परिच्छेद – २४ विविध

परिच्छेद – २४ विविध

१६९.सूचना तामेली सम्बन्धी कार्यविधिः(१) रोजगारदाताले श्रमिकलाई तथा श्रमिकले राेजगारदातालाई पठाएको म्याद वा सूचना तुरुन्त बुझिलिई त्यसको निस्सा दिनु पर्नेछ ।

(२) उपदफा (१) बमोजिमको सूचना वा म्याद तामेली नभएमा कुरियर वा हुलाकबाट निजको ठेगानामा रजिष्ट्री गरी एक प्रति कार्यस्थलमा टाँस गरी तीन जना साक्षी राखी मुचुल्का बनाई सो व्यहाेराको जानकारी कार्यालयमा दिएमा त्यस्तो सूचना वा म्याद सम्बन्धित पक्षले प्राप्त गरेको मानिनेछ। तर श्रमिकले दिएको निवेदन वा सूचनाको हकमा कार्यस्थलमा टाँस गर्नु पर्ने छ्रैन ।

(३) कसैले त्यस्तो म्याद वा सूचना बुझ्न ईन्कार गरेमा उक्त सूचना निजको फ्याक्स वा ईमेल वा अन्य वि द्युतीय सञ्चारका माध्यमबाट पठाउन सकिनेछ । त्यसरी पठाएकोमा अन्यथा प्रमाणित भएकोमा बाहेक त्यस्तो म्याद वा सूचना तामेल भएको मानिनेछ ।
(४) रोजगारदाताले सामूहिक रुपमा जानकारी गराउनु पर्ने विषयमा कार्यस्थलको सूचना पाटीमा सूचना टाँस गरी प्रतिष्ठानमा क्रियाशील
युनियनहरुलाई सोको लिखित जानकारी दिएमा त्यस्तो जानकारी सबै श्रमिकले प्राप्त गरेको मानिनेछ ।

१७०.आधारभूत पारिश्रमिक तोक्ने ; (१)कार्यगत रोजगारीमा रहेको श्रमिकको आधारभूत पारिश्रमिक निर्धारण तोकिए बमोजिम हुने
छ ।तर सो नतोकिएको अवस्था मा श्रमिकको लागि तोकिएको न्यूनतम पारिश्रमिकलाई आधारभूत पारिश्रमिक मानिनेछ ।(२) पीस रेटको आधारमा काम गर्ने श्रमिकको लागि यस ऐन बमोजिम तोिकएको न्यूनतम पारिश्रमिकलाई प्रति पीसकोे आधारमा दरको निर्धारण तोकिए बमोजिम हुनेछ ।
१७१.व्यवस्थापक र व्यवस्थापकीय श्रेणीको श्रमिक सम्बन्धी विशेष व्यवस्थाः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी प्रमुखको हैसियतमा काम गर्ने व्यवस्थापकीय श्रेणीको श्रमिकको हकमा समयगत रोजगारीमा राख्न, सेवाका शर्त सुविधा तोक्न र सेवा अन्त्य गर्न यस ऐनमा लेखिएका कुनै कुराले बाधा पुयाएको मानिने छैन ।

(२) व्यवस्थापक र व्यवस्थापकीय श्रेणीको श्रमिकले ट्रेड युनियनको तर्फबाट सामूहिक माग दाबी पेश गर्न, सामूहिक सौदाबाजी मा भाग लिन वा हड्तालमा सामेल हुन पाउने छैन ।

१७२.पारिश्रमिक तथा अन्य सुविधा पाउनेः(१) रोजगारी अन्त्य भएको श्रमिकलाई कार्यालय वा विभाग वा श्रम अदालतको आदेश वा फैस
ला बमोजिम रोजगारी मा पुनःबहाली भएमा त्यस्तो श्रमिकले रोजगारी अन्त्य भएको मितिदेखि पुनबर्हाली नभएसम्मको पारिश्रमिक तथा अन्य सुविधा सम्बन्धित रोजगारदाता बाट पाउनेछ ।

(२) मुद्दाको िवषय वस्तुको आधारमा पुनर्वहाली गर्नुको सट्टामा उपदफा (१) बमोजिमको रकमको अतिरिक्त रोजगारदाता बाट उचित क्षतिपूर्ति श्रमिकले पाउने गरी फैसला गर्न यस ऐनमा लेखिएको कुनै कुराले बाधा पुयाएको मानिने छैन ।
१७३.बीमाको रकम वृद्धि गर्नेः मन्त्रालयले परिषद्को सिफारिसमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी यस ऐनमा उल्लिखित औषिध उपचार बीमा तथा दुर्घटना बीमाको रकम वृद्धि गर्न सक्नेछ ।

