परिच्छेद – २१ रोजगारी अन्त्य सम्बन्धी व्यवस्था

परिच्छेद – २१ रोजगारी अन्त्य सम्बन्धी व्यवस्था

१३९.रोजगारीको सुरक्षाः(१) यो ऐन तथा यस ऐन अन्र्तगत बनेको नियम वा विनियमावली बमोजिम बाहेक अन्य अवस्थामा कुनै पनि श्रमिकको रोजगारी अन्त्य गरिने छैन ।

(२ )रोजगारी अन्त्य गर्दा उचित र पर्याप्त कारण खुलाउनु पर्नेछ ।
१४०.समयगत वा कार्यगत रोजगारीमा रहेको श्रमिकको रोजगारी अन्त्य हुने देहायका अवस्थामा समयगत वा कार्यगत रोजगारीमा रहेको श्रमिकको रोजगारी अन्त्य हुनेछ :–

(क)समयगत रोजगारीमा रहेको श्रमिकको हकमा रोजगार सम्झौतामा उल्लिखितसमय समाप्त भएपछि,तर परियोजनामाआधारित रोजगारीमा रहेको भए सो समयावधि थप भएमा वा कामको प्रकृतिको आधारमा त्यस्तो काम
सम्पन्न गर्ने अवधि थप भएमा सो अवधिसम्म रोजगारी अन्त्य हुने छैन ।

(ख)कार्यगत रोजगारीमा रहेको श्रमिकको हकमा रोजगार सम्झौतामा उल्लिखित काम सम्पन्न भएपछि, वातर परियोजनामा आधारित रोजगारीमा रहेको भए सो कार्य थप भएमा वा कामको प्रकृतिको आधारमा त्यस्तो काम थप भएमा सो काम रहेसम्म रोजगारी अन्त्य हुने छैन ।

(ग)आकस्मिक रोजगारीमा रहेको श्रमिकको हकमा राेजगारदाता वा श्रमिकको स्वेच्छाले ।

१४१.स्वेच्छाले रोजगारी अन्त्य गर्न सकिनेः (१) श्रमिकले रोजगारदाता समक्ष लिखित राजीनामा दिई रोजगारी अन्त्य गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम श्रमिकले दिएको राजीनामा रोजगारदाताले पन्ध्र दिनभित्र स्वीकृत गर्नु पर्नेछ र सोको जानकारी सम्बन्धित श्रमिकलाई दिनु पर्नेछ ।

(३) रोजगारदाताले उपदफा (२) बमोजिमको म्यादभित्र राजीनामा स्वीकृत नगरेमा सो म्याद समाप्त भएको भोलिपल्टदेखि त्यस्तो राजीनामा स्वतः स्वीकृत भएको मानिनेछ ।(४) यस दफामा अन्यत्र

१४१.स्वेच्छाले रोजगारी अन्त्य गर्न सकिनेः (१) श्रमिकले रोजगारदाता समक्ष लिखित राजीनामा दिई रोजगारी अन्त्य गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम श्रमिकले दिएको राजीनामा रोजगारदाताले पन्ध्र दिनभित्र स्वीकृत गर्नु पर्नेछ र सोको जानकारी सम्बन्धित श्रमिकलाई दिनु पर्नेछ ।

(३) रोजगारदाताले उपदफा (२) बमोजिमको म्यादभित्र राजीनामा स्वीकृत नगरेमा सो म्याद समाप्त भएको भोलिपल्टदेखि त्यस्तो राजीनामा स्वतः स्वीकृत भएको मानिनेछ ।

(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि श्रमिकले दिएको राजीनामा रोजगारदाता र श्रमिकको आपसी सहमतिमा रद्द गर्न सकिनेछ।(५) राजीनामा स्वीकृत भइर्जुनसुकै कुरा लेखिएको भए
तापनि श्रमिकले दिएको राजीनामा रोजगारदाता र श्रमिकको आपसी सहमतिमा रद्द गर्न सकिनेछ।

(५) राजीनामा स्वीकृत भइर्लागू भएको दिन पश्चात पनि श्रमिक सोही प्रतिष्ठानमा कार्यरत रही रहेमा निजको राजीनामा रद्द भएको मानिनेछ ।

१४२.कार्यक्षमताको अभाव भएमा रोजगारीको अन्त्यगर्न सकिनेः(१) यो ऐन वायस ऐन अन्तगर्त बनेको नियमतथा विनियमावलीमा व्यवस्था भए बमोजिम कुनै श्रमिकको कार्यसम्पादन मूल्याङ्कन गदर् लगातार तीन पटक वा सोभन्दा बढीनिजको कार्यक्षमता सन्तोषजनक नभएमा वा न्यूनस्तरको पाइएमा रोजगारदाताले त्यस्तो श्रमिकको रोजगारी अन्त्य गर्न सक्नेछ ।

