११. अपाङ्गपनको कारणहरुको निरोध

११. अपाङ्गपनको कारणहरुको निरोध

११.१. भूमिका / वर्तमान स्तिथि

११.१.१.अपाङ्ग व्यक्तिहरुको लागि संयुक्त राष्ट्र संघ दशक १९८३-१९९३ र एशिया तथा प्रशान्त क्षेत्रका अपाङ्गहरुको दशक १९९-२००२ ले अपाङ्गपनको रोकथाम गर्न नीति एवं कार्यक्रम कार्यान्वयन गर्नुपर्ने कुरामा जोड दिएको छ ।

११.१.२.विवाको सहश्राब्दी कार्य योजना २००० को कार्यान्वयन ढांचाको प्राथामिक क्षेत्र भित्र तोकिएको लक्ष्य नं. ३ को ८ र ९ मा निम्न व्यहोरा उल्लेख गरेको छः

११.१.२.१.  सन् २०१२ सम्ममा जन्म देखि शिशुअवस्था (०-४ वर्ष) का सम्पूर्णका लागि समुदायमा आधारित पुनस्थार्पना सुधार अविलम्ब सहयोग सेवाहरुमा बालबालिकाहरुको पहुँच पुग्ने छ र सेवा प्राप्त गर्ने छन् यसले गर्दा बाल मृत्युदरमा कमि आउने छ ।

११.१.१.२. सरकारले वाल्य अवस्थामै बालबालिकामा हुने अपाङ्गपनको पहिचान (Detection of Childhood Disabilities) को सुनिश्चितता गर्नुपर्ने छ ।

११.१.४.अपाङ्गहरुका लागि अवसर समानिकारण सम्बन्धी संयुक्त राष्ट्र संघीय प्रमाणिक नियम २/२ एवं योजनामा अपाङ्गपन रोकथाम र न्यूनीकरण वारे नीतिगत व्यवस्था रहेको छ ।

११.१.३.अपाङ्ग संरक्षण तथा कल्याण ऐन, २०३९ दफा ७.१ र ७.२ ले अपाङ्गपन आइपर्ने अवस्थालाई यथासम्भव निराकरण गर्न नेपाल सरकारले पौष्टिक आहारमा बृद्धि, किटाणुजन्य रोगको नियन्त्रण वा उन्मूलन गर्ने र दुर्घटनाहरुको रोकथामका लागि आवश्यक व्यवस्था गर्न सक्ने व्यवस्था ।

११.१.४.अपाङ्गपन न्यूनिकरणका लागि निरोधात्मक तथा प्रतिरोधात्मक कार्यक्रमहरु नियमित रुपमा संचालित छ । सरकारद्वारा बाल तथा मातृस्वास्थ्यका लागि टिटनास, दादुरा, पोलियो, क्षयरोग आदि जस्ता नियमित खोप र भिटामिन ए वितरण, अन्धोपन र वहिरोपन निवारण, सुरक्षित मातृत्व, आयोडिनयुक्त नूनको वितरण, प्राथमिक स्वास्थ्य सेवा र गाउंघर क्लिनिक जस्ता कार्यक्रम राष्ट्रिय अभियानको रुपमा संचालन गरेको छ ।

११.१.५.अपाङ्गपन न्यूनीकरणका लागि निरोधात्मक तथा प्रतिरोधात्मक कार्यक्रमहरु नियमितरुपमा संचालित छ ।

११.१.६.प्रजनन् स्वास्थ्य, सुरक्षित मातृत्व सेवा सम्बन्धी कार्यविधि नियमावलीको तर्जुमा, किशोर किशोरी अवस्थामा यौन शिक्षा तथा परामर्श दिने कार्यक्रम संचालन, कुष्ठ रोग, एचआइभी/       एड्सबारे व्यापक प्रचार प्रसार गर्ने गरेको पाइन्छ । प्रत्येक जिल्लामा साधन-स्रोत सम्पन्न प्रसूति सेवा, महिलाको स्वास्थ्य अधिकार सम्बन्धमा संचार माध्यम मार्फत जनचेतनामा वृद्धि, पोषण सम्बन्धी चेतना र उपचार सम्बन्धी कार्यक्रमहरु संचालित छन् ।

११.२. मुद्दा तथा समस्या

११.२.१.अपाङ्गता हुने कारणबारेमा सामान्य नागरिकहरुमा पर्याप्त जानकारी छैन । नेपालमा अपाङ्गता स्थिति विश्लेषण अध्ययन अनुसार ५०% भन्दा बढी मानिसहरु शिक्षा र जनचेतनाको अभावमा अपाङ्गपन हुने कारण भाग्य, र पूर्व जन्मको पापलाई मान्दछन् ।

११.२.२.अपाङ्गपन हुनवाट वचाउन लक्षित समूहका लार्गि संचालित कार्यक्रम पर्याप्त प्रभावकारी देखिएको पाइन्दैन । गर्भवती महिलालाई दिइने सेवा प्रभावकारी नहुनु, धेरै गर्भबती आमाहरुले घरैमा वच्चा जन्माउनु तथा श्वास प्रश्वास सम्वन्धी रोगहरुको अतिरिक्त कुपोषण पनि अपाङ्ग हुने कारक तत्वको रुपमा रहेको छ ।