१७४.
अधिकार प्रत्यायोजन गर्न सक्ने : यस ऐन अन्तर्गत मन्त्रालय वा िवभाग वा कार्यालयलाई प्राप्त अधिकार मध्ये केही वा सम्पूर्ण अधिकार कुनै कार्यालय वा अधिकृत ले प्रयोग गर्न सक्ने गरी प्रत्यायोजन गर्न सकिनेछ।त्यसरीअधिकार प्रत्यायोजन गरेकोमा सो
को सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।

१७५.असल नियतले गरेकोमा बचाउः यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम श्रम निरीक्षक, व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षक वा निरीक्षणको काममा खटिएको कुनै कर्मचारी, रोजगारदाता वा श्रमिकले आफ्नो कर्तव्य पालनाको सिलसिलामा असल
नियतले गरेको वा गर्न खोजेको कुनै काम कारबाहीले कसैलाई हािन नोक्सानी हुन गएमा निज विरुद्ध कुनै कारबाही हुने छैन ।तर
जानाजानीवा गलत मनसायबाट गरिएको कुनै कामको सन्दर्भमा भने निज व्यक्तिगत रुपमा जिम्मेवार हुनेछ ।

१७६.मन्त्रालयको विशेष अधिकारः यस ऐन बमोजिम श्रम अदालतमा विचारा धन विषयमा बाहेक कार्यालय वा विभागमा परेको निवेदनमा लामो समयसम्म निर्णय नभई पक्षले हैरानी व्यहोर्नु परेको भन्ने कुरा जानकारी हुन आएमा वा निवेदनमासमावेश भएको विषय
वस्तुजटिल हुन गएको कारणबाट त्यस्तो निवेदनउपर मन्त्रालयबाट कारबाही हुन उपयुक्त देखिएमा त्यस्तो निवेदन मन्त्रालयबाट
हेरीनिर्णय गर्न यो ऐनमा अन्यत्र लेखिएको कुनै कुराले बाधा पुगेको मानिने छैन । त्यसरी भएको निर्णयलाई शुरुनिकायले गरेको निर्णय मा
निनेछ र सो निर्णय उपरचित्त नबुझेमा चित्त नबुझ्ने पक्षले श्रम अदालतमा पुनरावेदन गनर्सक्नेछ।

१७७. श्रम समन्वय समितिः विभागको महानिर्देशकको अध्यक्षतामा तोकिए बमोजिमका सदस्य रहेको केन्द्रीयस्तरमा एक श्रम समन्वय
समिति रहनेछ ।(२) उपदफा (१) बमोजिमको समितिको काम, कर्तव्य र अधिकार तोकिए बमोजिम हुनेछ ।

१७८. सङ्क्रमणकालीन व्यवस्थाः (१)यो ऐन जारी हुँदाका बखत स्थायी सेवामा रहेकाे श्रमिक यस ऐन बमोजिम स्वतः नियमित
रोजगारीमा रहेको श्रमिक मानिनेछ।

(२) यो ऐन जारी हँुदाका बखत करार, ज्यालादारी वा अन्य जुनसुकै तरिकाले रोजगारीमा रहेको भए तापनि परिच्छेद–३ बमोजिम रोजगार सम्झौता गर्नु पर्नेछ । त्यसरी रोजगार सम्झौता गर्दाका बखत खाइर्पाई आएको पारिश्रमिक तथा सुविधालाई यो ऐन प्रारम्भ भएको तीन महिनाभित्र ऐन बमोजिम भुक्तान गर्नु पर्ने सञ्चय कोषको रकम र अन्य सुविधामा समायोजन गर्न यस ऐनमा लेखिएको कुनै व्यवस्थाले असर पारेको मानिनेछैन ।

(३) यो ऐन जारी हुदाका बखत प्रचलित कानून वा सामूहिक सम्झौताद्वारा ऐनमा उल्लेख गरिएभन्दा बढी सुविधा प्राप्त गरिरहेको श्रमिकको सेवा,शर्त र सुविधामा यस ऐनमा उल्लिखित कुनै कुराले प्रतिकूल असर पारेको मानिने छैन ।

(४) उपदफा (३) को प्रयोजनको लागि ऐनमा तोकिएको सुविधा तोकिएको निकायमा पठाई बाँकी सुविधा अन्य शीर्षकमा मिलान गरी प्रदान गर्नु पर्नेछ ।(५) यो ऐन प्रारम्भ हुनुभन्दा अगाडि श्रम ऐन,२०४८ तथा ट्रेड युनियन ऐन, २०४९ बमोजिम कार्यालय, श्रम अदालत वा अन्य अदालतबाट भएको फैसला कार्यान्वयन नभएको भए यो ऐन प्रारम्भ भएको मितिले एक वर्ष भित्र निवेदन गरेमा त्यस्तो फैसला,िनर्णय वा आदेश यसै ऐन बमोजिम भएको मानी कार्यान्वयन गर्नु गराउनु पर्नेछ ।

