१. पृष्ठभूमि 

१. पृष्ठभूमि 

१. १. पृष्ठभूमि

पृथ्वीमा मानव जातिको सृष्टीको निरन्तरताको लागि जैविक विविधताको महत्वपूर्ण भूमिका छ । जैविक विविधताको अभिन्न अङ्गको रूपमा रहेको कृषि जैविक विविधता मानव जातिको आधारभूत खाद्य सुरक्षा तथा जीविकोपार्जनको लागि अपरिहार्य छ । कृषि जैविक विविधताको संरक्षण, संवद्र्धन एवं विकास हाम्रा पूर्वजले गर्दै आएका हुन् । नेपालमा कृषि जैविक विविधताका अभिन्न अंगहरू पर्याप्त मात्रामा उपलब्ध भए पनि समयको अन्तरालमा स्थानीय कृषिजन्य आनुवंशिक स्रोत लोप हुन लागेको तथ्य अध्ययन–
अनुसन्धानले प्रष्ट पारेको छ । कृषि प्रधान देशमा कृषि क्षेत्रको दीगो विकास, खाद्य सुरक्षा र गरीबी निवारणको आधारस्तम्भको रूपमा रहेको महत्वपूर्ण कृषि जैविक विविधता संरक्षण, संवद्र्धन एवं दीगो उपयोग गर्नु राष्ट्रिय जिम्मेवारी हो । जैविक विविधताको बढी उपयोग हुने प्रजाति ९क्उभअष्भक० लाई समेट्ने कृषि जैविक विविधतालाई राष्ट्रले राखेको दीगो कृषि विकासको लक्ष्य अनुरूप आर्थिक उपलब्धि हासिल गर्न एवं पर्यावरणीय सन्तुलन कायम गर्न जैविक विविधता संरक्षण हुन अति आवश्यक छ । उपर्युक्त आवश्यकतालाई मध्यनजर राख्दै, नेपाल पक्ष रहेको अन्तर्राष्ट्रिय जैविक विविधता महासन्धि १९९२ एवं साझा समझदारी तथा नेपाल जैविक विविधता रणनीति २०५९ समेतलाई दृष्टिगत गरी “राष्ट्रिय कृषि नीति २०६१” को जैविक विविधताको संरक्षण, सम्बद्र्धन एवं सदुपयोग गर्ने उद्देश्य अनुरूप यो नीति लागु गरिएको छ ।