परिच्छेद– ४ सरुवा र बढुवा

परिच्छेद– ४ सरुवा र बढुवा

१८. सरुवा गर्ने अधिकारः (१) निजामती कर्मचारीलाई देशको विभिन्न भौगोलिक क्षेत्रको अनुभवसमेत दिलाउनका लागि उपदफा (३) बमोजिम सरुवा गरिनेछ र त्यस्तो सरुवा गर्ने अधिकार अख्तियारवालालाई हुनेछ ।
तर,
(क) एक मन्त्रालय वा अन्तर्गतको विभाग वा कार्यालयको निजामती कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा समान्य प्रशासन मन्त्रालयले सरुवा गर्नेछ ।
(ख) प्रशासन सेवा, लेखा समूहका कर्मचारीहरूको सरुवा महालेखा नियन्त्रकको कार्यालयले गर्नेछ ।
(२) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्रांकित विशिष्ट श्रेणीका कर्मचारीलाई सरुवा वा पदस्थापना गर्दा सामान्य प्रशासन मन्त्रीको अध्यक्षतामा नेपाल सरकारको मुख्य सचिव र सामान्य प्रशासनमन्त्रालयका सचिव सदस्य रहेको समितिको सिफारिसमा नेपाल सरकारले गर्नेछ । सामान्य प्रशासन मन्त्रालयका सचिवको समेत सरुवा सिफारिस गर्नुपर्ने अवस्थामा सो समितिको बैठकमा सामान्य प्रशासन मन्त्रालयको सचिवको सट्टा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिवले समितिको सदस्यको रूपमा भाग लिनेछ ।
(२क) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ को उपदफा (२) मा उल्लिखित सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत कर्मचारी सोही सेवाको विशिष्ट श्रेणीको पदमा मात्र सरुवा हुन सक्नेछ ।
(३) विशेषज्ञताको सेवा लिनुपर्ने पदमा रहेको र स्थानीयस्तरमा अन्यत्र कतै पनि निजको सेवा, समूह वा उप–समूहसम्बन्धी पद तथा कार्यालय नभएको निजामती कर्मचारी र विशिष्ट श्रेणी तथा राजपत्रांकित प्रथम श्रेणीको कर्मचारीबाहेक अन्य निजामती कर्मचारीको सरुवा गर्दा सम्बन्धित अख्तियारवालाले सामान्यतया वर्षमा एकपटक तोकिएबमोजिमको समय तालिकाअनुसार देहायबमोजिम सरुवा पत्रमा अवधि तोकी सरुवा गर्नुपर्नेछः–
(क) “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा डेढ वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई“घ” वा “ग” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको लागि । (ख) “ग” वा “घ” वर्गको भौगोलिक क्षेत्रको कार्यालयमा कम्तीमा दुई वर्षको अवधि काम गरिसकेको कर्मचारीलाई “ख” वा “क” वर्गको भौगोलिक क्षेत्रको
कार्यालयमा कम्तीमा दुई वर्षको लागि ।

स्पष्टीकरण :-यस दफाको प्रयोजनको लागि “एक वर्ष” भन्नाले कम्तीमा दुई सय तेत्तीस दिन रुजु हाजिर भएको अवधिलाई जनाउनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा निजामती कर्मचारीलाई निजको सरुवा पत्रमा तोकिएको अवधि नपुग्दै सामान्य प्रशासन मन्त्रालयको सहमति
लिई सरुवा गर्न सकिनेछ –
(क) कुनै स्थानमा कार्यरत निजामती कर्मचारी अशक्त भई सो स्थानमा निजको उपचार हुन नसक्ने देखिएको कुरा नेपाल सरकारद्वारा तोकिएको मेडिकल बोर्डले सिफारिस गरेमा,
(ख) कुनै निजामती कर्मचारीलाई विशेष जिम्मेवारी दिनुपरेमा,
(ग) कुनै निजामती कर्मचारीलाई विभागीय कारबाही गर्नुपरेमा,
(घ) कुनै निजामती कर्मचारीलाई निज कार्यरत कार्यालयमा राखिराख्न उपयुक्त नभएमा,
(ङ) निजामती सेवाको कुनै दरबन्दी कटौती भई सो दरबन्दीमा कार्यरत कर्मचारी फाजिलमा परेको र निजलाई सोही जिल्लास्थित अन्य कार्यालयमा समेत समायोजन गर्न सक्ने अवस्था नरहेमा,
(च) राजपत्र अनंकित निजामती कर्मचारीहरूलाई घर पायक सरुवा गर्नु ।
तर राजपत्र अनङ्कित पदमा लोक सेवा आयोग वा बढुवा समितिबाट सिफारिस भएको तथा राजपत्राङ्कित पदमा लोक सेवा आयोग वा बढुवा समितिको सिफारिसमा पहिलो पटक
पदस्थापन भएको कार्यालयको उपदफा (३) बमोजिमको अवधि नपुगी कुनै पनि कर्मचारीको 
सरुवा हुने छैन । (५) यस दफाबमोजिम सरुवा गर्दा रिक्त पद मिलेसम्म निजामती सेवाको राजपत्र
अनंकित श्रेणीमा कार्यरत कर्मचारीको पति पत्नी दुवै सरकारी सेवामा भए एउटै जिल्लामा पठाइनेछ ।
(६) उपदफा (३) बमोजिम सरुवा गर्नुपर्ने भौगोलिक क्षेत्रको सम्बन्धित सेवा, समूह वा उपसमूहको पद भएको कार्यालय नभएमा वा सरुवा हुनुपर्ने भौगोलिक क्षेत्रको कार्यालयको पदमा कार्यरत कर्मचारीको तोकिएको सेवा अवधि नपुगेको भएमा त्यसपछिको सरुवा हुनुपर्ने क्रमको भौगोलिक क्षेत्रको कार्यालयमा सरुवा गर्न सकिनेछ ।
(७) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो उपदफा प्रारम्भ भएपछि नियुक्ति हुने राजपत्र अनंकित निजामती कर्मचारीलाई लोकसेवा आयोगबाट जुन अञ्चलअन्तर्गत सिफारिस गरिएको हो, सोही अञ्चलभित्रका कार्यालयहरूबाहेक पाँच वर्षसम्म अन्यत्र सरुवा गरिने छैन ।
तर राजपत्र अनङ्कित प्रथम श्रेणीको पदमा सिफारिस भएको कर्मचारीले सिफारिस भएको कार्यालयको उपदफा (३) बमोजिमको अवधि सेवा गरेपछि सो विकास क्षेत्रभित्र सरुवा हुन सक्नेछ ।
(८) उपदफा (४) को खण्ड (ग) को अवस्थामा बाहेक अन्य परिस्थिति परी यस दफाबमोजिमको अवधि नपुग्दै कुनै निजामती कर्मचारीलाई सरुवा गरिएमा त्यस्तो कर्मचारीलाई नयाँ ठाउँमा बन्दोबस्त गर्नको लागि तोकिएबमोजिमको रकम दिइनेछ ।