(२)उपदफा (१) बमोजिम रोजगारीअन्त्य गर्नुभन्दा अगाडि यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम तथा विनियमावलीमा उल्लेख भए बमोजिम कार्यसम्पादनमूल्याङ्कन गरिएको हुनु पर्नेछ ।

(३)दश जना वा सो भन्दा बढीश्रमिक कार्यरत प्रतिष्ठानको रोजगारदाताले यस दफा बमोजिम रोजगारी अन्त्य गर्नु अगाडि श्रमिकलाई सफाईपेश गर्न कम्तीमा सात दिनको समय दिनु पर्नेछ ।

१४३.स्वास्थ्यको कारणले रोजगारी अन्त्यगर्न सकिनेः (१) कुनै श्रमिक शारीिरक वा मानसिक रुपले अशक्तवा अङ्गभङ्ग वा घाइते भई काम गर्न नसक्ने भएमा वास्वास्थोपचारको लागि लामो समय लाग्ने भई काममा असर पर्ने भएमा चिकित्सकको सिफारिसका आधारमा रोजगारदाताले त्यस्तो श्रमिकको रोजगारीे अन्त्य गर्न सक्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि रोजगारदाताले तोकेको कार्यसम्पादन गर्ने सिलसिलामा कुनै दुर्घटना भई वा व्यवसायजन्य रोगको कारण अस्पतालमा बसी उपचार गराएकोमा उपचार गराउँदाको अवधिभर र घरमा बसी उपचार गराएकोमा उपचार शुरु भएको मितिले एक वर्षसम्म त्यस्तो श्रमिकको रोजगारी अन्त्य गर्न सकिने छैनर त्यस्तोे अवधिको रोजगारदाताले पूरा पारिश्रमिकदिनु पर्नेछ । तर सामाजिक सुरक्षा कोषबाट उपचार अवधिको पारिश्रमिक सुविधापाउने भएमा यस उपदफा बमोजिम रोजगारदाताले पारिश्रमिक दिनु पर्ने छैन ।

(३)उपदफा (२) मा उल्लिखित अवस्था मा बाहेक स्वास्थ्यको कारणले उपचार गर्न प्रतिष्ठानको काममा उपस्थित हुन नसक्ने श्रमिकको हकमाछ महिनासम्म रोजगारी अन्त्य गर्न सकिने छैन ।तर चिकित्सकले काममा फर्कन सक्दैन भन्ने स्पष्ट सिफारिस गरेमा सोभन्दा अगावै सेवाबाट हटाउन यस उपदफाले बाधा पुयाएको मानिने छैन । (४) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भएतापनि शारीिरक रुपले अशक्त भएको वा अङ्गभङ्ग वा घाइते श्रमिकलाई निजको स्वास्थ्य अवस्था अनुसारको कुनै काममा लगाउन सकिने अवस्था भएमा रोजगारदाताले त्यस्तो श्रमिकलाई काममा लगाउनु पर्नेछ ।

१४४.सूचना दिनु पर्नेः (१) खराब आचरणमा कारबाही भई रोजगारी अन्त्य भएकोमा बाहेक अन्य अवस्थामा रोजगार सम्बन्ध अन्त्य गर्नु
अघि रोजगारदाता वा श्रमिकले एक अर्कोलाई देहाय बमोजिम सूचना दिनुपर्नेछ :–(क)चार हप्तासम्मको रोजगारीको हकमा
कम्तीमाएक दिन अगावै ,

(ख)चार हप्तादेखि एक वर्षसम्मको रोजगारीको हकमा कम्तीमा सात दिनअगावै, र(ग)एकवर्षभन्दा बढी अवधिको रोजगारीको हकमा कम्तीमा तीस दिन अगावै ।

(२) रोजगारदाताले उपदफा (१) बमोजिमको सूचना नदिई रोजगारी अन्त्य गरेमा त्यसरी सूचना दिनु पर्ने अवधिको पारिश्रमिक सम्बन्धित श्रमिकलाई दिनु पर्नेेछ ।(३) श्रमिकले उपदफा (१) बमोजिम रोगारदातालाई सूचना नदिई रोजगारी अन्त्य गरेमा त्यसरी सूचना दिनु पर्ने अवधिको पारिश्रमिक बराबरको रकम रोजगारदाताले सम्बन्धित श्रमिकले पाउने पारिश्रमिकबाट कट्टा गर्न सक्नेछ ।

