रहरी कर्मचारीले कारण खोली निवेदन दिई आफ्नो कार्यालय प्रमुखको इजाजत लिई वा इजाजत लिन नभ्याएमा जानु पर्ने कारणसमेत खोली सम्बन्धित कार्यालय र विभाग वा सचिवालयमा लिखित प्रतिवेदन दिई देशभित्र वा
बाहिर जान हुन्छ । त्यसरी जाँदा कार्यालयको काममा बाधा नपर्ने र सरकारी सम्पत्ति हिनामिना नहुने प्रबन्ध मिलाई जानुपर्छ ।

२०४. अधिकार सुम्पन सक्ने :

(१) नेपाल सरकारले यस नियमावली बमोजिम आफू लाई प्राप्त अधिकारहरु नेपाल राजपत्रमा सूचना प्रकाशन गरी सोही सूचनामा तोकिएको प्रहरी कर्मचारी वा अधिकारीले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।

(२) यस नियमावलीद्वारा कुनै अधिकारीलाई प्रदान गरिएको अधिकार आफ्नो सामान्य रेखदेखमा काम गर्ने गरी निजले आफूमुनिको कर्मचारीलाई सुम्पन सक्नेछ ।

२०५. मानार्थ बढुवा : (१) यस नियमावली बमोजिम बढुवाका लागि सम्भाव्य उम्मेदवार भई बढुवा नहुँदै अवकास हुने अवस्थामा पुगेका प्रशंसनीय काम गर्ने प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षक दर्जाको प्रहरी कर्मचारीलाई बढुवा समितिको सिफारिसमा सम्बन्धित अख्तियारवालाले एक तह माथिको दर्जामा मानार्थ बढुवा गर्न सक्नेछ ।

(२) उपनियम (१) बमोजिम बढुवा हुने प्रहरी अधिकृतले यसरी बढुवा भएको पदको दज्र्यानी चिन्ह प्रयोग गर्न र सो पदले पाउने सबै सुविधा पाउनेछ ।

(३) उपनियम (१) बमोजिमको बढुवा एक वर्षमा बढीमा दुई जनासम्मलाई गर्न सकिने छ ।

२०६. परिचय पत्र :अवकास प्राप्त पूर्व प्रहरी कर्मचारीका नाउँमा प्रहरी महानिरीक्षक वा निजबाट अख्तियार प्राप्त अधिकारीले परिचय पत्र जारी गर्न सक्नेछ ।

२०७. सम्पत्ति विवरण पेश गर्ने : (१) प्रहरी कर्मचारीले भर्ना भएको मितिले साठी दिनभित्र र त्यसपछि प्रत्येक आर्थिक वर्ष समाप्त भएको मितिले साठी दिनभित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सबै प्रकारका चलअचल सम्पत्तिको स्रोत सहितको अध्यावधिक विवरण एक प्रति भरी कार्यालयमा पेश गर्नु पर्नेछ ।

(२) उपनियम (१) बमोजिम प्राप्त भएको सम्पत्ति विवरण सम्बन्धित कार्यालयले प्रहरी किताबखानामा पठाउनु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त विवरण प्रहरी किताबखानाले सुरक्षित साथ राख्नु पर्नेछ ।

२०८. बिद्युतीय अभिलेख राख्न सकिने :

यस नियमावली बमोजिम राख्नु पर्ने प्रहरी कर्मचारीहरुको अभिलेख विद्युतीय अभिलेखमा प्रविष्ट गरी राख्न सकिने छ ।

२०९. स्वतः परिणत हुने : यो नियमावली प्रारम्भ हुँदाका बखत प्रहरी परिचर पदमा कार्यरत श्रेणीविहीन प्रहरी कर्मचारीहरु यो नियमावली प्रारम्भ भए पछि प्रहरी कार्यालय सहयोगी पदमा स्वतः परिणत हुनेछन् ।

२१०. निर्देशिका र कार्यविधि बनाउन सक्ने : मन्त्रालयले प्रहरी प्रधान कार्यालयको सिफारिसमा वा आवश्यकता अनुसार यस नियमका व्यवस्थाहरू तथा प्रहरी सङ्गठनको व्यवस्थापन प्रणालीलाई थप प्रभावकारी बनाउन निर्देशिका वा कार्यविधि बनाई लागू गर्न सक्नेछ । तर यस्तो कार्यविधि वा निर्देशिका लागु गर्नु पुर्व नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

२११. अनुसूचीमा हेरफेर तथा थपघट गर्न सक्ने :

मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी अनुसूचीमा लेखेको कुराहरूलाई समयसमयमा हेरफेर तथा थपघट गर्न सक्नेछ ।

२१२. खारेजी र बचाउ :

(१) देहायका नियमावलीहरू खारेज गरिएका छन् :–
(क) प्रहरी कर्मचारीको दैनिक भ्रमण भत्ता नियम, २०२७,
(ख) प्रहरी केटा (भर्ना तथा सेवा शर्त) न:यमावली, २०४२,
(ग) प्रहरी नियमावली, २०४९,
(घ) प्राविधिक प्रहरी नियमावली, २०५८,
(ङ) प्रहरी पहरा गण नियमावली, २०६४ ।

(२) उपनियम (१) बमोजिमका नियमावलीहरू बमोजिम भए गरेका काम कारबाही यसै नियमावली बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची—१ प्राविधिक प्रहरी समूह अन्तर्गत रहने उपसमूहहरु

अनुसूची—१
(नियम ३ को उपनियम (२) सँग सम्बन्धित)

(क) स्वास्थ्यतर्फ
(१) चिकित्सक (२) डेन्टल
(३) नर्सिङ्ग (४) प्यारामेडिक्स
(५) अन्य

(ख) कुकुर स्कुलतर्फ
(१) पशु स्वास्थ्य
(२) डग हेण्डलर
(ग) विधि विज्ञानतर्फ
(१) औंठाछाप (२) भौतिक
(३) रसायन (४) वायोलोजी
(घ) ईन्जिनियरिङ्गतर्र्फ

(१) आवास तथा भौतिक ईन्जिनियरिङ्ग (सिभिल, ईलेक्ट्रिकल, स्यानीटरी, सर्भे )

(२) सञ्चार
(क) सञ्चार टेक्निसियन
(ख) सञ्चार अपरेटर
(३) सूचना प्रविधि÷कम्प्यूटर
(क) सिस्टम नेटवर्क
(ख) सफ्टवेयर विकास, प्रशिक्षण तथा कार्य
(ग) मर्मत तथा सपोर्ट
(घ) अपरेटर

(४) मेकानिकल, ईन्जिनियरिङ्ग तथा सवारी
(क) मेकानिकल
(ख) अटोमोबाईल
(ग) सवारी÷एम.टी.(चालक तथा पाइलटिङ)
(ङ) हातहतियार (आरमर) तर्फ
(१) व्यवस्थापन
(२) मर्मत तथा उत्पादन
(३) प्रशिक्षण तथा अनुसन्धान
(च) संगिततर्फ
(१) रिड ब्रास प्रकशन
(२) पाईप ड्रम
(३) बिकुल
(४) पञ्चे
(५) नृत्य तथा गायन

अनुसूची–२ कार्यालय र कार्यालय प्रमुख

अनुसूची–२
(नियम ८ सँग सम्बन्धित)

१. कार्यालय र कार्यालय प्रमुख : देहायका प्रहरी कार्यालयहरूमा देहायका कार्यालय प्रमुखहरू रहनेछन् :–
(क) प्रहरी प्रधान कार्यालय – प्रहरी महानिरीक्षक
(ख) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान – कार्यकारी निर्देशक (प्रहरी अतिरीक्त महानिरीक्षक)
(ग) महानगरीय प्रहरी कार्यालय – प्रहरी आयुक्त (प्रहरी अतिरीक्त महानिरीक्षक)
(घ) नेपाल प्रहरी अस्पताल – मेडकिल डाइरेक्टर (प्रहरी अतिरीक्त महानिरीक्षक)
(ङ) क्षेत्रीय प्रहरी कार्यालय – प्रहरी अतिरीक्त महानिरीक्षक÷प्रहरी नायव महानिरीक्षक
(च)महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालय – प्रहरी नायव महानिरीक्षक
(छ) लागूऔषध नियन्त्रण व्यूरो – प्रहरी नायव महानिरीक्षक
(ज) महानगरीय ट्राफिक प्रहरी महाशाखा – प्रहरी नायव महानिरीक्षक
(झ) केन्दीय अनुसन्धान व्यूरो – प्रहरी नायव महानिरीक्षक
(ञ) विशेष व्यूरो प्रहरी नायव महानिरीक्षक
(ट) अपराध अनुसन्धान विद्यालय – प्रहरी नायव महानिरीक्षक
(ठ) अञ्चल प्रहरी कार्यालय – प्रहरी वरिष्ठ उपरीक्षक
(ड) महानगरीय अपराध महाशाखा सह–आयुक्त (प्रहरी वरिष्ठ उपरीक्षक)
(ढ) महानगरीय प्रहरी परिसर – प्रहरी वरिष्ठ उपरीक्षक÷प्रहरी उपरीक्षक
(ण) महानगरीय प्रहरी शिक्षालय – समादेशक (प्रहरी वरिष्ठ उपरीक्षक÷प्रहरी उपरीक्षक)
(त) सशस्त्र प्रहरी गण – गण प्रमुख (प्रहरी उपरीक्षक )
(थ) सशस्त्र प्रहरी तालीम केन्द्र – समादेशक (प्रहरी उपरीक्षक)
(द) प्रहरी पहरा गण – गण प्रमुख (प्रहरी उपरीक्षक)
(ध) जिल्ला प्रहरी कार्यालय – प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक
(न) दङ्गा नियन्त्रण प्रहरी गण – गण प्रमुख (प्रहरी उपरीक्षक)
(प) क्षेत्रीय प्रहरी अस्पताल – प्रहरी उपरीक्षक÷प्रहरी नायव उपरीक्षक व÷प्रहरी निरीक्षक
(फ) क्षेत्रीय प्रहरी तालीम केन्द्र – समादेशक (प्रहरी वरिष्ठ उपरीक्षक)

