परिच्छेद–४ पदपूर्ति सम्बन्धी व्यवस्था

परिच्छेद–४ पदपूर्ति सम्बन्धी व्यवस्था

उम्मेदवार छनौट गर्ने तरिकाः  निजामती सेवाको रिक्त पद पूर्तिको लागि उपयुक्त उम्मेदवारको छनौट गर्दा आयोगले देहायको कुनै एक वा एकभन्दा बढी परीक्षाको तरिका अपनाउन सक्नेछः –
(क) लिखित परीक्षा,
(ख) प्रयोगात्मक परीक्षा,
(ग) अन्तर्वार्ता, र
(घ) आयोगले समय समयमा तोकेका अन्य तरिकाहरू ।
२५. पदपूर्ति गर्ने तरिकाः  (१) निजामती सेवाको रिक्त पदको पूर्ति सेवा शर्त सम्बन्धी प्रचलित कानूनमा उल्लेख भएको प्रतिशत बमोजिम पद सङ्ख्या निर्धारण गरी खुला प्रतियोगिता तथा बढुवाद्वारा गरिनेछ ।
(२) खुला प्रतियोगिता तथा बढुवाद्वारा पदपूर्ति गर्दा लिइने परीक्षाको तरिका तथा परीक्षा दस्तुर, दरखास्तको ढा“चा, दरखास्त फाराम दस्तुर र परीक्षा सम्बन्धी अन्य व्यवस्था आयोगले तोकेबमोजिम हुनेछ ।

२६. पदपूर्तिको लागि माग गर्नेः अख्तियारवालाले निजामती सेवाको रिक्त पद पूर्ति गर्नको लागि तोकिए बमोजिमको माग फाराममा सम्बन्धित सेवा, समूह, उपसमूह, श्रेणी, पदसङ्ख्या, निर्धारित कार्यविवरण र न्यूनतम योग्यता समेत उल्लेख गरी आयोगमा पठाउनु पर्नेछ ।
२७. पदपूर्तिको विज्ञापन प्रकाशन गर्नेः (१) दफा २५ को उपदफा (१) बमोजिम पदसङ्ख्या निर्धारण भएपछि आयोगले खुला प्रतियोगिता तथा बढुवाद्वारा पदपूर्ति गर्न छुट्टाछुट्टै विज्ञापन प्रकाशन गर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्रकाशन गरिने विज्ञापनमा दरखास्त फाराम बुझाउने म्याद, रिक्त पदसङ्ख्या, परीक्षा दस्तुर लगायत तोकिए बमोजिमका अन्य कुराहरू समेत खुलाउनु पर्नेछ ।
२८. पदपूर्तिको विज्ञापन वा परीक्षा रद्द गर्न सक्नेः (१) आयोगले प्रकाशन गरेको विज्ञापन बमोजिम पदपूर्ति गर्नु नपर्ने वा पद आवश्यक नभएको भनी परीक्षा सञ्चालन हुनु अगावै अख्तियारवालाले सो विज्ञापन रद्द गरिदिन कारणसहित लिखित अनुरोध गरेमा आयोगले त्यस्तो विज्ञापन रद्द गर्न सक्नेछ ।
(२) आयोगले सञ्चालन गरेको परीक्षाको कुनै परीक्षा केन्द्रमा कुनै किसिमको अनियमितता भएमा वा कुनै बाधा अवरोध उत्पन्न भई आंशिक वा पूर्णरूपले परीक्षा सञ्चालन हुन नसकेमा आयोगले कारण जनाई सो दिनको परीक्षा वा सोस“ग सम्बन्धित विज्ञापनको आंशिक वा सम्पूर्ण परीक्षा रद्द गर्न सक्नेछ ।

२९. परीक्षा दस्तुर फिर्ता दिनेः दफा २८ को उपदफा (१) बमोजिम विज्ञापन रद्द भएमा वा दरखास्त अस्वीकृत भएमा परीक्षा दस्तुर बापत बुझाएको रकम फिर्ता लिनको लागि आयोगले तोकेको अवधिभित्र सम्बन्धित व्यक्तिले निवेदन दिएमा आयोगले त्यस्तो दस्तुर फिर्ता दिनु पर्नेछ ।

३०. प्रश्न निर्माण र परीक्षा सञ्चालनः  (१) आयोगद्वारा लिइने सबै प्रकारका परीक्षाको लागि आवश्यक पर्ने प्रश्नको निर्माण तथा परिमार्जन (मोडरेशन) तोकिए बमोजिम हुनेछ ।
(२) पदपूर्तिको लागि उम्मेदवारको छनौट गर्न सम्बन्धित पदको कार्यप्रकृति अनुसार आयोगले परीक्षा सञ्चालन गर्नेछ र त्यस्तो परीक्षाको तरिका आयोगले तोके बमोजिम हुनेछ ।

