९. कार्यनीतिहरु

९. कार्यनीतिहरु

स्वच्छ तथा प्रतिस्पर्धात्मक वातावरणमा वौद्धिक सम्पत्तिको विकास गरी माथिका उद्देश्य तथा नीतिहरु पूरा गर्न देहायका कार्यनीतिहरु अवलम्बन गरिनेछन्ः

 

९.१. वौद्धिक अधिकारको संरक्षण, प्रवद्र्धन तथा विकासलाई प्रोतसाहित गर्ने उद्देश्य (१) का नीतिहरुसँग सम्बन्धित कार्यनीतिहरु
(१) वौद्धिक सम्पत्तिको अवधारणा र उपयोगितालाई अंगिकार गरी वौद्धिक सम्पत्ति अधिकार संरक्षण गर्ने रणनीति तयार गरिनेछ ।
(२) वौद्धिक सम्पत्तिको संरक्षण प्रणालकिो विकास गर्न व्यापार सम्बद्ध वौद्धिक अधिकार सम्झौता  र वौद्धिक सम्पत्ति अधिकारको गैर व्यापार सम्बद्ध क्षेत्रको पालना र संरक्षणको लागि उचित कानूनी प्रबन्ध गरिनेछ ।
(३) वौद्धिक सम्पत्ति संरक्षणका लागि मौलिक किसिमका  पद्धतिमा आधारित कानुनी व्यवस्था र कार्यप्रक्रिया समेत अवलम्बन गरिनेछ ।
(४) सिर्जनात्मक उद्योगको अवधारणामा संस्कृतिमा आधारित उद्योगको पहिचान, प्रवद्र्धन र विकासमा प्रोत्साहित गरिनेछ ।
(५) फरक किसिमको क्षमता भएका, महिला, दलित, पिछडिएको वर्गको निम्ति वौद्धिक सम्पत्ति र संरक्षण सम्बन्धमा निःशुल्क रुपमा कानूनी तथा प्राविधिक परामर्श सेवा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
(६) वनपैदावार र कृषिमा आधारित वस्तुहरु हस्तकला एवं खाद तथा पेयवस्तुहरु उत्पादन गर्ने व्यवसायलाई समूह चिन्ह र भौगोलिक संकेतको प्रयोगबाट पहिचान निर्माण गरी बजारको पहुँच र मूल्य अभिवृद्धि गर्न सहयोग गरिनेछ ।
(७) बेग्लै खालका शारीरिक तथा मानसिक क्षमता भएका व्यक्तिहरुको लागि संगीत, गायन, हस्तकला जस्ता विषयहरुमा तालिम दिई प्रतिभालाई प्रस्फुरण गराई वौद्धिक सम्पत्तिको धनीको रुपमा स्थापित गर्दै रोजगारीका अवसरहरुमा वृद्धि गरिनेछ ।
(८) विभिन्न समुदायमा परम्परादेखि प्रचलनमा रहेका लोकसंस्कृतिलाई ग्रामीण पर्यटनसँग आबद्ध गरी ग्रामीण क्षेत्रको बासिन्दाहरुको आयआर्जनमा थप सहयोग पुर्याइनेछ ।
(९) प्रविधि हस्तान्तरण सेवा उपलब्ध गराउने सरकारी तथा गैर सरकारी संस्थाको क्षमता वृद्धिमा सहयोग पुर्याइनेछ ।
(१० वातावरणीय समस्यालाई सम्बोधन गर्ने नयाँ प्रविधिको विकास र आयातमा सहुलियत प्रदान गरिनेछ ।
(११)वातावरण संरक्षण गर्नुपर्दा, जीवनोपयोगी औषधी र सार्वजनिक सरोकारका अत्यावश्यक वस्तु उत्पादन गर्दा, गैर प्रतिस्पर्धात्मक क्रियाकलाप हटाउनु पर्दा सम्बन्धित धनी आफैले सञ्चालन नगरेका वा स्वीकृती नदिएको अवस्थामा व्यापारिक उद्देश्यरहित ढङ्गले नेपालमै उत्पादन गराउन वा देशमा खपतको लागि विदेशबाट उपलब्ध गराउन मात्र अनिवार्य लाइसेन्सिङ्गको पद्धति अपनाइनेछ ।
(१२)वौद्धिक सम्पत्तिको कार्यालयले वौद्धिक सम्पत्ति उपयोगकर्ता र स्रस्टाहरका बीचमा सम्पर्क गराउने सेवा प्रदान गर्नेछ ।