(ब) केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशाला प्रहरी नायव महानिरीक्षक÷प्रहरी वरिष्ठ उपरीक्षक
(भ) महानगरीय ट्राफिक प्रहरी परिसर – प्रहरी नायव उपरीक्षक
(म) महानगरीय पर्यटक प्रहरी – प्रहरी नायव उपरीक्षक
(य) केन्द्रीय प्रहरी सङ्गीत विद्यालय – प्रहरी उपरीक्षक÷प्रहरी नायव उपरीक्षक
(र) महानगरीय नगर प्रहरी कार्यालय – प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक
(ल) महानगरीय प्रहरी वृत्त – प्रहरी नायव उपरीक्षक
(व) ट्राफिक प्रहरी कार्यालय – प्रहरी नायव उपरीक्षक÷प्रहरी निरीक्षक÷प्रहरी नायव निरीक्षक
(श) विमानस्थल सुरक्षा गार्ड – प्रहरी नायव उपरीक्षक÷प्रहरी निरीक्षक÷प्रहरी नायव निरीक्षक
(ष) महानगरीय ट्राफिक प्रहरी वृत्त – प्रहरी निरीक्षक
(स) महानगरीय सामुदायिक प्रहरी – प्रहरी निरीक्षक
(ह) सशस्त्र प्रहरी गुल्म – गुल्म प्रमुख (प्रहरी निरीक्षक)

(क्ष) इलाका प्रहरी कार्यालय – प्रहरी नायव उपरिक्षक÷प्रहरी निरीक्षक÷ प्रहरी नायव निरीक्षक
(त्र) वडा प्रहरी कार्यालय – प्रहरी निरीक्षक÷प्रहरी नायव निरीक्षक
(ज्ञ) महानगरीय प्रहरी प्रभाग – प्रहरी निरीक्षक
(ज्ञक) नगर प्रहरी कार्यालय – प्रहरी निरीक्षक
(ज्ञख) सशस्त्र प्रहरी सेनामुख – प्रहरी नायव निरीक्षक
(ज्ञग) प्रहरी चौकी – प्रहरी नायव निरीक्षक÷प्रहरी सहायक निरीक्षक

२. प्रहरी कार्यालयहरूको आदेशको श्रृंखला (चेन अफ कमाण्ड) :

(१) प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष रेखदेख तथा नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् :–
(क) महानगरीय प्रहरी आयुक्तको कार्यालय,
(ख) क्षेत्रीय प्रहरी कार्यालय,
(ग) राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान,
(घ) सशस्त्र प्रहरी गण नं. १
(ङ) लागूू औषध नियन्त्रण व्युरो
(च) नेपाल प्रहरी अस्पताल,
(छ) केन्द्रीय अनुसन्धान व्युरो,
(ज) बिशेष सुरक्षा गण,
(झ) केन्द्रीयस्तरका विभागहरू,
(ञ) केन्द्रीयस्तरका अन्य प्रहरी कार्यालयहरू ।
(२) महानगरीय प्रहरी आयुक्तको कार्यालय मातहत देहायबमोजिमका प्रहरी कार्यालयहरू रहनेछन् ः–
(क) महानगरीय प्रहरी परिसर,
(ख) महानगरीय प्रहरी शिक्षालय,
(ग) महानगरीय सशस्त्र प्रहरी तथा दङ्गा नियन्त्रण प्रहरी गण,
(ङ) महानगरीय विमानस्थल सुरक्षा प्रहरी कार्यालय,
(च) महानगरीय ट्राफिक प्रहरी महाशाखा,
(छ) महानगरीय स्तरका अन्य प्रहरी कार्यालयहरू ।

(३) क्षेत्रीय प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् :–
(क) अञ्चल प्रहरी कार्यालय,
(ख) क्षेत्रीय सशस्त्र प्रहरी गण,
(ग) क्षेत्रीय दङ्गा नियन्त्रण प्रहरी गण,
(घ) क्षेत्रीय प्रहरी तालीम केन्द,
(ङ) क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय,
(च) क्षेत्रीयस्तरका अन्य प्रहरी कार्यालयहरू ।
(४) अञ्चल प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् ः–
(क) जिल्ला प्रहरी कार्यालय,
(ख) अञ्चल सशस्त्र प्रहरी गुल्म,
(ग) अञ्चलस्तरका अन्य प्रहरी कार्यालयहरू ।
(५) महानगरीय प्रहरी परिसरको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् ः–
(क) महानगरीय नगर प्रहरी कार्यालय
(ख) महानगरीय प्रहरी बृत्त,
(ग) महानगरीय प्रहरी प्रभाग,
(घ) प्रहरी चौकी,
(ङ) जिल्लास्तर र मातहतका अन्य प्रहरी कार्यालयहरू ।
(६) जिल्ला प्रहरी कार्यालयको प्रत्यक्ष नियन्त्रणमा देहायका प्रहरी कार्यालयहरू रहनेछन् :–
(क) इलाका प्रहरी कार्यालय,
(ख) नगर प्रहरी कार्यालय,
(ग) वडा प्रहरी कार्यालय,
(घ) जिल्ला ट्राफिक प्रहरी कार्यालय
(ङ) प्रहरी चौकी,
(च) जिल्लास्तर र मातहतका अन्य प्रहरी कार्यालयहरू ।

सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४

नेपाल राजपत्रमा प्रकाशित मिति
२०५४।३।१२
संशोधन
१. सवारी तथा यातायात व्यवस्था (पहिलो संशोधन) नियमावली, २०६१                २०६१।६।७
२. सवारी तथा यातायात व्यवस्था (दोस्रो संशोधन) नियमावली, २०६६                  २०६६।५।१७
३.सवारी तथा यातायात व्यवस्था (तेस्रो संशोधन) नियमावली, २०६७                     २०६७।१।२७
४. सवारी तथा यातायात व्यवस्था (चोथौ संशोधन) नियमावली, २०६८                  २०६८।३।२०
५. सवारी तथा यातायात व्यवस्था (पाँचौं संशोधन) नियमावली, २०७०                 २०७०।१।३०
६. सवारी तथा यातायात व्यवस्था (छैठौं संशोधन) नियमावली, २०७३                  २०७३।६।११
७. सवारी तथा यातायात व्यवस्था (सातौं संशोधन) नियमावली, २०७४                 २०७४।५।४
८. सवारी तथा यातायात व्यवस्था (आठौं संशोधन) नियमावली, २०७४                  २०७४।११।१४
सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १७९ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले देहायका नियमहरू बनाएको छ ।

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यी नियमहरूको नाम “सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४” रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः  विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा,–
(क) “ऐन” भन्नाले सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ सम्झनु पर्छ ।
(ख) “कार्यालय” भन्नाले यातायात व्यवस्था कार्यालय सम्झनु पर्छ ।

परिच्छेद – २ सवारी दर्ता सम्बन्धी व्यवस्था

 

३. सवारीको प्रवेश दर्ताः (१) विदेशबाट पैठारी गरेको प्रत्येक सवारी नेपाल ……… मा प्रवेश गरेपछि सवारी धनीले प्रवेश गर्ने स्थानमा रहेको प्रहरी कार्यालयमा ऐनको दफा १३ बमोजिम प्रवेश दर्ताको लागि अनुसूची–१ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही त्यस्तो सवारीको प्रवेश दर्ता गरी सम्बन्धित सवारी धनीलाई अनुसूची–२ बमोजिमको ढाँचामा सवारी प्रवेश दर्ताको निस्सा दिनुपर्नेछ ।

४. सवारी दर्ताः (१) ऐनको दफा १४ बमोजिम दर्ता गराउनु पर्ने सवारी दर्ता गराउँदा ऐनको दफा १५ मा उल्लिखित कागजातको अतिरिक्त देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा अनुसूची– ४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछः–
(क) विदेशमा दर्ता भएको सवारी पैठारी गरेको भए उक्त दर्ता प्रमाणपत्रको प्रतिलिपि,
(ख) नियम ३ बमोजिमको प्रवेश दर्ता सक्कल निस्सा,
(ग) सवारी धनी आफैँ उपस्थित नभई अरू कसैलाई पठाएको भए सोको अख्तियारनामा ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा कार्यालयले त्यस्तो दरखास्तको सम्बन्धमा आवश्यक जाँचबुझ गरी ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही कार्यालयमा राखिएको अनुसूची–५ बमोजिमको सवारी दर्ता
किताबमा सवारी दर्ता गरी दरखास्तवालालाई दर्ताको प्रमाणपत्र दिनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम दर्ता भएको सवारीको धनीलाई कार्यालयले अनुसूची–६ मा उल्लेख भए बमोजिम अक्षर र अङ्क सहितको नम्बर प्लेट संकेत दिनेछ । सवारी धनीले यस्तो नम्बर प्लेट, संकेत सम्बन्धित सवारीमा प्रष्ट रूपमा देख्न सकिने गरी राख्नु पर्नेछ ।
(४) उपनियम (३) बमोजिमको नम्बर प्लेट इम्बोस्ड गरिएको हुनु पर्नेछ ।
स्पष्टीकरणः उपनियम (४) को प्रयोजनको लागि ‘इम्बोस्ड’ भन्नाले ‘धातुको प्लेटमा विद्युतीय तथा यान्त्रिक माध्यमद्वारा अक्षर र अङ्क उठ्ने गरी लेखिने काम सम्झनु पर्छ ।

४क. सवारी साधनमा उपनियम (४) बमोजिम इम्बोस्ड गरिएको नम्बर प्लेट जडान गर्दा लाग्ने दस्तुर अनुसूची–६क. मा उल्लेख भए बमोजिम हुनेछ ।
(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि नम्बर प्लेट इम्बोस्ड गर्ने सम्बन्धमा आवश्यक पूर्वाधारको व्यवस्था नहुञ्जेलसम्मको लागि नेपाल सरकारले ताके बमोजिमको नम्बर प्लेट संकेत प्रदान गरिनेछ ।

५. सवारीको अस्थायी दर्ताः ऐनको दफा १९ मा उल्लिखित अवस्था परी कुनै सवारीको अस्थायी दर्ता गर्नु परेमा सम्बन्धित सवारी धनीले अनुसूची–३ बमोजिमको दस्तुर सहित सवारी दर्ता गराउन चाहेको कार्यालयमा अनुसूची–७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।

६. सवारीको सरुवा दर्ताः (१) एक क्षेत्रमा दर्ता भएको सवारी अर्को क्षेत्रमा चलाउनु परेमा सवारीको धनीले साविकमा दर्ता भइरहेको कार्यालयबाट सरुवा दर्ताको सहमतिपत्र प्राप्त गरी त्यस्तो सहमति प्राप्त गरेको मितिले पैंतीस दिनभित्र हाल दर्ता गराउन चाहेको
कार्यालयमा ऐनको दफा २७ बमोजिम अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–८ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा २३ बमोजिम निर्धारित मापदण्डको अधीनमा रही आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको सरुवा दर्ता गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सरुवा दर्ता गर्न सक्नेछ ।
(३) उपनियम (२) बमोजिम सवारीको सरुवा दर्ता गरेकोमा कार्यालयले त्यसको जानकारी साविकमा सवारी दर्ता भइरहेको कार्यालयलाई दिनुपर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले पनि साविक दर्ताको लगत कट्टा गर्नुपर्नेछ ।

