१७. सुविधा तथा सहुलियत

१७. सुविधा तथा सहुलियत

१७. सुविधा तथा सहुलियत

उद्योगको विकास तथा प्रवद्र्धनका लागि देहाय बमोजिमका सुविधा र सहुलियत प्रदान गरिनेछः
(क) आयकर छूटको सुविधा र सहुलियतः

१७.१ सबै प्रकारका सूर्ती र मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग र कत्था उद्योग बाहेक अन्य विशेष उद्योगबाट आर्जित आयमा लाग्ने करको कर्पोरेट दरमा ५ प्रतिशत विन्दुले कम हुनेछ ।
१७.२ सबै प्रकारका सुर्ती र मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग र कत्था उद्योग बाहेक अनुसूची ९ मा उल्लेखित अति अविकसित क्षेत्रमा
स्थापित उद्योगले कारोवार शुरु गरेको मितिले दश वर्षसम्म लाग्ने आयकर नब्बे प्रतिशत छुट पाउनेछ ।
१७.३ सबै प्रकारका सुर्ती र मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग र कत्था उद्योग बाहेक अन्य अनुसूची १० मा उल्लेख भएका अविकसीत क्षेत्रमा स्थापित उद्योगलाई कारोवार सुरु गरेको मितिले दश वर्षसम्म असी प्रतिशत आयकर छुट हुनेछ ।
१७.४ सबै प्रकारका सुर्ती र मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग र कत्था उद्योग बाहेक अन्य अनुसूची ११ मा उल्लेख भएका कम विकसित क्षेत्रमा स्थापित उद्योगलाई कारोवार सुरु गरेको मितिले दश वर्षसम्म सत्तरी प्रतिशत आयकर छुट हुनेछ ।
१७.५ अनुसूची ९ मा उल्लेख भएका जिल्लामा स्थापित फलपूmलमा आधारित वढिमा १२ प्रतिशतसम्म अल्कोहल कन्टेन्ट भएका साइड्र एवम् वाइन उत्पादन गर्ने उद्योगलाई समेत कारोवार सुरु गरेको मितिले दश वर्षसम्म चालिस प्रतिशत आयकर छुट हुनेछ ।
१७.६ सबै प्रकारका सुर्ती र मदिराजन्य पदार्थ उत्पादन गर्ने उद्योग र कत्था उद्योग बाहेक अनुसूची ७ मा उल्लेख भएका प्राथमिकता प्राप्त उद्योग मध्ये जलविद्युत उत्पादन तथा वितरण, खनिज उत्खनन्, स्थानीय कच्चा पदार्थ प्रयोग गरी क्लिङ्कर वा क्लिङ्कर वनाइ सिमेन्ट उत्पादन गर्ने (सिमेन्ट उद्योग), पेट्रोलियम तथा प्राकृतिक ग्याँस अन्वेषण तथा उत्खनन् उद्योगलाई कारोवार सुरु गरेको मितिले सात वर्ष सम्मआयकरमा नब्बे प्रतिशत छुट दिइनेछ ।
१७.८ अनुसूची ४ मा उल्लेख भएका सूचना तथा सञ्चार प्रविधि उद्योग सूचना प्रविधि पार्क भित्र स्थापना गरेमा लाग्ने आयकरको पचास
प्रतिशत छुट हुनेछ ।
१७.९ कुनै साना उद्योगले न्यूनतम ६ महिनाभन्दा वढी १०० जनाभन्दा वढी नियमित स्वदेशी कामदार, मझौला उद्योगले २०० जना र ठूलाउद्योगले ५०० जना भन्दा बढी व्यक्तिलाई प्रत्यक्ष रोजगारी दिएमा त्यस्ता उद्योगले त्यस वर्ष लाग्ने आयकरमा थप २५ प्रतिशत छुट
पाउनेछ । साथै त्यस्ता उद्योगले प्रत्यक्ष रोजगारी दिने संख्याको ५० प्रतिशत स्वदेशी महिला वा दलित वा अपाङ्गता भएका व्यक्ति
कामदारहरूलाई प्रत्यक्ष रोजगारी दिएमा त्यस्ता उद्योगले त्यस बर्षमा लाग्ने आयकरमा ४० प्रतिशत छुट पाउनेछ ।

