अनुसूची–५ (ख) लम्बाइ र समय नाप्ने यन्त्रहरुको विवरण टयाक्सी वा अटोरिक्सा मिटर

अनुसूची–५ (ख) लम्बाइ र समय नाप्ने यन्त्रहरुको विवरण टयाक्सी वा अटोरिक्सा मिटर

अनुसूची–५ (ख)
(नियम १० को उप–नियम (५) सँग सम्बन्धित)
लम्बाइ र समय नाप्ने यन्त्रहरुको विवरण टयाक्सी वा अटोरिक्सा मिटर

१. परिभाषाः–

(क) “ट्याक्सी वा अटोरिक्सा मिटर” भन्नाले भाडामा लिइएकोे ट्याक्सी वा अटोरिक्साको भाडा फासला वा समय अनुसार तोकिएको दरमा गणना गरी देखाइने यन्त्रलाई सम्झनुपर्छ ।

(ख ) “मुख” भन्नाले ट्याक्सी वा अटोरिक्सा मिटरको भाडा देखाउने भागलाई सम्झनुपर्छ ।
(ग) “झण्डा” भन्नाले ट्याक्सी वा अटोरिक्सा मिटरको सञ्चालन प्रक्रियालाई नियन्त्रण गर्ने लिभर वा अरु कुनै यन्त्रलाई सम्झनुपर्छ ।
(घ) “भाडाबृद्धि (मनी ड्रप)” भन्नाले भाडा देखाउनेमा भाडाको बृद्धि हुनेलाई सम्झनुपर्छ ।
(ङ) “शुरुको भाडाबृद्धि (इनिसियल मनी ड्रप)” भन्नाले भाडाको निमित्त (फर हायर) बाट भाडामा (हायर्ड) लिइएको अवस्थामा झण्डालाई तल झार्दा देखाउने भाडा सम्झनुपर्छ ।

(च) “शुरुको फासला वा शुरुको समयको अन्तर” भन्नाले शुरुको भाडाबृद्धि अनुसारको फासला वा समयको अन्तर सम्झनुपर्छ ।

(छ) “आधारभूत दर” भन्नाले शुरुको भाडाबृद्धिको दर बाहेक फासला वा समयको अन्तरको लागि फासला र प्रतिक्षा गरेको समयको दरलाई सम्झनुपर्छ ।
(ज) “भाडा” भन्नाले भाडामा लिइएको ट्याक्सी वा अटोरिक्सा मिटरले फासला र समय नाप्ने यन्त्र (डिस्टान्स एण्ड टाइम मेकानिज्म) को सञ्चालनको आधारमा गणना गरी देखाउने भाडाको अंशलाई सम्झनुपर्छ ।
(झ) “अतिरिक्त भाडा” भन्नाले ट्याक्सी वा अटोरिक्सा भाडामा लिनेहरुले यात्राबाट लाग्ने भाडाको अतिरिक्त मालसामानको परिवहनको लागि तिर्नु पर्ने भाडा सम्झनुपर्छ ।
(ञ) “आधारभूत दरहरुको मान्य गति” भन्नाले आधारभूत फासला र आधारभूत समयको दरको गति अनुरुप हुनेलाई सम्झनुपर्छ अर्थात् आधारभूत दरहरुको निमित्त मान्य गतिमा ट्याक्सी वा अटोरिक्सा मिटर सञ्चालन गर्दा यात्रा गरेको फासलाको भाडाबृद्धि बितेको समयको ठीक बराबर हुनेछ ।

उदाहरणः–

समयमा आधारित – ४० पैसा प्रत्येक ६ मिनेटमा फासलामा आधारित दर – ४० पैसा प्रत्येक १/२ किलोमिटरमा आधारित दर तब मात्र बराबर हुनेछ जब १/२ किलोमिटर फासला ६ मिनेटको समयमा यात्रा गर्दछ, अर्थात् सवारी साधनको गति ५ किलोमिटर प्रतिघण्टा हुनेछ ।

