Skip to contentSkip to left sidebar Skip to footer

जनप्रतिनिधिहरु संग Legal Dissemination कार्यक्रम

नेपाल कानून अायाेगले मिति २०७५।५।१ देखि लागु हुने देवानी र फाैजदारी स‌ंहिताकाे सम्बन्धमा जनसराेकारका प्रमुख विषयहरुमा स्थानीय तहका जनप्रतिनिधिहरु संग Legal Dissemination कार्यक्रम गर्ने क्रममा मिति २०७५।३।११-१२-१३ गते बारा जिल्लाकाे क्रमशः काेल्हबी नगरपालीका, निजगढ नगरपालिका र जीतपुरसिमरा उपमहानगरपालिका जनप्रतिनिधिहरुकाे बीचमा सम्पन्न गरियाे । कार्यक्रममा देवानी र फाैजदारी संहिताका सम्बन्धमा नेपाल कानून अायाेगका उपसचिव श्री राजेन्द्र थापाले प्रस्तुतिकरण गर्नु भयाे । उहाँले उक्त संहिताकाे बारेमा जनप्रतिनिधिहरुले राखेका प्रश्नहरुकाे ब्याख्या सहित प्रस्ट पार्नु भयाे । उक्त कार्यक्रमहरुकाे संयाेजन समेत नेपाल कानून अायाेगका उपसचिव राजेन्द्र थापाले गर्नु भएकाे थियाे भने सम्बन्धित स्थानीय तहका प्रमुखज्यूहरुले अध्यक्षता गरेकाे कार्यक्रमकाे संचालन नेपाल कानून अायाेगका नायव सुब्बा श्री झलक के सी ले गर्नु भएकाे थियाे । साे कार्यक्रममा सम्बन्धित स्थानीय तहका जनप्रतिनिधिहरु र कर्मचारीहरुकाे सहभागिता थियाे भने नेपाल कानून अायाेगका तर्फबाट कम्प्युटर अपरेटर चन्डेश्वरी प्रजापती लगाएतकाे सहभागिता थियाे ।

0 Comments

There are no comments yet

Leave a comment

Your email address will not be published.