अनुसूची–११ नियम ३६ को उपनियम (१), नियम ३७ को उपनियम (१) र नियम ३८ को उपनियम (१) सँग सम्बन्धित

अनुसूची–११ नियम ३६ को उपनियम (१), नियम ३७ को उपनियम (१) र नियम ३८ को उपनियम (१) सँग सम्बन्धित

 

(क) लघु तथा विपन्न वर्ग अन्तर्गतका व्यवसाय :
(१) कृषि व्यवसाय :
१. खाद्यान्न, नगदे बाली, तरकारी, फलफुल तथा जडिवुटी धान, गहुँ, मकै, कोदो, जौ, तोरी, सस्र्यू, केराउ, चना, भटमास आदि ।
चिया, अलैंची, सूठो, सुपारी, नरिवल, कपास, अल्लो, अम्रिसो, बाबियो, उखु, रबर, अदुवा, बेसार, सूर्यमुखी, मरीच जस्ता मसला आदि ।
लसुन, प्याज, आलु, काउली, बन्दा, परवल, कुरिलो, भण्टा, चम्सुर, पालुंगो, रायो, ब्रोकाउली, गोलभेंडा, च्याउ, बोडी, सिमी, फर्सी, गाजर, मुला, खोर्सानी, पिंडालु, इसकुस, धनियँं, तरुल, घिरौंला आदि ।
आँप, सुन्तला, स्याउ, अनार, दारिम, अम्बा, कागती, निबुवा, भोगटे, ज्यामीर, लप्सी, लिची, कटहर, भूइँकटहर, अङ्गुर, हलुवाबेद, मेवा, केरा, खुर्पानी, वयर, सतीवयर, अमला, विभिन्न किसिमका पूmल खेती, (टिस्यूकल्चर, बीउ तथा बेर्ना उत्पादन समेत) आदि ।
नेपाल सरकारको सम्बन्धित निकाय वा जडिबूटी उत्पादन वा प्रशोधन कम्पनीले तोकेका सबै किसिमका जडिबूटी उत्पादन (प्रचलित कानूनले बन्देज लगाएका बाहेक) आदि ।
२. पशुपक्षी पालन गाई, गोरु, भैंसी, राँगो, बङ्गुर, सुँगुर, खरायो, चौरी, याक, नाक, भेडा, बाख्रा, थुमा, खसी, वाच्छा–बाच्छी, पाडा–पाडी, घोडा, गधा, खच्चर र आर्थिक उपार्जनका लागि पालिने अन्य पशुहरु ।
कुखुरा, हाँस, परेवा, लौकाट, बट्टांई र आर्थिक उपार्जन गर्नका लागि पालिने अन्य पक्षीहरु ।
व्यवसायिकरुपले गरिएको मत्स्यपालन, मौरीपालन, रेशम किरा पालन आदि ।
३. सिंचाई तथा सिंचाई उपकरण कृषि उत्पादन वृद्धि गर्न सघाउ पु¥याउने गरी कृषकहरुले एक्लै वा सामूहिकरुपमा निर्माण गर्ने कुलो, नहर, नल, हातेनल, क्याप्टिभ जेनरेटर, स्प्रिंकलर, पम्पसेट, रोअर पम्प आदि ।
४. कृषि औजार वा संयन्त्र थ्रेसर, ग्रिंडर, आधुनिक हलो, कुटो, कोदालो, कोदाली, हँसिया, खुर्पा, खन्ती, ट्याक्टर, ट्रेलर आदि ।
५. वन विकास तथा चरन विकास नर्सरी स्थापना र विकास, निजी एवं सामुदायिक वृक्षारोपण, वन विकासका लागि प्रयोग हुने मलखाद, कृषि वन प्रणालीको विकास र विस्तार, चरन विकास आदि ।
६. जग्गा विकास र भू–संरक्षण जमीन सुधार, तार–बार, जाली, पर्खाल आदि ।
७. प्रचलित कानूनले बन्देज गरिएका बाहेकका अन्य कृषि उत्पादनहरु तथा कृषिजन्य व्यवसायहरु ।

(२) उद्योग व्यवसाय :
(अ) परम्परागत घरेलु तथा साना उद्योग व्यवसाय
हाते एवं खुट्टे तान, अर्धस्वचालित तान, वार्पिङ्ग, रङ्गाई, छपाई, सिलाई, बुनाइ, राडी, पाखी, ऊनी गलैंचा, पश्मिना, ऊनी पोशाक, सिकर्मी कार्य, काठबाट कलात्मक वस्तु निर्माण गर्ने कार्य, वेत, बाँस र निगालोका सामान तयार गर्ने कार्य, प्राकृतिक रेशाबाट विभिन्न वस्तुहरुको निर्माण कार्य, हाते कागज उत्पादन, सुन, चाँदी, तामा, पित्तल, फलाम जस्ता धातुहरुको कार्य, गहना एवं मुर्ति बनाउने कार्य, मह, च्यूरी, अलैंची एवं चिया प्रशोधन कार्य, सेरामिक्स एवं कुमालेको पेशागत कार्य, छाला सम्बन्धी पेशागत कार्य र ट्यानिङ्ग छाला, हाड, सिङ्ग तथा ढुङ्गाबाट तयार हुने वस्तुहरुको उत्पादन, चित्रकला, कागजबाट बनेका सामान, धुप, पुतली, खेलौना र प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानूनले परम्परागत घरेलु उद्योग भनी परिभाषा गरेका सम्पूर्ण उद्योगहरु ।