७. विदेशमा दर्ता भएको सवारी चलाउने अनुमतिपत्र सम्बन्धमाः (१) विदेशमा दर्ता भएको सवारी ऐनको दफा ३० बमोजिम नेपाल ……… मा चलाउने अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुसूची–३ बमोजिमको दस्तुर सहित कार्यालयमा अनुसूची–९ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।

(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम अनुमतिपत्र दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–१० बमोजिमको ढाँचामा अनुमतिपत्र दिन सक्नेछ ।

८. दर्ताको प्रमाणपत्र नवीकरणः (१) ऐनको दफा ३१ बमोजिम दर्ताको प्रमाणपत्र नवीकरण गराउन चाहेमा अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–११ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले आवश्यक प्राविधिक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य
व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्र नवीकरण गर्न सक्नेछ ।
(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि देहाय बमोजिमका सवारीको दर्ता प्रमाणपत्रको नवीकरण शुरु दर्ता गर्ने कार्यालयले मात्र नवीकरण गर्नेछः–
(क) कुटनैतिक सवारीको रूपमा दर्ता भएका,
(ख) कुटनैतिक सुविधा प्राप्त व्यक्तिहरूको नाममा दर्ता भएका,
(ग) अस्थायी दर्ता भएका ।
(४) एउटा कार्यालयबाट दिइएको दर्ताको प्रमाणपत्र अर्को कार्यालयबाट नवीकरण गरिएकोमा त्यसरी नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो सवारी दर्ता गर्ने कार्यालयलाई दिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सवारी दर्ता भएको कार्यालयले पनि त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र नवीकरण भएको व्यहोरा अनुसूची–५ बमोजिमको सवारी दर्ता किताबमा जनाउनु पर्नेछ ।

९. सवारीको नामसारीः (१) कुनै व्यक्तिको नाममा दर्ता भएको सवारी अन्य कुनै व्यक्तिको नाममा नामसारी गराउन चाहेमा सम्बन्धित सवारी धनीले त्यस्तो सवारी दर्ता भएको कार्यालयमा ऐनको दफा ३७ को उपदफा (१) मा उल्लेख भए बमोजिमका कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–१२ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको नामसारी गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सवारीको नामसारी गरी दिनेछ ।

१०. सवारी धनीको मृत्यु भएको सवारीको नामसारीः (१) दर्ता भएको कुनै सवारीको धनीको मृत्यु भई त्यस्तो सवारी धनीको प्रचलित कानून बमोजिमको हकवालाले सो सवारी आफ्नो नाममा नामसारी गर्न चाहेमा ऐनको दफा ३७ को उपदफा (२) मा उल्लेख भए बमोजिमका कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१३ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम सवारीको नामसारी गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही नामसारी गरी दिनेछ ।

११. सवारी नामसारी नगरिनेः नियम ९ र १० मा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्तिको नाममा दर्ता रहेको सवारी दुर्घटना वा अन्य कुनै कारणबाट क्षतीग्रस्त भई त्यस्तो सवारीको ईन्जिन र चेसिस दुबै विग्रिई काम नलाग्ने अवस्थाको रहेछ भने त्यस्तो सवारी अन्य कुनै व्यक्तिको नाममा नामसारी गरिने छैन ।

१२. सवारी उपकरणको परिवर्तनः (१) सवारी धनीले ऐनको दफा ३९ बमोजिम सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गराउन चाहेमा त्यसरी परिवर्तन गर्न स्वीकृतिको लागि त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१४ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले सम्बन्धित प्राविधिकबाट आवश्यक जाँचबुझ गराइ दरखास्तवालाको माग बमोजिम सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही सवारीको रङ्ग, सिट संख्या, स्वरूप, इन्जिन वा चेसिस परिवर्तन गर्न स्वीकृति दिन सक्नेछ ।

१२क. दर्ताको प्रमाणपत्र निलम्ब्नन: देहायको कार्य गरेको पाइएमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारी साधनको दर्ताको प्रमाणपत्र बढीमा छ महिनाको लागि निलम्बन गर्न सक्नेछः–
(क) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा,
(ख) यात्रीवाहक सार्वजनिक सवारीले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा,

(ग) सार्वजनिक सवारीले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिई सवारी चलाएमा,
(घ) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०४ विपरीत यातायात सञ्चालन गरेमा,
(ङ) पर्यटक सवारीले पर्यटक बाहेक अन्य यात्री बोकेमा,
(च) निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाको लागि प्रयोग गरेमा ।

१३. दर्ताको प्रमाणपत्र खारेजीः (१) ऐनको दफा ४१ मा उल्लिखित कारण परी कुनै सवारीको धनीले त्यस्तो सवारीको दर्ताको प्रमाणपत्र खारेज गराउन चाहेमा त्यस्तो सवारी दर्ता भएको कार्यालयमा अनुसूची–१५ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो सवारीको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्र खारेज गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्र खारेज गरी सो को व्यहोरा दर्ता किताबमा जनाई त्यस्तो सवारीको लगत कट्टा गर्नुपर्नेछ ।

१४. दर्ताको प्रमाणपत्रको प्रतिलिपिः (१) ऐनको दफा ४३ मा उल्लिखित अवस्था परी कुनै सवारीको दर्ताको प्रमाणपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनीले अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो सवारी दर्ताको प्रमाणपत्र दिने कार्यालयमा अनुसूची–१६ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही दर्ताको प्रमाणपत्रको प्रतिलिपि दिनुपर्नेछ र त्यसको सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनुपर्नेछ ।

परिच्छेद – ३ सार्वजनिक सवारीको वर्गीकरण, स्तर तथा क्षमता

 

१५. यात्रीवाहक सवारीको वर्गीकरण, स्तर तथा क्षमताः यात्रीवाहक सवारीको स्तर तथा क्षमता देहाय बमोजिमको हुनेछः–
(क) बसः चालक सहित २६ देखि ५६ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ख) मिनिबसः चालक सहित १५ देखि २५ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ग) जीप, भ्यान, पिकअप र माईक्रो बसः चालक सहित बढीमा १४ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(घ) कार र ट्याक्सीः चालक सहित बढीमा ५ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको,
(ङ) टेम्पोः चालक सहित बढीमा ४ जनासम्म यात्रु राख्न सक्ने सिट संख्या भएको मिटर जडित टेम्पो र सो बाहेक मिटर जडान नभएको बढीमा १३ सिट संख्या भएको अन्य टेम्पो,
(च) मोटर साईकल, स्कूटर र सन साईनः चालक सहित बढीमा २ जनासम्म यात्री राख्न सक्ने सिट संख्या भएको ।

१६. मालवाहक सवारीको वर्गीकरण, तथा क्षमताः मालवाहक सवारीको वर्गीकरण तथा त्यसको क्षमता देहाय बमोजिमको हुनेछः–
(क) ट्रक तथा टैंकरः अघिल्लो तर्फ चालक सहितको तीन सिट र पछाडि तर्फ प्रति एक्शल १०.२ टन सम्मको भारवहन गर्न सक्ने र स्लिपर राखी ५ जनासम्म लोडर बस्न सक्ने,
(ख) मिनि ट्रकः अगाडि तर्फ चालक सहितको तीन सिट र पछाडि तर्फ ५ टनसम्मको भारवहन गर्न सक्ने र स्लिपर राखी ४ जनासम्म लोडर बस्न सक्ने,
(ग) पावर टिलरः चालक सहित बढीमा एक सिट र एक टन सम्मको भारवहन गर्न सक्ने क्षमता भएको,
(घ) पिकअपः चालक सहित पाँच सिट र एक टनसम्मको भारवहन गर्न सक्ने ।

१७. अन्य सवारीको वर्गीकरण तथा क्षमताः नियम १५ र १६ मा उल्लिखित सवारीहरू बाहेक डोजर, लोडर, डम्फर, क्रेन, दमकल, रोडरोलर, स्काभेटर जस्ता अन्य सवारीहरूको वर्गीकरण र भारवहन क्षमता त्यस्तो सवारी निर्माता कम्पनीले जारी गरेको क्याटलग, स्पेशिफिकेशन वा मापदण्डको अधीनमा रही प्रज्ञापनपत्रमा उल्लिखित विवरण, सवारीको स्वरूप तथा आकृतिलाई समेत विचार गरी नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।

१८. यात्री वाहक सवारीको स्तर, सञ्चालन अवधि तथा गतिः (१) ऐनको दफा ६ को उपदफा (४) को प्रयोजनको लागि देहाय बमोजिमका यात्रीवाहक सवारीको स्तर देहाय बमोजिम निर्धारण गरिएको छः–
(क) सिधै (डाईरेक्ट) बस सेवाः
(१) चालक सहित बढीमा ४० सिट संख्या,
(२) सिटको लम्बाई, चौडाई र उचाई १६ देखि १९ ईञ्च, ३० देखि ४५ डिग्री सम्मको फोल्डिङ्ग सिटको पिठ्यूँको उचाई २२ देखि २६ ईञ्च,
(३) २।२ पंक्तिको सिट एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तीमा १४ ईञ्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी कम्तीमा १३ ईञ्च,
(४) बसको भित्री उचाई ६६ ईञ्च र छतको क्यारियर बसको कुल लम्बाईको आधा र उचाई ८ ईञ्च,
(५) बसको प्रवेशद्वारको पहिलो सिंढी जमीनको सतहदेखि बढीमा एक फुटको उचाई,
(६) बसमा आगो निभाउने यन्त्रको व्यवस्था,
(७) बसको उपयुक्त स्थानमा संकटकालीन ढोकाको व्यवस्था,
(८) बसमा आवश्यक औषधि तथा उपकरणसहितको प्राथमिक उपचारको व्यवस्था,
(९) बसमा झ्यालको लकको अवस्था दुरुस्त, र
(१०) बसको सक अब्जर्भरको अवस्था दुरुस्त ।

(ख) द्रुत (एक्सप्रेस) बस सेवाः
(१) चालक सहित बढीमा ५० सिट संख्या,
(२) सिटको लम्बाई, चौडाई र उचाई कम्तीमा क्रमशः १५. १५ र १५ ईञ्च र सिटको पिठ्यूँको उचाई कम्तीमा १८ ईञ्च,
(३) २।३ पंक्तिको सिट एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो १४ ईञ्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी कम्तीमा ११ ईञ्च,
(४) बसको भित्री उचाई कम्तीमा ६६ ईञ्च,
(५) बसको प्रवेशद्वारको पहिलो सिंढी जमीनको सतहदेखि बढीमा एक फुटको उचाई,
(६) बसमा आगो निभाउने यन्त्रको व्यवस्था,
(७) बसमा उपयुक्त स्थानमा संकटकालिन ढोकाको व्यवस्था,
(८) बसमा आवश्यक औषधि तथा उपकरणसहितको प्राथमिक उपचारको व्यवस्था,
(९) बसमा झ्यालको लकको अवस्था दुरुस्त, र
(१०) बसको सक अब्जर्भरको अवस्था दुरुस्त ।