 

९.२. वौद्धिक सम्पत्तिको सर्जक तथा सामाजिक हितका लागि सन्तुलित प्रणालीको विकास गर्ने उद्देश्य (२) का नीतिहरुसँग सम्बन्धित कार्यनीतिहरु
(१) वौद्धिक सम्पत्तिको संरक्षणका लागि यसका विविध विधाहरु बीचको अन्तरसम्बधलाई निम्नबमोजिम अंगिकार गरिनेछः
(क) पेटेण्ट संरक्षणको आधारभूत कागजात पेटेण्ट स्पेशीफिकेसन र सोमा प्रस्तुत गरिएको म्चबधष्लज उपर प्रतिलिपि अधिकार संरक्षण नहुने,
(ख) प्रतिलिपि अधिकार प्राप्त कलात्मक रचनालाई औद्योगिक डिजायनको लागि उपयोग गर्न प्रतिलिपि अधिकार धनीबाट अनुमति प्राप्त गरि दर्ता गरिएको औद्योगिक डिजायनको छुट्टै स्वतन्त्र संरक्षण भएकोमा त्यस्तो कलात्मक रचनामथि प्रतिलिपि अधिकार संरक्षणमा प्रति कुल असर नपर्ने,
(ग) प्रतिलिपि अधिकार प्राप्त कलात्मक रचना ट्रेडमार्कको रुपमा उपयोग गर्न अनुमति दिएपछि त्यस्तो ट्रेडमार्कको रुपमा उपयोग गरिएको कलात्मक रचनाको हकमा यस्ता रचनाको रचयिताले प्रतिलिपि अधिकार दावी गर्न नपाउने । तर ट्रेडमार्कको रुपमा उपयोग गरिएको कलात्मक रचनाको प्रतिलिपि अधिकार उलंघनको उपचार दावी गर्ने स्वतन्त्र अधिकारलाई यसले कुनै असर नगर्ने,
(घ) आविष्कार गरिएका उपकरणको गैर आधारभूत प्रारुप  माथि प्रतिलिपि अधिकार प्राप्त हुने,
(ङ) कुनै वस्तुमा पेटेण्ट प्राप्त भएमा त्यस्ता पेटेण्ट ९एचयमगअत एभतभलत० प्राप्त वस्तुको आधारभूत प्रारुप  माथि औद्योगिक डिजायनको संरक्षण प्राप्त नहुने ,
(च) बजारमा ख्यातिप्राप्त औद्योगिक डिजायन अधिकारवालाले आफ्नोे उत्पादनको पहिचानको रुपमा प्रस्तुत गर्न सफल भएको अवस्थामा त्यस्तो डिजायनलाई ट्रेडमार्कमा दर्ता गर्न सकिने,
(छ) ट्रेडमार्कको रुपमा उपयोगमा ल्याएको दर्ता नगरिएको वा ट्रेडमार्कमा दर्ता गरिएको कलात्मक रचना चिन्हमाथि प्रतिलिपि अधिकार संरक्षण प्राप्त गर्न सक्ने,
(ज) ट्रेडमार्कमा दर्ता भएको चिन्ह भौगोलिक संकेतका रुपमा संरक्षण नहुने र भौगोलिक संकेतमा दर्ता भएको वा भौगोलिक उत्पत्तिको संकेत गर्ने चिन्ह ट्रेडमार्कको रुपमा संरक्षण प्राप्त नहुने,
(झ) प्रमाणीकरण चिन्हको रुपमा दर्ता गरिएको चिन्ह भौगोलिक संकेतका रुपमा संरक्षण नहुने,
(ञ) प्रतिलिपि अधिकार संरक्षणयोग्य रचना व्यापारिक गोप्यताको विषयवस्तुका रुपमा उपयोग गरेको अवस्थामा सो उपर प्रतिलिपि अधिकार संरक्षण हुने,
(ट) व्यापारिक गोप्यताको रुपमा रहेको कुनै गोप्य सुचना व्यवसायिक उपयोग गरिसकेको अवस्थामा सोउपर स्वतन्त्र रुपमा खोज अनुसन्धान गरि अर्को व्यक्तिले अध्ययन अनुसन्धान गर्न र सोबाट थप आविष्कार गरि पेटेण्ट दावी गर्न पाइने,
(ठ) व्यापरिक गोप्यताको रुपमा रहेको कुनै गोप्य सुचना व्यवसायिक उपयोग गरिसकेको अवस्थामा सो उपर पेटेण्ट दावी गरि पेटेण्ट दर्ता गर्न पाइने,
(ड) एकीकृत सर्किटको लेआउट डिजाइन संरक्षणले एकीकृत सर्किटमाथि पेटेण्ट दावी गर्न कुनै बाधा नपुग्ने,
(ढ) परम्परागत सांस्कृतिक एवं लोकसांस्कृतिक प्रस्तुती, सामूहिक अभिव्यक्ति तथा अमूर्त सांस्कृतिक सम्पदामा प्रतिलिपि अधिकार वा ट्रेडमार्क वा औद्योगिक डिजायनका रुपमाम उपयोग गरिएको अवस्थामा सोको पहिचानको संरक्षण तथा लाभ दावी गर्न पाउने,
(ण) परम्परादेखि प्रचलनमा रहेका प्राविधिक विधि वा उपकरणमा आधारित अनुसन्धानबाट प्राप्त आविष्कारमाथि पेटेण्ट दावी गर्दा सो अनुसन्धानको आधारका रुपमा उपयोग गरिएको परम्परागत ज्ञानको सन्दर्भ प्रस्तुत गर्नुपर्ने र सोको पेटेण्टबाट प्राप्त लाभको बाँडफाँड गरी लिन पाउने अधिकारको दावी गर्न पाउने,
(त) जैविक विविधता तथा सोमा निहित आनुवांशिक श्रोतमा आधारित अनुसन्धाबाट प्राप्त आविकारमाथि पेटेण्ट वा वनस्पतिको नयाँ प्रजातिका रुपमा वौद्धिक सम्पत्ति दावी गर्दा सो अनुसन्धानको आधारका रुपमा उपयोग गरिएको जैविक विविधता तथा सोमा निहित आनुवांशिक श्रोतको सन्दर्भ प्रस्तुत गर्नुपर्ने र त्यस्तो पेटेण्ट वा वनस्पतिको नयाँ प्रजातिको वौद्धिक सम्पत्तिको लाभ बाँडफाँड गरि लिन पाउने अधिकार दावी गर्न पाउने,

