७. संचार

७. संचार

७.१.१. भूमिका / वर्तमान स्थिति

७.१.१.अपाङ्गहरुका लागि अवसर समानीकरण सम्बन्धि संयुक्त राष्ट्र संघिय प्रामाणिक नियमहरु १९९३ नियम ५ ख अनुसार अपाङ्गहरुलाई सूचना तथा संचारको पहुंच पुर्याउने सम्बन्धमा दृष्टिविहिन र दृष्टि दोषयुक्त भएका व्यक्तिहरुका लागि लिखित सूचना र लिखित दस्ताबेजको पहुंच पुर्याउन ब्रेल, टेप सेवाहरु, ठूला अक्षरका छापा तथा अन्य उपयुक्त प्रविधिको उपयोग गरिनु पर्ने; श्रव्य कमजोरी भएका अथवा बुझ्न कठिनाई हुने व्यक्तिहरुका लागि सूचनामा पहंचू पुर्याउन उपयुक्त प्रविधिहरु अपनाउनु पर्ने; बहिरा तथा अन्य व्यक्तिहरु बीच संचार सुविधा सजिलो पार्न सांकेतिक भाषा र दोभाषे सेवा वहिरा अन्धा (बहु अपाङ्ग) को लागि स्पर्श सांकेतिक भाषा र दोभाषे उपलब्ध गराउनु पर्दछ ।

७.१.२. अपाङ्गहरुका लागि एशिया तथा प्रशान्त क्षेत्रका अपाङ्गहरुको दशक १९९३/२००२ को नीति ५ मा अपाङ्गहरुलाई उनीहरुको अपाङ्गपनको प्रकृति अनुसार अवरोध मुक्त पहुंच र संचारको सेवाको व्यवस्था हुनु पर्नेबारे व्याख्या गरेको छ ।

७.१.३. विवाको सहश्राब्दी कार्ययोजना २००२ को कार्यान्वयन ढांचाको प्राथामिक क्षेत्र भित्र तोकिएको लक्ष्य एफ (२) को १६ देखि २० सम्ममा निम्न व्यहोरा उल्लेख गरेको छः

७.१.३.१. यस क्षेत्रका देशहरुमा सन् २००५ सम्ममा विद्युतीय संजाल (Internet) र यस सम्वन्धी सेवाहरुमा जुन अनुपातमा अन्य नागरिकहरुको पहुँच पुग्छ त्यही अनुपातमा अपाङ्ग पनि पहुँच पुर्याउनु पर्दछ ।

७.१.३.२. सूचना, संचार र प्रविधि (Information, Communication and Technology- ICT) सम्वन्धी स्तरीयता कायम गर्ने जिम्मेवार अन्तर्राष्ट्रिय संस्थाहरु (जस्तै; अन्तर्राष्ट्रिय दूर संचार संघ, मापदण्ड निर्धारण सम्बन्धी अन्तर्राष्ट्रिय संगठन, विश्व व्यापार संगठन, विश्वव्यापी वेभ कन्सोर्टियम, चलचित्र, इन्जिनियरिङ्ग समूह) ले सन् २००४ सम्ममा अन्तर्राष्ट्रिय स्तरको सूचना, संचार र प्रविधिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुंच पुर्याउन आवश्यक मापदण्डहरु तयार लागू गर्नु पर्दछ ।

७.१.३.३. सरकारले सन् २००५ सम्ममा राष्ट्रिय सूचना, संचार र प्रविधि (ICT) को नीतिमा अपाङ्गता भएका व्यक्तिहरुको पहुंच वढाउन विशेषगरी अपाङ्गलाई लक्षित लाभान्वित समूहको रुपमा मानी उपयुक्त प्रावधानहरु सहित सूचना, संचार र प्रविधि निर्देशिका तयार गरी कार्यान्वयन गर्नु पर्दछ ।

७.१.३.४. हरेक देशका सरकारले स्तरीय सांकेतिक भाषा, व्रेल स्पर्श सांकेतिक भाषाको विकास एवं समन्वय गरी सवै माध्यम (जस्तै प्रकाशन, सिडि रोम आदि) वाट सिकाउन लगायत यस सम्बन्धी सूचना प्रवाह गर्नु पर्दछ ।

७.१.३.५. हरेक देशका सरकारले सांकेतिक भाषाका दोभाषेहरु, व्रेल ट्रान्सक्राइवरहरु, हस्त व्रेल दोभाषेहरु र पढ्ने व्यक्तिहरुलाई तालिम दिनेर रोजगारमा लगाउने प्रणालीको व्यवस्था गर्नु पर्ने छ ।

