परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भः  (१) यस ऐनको नाम “अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४” रहेको छ ।
(२) यो ऐन प्रमाणीकरण भएको मितिले एकानब्बेऔँ दिनबाट प्रारम्भ हुनेछ ।
२. परिभाषाः विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “अपाङ्गता भएका असहाय व्यक्ति” भन्नाले आफ्नो सम्पत्ति नभएका, स्याहार सुसार गर्ने परिवारका सदस्य वा संरक्षक नभएका वा आफै रोजगार गरी जीवनयापन गर्न नसक्ने अपाङ्गता भएका व्यक्ति सम्झनु पर्छ ।
(ख) “अपाङ्गता भएका व्यक्ति” भन्नाले शारीरिक, मानसिक, बौद्धिक वा इन्द्रीय सम्बन्धी दीर्घकालीन अशक्तता, कार्यगत सीमितता (फङ्सनल इम्पेरिमेन्ट) वा विद्यमान अवरोधको कारण अन्य व्यक्तिसरह समान आधारमा पूर्ण र प्रभावकारी ढङ्गले सामाजिक जीवनमा सहभागी हुन बाधा भएका व्यक्ति सम्झनु पर्छ ।
(ग) ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍…………………..
(घ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।
(ङ) “निर्देशन समिति” भन्नाले दफा ३८ बमोजिमको अपाङ्गता राष्ट्रिय निर्देशन समिति सम्झनु पर्छ ।
(च) “परिवार” भन्नाले अपाङ्गता भएका व्यक्तिका बाजे, बज्यै, बाबु, आमा, छोरा, छोरी, दाजु, भाइ, दिदी, बहिनी वा पति पत्नी सम्झनु पर्छ र सो शब्दले एकासगोलमा बस्ने निजका अन्य नातेदारलाई समेत जनाउँछ ।
(छ) “पहुँचयुक्त” भन्नाले अपाङ्गता भएका व्यक्तिलाई स्वनिर्भरतापूर्वक जीवनयापन गर्न तथा जीवनका हरेक पक्षमा पूर्णरूपले सहभागी हुन सक्ने गरी सक्षम बनाउन मानव निर्मित भौतिक संरचना, यातायातका साधन, सूचना र सञ्चारका उपकरण तथा प्रविधि वा सर्वसाधारणलाई खुला गरिएका सेवा तथा सुविधा विना अवरोध समान रूपमा उपयोग गर्न सक्ने अवस्था सम्झनु पर्छ ।
(ज) “पुनस्र्थापना केन्द्र” भन्नाले दफा २९ बमोजिमको पुनस्र्थापना केन्द्र सम्झनु पर्छ ।

(ज१) “प्रतिष्ठान“ भन्नाले मुनाफा आर्जन गर्ने वा नगर्ने गरी उद्योग, व्यवसाय वा सेवा गर्ने उद्देश्यले प्रचलित कानून बमोजिम स्थापना, संस्थापना, दर्ता, गठन वा सञ्चालनमा रहेको कुनै कलकारखाना, संघ, संगठन, संस्था, कम्पनी, फर्म, वा अन्य संस्था सम्झनु पर्छ ।
(झ) “भाषा” भन्नाले बोली वा साङ्केतिक भाषा तथा अन्य प्रकारका ध्वनी रहित भाषा सम्झनु पर्छ ।
(ञ) “मन्त्रालय” भन्नाले नेपाल सरकार, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय सम्झनु पर्छ ।
(ट) “सञ्चार” भन्नाले भाषा, पाठको प्रस्तुति, ब्रेल, स्पर्श सञ्चार, ठूलो छापा, पहुँचयुक्त बहुमाध्यम, पहुँचयुक्त सूचना र सञ्चार प्रविधि लगायत लेख्य, श्रव्य, सामान्य भाषा, मानव वाचक तथा सञ्चारका प्रबद्र्धनात्मक र वैकल्पिक तरिका, साधन र ढाँचा सम्झनु पर्छ ।
(ठ) “समन्वय समिति” भन्नाले दफा ४२ बमोजिमको स्थानीय समन्वय समिति सम्झनु पर्छ ।
(ड) “स्थानीय तह” भन्नाले गाउँपालिका वा नगरपालिका सम्झनु पर्छ ।
(ढ) “संरक्षक” भन्नाले अपाङ्गता भएका व्यक्तिको हक, हितको संरक्षण गर्न प्रचलित कानून बमोजिम नियुक्त गरिएको व्यक्ति सम्झनु पर्छ ।
(ण) “संरक्षण अधिकृत” भन्नाले दफा ५८ बमोजिमको अधिकृत सम्झनु पर्छ ।