३. नीति

३. नीति

३.१ जातीय विकास तथा सम्वद्र्धन
३.१.१ जातीय विकास तथा सम्वद्र्धनको कार्य सरकारी सतरबाट गर्दै आएकोमा भविष्यमा यो कार्य गैरसरकारी तथा निजी क्षेत्रबाट समेत गराइने ।
३.१.२ जातीय विकासमा संलग्न हुन चाहने निकायले आफ्नो पूर्वाधारको अवस्था र औचित्यको पूर्व जानकारी गराएपछि मात्र जातीय विकासमा संलग्न हुन पाउने व्यवस्था मिलाइने ।
३.१.३ कृषि अनुसन्धानबाट विकसित नयाँ जातहरु कृषकस्तरममा वितरण हुनुअघि जात अनुमोडन, उन्मोचन तथा पंजीकरणको कार्य राष्ट्रिय बीउ बिजन समिति (यसपछि यस नीतिमा “समिति” भनिएको) बाट गरिनेछ ।
३.१.४ प्राविधिक दृष्टिकोणले कुनै जात अनुपयुक्त ठहर भएमा यसको नाम पञ्जीकरणबाट हटाउने र सोको जानकारी कृषकलाई दिने व्यवस्था उपर्युक्त समितिले मिलाउनेछ ।
३.१.५ जातीय विकासको सिलसिलामा स्थानीय जातको ठूलो महत्व हुन्छ । यसकारण कृषि जैविक विविधता संरक्षण र जातको स्वामित्वको अधिकार स्थापना गर्ने ।
३.१.६ बीउको विकास र उत्पादन बढाउन सरकारी तथा निजी क्षेत्रलाई राष्ट्रिय वा अन्तराष्ट्रिय बीउ व्यवसायीहरुसँग संयुक्त भई कार्य गर्न प्रोत्साहित गरिनेछ ।

३.२ बीउ वृद्धि
३.२.१ बीउ उत्पादन प्रणाली अर्थात न्यूक्लियस/प्रिवेशिक, प्रजनन, मूल र प्रमाणित तथा उन्नत बीउ उत्पादन प्राणीलाई कृषकहरुको माग अनुसारको परिणाममा उपलब्ध हुनसक्ने गरी उत्पादनमा निरन्तरता दिइनेछ ।
३.२.२ उच्च मूल्यका बीउहरु उत्पादन गरी निर्यात प्रवद्र्धन गरिनेछ ।
३.२.३ न्यूक्लियस तथा प्रजनन बीउको गुणात्मक सम्वद्र्धन  तथा परिमाणात्मक उत्पादनको जिम्मेवारी प्रजनन  मा निहित रहने छ । बीउको गुणात्मक सम्वद्र्धन तथा परिमाणात्मक उत्पादनको योजना तथा सोको व्यवस्था उपयुक्त समितिले मिलाउनेछ ।
३.२.४ मूल बीउ उत्पादनको कार्य सरकारीस्तर लगायत गैर सरकारी तथा निजी क्षेत्रमा उत्पादन गर्ने व्यवस्था मिलाइनेछ । मूल बीउ उत्पादन गर्न आवश्यक पर्ने प्रजनन बीउ उपलब्ध गराउनका लागि प्रजनन बीउ उत्पादकहरु र मूल बीउ उत्पादकहरुको लागि आवश्यक पर्ने गरी परिमाणात्मक वासलात समितिले तयार गरी सोको आधारमा आवश्यक बीउ बिजन उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
३.२.५ प्रजनन बीउको माग सम्बन्धित निकायले राष्ट्रिय बीउ बिजन समितिलाई अग्रिम जानकारी दिनेछ । यस सम्बन्धको कार्य योजना समितिले बनाउनेछ ।
३.२.६ उपरोक्त अनुसार नै प्रमाणित तथा उन्नत बीउ उत्पादनको कार्य गर्न चाहिने मूल बीउको आवश्यक परिमाणबारे राष्ट्रिय बीउ बिजन समितिलाई अग्रिम जानकारी सम्बन्धित निकायले दिने र राष्ट्रिय बीउ बिजन समितिले यस सम्बन्धमा व्यवस्था मिलाइनेछ ।
३.२.७ स्थानीय स्तरमा बीज वृद्धि कार्यक्रमको लागि सरकारी तथा गैर–सरकारी क्षेत्रबाट उन्नत बीउ उत्पादन गर्न सम्भाव्यता सहितको प्रस्ताव आएमा स्रोत बीउको व्यवस्था राष्ट्रिय बीउ बिजन समितिले मिलाउनेछ ।
३.२.८ बीउ उत्पादन गर्दा बीउ बालीको प्रकार र जात अनुसार क्षेत्र निर्धारण र रजिष्टर्ड बीउ उत्पादन ९च्भनष्कतभचभम क्भभम नचयधभच० को स्थापना गरी बीउ उत्पादन करारको आधारमा उत्पादन गर्ने व्यवसायीलाई प्राथमिकता दिइनेछ ।

