परिच्छेद – १ प्रारम्भिक

परिच्छेद – १ प्रारम्भिक

१. संक्षिप्त नाम, विस्तार र प्रारम्भः

(१) यस ऐनको नाम “पर्यटन ऐन, २०३५” रहेको छ।

(२) यो ऐनको विस्तार नेपाल ………. भर हुनेछ ।
(३) यो  ऐनको परिच्छेद –४ नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको मितिदेखि प्रारम्भ हुनेछ र अरु परिच्छेद तुरुन्त प्रारम्भ हुनेछन्।मिति २०५५।१०।११ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा मिति २०५५।९।१७ देखि प्रारम्भ हुने गरी तोकिएको ।
यो ऐन संवत्२०६५ साल जेठ १५ गतेदेखि लागू भएको ।गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।दोस्रो संशोधनद्वारा थप ।

२.परिभाषाः विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस ऐनमा, –

(क)“पर्यटक” भन्नाले विदेशी मुलुकबाटभ्रमणको लागि नेपाल राज्यमा आउने गैर नेपाली नागरिक सम्झनु पर्छ ।(क१)नेपाली पर्यटक भन्नाले नेपाल…………को एक स्थानबाट अर्को स्थानमा भ्रमण गर्ने
नेपाली नागरिक सम्झनु पर्छ ।

(ख)“टाभलएजेन्सी” भन्नाले जुनसुकै नामबाट सन्चालन गरिएको भए तापनि पर्यटक वा अन्य व्यक्तिको निमित्त शुल्क लिईभ्रमण, बसोबास तथा आधुनिक सवारीको साधन उपलब्ध भएका स्थानहरूमा दृष्यावलोकन सम्बन्धी प्रबन्ध मिलाउने व्यक्ति, फर्म वा कम्पनी सम्झनु पर्छ ।

(ग)“ट्रेकिङ्ग एजेन्सी” भन्नाले जुनसुकै नामबाट सन्चालन गरिएको भए तापनि पर्यटक वा
अन्य व्यक्तिहरूलाई विविध प्राकृतिक एवं सांस्कृतिक दृष्यावलोकन गराउने उद्देश्यले शुल्क लिई साधारणतया आधुनिक सवारीको साधन उपलब्ध नभएका स्थानहरूमा यात्रा गराउने प्रबन्ध मिलाउने व्यक्ति, फर्म वा कम्पनी सम्झनु पर्छ ।

(घ)“पर्वतारोहण” भन्नाले नेपाली हिमश्रंखलाको कुनै निश्चित चूलीमा पुग्ने उद्देश्य लिई कुनै दलले त्यस्तो चूलीको आरोहण गर्ने कार्य सम्झनु पर्छ ।

(ङ)“आधार शिविर” भन्नाले सम्बन्धित पर्वत आरोहण गर्न प्रयोगमा ल्याइने माल सामान, खाद्य सामग्री, औषधि आदि राखी अग्रीम शिविरलाई आवश्यक पर्ने त्यस्ता माल सामान आपूर्ति गर्न वा पर्वतारोहण सम्बनधी कुराको निर्देशन दिन खडा गरिएकोपर्वतारोहणसम्बन्धी खास प्रविधि विना पुग्न सकिनेसबभन्दा तल्लो उचाइमा रहेको शिविरलाई जनाउँछ ।

(च)“सम्पर्क अधिकृत” भन्नाले पर्वतारोही दलको साथमा जान दफा २० बमोजिम नेपाल सरकारलेखटाएको सम्पर्क अधिकृत सम्झनु पर्छ ।

(छ)“सरदार” भन्नाले स्थानीय कामदार बन्दोवस्त गनेर्, पर्वतीय पथ प्रदर्शकको काम गर्ने तथा उचाईमा जाने कामदार वा आधार शिविरमा काम गर्ने कामदारहरूको नियन्त्रण गर्ने नाइके सम्झनु पर्छ ।
यो ऐनपरिच्छेद–४ मिति २०३६।७।२६ को नेपाल राजपत्रमा प्रकाशित सूचनाद्वारा तुरुन्त प्रारम्भ हुने गरी तोकिएको ।दोस्रो संशोधनद्वारा संशोधित ।दोस्रो संशोधनद्वारा थप गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको ।
पहिलो संशोधनद्वारा संशोधित ।पहिलो संशोधनद्वारा थप ।

(ज)“पर्वतीय पथ प्रदर्शक (माउण्टेन गाईड)” भन्नाले आधार शिविरभन्दामाथि
पर्वतारोहीहरूलाई आरोहण कार्यमा सहयोग वा मद्दत गर्न जाने व्यक्ति सम्झनु पर्छ।

(झ)“उचाइमा जाने कामदार” भन्नाले आधार शिविरभन्दामाथि आवश्यक माल सामान लैजाने ल्याउने कामदार सम्झनु पर्छ ।(ञ)“स्थानीय कामदार” भन्नाले आधार शिविरसम्म पर्वतारोही दलको सामान लैजाने ल्याउने भरिया सम्झनु पर्छ ।

(ट)“आधार शिविरका कामदार” भन्नाले आधार शिविरमा पर्वतारोही दलको निम्ति खाना पकाउने, हुलाकी र यस्तै अन्य काम गर्ने व्यक्ति सम्झनु पर्छ ।

(ठ)“पर्वतारोहण संघ” भन्नाले प्रचलित कानून बमोजिम दर्ता भई पर्वतारोहणको प्रयोजनको लागि दफा ३७ बमोजिम नेपाल सरकारले मान्यता प्रदान गरेको पर्वतारोहण संघ सम्झनु पर्छ ।

(ड)“पथ प्रदर्शक” भन्नाले पारिश्रमिक लिई पर्यटकककोसाथ गई ….. पथ प्रदर्शनको लागि काम गर्ने दफा ३९ बमोजिम इजाजत प्राप्त व्यक्ति सम्झनु पर्छ ।

(ढ)……(ण)“तोकिएको” वा “तोकिएबमोजिम” भन्नाले यस ऐन वा यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिएबमोजिम सम्झनु पर्छ ।