३२. मूल ऐनमा दफा २४घ१ र २४घ२ थप

३२. मूल ऐनमा दफा २४घ१ र २४घ२ थप

 मूल ऐनको दफा २४घ. पछि देहायको दफा २४घ१.र २४घ२. थपिएका छन् ः–
“२४घ१. कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवा सम्बन्धी विशेष व्यवस्था ः

(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि देहायको श्रेणीको
पदमा कम्तीमा देहाय बमोजिमको सेवा अवधि पूरा गरेका निजामती कर्मचारीले
सम्बन्धित सेवा, समूह वा उपसमूहको पदमा सेवा प्रवेश गर्दा वा समुहिकृत
हु“दाका बखत निर्धारित आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक
योग्यता सेवा प्रवेश वा समूहिकृत हुनुभन्दा अघि वा पछि प्राप्त गरेको भए त्यस्ता
निजामती कर्मचारीलाई एक श्रेणीमाथिको पदमा बढुवा गरिनेछ ः–
(क) राजपत्र अनङ्कित द्वितीय श्रेणी – दश वर्ष
(ख) राजपत्र अनङ्कित प्रथम श्रेणी – बाह« वर्ष
(ग) राजपत्राङ्कित तृतीय श्रेणी – पन्ध्र वर्ष
(घ) राजपत्राङ्कित द्वितीय श्रेणी – अठार वर्ष
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्राङ्कित तृतीय
श्रेणी, राजपत्र अनङ्कित प्रथम श्रेणी र राजपत्र अनङ्कित द्वितीय श्रेणीका निजामती
कर्मचारीले एउटै श्रेणीको स्थायी पदमा क्रमशः अठार, पन्ध्र र तेह« वर्ष वा सोभन्दा
वढी सेवा अवधि पूरा गरी सम्बन्धित सेवा, समूह वा उपसमूहकोे पदमा सेवा प्रवेश
गर्दा वा समुहिकृत हु“दाका बखत निर्धारित विषयमा न्यूनतम शैक्षिक योग्यता प्राप्त
गरेको भए त्यस्तो निजामती कर्मचारीलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ ।
(३) उपदफा (१) र (२) बमोजिमको बढुवा हुन देहायको शर्त पूरा भएको हुनु पर्नेछ ः–
(क) दफा २२ अनुसारको कारबाही भएको हुन नहुने,
(ख) पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनमा औषतमा नब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेको हुनु पर्ने ।
(४) नेपाल न्याय सेवाको राजपत्राङ्कित पदबाट बढुवा हुने अवस्थामा न्याय सेवा आयोगले र सो वाहेक उपदफा (१) वा (२) बमोजिम बढुवाको सिफारिस गर्ने
प्रयोजनका लागि देहाय बमोजिमको एक बढुवा समिति रहनेछ ः–
(क) लोक सेवा आयोगको अध्यक्षले तोकेको लोक सेवा आयोगको
सदस्य                            – अध्यक्ष
(ख) सचिव, सम्बन्धित कर्मचारी बहाल रहेको मन्त्रालय वा
निकाय                            – सदस्य
(ग) सचिव, सामान्य प्रशासन मन्त्रालय वा निजले तोकेको सोही
मन्त्रालयको राजपत्राङ्कित प्रथम श्रेणीको