(ग) साधारण (लोकल) बस सेवाः
(१) चालक सहित बढीमा ५६ सिट संख्या,
(२) सिटको लम्बाई, चौडाई कम्तीमा १५ ईन्च र १५ ईन्च उचाई १५ ईन्च, पिठ्यूँको उचाई कम्तीमा १८ ईञ्च,
(३) सिटको एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तीमा १४ ईञ्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी ११ ईञ्च,
(४) बसको भित्री उचाई कम्तीमा ६६ ईञ्च,
(५) बसको प्रवेशद्वारको पहिलो सिंढी जमीनको सतहदेखि बढीमा एक फुटको उचाई ।

(घ) मिनि बसः
(१) चालक सहित बढीमा २५ सिट संख्या,
(२) सिटको लम्बाई, चौडाई र उचाई कम्तीमा १५ ईन्च पिठ्यूँको उचाई कम्तीमा २२ ईञ्च र पंक्ति बढीमा २/२,
(३) सिटको एक पंक्तिबाट अर्को पंक्तिको बीचको बाटो कम्तीमा १४ ईञ्च र सिटको पंक्तिबाट लेग प्लेसको दूरी १३ ईञ्च,
(४) मिनी बसको भित्री उचाई ६४ ईञ्च,
(५) बसको प्रवेशद्वारको पहिलो सिंढी जमीनको सतहदेखि बढीमा एक फुटको उचाई ।

(ङ) माईक्रो बसः–
(१) चालक सहित १२ देखि १४ सिट संख्या,
(२) सिटको लम्बाई कम्तीमा १५ इन्च, चौडाई कम्तीमा १६ इन्च, उचाई कम्तीमा १५ इन्च, पिठ्यूँको उचाई कम्तीमा २२ इन्च र लेग प्लेसको दूरी ११ इन्च भई सबै सिटहरू अगाडि फर्केको,
(३) माईक्रो बसको भित्री उचाई कम्तीमा १३४५ एम.एम,
(४) माईक्रो बसको प्रवेशद्वारको पहिलो सिढी जमिनको सतहदेखि बढीमा एक फुट उचाई, र
(५) माईक्रो बसका झ्यालको लकको अवस्था दुरुस्त ।
(२) सिधै (डाईरेक्ट) सेवा अन्तर्गत सञ्चालन हुने बसलाई शुरु सञ्चालन भएको मितिले पाँच वर्षसम्मको लागि सञ्चालन गर्न दिईनेछ र सो अवधि नाघेपछि त्यस्तो सवारीको याञ्त्रिक तथा प्राविधिक स्थिति लगायत अन्य आवश्यक कुराहरूको बारेमा प्रत्येक वर्ष जाँचबुझ गरी थप तीन वर्षसम्मको लागि सञ्चालन गर्ने अनुमति दिन सकिनेछ ।
(३) द्रुत (एक्सप्रेस) सेवा अन्तर्गत सञ्चालन हुने बसलाई शुरु सञ्चालन भएको मितिले आठ वर्षसम्मको लागि सञ्चालन गर्न दिईनेछ र सो अवधि नाघेपछि त्यस्तो सवारीको याञ्त्रिक तथा प्राविधिक स्थिति लगायत अन्य आवश्यक कुराहरूको बारेमा प्रत्येक वर्ष जाँचबुझ गरी थप चार वर्षसम्मको लागि सञ्चालन गर्ने अनुमति दिने सकिनेछ ।
(४) दु्रत (एक्सप्रेस) सेवा अन्तर्गत सञ्चालन हुने मिनिबसलाई शुरु सञ्चालन भएको मितिले आठ वर्षसम्मको लागि सञ्चालन गर्न दिईनेछ र सो अवधि नाघेपछि त्यस्तो सवारीको याञ्त्रिक तथा प्राविधिक स्थिति लगायत अन्य आवश्यक कुराहरूको बारेमा प्रत्येक वर्ष जाँचबुझ गरी थप सात वर्षसम्मको लागि सञ्चालन गर्ने अनुमति दिन सकिनेछ ।
(४क) लामो बाटो तथा मध्यम बाटोमा दु्रत (एक्सप्रेस) सेवा अन्तर्गत सञ्चालन हुने माइक्रो बसलाई शुरु सञ्चालन भएको मितिले पाँच वर्षसम्मको लागि सञ्चालन गर्न दिइनेछ र सो अवधि नाघेपछि त्यस्तो सवारीको यान्त्रिक तथा प्राविधिक स्थिति लगायत अन्य आवश्यक कुराहरूको बारेमा प्रत्येक वर्ष जाँचबुझ गरी थप तीन वर्षसम्मको लागि अनुमति दिइनेछ ।
(४ख) लामो बाटो, मध्यम बाटो र छोटो बाटोमा सञ्चालन हुने साधारण (लोकल) बस सेवा, मिनिबस र माइक्रोबसमा यस नियममा उल्लिखित अन्य कुराका अतिरिक्त आवश्यक औषधि तथा उपकरण सहितको प्राथमिक उपचार र आगो निभाउने यन्त्र समेतको व्यवस्था हुनु पर्नेछ ।
(४ग) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सिधै (डाइरेक्ट) बस सेवा रात्री तथा दिवा सेवामा र दु्रत (एक्सप्रेस) बस सेवा, साधारण (लोकल) बस सेवा, मिनिबस, माइक्रोबस दिवा सेवामा मात्र सञ्चालन गर्ने अनुमति दिइनेछ । तर माईक्रोबसको हकमा बढीमा ३०० किलोमिटर सम्मको दूरीका लागि मात्र बाटो इजाजत दिइनेछ ।
(५) ऐनको दफा ६ को उपदफा (४) को प्रयोजनका लागि देहाय बमोजिमका सवारीको गति देहाय बमोजिम निर्धारण गरिएकोछः–
(क) कार, जीप, भ्यान र पिकअप बढीमा ८० कि.मि. प्रतिघण्टा,
(ख) टेम्पो, स्कूटर, पावर टिलर तथा ट्रयाक्टर बढीमा ४० कि.मि. प्रति घण्टा,
(ग) मोटर साइकल बढीमा ५० कि.मि. प्रति घण्टा,
(घ) बस, मिनीबस, ट्रक, मिनी ट्रक पहाडी बाटोमा बढीमा ५० कि.मि. प्रति घण्टा र समतल बाटोमा बढीमा ७० कि.मि. प्रति घण्टा ।
तर बाक्लो बस्ती भएको ईलाकामा प्रतिघण्टा ४० कि.मि. भन्दा बढी गतिमा कुनै पनि सवारी चलाउन हुँदैन ।

(६) विभागले उपनियम (५) बमोजिमका सवारी बाहेक अन्य सवारीको गति निर्धारण गर्न र गति निर्धारण गरिएको सवारीको हकमा भौगोलिक अवस्था र सडकको स्थिति समेत बिचार गरी सवारीको गतिमा फेरबदल गर्न सक्नेछ ।
(७) उपनियम (५) र (६) मा जुनसुकै कुरा लेखिएको भएतापनि ऐनको दफा ११५ बमोजिम कुनै स्थानमा सवारीको गति सम्बन्धी सूचना वा संकेत उल्लेख गरिएको रहेछ भने त्यस्तो स्थानमा सोही सूचना वा संकेतमा उल्लेख भए बमोजिम सवारी चलाउनु पर्नेछ ।
(८) यात्री वाहक सवारी चलाउने चालकले बाटो ईजाजतपत्र दिने कार्यालयले निर्धारण गरेको समय शारणी अनुसारको समयमा सवारी छुटाउनु र गन्तव्य स्थानमा पुर्‍याउनु पर्नेछ ।
(९) काबू बाहिरको अवस्था परेकोमा वाहेक उपनियम (८) बमोजिमको समय भन्दा ढिलो हुने गरी वा यात्रुलाई असुविधा हुने गरी वा अलपत्र पार्ने गरी सवारी गन्तव्य स्थानमा पुर्‍याउनु हुँदैन ।

१९. पर्यटक सवारीः (१) देहाय बमोजिमको सवारीलाई ऐनको दफा ७ बमोजिम पर्यटक सवारीको रूपमा दर्ता गरिनेछः–
(क) प्रचलित कानून बमोजिम पर्यटन व्यवसाय गर्न पाउने अनुमतिपत्र प्राप्त पर्यटन व्यवसायीको नाममा दर्ता भएको,
(ख) कुनै वित्तिय संस्थाद्वारा प्रदान गरिएको ऋणबाट खरिद भएको सवारी सम्बन्धित वित्तीय संस्थाको नाममा दर्ता भएको भएतापनि त्यस्तो सवारी प्रचलित कानून बमोजिम पर्यटन व्यवसाय गर्न पाउने अनुमतिपत्र प्राप्त पर्यटन व्यवसायीले पर्यटन व्यवसायको लागि प्रयोग गरेको भए ।
(२) पर्यटक सवारीले अन्य सार्वजनिक सवारी सरह यात्री तथा मालसामान ओसार पसार गर्न पाउने छैन ।

परिच्छेद – ४ चालक अनुमतिपत्र सम्बन्धी व्यवस्था

 

२०. चालक अनुमतिपत्रको लागि दरखास्तः (१) ऐनको दफा ४८ बमोजिम चालक अनुमतिपत्र लिन चाहने व्यक्तिले अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–१७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा दरखास्त साथ दरखास्तवालाको निरोगीताको सम्बन्धमा नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले अनुसूची–१८ बमोजिमको ढाँचामा प्रमाणित गरेको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम दरखास्त दिने व्यक्तिहरूमध्ये ऐनको दफा ४९ बमोजिम चालक अनुमतिपत्रको लागि लिइएको परीक्षणमा सफल भएका व्यक्तिहरूलाई मात्र चालक अनुमतिपत्र दिईनेछ ।
(४) उपनियम (३) बमोजिम चालक अनुमतिपत्र दिंदा निजी सवारी र सार्वजनिक सवारीको लागि चालक अनुमतिपत्र छुट्टाछुट्टै रूपमा दिन सकिनेछ ।
(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि यो नियमावली प्रारम्भ भएपछि साठी वर्ष उमेर पूरा भएका कुनै व्यक्तिलाई ठूलो र मझौला सार्वजनिक सवारी चलाउन अनुमतिपत्र दिइने छैन ।
(६) सानो सवारी चलाएको दुई वर्ष पूरा नभएसम्म अनुसूची–१८क. मा उल्लिखित सवारी बाहेक अन्य मझौला र ठूलो सवारी चलाउन चालक अनुमतिपत्र दिइने छैन ।
२०क.विद्युतीय परिचय पत्रको रूपमा दिनु पर्नेः नियम २० बमोजिम दिइने चालक अनुमति पत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) को रूपमा दिनु पर्नेछ ।

