९. शिक्षा

९. शिक्षा

९.१. भूमिका / वर्तमान स्थिति

९.१.१. संयुक्त राष्ट्र संघको मानव अधिकार सम्वन्धी घोषणा पत्र १९४८ को धारा २६ ले घटीमा प्राथामिक तहसम्म निःशुल्क शिक्षा अधिकारको रुपमा सबैले पाउनु पर्ने उल्लेख गरेको छ । १९९० को जोमटिएन घोषणा पत्रले “शिक्षा सवैका लागि हो” भनी प्रतिबद्धता देखाएको छ ।

९.१.२. संयुक्त राष्ट्र संघिय अपाङ्गहरुको दशक १९८३-१९९२, अपाङ्गहरुका लागि अवसर समानीकरण सम्बन्धी संयुक्त राष्ट्र संघिय प्रमाणिक नियमहरु १९९३ नियम ६ र एशिया तथा प्रशान्त क्षेत्रका अपाङ्ग हरुको दशक सन् १९९४ को सालामान्का घोषणाले अपाङ्ग लगायत विशेष शिक्षाको आवश्यकता भएका सबैलाई शिक्षाको राष्ट्रिय कार्यक्रमको मूलधारमा समाहि गर्नुपर्ने कुरामा जोड दिएको छ ।

९.१.३. संयुक्त राष्ट्र संघको विवा सहश्राब्दी कार्य योजना, २००२ को कार्यान्वयन ढाँचाको प्राथमिक क्षेत्र भित्र तोकिएको लक्ष्य सि को नं. ३ को ६ र ७ मा निम्न व्यवस्था गरिएको छ ।

९.१.३.१.सन् २०१५ सम्ममा शत प्रतिशत अपाङ्ग वालवालिकाले प्राथामिक शिक्षा पाउनु पर्दछ ।

९.१.३.२.सन् २०१० सम्ममा कम्तिमा ७५ प्रतिशत विद्यालय जाने उमेरका अपाङ्ग वालवालिकाले प्राथामिक शिक्षा पाउनु पर्दछ ।

९.१.४.सन् २००० को डाकार सम्मेलनले विशेष आवश्यकता शिक्षाको लागि एशिया प्रशान्त क्षेत्रमा विविध कार्यक्रम संचालन गर्न गराउन कार्यक्रम बनाई पेश गरको छ ।

९.१.५.शिक्षा ऐन २०२८ (सातौं संशोधन) को दफा ६क मा विशेष शिक्षाको संचालन साधारण शिक्षा सरह हुने भन्ने उल्लेख छ र शिक्षा नियमावली २०५९ को ६० मा दृष्टिविहिन, वहिरा, सुस्त मनस्थिति भएका वा शारिरीक कारणले अपाङ्गता भएका वालवालिकालाई विशेष शिक्षा प्रदान गर्न सकिने र दफा ६६ मा विशेष शिक्षा दिने संस्थालाई श्री ५ को सरकारले निर्धारण गरे बमोजिम सुविधा दिइने उल्लेख छ । त्यस्तै शिक्षा नियमावली २०५९ को १५१(२) मा संस्थागत विद्यालयले कूल विद्यार्थी संख्याको कम्तिमा पाँच प्रतिशत गरीव, अपाङ्ग, महिला, दलित र जनजाति/समुदायका विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने नीति लिएको छ । अपाङ्ग संरक्षण तथा कल्याण नियमावली, २०५१ को दफा १५ (१) र (२) ले अपाङ्गता भएका व्यक्तिलाई शिक्षा एवं तालिमको व्यवस्था गर्ने संस्थालयलाई मन्त्रालयले सहयोग उपलब्ध गराउने, अपाङ्गका बढीमा दुई जना सन्ततिलाई कुनै निश्चितस्तर सम्मको निःशुल्क शिक्षाको व्यवस्था गर्ने उल्लेख छ ।

९.१.६. हाल करीव १,३,५०० स्कुल जाने उमेरका अपाङ्गता भएका वालवालिकाले गैर सरकारी संस्था र निजी क्षेत्रबाट संचालित विद्यालयमा अध्ययन गर्ने अवसर पाइरहेका छन् । करिब ४० जना अपाङ्गले स्नातकोत्तर, ७५ जनाले स्नातक, करिब १००० जनाले एस. एल.सी र प्रमाणपत्र तह पास गरेको छ ।