१७.१० उद्योगले आफ्नो श्रमिक तथा कर्मचारीको दिर्घकालीन हित एवं भलाईको लागि गरेका खर्चहरू जस्तै आवास व्यवस्था, जीवन बीमा,
स्वास्थ्य सुविधा, शिक्षा तथा तालिम, शिशु स्याहार केन्द्र र शारीरिक तन्दुरुस्तीका लागि खेलकूद÷व्यायाममा गरेको खर्च आयकर प्रयोजनको लागि खर्च कट्टी गर्न पाउनेछ । साथै उद्योगले होचापुड्का लगायत अपाङ्गता भएका व्यक्तिहरूलाई रोजगारी प्रदान गरेमा त्यस्ता कामदारहरूलाई भुक्तानी दिएको तलव आदि खर्च आयकर प्रयोजनका लागि कट्टा गर्न पाइनेछ ।
१७.११ कुनै उद्योगले उर्जा खपत घटाउन सघाउ पु¥याउने यन्त्र उपकरणमा लगानी गरेको खर्च, प्रदूषण नियन्त्रण र वातावरणमा कम असर पार्ने पद्धतिको जडानमा भएको पुँजीगत खर्च, प्रविधि र प्रक्रियामा भएको खर्च आयकर प्रयोजनको लागि खर्च कट्टा गर्न पाइनेछ । यस्तो सुविधा एकै पटक वा ५ (पाँच) वर्षभित्र उपयोग गरी सक्नु पर्नेछ ।
१७.१२ आयकर निर्धारण प्रयोजनको लागि उद्योगको कूल विक्री आयको पाँच प्रतिशतसम्म रकम उत्पादकत्व अभिवृद्धिको लागि उद्यमशीलता अभिवृद्धि र सीप विकास तालिम, अनुसन्धान तथा विकास र नयाँ प्रविधि प्राप्त गर्न खर्च गर्न पाइनेछ ।
१७.१३ आयकर प्रयोजनको लागि बजार प्रवद्र्धन, सर्वेक्षण र विज्ञापन आदिको लागि कूल विक्री आयको दश प्रतिशत सम्म खर्च गर्न पाइनेछ ।
१७.१४ उद्योगको भौतिक सम्पत्तिको सुरक्षाको लागि गरेको गरेको खर्च रकम र यसको बीमा वापत तिरेको प्रिमीयम कर योग्य आयबाट घटाउन पाइनेछ ।
१७.१५ राष्ट्र्यि प्राथमिकता प्राप्त उद्योगले स्थीर जेथाको ह्रास कट्टी गर्दा प्रचलित आयकर ऐनमा उल्लेखित दरमा सोही दरको एक तिहाइ थप गरी कट्टा गर्न पाउनेछ ।
१७.१६ उद्योगले सोही उद्योगमा वा अरू कुनै उद्योगमा पुनः लगानी गरी उद्योगको विविधिकरण वा पच्चीस प्रतिशत वा सो भन्दा वढी जडित क्षमता विस्तार गरेमा, प्रविधिको आधुनिकीकरण गरेमा वा सहायक उद्योगको विकास गरेमा यस्तो पुनः लगानीबाट सृजित थप स्थीर जेथाको ४० प्रतिशत कर प्रयोजनको लागि कट्टी गर्न पाउनेछ । यस्तो छुट रकम एकमुष्ट एकै वर्षमा वा पाँच वर्षभित्र कट्टी गर्न पाउनेछ ।
१७.१७ उद्योगले नेपालमा दर्ता भएको वौद्धिक सम्पत्ति अन्तर्गतको औद्योगिक सम्पत्तिको संरक्षण गर्दा लागेको खर्च आयकर प्रयोजनको लागि खर्च लेख्न पाउनेछ । बौद्धिक सम्पत्तिको निर्यातबाट प्राप्त हुने आयमा निर्यात सरहको छुट दिइनेछ । बौद्धिक सम्पत्ति संरक्षणका लागि विदेशमा दर्ता गर्दा लागेको शुल्कको ५० प्रतिशत सरकारले व्यहोर्ने छ । त्यस्तै बौद्धिक सम्पत्तिको विक्रीबाट प्राप्त आयलाई लाभांशमा लाग्ने दरको आयकर मात्र लगाइनेछ ।
१७.१८ प्राकृतिक प्रकोप उद्धार, सामाजिक क्षेत्रमा दिएको तोकिए बमोजिमको रकमको चन्दा र सहयोग आयकर प्रयोजनको लागि छुट हुनेछ ।
१७.१९ सहकारीको रूपमा स्थापना गरिने तोकिएका उद्योगहरूको आयमा लाग्ने आय करको दर सामान्य आय करको दर भन्दा ५० प्रतिशत
कम हुने व्यवस्था गरिनेछ ।
१७.२० घरेलु तथा साना उद्योगले ठूला तथा मझौला उद्योगहरूसँग लिखित सम्झौता गरी त्यस्ता उद्योगलाई आवश्यक हुने सहायक वस्तुहरू उत्पादन गर्न सक्नेछन् । यसरी सम्झौता गरेका सहायक वस्तु उत्पादन गर्ने उद्योगले पनि अन्य उद्योगलाई सह—उत्पादनका लागि उप—सम्झौता गरी वस्तु आपूर्ति गर्न सक्नेछन् । यसरी सहायक वस्तुको उत्पादन गराएमा त्यस्ता सहायक वस्तुको प्रयोगबाट तयार
गरिएको वस्तुको विक्रीबाट हुने खुद आम्दानीको ५० प्रतिशत अंशमा आयकर छुट हुनेछ ।
(ख) भन्सार महशूल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि करमा सुविधा र सहुलियतः