(३) सेवा व्यवसाय :
१. स्वास्थ्य सम्बन्धी सेवा व्यवसायहरु शिशु स्याहार केन्द्र, औषधी पसल ।
२. शिप एवं स्वरोजगार मूलक व्यवसायहरु सिलाई, बुनाई, केश श्रृङ्गार, सिकर्मी, डकर्मीको सेवा, दैनिक उपभोगका सामान खरिद बिक्री, पुस्तक, स्टेशनरी एवं अन्य शैक्षिक सामाग्रीको खरिद बिक्री, चिया तथा चमेना पसल, पशु आहारा खरिद बिक्री, घरजग्गाको नक्सा तयार गर्ने, मूल्याङ्कन गर्ने, कानूनी सेवा, अनुसन्धान, परामर्श, खानेपानी वितरण
३. यातायात सेवा सम्बन्धी व्यवसायहरु रिक्सा, ठेलागाडा, एक्का (घोडासहित) आदि ।
४. पर्यटन व्यवसायहरु होटेल, खुद्रा पसल ।
५. कृषि एवं औद्योगिक उत्पादन वृद्धिमा सघाउ पु¥याउने सेवा व्यवसायहरु कृषि सामग्री वेच विखन, कृषि उपज वेच विखन, औद्योगिक कच्चा पदार्थको खरिद बिक्री आदि ।
६. प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानूनले तोकेका अन्य सेवामूलक व्यवसायहरु ।

(४) अन्य कर्जाः आवास निर्माण, सौर्य बत्ती, शैक्षिक वेरोजगार, धारा वाथरुम तथा शौचालय निर्माण ।

(ख) साना तथा मझौला उद्यम अन्तर्गतका व्यवसायः
(१) उद्योग व्यवसाय :
(अ) परम्परागत घरेलु साना तथा मझौला उद्योग व्यवसाय
हाते एवं खुट्टे तान, अर्धस्वचालित तान, वार्पिङ्ग, रङ्गाई, छपाई, सिलाई, बुनाइ, राडी, पाखी, ऊनी गलैंचा, पश्मिना, ऊनी पोशाक, सिकर्मी कार्य, काठबाट कलात्मक वस्तु निर्माण गर्ने कार्य, वेत, बाँस र निगालोका सामान तयार गर्ने कार्य, प्राकृतिक रेशाबाट विभिन्न वस्तुहरुको निर्माण कार्य, हाते कागज उत्पादन, सुन, चाँदी, तामा, पित्तल, फलाम जस्ता धातुहरुको कार्य, गहना एवं मुर्ति बनाउने कार्य, मह, च्यूरी, अलैंची एवं चिया प्रशोधन कार्य, सेरामिक्स एवं कुमालेको पेशागत कार्य, छाला सम्बन्धी पेशागत कार्य र ट्यानिङ्ग छाला, हाड, सिङ्ग तथा ढुङ्गाबाट तयार हुने वस्तुहरुको उत्पादन, चित्रकला, कागजबाट बनेका सामान, धुप, पुतली, खेलौना र प्रचलित औद्योगिक व्यवसाय कानूनले परम्परागत घरेलु उद्योग भनी परिभाषा गरेका सम्पूर्ण उद्योगहरु ।