तर कुनै कर्मचारी आफ्नो अनुरोधमा सरुवा भएको वा काठमाडाँै उपत्यकाभित्रको एउटा निकायबाट काठमाडौं उपत्यकाभित्रकै अर्को निकायमा वा एउटै जिल्लाको जिल्ला सदरमुकामभित्रको एउटा कार्यालयबाट सोही जिल्लाको सदरमुकामभित्रको अर्को कार्यालयमा गरिएको सरुवामा वा अवधि नतोकिने पदको सरुवामा त्यस्तो रकम दिइने छैन ।
(९) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि अध्ययन बिदामा रहेको वा स्वतः निलम्बनमा रहेको वा छ महिनाभन्दा बढी अवधिसम्म अन्य कुनै बिदामा रहेको वा तीन महिनाभन्दा बढी अवधि काजमा खटिएको वा कुनै खास कामको लागि वा कुनै खास आयोजना कार्यान्वयन गर्नको लागि खटाइने कर्मचारीको पदाधिकार जिल्लास्तरको कार्यालयमा वा कार्यालय प्रमुख वा विभागीय प्रमुखको पदमा रहेको भए सामान्य प्रशासन मन्त्रालयको सहमति लिई सो अवधिभरको लागि विशेष पद सिर्जना गरी त्यस्तो कर्मचारीको पदाधिकार केन्द्रीयस्तरको निकायमा सार्न सकिनेछ ।
(१०) उपदफा (३) को खण्ड (क) र (ख) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयको निजामती कर्मचारीलाई अर्को मन्त्रालय र अन्तर्गतको विभाग वा कार्यालयमा सामान्य प्राशासन मन्त्रालयले सरुवा गर्न सक्नेछ ।
(११) उपदफा (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (ग), (घ) वा (ङ) को अवस्थामा बाहेक सम्बन्धित कर्मचारी आफैले स्वेच्छाले निवेदन नदिई राजपत्र अनङ्कित वा श्रेणीविहीन कर्मचारीलाई उपदफा (३) बमोजिमको अवधि पूरा नभई सरुवा गरिने छैन ।
(१२) यस दफा विपरीत सरुवा गर्ने पदाधिकारीलाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ र त्यस्तो सरुवा सामान्य प्रशासन मन्त्रालयले रद्द गर्नेछ । सामान्य प्रशासन मन्त्रालयले गरेको सरुवा भए नेपाल सरकार, मन्त्रिपरिषद्ले रद्द गर्नेछ ।
(१३) सरुवासम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