९.१.८. शिक्षा तथा खेलकुद मन्त्रालयले ७१ जना जिल्लका ३३० श्रोत कक्षा-दृष्टिविहिन बहिरा तथा सुस्त श्रवण र सुस्त मनःस्थिती बाट संचालन, छात्रबृति वितरण र विशेष शिक्षा अन्तर्गतका कार्यक्रमबाट ९१०० जना अपाङ्गता भएका बालबालिकाले विद्यालयमा अध्ययन गर्ने अवसर पाएका छन् । २००० प्राथमिक शिक्षकले विशेष शिक्षा सम्बन्धी जागरण तथा आधारभूत तालिम प्राप्त गरेका छन् । शिक्षा विभागले ७५ रै जिल्लामा अपाङ्गको लागि छात्रवृति प्रदान गरेको छ भने अपाङ्गता बालबालिकाहरुका लागि निःशुल्क पाठ्यपुस्तक शिक्षण र सहयोगी सामाग्री एवं उपकरणहरु वितरण गरेको छ । साथै ४७ जिल्लामा अपाङ्ग बालबालिकाका लागि लेखाजोखा केन्द्र (Assessment Centre) स्थापना भएको छ । समाहित शिक्षाको कार्यक्रम २२ जिल्लाका २१० विद्यालयमा संचालन भइरहेको छ ।

९.२. मुद्दा तथा समस्या

९.२.१. अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ र नियमावली, २०५१, शिक्षा ऐन २०२८ (सातौं संसोधन) र नियमावली २०५९ अपाङ्गता भएका बालबालिकाहरुलाई निःशुल्क शिक्षाको प्रावधान भएपनि वहुसंख्यक अपाङ्गता भएका वालवालिकाले सर्वसुलव र निःशुल्क (घर पायक पर्ने विद्यालयमा पढ्न नपाउनु) रुपमा पढ्ने अवसर पाएका छैनन् । यसका साथै अपाङ्गता भएका बालबालिकाहरुको शिक्षा अझै पनि अपेक्षित रुपमा अपाङ्ग अनकुल हुन सकेको छैन ।

९.२.२. शिक्षालाई अधिकारका रुपमा स्थापित गर्नु पर्ने अनिवार्य भएको परिप्रेक्ष्यमा नेपालले अन्तर्राष्ट्रिय समुदाय समक्ष “सबैका लागि शिक्षा” (Education For All by 2015) पुर्याउने प्रतिवद्धता पनि जनाइसकेको छ । सो अनुरुप शिक्षा प्राप्त गर्ने अधिकार अपाङ्ग वालवालिकाको पनि रहन्छ । तथापी सरकारी, गैर सरकारी र निजी क्षेत्रवाट संचालित पूर्व प्राथमिक र शिशु कक्षा कार्यक्रममा अपाङ्ग वालवालिका समावेश समाहित हुन सक्ने प्रर्याप्त अनुकूल वातावरण तयार हुन सकेको छैन ।

९.२.३. प्राथामिक शिक्षा प्राप्त गरेका अपाङ्ग वालवालिकाको अन्य बालबालिका सरह माध्यामिक तहको शिक्षामा अपेक्षित संख्यामा सकेको छैन । सांकेतिक भाषाको दोभाषेको व्यवस्था र पर्याप्त साँकेतिक भाषाको शब्दावली (Vocabulary) नहुनाले बहिराहरुको उच्च शिक्षामा अपेक्षित मात्रामा पहुंच पुगेको छैन भने दृष्टिविहिनहरुका लागि ब्रेल पाठ्यपुस्तक तथा सुन्ने किताव (Talking Book) नहुनाले उच्च शिक्षा प्राप्त गर्नमा कठिनाई भइरहेको छ । अपाङ्गका लागि जीवन उपयोगी प्राविधिक र व्यावसायिक शिक्षाको पर्याप्त व्यवस्था हुन सकेको छैन ।

९.२.४. शिक्षा तथा खेलकूद मन्त्रालयद्वारा संचालित स्रोत कक्षाहरुमा रहका अपाङ्गता बौद्धिक अपाङ्गता भएका वालवालिकाहरुले अन्य बालबालिका सरह कक्षोन्नोति हुन पाएका छैनन् । स्रोत कक्षाको वातावरण वालवालिकको शारीरिक, मानसिक, वौद्धिक र सामाजिक विकास तथा पहुँचको दृष्टिले पर्याप्त अनुकूल हुन सकेको छैन । पर्याप्त तालिम प्राप्त शिक्षक नभएकाले अवस्था विद्यमान छ ।

९.२.५. विशेष तथा खेलकूद मन्त्रालय अन्तर्गत र गैर सरकारी संस्थाहरुद्वारा संचालित विशेष शिक्षाको कार्यक्रमहरु वीच अपेक्षित समन्वयको अभाव छ ।