(६) सामाजिक सुरक्षा सम्बन्धमा छुट्टै कानूनी व्यवस्था नभएसम्म श्रम ऐन, २०४८ को दफा ३७ तथा बोनस ऐन, २०३० को दफा १३ बमोजिम खडा भएको कल्याणकारी कोष साविक बमोजिम सञ्चालन हुनेछ ।

(७) यस ऐनबमोजिमअदालत गठन नभएसम्मका लागि यो ऐन प्रारम्भ हुँदाका बखत रहेको अदालत कायम रहनेछ ।
१७९. यस ऐन बमोजिम हुने :ऐनर यस ऐन अन्तर्गत बनेको नियममा लेखिएको कुरामा यस ऐन र नियमावली बमोजिम र अन्य कुराको हकमा प्रचलित कानून बमोजिम हुनेछ ।

१८०.यो ऐन लागू नहुनेः (१) देहायको विषयमा देहाय बमोजिम हुनेछ :

(क) नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान का सम्बन्धमा यो ऐन लागू हुने छैन ।

(ख) निजामती सेवाको हकमा प्रचलित निजामती सेवा सम्बन्धी कानूनको व्यवस्था लागू हुनेछ ।

(२) विशेष कानूनद्वारा गठन हुने सेवार विशेष आर्थिक क्षेत्रको हकमा प्रचलित नेपाल कानूनमा नै सेवाका शर्त र सुविधाहरु उल्लेख भएको रहेछ भने त्यस्तो सेवामा सोही बमोजिम हुनेछ ।

(३) कुनै श्रमिकको पारिश्रमिक, सेवाका शर्त र सुविधासम्बन्धमा प्रचलित नेपाल कानूनमा कुनै व्यवस्था नभएमा त्यस्तो श्रमिकको पारिश्रमिक सेवाका शर्त र सुविधाको हकमा यो ऐनको व्यवस्था स्वतः लागू हुनेछ ।
(४) कुनै श्रमिकको सम्बन्धमा यो ऐन लागू नहुने भनी निर्णय, आदेश वा फैसला गर्दा यस ऐनद्वारा प्रदत्त अधिकार तथा सुविधा त्यस्तो श्रमिकको हकमा कुन कानून बमोजिम प्रदान गरिएको छ सोसमेत खुलाइर्निर्णय, आदेश वा फैसला गर्नु पर्नेछ ।
(५) श्रम जीवी पत्रकार ऐन, २०५१ लागू हुने प्रतिष्ठानका रोजगारदाताले यस ऐन बमोजिम रोजगार सम्झौता गरेमा वा त्यस्तो प्रतिष्ठानको श्रमिक र रोजगारदाताबीच यस ऐनको व्यवस्था लागू हुने सम्भता गरेमा त्यस्तो श्रमिकको हकमा समेत यस ऐनको व्यवस्था लागू हुनेछ ।

१८१.निर्देशिका तथा कार्यविधि बनाई लागू गर्नेः (१) मन्त्रालयले यो ऐन तथा यस ऐन अन्तर्गत बनेको नियमको कार्यान्वयन गर्न आवश्यक निर्देशिका तथा कार्यविधि बनाई लागू गर्न सक्नेछ ।

(२) रोजगारदाताको वस्तुगत संघ वा महासंघर टेड्रयुनियनसंघ वा महासंघहरुले श्रम सम्बन्धी नीतिगत विषयमा असल श्रम अभ्यास संहिता बनाउन र कार्यान्वयन गर्न सक्नेछन्।

१८२.नियम बनाउने अधिकारः (१) यो ऐन कार्यान्वयन गर्न नेपाल सरकारले आवश्यक नियमहरु बनाउन सक्नेछ ।

(२) उपदफा (१) बमोजिम नियम बनाउँदा विशेष प्रकृतिका व्यवसाय, सेवा, उद्योग वा अनौपचारिक क्षेत्रको हकमा छुट्टाछुट्टै नियम बनाउन सक्नेछ ।
१८३.खारेजी र बचाउः (१) देहाय बमोजिमका ऐनहरु खारेज गरिएका छन्ः–

(क) श्रम ऐन, २०४८,

(ख)  औद्योगिक प्रशिक्षार्थी तालीम ऐन, २०३९,

(ग)   निवृत्ति कोष ऐन, २०४२

(२) उपदफा (१) मा उल्लिखित ऐन बमोजिम कारबाही भई बिचाराधीन मुद्दाहरु श्रम अदालतमा सर्ने छन्।
(३) उपदफा (१) मा उल्लिखित ऐन बमोजिम भए गरेको काम कारबाहीयसै ऐन बमोजिम भए गरेको मानिनेछ ।