१८क. काजसम्बन्धी व्यवस्थाः (१) निजामती कर्मचारीलाई निज कार्यरत रहेको मन्त्रालय, सचिवालय, आयोग, विभाग वा कार्यालयबाट सोही निकायको काममा मात्र अन्य स्थानमा काज खटाउन सकिनेछ । यसरी काज खटाउँदा एक वर्षमा तीन महिनाभन्दा बढी अवधिको लागि काज खटाउन पाइने छैन ।
तर तालिम, गोष्ठी आदिमा सोभन्दा बढी अवधिको लागि काज खटाउन सकिनेछ ।
(२) कुनै पनि निजामती कर्मचारीलाई निजामती सेवाको पद नभएको निकायमा र स्वीकृत अस्थायी दरबन्दीमा काजमा खटाउँदा वा काज अवधि समाप्त नहुँदै काज फिर्ता गर्दा सामान्य प्रशासन मन्त्रालयको सहमति लिनुपर्नेछ । यस्तो कागजको अवधि एक पटकमा एक वर्षभन्दा बढी हुने छैन ।
तर राजपत्र अनंकित कर्मचारीलाई काज खटाउनको लागि सामान्य प्रशासन मन्त्रालयको सहमति लिइरहनुपर्ने छैन ।
(२क) निर्वाचन, जनगणना, नापी टोली, खानी सर्वेक्षणजस्ता काममा र स्थायी प्रकृतिका आयोग तथा समितिका काममा एकपटकका लागि एक वर्षसम्म कुनै कर्मचारीलाई काज खटाउनुपर्ने भएमा काज खटाउने निकायले सम्बन्धित निकाय र सामान्य प्रशासन मन्त्रालयको सहमति लिई काज खटाउनुपर्नेछ ।
(२ख) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि कार्यालयको विभागीय प्रमुख वा कार्यालय प्रमुखको पदमा कार्यरत रहेको कर्मचारीलाई सो पदमा पदाधिकार राखी अन्यत्र आयोजनामा वा निकायमा काजमा खटाइने छैन ।
(२ग) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा पदाधिकार भएको कर्मचारीलाई सेवा, समूह मिल्ने गरी जुनसुकै निकायमा सामान्य प्रशासन मन्त्रालयले कमकाज गर्न खटाउन सक्नेछ र कुनै निजामती कर्मचारीको विशेषज्ञताको सेवा लिनको लागि अन्तरनिकायको कार्यमा कुनै कर्मचारीलाई कामकाज गर्न काजमा खटाउनुपर्ने भएमा कर्मचारी कार्यरत निकाय र काजमा लिने निकायको
सहमतिमा बढीमा तीन महिनाको लागि सामान्य प्रशासन मन्त्रालयले काजमा खटाउन सक्नेछ ।
(२घ) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा १८ को उपदफा (
७) बमोजिम नियुक्ति भएको कर्मचारीलाई सो बमोजिमको अवधि पूरा नभए सम्म एक वर्षमा तीन महीना भन्दा बढी काजमा खटाइने छैन ।
(३) उपदफा (१), (२), (२क), (२ख) र (२घ) विपरीत कुनै निजामती कर्मचारीलाई
काजमा खटाइएमा त्यसरी काजमा खटिएको निजामती कर्मचारीले सो अवधिमा खाइपाई आएको तलब, भत्ता र अन्य सुविधाबापतको रकम काज खटाउने पदाधिकारीबाट सरकारी बाँकी सरह
असूलउपर गरी विभागीय कारबाही गरिनेछ ।
(४) यस दफामा जुनसुकै कुरा लेखिएको भए तापनि जिल्लास्तरका कार्यालयहरू स्थानीय तहमा हस्तान्तरण हुँदा त्यस्ता जिल्लास्तरका कार्यालयमा कार्यरत निजामती कर्मचारीलाई नेपाल सरकारले काजमा खटाउन सक्नेछ ।
(५) उपदफा (४) बमोजिम काजमा खटाइएका कर्मचारीको दरबन्दी निजको सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयमा रहनेछ ।
(६) उपदफा (४) बमोजिम खटाइएको कर्मचारीहरू आ–आफ्नो साविकको सेवा, समूह वा उपसमूहमा हुने बढुवाको लागि उम्मेदवार हुन सक्नेछन् र राजपत्र अनंकित कर्मचारी भए निज कार्यरत जिल्लामा हुने बढुवाको सम्भाव्य उम्मेदवार हुन सक्नेछन् ।
(६क) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ६ को उपदफा (२) मा उल्लिखित सेवाको विशिष्ट श्रेणीको पदमा कार्यरत कर्मचारीलाई सोही सेवाको विशिष्ट श्रेणीको पदमा मात्र काज खटाउन सकिनेछ ।
तर नेपाल सरकारले गठन गरेको आयोग, कार्यदल वा यस्तै प्रकृतिको अन्य कुनै कार्य गर्नको लागि अवधि तोकी काजमा खटाउन बाधा पुगेको मानिने छैन् ।
(७) काज सम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।
१८ख. जिम्मेवारी नदिई राख्न नहुनेः (१) देहायको अवस्थामा बाहेक कुनै पनि निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई दुई महिनाभन्दा बढी अवधिसम्म राख्न सकिने छैन ः–
(क) लामो बिदामा रहेकोमा,
(ख) निलम्बन भएकोमा,
(ग) अन्यत्र काजमा खटिएको कारण पदाधिकार रहेको पदमा कायम राख्न पर्ने भएमा ।
(२) उपदफा (१) विपरीत कुनै निजामती कर्मचारीलाई पदीय जिम्मेवारी नदिई राखेमा जिम्मेवारी दिई काममा लगाउनुपर्ने दायित्व भएको पदाधिकारीलाई विभागीय कारबाही हुनेछ ।
१८ग. समयभित्रै कार्य सम्पन्न गर्नुपर्नेः (१) यो ऐन प्रारम्भ भएपछि सम्बन्धित निकायले नियुक्ति, सरुवा, काज, कायम मुकायम सम्बन्धमा यस ऐनबमोजिम मिलान गर्नुपर्ने काम दुई महिनाभित्र सम्पन्न गरी सोको जानकारी सामान्य प्रशासन मन्त्रालयलाई दिनुपर्नेछ ।
(२) सम्बन्धित निकायले उपदफा (१) बमोजिमको समयावधिभित्र सो काम नगरेमा सामान्य प्रशासन मन्त्रालयले तत्काल गर्नेछ ।
१८घ. अतिरिक्त समूह ः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सामान्य प्रशासन मन्त्रालयमा एक अतिरिक्त समूह रहनेछ ।
(२) कुनै पनि कार्यालयमा फाजिलमा रहेका निजामती कर्मचारीहरूको पदाधिकार उपदफा (१) बमोजिमको समूहमा सार्न सकिनेछ ।
(३) कुनै पनि निजामती कर्मचारीलाई दुई महिनाभन्दा बढी अवधिसम्म अतिरिक्त समूहमा राख्दा दफा १८ख. को विपरीत नहुने गरी राख्नुपर्नेछ ।
(४) अतिरिक्त समूहसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

१८ङ. निजामती कर्मचारीको सजायको अभिलेख राख्ने ः (१) सामान्य प्रशासन मन्त्रालय र सम्बन्धित
निकायले निजामती कर्मचारीको सजायको अभिलेख राख्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम राखिएको अभिलेखलाई देहायबमोजिमको अवधिभर विभागीय प्रमुखमा पदस्थापन गर्दा, कायम मुकायम मुकरर गर्दा, कुनै पनि निकायको प्रमुखको पदमा जिम्मेवारी दिँदा, कार्यसम्पादन मूल्यांकन गर्दा, निजामती सेवा पुरस्कार वा विभूषण प्रदान गर्दा, अध्ययन वा तालिममा मनोनयन गर्दा, स्तर वृद्धि गर्दा र अन्य कुनै किसिमको अवसर प्रदान गर्दा आधार लिनुपर्नेछः–
(क) नसिहत पाएकोमा सो सजाय पाएको मितिले एक वर्षको अवधिभर,
(ख) निलम्बन भएकोमा सो अवधिभर,
(ग) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(घ) तलब वृद्धि रोक्का भएकोमा रोक्का अवधिभर ।
१८च. नेतृत्व मूल्यांकन ः राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा माथिको निजामती कर्मचारीको नेतृत्व मूल्याकनसम्बन्धी व्यवस्था तोकिएबमोजिम हुनेछ ।

