परिच्छेद–१ प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५” रहेकोछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
२. परिभाषा: विषय वा प्रसड्गले अर्को अर्थ नलागेमा यस ऐनमा,–
(क) “महासचिव” भन्नाले संघीय संसदको महासचिव सम्झनु पर्छ ।
(ख) “सचिव” भन्नाले नेपालको संविधान बमोजिम नियुक्त प्रतिनिधिसभाको सचिव वा राष्ट्रियसभाको सचिव सम्झनु पर्छ ।