१७.२१ मुलुक भित्र उत्पादित वस्तु विदेश निकासी गरेमा अन्तःशुल्क र मूल्य अभिवृद्धि कर लाग्ने छैन ।

१७.२२ निर्यातमूलक उद्योग, निर्यात प्रवद्र्धन गृह र विशेष आर्थिक क्षेत्रका उद्योगले अरू कुनै उद्योगसँग करार (Sub Contracting) गरी
निकासीको लागि वस्तु उत्पादन गराउन पाउँनेछन् । यसरी उत्पादन गराएको वस्तुमा प्रयोग हुने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा
प्याकेजिङ्ग सामाग्रीमा लागेको भन्सार महशुल, अन्तःशुल्क तथा मूल्य अभिवृद्धि कर निर्यात भएको परिमाणको आधारमा निकासीकर्ताले
तोकिए बमोजिम फिर्ता पाउने छ ।
१७.२३ निकासी गरे वापत पाउने ड्यूटी ड्र ब्याक सुविधालाई सरल वनाउन उस्तै प्रकृतिका उद्योगहरूको हकमा कच्चा पदार्थ खपतको आधारमा समदर निर्धारण गरिनेछ । यस्तो रकम निकासी कारोवार गरेको बैंकबाटै फिर्ता पाउने व्यवस्था गरिनेछ । समदर निर्धारण हुन नसकेका उद्योगहरूको हकमा हाल प्रचलनमा रहेको नियमित प्रक्रियालाई पनि निरन्तरता दिइनेछ ।