१९. बढुवाः (१) नेपाल न्याय सेवाको राजपत्रांकित पदमा बाहेक अन्य निजामती सेवाको राजपत्रांकित पदमा बढुवा गर्दा दफा २० बमोजिमको बढुवा समितिको सिफारिसमा गरिनेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि राजपत्रांकित विशिष्ट श्रेणीको पदमा देहायबमोजिम बढुवा गरिनेछः–
(क) राजपत्रांकित विशिष्ट श्रेणीको मुख्य सचिवको पदमा बढुवा गर्दा
बहालवाला सचिवहरूमध्येबाट नेपाल सरकारले ज्येष्ठता र
कार्यकुशलताको आधारमा छनौट गरी बढुवा गर्नेछ ।
(ख) राजपत्रांकित विशिष्ट श्रेणीको सचिव वा सो सरहको पदमा भए ः–
(१) रिक्त पदमध्ये बीस प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनमा औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेका र सम्बन्धित सेवाको राजपत्राङ्कित प्रथम श्रेणी वा सो सरहको पदमा सबैभन्दा बढी सेवा अवधि भएको सम्भाव्य उम्मेदवारलाई बढुवा समितिको सिफारिसमा नेपाल सरकारले बढुवा गर्नेछ ।
(२) रिक्त पद मध्ये असी प्रतिशत पदमा कार्यसम्पादन मूल्याङ्कनको आधारमा सबैभन्दा बढी अङ्क प्राप्त गर्ने सम्बन्धित सेवाका सम्भाव्य उम्मेदवारहरु मध्येबाट उपलब्ध भएसम्म रिक्त पदको
तेब्बर संख्यामा बढुवा समितिले सिफारिस गरेका उम्मेदवारहरु मध्येबाट नेपाल सरकारले ज्येष्ठता र कार्यकुशलताको आधारमा उपयुक्त ठह¥याएको उम्मेदवारलाई बढुवा गर्नेछ ।

तर, कुनै सेवामा तेब्बर संख्यामा सम्भाव्य उम्मेदवार नभएको अवस्थामा तेब्बर भन्दा कम संख्यामा उम्मेदवार सिफारिस गर्न बाधा पुर्याएको मानिने छैन ।
(२क) उपखण्ड (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायका सेवाका राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा देहाय
बमोजिमका कर्मचारीहरुबाट बढुवा गरिनेछ :-
(अ) नेपाल कृषि तथा वन सेवाको पदमा नेपाल कृषि सेवा र नेपाल वन सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरु र
(आ) नेपाल प्रशासन सेवाको पदमा नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा, नेपाल प्रशासन सेवा, नेपाल विविध
सेवा र नेपाल शिक्षा सेवाका राजपत्राङ्कित प्रथम श्रेणीका कर्मचारीहरु ।
(३) यस खण्ड बमाजिम बढुवा समितिले सिफारिस गर्दा पहिले उपखण्ड (१) बमोजिमको सिफारिस गरेपछि उपखण्ड (२) बमोजिमको सिफारिस गर्नेछ ।
(४) यस खण्ड बमोजिम पदपूर्तिको लागि लोक सेवा आयोगले पदसंख्या निर्धारण गर्नेछ ।
(ग) सचिव वा सो सरहको विशिष्ट श्रेणीको पदमा सम्भाव्य उम्मेदवार हुन
राजपत्रांकित प्रथम श्रेणीका कर्मचारीले नेपाल सरकारले तोकेको
उच्चस्तरीय व्यवस्थापन तालिमसमेत उत्तीर्ण गरेको हुनुपर्नेछ ।
तर यो दफा प्रारम्भ भएपछि एक वर्षभित्र हुने बढुवामा यो व्यवस्था लागू हुने छैन ।

(घ) खण्ड (ख) बमोजिमको विशिष्ट श्रेणीको बढुवाको लागि कार्यसम्पादन मूल्यांकनको गणना गर्दा बढुवा हुन जति वर्षको न्यूनतम सेवा अवधि
आवश्यक पर्ने हो, पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्यांकनको गणना गरिनेछ ।
तर यो दफा प्रारम्भ भएपछि संवत् २०६४ साल कार्तिक मसान्तभित्र बढुवा गर्दा संवत् २०६३ साल आषाढ मसान्तसम्मको महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको
क्षेत्रमा स्थायी बसोबास भएका कर्मचारीको हकमा पछिल्लो तीन वर्ष र अन्यको हकमा पछिल्लो चार वर्षको कार्यसम्पादन मूल्यांकनको आधारमा बढुवा गरिनेछ ।
(ङ) निजामती सेवाको विशिष्ट श्रेणीको कुनै पनि पद रिक्त भएको मितिले पन्ध्र दिन भित्र सम्भाव्य उम्मेदवारको सिफारिस गर्नु पर्नेछ र सिफारिस भएको मितिले पन्ध्र दिनभित्र रिक्त पदमा पदपूर्ति गर्नु पर्नेछ ।