७.१.४.अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ को दफा ८(५) बेवारीसे असहाय अपाङ्गको बाबु आमा, नातेदार वा संरक्षक पत्ता लगाउने प्रयोजनको निमित्त समाज कल्याण अधिकृत, अपाङ्ग घर प्रमुख वा प्रहरी कार्यालयलेत्यस्तोअपाङ्गको हुलिया तथा फोटोसहितकोसूचना कुनैपत्र पत्रिकामा प्रकाशित गराउन वा संचारकोअन्य माध्यमबाट प्रसारण गराउनुपर्ने व्यवस्था गरको छ ।

७.१.५. धनादेश (मनिअर्डर) नियमावली, २०३१ को नियम ८ (२) मा सुस्तमनःस्थितिको हकमा धनादेशबाट प्राप्त हुने रकम प्राप्तीकालागि संगै बस्ने अभिभावकले हस्ताक्षर गरेर प्राप्त गर्न सकिने उल्लेख छ ।

७.१.६. नेपाल टेलिभिजनले हप्ताको एकपटक आधाघण्टाको सांकेतिक भाषामा समाचार प्रसारण गर्ने गरको छ ।

७.१.७.निजी क्षेत्रका संचार माध्यम र सरकारी, गैर संस्थाले आ-आफ्ना कार्यक्रम मार्फत अपाङ्गता सम्वन्धी विषयमा समाचार सम्प्रेषण गर्ने गरेका छन् ।

७.१.८.अपाङ्ग व्यक्तिहरुले केही मात्रामा कम्प्युटर, टेलिफोन तालिम र सुविधा उपयोग गरेको पाइएको छ ।

७.२. मुद्दा तथा समस्याहरु

७.२.१. संचारमा अन्य नागरिक सरह अपाङ्ग व्यक्तिको पहुंच पर्याप्त पुग्न सकेको छैन । नेपाल सरकारको संचार नीतिमा अपाङ्गताका प्रकृति अनुरुप अपाङ्गलाई सूचना दिने सम्वन्धमा स्पष्ट व्यवस्था उल्लेख भएको पाइन्न । अपाङ्ग सम्वन्धित विषय सर्वसाधारण लगायत सरकारोवालालाई सचेत पार्ने विषयका सामाग्री र यसको प्रचार प्रसार गर्ने पर्याप्त कार्यक्रम रहको पाइन्न ।

७.३. उद्देश्यः संचारको विविध क्षेत्रमा अपाङ्गता भएका व्यक्तिहरुको पहुंच वृद्धि गरिने छ ।

७.४. नीति

७.४.१. अपाङ्गताका प्रकृति अनुरुप अपाङ्गहरुलाई उपयुक्त सूचना दिने नीति लिइने छ ।

७.४.२.अपाङ्गसंग सम्वन्धित विषयलाई सर्वसाधारण लगायत सरकारोवालामा जनचेतना अभिवृद्धि गर्न आवश्यक प्रचार सामग्री उत्पादन एवं प्रचार प्रसार गर्ने गराउने नीति लिइने छ ।

७.४.३.वहिराहरुको संचारका लागि सांकेतिक भाषाको शब्दकोष Dictionary को विकास गर्दै कानूनी मान्यता प्रदान गरिने छ ।

७.५. रणनीति

७.५.१. सरकारी र निजी क्षेत्रका संचार माध्यम (रेडियो, टेलिभिजन, छापा र इन्टरनेट) वाट अपाङ्गता सम्वन्धि विषयमा जनचेतनामूलक कार्यक्रम संचालन गरिने छ ।

७.४.२. सरकारी र गैर सरकारी क्षेत्रवाट दिइने पत्रकारिता (छात्रवृत्ति सहित) लगायत संचारका विविध विषयमा कोटा सहित अपाङ्गहरु लाई तालिम प्रदान गरिने छ ।

७.४.३. नेपाल टेलिभिजनवाट साँकेतिक भाषाको समाचार प्रसारण समयलाई बढाउदै लगिने छ ।

७.४.४. नेपाल टेलिभिजनवाट वहिराका लागि सांकेतिक भाषामा गरिने समाचार प्रसारणलाई दैनिक रुपमा नहुन्जेल समाचार प्रसारणका साथै लेखेर (Capson)  मा पनि देखाइने छ ।

७.४.५. योग्य अपाङ्गता भएका व्यक्तिलाई हुलाक टिकट विक्री, PCO संचालन, टेलिफोन अपरेटर कार्य र भविष्यमा स्थापित हुने बहुउद्देश्यीय संचार केन्द्र संचालन गर्न प्राथमिकता दिइनेछ ।

