परिच्छेद-७ कसूर र सजाय
- कसूर गरेको मानिने : कसैले देहायको कार्य गरेमा यस ऐन बमोजिमको कसूर गरेको मानिनेछ :–
(क) दफा 5 बमोजिमको गर्भवती सेवा लिनबाट वञ्चित गरेमा,
(ख) दफा ६ बमोजिम प्रसूति सेवा प्रदान गर्ने कुनै स्वास्थ्य संस्थाले प्रसूति सेवा प्रदान गर्न इन्कार गरेमा,
(ग) दफा ७ बमोजिम आफ्नो स्वास्थ्य संस्थामा उपचार गर्न सम्भव हुँदाहुँदै वा जानाजान अर्को स्वास्थ्य संस्थामा प्रेषण (रिफर) गरे वा गराएमा,
(घ) दफा 9 बमोजिम स्वास्थ्य संस्थाले जन्म प्रमाणपत्र नदिएमा,
(ङ) दफा १1 बमोजिम बलपूर्वक परिवार नियोजन गराएमा,
(च) दफा 12 बमोजिम बलपूर्वक गर्भ निरोधको साधन प्रयोग गराएमा
(छ) दफा 1६ बमोजिम गर्भपतन गराएमा,
(ज) दफा १7 को उपदफा (१) र (२) विपरीत भ्रुणको लिङ्ग पहिचान हुने कुनै काम गरेमा,
(झ) दफा १7 को उपदफा (३) बमोजिम लिङ्ग पहिचान गरी गर्भपतन गराएमा,
(ञ) दफा 19 को उपदफा (२) विपरीत गोपनीयता भङ्ग गरे वा गराएमा,
(ट) दफा 21 विपरीत विस्थापन गरे वा गराएमा,
(ठ) दफा २९ विपरीत भेदभाव गरेमा।
- सजाय : कसैले दफा 2५ अन्तर्गत कसूर मानिने कुनै काम गरे वा गराएमा कसूरको मात्रा हेरी देहाय बमोजिम सजाय हुनेछ :-
(क) खण्ड (क), (ख), (ग), (घ) र (ठ) बमोजिमको कसूर गर्ने वा गराउनेलाई छ महिनासम्म कैद वा पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय,
(ख) खण्ड (ङ) र (च) बमोजिमको कसूर गर्ने वा गराउनेलाई तीन महिनादेखि छ महिनासम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना,
(ग) खण्ड (छ), (ज) र (झ) बमोजिमको कसूर गर्ने वा गराउनेलाई मुलुकी अपराध (संहिता) ऐन, 2074 को दफा 188 बमोजिमको सजाय,
(घ) खण्ड (ञ) बमोजिमको कसूर गर्ने वा गराउनेलाई पचास हजार रुपैयाँसम्म जरिबाना,
(ङ) खण्ड (ट) बमोजिमको कसूर गर्ने वा गराउनेलाई एक वर्षसम्म कैद वा एक लाखसम्म जरिबाना वा दुवै सजाय।
क्षतिपूर्तिको व्यवस्था : यो ऐन अन्तर्गतको कसूरबाट पीडित व्यक्तिलाई कसूरदारबाट तोकिए बमोजिम मनासिब माफिकको क्षतिपूर्ति भराई दिनु पर्नेछ।
0 Comments