२०. बढुवा समितिः (१) नेपाल न्याय सेवाको राजपत्रांकित पदमा र राजपत्र अनंकित पदबाट राजपत्रांकित पदमा बढुवा हुने बाहेक निजामती सेवाको अन्य राजपत्रांकित पदमा बढुवाको लागि सिफारिस गर्न देहायबमोजिमको बढुवा समिति रहनेछः–
(क) लोकसेवा आयोगको अध्यक्ष वा निजले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
(ख) लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – सदस्य
(ग) मुख्य सचिव – सदस्य
(घ) लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयका विशेषज्ञ – सदस्य
(ङ) सामान्य प्रशासन मन्त्रालयको सचिव –सदस्य– सचिव
(१क) राजपत्र अनंकित प्रथम श्रेणीबाट राजपत्रांकित तृतीय श्रेणीको पदमा बढुवाको लागि सिफारिस गर्न देहायबमोजिमको बढुवा समिति रहनेछ :-
(क) लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य – अध्यक्ष
(ख) लोकसेवा आयोगको सचिव – सदस्य
(ग) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य
(घ) लोकसेवा आयोगको अध्यक्षबाट मनोनीत सम्बन्धित
विषयको विशेषज्ञ – सदस्य
(ङ) सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयको सचिव वा निजले तोकेको राजपत्रांकित प्रथम श्रेणीको
अधिकृत – सदस्य–सचिव
(१ख) उपदफा (१क) बमोजिमको बढुवा समितिको सचिवालय सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयमा रहनेछ ।
(२) निजामती सेवाको राजपत्र अनंकित पदमा बढुवाको लागि सिफारिस गर्न तोकिएको बढुवा समिति रहनेछ ।
(३) बढुवा समितिले निजामती कर्मचारीहरूको बढुवाको सिफारिस गर्न अपनाउनुपर्ने कार्यविधि तोकिएबमोजिम हुनेछ ।
(४) बढुवा समितिले बढुवा नामावली प्रकाशन गर्दा बढुवाको लागि आवेदन फाराम भरेका सम्भाव्य उम्मेदवारहरूले पाएको कुल अंकसमेत प्रकाशन गर्नुपर्नेछ ।
(४क) बढुवा समितिले आवेदन फाराम बुझाउने अन्तिम मितिले चार महिनाभित्र 
बढुवाको नतिजा प्रकाशन गर्नुपर्नेछ ।
(५) बढुवा समितिले वार्षिक कार्यतालिका बनाई सो तालिका बमोजिम आफ्नो कार्य सञ्चालन गर्नुपर्नेछ ।
२०क. बढुवासम्बन्धी विशेष व्यवस्थाः (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै श्रेणीमा कम्तीमा पन्ध्र वर्षसम्म बहाल रहिरहेका राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा मुनिका
निजामती कर्मचारीको दफा ३३ बमोजिम अवकाश हुन एक महिना बाँकी भएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरिनेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै पदमा कम्तीमा पन्ध्र वर्षसम्म बहाल रहिरहेका राजपत्रांकित प्रथम श्रेणी वा सोभन्दा मुनिका कुनै निजामती कर्मचारीले दफा ३५ बमोजिम स्वेच्छिक अवकाश लिन चाही निवेदन दिएमा निजलाई एक श्रेणी माथिको पदमा बढुवा गरी अवकाश दिइनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम बढुवा गर्नको लागि स्वतः विशेष पद सिर्जना हुनेछ र त्यस्तो निजामती कर्मचारी सेवाबाट अवकाश भएपछि सो पद स्वतः खारेज हुनेछ ।
(४) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि एउटै पदमा यस दफाबमोजिमको अवधि पूरा भएको कुनै निजामती कर्मचारीको मृत्यु भएमा त्यस्तो कर्मचारीको परिवारलाई एक श्रेणी माथिको पदको निवृत्तभरणलगायतका अन्य सुविधा प्रदान गरिनेछ ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कम्तीमा पन्ध्र वर्षसम्म एउटै पदमा बहाल रहेका राजपत्रांकित प्रथम श्रेणी र राजपत्रांकित द्वितीय श्रेणीका निजामती कर्मचारीले बढुवा भई अवकाश लिन चाहेमा त्यस्तो कर्मचारीलाई एक श्रेणीमाथि बढुवा गरी अवकाश दिइनेछ ।

२१. बढुवाको लागि उम्मेदवार हुन चाहिने न्यूनतम सेवा अवधि र शैक्षिक योग्यताः (१) बढुवाको निमित्त उम्मेदवार हुन बढुवा हुने पदको श्रेणीभन्दा एक श्रेणी मुनिको पदको लागि तोकिएबमोजिमको शैक्षिक योग्यता र देहायबमोजिमको न्यूनतम सेवा अवधि पुगेको हुनुपर्नेछः–

(क) राजपत्र अनड्ढित पदको निमित्त तीन वर्ष,
(ख) राजपत्रांकित पदको निमित्त पाँच वर्ष ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि महिला, आदिवासी÷जनजाति, मधेसी, दलित, अपांग र पिछडिएको क्षेत्रमा स्थायी बसोबास भएका निजामती कर्मचारीहरूको उल्लिखित सेवा अवधिमा एक वर्ष कम सेवा अवधि भए पनि बढुवाको लागि सम्भाव्य उम्मेदवार
हुनेछन् ।
२२. बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउनेः दफा २१ मा जुनसुकै कुरा लेखिएको भए तापनि
देहायको अवस्थामा देहायको अवधिभर निजामती कर्मचारी बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउने छैनः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का भएकोमा रोक्का भएको अवधिभर,
(ग) तलब वृद्धि रोक्का भएकोमा रोक्का भएको अवधिभर ।

(घ) दफा २६ बमोजिम सेवा वा समूह परिवर्तन गरेको कर्मचारी भए त्यसरी सेवा वा समूह परिवर्तन भएको मितिले तीन वर्ष र आफैंले निवेदन दिई सेवा वा समूह परिवर्तन गरेको भए त्यसरी सेवा वा समूह परिवर्तन गरेको मितिले पाँच वर्षको अवधिभर ।

२२क. बढुवा नियुक्तिको रोक्का तथा फुकुवाः कुनै निजामती कर्मचारीको बढुवाको लागि सिफारिस भइसकेपछि बढुवा नियुक्ति नपाउन्जेल निलम्बन वा बढुवा रोक्का वा तलब वृद्धि रोक्का भएमा उल्लिखित अवधिभर निजको बढुवा नियुक्ति रोक्का गरिनेछ र निलम्बनबाट निजले सफाई पाएमा
वा रोक्का अवधि समाप्त भएपछि निज निलम्बन वा रोक्का नभएसरह मानी नियुक्ति दिई जेष्ठतामात्र कायम गरिनेछ ।
२३. ……………
२४. कार्यक्षमताको आधारमा हुने बढुवाको आधारः (१) बढुवा समितिले निजामती कर्मचारीलाई कार्यक्षमताबापत पाएको कुल अंकको आधारमा बढुवाको लागि सिफारिस गर्नेछ ।
(२) निजामती कर्मचारीको कार्यक्षमताको मूल्यांकन गर्दा देहायबमोजिम बढीमा एक सय अंक दिइनेछः–
(क) कार्यसम्पादन मूल्यांकनबापत – चालीस अंक
(ख) ज्येष्ठताबापत – तीस अंक
(ग) शैक्षिक योग्यताबापत – बाह्र अंक
(घ) भौगोलिक क्षेत्रमा काम गरेबापत – सोह्र अंक
(ङ) तालिमबापत – दुई अंक
(३) सम्भाव्य उम्मेदवारको कार्यसम्पादन मूल्यांकनबापत अंक गणना गर्दा आषाढ
मसान्तसम्मको हिसाबले र अन्य अंकको गणना गर्दा बढुवाको दरखास्त दिने अन्तिम म्यादसम्म
हासिल गरेको अंक गणना गरिनेछ ।