७.४.६. वहिरा र सुस्त श्रवणका लागि सार्वजनिक महत्वका स्थानहरुमा दोभाषेको व्यवस्था, दृष्टि विहिनलाई व्रेल लिपिमा सावर्जनिक महत्वका सूचनाको व्यवस्था गरिनेछ ।

७.४.७. अपाङ्गहरुलाई सूचना संचारका आधुनिक प्रविधि बारे तालीम दिइने छ । यसका लागि गैर सरकारी संस्थाहरुलाई परिचालन गरिने छ ।

७.४.८. अपाङ्गका लागि चाहिने संचार र प्रविधिका सामग्रीहरु झिकाउँदा भन्सार महसुल लगायत अन्य कर मिनाहा वा छुट दिइने नीतिगत व्यवस्था गरिने छ ।

७.६. कार्ययोजना

सि.नं. कार्यक्रम कार्यान्वयन गर्ने निकाय सहयोगी निकाय समय अवधि अनुगमन सूचक
जनचेतनामूलक कार्यक्रम संचालन गर्ने । महिला, बालबालिका तथा समाज कल्याण, सूचना तथा संचार, स्वास्थ्य तथा

जनसंख्या, शिक्षा तथा खेलकूद मन्त्रालय, समाज

कल्याण परिषद

ILO, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल राष्ट्रिय । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था,

सरकारी र निजी क्षेत्रका संचार माध्यम ।

दशौं योजना अवधि ·   कार्यक्रमको संख्या
टेलिभिजनबाट सांकेतिक भाषामा दैनिक समाचार

प्रसारण गरिने र समाचार प्रसारण भएको वेला लेखेर (Capson) पनि देखाइने

सूचना तथा संचार

मन्त्रालय, नेपाल

टेलिभिजन ।

महिला तथा

बालबालिका तथा

समाज कल्याण

मन्त्रालय, गैर सरकारी संस्था, सरकारी र निजी

क्षेत्रका संचार माध्यम ।

दशौं र एघारौ

योजना अवधि

·      टेलिभिजनमा दैनिक समाचार प्रसारण साथ Capson देखाइनु
अपाङ्गलाई पत्रकारिता (

छात्रवृत्ति सहित) तालिम प्रदान गरिने छ ।

सूचना तथा संचार

मन्त्रालय, सूचना विभाग, प्रेस काउन्सील

गैर सरकारी संस्था,

सरकारी र निजी क्षेत्रका संचार माध्यम

दुई वर्ष भित्र ·  तालिममा अपाङ्गको भर्ना दर
वहिरा र सुस्त श्रवणका लागि

सार्वजनिक महत्वका मुख्य

स्थानहरुमा दोभाषेको

व्यवस्था, दृष्टि विहिनलाई व्रेल

लिपिमा सार्वजनिक महत्वका

सूचनाको व्यवस्था गर्ने ।

महिला, वालवालिका तथा समाज कल्याण, श्रम तथा

यातायात व्यवस्था,

स्वास्थ्य तथा जनसंख्या, शिक्षा तथा खेलकूद, स्थानीय विकास मन्त्रालय

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, समाज

कल्याण परिषद्, राष्ट्रिय अपाङ्ग महासंघ नेपाल

राष्ट्रिय । अन्तर्राष्ट्रिय

गैर सरकारी संस्था,

दशौं योजना अवधि ·  सूचनाको संख्या र समेटेको क्षेत्र

·  दोभाषेको प्रवन्ध

अपाङ्ग व्यक्तिहरुले प्रयोग गर्ने सूचना र आधुनिक प्रविधि बारे तालीम दिने महिला, बालबालिका तथा समाज कल्याण, बिज्ञान

प्रविधि तथा वातावरण मन्त्रालय

शिक्षा तथा खेलकूद

मन्त्रालय, समाज

कल्याण परिषद्,

गै.स.सं. हरु

दशौं योजना अवधि ·     तालिम प्राप्त गर्नेको संख्या
अपाङ्ग व्यक्तिहरुले प्रयोग गर्ने सूचना प्रविधिका सामग्रीमा कर छुट गर्ने अर्थ मन्त्रालय महिला, बालबालिका तथा

समाज कल्याण, सूचना तथा संचार, श्रम तथा

यातायात व्यवस्था मन्त्रालय, समाज कल्याण परिषद्, गै.स.सं. हरु

दशौं योजना अवधि ·     नीतिगत व्यवस्था

·     छुट पाउनेको संख्या