(ट) “सवारी साधनमा हुने चक्काको उचित घेरा” भन्नाले ट्याक्सी वा अटोरिक्सा ठीक यात्रीहरु लिई सीधा अगाडि बढ्दाको अवस्थामा चक्का चालित सवारी साधनमा उचित मात्रमा हावा भरिएको टायरको एक पूरा फन्कोलाई सम्झनुपर्छ ।

(ठ) “पिक–अप” भन्नाले सवारी साधनको गति आधारभूत दरको मान्य गति भन्दा कम वा बढी भए अनुसार वितेको समयको आधारित दर वा यात्रा गरेको फासलाको आधारित दरबाट भाडा निर्धारण हुनेलाई सम्झनुपर्छ र यी आधारभूत दुई दरहरुको बीचको गणनाको परिवर्तनलाई कहिलेकाही पिकअप र कहिलेकाही अन्तर (डिफेरेन्सियल) भनिन्छ ।

(ड) “बेञ्च जा“च” भन्नाले ट्याक्सी वा अटोरिक्सा मिटरलाई ट्याक्सी वा अटोरिक्साबाट छुट्याई गरिने जाँच सम्झनुपर्छ ।

(१) “फासलाको जाँच” भन्नाले समयको असर विना भाडा वृद्धि अनुरुप फासलाको अन्तरहरु जाँचिने जाँचलाई सम्झनुपर्छ ।
(२) “समयको जाँच” भन्नाले भाडाबृद्धि बीचको समयको अन्तरहरु जाँचिने जाँचलाई सम्झनुपर्छ ।

(ढ) “सडक जाँच” भन्नाले ट्याक्सी वा अटोरिक्साको यात्राबाट ट्याक्सी वा अटोरिक्सामा जडान भैसकेको ट्याक्सी वा अटोरिक्सा मिटर क्रियाशील भएपछि नापिएको बाटो (मेजर्ड कोड) मा जाँचिने जाँचलाई सम्झनुपर्छ ।
(ण) “गियर बक्स” भन्नाले विभिन्न टायर साइज, ट्रान्समिशन अनुपात र यस्तैको निमित्त मिलानको व्यवस्था गर्न गियरहरुको समूहलाई सम्झनुपर्छ ।

(त) “दर्ता” भन्नाले ट्याक्सी वा अटोरिक्सामा जडान भएको मिटरले फासला वा समयको हिसाबले मिटरमा भाडा देखाउने क्रियालाई जनाउँछ र “बढी दर्ता हुने” भन्नाले निश्चित फासला वा समय भन्दा अगाडि नै भाडा देखाउनेलाई र “घटी दर्ता हुने” भन्नाले निश्चित फासला वा समयभन्दा पछाडि देखाउनेलाई सम्झनु पर्नेछ ।

(२) बनावट सम्वन्धी आवश्यकताहरुः–
(क) ट्याक्सी वा अटोरिक्सा मिटरको ढाँचा र बनावट लामो अवधिसम्म टिक्ने खालको हुनुपर्छ ।
(ख) आधारभूत दरहरुको मान्य गतिमा वा त्यसभन्दा बढी गतिमा यात्रा गरेको फासला र ट्याक्सी वा अटोरिक्सा रोकी राख्दा वा आधारभूत दरहरुको मान्य गति भन्दा कम गतिमा गइरहँदा वितेको समयको लिनु पर्ने भाडा दर्ता गर्न रुपमा ट्याक्सी वा अटोरिक्सा मिटर बनाइएको हुनुपर्छ ।

(ग) फासला नाप्ने यन्त्र (डिस्टान्स मेकानिजम) द्वारा भाडा रेकर्ड गरिएमा भाडाको पहिलो परिवर्तन तोकिएको फासला यात्रा गरेपछि हुनेछ । यसपछिको अंक लहरैसित फासलाको अनुपातमा परिवर्तन हुनेछ ।