२४क. कार्यसम्पादनको मूल्यांकनः (१) निजामती कर्मचारीको कार्यसम्पादनको मूल्यांकन गर्न तोकिएबमोजिमको कार्यसम्पादन मूल्यांकन फाराम प्रयोग गरिनेछ ।
(२) निजामती कर्मचारीको कार्यसम्पादन मूल्यांकनको कुल अंकको विभाजन देहायबमोजिम हुनेछ ः–
(क) सुपरिवेक्षकले दिन सक्ने अधिकतम पच्चीस अंक
(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम दश अंक
(ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम पाँच अंक
(३) सुपरीवेक्षक, पुनरावलोकनकर्ता, पुनरावलोकन समितिले निजामती कर्मचारीहरूको कार्य सम्पादनबापत अंक दिंदा यस दफा र कार्य सम्पादन मूल्यांकन फाराममा उल्लिखित आधार अनुरूप दिनुपर्नेछ ।
(४) राजपत्राड्ढित निजामती कर्मचारीको कार्यसम्पादन मूल्याड्ढन अर्धवार्षिक र वार्षिक रूपमा तथा राजपत्र अनड्ढित कर्मचारीको लागि वार्षिक रूपमा गरिनेछ ।
(५) उपदफा (४) बमोजिम अर्धवार्षिक रूपमा कार्यसम्पादन मूल्यांकन गर्दा सो अवधि समाप्त भएको सात दिनभित्र सम्बन्धित राजपत्राड्ढित कर्मचारीले निर्धारित कार्यहरू, सम्पादित कार्यहरू, कुनै कार्य सम्पन्न हुन नसकेको भए त्यस्तो सम्पन्न हुन नसकेका कार्यहरू र त्यसको कारणसहित उल्लेख गरी तोकिएको ढाँचामा दुईप्रति फाराम भरी सुपरिवेक्षकसमक्ष पेस गर्नुपर्नेछ । त्यसरी पेस भएको फाराम सुपरिवेक्षकले मूल्यांकन गरी पृष्ठपोषण दिनुपर्ने कुरा फारामको निर्दिष्ट स्थानमा नै उल्लेख गरी अर्को सात दिनभित्र एक प्रति सम्बन्धित कर्मचारीलाई फिर्ता दिनुपर्नेछ ।वार्षिक कार्यसम्पादन मूल्यांकन गर्दा अर्धवार्षिक रूपमा भरिएका प्रत्येक कार्यसम्पादन मूल्यांकन फारामको समेत आधार लिनुपर्नेछ । अर्धवार्षिक कार्यसम्पादन मूल्यांकन फाराम निर्दिष्ट समयमा नभर्ने कर्मचारी र त्यसको जाँच गरी पृष्ठपोषण नदिने सुपरिवेक्षकलाई अख्तियारवालाले विभागीय कारबाही गर्न सक्नेछ ।
(६) वार्षिक रूपमा मूल्यांकन गर्नुपर्ने कार्यसम्पादन मूल्यांकन राजपत्र अनड्ढित कर्मचारीको हकमा सम्बन्धित कार्यालय प्रमुख तथा विभागीय प्रमुखले तोकिएको अवधिभित्र मूल्यांकन गरी, गराई त्यसको तीन प्रति तयार गरी एक प्रति लोकसेवा आयोग, एक प्रति बढुवा समितिको सचिवालयमा पठाई अर्को एक प्रति सम्बन्धित कार्यालयमा राख्नुपर्नेछ । एक वर्षमा एकभन्दा बढी कार्यालयमा कार्यरत कर्मचारलिे सरुवा भई रमाना लिई आउँदा तोकिएबमोजिमको ढाँचामा सम्बन्धित सुपरिवेक्षकबाट कार्यसम्पादन मूल्यांकन फाराम भराई सो समेत लिई
आउनुपर्नेछ । वार्षिक कार्यसम्पादन मूल्यांकन गर्ने सुपरिवेक्षकले त्यसरी प्राप्त साविक कार्यालयको सुपरिवेक्षकको मूल्यांकनलाई समेत आधार लिनुपर्नेछ । राजपत्रांकित निजामती कर्मचारीको हकमा सम्बन्धित मन्त्रालय,सचिवालय वा आयोग वा केन्द्रीय निकायको सचिवले तोकिएको अवधिभित्र मूल्यांकन गरी गराई त्यसको तीन प्रति तयार गरी एक प्रति लोकसेवा आयोग र एक प्रति बढुवा समितिको सचिवालयमा पठाई अर्को एक प्रति सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोग वा केन्द्रीय निकायमा राख्नुपर्नेछ । कार्यसम्पादन मूल्यांकन गर्ने प्रत्येक निकायले तोकिएको अवधिभित्र आफूले मूल्यांकन गरेको फाराम पेस गर्नुपर्ने निकायमा पठाएको नामावलीसहितको सूचना सात दिनभित्र आफ्नो कार्यालयको सूचना पाटीमा प्रकाशन गर्नुपर्नेछ ।
(६क) प्रत्येक निजामती कर्मचारीले आफ्नो कार्यसम्पादन मूल्यांकन फाराम भरी तोकिएको समयावधिभित्र सम्बन्धित कार्यालयमा दर्ता गर्नुपर्नेछ । त्यस्तो अवधिभित्र दर्ता गर्न नसकी सोको मनासिब कारणसहित म्याद थपको लागि सम्बन्धित कर्मचारीले निवेदन दिएमा र सुपरिवेक्षकले निवेदनमा उल्लेखित कारण मनासिब देखेमा तोकिएको समयावधि समाप्त भएको मितिले पन्ध्र दिनसम्मको म्याद थप गर्न सक्नेछ । त्यसरी थपिएको म्यादभित्र सोही आर्थिक वर्षभित्रै कार्यसम्पादन मूल्यांकन फाराम दर्ता हुन आएमा दर्ता भएको कार्यसम्पादन मूल्यांकन फाराममा मूल्यांकनबापत कुल प्राप्ताड्ढबाट पुनरावलोकन समितिले एक अंक घटाउनेछ ।