तर चालक अनुमतिपत्र विद्युतीय परिचयपत्र (इलेक्ट्रोनिक स्मार्ट कार्ड) को रुपमा दिने सम्बन्धमा आवश्यक पूर्वाधारको व्यवस्था नहुञ्जेलसम्मका लागि नेपाल सरकारले तोके बमोजिमको चालक अनुमतिपत्र दिईनेछ ।

२०ख. परीक्षाको किसिमः  (१) विभागले ऐनको दफा ४९ बमोजिम चालक अनुमतिपत्रको लागि दरखास्तवालाको परीक्षण गर्दा देहाय बमोजिमको परीक्षा प्रणाली अपनाउनेछः–
(क) लिखित परीक्षा
(ख) प्रयोगात्मक परीक्षा
(ग) अन्य कुनै परीक्षा

(२) उपनियम (१) को खण्ड (क) बमोजिम लिखित परीक्षामा उत्तीर्ण हुने दरखास्तवालाले लिखित परीक्षा उत्तीर्ण भएपछि नब्बे दिनभित्र तीन पटकसम्म प्रयोगात्मक परीक्षा दिन सक्नेछ ।

२१. चालक अनुमतिपत्र दर्ता किताबः नियम २० बमोजिम दिइएको चालक अनुमतिपत्रको लगत अद्यावधिक रूपमा राख्न कार्यालयले अनुसूची–१९ बमोजिमको ढाँचामा चालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।

२२. चालक अनुमतिपत्रमा अरू सवारी समावेश गर्नेः (१) नियम २० बमोजिम दिइएको चालक अनुमतिपत्रमा उल्लिखित सवारीका अतिरिक्त अन्य कुनै सवारी समावेश गराउन चाहेमा चालकले ऐनको दफा ५५ बमोजिम समावेश गराउन चाहेको सवारीको किसिम खुलाई अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–१७ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा ५५ बमोजिमको कार्यविधि अपनाई दरखास्तवालालाई पहिले दिएको अनुमतिपत्रमा उल्लिखित सवारीको अतिरिक्त निजले समावेश गराउन चाहेको सवारी
समावेश गरी नयाँ चालक अनुमतिपत्र दिनेछ ।

२३. चालक अनुमतिपत्रको नवीकरणः (१) चालकले ऐनको दफा ५६ बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–२१ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि दरखास्त दिंदा अनुसूची–१८ बमोजिमको ढाँचाको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम चालक अनुमतिपत्रको नवीकरणको लागि दरखास्त पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी त्यस्तो चालक अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही चालक अनुमतिपत्र नवीकरण गरी सो को व्यहोरा अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।
(४) एउटा कार्यालयबाट दिइएको चालक अनुमतिपत्र उपनियम (३) बमोजिम अर्को कार्यालयबाट नवीकरण गरिएकोमा नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयलाई दिनुपर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा चालक अनुमतिपत्र दिने कार्यालयले पनि त्यस्तो चालक अनुमतिपत्र नवीकरण भएको व्यहोरा अनुसूची–२३ बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।

२३क. चालक अनुमतिपत्रको निलम्बनः देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो चालकको अनुमतिपत्र ऐनको दफा ६० बमोजिम निलम्बन गर्न सक्नेछः–
(क) यात्रीवाहक सार्वजनिक सवारीको चालकले ऐनको दफा १०२ विपरीत यातायात सञ्चालन गरेमा,
(ख) यात्रीवाहक सवारीको चालकले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारीले यात्रु बोकेमा,
(ग) पर्यटक सवारीको चालकले पर्यटक बाहेक अन्य यात्री बोकेमा,
(घ) निजी सवारीले ऐनको दफा ८ को उपदफा (२) विपरीत यातायात सेवाको लागि प्रयोग गरेमा,
(ङ) सार्वजनिक सवारीको चालकले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिएको बाटोमा सवारी चलाएमा,
(च) सवारी चालकले सवारी चलाउँदा मोबाइल फोनको प्रयोग गरेमा,
(छ) चालकले मादक पदार्थ तथा अन्य लागू पदार्थ सेवन गरी सवारी चलाएमा ।

२४. चालक अनुमतिपत्रको प्रतिलिपिः (१) ऐनको दफा ६२ बमोजिमको अवस्था परी चालक अनुमतिपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित चालकले त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–३ बमोजिमको दस्तुर सहित अनुसूची–२४ बमोजिमको ढाँचामा
दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम चालक अनुमतिपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही चालक अनुमतिपत्रको प्रतिलिपि दिई अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताबमा सो व्यहोरा जनाउनु पर्नेछ ।

२५. चालकको मृत्युको सूचना दिनुपर्नेः (१) ऐन तथा यस नियमावली बमोजिम चालक अनुमतिपत्र प्राप्त व्यक्तिको मृत्यु भएमा मृत्यु भएको मितिले पैंतीस दिनभित्र त्यस्तो मृतकको नजिकको नातेदारले निजको मृत्युको सम्बन्धमा प्रचलित कानून बमोजिमको
मृत्यु दर्ता प्रमाणपत्र लिई त्यस्को प्रतिलिपि त्यस्तो चालक अनुमतिपत्र दिने कार्यालयमा बुझाउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम मृत्युको बारेमा जानकारी दिंदा मृतकको चालक अनुमतिपत्र उपलब्ध भएमा सो समेत बुझाइदिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा सम्बन्धित कार्यालयले पनि अनुसूची–१९ बमोजिमको चालक अनुमतिपत्र दर्ता किताबबाट निजको लगत कट्टा गरिदिनु पर्नेछ ।

परिच्छेद – ५ परिचालक अनुमतिपत्र सम्बन्धी व्यवस्था

 

२६. परिचालक अनुमतिपत्रको लागि दरखास्तः (१) ऐनको दफा ६६ बमोजिम परिचालक अनुमतिपत्र लिन चाहने व्यक्तिले परिचालक अनुमतिपत्रको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–२५ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा दरखास्त साथ दरखास्तवालाको निरोगिताको सम्बन्धमा नेपाल सरकारद्वारा मान्यता प्राप्त चिकित्सकले अनुसूची–२६ बमोजिमको ढाँचामा प्रमाणित गरिदिएको निरोगिताको प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम परिचालक अनुमतिपत्रको लागि दरखास्त पर्न आएमा कार्यालयले ऐनको दफा ६७ बमोजिमको कार्यविधि अपनाइ परिचालक अनुमतिपत्र दिनु पर्नेछ ।

२७. परिचालक अनुमतिपत्र दर्ता किताबः नियम २६ बमोजिम दिइएको परिचालक अनुमतिपत्रको लगत अद्यावधिक रूपमा राख्न परिचालक अनुमतिपत्र जारी गर्ने कार्यालयले अनुसूची–२७ बमोजिमको ढाँचामा परिचालक अनुमतिपत्र दर्ता किताब तयार गरी राख्नु पर्नेछ ।

२८. परिचालक अनुमतिपत्रको नवीकरणः (१) परिचालकले ऐनको दफा ६८ बमोजिम अनुमतिपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित कुनै कार्यालयमा अनुसूची–२८ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा अनुसूची–२६ बमोजिमको ढाँचामा दरखास्तवालाको निरोगीताको प्रमाणपत्र समेत संलग्न गर्नुपर्नेछ ।
(३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी परिचालक अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही परिचालक अनुमतिपत्र नवीकरण गरी सोको व्यहोरा अनुसूची–२९ बमोजिमको परिचालक अनुमतिपत्र नवीकरण किताबमा जनाउनु पर्नेछ ।
(४) एउटा कार्यालयबाट दिएको परिचालक अनुमतिपत्र उपनियम (३) बमोजिम अर्को कार्यालयबाट नवीकरण गरिएकोमा नवीकरण गर्ने कार्यालयले यथासक्य छिटो सो कुराको जानकारी त्यस्तो परिचालक अनुमतिपत्र दिने कार्यालयलाई दिनु पर्नेछ र त्यस्तो जानकारी प्राप्त हुन आएमा परिचालक अनुमतिपत्र जारी गर्ने कार्यालयले पनि त्यस्तो परिचालक अनुमतिपत्र नवीकरण भएको व्यहोरा अनुसूची–३० बमोजिमको दर्ता किताबमा जनाउनु पर्नेछ ।

२९. परिचालक अनुमतिपत्रको प्रतिलिपिः (१) परिचालकले परिचालक अनुमतिपत्रको प्रतिलिपि आवश्यक परेमा अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो परिचालक अनुमतिपत्र दिने कार्यालयमा अनुसूची–३१ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा त्यस्तो दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम परिचालक अनुमतिपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही परिचालक अनुमतिपत्रको प्रतिलिपि दिई अनुसूची–२७ बमोजिमको परिचालक अनुमतिपत्र दर्ता किताबमा सो व्यहोरा जनाउनु पर्नेछ ।

परिच्छेद – ६ यातायात व्यवस्थापन

 

३०. बाटो इजाजतपत्रको लागि दरखास्त दिनेः (१) ऐनको दफा ७६ बमोजिम बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले बाटो इजाजतपत्रका लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३२ बमोजिमको ढाँचामा दरखास्त दिनुपर्नेछ ।
(२) उपनियम (१) बमोजिम बाटो ईजाजतपत्रको लागि दरखास्त दिंदा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले चालक तथा परिचालकहरूलाई अनुसूची–६२ बमोजिम दिएको नियुक्तिपत्रको प्रतिलिपि समेत संलग्न गर्नुपर्नेछ ।
(३) एउटा बाटो इजाजतपत्र प्रयोग गरिरहेको सवारीको धनी वा व्यवस्थापकले सो बाटोमा सवारी नचलाई अर्को बाटोमा सवारी चलाउने भएमा त्यसरी सवारी चलाउने बाटो इजाजतपत्र लिनको लागि साविकको बाटो इजाजतपत्र दिने कार्यालयले दिएको सहमतिपत्र समेत संलग्न गर्नुपर्नेछ ।

