३. वर्तमान अवस्था

३. वर्तमान अवस्था

नेपालको संविधानको धारा २५ मा सम्पत्तिको हक अन्र्तगत वौद्धिक सम्पत्तिलाई मौलिक हकको रुपमा व्यवस्था गरिएको छ । नेपालमा हाल पेटेन्ट, डिजायन र ट्रडमार्क ऐन, २०२२ र प्रतिलिपि अधिकार ऐन, २०५९ तथा प्रतिलिपि अधिकार नियमावली, २०६१ द्वारा क्रमशः औद्योगिक सम्पत्ति (पेटेण्ट, डिजायन र ट्रेडमार्क) र प्रतिलिपि अधिकार संरक्षणको व्यवस्था भैरहेको छ । औद्योगिक सम्पत्ति क्षेत्रमा ट्रडमार्कको दर्ता उत्साहजनक छ भने पेटेण्ट र डिजायनको दर्ता भने न्यून छ । नेपालमा हालसम्म चिन्ह दर्ताका लागि वस्तु र सेवाहरुको अन्तराष्ट्रिय वर्गीकरण सम्बन्धी नीस सम्झौताको पक्ष नभएतापनि यस सम्झौताले निर्धारण गरेबमोजिम वस्तु र सेवाहरुलाई वर्गीकरण गरी व्यापार र सेवा चिन्हको दर्ता हुदै आएको छ । व्यापार र सेवा चिन्ह दर्ता तथा प्रशासन सम्बन्धी सम्पूर्ण कार्य स्वचालित पद्धतिबाट हुनसकेको छैन । साथै औद्योगिक नीति, २०६७ र वाणिज्य नीति, २०७२ मा पनि वौद्धिक सम्पत्ति संरक्षणको व्यवस्था गर्ने विषय उल्लेख गरिएको छ ।

नेपालमा बीउ बिजन ऐन, २०४५ ले वनस्पतिको नयाँ प्रजातिको प्रजनकलाई सो नयाँ जातको बीउ बिजनको स्वामित्वको अधिकार प्रदान गर्ने मौलिक किसिमको  संरक्षण प्रणालीको अवलम्बन गरी राष्ट्रिय बीउ बिजन समितिको व्यवस्था समेत गरेको छ ।

नेपालले जैविक विविधता सम्बन्धी महासन्धि, १९९१ म हस्ताक्षर गरी अनुमोदन गरेको छ । यसअनुरुप आनुवांशिक सम्पदामाथि पहुँच र लाभको बाँडफाँड सम्बन्धी व्यवस्था गर्नुपर्ने भएको छ ।