३.३ गुणस्तर नियन्त्रण ः
३.३.१ हालसम्म बीउ प्रमाणीकरण  र यथार्थ संकेत पत्र लगाएर बीउ गुणस्तर नियन्त्रण गर्ने प्रावधान रहेकोमा अब आइन्दा गुणस्तर घोषित बीउ पद्धति  समेत अपनाई बीउको गुणस्तर नियन्त्रण गरिनेछ ।
३.३.२ बीउको गुणस्तर कायम गर्न बीउ बिजन परीक्षण, बीउ विश्लेषण, बीउको नमूना संकलन, बीउ बाली निरीक्षण जस्ता विभिन्न कार्यहरु नेपाल सरकारबाट तोकिए बमोजिम, सरकारी, गैरसरकारी तथा निजी क्षेत्रबाट गराइनेछ । सो कार्यको अनुगमन बीउ बिजन गुणस्तर नियन्त्रण कार्यालयले गर्ने गरी व्यवस्था मिलाइनेछ ।

३.४ बीउ बिजन व्यवसायमा निज िक्षेत्रको संलग्नता अभिवृद्धि ः
३.४.१ विभिन्न सरकारी र अर्धसरकारी निकायमा रहेका प्रशोधन एकाई र बीउ भण्डार सुविधाहरु माग भए अनुसार निजी क्षेत्रलाई उपलब्ध गराइनेछ । यसरी सुविधा उपयोग गरेवापत सेवा शुल्क लिइनेछ ।
३.४.२ नेपाल सरकारमा दर्ता भएका बीउ उत्पादक, बीउ व्यवसायीहरुलाई गुणस्तरीय बीउ बन्धकी ९क्भभम एभिमनष्लन० गर्दा व्याजको रुपमा ठूलो धनराशी खर्च हुन्छ । फलस्वरुप मूल्य उच्च हुन जाने हुँदा यस्तो बीउ कृषकले उपयोग गर्न सक्दैनन् । हाल यस्तो स्थिति विद्यमान छ । यस स्थितिको अन्त्य गरी उन्नत बीउ अधिकतम प्रयोग गरी राष्ट्रिय खाद्य सुरक्षा सुनिश्चित गर्नका लागि बीउ बन्धकी प्रणाली सुदृढीकरण गर्नुपर्ने हुन्छ । अतः बीउ बन्धकी राखी भण्डार गरिएको गुणस्तरीय बीउ भण्डारण गर्दा लाग्ने ब्याजको केही अंश नेपाल सरकारले व्यहोर्नेछ ।
३.४.३ बीउ बिजन व्यवसायमा सथनीय कर तथा भन्सार महशुलमा सहुलियत दिइनेछ ।
३.४.४ निजी क्षेत्रका व्यववसायीहरुलाई तालिम तथा अन्य सीप विकासका अवसरहरु उपलब्ध गराइनेछ ।
३.४.५ अन्य प्राथमिकता क्षेत्रमा परेका वा कृषि उद्योगहरु झै दर्ता भएका बीउ बिजन कम्पनीहरुलाई पनि औद्योगिक विकास ऐन, २०३८ ले दिएको सहुलियत राष्ट्रिय बीउ बिजन समितिको सिफारिसको आधारमा उपलब्ध गराइनेछ ।
३.४.६ गुणस्तरीय बीउ बिजनको प्रचार प्रसारका लागि निजी क्षेत्रलाई सहयोग पुर्याउन विभिन्न सञ्चार माध्यमहरुबाट विज्ञापन गराउन चाहेमा राष्ट्रिय बीउ बिजन समितिको सिफारिसमा प्रचारप्रसार वापत विज्ञापनका लागि नेपाल सरकारले आवश्यक सहयोग गर्नेछ ।