१७.२४ उद्योगले पाउने ड्युटी ड्र ब्याकको सुविधा निकासी परिमाणको आधारमा निवेदन परेको मितिले ४५ दिनभित्र निकासीकर्तालाई
अनिवार्य रूपमा उपलब्ध गराइनेछ ।
१७.२५ उद्योगले अन्तर्राष्ट्रिय वोलपत्रमा सहभागी भई मुलुक भित्र विदेशी मुद्रा आर्जन हुने गरी विक्री गरेको आफ्नो उत्पादन वा सेवालाई Deemed Export सरह निर्यातमा पाउने ड्युटी ड्र व्याकको सुविधा उपलब्ध गराइनेछ । यस्तो सुविधा निवेदन परेको मितिले ४५ दिनभित्र उपलव्ध गराइनेछ ।
१७.२६ विदेशी मुद्रा आर्जन हुने गरी स्वदेश भित्रै आफ्नो उत्पादन विक्री गरेमा त्यस्तो उत्पादनमा लागेको शुल्क, महशुल र प्रयोग भएको
कच्चा पदार्थ, सहायक कच्चा पदार्थ तथा प्याकेजिङ्ग मेटरियलमा लागेको भन्सार महशुल, अन्तःशुल्क, मूल्य अभिवृद्धि कर उत्पादनमा
लागेको परिमाणको आधारमा निर्यात सरह Deemed export मानी फिर्ता दिइनेछ । यस्तो सुविधा निवेदन परेको मितिले ४५
दिनभित्र उपलव्ध गराइनेछ ।
१७.२७ अर्ध प्रशोधित वा अर्धतयारी माध्यमिक वस्तु उत्पादन गर्ने उद्योगले आफ्नो उत्पादन अर्को मूल वस्तु तयार गर्ने उद्योगलाई विक्री गरेमा त्यस्तो वस्तुमा लागेको अन्तःशुल्क एवम् मूल्य अभिवृद्धि कर मूल वस्तु उत्पादन गर्ने उद्योगले प्रयोग गरेको परिमाणको आधारमा करको हिसाव समायोजन गर्न पाउने छ । तर यो सुविधा उपभोग गर्न ती उद्योग मूल्य अभिवृद्धि कर वा अन्तःशुल्क प्रयोजनको लागि दर्ता भएको हुनुपर्नेछ ।
१७.२८ उद्योगको आफ्नो उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, प्याकेजिङ्ग सामाग्रीमा लाग्ने भन्सार महशुल त्यस्तो कच्चा पदार्थबाट उत्पादन हुने तयारी वस्तुको आयातमा लाग्ने भन्सार दर भन्दा सामान्यतया एक तह ९क्बिद० कम गर्न सकिनेछ । न्यूनतम १ प्रतिशत भन्दा कम भन्सार दर रहेको वस्तुको आयातको हकमा न्यूनतम २५ प्रतिशत कम हुने गरी भन्सार दर कायम गरिनेछ

१७.२९ उद्योगले आफ्नो प्रयोजनको लागि आयात गर्ने मेशिनरी, ट्रान्सफर्मर, जेनरेटर, औद्योगिक उपकरण तथा औजारमा एक प्रतिशत मात्र भन्सार महशुल लाग्नेछ । साथै गुणस्तर मापन प्रयोगशालाहरूले आयात गर्ने मेशिनरी, वैज्ञानिक उपकरण र उद्योग विस्तारको लागि
थप मेशिनरी तथा उपकरण लगायत अनुसन्धान तथा विकास slab लागि ल्याउने मेशिनरी तथा उपकरणमा समेत १ प्रतिशत भन्सार महशुल लाग्नेछ र मूल्य अभिवृद्धि कर तथा अन्तःशुल्क लाग्ने छैन । (ग) थप सुविधा, सहुलियत एवं सुनिश्चितताः

१७.३० यस नीतिमा उल्लेख भएका उद्योगले पाउने सुविधा सहुलियतलाई कानूनद्वारा सुनिश्चित गरिनेछ । नीतिमा उल्लेख भएका वर्गीकरण, अति अविकसित, अविकसित र कम विकसित क्षेत्रको सुविधा सहुलियतसम्बन्धी सुची र व्यवस्थामा हेरफेर वा थपघट भएमा यस नीति कार्यान्वयनको लागि वनेको कानूनले तोकेको अवधिसम्मका लागि विनाअवरोध त्यस्ता सुविधा उपभोग गर्न पाउने सुनिश्चितता
प्रदान गरिने छ । कुनै उद्योगले एकै समयमा एक भन्दा बढी प्रकारको छुट पाउन सक्ने अवस्था भएमा उद्योगले रोजेको बढी छुट पाउनेछ ।

१७.३१ यस नीति अन्तर्गत प्राप्त हुने सुविधा तथा सहुलियतहरू तोकिएको अवधिसम्मको लागि परिवर्तन गरिने छैन ।

१७.३२ उद्योगले आफ्नै प्रयोजनको लागि उत्पादन गरेको विद्युतमा रोयल्टी लाग्ने छैन । साथै उद्योगले विद्युत शक्ति विक्री गर्न चाहेमा बजारमा प्रचलित दरमा राष्ट्रिय ग्रीडमा जोड्न दिने व्यवस्था गरिने छ ।