(२) कुनै संस्थामा कार्यरत कर्मचारीबाट भएका आविष्कार एवं सिर्जनामा बौद्धिक सम्पत्तिको हक प्रदान गर्दा सम्बन्धित कर्मचारी समेत लाभमा सहभागी हुने गरी सम्झौता गर्न प्रोत्साहित गरिनेछ ।

(३) रोयल्टी सङ्कलनसँग सम्बन्धित समाजलाई समयानुकूल विकास गर्न त्यस्तो समाजलाई आवश्यक सहयोग गरिनेछ । समाजद्वारा सङ्कलन भएको रोयल्टीमध्ये केही अंश संरक्षण कार्यमा प्रयोग गर्न प्रोत्साहित गरिनेछ ।

९.३. समाजको आर्थिक, सामाजिक तथा सांस्कृतिक समुन्नतिका लागि वौद्धिक सम्पत्तिको महत्व बारे जनस्तरमा चेतना अभिवृद्धि गर्ने उद्देश्य (३) का नीतिहरुसँग सम्बन्धित कार्यनीतिहरु

(१) वौद्धिक सम्पत्तिको सिर्जना, उपयोग र प्रवद्र्धनका लागि विश्वविद्यालय अनुदान आयोग, विश्वविद्यालय अनुसन्धान निकाय र सांस्कृतिक संस्थाहरुबीचको समनवयलाई प्रोत्साहित गरिनेछ ।

