भाग पाँच आगामी कार्यदिशा

भाग पाँच आगामी कार्यदिशा

१. विकास सहायताको परिचालन आर्थिक–सामाजिक विकासका लागि तत्काल रहेको साधनको न्युनता पूर्ति गर्नको लागि गरिनेछ । राष्ट्रिय प्राथमिकतामा आधारित रहेर छनौटपूर्ण तरिकाले यसको उपयोग गर्न र सहायता परिचालन गर्दा मुलुकको आन्तरिक राजस्व अभिवृद्धिमा योगदान पुग्ने र आत्मनिर्भर अर्थतन्त्र निर्माण हुने गरी गरिनेछ । प्रस्तुत नीति मातहत रही विकास सहायताको प्रभावकारी परिचालनबाट नेपालले लिएको लक्ष्य अनुसार सन् २०२२ सम्ममा अति कम विकसित राष्ट्रहरूको सूचीबाट मुक्त हुन सकिनेछ । फलस्वरुप विकास सहायता प्रतिको निर्भरता क्रमशः घटाउदै आत्मनिर्भर अर्थतन्त्र निर्माणतर्फ अगाडि बढ्न सकिनेछ ।

२. यो नीति कार्यान्वयनको आवधिक मूल्याङ्कन गरिनेछ । मूल्याङ्कनबाट प्राप्त सुझावको आधारमा यो नीतिमा सामयिक परिमार्जन गर्दै लगिने छ ।