१७.३३ कुनै प्राथमिकता प्राप्त उद्योग वा नेपालमा स्वीकृत पेटेण्टको प्रविधि प्रयोग गरी सो अनुरूप स्थापना भएका उद्योगहरूलाई औद्योगिक प्रवद्र्धन वोर्डको सिफारिशमा नेपाल सरकारको निर्णयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरि थप सुविधा दिन सकिनेछ ।

१७.३४ निर्यात प्रवद्र्धन उद्योगलाई वण्डेड वेयर हाउसको सुविधा अझ सरल वनाइ उपलब्ध गराइनेछ । यस्तो सुविधा निवेदन परेको मितिले ४५ दिनभित्र उपलव्ध गराइनेछ ।
१७.३५ उद्योगहरूको हकमा विद्युत आपूर्ति नभएको समयको अनुपातका आधारमा विद्युत महशुलमा लागी आएको डिमाण्ड चार्ज छुट दिइनेछ ।
१७.३६ उद्योगको प्रकृति र क्षमता अनुसार उद्योग संचालनको लागि आवश्यक पर्ने जग्गा उपलव्ध गराउन सरकारले सहयोग गर्नेछ । उद्योगको प्रकृति हेरी जग्गाको हदवन्दी फुकुवा गर्न आवश्यक देखिएमा जग्गाको हदवन्दी सीमामा छुट दिन सकिनेछ ।
१७.३७ अति अविकसित क्षेत्रमा उद्योग स्थापना गर्न सहकारी र लघु उद्यम तथा घरेलु तथा साना उद्योगलाई वीऊ पूँजीको (सिड क्यापिटल) रूपमा अनुदान उपलव्ध गराउने व्यवस्था गरिने छ ।
१७.३८ गैरआवासीय नेपालीलाई प्रदान गरिने व्यावसायिक प्रवेशाज्ञा निःशुल्क उपलव्ध गराइनेछ ।
१७.३९ विदेशी लगानीमा संचालित उद्योगलाई नयाँ बस्तुको उत्पादन तथा बजार विकास र प्रबद्र्धन गर्नका लागि देशमा रहेका मूल कम्पनीका शाखा उद्योगले विदेशस्थित मूल कम्पनीबाट उत्पादित सामानहरू तोकिए बमोजिम शर्त र सीमाभित्र रही निश्चित समयका लागि आयात गर्न अनुमति दिइने छ ।
१७.४० वन पैदावारमा आधारित उद्योगलाई कबुलियत वा लिजमा वन उपलव्ध गराउन सकिनेछ ।
१७.४१ निर्यात उद्योग, निर्यात प्रवद्र्धन क्षेत्र, सरकारी वा गैर सरकारी औद्योगिक क्षेत्र र औद्योगिक ग्राममा स्थापना हुने उद्योगलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी थप सुविधा दिन सकिनेछ ।
१७.४२ कुनै राष्ट्रिय प्राथमिकता प्राप्त उद्योग वा नेपाल भित्र आविष्कार गरी स्थापना भएका उद्योगहरूको लागि लघु उद्यम, घरेलु तथा साना औद्योगिक प्रवद्र्धन वोर्डको सिफारिशमा उद्योग मन्त्रालय मार्फत मन्त्रिपरिषद्को निर्णयले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी थप सुविधा दिन सकिनेछ ।
१७.४३ व्यवसाय सम्वद्र्धन केन्द्र (इन्कुवेशन सेन्टर) र व्यवसाय सम्बद्र्धन सेवा (इन्कुवेशन सर्भिस)मा स्थापना भएका उद्योगहरूमा कुनै पनि कर लाग्ने छैन ।
१७.४४ निर्यातमूलक उद्योगहरूको सहायक कच्चा पदार्थ वा प्याकिङको सामान बनाउने उद्योगहरूलाई पनि निर्यातमूलक उद्योगहरूले उक्त वस्तुहरू निकासीमा प्रयोग गरेको परिमाणको आधारमा सुविधा दिइने छ ।
१७.४५ खनिजजन्य उद्योगको विकास र प्रवद्र्धनका लागि उद्योग र खानी क्षेत्रसम्मको पहुंच सडक निर्माण एवं विद्युत प्रसारण लाइन विस्तार तथा विद्युत सेवाका लागि भौतिक पूर्वाधार निर्माण गर्न विशेष कार्यक्रम तथा बजेटको व्यवस्था सरकारले गर्नेछ ।