(आ) अन्य घरेलु साना तथा मझौला उद्योग व्यवसाय
१. रासायनिक मल उद्योग युरिया, डि.ए.पी., एमोनियम सल्फेट, पोटास जस्ता रासायनिक पदार्थहरुको सम्मिश्रणबाट तयार हुने रासायनिक मल उत्पादन गर्ने उद्योग ।
२. मूल्य अभिबृद्धि हुने जडान उद्योगहरु रेडियो, घडि, टेलिभिजन, कम्प्यूटर, आधुनिक वत्ती, टर्च, लाइटर, इम्ब्राइडरी, तयारी पोशाक आदि ।
३. जलविद्युत, वायु एवं सौर्य उर्जा तथा वायो ग्यास सम्बन्धी उद्योगहरु विद्युत उत्पादन गर्ने मेशिन एवं औजारहरुको खरिद एवं जडान, वायु, सौर्य शक्ति एवं वायो ग्यासबाट बिजुली उत्पादन गर्न प्रयोग हुने मेशिन एवं औजारहरुको खरिद एवं जडान तथा वायो ग्यास उत्पादन एवं वितरण, पानीबाट संचालन हुने, कुटानी–पिसानी सम्बन्धी मिलहरु र पानीबाट चल्ने उद्योगहरु ।
४. सूचना प्रविधि कम्प्यूटर सफ्टवेयर एवं हार्डवेयर सम्बन्धी उद्योगहरु ।
५. वातावरण प्रदुषण न्यून तुल्याई पर्यावरण स्वच्छ राख्न सहयोग पु¥याउने उद्योगहरु ।
६. खनिज वा खानीजन्य उद्योग खनिज उत्खनन वा प्रशोधन गर्ने उद्योगहरु ।
७. प्रचलित कानूनले बन्देज लगाए बाहेकका अन्य घरेलु तथा साना र मझौला उद्योगहरु ।

(२) सेवा व्यवसाय :
१. आवास तथा उपभोग कर्जा विपन्न वर्गलाई प्रवाह भएका आवास एवं उपभोग कर्जा ।
२. शिशु स्याहार केन्द्र तथा स्वास्थ्य सम्बन्धी सेवा व्यवसायहरु शिशु स्याहार केन्द्र, नर्सिङ्ग होम, स्वास्थ्य परीक्षण प्रयोगशाला, स्वास्थ्य सम्बन्धी उपकरणहरु, प्राकृतिक तथा आयुर्वेद चिकित्सा केन्द्र आदि स्थापना तथा विस्तार, औषधि बिक्री ।
३. पशुपक्षी सम्बन्धी चिकित्सा व्यवसायहरु पशु चिकित्सा सम्बन्धी स्वास्थ्य परीक्षण तथा औषधी पसल, पशु आहारा खरिद बिक्री आदि ।
४. सञ्चार सम्बन्धी व्यवसायहरु टेलिफोन, फ्याक्स, ई–मेल, हटमेल, इन्टरनेट, टेलिकन्फरेन्सिङ्ग, भिडियो कन्फरेन्सिङ्ग आदि ।
५. सीप एवं स्वरोजगार मूलक व्यवसायहरु फोटोकपी, कम्प्यूटर सञ्चालन, मर्मतशाला (टेम्पो, बस, मिनीबस, माईक्रोबस, ट्रक, मिनीट्रक, डेलिभरी भ्यान, कार, जीप, रिक्सा, रेडियो, फोटोकपी, कम्प्यूटर, टि.भी., टेलिफोन, घडी आदि), सिलाई, बुनाई, केश श्रृङ्गार, सिकर्मी, डकर्मीको सेवा, दैनिक उपभोगका सामान खरिद बिक्री, पुस्तक, स्टेशनरी एवं अन्य शैक्षिक सामग्रीको खरिद बिक्री, चिया तथा चमेना पसल, घरजग्गाको नक्सा तयार गर्ने, मूल्याङ्कन गर्ने, कानूनी सेवा, अनुसन्धान, परामर्श, खानेपानी वितरण र सरसफाईसँग सम्बद्ध व्यवसायहरु नेपाली तथा राष्ट्रिय भाषामा चलचित्र निर्माण तथा प्रदर्शन, बाल–उद्यान, खेलकूद आदि ।
६. यातायात सेवा सम्बन्धी व्यवसायहरु बस, मिनीबस, माईक्रोबस, ट्रक, मिनीट्रक, डेलिभरी भ्यान, कार, जीप, टेम्पो रिक्सा, ठेलागाडा, एक्का (घोडासहित) आदि ।
७. प्रशिक्षण प्रतिष्ठान सम्बन्धी व्यवसायहरु रोजगारीमूलक सीप तथा प्रविधि प्रदान गर्ने प्राविधिक प्रशिक्षण प्रतिष्ठान आदिको स्थापना र विस्तार तथा प्रशिक्षार्थीलाई प्रशिक्षण लिन लाग्ने आवश्यक खर्च ।
८. पर्यटन सम्बन्धी व्यवसायहरु होटेल, मोटेल, रेष्टुरेण्ट, ट्राभल एजेन्सी, ट्रेकिङ्ग, ¥याफटिङ्ग आदि ।
९. कृषि एवं औद्योगिक उत्पादन वृद्धिमा सघाउ पु¥याउने सेवा व्यवसायहरु कृषि सामाग्री, बेचबिखन, कृषि उपज वेच विखन, औद्योगिक कच्चा पदार्थको खरदि बिक्री आदि ।
१०. प्रचलित औद्योगिक व्यवसाय सम्बन्धी कानूनले तोकेका अन्य सेवामूलक व्यवसायहरु ।