१४५.श्रमिक कटौती गर्न सक्नेः (१) प्रतिष्ठान सञ्चालनमा आर्थिक समस्या उत्पन्न भएमा वा एक भन्दा बढी प्रतिष्ठानहरु गाभिएको
कारण श्रमिक सङ्ख्या बढीभएमा वा अन्य कुनै कारणले प्रतिष्ठान आंशिक वा पूर्णरुपमा बन्द गर्नु पर्ने भएमा रोजगारदाताले श्रमिकको
सङ्ख्यामा कटौती गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम श्रमिकको सङ्ख्याकटौती गर्दा त्यसरी कटौती गर्ने मिितभन्दा कम्तीमा तीस दिन अगावै कटौती गर्नु पनर्े कारण, कटौती हुने सम्भावित मिति र कटौतीमा पर्ने सम्भावित श्रमिकको सङ्ख्या खुलाई रोजगारदाताले कार्यालय र प्रतिष्ठानस्तरको आधिकारिक टे«ड युनियन भएमा त्यस्तो युनियन र नभएमा प्रतिष्ठानमा क्रियाशील ट्रेड युनियन वा श्रम
सम्बन्धसमितिलाई सूचना दिनुपर्नेछ ।

(३) उपदफा (२) बमोजिम सूचना दिएपछि रोजगारदाताले सम्बन्धितयुनियन वा श्रम सम्बन्ध समितिसँग श्रमिक कटौतीको विकल्प र कटौती गरिने श्रमिक छनौट गने र्आधार तथा शर्तका विषयमा छलफल गर्नु पर्नेछ र छलफलमा सहमतिभए बमोजिम श्रमिक कटौती गर्न सकिनेछ ।

(४)ट्रेड युनियन वा श्रम सम्बन्ध समितिले उपदफा (३) बमोजिम छलफल गर्न नचाहेमा वा छलफल गर्र्दा सहमतिनभएमा रोजगारदाताले सोही कुराको जानकारी कायार्लयलाई दिई श्रमिकको सङ्ख्यामा कटौती गर्नसक्नेछ ।
५) यस दफा बमोजिम श्रमिकको सङ्ख्या कटौती गर्नु पर्दा सामान्यतयाः देहायको क्रमले गर्नु पर्नेछ :(क)विदेशी श्रिमक,(ख)खराब
आचरणमा तुलनात्मक रुपमा बढी सजाय पाएको श्रमिक,(ग)कार्य सम्पादन स्तर कमजोर रहेको श्रमिक,(घ)एकै किसिमको काममा कार्यरत श्रमिकहरु मध्ये त्यस्तो काममा सबैभन्दा पछि नियुक्त भएको श्रमिक ।तर सबैभन्दा पछि नियुक्त भएकालाई कटौती गर्नु पर्ने गरीतोकि एको क्रमअनुसार कटौती नगरी अगािड नियुक्त भएकालाइ र्कटौती गर्नु परेमा कारण खोली कटौती गर्न सकिनेछ।

(६) उपदफा (५) मा जुनसुकै कुरा लेखिएको भएतापनि ट्रेड युनियनसँगअन्यथा सहमित भएकोमा बाहेक सामूहिक सौदाबाजी समिति वा आधिकारिक टे«ड युनियनका पदाधिकारीलाई कटौतीगदार्प्राथमिकता क्रममा अन्तिममा कटौती गर्नु पर्नेछ ।

(७) श्रमिकको सङ्ख्याकटौती गर्दा रोजगारदाताले कम्तीमा एक वर्ष सेवा अवधि पूरा गर्ने श्रमिकलाई निजले सेवा गरेको प्रत्येक वर्षको निमित्त एक महिनाको आधारभूत पारिश्रमिकका दरले हिसाबगर्दा हुन आउने एकमुष्ट रकम क्षतिपूर्ति स्वरुप श्रिमकलाई दिनु पर्नेछ ।तर सेवा अवधि एक बर्षभन्दा कमभएमा दामासाहीले क्षतिपूर्ति पाउनेछ ।

(८) उपदफा (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि सामाजिक सुरक्षा सम्बन्धी कानून बमोजिमबेरोजगार भत्ता
पाउने श्रमिकले उपदफा (७)बमोजिमक्ष्।तिपूर्ति पाउने छैन ।

