परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः (१) यस ऐनको नाम “त्रिभुवन विश्वविद्यालय ऐन, २०४९” रहेको छ ।

(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।

२. परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क) “विश्वविद्यालय” भन्नाले त्रिभुवन विश्वविद्यालय सम्झनु पर्छ ।

(ख) “सभा” भन्नाले दफा ८ बमोजिमको विश्वविद्यालय सभा सम्झनु पर्छ ।

(ग) “प्राज्ञिक परिषद्” भन्नाले दफा ११ बमोजिमको प्राज्ञिक परिषद् सम्झनु पर्छ ।

(घ) “कार्यकारी परिषद्” भन्नाले दफा १३ बमोजिमको कार्यकारी परिषद् सम्झनु पर्छ ।

(ङ) “सेवा आयोग” भन्नाले दफा १५ बमोजिमको सेवा आयोग सम्झनु पर्छ ।

(च) “अध्ययन संस्थान” भन्नाले यस ऐन बमोजिमको अध्ययन संस्थान सम्झनु पर्छ ।

(छ) “सङ्काय” भन्नाले यस ऐन बमोजिमको सङ्काय सम्झनु पर्छ ।

(ज) “अनुसन्धान केन्द्र” भन्नाले यस ऐन बमोजिमको अनुसन्धान केन्द्र सम्झनु पर्छ ।

(झ) “डीन” भन्नाले अध्ययन संस्थान वा सङ्कायको प्रमुख सम्झनु पर्छ ।

(ञ) “कार्यकारी निर्देशक” भन्नाले अनुसन्धान केन्द्रको प्रमुख सम्झनु पर्छ ।

(ट) “शिक्षक” भन्नाले विश्वविद्यालयमा शिक्षा प्रदान गर्ने वा अनुसन्धान कार्यमा संलग्न प्राध्यापक, सह–प्राध्यापक, उप–प्राध्यापक तथा सहायक प्राध्यापक सम्झनु पर्छ र सो शव्दले विश्वविद्यालयका विभिन्न तहका प्रशिक्षक तथा यस ऐन अन्तर्गत बनेको नियममा शिक्षक भनि तोकिएको व्यक्तिलाई समेत जनाउँछ ।

(ठ) “विभाग” भन्नाले यस ऐन बमोजिम केन्द्रीय विभाग वा विभाग सम्झनु पर्छ ।

(ड) “आङ्गिक क्याम्पस” (आङ्गिक महाविद्यालय) भन्नाले विश्वविद्यालयको आङ्गिक क्याम्पस (आङ्गिक महाविद्यालय) सम्झनु पर्छ ।

(ढ) “सम्बन्धन प्राप्त क्याम्पस” (सम्बन्धन प्राप्त महाविद्यालय) भन्नाले विश्वविद्यालयबाट सम्बन्धन प्राप्त क्याम्पस (सम्बन्धन प्राप्त महाविद्यालय)
सम्झनु पर्छ ।

(ण) “विद्यापरिषद्” भन्नाले यो ऐन बमोजिम स्थापित विद्यापरिषद् सम्झनु पर्छ ।

(त) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।