(३) अन्य कर्जाः आवास निर्माण, सौर्य बत्ती, धारा वाथरुम तथा शौचालय निर्माण ।
नोटः उपरोक्त क्षेत्र अन्तर्गतका प्रयोजनहरुमा प्रदान भएको स्थिर पूँजी, चालू पूंजी, ओभरड्राफ्ट, प्याकिंग, क्रेडिट ट्रष्ट रिसिप्ट, हायरपर्चेज, हाइपोथिकेशन कर्जा आदिको लागि प्रदान भएका कर्जाहरु समेत सुरक्षण हुन सक्नेछन् ।
तर रिभल्विङ्ग प्रकृतिको कर्जाको हकमा प्राप्त सुरक्षण शुल्कसम्मको कर्जा (सावाँ र व्याज) को मात्र कोषको दायित्व रहनेछ ।

(ग) कृषि व्यवसायः
१.खाद्यान्न बाली धान, गहुँ, मकै, कोदो, जौ, तोरी, सस्र्यू, केराउ, चना, भटमास आदि ।
२. नगदेबाली,
चिया, अलैंची, सूठो, सुपारी, नरिवल, कपास, अल्लो, अम्रिसो, बाबियो, उखु, रबर, अदुवा, बेसार, सूर्यमुखी, मरीच जस्ता मसला आदि ।
३. तरकारी बाली

लसुन, प्याज, आलु, काउली, बन्दा, परवर, कुरिलो, भण्टा, चम्सुर, पालुंगो, रायो, ब्रो काउली, गोलभेंडा, च्याउ, बोडी, सिमी, फर्सी, गाजर, मुला, खोर्सानी, पिंडालु, स्कुस, धनियां, तरुल, घिरौंला आदि ।
४. फलफूल तथा
जडिबुटी आँप, सुन्तला, स्याउ, अनार, दारिम, अम्बा, कागती, निबुवा, भोगटे, ज्यामिर, लप्सी, लिची, कटहर, भूइंकटहर, अंगुर, हलुवाबेद, मेवा, केरा, खुर्पानी, बयर, सतीबयर, अमला, विभिन्न किसिमका पूmल खेती, (टिस्यूकल्चर, बीउ तथा बेर्ना उत्पादन समेत) तथा नेपाल सरकारको सम्बन्धित निकाय वा जडिबूटी उत्पादन वा प्रशोधन कम्पनीले तोकेका सबै किसिमका जडिबूटी उत्पादन(प्रचलित कानूनले बन्देज लगाएका बाहेक) आदि ।
५. पशुपक्षी पालन (क) गाई, गोरु, भैंसी, राँगो, बङ्गुर, सुँगुर, खरायो, चौरी, याक, नाक, भेडा, बाख्रा, थुमा, खसी, वाच्छा–बाच्छी, पाडा–पाडी, घोडा, गधा, खच्चर र आर्थिक उपार्जनका लागि पालिने अन्य पशुहरु ।
(ख) कुखुरा, हाँस, परेवा, लौकाट, बट्टांई र आर्थिक उपार्जन गर्नका लागि पालिने अन्य पंक्षीहरु ।
(ग) व्यवसायिक रुपले गरिएको मत्स्यपालन, मौरीपालन, रेशम किरा पालन आदि ।
६. सिंचाई तथा सिंचाई उपकरण कृषि उत्पादन वृद्धि गर्न सघाउ पु¥याउने गरी कृषकहरुले एक्लै वा सामूहिक रुपमा निर्माण गर्ने कुलो, नहर, नल, हातेनल, क्याप्टिभ जेनरेटर, स्प्रिंकलर, पम्पसेट, रोअर पम्प आदि ।
७. कृषि औजार वा संयन्त्र थ्रेसर, ग्रिंडर, आधुनिक हलो, कुटो, कोदालो, कोदाली, हँसिया, खुर्पा, खन्ती, ट्याक्टर, ट्रेलर आदि ।
८. वन विकास तथा चरन विकास नर्सरी स्थापना र विकास, निजी एवं सामुदायिक वृक्षारोपण, वन विकासका लागि प्रयोग हुने मलखाद, कृषि वन प्रणालीको विकास र विस्तार, चरन विकास आदि ।
९. प्रचलित कानूनले बन्देज लगाए बाहेकका समितिले तोकेका अन्य कृषि उत्पादन तथा कृषिजन्य व्यवसाय ।

(घ) निर्यात व्यवसाय :
(१) निर्यातजन्य उद्योगको लागि तयारी वस्तु उत्पादन गर्नको लागि आवश्यक पर्ने कच्चा पदार्थ तथा मेशिन तथा सामान आयात गर्न दिइने कर्जा,

(२) निर्यातजन्य उद्योगबाट उत्पादित वस्तु विदेश निर्यात गर्न दिइने कर्जा ।