८. नीतिहरु

८. नीतिहरु

८.१. वौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रवद्र्धन तथा विकासलाई प्रोत्साहित गर्ने उद्देश्य (१) सँग सम्बन्धित नीतिहरु
(१) समाज र व्यवहारोपयोगी सिर्जना गर्ने स्रष्टालाई निजको अधिकार तथा सुविधाहरुलाई वौद्धिक सम्पत्तिको रुपमा अंगिकार गरिनेछ ।
(२) प्रतिलिपि अधिकार, पेटेण्ट, डिजायन, ट्रेडमार्क, भौगोलिक संकेत, इन्टीग्रेटेड सर्कीटको लेआउट डिजायन, विरुवाको नयाँ प्रजातिको संरक्षण, व्यापारिक गोप्यता ९त्चबमभ क्भअचभत०, परम्परागत ज्ञान, परम्परागत साँस्कृतिक अभिव्यक्ति, वौद्धिक सम्पत्तिजनित आनुवांशिक श्रोत तथा जैविक विविधताको पहिचान र प्रोतसाहन गरिनेछ ।
(३) वौद्धिक सम्पत्तिका हरेक विधा एवं पक्षको पहिचान गरि सोको संरक्षणको लागि राष्ट्रिय आवश्यकता अनुरुप कानूनको व्यवस्था गरिनेछ ।
(४) विद्यामान परम्परागत ज्ञान, जैविक विविधता र भौगोलिक संकेतलाई अधिकतम उपयोग गद वौद्धिक सम्पत्तिलाई राष्ट्रिय विकासको औजारको रुपमा समेत अवलम्बन गरिनेछ ।
(५) वौद्धिक सम्पत्तिलाई वातावरणमैत्री प्रविधि हस्तान्तरण, विदेशी लगानी आकर्षण, अनुसन्धान प्रवद्र्धन, प्रविधिक क्षमताको विकास र ज्ञान आर्जनको स्रोतको रुपमा उपयोग गरिनेछ ।
(६) उत्पादित वस्तु तथा सेवाको प्रतिस्पर्धात्मक क्षमता, गुणसतर तथा उत्पादकत्व बढाउन अधिकतम मात्रामा वौद्धिक सम्पत्तिको उपयोग हुने खालका नयाँ प्रविधिको विकास तथा ग्रहणलाई प्रथामिकता दिइनेछ ।

 

८.२ वौद्धिक सम्पत्तिका सर्जक तथा सामाजिक हितका लागि सन्तुलित प्रणालीको विकास गर्ने उद्देश्य (२) सँग सम्बन्धित नीतिहरु
वौद्धिक सम्पत्ति संरक्षण तथा प्रवद्र्धण गर्न आवश्यक कानून एवं संयन्त्रहरुको व्यवस्था गर्न देहाय बमोजिमको नीति लिइनेछः

(क) प्रतिलिपि अधिकार नीति
(१) कला, साहित्य, संस्कृति, परम्परागत ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति, विज्ञान तथा प्रविधिको प्रोत्साहन गरी व्यक्ति, समुदाय तथा संस्थाको प्रतिलिपि अधिकारको संरक्षण, रचनात्मकतालाई प्रोत्साहन र विकास गर्ने वातावरणको विकास गर्दै देशको अर्थतन्त्रमा उल्लेखनीय योगदान दिन सक्ने गरी विकास गरिनेछ ।
(२) प्रतिलिपि अधिकार तथा सम्बन्धित अधिकार संरक्षण र प्रवद्र्धन गर्न विधि, पद्धति, संयन्त्र निर्माण एंव सरोकारवालाहरुबीचको आपसी समन्वय कायम गरी कुशल रचनात्मक समाज विकास गरी प्रतिलिपि अधिकारवालाको सिर्जनात्मक कार्यलाई प्रोत्साहन गर्दै लगिनेछ ।
(३) माथि बुँदा नं. (१) र (२) मा उल्लेखित कार्यहरुका लागि अन्तराष्ट्रिय सन्धि सम्झौताको पक्ष राष्ट्र बन्ने, राष्ट्रिय कानूनलाई समयानुकूल परिमार्जन गर्दै लगिनेछ ।
(४) सिर्जना माथि स्वचालित संरक्षण ९ब्गतयmबतष्यल एचयतभअतष्यल० को व्यवस्था गरिनेछ ।
(५) व्यावसायिक प्रस्तुती एंव सार्वजनिक प्रयोग र प्रशारण आदिबाट रचनाका सर्जक, प्रस्तोता, उत्पादक एंव अन्य सम्बद्ध पक्षले समन्यायिक लाभ प्राप्त गर्ने प्रणालीको विकास गरिनेछ ।
(६) नयाँ प्रविधिको विकाससँगै रचनाको सिर्जना, प्रस्तुती, उत्पादन, प्रसारण, वितरण लगायतका कार्यहरुमा ती प्रविधिको प्रयोग गरी प्रतिलिपि अधिकार धनीहरुलाई सहजतापूर्वक लाभ प्राप्त गरी अन्तराष्ट्रिय सम्पर्क एवं उपयूक्त प्रणालीको विकास गरिनेछ ।

