परिच्छेद–८ विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण

परिच्छेद–८ विश्वविद्यालयको कोष, लेखा तथा लेखापरीक्षण

२४. विश्वविद्यालयको कोष विश्वविद्यालयको कोषः (१) विश्वविद्यालयको एक कोष रहनेछ ।

(२) उपदफा (१) बमोजिमको कोषमा देहायका रकमहरू रहनेछन्ः–

(क) नेपाल सरकारबाट प्राप्त रकम,

(ख) विश्वविद्यालयले सापटी लिएको रकम,

(ग) विश्वविद्यालयको लागि दान, दातव्य र आर्थिक सहायता स्वरूप प्राप्त भएको रकम,

(घ) शुल्क तथा अन्य कुनै स्रोतबाट प्राप्त रकम ।
(३) विश्वविद्यालयको कोषको रकम तोकिएको बैंकमा खाता खोली जम्मा गरिनेछ ।

(४) विश्वविद्यालयको कोष र खाताको सञ्चालन तोकिएबमोजिम हुनेछ ।

(५) विश्वविद्यालयको सबै खर्चहरू उपदफा (२) बमोजिमको कोषबाट व्यहोरिनेछ ।

२५. लेखा र लेखा लेखा र लेखा लेखा र लेखापरीक्षण परीक्षणः (१) विश्वविद्यालयको आय–व्ययको लेखा प्रचलित कानुन बमोजिम राख्नु पर्नेछ ।

(२) विश्वविद्यालयको लेखा परीक्षण महालेखा परीक्षकको विभागबाट हुनेछ ।

२६.निजी क्षेत्रमा क्याम्पस निजी क्षेत्रमा क्याम्पस निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) को स्थापना र सम्बन्धन महाविद्यालय) को स्थापना र सम्बन्धनः (१) विश्वविद्यालयको स्वीकृति लिई निजी क्षेत्रमा क्याम्पस (महाविद्यालय) स्थापना गर्न सकिनेछ ।

(२) उपदफा (१) बमोजिम स्थापना भएको क्याम्पस (महाविद्यालय) ले विश्वविद्यालयसँग तोकिएबमोजिम सम्बन्धन गराउनु पर्नेछ ।

(३) उपदफा (२) बमोजिम सम्बन्धन प्राप्त क्याम्पस (महाविद्यालय) को स्वरूप र त्यस्तो क्याम्पस (महाविद्यालय) ले पाउने आर्थिक सहयोग तोकिएबमोजिम हुनेछ ।

२७. विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यताः विश्वविद्यालयमा भर्ना हुन चाहिने योग्यता
तोकिएबमोजिम हुनेछ ।

२८. काम कारवाही अवैध नमानिन काम कारवाही अवैध नमानिनेः विश्वविद्यालयको कुनै पदाधिकारीको स्थान रिक्त भै  कुनै पदाधिकारीको नियुक्ति वा कुनै अंगको गठनमा त्रुटि भै काम कारवाही भएको रहेछ भने सो कारणले मात्र त्यस्तो काम कारवाई अवैध मानिने छैन ।

२९. असल नियतले काम गरेकोमा बचाउ असल नियतले काम गरेकोमा बचाउः यो ऐन बमोजिम असल नियत लिई गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा विश्वविद्यालय वा विश्वविद्यालयको कुनै पदाधिकारी उपर मुद्दा चलाउने वा अन्य कुनै कानुनी कारवाही गरिने छैन ।

३०. अधिकार प्रत्यायोजन अधिकार प्रत्यायोजनः (१) सभाले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये सबै वा केही अधिकार कार्यकारी परिषद् वा उपकुलपतिलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(२) प्राज्ञिक परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरू मध्ये सबै वा केही अधिकार विश्वविद्यालयको विद्यापरिषद्लाई प्रत्यायोजन गर्न सक्नेछ ।

(३) कार्यकारी परिषद्ले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्र्राप्त अधिकारहरू मध्ये सबै वा केही अधिकार विश्वविद्यालयका कुनै पदाधिकारी वा विश्वविद्यालयको कुनै समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।

(४) सेवा आयोगले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम आफूलाई प्राप्त अधिकारहरूमध्ये सबै वा केही अधिकार विश्वविद्यालयको कुनै समितिलाई प्रत्यायोजन गर्न सक्नेछ ।

३१. नेपाल सरकार नेपाल सरकार नेपाल सरकारसँग सम्पर्क विश्वविद्यालयले नेपाल सरकारसँग सम्पर्क राख्दा शिक्षा तथा स‌ंस्कृति मन्त्रालय मार्फत राख्नेछ ।

३२. वार्षिक प्रतिवेदन वार्षिक प्रतिवेदनः विश्वविद्यालयको वार्षिक प्रतिवेदन तोकिएको अवधिभित्र सभामा पेश गरिनेछ ।

३३. विश्वविद्यालयलाई छुट र सुविधा विश्वविद्यालयलाई छुट र सुविधाः (१) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि विश्वविद्यालयको रजिष्टेशन गर्नु पर्ने जुनसुकै लिखत रजिष्टेशन गर्नु परेमा रजिष्टेशन दस्तुर लाग्ने छैन ।

(२)………….

३३क.स्वीकृति लिनु पर्ने स्वीकृति लिनु पर्नेः यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपालः सरकारलाई थप आर्थिक व्ययभार पर्ने विषयमा नियम बनाउँदा वा कार्य गर्दा नेपाल सरकारको स्वीकृति लिनु पर्नेछ ।

३४.  नियम बनाउने अधिकार नियम बनाउने अधिकारः यो ऐनको उद्देश्य कार्यान्वयन गर्न विश्वविद्यालयले आवश्यक नियम बनाउन सक्नेछ ।

३५. खारेजी र बचाउ खारेजी र बचाउः (१) त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ खारेज गरिएको छ ।

(२) यो ऐन प्रारम्भ हुंदाको बखत कायम रहेको त्रिभुवन विश्वविद्यालयको लेनदेन, कारोवार, ऋण, धन लगायत सम्पूर्ण अधिकार र दायित्व यस ऐन बमोजिमको विश्वविद्यालयको हुनेछ ।

(३) त्रिभुवन विश्वविद्यालय ऐन, २०२८ अन्तर्गत बनेको नियम विनियमहरू यो ऐन प्रारम्भ भएको मितिले एक वर्षसम्म मात्र लागू रहनेछन् ।