३. वर्तमान स्थिति

३. वर्तमान स्थिति

राष्ट्रिय स्वास्थ्य नीति, २०४८ ले प्रवद्र्धनात्मक र प्रतिकारात्मक स्वास्थ्य सेवा अन्तरगत स्वास्थ्य शिक्षा र सञ्चारलाई महत्व दिँदै मानिसको खराब स्वास्थ्यको एउटा मुख्य कारण आम समुदायमा स्वास्थ्य चेतनाको अभाव नै भएको औंल्याएको छ । यसका लागि स्वास्थ्य शिक्षा कार्यक्रम केन्द्रदेखि गाउँस्तरसम्म प्रभावकारी ढंगले सञ्चालन गरिने र यस अभियानमा राजनीतिज्ञ, शिक्षक, सामाजिक संघसंस्थाहरू, महिला एवं स्वयंसेविकाहरूलाई वडा तहसम्म बृहत रूपले परिचालन गरिने कुरा उल्लेख गरेको छ । यसै नीति अनुरूप राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सबै स्वास्थ्य सेवा र कार्यक्रमहरूको एकिकृत तथा एकद्वार प्रणालीको रूपमा पैरवी, समुदाय परिचालन, व्यवहार परिवर्तन सञ्चार कार्यक्रमहरू विभिन्न तहमा योजना, कार्यान्वयन, अनुगमन र मूल्यांकन गर्ने निकायको रूपमा यो केन्द्रले काम गर्दै आएको छ ।

 

नेपाल   स्वास्थ्य क्षेत्र कार्यक्रम दोश्रो, २०१०–२०१५ ले स्वास्थ्य शिक्षा तथा सञ्चार शीर्षक अन्तरगत जनस्वास्थ्य प्रवद्र्धन गर्ने कार्यक्रमहरू प्राथमिकता साथ समावेश गरेको छ । यो कार्यक्रम योजनाले अत्यावश्यकीय सबै स्वास्थ्य सेवा र कार्यक्रमहरूको प्रवद्र्धन र उपयोग वृद्धि गर्न र सरुवा एवं नसर्ने रोगहरूको नियन्त्रण गर्न वकालत, सामाजिक परिचालन तथा व्यवहार परिवर्तन सञ्चार कार्यक्रमहरूको योजना, कार्यान्वयन, अनुगमन र मूल्यांकन एकीकृत रूपमा गर्ने र स्वास्थ्य प्रवद्र्धन र सञ्चारको लागि सम्भव भएसम्म सबै बहुआमसञ्चार माध्यम र तरिकाहरूको प्रयोग गरी स्वस्थ व्यवहार प्रवद्र्धन गर्नुपर्ने कुरालाई जोड दिएको छ । छापा सञ्चार माध्यमहरूमा पे्रस काउन्सिलको वर्गीकरणको आधारमा स्वास्थ्य सन्देश वा सूचनाहरू प्रकाशन गरिँदै आएको छ । नेपाल टेलिभिजन र रेडियो नेपालबाट सोझै स्वास्थ्य सन्देश वा सूचनाहरू प्रशारण गरिँदै आएको छ । यसवाहेक अन्य सञ्चार माध्यमहरूबाट स्वास्थ्य सन्देश वा सूचनाहरूको प्रचारप्रसार गर्दा प्रतिस्पर्धात्मक प्रणालीबाट सञ्चार माध्यमहरू छनौट गरी प्रचारप्रसार गर्ने ट गरिएको छ । ७५ वटै जिल्ला जनस्वास्थ्य कार्यालय मार्फत गाउँगाउँमा स्वास्थ्य सन्देश वा सूचनाहरू पु¥याउनको लागि विभिन्न जनचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ । यी कार्यक्रमहरू कार्यान्वयनमा स्वास्थ्य शिक्षा टेक्निसियनहरूले जिल्ला जनस्वास्थ्य कार्यालयहरूलाई सहयोग गरिरहेका छन । स्वास्थ्य सेवा र कार्यक्रमहरूका लागि स्वास्थ्य शिक्षा र सञ्चारलाई नभई नहुने महत्वपूर्ण विषय ९ऋचयकक ऋगततष्लन क्ष्ककगभ० को रूपमा पहिचान र स्वीकार गरी सबै प्रकारका स्वास्थ्य सम्बन्धी सन्देशहरूलाई एकीकृत रूपमा राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले सञ्चालन गरिरहेको छ । यस परिपे्रक्षमा स्वास्थ्य सञ्चार कार्यक्रमहरूलाई समयानुकूल नीतिगत रूपमा सुदृढीकरण गर्दै प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक भएको छ ।

 

नेपालको स्वास्थ्य स्थितिको वर्तमान अवस्थालाई हेर्दा ५१ प्रतिशत नसर्ने रोग, ४२ प्रतिशत सरुवा रोग तथा अन्य अवस्था र ७ प्रतिशत मानिसहरूको दूर्घटना चोटपटक कारणले मृत्यु हुने गरेको छ (ध्ज्इ, २०१०) । मातृमृत्यु २८१ प्रति १,००,००० जिवित जन्म (NDHS, २००६) छ । नवजात शिशु मृत्युदर ३३, शिशु मृत्युदर ४६ र ५ वर्षमुनिका बालमृत्युदर ५४ प्रति १००० जिवित जन्म रहेको छ । कूल प्रजनन दर २.६ प्रति महिला रहेको छ (NDHS, २०११) । मानिसको औसत आयु (Life expectancy) २००६ मा ६३.३ (पूरुष ६२.९ र महिला ६३.७) वर्षमा पुगेको छ । नेपालको स्वास्थ्य स्थिति सुधारात्मक देखिएका छन् तापनि जनस्वास्थ्य सेवा र कार्यक्रमहरूमा नागरिकहरूको पहुँच र उपयोग वृद्धि गरी रोग र मृत्युदर घटाउन निकै कार्य गर्नु पर्ने देखिन्छ । यस कार्यमा स्वास्थ्य सञ्चार कार्यक्रमहरूको कार्यान्वयनले मानिसको स्वास्थ्य तथा व्यवहार प्रवद्र्धन गरी रोग र मृत्युदर घटाउन महत्वपूर्ण योगदान गर्दछ ।