(ख) पेटेण्ट नीति
(७) नवीन, आविष्कारमूलक, व्यवहार उपयोगी सिर्जनाका रुपमा रहने नवीन उपाय वा वस्तुमा निहित अमुर्त सम्पत्तिलाई पेटेण्टको रुपमा स्वीकार गरी सोको व्यवसायिक उपयोगका सम्बन्धमा सीमित अवधिको एकाधिकार प्रदान गर्ने कानूनी व्यवस्था गरिनेछ । उपयोगी नमूना ९ग्लष्तथ वा एभततथ एबतभलत० को दर्ता तथा एकाधिकार प्रदान गर्ने कानूनी व्यवस्था गरिनेछ । तर राष्ट्रिय सुरक्षा वा रोगव्याधिको महामारी वा यस्तै किसिमको राष्ट्रिय संकटको अवधिभर सार्वजनिक हितका लागि राज्यले पेटेण्टको हक नियन्त्रणमा लिन सक्ने व्यवस्था समेत गरिनेछ ।
(८) आविष्कारको पेटेण्ट दर्ताका लागि देशका बैज्ञानिक तथा आविष्कार, औद्योगिक प्रतिष्ठान, अनुसन्धानात्मक कार्यमा संलग्न निकाय वा संस्था, विश्वविद्यालय एवं निजी अनुसन्धान संस्थाहरुलाई प्रोत्साहित गरिनेछ ।

(ग) औद्योगिक डिजायन नीति
(९) उत्पादन गरिएका उपकरण वा वस्तुको प्रारुप वा आकारमा निहित मौलिक एवं नवीन अमूर्त सम्पत्तिलाई औद्योगिक डिजायनको रुपमा पहिचान गरि सोको व्यवसायिक उत्पादनको एकाधिकार संरक्षण गर्न विद्यमान कानूनमा समयानुकूल परिमार्जन गरिनेछ ।

(घ) ट्रेडमार्क नीति
(१०) व्यापार, व्यवसाय एवं सेवाको क्षेत्रमा प्रस्तुत गरिएका वस्तु वा सेवालाई पृथक जनाउन उपयोग गरिएको व्यापार चिन्हमा निहित अमूर्त सम्पत्तिलाई ट्रेडमार्कको रुपमा पहिचान गरी सोको अभ्यास एवं प्रयोगको एकाधिकार संरक्षण गर्न ट्रेडमार्क सम्बन्धी विद्यमान कानूनमा समयानुकूल परिमार्जन गरिनेछ ।
(११) वस्तु वा सेवालाई पृथक जनाउन त्यस्तो वस्तु वा सेवामा उपयोग गरिएका शब्द, चित्र, रंग, आकार, ध्वनि, चलचित्र, व्यवसायिक नारा लगायत सांकेतिक रुपमा अभिव्यक्त गर्न सकिने चिन्ह वा प्रस्तुतीलाई ट्रेडमार्कको रुपमा अंगिकार गरिनेछ ।
(१२) वस्तु वा सेवालाई पृथक जनाउन प्रयोग गरिने व्यापार चिन्ह, सेवा चिन्ह, समूह चिन्ह, ध्वनि चिन्ह, रंगजनित चिन्ह, व्यापारिक संकेत वा स्वरुप, प्रमाणीकरण चिन्ह ख्यातिप्राप्त चिन्ह  जस्ता चिन्हको संरक्षणको व्यवस्था गरिनेछ ।
(१३) ट्रेडमार्कमा निहित ख्यातिको गैरकानूनी लाभ लिई उपभोक्तालाई झुक्यानमा पारी उपयोग गरेको अवस्थामा त्यस्तो ट्रेडमार्क दर्ता नभएको भएपनि ट्रेडमार्क संरक्षण सम्बन्धी अन्तराष्ट्रिय मान्यता तथा सिद्धान्तबमोजिम पासिङ्ग अफ  लगायतका वौद्धिक सम्पत्ति संरक्षणको प्रभावकारी प्रणालीको अवलम्बन गर्न आवश्यक कानूनको तर्जुमा गरिनेछ ।
(१४) ट्रेडमार्क संरक्षणका लागि सो उपयोग गर्ने वस्तु वा सेवालाई आवश्यक तथा प्रभावकारी वर्गीकरणको लागि अन्तराष्ट्रिय मान्यतामा आधारित प्रणालकिो अवलम्बन गरिनेछ ।