(घ) यान्त्रिक आवश्यक भएको बेलामा घडी जस्तै यन्त्रले समयको रेकर्ड गर्ने काम गर्दछ । झण्डा चालाएपछि यो क्रिया शुरु हुनेछ । यान्त्रिक घडी दश घण्टासम्म लगातार चल्न सक्ने क्षमताको हुनुपर्छ ।

(ङ) समय वा फासलाद्वारा गणना गरिएको भाडामुखको उपयुक्त भ्mयालहरुमा देखिने गरी प्रत्येक मिटर बनाइएको हुनुपर्छ ।
(च) “ट्याक्सी वा अटोरिक्सा भाडाको निमित्त छ” भनी देखाउन प्रकाश भएको संकेत मिटरमा हुुनुपर्छ । यसमा प्रयोग गरिएका अक्षर र अंकहरुको साइज, रङ र पृष्ठभूमि दिन वा रातमा पच्चीस मिटरको फासलाबाट प्रष्ट देखिने हुनुपर्छ । झण्डामा प्लेट जडिएको छ भने यसको पृष्ठ भूमिको रङ रातो हुनुपर्छ ।

(छ) प्रत्येक झ्यालमा देखिने सूचना जस्तै भाडा, झण्डाको अवस्था, जम्मा फासला वा यात्रा गरिएको फासला, ट्रिप र अतिरिक्त भाडाको व्यवस्था गरिएको हुनुपर्छ । रुपैयाँ र पैसा देखाउने शब्दहरु वा चिन्हहरु चक्का वा ड्रमको स्थानबाट ठीक माथि वा तल छेउमा राखिएको हुनुपर्छ । झण्डा भाडामा वा बन्द अवस्थामा रहँदा मिटरको मुखमा एक उचित प्रकाशको व्यवस्था गरिएको हुनुपर्छ ।

(ज) भाडा देखाउने अक्षर अंकको उचाई १० मि.मि. भन्दा कम उचाइको हुनुहु“दैन र यात्रुहरुले सरल तरिकाबाट पढ्न सक्ने गरी राखिएको हुनुपर्छ । मिटरमा देखिने अक्षर र अंकहरु प्रष्ट बुझिने साइज, प्रकार र रङ्गको हुनुपर्छ ।
(झ) झण्डालाई एक अवस्थाबाट अर्को अवस्थामा घुमाउँदा यसले सुनिने आवाजद्वारा सूचित गर्न सक्ने हुनुपर्छ ।

३. यन्त्रकला तथा सञ्चालनः– मिटरको यन्त्रकला देहाय बमोजिमको ढा“चाको भएको हुनुपर्छः–
(१) झण्डा ठाडो रहँदा मुखको झ्यालमा “भाडाको निमित्त” भने शव्दहरु प्रदर्शित हुनेछ । यस्तो अवस्थामा मिटरको यन्त्रकला बन्द रहनेछ । भाडामा लिन चाहने व्यक्तिलाई कुनै भाडा देखिने हुनुहुँदैन ।
(२) झण्डालाई “भाडामा” को अवस्थामा अघिल्तिर घुमाइएमा झ्यालमा “भाडाको निमित्त शव्दहरुको ठाउँमा “भाडामा” शव्द बदलिनेछ ।
“भाडामा” को अवस्थामा घडीको यन्त्रकला (क्लक मेकानिज्म) चालू हुन जानेछ र फासला नाप्ने यन्त्रकला चली फासला रेकर्ड गर्न सक्षम हुनेछ । भाडा देखाउने झ्यालमा शुरुको भाडाबृद्धि पनि देखिनेछ ।

ट्याक्सी वा अटोरिक्सा लाई प्रयोगमा ल्याएपछि उचित समयमा अरु भाडाबृद्धिले देखिएको भाडामा बृद्धि हुँदै जानेछ ।

