३. सूचना तथा अनुसन्धान

३. सूचना तथा अनुसन्धान

३.१.१. भूमिका / वर्तमान स्थिति

३.१.१. अपाङ्गहरुका लागि अवसर समानीकरण सम्बन्धि संयुक्त राष्ट्र संघको प्रामाणिक नियमहरु १९९३ नियम १३ मा सरकारले अपाङ्गहरुको सामाजिक र आर्थिक अवस्था, रोजगार र अवसरहरुका बारे जानकारी संकलन गर्ने र प्रचार प्रसार गर्ने तथा अपाङ्गहरुका जीवनमा प्रभाव पार्ने बाधकहरु सहित सबै पक्षको अनुसन्धान गर्ने अन्तिम उत्तरदायित्व बहन गर्नुपर्ने औल्याएको छ ।

३.१.२. एशिया तथा प्रशान्त क्षेत्रका अपाङ्गहरुको दशक १९९३-२००२ को नीति नं. ३ अनुसार अपाङ्गहरुको अवस्थाबारे व्यापक एवं यर्थाथ तथ्याङ्क संकलन र विश्लेषण; फ्लपी डिस्केट, ठूलो अक्षरको छापा, ब्रेल, श्रव्य र दृष्य क्यासेटको ढांचा सूचना सामग्रीहरुको वृद्धि; चलचित्र र टेलिभिजन कार्यक्रमका साथै दृष्य क्यासेटको ढांचामा आदि संचालन गर्न भनी उल्लेख गरेको छ ।

३.१.३. संयुक्त राष्ट्रको विवाको सहश्राब्दी कार्ययोजना २००० को कार्यान्वयन ढांचाको प्राथामिक क्षेत्र भित्र तोकिएको लक्ष्य नं. डि (२) को १२ मा अपाङ्गहरुका लागि रोजगार र स्वरोजगारको दरको मापनको लागि भरपर्दो तथ्यांक सूचना सन् २०१० सम्ममा सवै राष्ट्रहरुले राख्नु पर्ने भन्ने व्यवस्था गरेको छ ।

३.१.४. अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ दफा १८ मा अपाङ्गलाई पर्याप्त एवं उपयुक्त सुविधा पुर्याउने तथा आत्मनिर्भर बनाउने विषयमा विभिन्न प्रविधिको अनुसन्धान मन्त्रालयले गर्न गराउन सक्ने उल्लेख छ ।

३.१.५. दशौं योजनाले सूचनामा अपाङ्गता भएका व्यक्तिहरुको आवश्यक पहुंच हुने छ भनी अपेक्षित उपलब्धिका रुपमा राखेको छ ।

३.१.६. अपाङ्गताको क्षेत्रमा कार्य गर्ने सरकारी गैरसरकारी संघ संस्थाहरुको कार्य क्षेत्र र विवरण समेत उल्लेख भएको डाइरेक्टरी प्रकाशन एवं अद्यावधिक गर्ने व्यवस्था रहेको छ ।

३.१.७. विभिन्न प्रकारका अपाङ्गताको क्षेत्रमा कार्य गर्ने सरकारी र गरै सरकारी संघ संस्थाले आ-आफ्नो संस्थाको कार्य प्रयोजनको लागि केही अनुसन्धान गरेको पाइन्छ ।

३.१.८. केन्द्रिय तथ्याङ्क विभागले सन् २००१ को राष्ट्रिय जनगणनामा अपाङ्गताबारे समावेश गरको तथा अपाङ्गता स्थिति विश्लेषणबारे विभिन्न अध्ययन अनुसन्धान भै रहेको पाइन्छ ।

३.२. मुद्दा तथा समस्याहरु

३.२.१. अपाङ्गताका प्रकृति अनुरुप सूचना र संचारमा क्षेत्रमा सरकारको स्पष्ट नीति र कार्यक्रम नभएको र भएका सूचना र संचारका माध्यममा अपाङ्गता भएका व्यक्तिहरुको पर्याप्त पहुंच पुग्न सकेको छैन । व्यवस्थित र उपयुक्त सूचना प्रणालीको अभावले गर्दा अपाङ्गले राष्ट्रिय नीति तथा कार्यक्रममा उल्लेख भएका पर्याप्त सुविधाहरुपनि पाउन नसकेको अवस्था छ ।

३.२.२. अपाङ्गता सम्वन्धी अनुसन्धान पर्याप्त नभएको, भएका अध्ययन, अनुसन्धान र तथ्याङ्क विवरण अपाङ्गताको क्षेत्रको पर्याप्त ज्ञान नभएकाहरुबाट अपाङ्गहरु र यिनका संस्थाहरुको सहभागिता वेगर तयार भएको कारण सही र विश्वनीय तथ्यांक प्राप्त हुन सकेको अवस्था विद्यमान छ ।

