५. रणनीतिहरु

५. रणनीतिहरु

५.१ मलको उपलब्धता
५.१.१ मल आयातलाई भरपर्दो, प्रतिस्पर्धी तथा पारदर्शी बनाउने ः
वर्तमान समयमा रासायनिक मल देश भित्र उत्पादन भई नसकेको र कृषकहरुको सम्पूर्ण माग आयातबाट मात्रै परिपूर्ति गर्नु पर्ने अवस्था भएकाले विद्यमान रासायनिक मलको आयात व्यवस्थालाई भरपर्दो, प्रतिस्पर्धी तथा परदर्शी बनाउन देहाय अनुसारको व्यवस्था मिलाइने छ ः–
(क) समयमा रासायनिक मल आयात गर्ने स्थिति सृजना गर्न प्रमुख बाली लगाउने समय भन्दा छ महिना अगाडि रासायनिक मलको उपयोग स्थिति, माग तथा आपूर्ति स्थिति पूर्वानुमान गर्ने र त्यसलाई सार्वजनिक गर्ने ।
(ख) मलको आयातमा संलग्न सरकारी, सहकारी तथा निजी क्षेत्रका संस्थाहरुलाई समान अवसर तथा सुविधा उपलब्ध गराउने ।
(ग) आयातकर्ताहरुले आयात गरेका मलको थोक विक्री मूल्य सार्वजनिक गर्नु पर्ने ।
(घ) मलको मूल्य, गुणस्तर तथा उपलब्धतालाई नियमित तथा प्रभावकारी बनाउन अनुगमन कार्यलाई सुदृढ गर्ने ।
(ङ) रासायनिक मलको अन्तराष्ट्रिय मूल्य अनुगमन गरी नियमित रुपमा सार्वजनिक गर्ने ।
(च) अन्तराष्ट्रिय बजारबाट मल आयात गर्ने सबै संस्थाहरु मन्त्रालयमा दर्ता हुनु पर्ने ।

५.१.२ मूल्य नीति तथा अनुदान
(क) मलको मूल्य बजार प्रतिस्पर्धाबाट निर्धारण हुने ।
(ख) रासायनिक मलको मूल्यमा सरकारले अनुदान नदिने तर यातायात सेवा नपुगेका दुर्गम तथा उच्च पहाडी जिल्लाहरु जस्ता परिलक्षित क्षेत्र र साना तथा सीमान्त कृषक जस्ता परिलक्षित समूहलाई विशेष कृषि उत्पादन कार्यक्रम अन्र्तगत सहुलियत दिन सकिने ।

५.१.३ जगेडा मौजदातको व्यवस्था
(क) रासायनिक मलको सम्भाव्य खपतको करिब बीस प्रतिशत रासायनिक मल जगेडा मौज्दातको रुपमा सञ्चित गर्ने ।
(ख) रासायनिक मलको जगेडा मौज्दात सञ्चय, व्यवस्थापन तथा विक्री वितरण व्यवस्थालाई पारदर्शी र प्रतिस्पर्धी गर्ने ।
(ग) नेपाल सरकारलाई मित्र राष्ट्रहरुबाट वस्तुगत सहायता अन्र्तगत प्राप्त हुने रासायनिक मललाई जगेडा मौज्दात व्यवस्था अन्र्तगत परिचालन गर्ने ।

५.१.४ स्वदेशी उत्पादन
(क) कृषि विकासका लागि आवश्यक हुने रासायनिक मल सदा वाह्य श्रोतको आयातमा मात्र निर्भर रहिरहन युक्तिसंगत नभएकोले रासायनिक मल उद्योग अधिराज्य भित्रै स्थापना गर्न प्रोत्साहित गर्ने ।
(ख) रासायनिक मलको समिश्रण उत्पादन गर्न कच्चा पदार्थहरुको रुपमा रासायनिक मल (युरिया, डि.ए.पी., सुपर फस्फेट आदि) आयात गर्नेहरुलाई आयातकर्ताहरुले पाए सरहको सुविधा सहुलियत दिने ।

५.१.५ विदेशी लगानी
(क) छिमेकी मुलुकहरुको रासायनिक मल कारखानाहरुमा लगानी गर्न सहकारी तथा निजी क्षेत्रलाई प्रोत्साहित गर्ने ।
(ख) छिमेकी राष्ट्रहरुका रासायनिक मल निर्यात गर्ने कारखानाहरुमा शेयर लगानी गरी उत्पादनको अनुपातिक हिस्सा प्राप्त गर्न (सहकारी तथा निजी क्षेत्रलाई) प्रोत्साहित गर्ने ।