९.२.६. अपाङ्गता क्षेत्र अनुकूल लचिलो पाठ्यक्रमको व्यवस्था नभएको अवस्था विद्यमान छ ।

९.२.७. दृष्टिविहिन, बहिरा अनुकूल परीक्षा प्रणाली नहुदाँ कठिनाई भएको छ ।

९.२.८. समाहित शिक्षा अनुकूल तालिमकोव्यावस्था पर्याप्त नभएकोअवस्था रहको छ ।

९.३. उद्देश्यः सवैको लागि शिक्षाको सन्दर्भमा अपाङ्गता भएका बालबालिकाहरुको लागि गुणात्मक शिक्षाकोदअवसरहरुमा पहुंच वढाउन विशेष व्यवस्था गरिने छ ।

९.४. नीति

९.४.१. अपाङ्गता भएका वालवालिकालाई सर्वसुलभ एवं अपाङ्ग अनुकूल शिक्षा प्रदान गरिने छ ।

९.४.२. अपाङ्गलाई पूर्व प्राथमिक र शिशुतहदेखि उच्च तहसम्म गुणस्तरयुक्त निशुल्क शिक्षा प्रदान गर्ने नीति लिइने छ ।

९.४.३. शिशु एवं बालबालिकाहरुको अवस्था पहिचान, अविलम्ब परामर्श र सहयोग सम्वन्धी कार्य गरिने छ ।

९.४.४. अपाङ्गहरुका लागि अनौपचारिक शिक्षा प्रदान गरिने छ ।

९.४.५. अपाङ्ग बालबालिकाकोअध्ययन अवसरमा अभिवृद्धि गर्न एवं गुणस्तरिय शिक्षाकोलागि समाहित शिक्षा जोड दिइने छ ।

९.५. रणनीति

९.५.१. प्राथामिक विद्यालयमा अपाङ्गता अनुकूल पूर्वाधार तयार पारी अपाङ्गता भएका वालवालिकालाई घर नजिकैको विद्यालयमा पढ्ने अवसर एवं समाहित शिक्षा कार्यक्रम क्रमशः लागू गरिने छ ।

९.५.२. प्रत्येक जिल्लामा आवासीय सुविधा सहितको माध्यामिक विद्यालय (एकीकृत वा विशेष) को लागि पूर्वाधार तयार गरिने छ ।

९.५.३. अपाङ्ग (दुवै खुट्टा नभएको, नेत्रहीन, सुस्तमनस्थिति, वहिरा तथा वहुअपाङ्ग) वालवालिकाका लागि पूर्व प्राथमिक । शिशुकक्षा देखि उच्च कक्षासम्म निःशुल्क (आवाशीय सुविधा सहित) शिक्षा प्रदान गरिने छ ।

९.५.४. शिशुहरुको संस्थागत अविलम्ब अवस्था पहिचान र अविलम्ब परामर्श सहयोग सेवाका लागि संस्थागत व्यवस्था गरिने छ ।

९.५.५. अपाङ्गता भएका बालबालिकाहरुका लागि अवरोधमुक्त भौतिक वातावरणको व्यवस्था गरिनेछ ।

९.५.६. विशेष शिक्षाका शिक्षकलाई उपयुक्त तालिम प्रदान गरिनेछ ।

९.५.७. उपयुक्त र आवश्यक पाठ्यपुस्तक, शैक्षिक सामाग्री, सहायक सामग्री, सहयोगी व्यक्तिको पर्याप्त व्यवस्था गरिने छ ।

९.५.८.पाठ्यपुस्तकहरुमा (औपचारिक र अनौपचारिक) अपाङ्गता सम्बन्धी जानकारी दिने विषयलाई समावेश गरिने छ र अपाङ्ग प्रति भेदभाव जनाउने आसयको सन्दर्भ र लेखहरु हटाईने छ ।

९.५.९. जनक शिक्षा सामाग्री केन्द्र मार्फत अपाङ्गता भएका वालवालिकाको प्रकृति अनुसार आवश्यक पर्ने पाठ्यपुस्तकहरु उत्पादन एवं वितरण गरिने छ ।

९.५.१०.अपाङ्गता भएका बालबालिकाहरुका लागि खोलिने विद्यालयको लागि नियमानुसारको धरौटी शुल्क लगायत अन्य छुट सहुलियत प्रदान गरिने छ ।

 

 

 

 

 

 

