२. परिभाषा 

२. परिभाषा 

२. परिभाषा

यस नीतिको प्रयोजनका लागि ः–

(क) “आनुवंशिक पदार्थ’ भन्नाले नेपाल अधिराज्यको वनस्पति, जीव जन्तु तथा सूक्ष्म जीवाणुको क्रियात्मक इकाई सम्झनु पर्छ ।
(ख) “आनुवंशिक स्रोत’’ भत्राले नेपालका स्वस्थानीय  वा परस्थानीय  अवस्थामा रहेका वास्तविक र संभावित अवस्थामा रहेको वास्तविक र
सम्भावित महत्वका आनुवंशिक पदार्थ सम्झनु पर्छ । सो शब्दले त्यस्तो आनुवंशिक बस्तुको अवयव ९इचनबल० वा त्यसको परिवर्तित एवं परिमार्जित स्वरूप समेतलाई जनाउँछ । तर सो शब्दले मानव आनुवंशिक स्रोतलाई जनाउने छैन ।
(ग) “स्वस्थानीय ” भत्राले मौलिक वासस्थानमा नै संरक्षण गर्ने कार्यलाई सम्झनु पर्छ ।
(घ) “परस्थानीय  संरक्षण” भत्राले मौलिक वासस्थान भन्दा अन्यत्र प्राकृतिक वा कृत्रिम वातावरण तयार गरी संरक्षण गर्ने कार्यलाई सम्झनु पर्छ ।
(ङ) “जैविक विविधता’’ भन्नाले आकाशीय, स्थलीय  जलीय, सामुद्रिक र अन्य क्षेत्रमा रहेको जीव जन्तुहरूको पारिस्थितिक प्रणाली त्यसको भागको रूपमा रहेको जीव र वनस्पतिको सम्बन्ध तथा विविधता सम्झनु पर्दछ । सो शब्दले जातिय, प्रजातीय विविधता आनुवंशिक विविधता  र पारिस्थितिक प्रणाली को विविधता  समेतलाई जनाउँदछ ।
(च) “कृषि जैविक विविधता’’ भन्नाले जैविक विविधता अन्तर्गत कृषिजन्य पारिस्थितिकीय प्रणाली  को विविधता, प्रजातीय विविधता  तथा वंशाणुगत विविधता  मा समाहित खाद्य र कृषिका आनुवंशिक स्रोतहरू, कृषि उत्पादन प्रणालीसंग आबद्ध भएका पर्यावरणीय सेवाहरू प्रदान गर्ने बिभिन्न किसिमका जीवहरू, कृषि जैविक विविधतामा निश्चित प्रभाव पार्ने अजैविक पक्षहरू तथा सामाजिक, आर्थिक र सांस्कृतिक पक्षहरू (अनुसूची १ बमोजिम) सम्झनु पर्छ ।
(छ) “कृषि जैविक विविधता अभिलेख’’ भन्नाले नेपालको खाद्य र कृषिजन्य आनुवंशिक स्रोत र त्यसका अवयव तथा परिवत्र्तित र परिमार्जित आनुवंशिक स्रोत र त्यससँग सम्बन्धित स्थानीय समुदायको परम्परागत ज्ञान, सीप, खोज, प्रविधि र
अभ्यास समेतको पंजिकरणबाट तयार पारिएको अभिलेख सम्झनु पर्छ ।
(ज) “पहुँच’’ भन्नाले आनुवंशिक स्रोत तथा आनुवंशिक पदार्थ र यस्ता स्रोत तथा पदार्थसंग सम्बन्धित जैविक स्रोत र स्थानिय समुदायको परम्परागत ज्ञान, सीप, खोज, प्रविधि र अभ्यास तथा तिनीहरूको स्वस्थानीय र परस्थानीय अवस्थामा
रहेका अवयव तथा परिमार्जित स्रोतको सङ्कलन, प्राप्ति, ग्रहण सम्झनु पर्छ ।
(झ) “उपयोग’’ भन्नाले आनुवंशिक स्रोत तथा आनुवंशिक पदार्थको अध्ययन, अनुसन्धान, व्यापारिक तथा औद्योगिक वा अन्य प्रयोजनको लागि गरिने उपयोग सम्झनु पर्छ ।
(ञ) “कृषक’’ भन्नाले परम्परागत ज्ञान, सीप, खोज, प्रविधि, प्रयोग अभ्यास आदिको आधारमा परम्परागत स्थानीय खाद्य र कृषिजन्य आनुवंशिक स्रोतको संरक्षण, संवद्र्धन एवं विकास गर्ने स्थानीय व्यक्ति वा समुदाय सम्झनु पर्छ ।
(ट) “लाभको बाँडफाँड’’ भन्नाले आनुवंशिक स्रोत तथा आनुवंशिक पदार्थको पहुँच, उपयोग र निकाशीको परिणाम स्वरूप प्राप्त हुने आर्थिक लाभ र अन्य फाइदाको बाँडफाँड सम्झनु पर्छ ।
(ठ) “समन्यायिक ९भ्त्रगष्तबदभि० वितरण’’ भन्नाले आनुवंशिक स्रोत वा आनुवंशिक पदार्थमा पहुँच प्रदान गरे बापत र त्यस्तो स्रोत तथा पदार्थ वा सो संग सम्बन्धित परम्परागत ज्ञान, सीप, खोज, प्रविधि र अभ्यासको संरक्षण, संवद्र्धन र विकास गरे बापत गरिने लाभको बाँडफाँड तथा वितरण सम्झनु पर्छ ।
(ड) “पराम्परागत ज्ञान’’ भत्राले जैविक स्रोतको संरक्षण एवं उपयोगको बारेमा स्थानिय व्यक्ति वा समुदायमा निहित रहेका ज्ञान, सीप, खोज, प्रविधि र अभ्यास सम्झनु पर्छ ।
(ढ) “जैविक सुरक्षा” भन्नाले संक्रामक, अनुवंश परिवर्तित जीव ÷जीवित रूपमा रूपान्तरित जीव समेतको व्यावसायिक वा अनुसन्धानात्मक प्रयोगबाट कृषि जैविक विविधता, मानव, पशुपंक्षी, विरुवाको स्वास्थ्य तथा सुरक्षा र वातावरणीय जोखिमबाट जोगिने उपायलाई सम्झनु पर्छ ।
(ण) “समिति” भत्राले यस नीतिको अनुसूचि २ बमोजिमको “कृषि जैविक विविधता, राष्ट्रिय संरक्षण समिति” लाई सम्झनु पर्छ ।