(२) वौद्धिक सम्पत्ति संरक्षणसंग सम्बद्ध र सो क्षेत्रमा सक्रिय संघसंस्थाहरुसँग आवश्यक समन्वय गरी वौद्धिक सम्पत्तिको विषयवस्तुमा जनचेतनाका लागि आवश्यक तालिम, कार्यशाला, गोष्ठी, क्षमतम अभिवृद्धि कार्यक्रम चता अध्ययन अध्यापनको कार्यक्रम गरिनेछ ।

(३) विश्व वौद्धिक सम्पत्ति संगठन, विश्व व्यापार संगठन लगायत अन्य अन्तराष्ट्रिय संघ संगठनसँग सहकार्य तथा समन्वय गरी वौद्धिक सम्पत्तिको अध्ययन, अनुसन्धान तथा तालिमका कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक व्यवस्था गरिनेछ ।

(४) वौद्धिक सम्पत्तिको विधालाई विभिन्न विधाका पाठ्यक्रममा समावेश गरी अध्ययन अध्यापनलाई प्रोत्साहित गरिनेछ ।

(५) वौद्धिक सम्पत्तिको विषयमा आमसञ्चारको माध्यमबाट चेतनामूलक कार्यक्रम सञ्चालन गरिनेछ ।

 

९.४. वौद्धिक सम्पत्तिका विधाहरुको व्यवसायीकरणका लागि प्रोत्साहित गर्ने उद्देश्य (४) का नीतिहरुसँग सम्बन्धित कार्यनीतिहरु
(१) वौद्धिक सम्पत्ति सम्बन्धमा सुचना सेवा सञ्चालन गरिनेछ र वौद्धिक सम्पत्तिको दर्ता तथा व्यवस्थापनमा सुचना प्रविधिको प्रयोग गरी आवेदन लिने र सुचना प्रवाह गर्ने व्यवस्था मिलाइनेछ ।
(२) वौद्धिक सम्पत्तिको जानकारी ९क्भबचअज० सेवा वौद्धिक सम्पत्ति कार्यालयबाट उपलब्ध गराइनेछ र दर्ताको प्रक्रियलाई सहजीकरण गरिनेछ ।
(३) वौद्धिक सम्पत्ति अधिकारको उल्लंघन गर्नेबाट क्षतिपूर्ति असूल गर्न वौद्धिक सम्पत्तिको मूल्याङ्कन गर्ने प्रणालीको विकासगरिनेछ ।
(४) सरकारी तथा नीजि षेत्रको सहभागितामा वौद्धिक सम्पत्ति प्रवद्र्धन कोषको स्थापना र सञ्चालन गरिनेछ ।
(५) नेपालका विद्यालय तथा विश्वविद्यालयहरुलाई प्रतिलिपि अधिकार, पेटेण्ट वा उपयोगी नमूना, औद्योगिक डिजायन जस्ता वौद्धिक सम्पत्ति दर्ता गर्न प्रोत्साहित गरिनेछ ।
(६) स्थानीय स्रोत साधनमा आधारित कच्चा पदार्थबाट निर्मित वस्तहरुका लागि स्वदेश तथा विदेशमा समूह चिन्ह र भौगोलिक संकेत दर्ता गराउँदा लागेको दर्ताशुल्क नेपाल सरकारले बहन गर्ने व्यवस्था गरिनेछ ।
(७) नयाँ प्रविधि सिर्जना गर्न उद्योग व्यवसायले अनुसन्धान तथा विकास कार्य गरी वौद्धिक सम्पत्ति सिर्जना गरेमा सोमा लागेको खर्चलाई कर योग्य आय रकमबाट कट्टा गर्न पाउने व्यवस्था मिलाइनेछ ।
(८) वौद्धिक सम्पत्तिको विकास र प्रयोग गर्न नीजि क्षेत्रलाई प्रोतसाहित गरिनेछ ।
(९) वैद्धिक सम्पत्तिको सिर्जनामा विश्वविद्यालय, वौद्धिक सम्पत्ति कार्यालय र औद्योगिक प्रतिष्ठानहबीच सहकार्य गरिनेछ ।
(१०)वैंक तथा वित्तीय संसथाहरुले वौद्धिक सम्पत्तिलाई धितोको रुपमा स्वीकार गर्ननसक्ने व्यवस्था मिलाइनेछ ।
(११)उपभोक्ताहरुको हकहित संरक्षणका लागि औषधीको समानान्तर आयातसम्बन्धी कानूनी व्यवस्था गरिनेछ ।

