१. पृष्ठभूमि

१. पृष्ठभूमि

नेपालमा स्वदेशी र विदेशी गरी सयौ‌ं च्यानलहरुको प्रशारण घरघरमा उपलब्ध हुदै आएको छ । यसरी उपलब्ध टेलिभिजन च्यानलहरुवाट नेपाली जनताले स्वदेशी तथा विदेशी सूचना, जानकारी र मनोरन्जनात्मक कार्यक्रम हेर्दै आएका छन् । सूचना, शिक्षा र मनोरन्जनका लागि महत्वपुर्ण मानिने टेलिभिजन प्रशारणका विषयमा भने विभिन्न देशमा आफ्नै प्रकारको नीति लिने गरिएको छ । नेपालमा त्यस प्रकारको कुनै नीति नहुँदा विदेशी च्यानलहरुले निर्वाध रुपमा कार्यक्रमका साथ साथै विज्ञापन प्रशारण गरि रहेको पाईन्छ । एकातिर उपभोक्ताले केवल वा DTH लाई शुल्क तिर्नु पर्ने र अर्को तर्फ विज्ञापन समेत हेर्नु पर्ने वाध्यता छ । साथै यसरी विज्ञापन सहित विदेशी च्यानलहरु नेपालमा प्रशारण हुँदा वहुराष्ट्रिय कम्पनिहरु स्वदेशी टेलिभिजन च्यानलहरुमा विज्ञापन कम गर्ने गरेको गुनासो समेत आउने गरेको छ ।

विश्वमा शुल्क तिरेर मात्र हेर्न पाउने सःशुल्क च्यानल  र शुल्क नतिरी हेर्न पाईने निःशुल्क च्यानल  गरी २ प्रकारको प्रशारण हुने गरेको पाईन्छ । निःशुल्क च्यानलहरुले विज्ञापन सहित प्रशारण गर्ने गरेपनि ग्राहकहरुसंग शुल्क लिदैनन् भने सःशुल्क च्यानलहरुले विज्ञापन रहित प्रशारण गर्ने र ग्राहकवाट शूल्क लिन पाउने अन्तराष्ट्रिय प्रचलन रहेको छ । यररी टेलिभिजन च्यानलहरुले शुल्क लिई विज्ञापन रहित प्रशारण गर्ने व्यवस्था नै Clean Feed हो । विज्ञापन रहित प्रशारणलाई सम्बन्धित देशको नीति र कानूनले व्यवस्थि गर्ने गरेको पाइन्छ । नेपालमा राष्ट्रिय प्रशारण ऐन र नियमावली लागु भएपछि वि.सं. २०५२ साल देखि विदेशी टेलिभिजन च्यानलहरु प्रवेश गर्ने मौका पाए । त्यस्ता च्यानलहरु बहुराष्ट्रिय कम्पनीका विज्ञापन सहित नेपालमा निर्वाध रुपमा प्रशारण भई रहेका छन् भने कतिपय अन्य विदेशी मुलुकका टेलिभिजन च्यानलहरु विज्ञापन रहित आउने र भारतमा विज्ञापन भरेर नेपालमा प्रशारण गर्ने गरेको समेत पाईन्छ ।

विदेशी टेलिभिजन च्यानलहरु डाउनलिङ्कको अनुमति लिएर नेपाली टेलिभिजन सिग्नल वितरक (DTH र केबुल वितरक ) मार्फत दर्शकको घरघरमा पुग्ने गरेको छ । अपवाद च्यानलहरु बाहेक अन्य सबै विदेशी च्यानलहरु विर्वाधरुपमा विज्ञापन सहित प्रशारण हुने गरेको पाईन्छ । नेपालमा प्रशारणको लागि डाउनलिङ्कका अनुमति लिने च्यानलहरुको संख्या १४७ रहेको छ केही अपवाद वाहेक सबै खाले विदेशी च्यानलहरुले विज्ञापनमा ठुलो रकम खर्च गर्ने बहुराष्ट्रिय कम्पनीका बिज्ञापन नेपाली दर्शकहरुले मासिक रुपमा शुल्क तिरी हेर्नु पर्ने अवस्था छ भने स्वदेशी विज्ञापन बजार खुम्चिएको अबस्थामा छ । यहि पृष्ठभुमिमा यो नीति आवश्यक भएको हो ।