३.५ आपूर्ति व्यवस्था ः
३.५.१ बीउको माग, आपूर्ति र निजी तथा सरकारी क्षेत्रको उत्पादनको अध्यावधिक रेकर्ड राख्ने र सोको जानकारी समितिबाट कृषकस्तर सम्म पुर्याउने प्रभावकारी कार्य गरिनेछ ।
३.५.२ आपूर्ति स्थितिलाई निरन्तरता दिनका लागि राष्ट्रियस्तरमा जगेडा बीउको  व्यवस्था गरिनेछ ।
३.५.३ बीउ व्यवसायलाई प्रवद्र्धन गर्नको लागि शीत भण्डार निर्माण तथा सञ्चालन गर्न सहुलियत दिइनेछ ।
३.५.४ रोगरहित बीउ बेर्नाको उत्पादन वृद्धि गर्न सरकारी, गैरसरकारी र निजी क्षेत्रमा टिस्यू कल्चर जस्ता आधुनिक द्यष्य(त्भअजलययिनथ प्रविधिको प्रयोगमा जोड दिइनेछ ।
३.५.५ खाद्य सुरक्षासँग आबद्ध बालीको बीउ बिजनको अतिरिक्त घाँस, पुष्पवाली तथा अन्य बीउ उत्पादन र वितरणमा पनि जोड दिने व्यवस्था मिलाइनेछ ।
३.५.६ यातायातको सुविधा अझै नपुगेको क्षेत्रको (पहाडी भेगमा) बीउ बिजन आपूर्ति सुदृढ गर्न निम्न बमोजिमको व्यवस्था गरिनेछ ।
३.५.६.१ भौगोलिक विकटतालाई ध्यानमा राख्दै निजी क्षेत्रका उत्पादक र विक्रेताको संलग्नामा बीउ बिजन आपूर्ति गर्ने कार्यक्रमलाई बढाइनेछ ।
३.५.६.२ दुर्गम पहाडी क्षेत्रमा बीउ बिजन कार्यक्रम सुचारु सञ्चालन गर्नको लागि कृषक समूह बनाई कार्य सञ्चालन कोषको व्यवस्था गरिनेछ ।
३.५.६.३ सो कार्यक्रम सञ्चालनको लागि श्रोत केन्द्रदेखि बीउ उत्पादन स्थलसम्म बीजवृद्धिको लागि लगिने श्रोत बीउ ढुवानीमा सहुलियत तथा प्रविधिक सेवा दिने व्यस्था गरिनेछ ।

३.६ संस्थागत सुदृढीकरण ः
३.६.१ राष्ट्रिय बीउ बिजन समितिको सचिवालयको सुदृढीकरणको लागि आवश्यक जनशक्ति र श्रोतसाधनको व्यवस्था गरिनेछ ।
३.६.२ गुण नियन्त्रण कार्य गर्न बीउ बिजन गुणस्तर नियन्त्रण कार्यालयको स्थापना र आवश्यक जनशक्तिको व्यवस्था गरिनेछ ।
३.६.३ बीउ बिजन परीक्षण गर्ने सरकारी प्रयोगशालाको साथै गैरसरकारी वा निजी क्षेत्रमा बीउको गुणस्तर परीक्षण गर्न बीज परीक्षण प्रयोगशाला स्थापना गर्न दिइनेछ ।
३.६.४ बीउ बन्धकी  व्यवस्था सक्षम राख्न संस्थागत व्यवस्था मिलाइनेछ ।
३.६.५ बीउ व्यवसायमा संलग्न अर्धसरकारी निकायलाई विस्तारै व्यवसायीकरण गर्दै लैजाने कार्य गरिनेछ ।
३.६.६ बीउ अनुसन्धान तथा बीउ उत्पादन संलग्न सरकारी निकायहरुको संस्थागत सुदृढीकरण गर्दै लैजाने गरिनेछ ।

३.७ जैविक/आधुनिक प्रविधि ः
३.७.१ विश्वमा बीउ बिजनसँग सम्बन्धित अत्याधुनिक प्रविधिहरु विकास भएर प्रयोग भइरहेका छन् । यसैले नेपालमा पनि जैविक प्रविधि अथवा आनुवांशिक परिवर्तन  आदि प्रणालीहरुबाट उत्पादन हुने GMO, Transgenic Plants तथा तन्तु विज्ञान  आदि विषयहरुमा पनि अध्ययन तथा अनुसन्धान गरिनेछ ।
३.७.२ वाह्य देशहरुबाट उपरोक्त अनुसारका बीउ बिजन तथा विरुवाहरु नेपालमा भित्र्याउँदा यस सम्बन्धी सक्षम सरकारी निकायको निगरानीमा अध्ययन अनुसन्धान गरी यिनीहरुबाट जीव र वातावरणमा प्रतिकूल असर नपर्ने प्रमाणित भएपछि मात्र आम जनताको उपभोगको लागि परिचालन गरिनेछ ।
३.७.३ सर्वसाधारण जनताको भलाइलाई ध्यानमा राखी नेपालको वस्तुस्थितिमा उपयुक्त हुने जैविक सुरक्षा नियमावलीहरु  तयार गरी लागू गरिनेछ ।
३.७.४ अत्याधुनिक प्रविधिहरुको विकास गर्न नेपालमा चरणबद्ध रुपमा जनशक्ति तथा भैतिक पूर्वाधार तयार गर्दै लगिनेछ ।