३१. बाटो परिवर्तनः (१) ऐनको दफा ७७ बमोजिम दिइएको बाटो इजाजतपत्रमा उल्लिखित बाटो बाहेक अन्य बाटो प्रयोग गर्न चाहेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले ऐनको दफा ७९ बमोजिम अन्य बाटो प्रयोग गर्नको लागि अनुसूची–३ बमोजिमको दस्तुर
सहित त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३३ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्त परेमा कार्यालयले ऐनको दफा ७९ बमोजिम नयाँ बाटो इजाजतपत्र दिनु पर्नेछ ।

३२. पटके बाटो इजाजतपत्रः (१) ऐनको दफा ८१ बमोजिम पटके बाटो इजाजतपत्र लिन चाहने सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त परेमा कार्यालयले जाँचवुझ गरी ऐनको दफा ८१ बमोजिमको अवधिका लागि अनुसूची–३५ बमोजिमको ढाँचामा पटके बाटो इजाजतपत्र दिनु पर्नेछ ।

३२क. यात्रीवाहक सवारीको आकार र स्तर तोक्न सक्नेः ऐनको दफा ७४ बमोजिम निर्धारण गरेको बाटोमध्ये बाटो इजाजतपत्रको लागि यात्रीवाहक सवारीको आकार र स्तर भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।

३३. मध्यम र लामो बाटोमा यातायात सेवा प्रदान गर्ने सार्वजनिक सवारीको स्तरः ऐनको दफा ८२ बमोजिम मध्यम र लामो बाटोमा यातायात सेवा सञ्चालन गर्ने सार्वजनिक सवारीको स्तर नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिए बमोजिम हुनेछ ।

३४. बाटो इजाजतपत्रको नवीकरणः (१) ऐनको दफा ८३ बमोजिम बाटो इजाजतपत्रको नवीकरणको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३६ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी बाटो इजाजतपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही बाटो इजाजतपत्र नविकरण
गरी दिनु पर्नेछ ।

 

३५. बाटो इजाजतपत्र स्थगितः (१) ऐनको दफा ७७, ७९, ८० र ८३ बमोजिम दिइएको बाटो इजाजतपत्रमा उल्लिखित अवधि समाप्त हुनु अगावै बाटो इजाजतपत्र प्राप्त सवारीको धनी वा व्यवस्थापकले सवारी चल्न नसक्ने कारण देखाई बाटो इजाजतपत्र स्थगित गर्नको लागि ऐनको दफा ८६ बमोजिम त्यस्तो बाटो इजाजतपत्र दिने कार्यालयमा अनुसूची–३७ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी ऐनको दफा ८६ बमोजिम बाटो इजाजतपत्र स्थगित गरी दिनेछ ।
(३) उपनियम (२) मा लेखिएदेखि बाहेक कुनै सवारीको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम सवारी धनी वा व्यवस्थापकले कार्यालयबाट माग भए बमोजिमका कागजातहरू पेश गर्नु पर्नेछ । त्यसरी माग भएका कागजात पेश गर्न नसकेमा वा पेश गरेता पनि त्यस्तो कागजात शंकास्पद देखिएमा त्यस्तो सवारीको सम्बन्धमा ऐन तथा यस नियमावली बमोजिम दिइएको बाटो इजाजतपत्र स्थगित गर्न सक्नेछ ।

३५क. बाटो इजाजतपत्र निलम्बनः देहायको कार्य गरेमा अधिकार प्राप्त अधिकारीले त्यस्तो सवारीको बाटो इजाजतपत्र बढीमा छ महिनाको लागि निलम्बन गर्न सक्नेछः–
(क) ऐनको दफा १०२ विपरीत हुनेगरी यात्रीवाहक सार्वजनिक सवारी चलाएमा,
(ख) यात्रीवाहक सवारीले मालसामान (यात्रीको झिटीगुन्टा बाहेक) बोकेमा र मालवाहक सवारी साधनले यात्रु बोकेमा,
(ग) यात्रीवाहक सार्वजनिक सवारीले ऐनको दफा १०४ विपरीत यातयात सेवा सञ्चालन गरेमा,
(घ) सार्वजनिक सवारीले ऐनको दफा ७५ बमोजिम बाटो इजाजतपत्र नलिई यातायात सेवा सञ्चालन गरेमा,
(ङ) यात्रीवाहक सवारीले यो नियम लागू भएको तीस दिनभित्र सवारीको छतमा सामान राख्ने क्यारियर नहटाएमा ।

३६. बाटो इजाजतपत्रको नामसारीः ऐन तथा यस नियमावली बमोजिम बाटो इजाजतपत्र प्राप्त गरेको कुनै सवारीको धनी वा व्यवस्थापकले सवारी बिक्री वा अन्य कुनै व्यहोराबाट सो सवारीको नामसारी गराएमा त्यस्तो बाटो इजाजतपत्र प्राप्त सवारीको नयाँ धनी वा व्यवस्थापकले उक्त बाटो इजाजतपत्र प्रयोग गर्न चाहेमा बाटो इजाजतपत्रको नामसारीको लागि निवेदन दिएमा सम्बन्धित कार्यालयले त्यस्तो बाटो इजाजतपत्र नामसारी गरिदिनु पर्नेछ ।

३७. बाटो इजाजतपत्र दर्ता किताबः ऐन तथा यस नियमावली बमोजिम दिइएको बाटो इजाजतपत्र बाटो परिवर्तन गरिएको इजाजतपत्र, पटके बाटो इजाजतपत्र, बाटो इजाजत नवीकरण, बाटो इजाजतपत्र स्थगित तथा बाटो इजाजतपत्र नामसारीको लगत अनुसूची– ३८ बमोजिमको बाटो इजाजत दर्ता किताबमा अद्यावधिक रूपमा राख्नु पर्नेछ ।

३८. बाटो इजाजतपत्रको प्रतिलिपि दिनेः (१) ऐनको दफा ८८ बमोजिमको कारण परी बाटो इजाजतपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–३९ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले ऐनको दफा ८८ बमोजिम आवश्यक जाँचबुझ गरी दरखास्तवालालाई बाटो इजाजतपत्रको प्रतिलिपि दिई त्यस्को सूचना सम्बन्धित प्रहरी कार्यालयलाई दिनु पर्नेछ ।

३९. जाँचपास प्रमाणपत्रको लागि दरखास्तः (१) ऐनको दफा ९० बमोजिम सवारी जाँचपास प्रमाणपत्र लिन चाहने व्यवस्थापक वा सवारी धनीले सवारी सञ्चालन गर्नु अगाडी ऐनको दफा ९० बमोजिम जाँचपासको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–४० बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा कार्यालयले सम्बन्धित प्राविधिक मार्फत अनुसूची–४१ बमोजिमको ढाँचाको जाँचपास विवरण फाराम बमोजिम सम्बन्धित सवारीको आवश्यक जाँचबुझ गर्न लगाइ जाँचपास विवरण फाराम बमोजिमको व्यहोरा ठीक देखिन आएमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४२ बमोजिमको ढाँचामा जाँचपास प्रमाणपत्र
दिनुपर्नेछ ।
(३) उपनियम (२) बमोजिम दिइएको जाँचपास प्रमाणपत्रको म्याद बहाल रहेकै अवस्थामा कुनै सवारी अधिकार प्राप्त अधिकारी, यातायत निरीक्षक वा सम्बन्धित ट्राफिक प्रहरीले जाँच गर्दा ठीक अवस्थामा रहेको नदेखिएमा उक्त सवारीको आवश्यक मर्मत संभारको लागि पन्ध्र दिनको म्याद दिन सक्नेछ र सो म्याद भित्र सवारीको मर्मत संभार गर्न नभ्याएमा थप पन्ध्र दिनको म्याद दिन सक्नेछ र सो म्याद भित्र मर्मत संभार गराउनु सम्बन्धित सवारीको धनी र व्यवस्थापकको कर्तव्य हुनेछ ।
(४) उपनियम (३) बमोजिम दिइएको म्याद भित्र आवश्यक मर्मत संभार नगरी त्यस्तो सवारी चलाउन हुँदैन ।

४०. पुनः जाँचपास गर्नुपर्नेः (१) ऐनको दफा ९१ बमोजिम दिइएको जाँचपास प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त भएपछि पुनः जाँचपासको लागि सवारी धनी वा व्यवस्थापकले ऐनको दफा ९२ बमोजिम त्यस्तो जाँचपास प्रमाणपत्र दिने कार्यालयमा अनुसूची–४३
बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पुनः जाँचपासको लागि दरखास्त पर्न आएमा कार्यालयले नियम ३९ को उपनियम (२) बमोजिम आवश्यक जाँचबुझ गर्न लगाइ ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही पुनः जाँचपास प्रमाणपत्र दिनु पर्नेछ ।

४१. जाँचपास प्रमाणपत्र स्थगितः (१) ऐनको दफा ९१ र ९२ बमोजिम दिइएको जाँचपास प्रमाणपत्रमा उल्लिखित अवधि समाप्त हुनु अगावै सम्बन्धित सवारीको धनी वा व्यवस्थापकले सवारी चल्न नसक्ने कारण देखाई जाँचपास प्रमाणपत्र स्थगित गर्नको लागि सम्बन्धित कार्यालयमा अनुसूची–४४ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम जाँचपास प्रमाणपत्र स्थगित गर्नको लागि दरखास्त पर्न आएमा कार्यालयले आवश्यक जाँचबुझ गरी जाँचपास प्रमाणपत्र स्थगित गर्न उपयुक्त देखेमा स्थगित गरिदिनेछ ।

४२. जाँचपास प्रमाणपत्रको प्रतिलिपिः (१) जाँचपास प्रमाणपत्रको प्रतिलिपि आवश्यक परेमा सम्बन्धित सवारी धनी वा व्यवस्थापकले जाँचपास प्रमाणपत्रको प्रतिलिपिको लागि अनुसूची–३ बमोजिमको दस्तुर सहित सम्बन्धित कार्यालयमा अनुसूची–४५ बमोजिमको
ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा कार्यालयले आवश्यक जाँचबुझ गरी दरखास्तवालाको माग बमोजिम जाँचपास प्रमाणपत्रको प्रतिलिपि दिन आवश्यक देखेमा जाँचपास प्रमाणपत्रको प्रतिलिपि दिनेछ ।

४३. जाँचपास किताबः ऐनको दफा ९१ र ९२ तथा नियम ३९, ४० र ४१ बमोजिम जाँचपास प्रमाणपत्र दिइएको, पुनः जाँचपास गरिएको र जाँचपास स्थगित गरिएको व्यहोरा अद्यावधिक रूपमा राख्न कार्यालयले अनुसूची–४६ बमोजिमको ढाँचामा जाँचपास किताब तयार गरी राख्नु पर्नेछ ।

