३. नीतिको उद्देश्य

३. नीतिको उद्देश्य

नेपालमा विदेशी च्यानल प्रशारणमा विज्ञापन सहित र विज्ञापन रहित प्रशारणमा बार्षिक २५ हजारको शुल्कमा भिन्नता बाहेक अन्य कुनै भिन्नता रहेको पाईदैन । नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुले विज्ञापन सहित प्रशारण गर्ने हुुँदा बहुराष्ट्रिय कम्पनिहरुको नेपाली च्यानलमा विज्ञापन दिने तर्फ त्यति उत्साहित नभएको र विज्ञापन बजार खुम्चिएको धारणा विज्ञापन व्यावसायिहरुको छ । विज्ञापनदाताले उपलब्ध गराएको विज्ञापनको नेपाली दर्शक समेतलाई गणना गरी विदेशी प्रशारकले फाईदा लिने गरेको धारणा व्यवसायीहरुको छ । एकतिर बहुराष्ट्रिय कम्पनिका विज्ञापन कम हुँदा नेपालको टेलिभिजन उद्योगमा आम्दानी कम हुने, आम्दानी कम हुँदा गुणस्तरीय कार्यक्रम निर्माण हुन नसक्ने र गुणस्तरीय कार्यक्रम उत्पादन हुन नसक्दा दर्शकहरु विदेशी च्यानल प्रति आश्रित हुने जसले गर्दा नेपाली भाषा, सँस्कृति, परम्परा, रितिरिवाज र मैलिकता समेत ओझेलमा पर्ने भएकोले त्यसको जगेर्ना गर्ने उदेश्यले यो नीति ल्याइएको हो ।

यसका अतिरिक्त विदेशी च्यानल सिग्नल वितरकहरु आधिकारिक विक्रेता हुने होडमा बढी भन्दा बढी मूल्य तिर्ने गरेको कारण ठूलो मात्रामा विदेशी मुद्रा विदेशिने गरेको छ । विदेशी च्यानलका सिग्नल वितरकका विच एकाधिकार, विवाद, झगडा र अदालतमा मुद्दा समेत गरी समय र श्रोतको अनुत्पादक खर्च भईरहेको हुँदा स्वदेशी टेलिभिजन र विज्ञापन एजेन्सीहरुलाई प्रोत्साहन गर्न, ठूलो मात्रामा विदेशीने विदेशी मुद्रालाई कम गर्न विदेशी विज्ञापनबाट नेपाली भाषा, संस्कृतिमा भएको अतिक्रमण रोक्न, विदेशी टेलिभिजन च्यानलहरुमा हुने विदेशी विज्ञापन प्रशारणलाई नियमित गर्न, स्वदेशी विज्ञापन बजारलाई विस्तार गर्न, विज्ञापनका माध्यमबाट राजश्व र रोजगारीमा बृद्धि गर्नका लागि नेपाल भित्र प्रशारण हुँने विदेशी च्यानलहरुमा Clean Feed नीति लागु गर्न आवश्यक रहेकोले यो निित ल्याईएको हो । यसका मुख्य उदेश्यहरु यस प्रकार छन् ।

क) नेपालमा डाउनलिङ्क अनुमति लिई प्रशारण हुने विदेशी टेलिभिजन च्यानललाई विज्ञापन रहित बनाई दर्शकहरुलाई स्वच्छ र सफा रुपमा हेर्न सक्ने बनाउने ।
ख) बहुराष्ट्रिय कम्पनिका उत्पादनको विज्ञापनलाई स्वदेशी च्यानलहरुबाटै प्रशारण गराई स्वदेशी विज्ञापन एजेन्सी र टेलिभिजन च्यानलहरुलाई आत्मानिर्भर बनाउने ।
ग) स्वदेशी च्यानलहरुमा वहुराष्ट्रिय कम्पनिका विज्ञापन वृद्धि गराई उनीहरुका कार्यक्रमको गुणस्तर वृद्धि गर्ने ।
घ) स्वदेशी कार्यक्रमको गुणस्तर बृद्धि गराई विदेशी च्यानलबाट हुने भाषीक तथा साँस्कृतिक अतिक्रमण न्युन गर्ने ।
ङ) नेपाली विज्ञापन बजार वद्धि भई थप रोजगारी श्रृजना हुने ।
च) विज्ञापन बजारको वृद्धिबाट राजश्व संकलनमा समेत थप योदान पु¥र्याउने ।
छ) नेपालमा कार्यक्रम उत्पादन, प्रशारण लगाएतका गतिविधि वृद्धि भई टेलिभिजन व्यवसायलाई उद्योगको रुपमा विकास गर्ने ।