३१. निलम्बन वा निष्काशन गर्न सक्नेः (१) कुनै उम्मेदवारले कुनै परीक्षा केन्द्रमा अनियमित काम कारबाही गरेमा वा आयोगले तोकेको शर्तको उल्लङ्घन गरेमा आयोगले त्यस्त उम्मेदवारको परीक्षा रद्द गरी त्यसपछि हुने कुनै विज्ञापन बमोजिमको परीक्षामा आयोगले तोकेको अवधिसम्म निजलाई उम्मेदवार हुन नपाउने गरी निलम्बन गर्न सक्नेछ ।
(२) कुनै उम्मेदवारले कुनै परीक्षा केन्द्रमा होहल्ला गरी परीक्षा सञ्चालनमा बाधा अवरोध पुर्यागमा त्यस्तो उम्मेदवारलाई केन्द्राध्यक्षले तत्काल परीक्षा केन्द्रबाट निष्काशन गर्न सक्नेछ र त्यसरी निष्काशन भएमा निजको सो विज्ञापन बमोजिमको सबै विषयको परीक्षा स्वतः रद्द हुनेछ ।

३२. उत्तरपुस्तिकामा सड्ढेत नम्बर राख्नेः (१) आयोगद्वारा लिइने लिखित वा प्रयोगात्मक परीक्षा सम्पन्न भएपछि तोकिए बमोजिमको प्रक्रिया अनुसार उत्तरपुस्तिकामा सड्ढेत नम्बर राख्नु पर्नेछ ।
(२) विद्युतीय प्रणालीबाट उत्तरपुस्तिका परीक्षण गर्ने प्रयोजनको लागि उत्तरपुस्तिकामा तोकिए बमोजिम बारकोडको प्रयोग गर्न सकिनेछ ।
(३) उपदफा (२) बमोजिम बारकोडको प्रयोग गरिएकोमा छुट्टैसड्ढेत नम्बर प्रयोग गर्नु पर्ने छैन ।
३३. उत्तरपुस्तिका परीक्षण गर्नेः (१) दफा ३२ बमोजिम उत्तरपुस्तिकामा सड्ढेत नम्बर राखिसकेपछि विषय विशेषज्ञ वा दक्षद्वारा उत्तरपुस्तिकाको परीक्षण गराउनु पर्नेछ ।
(२) उत्तरपुस्तिकाको परीक्षण सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३४. लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्नेः  (१) आयोगले लिखित वा प्रयोगात्मक परीक्षाको नतिजा प्रकाशन गर्दा त्यस्तो परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुमध्ये रिक्त पदको अनुपातमा तोकिए बमोजिमको सङ्ख्यामा सबैभन्दा बढी अड्ढ प्राप्त गर्ने उम्मेदवारको रोल नम्बर, नाम, थर समेत उल्लेख गरी नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नतिजा प्रकाशन गर्दा अन्तर्वार्ता लगायत विभिन्न चरणमा लिइने अन्य परीक्षाको कार्यक्रम र मिति समेत खुलाउनु पर्नेछ ।
३५. अन्तर्वार्ता समितिको गठनः (१) उम्मेदवारको छनौटको लागि अन्तर्वार्ता लिन केन्द्रीय कार्यालयमा अध्यक्ष वा निजले तोकेको सदस्य वा अन्य कुनै व्यक्तिको अध्यक्षतामा तोकिए बमोजिम अन्तर्वार्ता समिति गठन हुनेछ ।
(२) आयोगको केन्द्रीय कार्यालय बाहेक अन्य कार्यालयमा हुने अन्तर्वार्ताको लागि अन्तर्वार्ता समितिको गठन तोकिए बमोजिम हुनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम अन्तर्वाता समिति गठन गर्दा समावेशी सहभागिता सुनिश्चित गरिनेछ ।
स्पष्टीकरणः  यस उपदफाको प्रयोजनका लागि अन्तर्वार्ता समितिमा महिला,
आदिवासी÷जनजाति, मधेशी, दलित, पिछडिएको क्षेत्रका व्यक्तिमध्ये कम्तीमा एकजना सदस्य रहेमा समावेशी सहभागिता सुनिश्चित भएको मानिनेछ ।
(४) अन्तर्वार्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३६. अन्तिम नतिजा प्रकाशन गर्नेः  (१) उम्मेदवारको छनौट सम्बन्धी सम्पूर्ण प्रक्रिया सम्पन्न भएपछि आयोगले सबैभन्दा बढी अड्ढ प्राप्त गर्ने उम्मेदवारको रोल नम्बर, नाम, थर, ठेगाना, सिफारिस गरिएको निकाय आदि समेत उल्लेख गरी योग्यताक्रम अनुसार अन्तिम नतिजा प्रकाशन गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम नतिजा प्रकाशन गर्दा तोकिए बमोजिमको सङ्ख्यामा वैकल्पिक उम्मेदवारको सूची समेत प्रकाशन गर्नु पर्नेछ ।
(३) यस दफा बमोजिम अन्तिम नतिजा प्रकाशन गर्दा अन्तर्वार्तामा छनौट हुन नसकेका न्यूनतम उत्तीर्णाड्ढ प्राप्त गरेका उम्मेदवारहरु मध्येबाट तोकिएको सङ्ख्यामा अस्थायी उम्मेदवारको सूची प्रकाशन गर्नु पर्नेछ ।
(४) उपदफा (३) बमोजिम उम्मेदवारको सूचीबाट अस्थायी नियुक्तिका लागि सिफारिस गर्दा उपदफा (२) बमोजिम वैकल्पिक सूचीमा समावेश भई स्थायी नियुक्ति हुन नसकेका उम्मेदवारहरुलाई पहिलो योग्यताक्रमको सूचीमा समावेश गर्नु पर्नेछ ।

