परिच्छेद–१ प्रारम्भिक

परिच्छेद–१ प्रारम्भिक

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “सूर्तिजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन, २०६८” रहेको छ ।
(२) यो ऐनको दफा ९ प्रमाणीकरण भएको मितिले एक सय असीऔं दिन र अन्य दफाहरु एकानब्बेऔं दिनदेखि प्रारम्भ हुनेछ ।
२. परिभाषा : विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “सूर्तिजन्य पदार्थ” भन्नाले धूम्रपान वा सूर्ति सेवनको निमित्त बनाइएको वा उत्पादन गरिएको चुरोट, बिडी, सिगार, तमाखु, सुल्फा, कक्कड, कच्चा सूर्ति, खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य सूर्तिजन्य पदार्थ सम्झनु पर्छ ।
(ख) “धूम्रपान” भन्नाले चुरोट, बि“डी, सिगार, तमाखु, सुल्फा, कक्कड, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्ने काम सम्झनु पर्छ ।
(ग) “सूर्ति सेवन” भन्नाले खैनी, गुट्खा, सूर्ति वा यस्तै प्रकारका अन्य पदार्थ मुखमा राख्ने, त्यस्तो पदार्थको नस लिने वा सेवन गर्ने काम सम्झनु पर्छ ।
(घ) “सार्वजनिक स्थल” भन्नाले दफा ३ मा तोकिए बमोजिमकोस्थल सम्झनु पर्छ ।
(ङ) “व्यवस्थापक” भन्नाले सार्वजनिक स्थलको काम कारबाहीको सम्बन्धमा अन्तिम निर्णय गर्न अधिकारप्राप्त व्यक्ति सम्झनु पर्छ र सो शब्दले सार्वजनिक सवारीको हकमा त्यस्तो सवारीको चालक समेतलाई जनाउछ ।
(च) “उत्पादक” भन्नाले सूर्तिजन्य पदार्थको उत्पादक सम्झनु पर्छ ।
(छ) “निरीक्षक” भन्नाले दफा ११ बमोजिम तोकिएको व्यक्ति सम्झनु पर्छ ।
(ज) “मन्त्रालय” भन्नाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सम्झनु पर्छ ।
(झ) “समिति” भन्नाले दफा १८ बमोजिम गठित सूर्तिजन्य पदार्थ नियन्त्रण तथा नियमन समिति सम्झनु पर्छ ।
(ञ) “तोकिएको” वा “तोकिए बमोजिम” भन्नाले यस ऐन अन्तर्गत बनेको नियममा तोकिएको वा तोकिए बमोजिम सम्झनु पर्छ ।