(ङ) भौगोलिक संकेत नीति
(१५) निश्चित भौगोलिक क्षेत्रमा उत्पादन हुने प्राकृतिक वा मानव सृजित वस्तुको उत्पत्तिको जानकारी सहितको संकेत दिंदै त्यस्तो वस्तु सम्बद्ध भौगोलिक क्षेत्रको पहिचानसहित पृथकता जनाउनका लागि सो वस्तु उपयोग गरिएको नाम वा चिन्हमा निहित अमूर्त सम्पत्तिलाई वौद्धिक सम्पत्तिको रुपमा संरक्षण गर्न भौगोलिक संकेत ९न्भयनचबउजष्अब िक्ष्लमष्अबतष्यल० सम्बन्धी कानूनको व्यवस्था गरिनेछ ।
(१६) भौगोलिक संकेतले प्रदान गर्ने वौद्धिक सम्पत्ति सम्बन्धी अधिकारलाई अहस्तान्तरणीय अधिकारको रुपमा व्यवस्था गरिनेछ ।

(च) वनस्पतिका प्रजाति संरक्षण सम्बन्धी नीति
(१७) वनस्पतिका नयाँ प्रजातिमा निहित मौलिक एवं नवीन अमूर्त सम्पत्तिलाई वौद्धिक सम्पत्तिको रुपमा संरक्षण गर्ने आवश्यक कानूनको व्यवस्था गरिनेछ ।
(१८)Generally Modified Organism बाहेकका वनस्पतिका नयाँ प्रजातिलाई वौद्धिक सम्पत्तिको रुपमा पहिचान गर्न आवश्यक प्रणालीको व्यवस्था गरिनेछ । वनस्पतिजन्य प्रजातिको चोरी नियन्त्रण गर्न, जैविक विविधता र परम्परागत ज्ञानको स्रोतहरुमा पहुँच, सदुपयोग तथा संरक्षण गर्न आवश्यक कानूनी व्यवस्था गरिनेछ ।

(छ) व्यापारिक गोप्यता सम्बन्धी नीति
(१९) व्यापारिक गोप्य सुचनामा आधारित मौलिक अमूर्त सम्पत्तिलाई वौद्धिक सम्पत्तिको रुपमा संरक्षण गर्न आवश्यक कानूनी व्यवस्था गरिनेछ ।
(२०) व्यापारिक गोप्य सुचनामाथि वौद्धिक सम्पत्ति अधिकार प्राप्त गर्ने स्वचालित संरक्षण  प्रणालीको विकास गरिनेछ ।

(ज) एकीकृत सर्किटको लेआउट डिजायन सम्बन्धी नीति
(२१) एकीकृत सर्किटको लेआउट डिजायनको अधिकारलाई संरक्षण गर्न आवश्यक कानूनी व्यवस्था गरिनेछ ।
(झ) परम्परागत तथा मौलिक ज्ञान सम्बन्धी नीति
(२२) नेपाली समाजमा उपयोगी ठहरिएका परम्परागत ज्ञान  तथा मौलिक ज्ञानको पहिचान, संरक्षण, विकास तथा उपयोगको लागि अभिलेखिकरण  र परम्परागत ज्ञानमो विद्युतीय पुस्तकालय  विकास गरिनेछ ।
(ञ) परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदाको वौद्धिक सम्पत्ति सम्बद्ध नीति
(२३) परम्परागत सांस्कृतिक अभिव्यक्ति लोक वार्ता समेतका अमूर्त सांस्कृतिक सम्पदालाई वौद्धिक सम्पत्तिको रुपमा संरक्षण गरी मौलिक पहिचानमा दखल नगर्ने गरी प्रयोग गर्ने अधिकार तथा व्यवसायिक प्रयोगमा समन्यायिक लाभ बाँडफाँडको दाबीको अधिकार सहितको कार्यविधि तयार गरी आवश्यक व्यवस्था गरिनेछ ।
(२४) परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण तथा अभ्यासमा उचित सीमा एवं संरक्षणको अपवादको व्यवस्था गरी सन्तुलित परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा संरक्षण प्रणालीको विकास गरिनेछ ।