३७. नियुक्तिको लागि सिफारिस गर्नेः (१) दफा ३६ को उपदफा (१) बमोजिमको उम्मेदवारलाई आयोगले योग्यताक्रम अनुसार नियुक्तिको लागि अख्तियारवाला समक्ष सिफारिस गर्नेछ ।
(२) उपदफा (१) बमोजिम सिफारिस गरिएको उम्मेदवारको दफा १४ को उपदफा (३) बमोजिम नियुक्तिको सिफारिस रद्द भएमा वा तोकिए बमोजिमको अन्य अवस्थामा आयोगले योग्यताक्रम अनुसार वैकल्पिक उम्मेदवारलाई नियुक्तिको लागि सिफारिस गर्नेछ ।
(३) उम्मेदवारको नियुक्तिको लागि गरिने सिफारिस सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।

३८प्रारम्भिक परीक्षाः (१) आयोगले तोकेको कुनै सेवा, समूह तथा उपसमूहको कुनै पदको लागि संयुक्त वा छुट्टाछुट्टै प्रारम्भिक परीक्षा लिन सक्नेछ ।
तर प्रारम्भिक परीक्षा लिन तोकेका पदमध्ये कुनै खास प्रतिस्पर्धाका लागि छुट्याइएको पदहरुमा प्रारम्भिक परीक्षा आवश्यक नपर्ने गरी आयोगले छूट गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिमको प्रारम्भिक परीक्षाको लागि आवश्यक विवरण खुलाई आयोगले विज्ञापन प्रकाशन गर्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिमको प्रारम्भिक परीक्षा लिइएकोमा त्यस्तो परीक्षा उत्तीर्ण हुने व्यक्ति मात्र सम्बन्धित सेवा, समूह तथा उपसमूहको खुला प्रतियोगिताद्वारा पूर्ति गरिने रिक्त पदको लागि उम्मेदवार हुन सक्नेछ ।
(४) प्रारम्भिक परीक्षामा उत्तीर्ण भएको व्यक्ति सो परीक्षामा उत्तीर्ण भएको मितिले आयोगले तोकेको अवधिसम्म सेवा शर्त सम्बन्धी प्रचलित कानून बमोजिम उम्मेदवार हुनको लागि निर्धारित उमेरको हद ननाघ्ने गरी सम्बन्धित सेवा, समूह तथा उपसमूहको खुला प्रतियोगिताद्वारा पूर्ति गरिने रिक्त पदको लागि उम्मेदवार हुन सक्नेछ ।
(५) प्रारम्भिक परीक्षा दस्तुर र अन्य व्यवस्था आयोगले तोके बमोजिम हुनेछ ।

३९. विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेः आयोगले रिक्त पदको माग, पदपूर्तिको विज्ञापन, परीक्षा सञ्चालन, नतिजा प्रकाशन आदि काममा उपयुक्तताको आधारमा विद्युतीय माध्यमको प्रयोग गर्न सक्नेछ ।

४०.आयोगको काममा सहयोग गर्नु पर्नेः  (१) आयोगको परीक्षा सम्बन्धी कार्य सम्पादनकलागि संवैधानिक निकाय वा सरकारी कार्यालय वा शिक्षण संस्थाले आयोगको माग बमोजिम कर्मचारी, भवन वा कक्षाकोठा उपलब्ध गराई सहयोग गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम आयोगको काममा संलग्न कर्मचारीको पारिश्रमिक र भवन वा कक्षाकोठा प्रयोग गरे बापतको भाडा रकम आयोगले दिनेछ ।