९.६. कार्ययोजना

सि.नं. कार्यक्रम कार्यन्वयन गर्ने निकाय सहयोगी निकाय समय अवधि अनुगमन सूचक
अपाङ्गता भएका

शिशु बालबालिका हरुको अविलम्ब अवस्था पहिचान र अविलम्ब परामर्श

सेवा व्यवस्था गर्ने ।

शिक्षा तथा खेलकूद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय स्थानीय विकास मन्त्रालय, शिक्षा विभाग, विशेष शिक्षा परिषद्, समाज कल्याण

परिषद्, गै.स.सं हरु, अन्तर्राष्ट्रिय सहयोग नियोग

दशौं र एघारौं योजना

अवधि

·   अविलम्ब अवस्था पहिचान र परामर्श सेवाको स्तर र संख्या
अविलम्ब अवस्था

पहिचान एवं परामर्श सेवा सम्बन्धी तालीम संचालन दिने

शिक्षा तथा खेलकूद, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्थानीय विकास, महिला,

बालबालिका तथा समाज कल्याण मन्त्रालय, समाज

कल्याण परिषद्,

गै.स.सं.हरु, दातृ नियोग ।

दशौं र एघारौं योजना

अवधि

·  तालीमको प्रकार र स्तर

·  तालीम प्राप्त गर्नेको संख्या

स्कूल जाने उमेरका ५०५ भन्दा बढी अपाङ्गता भएका वालवालिकालाई

निःशुल्क गुणस्तरीय

प्राथमिक शिक्षा

उपलब्ध गराउने ।

शिक्षा तथा खेलकूद मन्त्रालय, शिक्षा विभाग, विशेष शिक्षा परिषद् महिला, बालबालिका तथा समाज कल्याण, स्थानीय विकास मन्त्रालय, स्थानीय

निकायहरु, समाज कल्याण

परिषद्, UNICEF, UNESCO, राष्ट्रिय ।

अन्तराष्ट्रिय गैर सरकारी संस्था

दशौं र एघारौं योजना

अवधि (सन् २०१२ सम्ममा)

·    विद्यालय जादै नजाने अपाङ्ग वालवालिकाको दर

·    अपाङ्गता भएका बालबालिकाको भर्ना प्रतिशत ।

विद्यालयहरुमा

अवरोधमुक्त तथा

पहूँच योग्य व्यवस्था मिलाउने ।

शिक्षा तथा खेलकुद मन्त्रालय भौतिक योजना तथा निर्माण मन्त्रालय, समाज कल्याण परिषद्, अन्तर्राष्ट्रिय

सहयोग नियोग, स्थानीय निकायहरु, गै.स.सं.हरु

दशौं र एघारौं योजना

अवधि

·                     पहूँच योग्य विद्यालय संख्या

·                     भर्ना प्रतिशत

अपाङ्गता भएका

बालबालिकालाई

पूर्व प्राथमिक र

वाल विकास

कक्षामा भर्ना गर्न

प्रोत्साहन गर्ने ।

शिक्षा तथा खेलकुद मन्त्रालय राष्ट्रिय, अन्तराष्ट्रिय गैर

सरकारी संस्था, स्थानीय निकाय हरु

दशौं र एघारौं योजना

अवधि

·   कानूनी र नीतिगत व्यवस्था । प्रावधान

·   भर्ना दर

उपयुक्त सुविधा

सहित उच्च शिक्षामा अपाङ्गको

पहुंच वृद्धि र

विस्तार गर्न, उच्च

शिक्षा निःशुल्क गर्ने ।

शिक्षा तथा

खेलकूद मन्त्रालय,

उच्च माध्यमिक

शिक्षा परिषद,

विश्व विद्यालयहरु,

विशेष शिक्षा

परिषद

राष्ट्रिय, अन्तराष्ट्रिय गैर

सरकारी संस्था स्थानीय

निकायहरु

दशौं र एघारौं योजना

अवधि

·   निःशुल्कताको व्यवस्था

·     कक्षामा दोभाषेको सेवा

·  उच्च शिक्षामा भर्ना संख्या

विशेष स्रोत शिक्षकलाई इस्तरयुक्त तालिम सञ्चालन गर्ने । शिक्षा तथा खेलकुद मन्त्रालय, शिक्षा तथा खेलकुद विभाग, विशेष शिक्षा पररिषद, विश्वविद्यालयहरु गैर सरकारी संस्थाहरु, अन्तराष्ट्रिय सहयोग नियोग दशौं योजना

अवधि

·   निशुल्क अध्ययनको व्यवस्था/ प्रावधान

·   संचालित कार्यक्रम

·   तालिम पाउनेको सख्या