(३) झण्डालाई अझ अघिल्तिर “भाडाको निमित्त” को अवस्थाबाट “बन्द” अवस्थामा घुमाइएमा झ्यालमा “भाडामा” शब्दको ठाउ“मा “बन्द” शब्द बदलिनेछ । घडीको यन्त्रकला बन्द हुनेछ र फासला नाप्ने यन्त्रकला फासला रेकर्ड गर्न यथावत जारी रहनेछ । भाडा देखाउने झ्यालमा भाडा प्रदर्शित भई नै रहनेछ ।

(४) झण्डालाई “भाडामा” को अवस्थाबाट “बन्द” अवस्थामा नलगिकन “भाडो निमित्त” अवस्थामा लग्न सकिने छैन । यन्त्रकलाको सञ्चालन “बन्द” गर्ने यन्त्र (लकिङ डिभाइस) द्वारा झण्डालाई “भाडाको निमित्त” अवस्थामा पूरा नरोकी “बन्द” अवस्थाबाट “भाडामा” को अवस्थामा जान सक्ने छैन ।

(५) माथि (१) देखि (४) सम्ममा उल्लिखित झण्डाको साधारण सञ्चालनको क्रियाद्वारा बाहेक समय र फासला यन्त्रकलालाई चालू अथवा बेचालू गर्न सकिने छैन ।
(६) झण्डा “भाडाको निमित्त” अवस्थामा छँदा मिटरको मुखमा रहेको भाडा र अतिरिक्त झ्यालहरु शटरले बन्द भएको हुनुपर्छ । शटरको हट्ने वा बन्द हुने क्रिया क्रमशः झण्डा “भाडाको निमित्त” अवस्थाबाट “भाडामा” को अवस्था र “बन्द” अवस्थाबाट “भाडाको निमित्त” अवस्थामा चलाउँदा एकसाथ हुने हुन्छ ।

(७) मिटरले देखाएको समय र फासलाको भाडा तोकिएको आधारभूत दरहरु बमोजिम हुनेछ ।
(८) अतिरिक्त झ्यालको व्यवस्था गरिएकोमा अतिरिक्त झ्यालमा देखिने भाडा हातले चलाइनेछ र मौद्रिक इकाईहरु तोकिए बमोजिम बढ्दै जानेछ ।

४. जाँचहरुः

(क) भाडा सूचकहरुः– डायलमा देखिने भाडाबृद्धि सबै अवस्थामा ठीक र पूर्ण रुपमा एक अङ्कबाट अर्को अंकमा बदलिनेछ । यन्त्रकला चालू अवस्थामा बेचालू गरिंदा हुने त्रुटि नं. ५ मा निर्दिष्ट हदहरुभित्र पर्नु पर्नेछ ।

(ख) झण्डाः– “भाडाको निमित्त” को अवस्थाबाट झण्डालाई झार्दा अगाडि दर्ता भएको भाडा हटेको र मिटर उचित तरीकाले पुनः शून्यको
अवस्थामा पुगेको छ भन्ने जाँच हुनुपर्छ । भाडा देखाउने अंकहरु अडेको वा आँशिक भाग हटेको वा फेरि फर्कने संभावना हुनुहुँदैन । एक राचेट लकबाट अर्को राचेट लकमा उल्टो घुमाउँदा अनुचित दर्ता नहुने वा अरु कुनै किसिमको संभावित हानि नपुर्याउने भन्ने जाँच गरिनु पर्छ । झण्डाको अनुचित प्रयोगद्वारा खराबी गर्न सक्ने संभावना नभएको पूरा यकीन हुनुपर्छ । झण्डालाई तल झार्नासाथ मिटरले भाडा दर्ता गर्नु पर्नेछ र यसको अंक मुखमा देखिनु पर्नेछ ।