३.२.३. अपाङ्गता सम्वन्धी वर्गीकरण र परिभाषा श्री ५ को सरकारले तयार गरी कार्यान्वयन गरेको छ । तथापी वर्गिकरण र परिभाषामा संघ संस्थाहरु बीच एकरुपा नहुँदा सूचना र अनुसंन्धान यर्थाथपरक हनु सकेको छैन ।

३.३. उद्देश्यः अपाङ्गताका विषयमा व्यवस्थित सूचना प्रणालीको विकास गरी सम्बन्धीत सरोकारवालालाई विश्वसनीय एवं अद्यावधिक सूचना उपलब्ध गराइने छ ।

३.४. नीति

३.४.१. अपाङ्गता विषयका विज्ञद्वारा सहभागितात्मक विधि अपनाई अध्ययन अनुसन्धान गराइने    छ ।

३.४.२. एकिकृत सूचना प्रणालीको विकास गरिने छ ।

३.५. रणनीति

३.५.१. राष्ट्रियस्तरमा अपाङ्गता सम्वन्धी विषयको सूचना संकलन तथा अनुसन्धान गर्न राष्ट्रिय अपाङ्ग सूचना तथा श्रोत केन्द्र स्थापना गरिने छ ।

३.५.२. अपाङ्गताको वर्गिकरण र परिभाषालाई फराकिलो बनाउँदै अपाङ्गताका विषयमा व्यस्थित सूचना प्रणाली विकास गरी सूचनामा उनीहरुको सहज पहुँच स्थापित गर्ने संयन्त्रको विकास गरिने छ ।

३.४.३. जिल्लास्तरसम्म स्थायी रुपमा अपाङ्ग सम्पर्क विन्दु र स्रोत केन्द्रको स्थापना गरिने छ ।

३.४.४. राष्ट्रिय सूचना नीतिमा अपाङ्ग सम्बन्धी विषय समाबेश गर्ने ।

३.४.५. अपाङ्गता भएका व्यक्तिहरुको सही तथ्याङ्क विवरण तयार गरी यसलाई अद्यावधिक गरिने   छ ।

३.६. कार्ययोजना

सि.नं. कार्यक्रम कार्यान्वयन गर्ने निकाय सहयोगी निकाय समय अवधि अनुगमन सूचक
अपाङ्गताको प्रकृति अनुरुप उनीहरुको स्वास्थ्य, शिक्षा, तालिम, रोजगार र अपाङ्गपन हुने कारणको वारेमा

अनुसन्धान गरी तथ्यांक वैंक (Information Database) विकास गर्ने ।

महिला, बालबालिका

तथा समाज कल्याण,

स्थानिय विकास, शिक्षा तथा खेलकुद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, राष्ट्रिय योजना आयोग, केन्द्रिय

तथ्याङ्क विभाग र

स्वास्थ्यअनुसन्धान केन्द्र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल ।

स्थानिय निकाय, WHO, ILO, राष्ट्रिय

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था

दशौं र एघारौ

योजना अवधि

·    सूचना प्रणालीको

स्थापना

·    संकलित सूचनाको

प्रकार

·    अध्ययन अनुसन्धान

प्रतिबेदन

जल्लामा अपाङ्ग सम्पर्क/ निकाय विन्दु (focal point) स्थापना गरी कार्य गर्ने । महिला, बालबालिका

तथा समाज कल्याण,

शिक्षा तथा खेलकूद र

स्वास्थ्य तथा

जनसंख्ष्या, स्थानिय

विकास मन्त्रालय ।

स्थानिय निकाय, WHO, ILO, राष्ट्रिय

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था

दशौं र योजना

अवधि

जल्ला सम्पर्क/ निकाय विन्दुको स्थापना
जिल्लामा एक एक श्रोत केन्द्र स्थापना महिला, बालबालिका

तथा समाज कल्याण, शिक्षा तथा खेलकूद र

स्वास्थ्य तथा

जनसंख्या, स्थानिय

विकास मन्त्रालय ।

स्थानिय निकाय, WHO, ILO, राष्ट्रिय/

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था

एघारौ योजना

अवधि

जिल्ला श्रोत केन्द्रको स्थापना
राष्ट्रिय सूचना नीतिमा अपाङ्ग सम्बन्धी विषय

समाबेश गर्ने ।

सूचना तथा संचार

मन्त्रालय

राष्ट्रिय योजना

आयोग महिला,

बत्रालबालिका तथा समाज कल्याण

मन्त्रालय, गै.स.स. हरु

२ वर्ष राष्ट्रिय सूचना नीतिमा

अपाङ्गता सम्वन्धी विषय समावेश व्यवस्था

अपाङ्गहरुको तथ्याङ्क विवरण तयार गर्ने र अद्यावधिक गन केन्द्रिय तथ्याङ्क विभाग राष्ट्रिय योजना

आयोग, महिला

बालबालिका तथा समाज कल्याण

मन्त्रालय, राष्ट्रिय

अन्तरराष्ट्रिय गैर सरकारी संस्थाहरु

एघारौ र दशौ

योजना अवधि

अपाङ्गता सम्वन्धी तथ्याङ्क

प्रतिवेदन