(९) कुनै प्रतिष्ठानले कानून बमोजिम नेपाल सरकार वा श्रम अदालतको आदेश बमोजिम प्रतिष्ठानको पूर्ण वा आंशिक भाग बन्द गर्नु परेमा वा विशेष आर्थिक क्षेत्रका प्रतिष्ठानले श्रमिकको सङ्ख्याकटौती गनुर्परेमा उपदफा(१), (२), (३) र (४) को व्यवस्था लागू हुने छैन ।(१०) यस दफामा अन्यत्र जुन सुकै कुरा लेखिएको भएता पनि दश जना वा सोभन्दा कम रमिक कार्यरत रहेको रोजगारदाताले श्रमिकको सङ्ख्या कटौती गर्दा यो दफामा उल्लिखित व्यवस्था लागू हुने छैन ।

१४६.पुनः सञ्चालन गर्न सक्ने :(१) कुनै कारणले श्रमिकको सङ्ख्यामा कटौती गरिएकोमा सो प्रतिष्ठान दुई वर्ष भित्र पुनः सञ्चालन भएमा वा थप श्रमिक आपूर्तिगर्नु पर्ने भएमा दफा १४५बमोजिम कटौतीमा परेका श्रमिकलाई रोजगारीमा प्राथमिकता दिनु पर्नेछ ।

(२)उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कटौतीमा परेको श्रमिकलाई तोकिए बमोजिम सूचना दिदा समेत उपस्थित नभएमा अन्य व्यक्तिलाई रोजगारीमा लगाउन सकिनेछ ।

(३) रोजगारदाताले सूचना नदिएमा वा रोजगारीमा नराखेमा पैँतीस दिनभित्र सम्बन्धितश्रमिकले श्रम अदालतमा निवेदन दिन सक्नेछ ।(४)यस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुने छ ।

१४७.अनिवार्य अवकाशःनियमित रोजगारीमा रहेको श्रमिकले अन्ठाउन्न वर्षको उमेर पूरा भएपछि रोजगारीबाट अनिवार्य अवकाश पाउनेछ ।
तर कुनै खास प्रकृतिकोकामको लागि अन्ठाउन्न वर्षभन्दा कम उमेरमा अनिवार्य अवकाश दिनु पर्ने भएमा परिषद्बाट तोकिए बमोजिम अनुमति लिइर्िवनियमावलीमा व्यवस्था गर्न सकिनेछ ।

१४८.सुविधा भुक्तानी गर्नु पनर्:(१) खराब आचरणको कारणले वा अन्य जुनसुकै तरिकाबाट रोजगारीअन्त्य हुँदा श्रमिकले पाउनु पर्ने पारिश्रमिक, सुविधा लगायत सम्पूर्ण रकम रोजगारी अन्त्य भएको पन्ध्र दिनभित्र रोजगारदाताले त्यस्तो श्रमिकलाई
भुक्तानी गर्नु पर्नेछ ।

(२) रोजगारदाताले सामाजिक सुरक्षा कोष, बीमावा अन्य निकायबाट श्रमिकले पाउने रकम वा सुविधा उपलब्ध गराउन आवश्यक सहयोग गर्नु पर्नेछ ।(३) उपदफा (१) बमोजिमको अवधि भित्र श्रमिकले पाउने पारिश्रमिक, सुविधा भुक्तानी नगरेमा वा उपदफा
(२) बमोजिमसहयोग नगरेमा त्यस्तो श्रमिकलाई रकम भुक्तानीनगरेसम्म सेवामा बहाल रहे सरह पारिश्रमिक भुक्तानी गर्नु पर्नेछ ।
(४) श्रमिकले पारिश्रमिक वा सुविधा लिन नआएमा रोजगारदाताले श्रमिकको खातामा सोझै भुक्तानी गर्न वा कार्यालयमा जम्मा गरिदिन सक्नेछ ।(५) उपदफा (४)बमोजिमको रकम जम्मा गर्ने र सोको भुक्तानी सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

१४९.श्रमिकले पहिलो प्राथमिकता पाउनेःप्रचलित अन्य कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि प्रतिष्ठान बन्द गर्दा वा खारेजी गर्दा श्रमिकलाई भुक्तानी गर्न बाँकी पारिश्रमिक वा अन्य सुविधा पहिलो प्राथमिकताकासाथ दिनु पर्नेछ । तर दामासाही ऐन लागू हुनेमा सोही बमोजिम हुनेछ ।
१५०.कार्य अनुभवका प्रमाणपत्र दिनुपर्नेःरोजगारीअन्त्य भएको श्रमिकले अनुभवको प्रमाणपत्र माग गरेमा रोजगारदाताले त्यस्तो श्रमिकको रोजगार अवधि तथा पदसमेत उल्लेख गरी कार्य अनुभवको प्रमाण पत्र दिनु पर्नेछ ।