Skip to contentSkip to left sidebar Skip to footer

२. परिभाषा

विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस नियमावलीमा–
(क) “अन्वेषण पूँजिगत खर्च” भन्नाले नियम ३ बमोजिमको अन्वेषण पूँजिगत खर्च सम्झनु पर्छ ।
(ख) “ऐन” भन्नाले आयकर ऐन, २०५८ सम्झनु पर्छ ।
(ग) “करार क्षेत्र” भन्नाले पेट्रोलियम सम्झौता अन्तर्गको करार क्षेत्र सम्झनु पर्छ ।
(घ) “चालू सञ्चालन खर्च” भन्नाले नियम ४ बमोजिमको चालू सञ्चालन खर्च सम्झनु पर्छ ।
(ङ) “ठेकेदार” भन्नाले नेपाल पेट्रोलियम ऐन, २०४० को दफा ८ बमोजिम नेपाल सरकारसँग पेट्रोलियम सम्झौता गर्ने स्वदेशी वा
विदेशी लगानीकर्ता सम्झनु पर्छ ।
(च) “पूँजिगत खर्च” भन्नाले नियम ५ बमोजिमको पूँजिगत खर्च सम्झनु पर्छ ।
(छ) “पेट्रोलियम उद्योग” भन्नाले नेपाल पेट्रोलियम ऐन, २०४० बमोजिम ठेकेदारले सञ्चालन गर्ने पेट्रोलियम कार्य सम्झनु पर्छ ।
(ज) “पेट्रोलियम सम्झौता” भन्नाले नेपाल पेट्रोलियम ऐन, २०४० को दफा ८ बमोजिम नेपाल सरकार र ठेकेदारले पेट्रोलियम कार्यको
सम्बन्धमा गरेको सम्झौता सम्झनु पर्छ ।
(झ) “व्यापारिक उत्पादन दिन” भन्नाले ठेकेदारले पेट्रोलियम सम्झौता बमोजिम उत्पादन क्षेत्रबाट उत्पादित पेट्रोलियम मूल्य लिई वा नलिई पहिलो पटक अरु कसैलाई हस्तान्तरण गरेको वा साटफेर गरेको वा बिक्री गरेको दिन सम्झनु पर्छ ।
(ञ) “लेखा अवधि” भन्नाले देहायको अवस्थामा बाहेक जनवरी १ तारिखमा शुरु भई डिसेम्बर ३१ तारिखमा अन्त हुने बाह्र महिनाको
आय वर्ष सम्झनु पर्छ –
(क) पहिलो लेखा अवधि व्यापारिक उत्पादन दिनमा शुरु भई सोही वर्षको डिसेम्बर ३१ तारिखमा अन्त हुनेछ ।
(ख) अन्तिम लेखा अवधि ठेकेदारले पेट्रोलियम कार्य गर्न छोडेको दिनमा समाप्त हुनेछ ।
(ट) “त्रैमासिक अवधि (क्यालेण्डर क्वार्टर)” भन्नाले जनवरी १, अप्रिल १, जुलाई १ वा अक्टोवर १ तारेखमा शुरु भई क्रमशः मार्च ३१, जुन
३०, सेप्टेम्बर ३० वा डिसेम्बर ३१ तारेखमा अन्त्य हुने तीन महीनाको अविच्छिन्न अवधि सम्झनु पर्छ ।