(ग) फासलाको ह“काई (डिस्टान्स ड्राइभ):– भाडामा अर्को बृद्धि रेकर्ड हुन लागेको बेलामा भाडा दर्ता गर्ने यन्त्रकलामा सदैव एक विशेष अवस्था ( क्रिटिकल प्वाइण्ट) हुनेछ । यात्रा विशेष अवस्थामा अन्त भएमा कुनै धक्काले जस्तै ढोका ढ्याम्म बन्द गर्दा भाडामा अर्को बृद्धि हुन जान सक्छ । मिटरको यन्त्रकलामा कुनै खराबी पैदा हुन नपावस भन्नाको लागि जा“चको निमित्त एक झट्कादार हँकाई (जर्की ड्राइभ) को व्यवस्था हुनुपर्छ । असामयिक भाडाको बृद्धि दर्ता हुने संभावनालाई सकभर रोक्ना निमित्त अनेक जाँचहरु गरिनेछन् ।
(घ) बेञ्च जाँचः– उचित तथा भरपर्दो गियर बक्स जडान भएको ट्याक्सी वा अटोरिक्सा मिटरको बेञ्च जाँच गरिनेछ ।

(१) उपकरणहरुः–
(क) जाँच्ने बेञ्चः– बिजुली मीटरमा लगाइएको उपकरणद्वारा ट् याक्सी मिटरको स्पिण्डल घुमाएर ट्याक्सी वा अटोरिक्सा मिटर जाँचिनेछ । यस उपकरणलाई हातबाट पनि घुमाउन सकिनेछ । ट्याक्सी वा अटोरिक्सा मिटर राम्रोसँग अडाउन ब्राकेटहरुको व्यवस्था हुनुपर्छ ।

(ख) गणक (काउण्टर):– स्पिण्डल घुमाइएको दश भागको एक भागसम्म दर्ता गर्न सक्ने गरी गणक निर्मित भएको हुनु पर्छ ।

(२) तरीकाः– जाँच गर्दा छोटो फासला (शर्ट हल) र लामो फासला (लंग हल) गरी दुई अवस्थामा जाँचिनेछः–

(क) छोटो फासला जाँचः– झण्डालाई “बन्द” अवस्थामा राखेर दुई वा तीन किलोमिटर फासला बराबर मिटर चलाइनेछ । प्रत्येक भाडाबृद्धिको लागि लागेको फन्का गणकबाट पत्ता लगाई हिसाबबाट निस्कने संख्यास“ग दाजिनेछ ।

(ख) लामो फासला जाँचः– झण्डालाई “बन्द” अवस्थामा राखी ट्याक्सी वा अटोरिक्सा मिटरलाई ६० किलोमिटरभन्दा कम नहुने फासलासम्म लगातार चलाइनेछ । भाडाबृद्धि ( मनी ड्रप) अड्न जाने, क्रमसाथ भाडा बृद्धि नहुने, बेठीक किसिमसँग अंकको मिलान वा अरु कुनै किसिमको असमान्य अवस्था फेला परेमा मिटरलाई रद्द गर्न सकिने सम्भावनाको लागि जा“च अवधिभर ट्याक्सी वा अटोरिक्सा मिटरको निरीक्षण गरिनेछ ।

(ङ) समय जाँचः–
(१) उपकरणः यस जाँचमा सेकेण्डसम्मको निरीक्षण गर्नु पर्नेछ । इच्छानुसार शून्यबाट शुरु गरी फेरि शून्यमा लग्न सकिने एक स्टप घडी वा डेक्स घडी प्रयोग गरिनेछ ।

(२) तरीकाः– समय जा“चमा झण्डालाई “भाडामा” को अवस्थामा राखी भाडाबृद्धि बीचको अन्तरको समय जाँचिनेछ र समय जाँचलाई प्रत्येक अन्त्तर जाँच (इन्डिभिडुयल इण्टरभल टेष्ट) र लामो अन्तर जाँच (लङ्ग इण्टरभल टेष्ट) गरी दुई भागमा बाँडिनेछ ।
(क) प्रत्येक अन्तर जाँचः– प्रत्येक अन्तर जा“चको शुरुमा झण्डालाई “भाडामा” को अवस्थामा झार्नुको साथै स्टप घडी वा डेस्क
घडीलाई चलाईनेछ । प्रत्येक भाडाबृिद्धको लागि वितेको समयको सेकेण्डसम्मको दर्ता गरिनेछ । घडीलाई बन्द नगरिकन जाँच अवधिको अन्तरसम्म चलाइनेछ । यो जाँच कम्तिमा एक घण्टासम्मको हुनेछ ।

