अनुसूची – ५ (ग) फासला मात्र नाप्ने यन्त्रहरुको विवरण

अनुसूची – ५ (ग) फासला मात्र नाप्ने यन्त्रहरुको विवरण

अनुसूची -५ग
(नियम १० को उपनियम (६) सँग सम्बन्धित)
फासला मात्र नाप्ने यन्त्रहरुको

विवरण

परिभाषाः
(क) “फासला मात्र नाप्ने अटोरिक्सा मिटर” भन्नाले मुखमा गतिमापक यन्त्र ( स्पीडोमिटर) र दूरीसूचक यन्त्र (ओडोमिटर) राखी वा नराखी तोकिएको दरमा आफैले देखाउने अङ्कहरु नमेटिने गरी भाडामा लिएको अटोरिक्साको भाडा फासलाकै हिसाबले मात्र देखाउने यन्त्रलाई सम्झनुपर्छ ।
(ख) “मुख” भन्नाले अटोरिक्सा मिटरको भाडा देखाउने भागलाई सम्झनुपर्छ ।
(ग) “भाडा समकारक (न्यूटालाइजर)” भन्नाले भाडा देखाउन सून्य अङ्कमा ल्याउने यन्त्रलाई सम्झनुपर्छ ।
(घ) “भाडा” भन्नाले भाडा लिइएको अटोरिक्सा मिटरले फासला नाप्ने यन्त्रको सञ्चालनको आधारमा गणना गरी देखाउने भाडाको अंशलाई सम्झनुपर्छ ।
(ङ) “चक्काको उचित घेरा” भन्नाले अटोरिक्साले ठीक यात्रीहरु लिई बढ्दाको अवस्थामा उचित मात्रामा हवा भरिएको टायर भएको पाँग्राले एक पूरा फन्कोमा जाने फासलालाई सम्झनुपर्छ ।
(च) “बेञ्च जाँच” भन्नाले अटोरिक्सा मिटरलाई अटोरिक्साबाट छुट्याई गरिने जाँच सम्झनुपर्छ । बनावट सम्बन्धी आवश्यकताहरुः

(क) अटोरिक्सा मिटर फासलाको हिसाबले भाडा देखाउने यन्त्र वा दूरी देखाउने यन्त्रस“ग गतिमापक र भाडा मिटर भएको यन्त्र हुनेछ ।
(ख) अगाडिको पाँग्रा वा पछाडिको धुरा गिएरबक्सबाट अटोरिक्साको सञ्चालन हुनेछ ।
(ग) एउटाले जम्मा–जम्मी गएको दूरी र अर्काले खास सफर वापत भाडा देखाउने दुईवटा गणकहरु भएको पा“ग्राको अनुपातमा मिल्ने गरी रेखाड्ढित भएको अटोरिक्सा मिटर हुनुपर्नेछ ।

(घ) रुपैया“को कालो चक्कामा सेतो अड्ढ र पैसाको सेतो चक्कामा रातो अङ्क भएको अटोरिक्सा मिटरको समकारक हुनेछ ।
(ङ) भाडा समकारक एक दिशातिरबाट मात्र हातले चलाउन सकिने हुनेछ ।
(च) भाडा समकारकलाई भाडाको अङ्क सून्यमा झार्दा स्पष्ट सुनिने आवाज आउनु पर्नेछ र कुनै झट्का, कम्पन र घिस्राइले भाडा देखाउने यन्त्रमा कुनै असर पर्ने हुनुहु“दैन ।

(छ) अटोरिक्सा वा मिटरमा गाडी भाडामा लिइएको छ भन्ने देखाउने उचित सूचक चिन्ह हुनुपर्छ ।

जाँचहरुः

(क) मिटर चालू गरेपछि डायल सबै अवस्थामा तत्काल ठीक र पूर्ण रुपमा एक अङ्कबाट अर्को अङ्कमा बदलिनेछ । भाडा समकारकलाई अगाडिको अवस्थामा ल्याउँदा अगाडि दर्ता भएको भाडा हटेको छ भन्ने र मिटर ठीकसँगै सून्यमा फेरि मिलेको छ भन्ने यकिन गर्नुपर्छ । भाडा अङ्कित गरिएको कुनै हालतमा पनि अडाउने वा केही अंश मात्र हटने वा फेरि फर्कने हुनुहु“दैन । एक रावेट लकबाट अर्कोमा उल्टो घुमाउँदा अनुचित दर्ता नहुने वा अरु कुनै सम्भावित हानी नहुनेभन्ने जा“च हुनुपर्छ । भाडा समकारकको अनुचित प्रयोगद्वारा भाडा देखाउनेमा कुनै किसिमले कैफियत गर्न नसकिने हुनुपर्छ ।

(ख) फासलाको इकाई (डिस्टान्ट टाइम): भाडाका अर्को वृद्धि अङ्कित हुन लागेको बेलामा भाडा दर्ता गर्ने यन्त्रकलामा सदैव एक विशेष अवस्था (क्रिटिकल प्वाइन्ट) हुनेछ । यात्रा विशेष अवस्थामा अन्त भएमा कुनै धक्काले (जस्तै ढोका ढ्याम्म बन्द गर्दा भाडामा अर्को वृद्धि हुन जान सक्छ) भाडामा अर्को भाडा वृद्धि हुन जाने मिटरको यन्त्रकलामा कुनै खराबी पैदा हुन नपावस् भन्नाको लागि जा“चको निमित्त एक झट्कादार ईकाई (जर्किन ड्राइभ) को व्यवस्था हुनुपर्छ । असामयिक भाडाको वृद्धि दर्ता हुने सम्भावनालाई रोक्का गर्नको निमित्त अनेक
जाँचहरु गरिनेछन् ।
(ग) बेञ्च जाँचः बेञ्च जाँचमा घटबढ गर्न हुने बिजुलीको मिटरको प्रति मिनेट घुमाइहरु दर्ता गर्न गणक र मिटर राम्रोस“ग अडाउने ब्राकेट प्रयोग गरिनेछ ।

४. हदहरुः

(क) बेञ्च जाँचः बेञ्च जाँचको लागि घटीबढीको हद देहायबमोजिम हुनेछ ।
(१) घटीबढी दर्ता हुनेमा– १ प्रतिशत

५. सिल लगाउनेः मिटर जडान गरी मिटर हाँक्ने तारको दुवै छेउमा सिल लगाउनु पर्छ ।

६. अंकनः
(क) मिटर जाँच गरिने अटोरिक्साको पाँग्राको अनुपात (रेसियो) मिटरको पछाडि नमेटिने गरी अङ्कित भएको हुनुपर्नेछ  ।

(ख) यन्त्रको संख्या पनि अङ्कित हुनुपर्नेछ ।