४४. यातायात सेवाको नाम पञ्जिकृत गर्नेः (१) ऐनको दफा ९३ बमोजिम यातायात सेवाको नाम पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्न चाहने सवारी धनी वा व्यवस्थापकले देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–४७ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछः–
(क) प्रोपाईटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको प्रमाणपत्र,
(ख) सञ्चालन गर्न खोजेको यातायत सेवा अन्र्तगत रहेका सवारीको दर्ताको प्रमाणपत्र,
(ग) सञ्चालन गर्न खोजेको यातायात सेवा यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको दर्ता प्रमाणपत्र, आयकर
दर्ता प्रमाणपत्र र कर फछ्र्यौट प्रमाणपत्र,
(घ) सञ्चालन गर्न खोजेको यातायात सेवाको प्रबन्धपत्र र नियमावली,
(ङ) सञ्चालन गर्न खोजेको यातायात सेवा अन्र्तगत काम गर्ने चालक, परिचालकलाई दिइएको अनुसूची–६२ बमोजिमको
नियुक्तिको प्रतिलिपि र अन्य कर्मचारीहरूको विवरण ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गर्दा त्यस्तो यातायात सेवाको नाम पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्न दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४८ बमोजिमको ढाँचामा यातायात सेवा पञ्जिकृत किताबमा पञ्जिकृत गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।

४५. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नवीकरणः (१) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रमा उल्लिखित अवधि समाप्त भएपछि त्यस्तो अनुमतिपत्र नवीकरणको लागि सवारी धनी वा व्यवस्थापकले अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–४९ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको नवीकरणको लागि पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गर्न उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र नवीकरण गरी दिनेछ ।
(३) उपनियम (२) बमोजिम यातायात सेवा सञ्चालन गर्न अनुमतिपत्र नवीकरण गरिएको व्यहोरा अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा समेत जनाउनु पर्नेछ ।

४६. यातायात सेवा सञ्चालन अनुमतिपत्र स्थगित गर्नेः (१) यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त सवारीको धनी वा व्यवस्थापकले यातायात सेवा सञ्चालन गर्न नसक्ने भएमा सो को कारण सहित यातायात सेवा स्थगित गर्ने स्वीकृतिको लागि अनुसूची–५० बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र स्थगित गर्न उपयुक्त देखेमा अनुसूची–५१ बमोजिमको ढाँचामा यातायात सेवा सञ्चालन स्थगित गर्ने अनुमति
दिनेछ ।
(३) उपनियम (२) बमोजिम यातायात सेवा स्थगित गर्न अनुमतिपत्र दिइएको व्यहोरा अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा समेत जनाउनु पर्नेछ ।
(४) उपनियम (२) बमोजिम स्थगित भएको यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रमा उल्लिखित अवधि भित्र सम्बन्धित सवारी धनी वा व्यवस्थापकले स्थगित भएको यातायात सेवा पुनः सञ्चालन गर्ने अनुमतिको लागि नियम ४५ मा उल्लिखित कागजातहरू संलग्न गरी विभागमा अनुसूची–५२ बमोजिमको ढाँचामा दरखास्त दिन सक्नेछ ।
(५) उपनियम (४) बमोजिम यातायात सेवा पुनः सञ्चालन गर्नको लागि पर्न आएको दरखास्तको सम्बन्धमा विभागले आवश्यक जाँचबुझ गरी त्यस्तो यातायात सेवा पुनः सञ्चालन गर्न उपयुक्त देखिएमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–४८ बमोजिमको यातायात सेवा पञ्जिकृत किताबमा सोही व्यहोरा जनाई अनुसूची–५३ बमोजिमको ढाँचामा यातायात सेवा पुनः सञ्चालन अनुमतिपत्र दिनेछ ।

४७. यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्रको नामसारीः यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र प्राप्त गरेको कुनै सवारीको धनी वा व्यवस्थापकले आफ्नो सवारी अरू कसैलाई बिक्री गरी वा अन्य कुनै व्यहोराबाट नामसारी गरि दिएमा सवारीको नयाँ धनी वा व्यवस्थापकले साविकको सवारी धनी वा व्यवस्थापकले प्रयोग गरी आएको यातायात सेवा सञ्चालन गर्ने अनुमतिपत्र आफ्नो नाममा नामसारी गर्नको लागि नियम ४५ को उपनियम (१) बमोजिमको कागजात संलग्न गरी अनुसूची–५४ बमोजिमको ढाँचामा विभाग समक्ष दरखास्त दिएमा विभागले त्यस्तो अनुमतिपत्रको नामसारी गरिदिनेछ ।

४८. यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रः  सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको यात्री टिकट बिक्री गर्ने व्यक्तिले लगाउने परिचयपत्रको ढाँचा अनुसूची–५५ बमोजिम हुनेछ ।

४९. यात्री टिकटको ढाँचाः सार्वजनिक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको यात्री टिकटको ढाँचा अनुसूची–५६ बमोजिम हुनेछ ।

५०. मालसामान ढुवानीको बिलः मालबाहक सवारी सञ्चालन गर्ने पञ्जिकृत यातायात सेवाको कर्मचारीले मालवस्तुको ओसार पसार गरे बापत सम्बन्धित मालधनीबाट भाडा बुझिलिई अनुसूची–५७ बमोजिमको ढाँचामा बिल दिनु पर्नेछ ।

५१. यात्री सूचीः (१) लामो र मध्यम दूरीमा सञ्चालन गरिने पञ्जिकृत यातायात सेवाको व्यवस्थापक वा सवारी धनीले ऐनको दफा १०० बमोजिम तयार गर्नु पर्ने यात्री सूचीको ढाँचा अनुसूची–५८ बमोजिम हुनेछ ।
(२) उपनियम (१) बमोजिमको ढाँचामा तयार गरिने यात्री सूचीमा सवारी प्रस्थान गर्दा सवारीमा रहेका यात्रीको अतिरिक्त बीचमा सवारीमा चढ्ने नयाँ यात्रीको नाम समेत समावेश गरी त्यस्तो यात्री सूचीको एक प्रति बीच बाटोमा रहेका प्रहरी कार्यालय तथा चेक पोष्टलाई समेत दिनु पर्नेछ ।

परिच्छेद – ७ बीमा सम्बन्धी व्यवस्था

५२. यातायात सेवामा काम गर्ने कर्मचारीको बीमा : (१) यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले ऐनको दफा १४९ बमोजिम दुर्घटना बीमा गराउँदा सो यातायात सेवामा संलग्न सवारी चालक, परिचालक, चेकर, हेल्पर, सुरक्षाकर्मी वा अन्य कर्मचारीको सवारी दुर्घटनाको कारणबाट हुने मृत्यु, अङ्गभङ्ग तथा उपचार वापत यस नियममा उल्लेख भए बमोजिमको रकमको बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा मृत्युको लागि पाँचलाख रुपैयाँको बीमा गराउनु पर्नेछ ।
(३) यातायात सेवामा संलग्न कुनै सवारी साधन दुर्घटना भई उपनियम (१) मा उल्लिखित कुनै व्यक्तिको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्परा अनुसारको काज किरिया खर्च वापत निजको हकवालालाई
दोस्रो संशोधनद्वारा संशोधित ।
तत्काल पच्चीस हजार रुपैयाँ उपब्ध गराउनु पर्नेछ र सो रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको
बीमा गराउनु पर्नेछ :

(५) उपनियम (१) बमोजिम बीमा गराउँदा घाउचोटको उपचार खर्च, बिरामी कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।

५३. यात्री बीमा : (१) यातायात्र सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले ऐनको दफा १५० बमोजिम यात्रीको दुर्घटना बीमा गराउँदा यात्रुवाहक सवारी साधनको हकमा सो सवारी साधनको सीट संख्या बराबर र मालवाहक सवारी साधनको हकमा सो सवारी साधनको ब्ल्यू बुकमा उल्लेख भए बमोजिमको सीट संख्या बराबरको संख्यामा यात्रीको मृत्यु, अङ्गभङ्ग तथा उपचार खर्च वापत बीमा गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा सवारी दुर्घटनाबाट हुने मृत्युको लागि पाँच वर्षभन्दा बढी उमेर भएका प्रत्येक यात्रीको लागि एकलाख रुपैयाँ, एक वर्षदेखि पाँच वर्षसम्मको प्रत्येक यात्रीको लागि पचास हजार रुपैयाँ र एक वर्षभन्दा कम उमेरको
यात्रीको लागि पच्चीस हजार रुपैयाँको बीमा गराउनु पर्नेछ ।
(३) यातायात सेवामा संलग्न कुनै सवारी साधन दुर्घटना भई यात्रीको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्पार अनुसारको काज किरिया खर्च वापत निजको हकवालालाई तत्काल पच्चीस हजार रुपैयाँ
उपलब्ध गराउनु पर्नेछ र सो रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछ :

(५) उपनियम (१) बमोजिम बीमा गराउँदा घाउचोटको उपचार खर्च, बिरामी कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।
(६) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि सवारी साधनमा रहेको सीट संख्याभन्दा बढी संख्यामा यात्री सवार गराउने कुनै सवारी साधन दुर्घटना भई सीट बिना यात्रा गर्ने यात्रीको मृत्यु वा अङ्गभङ्ग भएमा वा त्यस्ता यात्री घाइते भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले यस नियममा उल्लिखत बीमा रकम बराबरको रकम मृतकको हकवाला वा अङ्गभङ्ग भएको व्यक्ति वा घाइतेलाई क्षतिपूर्ति
वापत दिनु पर्नेछ ।
५४. यात्री गुण्टाको बीमा : यात्री गुण्टाको बीमा रकम नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ ।
५५. तेस्रो पक्षको बीमा : (१) सवारी दुर्घटनाबाट हुने तेस्रो पक्षको मृत्यु, अङ्गभङ्ग, घाउचोट वा सम्पत्तिको नोक्सानी वापत क्षतिपूर्ति दिने प्रयोजनको लाग सवारी धनी वा
व्यवस्थापकले मृत्यु, अङ्गभङ्ग, घाउचोटको लागि न्यूनतम पचास लाख रुपैयाँ र सम्पत्ति हानी नोक्सानीको लागि न्यूनतम पचास लाख रुपैयाँ रकमको बीमा गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम बीमा गराउँदा प्रत्येक तेस्रो पक्षको मृत्युको लागि सो उपनियममा उल्लिखित रकमको अधीनमा रही पाँच लाख रुपैयाँ उपलब्ध हुने गरी बीमा गराउनु पर्नेछ ।
(३) कुनै सवारी साधन दुर्घटना भई तेस्रो पक्षको मृत्यु भएमा त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले प्रत्येक मृतकको परम्परा अनुसारको काज किरिया खर्च वापत निजको हकवालाई तत्काल पच्चीस हजार रुपैयाँ उपलब्ध गराउनु पर्नेछ र सो
रकम त्यस्तो धनी वा व्यवस्थापकले उपनियम (२) बमोजिमको बीमा रकमबाट सोधभर्ना लिन सक्नेछ ।
(४) उपनियम (१) बमोजिम बीमा गराउँदा अङ्गभङ्ग वापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछ :

