८.    समितिको कार्यक्षेत्र

८.    समितिको कार्यक्षेत्र

समितिको कार्य क्षेत्र तनहुँ जिल्ला, शुक्लागण्डकी नगरपालिकाको साविक दुलेगौँडा गाउँ विकास समिति वडा नं. ७, ८ र ९ को पूर्व कपासेको डिल, पश्‍चिम सेती नदीको डिल, उत्तर राजमार्गमा पर्ने गाछेपानी कुवा र दक्षिण झरौटे खोला (साविक खैरेनीटार र दुलेगौडा गाउँ विकास समितिको सीमा) साविक दुलेगौडा गाउँ विकास समिति वडा नं. २ र ३ अन्तर्गत पृथ्वी राजमार्गको आसपासमा रहेको अव्यवस्थित बसोबास क्षेत्र, साविक खैरेनीटार गाउँ विकास समिति वडा नं. ९ अन्तर्गत पूर्व साविक क्षेत्रीय कृषि तालिम केन्द्र हुँदै म्याग्दे खोला, पश्‍चिम सेती नदी, उत्तर झरौटे खोला र दक्षिण म्याग्दे खोला दोभान (भीमाद जाने बाटो) र साविक ढोरफिर्दी गाउँ विकास समिति वडा नं. ३ को अव्यवस्थित बसोबासी रहेको क्षेत्र हुनेछ ।