१३. राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने रकमको हद र आधार

१३. राहत तथा आर्थिक सहयोग उपलब्ध गराउने रकमको हद र आधार

(१) यस नियमावली बमोजिम पीडितलाई राहत तथा आर्थिक सहयोग उपलब्ध गराउँदा देहायको आधारमा देहायको रकममा नबढ्ने गरी उपलब्ध गराईनेछ :–
(क) पीडितलाई तत्काल उद्धार गर्नु पर्ने भएमा सवारी साधन प्रयोग गर्नु पर्ने भए सार्वजनिक सवारी साधनबाट यात्रा गर्दा लाग्ने भाडा रकम, खाना खर्चवापत प्रतिदिन दुई सय रुपैयाँ र बास बस्नु पर्ने भए सो वापत छुटै रकम दिनु पर्ने भएमा प्रतिदिन दुईसय पचास रुपैयाँको दरले बढीमा तीन हजार रुपैयाँ,
(ख) पीडितलाई अस्पतालमा भर्ना गरी औषधी उपचार गर्नु पर्ने भएमा अस्पताल आँउदा जाँदा सवारी साधन प्रयोग गर्नु पर्ने भए सार्वजनिक सवारी साधन प्रयोग गर्दा लाग्ने भाडा रकम, खाना खर्च वापत प्रति दिन दुई सय रुपैयाँ, अस्पतालमा बस्ने व्यवस्था नभई वाहिर बस्नु परेमा बढीमा तीन दिनको बास खर्च वापत प्रतिदिन दुई सय पचास रुपैयाँ र उपचार खर्च समेत गरी बढीमा दुई हजार रुपैयाँ,
(ग) कानूनी सहायता, मनोवैज्ञानिक उपचार वा मनोविमर्शका लागि पाँच हजार रुपैयाँमा नबढ्ने गरी लागेको यथार्थ खर्च,
(घ) कुनै व्यवसाय गर्नको लागि वीउ पूँजीको रुपमा वस्तुगत तथा नगद अनुदान समेत गरी बढीमा वीस हजार रुपैयाँ,
(ङ) पुनस्र्थापनाको लागि बढीमा पाँच हजार रुपैयाँ,
(च) सञ्चालक समितिले तोके बमोजिमको अन्य कामको लागि कामको प्रकृति हेरी बढीमा दश हजार रुपैयाँ ।
(२) उपनियम (१) बमोजिमको रकम अपर्याप्त भएको मनासिव आधार र प्रमाण सहित कुनै पीडितले कार्यालयमा निवेदन दिएमा र सो व्यहोरा मनासिव देखिएमा राहत समितिले त्यस्तो पीडितलाई दुई हजार रुपैयाँमा नबढ्ने गरी मनासिव रकम थप गरी दिन सक्नेछ ।
(३) उपनियम (२) मा जुनसुकै कुरा लेखिएको भएतापनि नेपाल वाहिर रहे बसेको पीडितलाई सञ्चालक समितिले तोके बमोजिमको राहत तथा आर्थिक सहयोग उपलब्ध गराउन सकिनेछ ।