अन्तरक्रिया कार्यक्रम

अन्तरक्रिया कार्यक्रम

मिति २०७६/११/३० गते शुक्रबारका दिन कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका माननीय मन्त्री डा. शिवमाया तुम्बाहाङफेज्यूको प्रमुख आतिथ्यमा यस आयोगका अध्यक्ष श्री माधव पौडेलज्यूको अध्यक्षतामा विधायन व्यवस्थापन समितिका माननीय सभापतिज्यू, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका माननीय सभापतिज्यूहरुको विशेष आतिथ्यमा प्रतिनिधि सभा तथा राष्ट्रिय सभाका माननीय सदस्यज्यूहरु, राष्ट्रिय मानव अधिकार आयोगका माननीय सदस्यज्यू, उच्च अदालतका माननीय न्यायाधीशज्यू, जिल्ला अदालतका माननीय न्यायाधीशज्यू, सर्वोच्च अदालतका प्रतिनिधि, महान्यायधिवक्ता कार्यालयका प्रतिनिधि, कानून मन्त्रालयका प्रतिनिधि, प्राज्ञिक, विज्ञ तथा अन्य सरोकारवालाहरु समेतका समुपस्थितिमा नेपाल कानून व्याख्या सम्बन्धी ऐन, २०१० लाई संशोधन गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदा उपर अन्तरक्रिया कार्यक्रम संचालन भयो ।