 

९.५. वौद्धिक सम्पत्तिको संरक्षण तथा अधिकार प्रचलनका लागि कानूनी, संस्थागत तथा मानव श्रोतको विकास गर्ने उद्देश्य (५) का नीतिहरुसँग सम्बन्धित कार्यनीतिहरु
(१) वौद्धिक सम्पत्ति सम्बन्धी मुद्दालाई छिटो छरितो सुनुवाई र किनाराको व्यवस्था गरिनेछ । वौद्धिक सम्पत्तिसम्बन्धी देवानी प्रकृतिका विवादहरुलाई मध्यस्थकर्ता, वार्ता तथा मेलमिलापको माध्यमबाट किनारा लगाउने पद्धति अवलम्बन गरिनेछ । नियतवश, गम्भीर प्रकृतिका एवं पटक पटक वौद्धिक सम्पत्ति अधिकार उल्लघंन गर्नेलाई फौज्दारी दायित्व अन्र्तगत कारवाहीको व्यवस्था गरिनेछ ।
(२) अस्वस्थ प्रतिस्पर्धा नियनत्रण गर्न वौद्धिक सम्पत्ति अधिकार सम्बन्धी कानूनको प्रभावकारी कार्यान्वयन गरिनेछ ।
(३) वौद्धिक सम्पत्ति प्रशासनको प्रभावकारी संरक्षण र व्यवस्थापनका लागि एकीकृत वौद्धिक सम्पत्ति कार्यालयको स्थापना गरिनेछ ।
(४) वौद्धिक सम्पत्तिको संरक्षणमा आधुनिक प्रविधिको उपयोग गरी आवेदन दर्ता एवं अन्य वौद्धिक सम्पत्ति प्रशासनको व्यवस्था गरिनेछ ।
(५) वौद्धिक सम्पत्ति कार्यालयमा कार्यरत जनशक्तिको क्षमता अभिवृद्धि, विकास, तालिम, डाटावेसको प्रयोग र वौद्धिक सम्पत्ति प्रशासनका क्षेत्रमा आपसी समन्वय तथा सहकार्य गर्नका लागि वौद्धिक सम्पत्तिसँग सम्बद्ध अन्तराष्ट्रिय संघसंस्थाहरुसँग सम्बन्ध विस्तार गरिनेछ ।
(६) वौद्धिक सम्पत्ति अधिकार कार्यान्वयनलाई प्रभावकारी बनाउन वौद्धिक सम्पत्ति सम्बन्धी कानूनको प्रयोगमा सम्बद्ध निकायका बीचमा सम्पर्क र समन्वय कायम गरिनेछ । गैरकानूनी रुपमा आयातित सामान भन्सार विन्दुमा रोकी उचित छानबिन गर्नको लागि भन्सार कार्यालयको भूमिका सशक्त तुल्याइनेछ ।
(७) वौद्धिक सम्पत्ति सम्बद्ध विषयवस्तुमा आवश्यक परामर्श तथा सहयोगका लागि द्विपक्षीय तथा अन्तरदेशीय सहयोग तथा समन्वयको व्यवस्था गरिनेछ ।
(८) वौद्धिक सम्पत्ति सम्बद्ध अन्तराष्ट्रिय संघसंस्थामा सहभागिता जनाउदै राष्ट्रिय हित अनुकूल हुने गरी अन्तराष्ट्रिय सन्धि सम्झौताको पक्ष बन्दै जाने कार्यनीति लिइनेछ ।
(९) वौद्धिक सम्पत्ति विकासका लागि आवश्यकता अनुसार सार्वजनिक निजी साझेदारी कार्यक्रको विकास गरिनेछ ।
(१०)वौद्धिक सम्पत्तिको संरक्षणका क्षेत्रमा क्षमता विकासका लागि विश्व व्यापार संगठन र विश्व वौद्धिक सम्पत्ति संगठन लगायतका अन्तराष्ट्रिय संघ संस्थाहरुबाट सहायता परिचालन र नेपालको वौद्धिक सम्पत्ति संरक्षणलाई उपयोगी हुने प्रविधि हस्तान्तरणका प्रयत्नहरु गरिनेछ ।