(ट) जैविक विविधता तथा आनुवांशिक श्रोतको वौद्धिक सम्पत्ति सम्बद्ध पक्ष सम्बन्धी नीति
(२५) निश्चित भौगोलिक क्षेत्रका जैविक विविधता तथा आनुवांशिक श्रोतमा आधारित भै व्यवसायिक अध्ययन, अनुसन्धान तथा प्रयोगबाट प्राप्त हुने वौद्धिक सम्पत्तिमाथि सम्बद्ध पक्षको अधिकार र व्यवसायिक प्रयोगबाट प्राप्त हुने लाभको समन्यायिक बाँडफाँडको व्यवस्था गरिनेछ ।
(२६) जैविक विविधता तथा आनुवांशिक श्रोतहरुको अध्ययन, अनुसन्धान तथा प्रयोग गर्नुपरेमा सम्बन्धित निकायको पूर्वस्वीकृती लिनुपर्ने व्यवस्था गरी त्यस्ता श्रोतको संरक्षण गरिनेछ ।
(२७) नेपालका स्थानीय पशुपंक्षी र जैविक विविधताको संरक्षण गरी आनुवांशिक श्रोतको पहिचान तथा दिगो उपयोगबाट कृषकहरुलाई आर्थिक लाभका साथै जीविकोपार्जनमा सकारात्मक प्रभाव पार्न आवश्यक प्रणाली विकास गरिनेछ ।
(२८) खोज तथा अनुसन्धानको नतिजाबाट प्राप्त नयाँ प्रजातिका किटाणु, जीवाणु, विषणु लगायतका जीवको पेटेण्ट अभिलेखिकरण तथा संरक्षण सम्बन्धमा आवश्यक व्यवस्था गरिनेछ ।

(ठ) वौद्धिक सम्पत्ति अधिकारको संरक्षण, प्रवद्र्धन एवं उपयोगसम्बन्धी अन्य नीतिहरु
(२९) वौद्धिक सम्पत्तिको अधिकार प्राप्त गर्ने कार्यविधि एवं पूर्वशर्तहरु निर्धारण गर्दै सबै किसिमका वौद्धिक सम्पत्तिमाथि आर्थिक तथा नैतिक अधिकार प्राप्त गर्ने मान्यतालाई अंगिकार गरिनेछ ।
(३०) वौद्धिक सम्पत्तिलाई सामाजिक हितको साधनका रुपमा अंगिकार गर्दै समन्यायिक व्यवहार तथा अनिवार्य अनुमति सम्बन्धी व्यवस्था गरिनेछ ।
(३१) वौद्धिक सम्पत्ति अधिकारको संरक्षण गर्दा आर्थिक तथा नैतिक अधिकारहरुको सुनिश्चितता गरी स्वमित्व, अभ्यास तथा उपयोगमा संरक्षणको प्रत्याभूति गरिनेछ ।
(३२) वौद्धिक सम्पत्ति अधिकारको अनधिकृत उल्लंघन उपर नियन्त्रण र उपचारको व्यवस्था गरिनेछ ।
(३३) वौद्धिक सम्पत्ति अधिकारको उल्लंघन उपर देवानी तथा फौजदारी दायित्वको सिर्जना गर्दै सजाय तथा क्षतिपुर्तिको व्यवस्था गरिनेछ ।
(३४) वौद्धिक सम्पत्तिको धनी वा सोको हकवालाका हकहितको सरल एवं सुलभ प्रचलन ९भ्लायचअझभलत० का लागि वैकल्पिक विवाद समाधानको व्यवस्था गरिनेछ ।
(३५) प्रतिलिपि अधिकार, पेटेण्ट, औद्योगिक डिजायन, वनस्पतिका नयाँ प्रजाति संरक्षण, परम्परागत ज्ञान, परम्परागत सांस्कृतिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदा, जैविक विविधता एवं आनुवांशिक श्रोतहरुको विकासका लागि सम्बन्धित वौद्धिक सम्पत्तिका धनीहरु वा अधिकारवालाहरुको सामूहिक सौदावाजी गर्ने कार्यमा सहयोग पुर्याउन र अलग क्षमता भएका व्यक्तिहरुको सम्बन्धित वौद्धिक सम्पत्ति संरक्षणमा समान प्रत्याभूति गर्नका लागि सबल एवं सशक्त वौद्धिक सम्पत्ति समाजहरु स्थापनाका लागि प्रोतसाहित गरिनेछ ।
(३६) वौद्धिक सम्पत्तिको संरक्षण तथा अभ्यासमा सीमा एवं संरक्षणका अपवादको सन्तुलित व्यवस्था स्थापित गर्न आवश्यक प्रणालीको विकास गरिनेछ ।