(ख) लामो अन्तर जाँचः– ट्याक्सी वा अटोरिक्सा मिटरमा दर्ता भएको अङ्क प्रत्येक अन्तर जाँचपछि मेट्न लगाइने छैन र साथै स्टप वा डेक्स घडीलाई पनि बन्द गरिने छैन । यस क्रियालाई पूर्ण निरीक्षण साथ एक घण्टा वा एक घण्टा भन्दा बढी समयसम्म जारी राखिनेछ । जाँच सिद्धिने बेलामा भाडा वृद्धिको लागि लागेको समयको निरीक्षण गरी रेकर्ड गरिनेछ र त्यसपछि ट्याक्सी वा अटोरिक्सा मिटरलाई शून्यमा ल्याइनेछ ।

५. हदहरुः–
(क) बेञ्चजाँचः– बेञ्चजा“चको लागि घटी बढीका हदहरु देहाय बमोजिम हुनेछन्ः–

(१) बढी दर्ता हुनेमा – १ प्रतिशत
(२) घटी दर्ता हुनेमा – शुरु अन्तरलाई अन्तर जा“चमा समावेश गरिएमा थप ३० मिटरको हदसाथ १ प्रतिशत

(ख) समय जाँचः– समय जाँचको लागि घटी बढीका हदहरु देहाय बमोजिम हुनेछन्ः–

(१) प्रत्येक अन्तर जाँचः– बढी दर्ता हुनेमा – – ५ प्रतिशत घटी दर्ता हुनेमा – – १० प्रतिशत शुरुको अन्तरमा ५ प्रतिशत अरु अन्तरमा

(२) लामो अन्तर जाच (शुरुको अन्तर बाहेक):– बढी दर्ता हुनेमा – – छुट नभएको घटी दर्ता हुनेमा – – ३ प्रतिशत

६. सिल लगाउनेः–

(क) ट्याक्सी वा अटोरिक्सा मिटर बेञ्च जा“चमा ठीक पाइएमा सील लगाउनु पर्छ । ट्याक्सी वा अटोरिक्सा मिटर ट्याक्सीमा अटोरिक्सामा जडान भएको उपयुक्त भएमा ट्याक्सी वा अटोरिक्सा मिटरको हेडदेखि ट्रान्समिशन (वा चक्का) सम्म जोडिने पृथक–पृथक जडानहरुमा पनि सील लगाइनेछ ।

(ख) ट्याक्सी वा अटोरिक्सा मिटर गियर बक्स वा ट्याक्सी वा अटोरिक्सा मिटरमा एक खास किसिमको अनुमोदित साईजको जडिएको प्लेटलाई जाँच्ने अधिकारीले लगाएको सील वा ट्याक्सी वा अटोरिक्सा मिटर वा ट्याक्सी वा अटोरिक्सा मिटर गियर बक्स नखोलिकन झिक्न सकिने छैन । सो प्लेटमा देहाय बमोजिमको शव्द र अङ्कहरु उठेको वा गडेको हुनुपर्छः–

(१) ट्याक्सी वा अटोरिक्सा मिटर जडान गरिने सवारी साधनको प्रकार , र
(२) ट्याक्सी वा अटोरिक्सा मिटर चलाउन तथा यसको सञ्चालन र सच्चाइ जा“च्न सवारी साधनको चक्कामा रहने टायरको न्यूनतम
प्रभावकारी घेरा ।

७ अंकनः–
(क) ट्याक्सी वा अटोरिक्सा मिटरको अगाडि प्लेट र पछाडि प्लेटमा यन्त्रको संख्या अकिंत भएको हुनुपर्छ ।
(ख) सबै अक्षरहरुमा रोमन लिपीमा र अंकहरु ईण्डो–अरेबिकमा हुनेछन् ।