कुरुवा खर्च र विविध खर्च बापत देहाय बमोजिमको बीमा गराउनु पर्नेछः–
(क) एक लाख रुपैयाँसम्मको वास्तविक उपचार खर्च,
(ख) अस्पताल भर्ना भएको अवधिको लागि प्रति दिनको पाँच सय रुपैयाँका दरले बढीमा तीस दिनसम्मको लागि कुरुवा खर्च र
विविध खर्च ।
. बीमाको प्रमाणपत्र र बीमालेख : सवारी साधनको धनी वा व्यवस्थापकले यस परिच्छेद बमोजिम गराएको बीमाको प्रमाणपत्र र बीमालेख सम्बन्धित सवारी साधनमा अनिवार्य रूपमा राख्न लगाउनु पर्नेछ ।
५५ख. बीमाको प्रमाणपत्र र बीमालेखको दाखिला : कुनै सवारी दुर्घटना भएमा दुर्घटना हुने वित्तिकै त्यस्तो सवारी साधनको धनी वा व्यस्थापकले दुर्घटनास्थल रहेको जिल्लाको प्रमुख जिल्ला अधिकारी समक्ष बीमाको प्रमाणपत्र र बीमालेख बुझाउनु पर्नेछ ।
५५ग. बीमा रकम उपलब्ध गराउने अधिकारी र अवधि : नियम ५५ख. बमोजिम बीमाको प्रमाणपत्र र बीमालेख प्राप्त भएपछि प्रमुख जिल्ला अधिकारीले यस परिच्छेद बमोजिमको बीमाको रकम दुर्घटनाबाट मृत्यु भएको अवस्थामा दुर्घटना भएको एक्काइस दिनभित्र
मृतकको हकवालालाई र अन्य अवस्थामा तीन महिनाभित्र सम्बन्धित व्यक्तिलाई सम्बन्धित सवारी धनी वा व्यवस्थापकको रोहवरमा बिमकबाट उपलब्ध गराइदिनु पर्नेछ ।
५५घ. बीमा सम्बन्धमा सवारी धनी वा व्यवस्थापकको दायित्व : (१) यातायात सेवा सञ्चालन गर्ने कुनै सवारी धनी वा व्यवस्थापकले यस नियम बमोजिम बीमा गराएकोमा त्यस्तो बीमामा उल्लिखित रकमको दायित्वभन्दा बढी रकमको दायित्व निजले वहन गर्नुपर्ने छैन ।

(२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि त्यस्तो सवारी साधनको धनी वा व्यवस्थापकले यस नियममा उल्लिखित बीमा रकमभन्दा बढी बिमाङ्क रकम कायम गरी बीमा गर्न यो नियमले बाधा पु¥याएको मानिने छैन ।
५५ङ. यातायात संंस्था मार्फत बीमा गराउन सकिने : यातायात सेवा सञ्चालन गर्ने सवारी धनी वा व्यवस्थापकले यस परिच्छेद बमोजिमको बीमा गर्दा यातायात व्यवसायसँग सम्बन्धित संस्था मार्फत बीमा गराउन सक्नेछ ।

परिच्छेद – ८ प्रशिक्षण केन्द्र, कारखाना तथा वर्कसप सञ्चालन

५६. प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न अनुमति लिनु पर्ने : (१) सवारी चालक प्रशिक्षण केन्द्र, बस ट्रकको बडी निर्माण गर्ने कारखाना वा अटोमोवाईल वर्कसप सञ्चालन गर्न चाहने व्यक्ति, फर्म, कम्पनी वा संस्थाले त्यस्तो व्यवसाय सञ्चालन गर्ने
अनुमति लिन चाहेमा ऐनको दफा १ ५९ बमोजिम देहाय बमोजिमको कागजात तथा अनुसूची–३ बमोजिमको दस्तुर सहित विभाग समक्ष अनुसूची–५९ बमोजिमको ढाँचामा दरखास्त दिनु पर्नेछ :
(क) प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न चाहने प्रोपाईटर, साझेदार वा प्रथम सञ्चालकहरूको नागरिकताको
प्रमाणपत्र,
(ख) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप यस अघि अन्य कुनै नामबाट सञ्चालन भएको भए त्यसको
दर्ता प्रमाणपत्र, आयकर दर्ता प्रमाणपत्र र कर फछ्र्यौट प्रमाणपत्र,
(ग) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसपको प्रबन्धपत्र र नियमावली,
(घ) सञ्चालन गर्न खोजेको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप अन्तर्गत काम गर्ने कर्मचारी, परिचालक तथा अन्य
कामदारहरूको विवरण ।
(२) उपनियम (१) बमोजिम दरखास्त पर्न आएमा विभागले आवश्यक जाँचबुझ गर्दा त्यस्तो प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्न दिन उपयुक्त देखेमा ऐन तथा यस नियमावलीमा उल्लिखित अन्य व्यवस्थाहरूको अधीनमा रही अनुसूची–६० बमोजिमको दर्ता किताबमा दर्ता गरी अनुसूची–६१ बमोजिमको ढाँचामा प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्ने अनुमतिपत्र दिनेछ ।

५७. सेवाको वर्गीकरण : (१) नियम ५६ बमोजिम दर्ता भएको प्रशिक्षण केन्द्र, कारखाना वा वर्कसप सञ्चालन गर्ने फर्म, कम्पनी वा संस्थालाई पूँजी, प्रविधि, गुणस्तर जनशक्ति तथा अन्य कुराको आधारमा विभागले वर्गीकरण गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिम वर्गीकृत फर्म, कम्पनी वा संस्थाले पालना गर्नु पर्ने शर्त तथा कायम गर्नु पर्ने गुणस्तर कायम गरे नगरेको सम्बन्धमा विभागले आवश्यकता अनुसार समय समयमा निरीक्षण गर्न सक्नेछ ।

परिच्छेद – ९ यातायात सेवाको कर्मचारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा

५८. चालक तथा परिचालकको काम र कर्तव्य : यातायात सेवामा काम गर्ने चालक तथा
परिचालकको काम र कर्तव्य देहाय बमोजिम हुनेछ :क) चालकको काम र कर्तव्य :
(१) आफ्नो जिम्मामा रहेको सवारी हिफाजत साथ चलाउने,
(२) सवारी सञ्चालन सम्बन्धमा सवारी धनी वा व्यवस्थापकले दिएको आदेश तथा निर्देशन ईमान्दारीपूवक पालन गर्ने,
(३) आफूले चलाएको सवारीको धनी वा व्यवस्थापकको स्वीकृति विना त्यस्तो सवारी अरू कसैलाई चलाउन नदिने,
(४) सवारी चलाउँदाको अवस्थामा चालकले गर्न नहुने भनी निषेध गरेका कार्यहरू नगर्ने,
(५) आफू सेवारत रहेको सवारीका परिचालकहरूलाई सवारी चलाउँदाको
क्रममा आवश्यकता अनुसारको काम कर्तव्यको पालन गर्न लगाउने,
(६) सवारी चलाउँदा हुन सक्ने सम्भावित दुर्घटना, सवारीको यान्त्रिक स्थिति, सडकको अवस्था ट्राफिक संकेत आदि नभएको कारणबाट सवारी आवागमनमा कठिनाई उत्पन्न भए त्यस सम्बन्धमा सम्बन्धित सवारी धनी वा व्यवस्थापक, विभाग वा कार्यालयमा सो को जानकारी दिने ।
(ख) परिचालकको काम र कर्तव्य :
(१) यात्रीहरूसँग शिष्ट व्यवहार गर्ने,
(२) यात्रीहरूको सरसामानको सुरक्षाको लागि उचित प्रबन्ध गर्ने र कुनै यात्रीले सरसामान तथा माल वस्तु सवारीमा छोडि गएमा त्यस्तो
सरसामान तथा माल वस्तुको धनी फेला परेमा निजलाई र फेला नपरेमा नजिकको प्रहरी वा आफू कार्यरत यातायात सेवाको जिम्मेवार
व्यक्तिको जिम्मामा दिने,
(३) महिला, बृद्ध, बालक तथा अन्य अशक्त व्यक्तिहरूलाई यात्रा अवधिमा सम्भव भएसम्मको सुविधाको बन्दोवस्त गर्ने,
(४) प्रचलित कानून तथा सुरक्षाको दृष्टिकोणले निषेधित वस्तु सवारीमा राखेको थाहा हुन आएमा प्रहरीलाई सूचना दिने,
(५) सवारी निर्माता कम्पनीले निर्धारण गरेको सवारीको वजनको हदको सीमा नाघ्ने गरी सवारीमा माल वस्तु तथा सरसामानहरू राख्न नदिने,
(६) सवारीको पार्किङ्ग स्थलमा यात्री ओराल्ने र चढाउने कार्यमा आवश्यक सहयोग गर्ने,
(७) सवारी चलाउँदाको अवस्थामा हुन सक्ने सम्भावित दुर्घटना प्रति यात्री तथा चालकलाई समयमै सचेत गराउने र सवारीको यान्त्रिक स्थिति
ठीक नभएमा सो को जानकारी व्यवस्थापक र सम्बन्धित कार्यालयलाई दिने,
(८) सडकको अवस्था तथा ट्राफिक संकेत नभएको कारणबाट सवारी आवागमनमा कठिनाई भए सो को जानकारी विभागलाई दिने ।
(९) सवारी चलाउँदाको अवस्थामा चालकलाई आवश्यक सहयोग पु¥याउने,
(१०) आफू परिचालक रहेको सवारीको सुरक्षा र हिफाजत गर्ने तथा नोक्सानी हुन नदिने,
(११) आफू सेवारत रहेको सवारी धनी वा व्यवस्थापकले दिएको सवारी सञ्चालन सम्बन्धी आदेशको पालना गर्ने ।
५९. यातायात सेवामा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा : ऐनको दफा ९३ तथा नियम ४४ बमोजिम पञ्जीकृत भएका यातायात सेवामा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक, सेवाका शर्त र सुविधा सम्बन्धी व्यवस्था श्रम ऐन, २०४८ र
श्रम नियमावली, २०५० बमोजिम हुनेछ ।