 

८.३. समाजको आर्थिक, समाजिक तथा सांस्कृतिक समुन्नतिका लागि वौद्धिक सम्पत्तिको महत्व बारे जनस्तरसम्म चेतना अभिवृद्धि गर्ने उद्देश्य (३) सँग सम्बन्धित नीतिहरु
(१) वौद्धिक सम्पत्ति तर्फ जिज्ञासु र प्रतिभाशाली व्यक्तिहरु सबैलाई आकर्षित गर्न सीप र क्षमता अभिवृद्धिका क्रियाकलापहरु सञ्चालन गरिनेछन् ।
(२) वौद्धिक सम्पत्ति विषयलाई माध्यामिक तह तथा विश्वविद्यालय तहका पाठ्यक्रममा समावेश गर्न र व्यवसायिकताको विकासका लागि विशेष प्रयत्न गरिनेछ ।
(३) विश्वविद्यालय, शैक्षिक तथा अनुसन्धानमूलक निकायहरुमा आ–आफ्नै वौद्धिक सम्पत्ति सम्बन्धी नीति विकास गरी लागुू गर्न प्रोतसाहित गरिनेछ ।
(४) अनुसन्धानकर्ता, स्रस्टा, प्रयोगकर्ता, उपभोक्ता सहित सर्वसाधारण जनताबीच वौद्धिक सम्पत्तिका विविध पक्षमा आमसञ्चारका विभिन्न मध्यम (छापा, इलोक्ट्रनिक, रेडियो, टेलिभिजनसहित) मार्फत चेतना अभिवृद्धि गरिनेछ ।
(५) वौद्धिक सम्पत्ति सम्बद्ध सरोकारवालाहरुको लागि विभिन्न किसिमका गोष्ठी, अन्तरक्रिया, तालिम कार्यक्रमहरु नियमित रुपमा सञ्चालन गरिनेछ ।
(६) सिर्जनात्मक उद्योगहरुको आवधिक रुपमा राष्ट्रिय लेखामा गणना गरिनेछ ।

 

८.४. वौद्धिक सम्पत्तिका हरेक विधाहरुको व्यवसायिकरणका लागि प्रोत्साहित गर्ने उद्देश्य (४) सँग सम्बन्धित नीतिहरु
(१) वौद्धिक सम्पत्तिको पहिचान र प्राथमिकता निर्धारण गरी त्यस्ता वौद्धिक सम्पत्ति सिर्जना र प्रवद्र्धनमा लागि आवश्यक पूर्वाधार विकास गरिनेछ ।
(२) अनुसन्धनात्मक तथा सिर्जनात्मक क्रियाकलाप सञ्चालनका लागि साधन स्रोतहरुमा पहँुच वृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गरिनेछन् ।
(३) वौद्धिक सम्पत्तिको अभिलेखिकरण र व्यवस्थापनलाई आधुनिकीकरण गरिनेछ ।
(४) वौद्धिक सम्पत्तिको उपयोग सम्बन्धमा त्पादन क्षेत्र, अनुसन्धान गर्ने निकाय र विश्वविद्यालय लगायतका क्षेत्रको अन्तरसम्बन्धलाई गहन र सुदृढ पारिनेछ ।
(५) सुरक्षण, विनिमय र क्षतिपूर्ति समेतमा सहयोग गर्न वौद्धिक सम्पत्तिको मूल्याङ्कन एवं उपयोग गर्ने कार्यको थालनी गरिनेछ ।
(६) वौद्धिक सम्पत्तिको उपयोगमा स्रस्टा र उपयोगकर्ताको अधिकार र कर्तव्यका बीचमा सन्तुलन कायम गर्दै साधारण उपभोक्ताको हित अनुरुप हुने गरी परिचालन गर्न उपभोक्ता, उत्पादक र व्यापारिक जगतबीच अन्तरसम्बन्ध र पारस्परिक सहयोगलाई थप सुदृढ गरिनेछ ।