११.२.३.अपाङ्गपन हुने कारणको चेतना जगाउन, अपाङ्ग हुन नदिन, अपाङ्गताको पूर्व पहिचान गर्न र अपाङ्गताको दरलाई घटाउन, अपाङ्गप्रति सकरात्मक धारणा जगाउन र अपाङ्गपन हुनवाट वचाउन जनचेतना कार्यक्रम पर्याप्त र प्रभावकारी रुपमा ग्रामीणस्तरसम्म संचालन हुन सकेका छैनन् । अपाङ्ग हुनेकारणहरु ज्यादैन्यून जनचेतना, आन्तरिक संघर्ष, घरेलुहिसां, दुर्घटना आदि हुन् र अपाङ्ग हुने यी कारणको रोकथाम गर्ने वा न्यून गर्ने उपाय प्रभावकारी ढंगले संचालन गरिएको पाइएको छैन ।

११.२.4.विद्यालयका पाठ्यपुस्तकमा अपाङ्गपन हुने कारण सम्वन्धी विषय समावेश गरी पठन पाठन गराउने कार्यलाई व्यापक गर्न सकिएको छैन । यसले गर्दा वालवालिकामा अपाङ्गता रोकथाम सम्वन्धी ज्ञानको कमी रहेको छ ।

११.२.5.स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सवै तहका स्वास्थ्यकर्मीका लागि संचालन गर्ने तालिममा अपाङ्गता रोकथामकोवारेपाठ्यसामग्री समावेश नगरिएकोले उनीहरुलाई अपाङ्गता रोकथामको वारेमा पर्याप्त ज्ञान छैन ।

११.३. उद्देश्यः देशको जनसंख्यालाई अपाङ्ग हुनमा वचाउन र अपाङ्गताको प्रतिशत घटाउनका लागि स्वास्थ्य सम्बन्धी विविध कार्यक्रमहरु संचालन गरिने छ ।

११.४. नीति

११.४.१.अपाङ्गताको रोकथाम एवं निरोधात्मक सुरक्षा उपायहरुबारे जनचेतना जगाइनेछ ।

११.४.२.अपाङ्गपन हुने कारणको चेतना जगाउन, अपाङ्ग हुन नदिन, अपाङ्गताको पूर्व पहिचान गर्न र अपाङ्गताको दरलाई घटाउनका लागि अपाङ्गहरु समेतको सहभागितामा विशेष कार्यक्रम संचालन गरिने छ ।

११.४.३.विद्यालयका पाठ्यपुस्तकमा अपाङ्गता सम्वन्धी विषय वस्तु समावेश गरिने छ ।

११.४.४.स्वास्थ्यकर्मीलाई प्रदान गरिने तालिमको पाठ्यक्रममा अपाङ्गता विषयसमेत समावेश गरिने छ ।

११.५. रणनीति

११.५.१.अपाङ्गपन रोकथामका लागि अपाङ्गमुखी स्वास्थ्य शिक्षा, सूचना र संचारसम्वन्धी सामग्री तयार गर्ने र प्रचार प्रसार गरिने छ ।

११.५.२.विभिन्न प्रकारका खोपहरु, भिटामिन ए, आइरन चक्की र आयोडिनयुक्त नून सर्वसुलभ तरिकाले वितरण गर्ने जस्ता कार्यक्रम निरन्तर रुपमा संचालन गरिने छ ।

११.५.३.दुर्घटना रोकथामको लागि सचेतनाको विकास र स्वास्थ्य सुरक्षा सम्वन्धी आवश्यक मापदण्डको विकास गरिने छ ।

११.५.४.अपाङ्गताको रोकथाम पोषण र स्वास्थ्य पुनस्थार्पनाका वारेमा व्यापक कार्यक्रम साथ प्रचार प्रसार गरिने छ ।

११.६. कार्ययोजना

सि.नं. कार्यक्रम कार्यान्वयन गर्ने निकाय सहयोगी निकाय समय अवधि अनुगमन सूचक
अपाङ्गपन रोकथामका लागि अपाङ्गमुखी स्वास्थ्य शिक्षा, सूचना र संचार सम्वन्धी

सामग्री तयार गर्ने र व्यापक प्रचार प्रसार गर्ने ।

महिला, बालबालिका तथा

समाज कल्याण, स्वास्थ्य मन्त्रालय र स्थानीय निकाय ।

WHO, UNICEF,

राष्ट्रिय/

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था

दशौं योजना

अवधि

·   अपाङ्गपनको दरमा कमि

·   अपाङ्गमुखी स्वास्थ्य शिक्षा र सचेतना कार्यक्रमको संख्या । स्थिति

अपाङ्गपन रोकथाम

नहुन्जेलसम्म विभिन्न

प्रकारका खोपहरु, भिटामिन ए, आइरन चक्की र आयोडिन युक्त नून वितरण जस्ता कार्यक्रम संचालन गर्ने ।

स्वास्थ्य तथा जनसंख्या

मन्त्रालय, स्थानीय निकाय, र साल्ट ट्रडिङ्ग

लि.

स्थानीय विकास

मन्त्रालय, राष्ट्रिय ।

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था

दशौं र एघारौं योजना

अवधि

·   सेवा पाउनेको संख्या

·   संचालित कार्यक्रमको संख्या

·   अपाङ्ग न्यूनीकरण

सुरक्षित मातृत्व अविलम्ब अवस्था पहचिान र अविलम्ब सेवा परामर्श कार्यक्रम संचालन गर्ने । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय राष्ट्रिय ।

अन्तर्राष्ट्रिय गैर सरकारी संस्था ।

दशौं योजना

अवधि देखि निरन्तर

·   मातृ शिशु मृत्यु दर कमि

·   अपाङ्गपन न्यूनिकरण