अधिकृत                                  – सदस्य

स्पष्टीकरण ः सामान्य प्रशासन मन्त्रालयको कर्मचारीको बढुवा गर्नु परेको
अवस्थामा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव सदस्य
रहनेछ ।
(५) उपदफा (४) बमोजिमको बढुवा समितिको सचिवालय बढुवाको
उम्मेदवार हुने कर्मचारी बहाल रहेको मन्त्रालय वा निकायमा रहनेछ र बढुवा
समितिले यस दफा बमोजिमको बढुवा सिफारिस गर्दा प्रत्येक आर्थिक वर्षको पौष
महिनामा एकपटक र आषाढ महिनामा एकपटक गरी वर्षको दुईपटक गर्नु पर्नेछ ।
(६) उपदफा (१) वा (२) बमोजिम बढुवा गर्नको लागि त्यस्तो कर्मचारी
बहाल रहेको कार्यालयमा सम्बन्धित सेवा, समूह वा उपसमूहको एक श्रेणी माथिको
विशेष पद स्वतः सृजना हुनेछ र त्यस्तो पदमा सम्बन्धित निकायले बढुवा गरेपछि
बढुवा कायम भएको मितिदेखि लागू हुने गरी बढुवा भएको विशेष पद निजामती
किताव खानाले दर्ता गर्नेछ ।
(७) उपदफा (६) बमोजिमको पदमा बढुवा भएको कर्मचारी जुनसुकै कारणले
सेवाबाट अवकाश भएमा वा निज माथिल्लो पदमा बढुवा भएमा वा दरबन्दीको
पदमा समायोजन भएमा त्यस्तो पद स्वतः खारेज भई निज यस दफा बमोजिम
बढुवा हुनुभन्दा तत्काल अगाडीको पद स्वतः कायम भएको मानिनेछ र सोही
बमोजिम निजामती किताव खानाले त्यस्तो पदको अभिलेख व्यवस्थित गर्नेछ ।
(८) उपदफा (७) बमोजिम समायोजन भएको अवस्थामा वाहेक उपदफा (६)
बमोजिमको विशेष पदमा बढुवा भएको निजामती कर्मचारीले त्यसरी बढुवा
हुनुभन्दा अगाडीको पदमा बहाल रह“दा सम्पादन गरेको काम नै सम्पादन गर्नु
पर्नेछ ।
तर जेष्ठता गणना गर्दा बढुवा भएकै पदको गणना गरिनेछ र यस दफा
बमोजिम बढुवा पाएको कर्मचारीले सोभन्दा माथिल्लो श्रेणीको पदको निम्ति हुने सवै
प्रकारको बढुवाको निम्ति प्रतिस्पर्धा गर्न पाउनेछ ।
(९) यस दफा बमोजिम बढुवा भएका कर्मचारीहरुको उपदफा (७) बमोजिम
समायोजन नभएसम्म अन्य निकायको यसै दफा बमोजिमको बढुवाद्वारा सृजना
भएको विशेष दरबन्दीमा मात्र सरुवा गरिनेछ ।
(१०) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा
बमोजिमको बढुवाबाट एकै कार्यालयमा एकै श्रेणीका एकभन्दा वढि कर्मचारीहरु भई
कार्यालय प्रमुख हुन सक्ने अवस्था भएमा त्यस्तो कार्यालयमा बहाल रहेका त्यस्ता
श्रेणीका कर्मचारी मध्ये सबैभन्दा वरिष्ठ कर्मचारी कार्यालय प्रमुख भई काम गर्नेछ ।
(११) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो ऐन प्रारम्भ
भएपछि पहिलोपटक बाहेक बढुवा गर्दा पहिले कार्यक्षमताको मूल्याकंनद्वारा हुने
बढुवाको कारबाही सम्पन्न गरी त्यसपछि मात्र यस दफा बमोजिमको बढुवाको
सिफारिस गर्नु पर्नेछ ।
(१२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि स्तरवृद्धि हुने
पदमा यस दफा बमोजिमको बढुवा व्यवस्था लागू हुने छैन ।
(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा
बमोजिम हुने बढुवाले खुल्ला प्रतियोगिताद्वारा पद पूर्ति गर्ने व्यवस्थामा कुनै प्रतिकूल
असर पु¥याउने छैन ।
(१४) कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा गरिने बढुवाको दरखास्त
आव्हान गर्ने, नतिजा प्रकाशन गर्ने प्रक्रिया र अवधि, बढुवा उपरको उजूरी एवं
बढुवा पाउने कर्मचारीहरुको समायोजन लगायतका कार्यविधि सम्बन्धी अन्य
व्यवस्था तोकिए बमोजिम हुनेछ ।
२४घ२. श्रेणीविहीन कर्मचारीको स्तरवृद्धि सम्बन्धी व्यवस्था ः (१) श्रेणीविहीन पदहरुको स्तर
देहाय बमोजिम हुनेछ ः–
(क) प्रथमस्तर
(ख) द्वितीयस्तर
(ग) तृतीयस्तर
(घ) चतुर्थस्तर
(ङ) पा“चौ स्तर
(२) श्रेणीविहीन पदमा शुरु नियुक्ती हुने निजामती कर्मचारीको प्रथम स्तर
कायम हुनेछ ।
(३) दफा १८ङ. बमोजिम सजायको अभिलेख नभएको श्रेणीविहीन
कर्मचारीको अख्तियारवालाले देहाय बमोजिम स्तरवृद्धि गर्नेछ ः–
(क) पा“च वर्ष वा सोभन्दा बढी तर दश वर्षभन्दा कम सेवा अवधि
भएकोलाई द्वितीय स्तर,
(ख) दश वर्ष वा सोभन्दा बढी तर पन्ध्र वर्षभन्दा कम सेवा अवधि
भएकोलाई तृतीय स्तर
(ग) पन्ध्र वर्ष वा सोभन्दा बढी तर बीस वर्षभन्दा कम सेवा अवधि
भएकोलाई चतुर्थ स्तर ।
(घ) बीस वर्ष वा सोभन्दा वढी सेवा अवधि भएकोलाई पा“चौं स्तर ।
(४) उपदफा (३) को स्तर बमोजिमको तलबमान नेपाल सरकारले तोके
बमोजिम हुनेछ ।
(५) स्तरवृद्धि सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ ।”