तर कार्यसम्पादन मूल्यांकन फाराम भर्ने समयावधिमा कुनै निजामती कर्मचारी वैदेशिक तालिम, गोष्ठी वा अध्ययन भ्रमण आदिमा काजमा जानुपर्ने अवस्था परेमा त्यसरी जानुभन्दा अगावै कार्यसम्पादन मूल्यांकन फाराम भरी सम्बन्धित कार्यालयमा दर्ता गराउनुपर्नेछ । त्यसरी दर्ता भएको कार्यसम्पादन मूल्यांकन फारामलाई निर्धारित समयमै दर्ता भएको मानी मूल्यांकन गर्नुपर्नेछ ।
(६ख) निजमती कर्मचारीले समयमा नै भरी दर्ता गरेको कार्यसम्पादन मूल्यांकन फाराम
तोकिएको अवधिभित्र मूल्यांकन नगर्ने पदाधिकारीलाई विभागीय कारबाही गरिनेछ ।
(६ग) प्रत्येक वर्ष गरिने वार्षिक कार्यसम्पादन मूल्यांकन पुनरावलोकन समितिबाट भइसकेपछि सम्बन्धित कर्मचारीले त्यस वर्ष प्राप्त गरेको कार्यसम्पादन मूल्यांकनको कुल अंक निजले निवेदन दिई माग गरेमा पुनरावलोकन समितिको सचिवालयले जानकारी दिनुपर्नेछ ।
तर पुनरावलोकन समितिले दिएको अंक जानकारी गराइने छैन ।
६घ) उपदफा (६ग) बमोजिम जानकारी लिएपछि सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्यांकन कुनै कर्मचारीलाई चित्त नबुझेमा सोको ठोस आधार र कारणसहित सात दिनभित्र तोकिएबमोजिमको अधिकारीसमक्ष उजुरी गर्न सक्नेछ । त्यसरी उजुरी गरेकोमा त्यस्तो अधिकारीले उजुरीउपर सम्बन्धित सुपरिवेक्षक र पुनरावलोकनकर्तासंग परामर्श गरी आवश्यक छानबिन गर्नेछ र आवश्यक देखिएमा त्यस्तो मूल्यांकन फाराममा प्राप्त अंक तोकिएबमोजिम संशोधन गर्न सक्नेछ ।
(७) वार्षिक रूपमा गरिने कार्य सम्पादन मूल्यांकनबापत सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले ९५ प्रतिशतभन्दा बढी वा ७५ प्रतिशतभन्दा कम अंक प्रदान गरेकोमा सोको स्पष्ट कारण खुलाउनुपर्छ र ७५ प्रतिशतभन्दा कम अंक दिएकोमा सम्बन्धित कर्मचारीलाई जानकारी गराई निजले प्रतिक्रिया दिएमा सो समेत राखी पुनरावलोकन समितिसमक्ष पेश
गर्नुपर्नेछ । कार्य सम्पादन मूल्यांकनमा पुनरावलोकन समितिलाई सुपरिवेक्षक वा पुनरावलोकनकर्ता वा दुवैको सो मूल्यांकन चित्त नबुझेमा सोको स्पष्ट कारणसमेत खुलाई फिर्ता पठाउन सक्नेछ । त्यसरी फिर्ता पठाएकोमा सम्बन्धित मूल्यांकनकर्ताले पुनः मूल्यांकन गरी वा पहिले गरेको मूल्यांकनमा संशोधन गर्न आवश्यक नभए सोकोऔचित्यपूर्ण कारण खुलाई पठाउनुपर्नेछ ।
(८) कार्यसम्पादन मूल्यांकनको प्रयोजनको निमित्त अंक गणना गर्दा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्य सम्पादन मूल्यांकन फारामको औसतबाट हिसाब गरिनेछ ।
तर, (१) अध्ययन वा तालिममा गएको वा निलम्बन भई निलम्बन फुकुवा भएकोमा निलम्बन अवधिको कार्यसम्पादन मूल्यांकबापत त्यस्तो अध्ययन वा तालिममा जानुभन्दा वा निलम्बन हुनुभन्दा तत्काल अघिको कार्यसम्पादन मूल्यांकन भएमा सोही वर्षको र त्यस्तो कार्यसम्पादन मूल्यांकन नभएमा हाजिर भएपछि भरेको
कार्यसम्पादन मूल्यांकनमा जति अंक पाएको छ सोही अनुपातमा नै अंक गणना गरिनेछ ।
(२) असाधारण बिदामा बसेको अवधिलाई कटाएर मात्रै सम्भाव्य उम्मेदवारीको हिसाब गरिनेछ र त्यस्तो बिदा अवधिको कार्यसम्पादन मूल्यांकन फाराम भरिने छैन । असाधारण बिदामा बसेको कर्मचारीको कार्यसम्पादनमूल्यांकनको प्रयोजनको निमित्त अंक गणना गर्दा असाधारण बिदामा बसेको अवधि कटाई सोभन्दा अगाडि वा पछाडिका वर्षहरूका बढुवाको लागि आवश्यक पर्ने अवधिको कार्यसम्पादन मूल्यांकनबापतको अंक गणना गरिनेछ ।
(९) ………
(१०) कार्यसम्पादन मूल्यांकनसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

