४. समस्या तथा चुनौती

४. समस्या तथा चुनौती

४. समस्या तथा चुनौती

४.१ समस्या

जलवायु परिवर्तनबाट परिरहेका तथा पर्न सक्ने प्रभाव सम्बन्धी अध्ययन नेपालमा अत्यन्तै कम भएकोले कुन भौगोलिक क्षेत्रमा, के कुन प्रकारको, कति परिमाणमा कुन क्षेत्र (सेक्टर) मा प्रभाव परेको छ वैज्ञानिक मूल्याङ्कन गर्न अझै बाँकी छ । मानवीय तथा आर्थिक स्रोतको
न्यूनता एवम् उपयुक्त उपकरणको अभावले जलवायु प्रारूपीकरण  हिमालदेखि तराई मधेश क्षेत्रसम्मका जलस्रोत लगायतका प्राकृतिक स्रोतमा परेको र पर्न सक्ने प्रभाव एवम् आर्थिक क्रियाकलापका अन्य क्षेत्रमा परेको प्रभावको मूल्याङ्कन जस्ता कार्यहरू आशातित् रूपमा अगाडि बढ्न सकेका छैनन् । हिमगलन तथा हिमतालफुटने भयावह स्थितिको विस्तृत अध्ययन, सर्वेक्षण, अनुगमन हुन अझै बाँकी छ । जलवायु परिवर्तनको कारण कृषि, जलस्रोत, वन तथा जैविक विविधता, जनस्वास्थ्य, पर्यटन आदि क्षेत्रमा परेको प्रतिकूल प्रभावको विस्तृत लेखा–जोखा हुन अझै बाँकी छ । यसैगरी जलवायु परिवर्तन तथा त्यससंग सम्बद्ध प्रभावहरू हटाउने वा घटाउने एवम् अनुकूलनका लागि
उपयुक्त प्रविधि विकास तथा जोखिम एवम् प्रकोपसंग जुध्ने पूर्वतयारीका कार्यक्रमहरू समेत सञ्चालन हुन वाँकी छन् । समष्टिमा, जलवायु परिवर्तन सम्बन्धी महासन्धिको प्रावधान र पक्ष राष्ट्रहरूको सम्मेलनले गरेका निर्णयहरू लगायत अनुकूलन, प्रभाव न्यूनीकरण, आर्थिक
स्रोत, प्रविधि विकास एवम् हस्तान्तरण, क्षमता अभिबृद्धि, जलवायु समानुकूलन जस्ता अवयवहरूलाई समेटी जलवायु परिवर्तनका प्रभावलाई सम्बोधन गर्ने प्रभावकारी खाका निर्माण हुन नसक्नु आजको प्रमुख समस्या रहेको छ । विश्वव्यापी मुख्य सवालको रूपमा
रहेको जलवायु परिवर्तनलाई विज्ञान र प्रविधिको कोणबाट हेर्न सक्ने क्षमता भएको निकायको पनि अभाव छ ।

४.२ चुनौति

(क) जलवायु परिवर्तन सम्बन्धी विज्ञान, यसबाट विभिन्न भौगोलिक एवम् सामाजिक– आर्थिक विकासका क्षेत्रहरूमा परिरहेको असर तथा पर्न सक्ने प्रभावका वारेमा जलवायु प्रारूपीकरणको समेत प्रयोग गरी ज्ञान, वैज्ञानिक तथ्याङ्क, सूचना र जानकारीको अभावले सामाजिक–आर्थिक विकासका क्षेत्रलाई जलवायु समानुकूलन बनाउने राष्ट्रिय प्रयास चुनौतिपूर्ण रहेको छ ।

(ख) जलवायु परिवर्तनले परिरहेको र पर्न सक्ने प्रभावको मूल्याङ्कन गर्नु, जोखिम क्षेत्रहरू पहिचान गरी जलवायु परिवर्तनबाट पर्ने प्रतिकूल प्रभावलाई सहज रूपमा अनुकूलन गर्न सक्ने क्षमता अभिवृद्धि गर्नु तथा हरितगृह ग्याँस उत्सर्जन न्यूनीकरण गर्ने संयन्त्र
विकास गर्नु पनि चुनौतिको रूपमा रहेको छ ।

ग) जलवायु परिवर्तनको प्रभावलाई सम्बोधन गर्ने क्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्राप्त प्राविधिक तथा आर्थिक अवसरको नेपालले अधिकतम फाइदा लिनेधधध। परिस्थितिको सिर्जना गर्नुृ परेको छ । (घ) सामाजिक–आर्थिक विकासलाई जलवायु–
मैत्री वनाउन एवम् नीति, कानुन, योजना तथा विकास कार्यक्रमहरूमा जलवायु परिवर्तनको पक्षलाई एकीकृत गरी कार्यान्वयनमा ल्याउनु त्यत्तिकै आवश्यक छ।

(ङ) जलवायु परिवर्तनबाट उपल्लो र तल्लोतटीय भू–भागमा परेको र पर्न सक्ने प्रतिकूल प्रभावलाई स्थापित गरी क्षेत्रीय सहयोग प्रवद्र्धन गर्नु परेको छ ।

(च) सहस्राव्दी विकास लक्ष्य प्राप्त गर्नु लगायत पर्वतीय वातावरण, जनता र जीविकोपार्जन तथा पर्यावरणीय प्रणालीमा जलवायु परिवर्तनको प्रभाव हटाउने वा घटाउने कार्य गरी जलवायुको अवश्यंभावी परिवर्तनबाट फायदा लिनु परेको छ ।

(छ) विकास निर्माणमा संलग्न सार्वजनिक निकाय, योजनाकार तथा प्राविधिज्ञहरू लगायत निजी तथा गैर सरकारी संघ–संस्था एवम् नागरिक समाजको प्रभावकारी ढङ्गले क्षमता अभिबृद्धि गर्नु आवश्यक छ ।

(ज) जलवायु परिवर्तनको सवाललाई सम्बोधन गर्न सक्षम संस्थागत संरचनाको विकास एवम् आवश्यक आर्थिक तथा मानविय स्रोतका पक्षहरूलाई समेत ध्यान दिनु परेको छ ।