 

८.५. वौद्धिक सम्पत्तिको संरक्षण तथा अधिकार प्रचलनका लागि सशक्त कानूनी, संस्थागत तथा मानव श्रोतको विकास गर्ने उद्देश्य (५) सँग सम्बन्धित नीतिहरु
(१) नेपालको संविधानको धारा २५ मा सम्पत्तिको हक अन्र्तगत वौद्धिक सम्पत्तिलाई मौलिक हकको रुपमा व्यवस्था गरेको हुँदा सो बमोजिम कानूनी व्यवस्था गरी संरक्षण प्रदान गरिनेछ ।
(२) वौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षणका लागि क्षतिपूर्ति सहितको प्रभावकारी देवानी एवं फौजदारी उपचारको व्यवस्था गरिनेछ ।
(३) वौद्धिक सम्पत्ति संरक्षणका क्षेत्रमा अन्तराष्ट्रिय रुपमा आपसी सहयोग आदान प्रदान गर्न बहुपक्षीय तथा द्विपक्षीय वौद्धिक सम्पत्ति संरक्षण सम्झौता गरिनेछ ।
(४) वौद्धिक सम्पत्तिको प्रभावकारी संरक्षणको प्रत्याभूतिका लागि अन्तराष्ट्रिय सम्झौता, सन्धि तथा महासन्धि पक्ष राष्ट्र भै तदनुरुप नीतिगत एवं कानूनी व्यवस्था गरिनेछ ।
(५) नेपाल पक्ष भएका वौद्धिक सम्पत्ति सम्बन्धी अन्तराष्ट्रिय सन्धि सम्झौताबाट सिजना भएका दायित्वहरु परिपालना गर्न प्राथमिकता दिइनेछ ।
(६) वौद्धिक सम्पत्ति अधिकारका सबै विधाहरुलाई संरक्षण, प्रवद्र्धन, नियमन तथा व्यवस्थापन का लागि एकीकृत कार्यकलाप स्थापना गरिनेछ ।
(७) वौद्धिक सम्पत्ति संरक्षणसम्बन्धी न्याय निरुपण कार्यलाई छिटो, छरितो र प्रभावकारी बनाइनेछ ।
(८) वौद्धिक सम्पत्तिको अधिकार व्यवस्थापनका लागि वौद्धिक सम्पत्ति प्रशासनलाई समयसापेक्ष सुलभ, सबल एवं प्रभावकारी बनाइनेछ ।
(९) वौद्धिक सम्पत्ति सम्बन्धी विधाको विकासमा सहयोग पुर्याउन जनशक्तिको विकासमा जोड दिइनेछ । वौद्धिक सम्पत्ति विधामा विशेषता हाँसिल गरेका र तालिम प्राप्त जनशक्तिलाई यस क्षेत्रमा उपयोग गरिनेछ ।
(१०) वौद्धिक सम्पत्ति सम्बद्ध स्रस्टाहरुको क्षेत्रीय तथा अन्तराष्ट्रियस्तरका संघसंस्थामा सहभागी हुन नेपाली स्रस्टाहरु सम्बद्ध संघसंस्थाहरुलाई प्रोतसाहन गरिनेछ ।
(११) वौद्धिक सम्पत्तिको क्षेत्रमा क्षेत्रीय एवं अन्तराष्ट्रियस्तरमा भएको विकासमा नेपालको सहभागिता बढाउदै यसबाट अत्याधिक लाभ हाँसिल गर्ने प्रयत्न गरिनेछ ।
(१२) वौद्धिक सम्पत्तिको क्षेत्रमा दक्षिण एसियाली मुलुकहरु र क्षेत्रीय स्तरमा भएको विकासमा नेपालले सहभागिता जनाउदै संरक्षणका लागि क्षेत्रीयस्तरमा समन्वयको प्रयासको थालनी गरिनेछ ।