५.२ मलको वितरण व्यवस्था पारदर्शी, प्रतिस्पधात्मक तथा प्रभावकारी तुल्याउने
५.२.१ वितरण व्यवस्था
(क) विकास क्षेत्र अनुसार रासायनिक मल आपूर्ति स्थितिको लगत अद्यावधिक गरी सार्वजनिक गर्ने ।
(ख) मल वितरण व्यवस्थामा सघाउ पु¥याउन, रासायनिक मलको सन्तुलित उपयोग र एकीकृत बाली पोषण प्रणालीलाई प्रोत्साहित गर्न मल उपयोग अध्ययन नियमित रुपमा गरी त्यसलाई अध्यावधिक गर्र्दै जाने ।
(ग) जिल्लामा मल वितरक तथा विक्रेताहरुको संजाल स्थापना गर्न अभिप्र्रेरित गर्ने ।
(घ) मलको खुद्रा विक्री मूल्य नियमित अनुगमन गर्ने ।
(ङ) मल भण्डारण, कृषि उत्पादन एवं विक्री व्यवस्था, गुणस्तर व्यवस्थापन तथा मल उपयोग सम्बन्धमा विक्रेताहरुको सक्षमता वृद्धि गर्ने ।
(च) आयातकर्ता, विक्रेताहरु एवं कृषकबीच विभिन्न तहमा नियमित अनतरक्रिया गर्ने ।

५.२.२ परिलक्षित क्षेत्र र समूहलाई सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउन सक्ने ।
(क) मोटर यातायात सेवा पुगी नसकेका दुर्गम तथा उच्च पहाडी जिल्लाहरुमा रासायनिक मल ढुवानी खर्च नेपाल सरकारले व्यहोरी सहुलियत दरमा रासायनिक मल उपलब्ध गराउन सकिने ।
(ख) नाइट्रोजन, फस्फोरस र पोटास ठोस पदार्थको रुपमा उपलब्ध गराउने सबै प्रकारको रासायनिक मलमा ढुवानी खर्च सहुलियत दिन सकिने ।
(ग) निजी तथा सहकारी क्षेत्रलाई समेत उपरोक्त बमोजिमको ढुवानी अनुदान सहुलियत सेवामा सहभाग िहुन सक्ने अवसर प्रदान गर्ने ।
(घ) साना तथा सीमान्त कृषकहरुलाई विशेष कृषि उत्पादन कार्यक्रमहरुसंग आवद्ध गरी रासायनिक मलको स्थानीय बजार मूल्यमा सहुलियत उपलब्ध गराउन सकिने ।

५.३ मलको गुणस्तर
(क) अनधिकृत श्रोतबाट मल खरिद बिक्री नगर्न विक्रेता र उपभोक्तालाई जागरुक बनाउने ।
(ख) नीतिलाई प्रभावकारी कार्यान्वयन गर्न गराउन मल ऐन र नियम बनाई लागू गर्ने ।
(ग) मलको गुणस्तर परीक्षण प्रणालीलाई प्रभावकारी तुल्याउन प्रयोगशालाहरुको स्थापना तथा सुदृढीकरण गर्ने ।

५.४ एकीकृत बाली पोषण प्रणालीको व्यवस्थापन
रासायनिक मलको प्रयोगबाट माटोको उर्वराशक्तिमा पर्न सक्ने नकारात्मक असरलाई कम गर्न र सन्तुलित मल प्रयोग तथा एकीकृत बाली पोषण प्रणालीको विकास गर्न कृषकहरुको क्षमता विकासको लागि निम्नानुसार गर्ने ः
(क) माटो परीक्षणको आधारमा आवश्यक पोषक तत्वको हिसाबले रासायनिक मल सन्तुलित रुपमा प्रयोग गर्न कृषकहरुलाई प्रोत्साहित गर्ने ।
(ख) एकीकृत बाली पोषण व्यवस्थापन प्रणालीमा प्रांगारिक तथा जिवाणु युक्त मल प्रयोग गर्न प्रोत्साहित गर्ने ।
(ग) एकीकृत बाली पोषण व्यवस्थापन प्रणाली प्रविधिको प्रचार एवं मूल्याङ्कन सम्बन्धमा कृषक, अनुसन्धानकर्ता, कृषि प्रसार कार्यकर्ता, गैर–सरकारी संस्था, सहकारी र निजी क्षेत्रबीच नियमित अन्तरक्रिया गराउने ।