२४ख. ज्येष्ठताको मूल्यांकनः निजामती कर्मचारीलाई ज्येष्ठताबापतको अंक प्रदान गर्दा हाल बहाल रहेको देहायबमोजिमको श्रेणीमा काम गरेबापत देहायको दरले बढीमा तीस अंक प्रदान गरिनेछ

(क) राजपत्र अनंकित तृतीय र द्वितीय श्रेणीका पदमा काम गरेबापत प्रत्येक वर्षको अंक ३.७५ को दरले,
(ख) राजपत्र अनंकित प्रथम श्रेणीको पदमा काम गरेबापत प्रत्येक वर्षको अंक ३ को दरले,
(ग) राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको पदमा काम गरेबापत प्रत्येक वर्षको अंक २.५ को दरले ।
तर,
(१) ज्येष्ठताबापत अंक गणना गर्दा एक वर्षभन्दा बढी चानचुन महिना वा दिनको लागि दामासाहीको हिसाबले अंक दिइनेछ ।
(२) यस दफाको प्रयोजनको लागि गयल भएको वा असाधारण बिदामा बसेको अवधिको अंक दिइने छैन ।
२४ग. भौगोलिक क्षेत्रको विभाजनः (१) निजामती कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको अंक प्रदान गर्दा देशको विभिन्न भौगोलिक क्षेत्रलाई क्रमशः “क”, “ख”, “ग” र “घ” चार वर्गमा विभाजन गरी देहायबमोजिमको पदमा तीमध्ये एक वा एकभन्दा बढी वर्गमा काम गरेको अनुभवबापत सोह्र अंकमा नबढ्ने गरी देहायबमोजिम अंक दिइनेछः–
(क) राजपत्र अनंकित तृतीय र द्वितीय श्रेणीको पदमा,–
(१) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ४.०० का दरले,
(२) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ३.२५ का दरले,
(३) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.५० का दरले,
(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.०० का दरले ।
(ख) राजपत्र अनंकित प्रथम श्रेणीको पदमा,–
(१) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ४.०० का दरले,
(२) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ३.२५ का दरले,
(३) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.५० का दरले,
(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक १.५० का दरले ।
(ग) राजपत्रांकित तृतीय र द्वितीय श्रेणीको पदमा,–
(१) “क” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ४.०० का दरले,
(२) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक ३.२५ का दरले,
(३) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक २.५० का दरले,
(४) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षको लागि अंक १.२५ का दरले ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो दफा प्रारम्भ हुँदाका बखत कुनै कर्मचारीले भौगोलिक क्षेत्रबापत प्राप्त गरिसकेको अंक घट्ने छैन ।
(३) उपदफा (१) को प्रयोजनको लागि विभिन्न भौगोलिक क्षेत्रहरूको विवरण तोकिएबमोजिम हुनेछ ।
(४) कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा दुई सय तेत्तीस दिन रुजु हाजिर नभई सो भौगोलिक क्षेत्रको अंक पाइने छैन । दुई सय तेत्तीस दिनभन्दा बढी अवधिको लागि दामासाहीको दरले सोही भौगोलिक क्षेत्रको र सोभन्दा कम अवधिको लागि जुनसुकै भौगोलिक क्षेत्रमा काम गरेको भए पनि “घ” वर्गसरहको अंक दिइनेछ । भौगोलिक क्षेत्रमा काम गरेबापत पाउने अंक जुन श्रेणीमा बढुवा हुने हो सो श्रेणीभन्दा एक श्रेणी मुनिको पदमा प्राप्त गरेको भए मात्र गणना
गरिनेछ ।
(५) विदेशस्थित नेपाली कूटनैतिक नियोग वा अन्य कुनै कार्यालयमा काम गर्ने कर्मचारीलाई “घ” वर्गसरहको र अध्ययन बिदा तथा वैदेशिक तालिममा काजमा जाने निजामती कर्मचारीलाई “घ” वर्गको लागि तोकिएको अंकको आधा अंक दिइनेछ ।

२४घ. शैक्षिक योग्यता र तालिमको मूल्यांकनः (१) निजामती कर्मचारीलाई शैक्षिक योग्यताको अंक दिँदा निजामती सेवाको कुनै पदमा प्रवेश गर्न आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता बापत एकमुष्ठ नौ अंक र सेवा प्रवेशको निमित्त तोकिएको न्यूनतम शैक्षिक योग्यताभन्दा माथिको सेवा, समूह वा उप–समूहसँग सम्बन्धित विषयको एक अतिरिक्त शैक्षिक उपाधिबापत एकमुष्ट तीन अंक दिइनेछ । सेवा प्रवेश गर्न आवश्यक न्यूनतम शैक्षिक योग्यताभन्दा माथिल्लो शैक्षिक उपाधि मात्र पाएको अवस्थामा पनि सोही बराबरको दुवै अंक दिइनेछ ।
(२) ……..
३) दफा ७ को उपदफा (१) को खण्ड (छ) र (ज) बमोजिम खुल्ला प्रतियोगिताद्वारा पूर्ति हुने राजपत्रांकित द्वितीय र प्रथम श्रेणीको पदको निमित्त निर्धारित न्यूनतम शैक्षिक योग्यताबाहेक राजपत्रांकित द्वितीय श्रेणीभन्दा माथिको पदमा बढुवाको लागि पनि राजपत्रांकित तृतीय श्रेणीको सेवा प्रवेशको लागि निर्धारित न्यूनतम शैक्षिक योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।
(४) ………
(५) सेवाकालीन तालिमबापत प्रथम श्रेणीको लागि २ अंक, द्वितीय श्रेणीको लागि
१.७५ अंक र तृतीय श्रेणीको लागि १.५ अंक प्रदान गरिनेछ ।
(६) निजामती कर्मचारीलाई तालिमको अंक दिंदा एक महिना वा सोभन्दा बढी अवधिको सेवासंग सम्बन्धित विषयको सेवाकालीन तालिमबापत अंक दिइनेछ । तालिमको अंक गणना गर्दा जुन श्रेणीमा छँदा तालिमको लागि मनोनयन भएको हो सो अंक सोही श्रेणीको लागि मात्र गणना गरिनेछ ।
स्पष्टीकरण:-

 “एक महिनाको तालिम” भन्नाले तीस कार्य दिन वा सोभन्दा बढी अवधिको सेवासंग सम्बन्धित तालिमलाई जनाउनेछ ।
(७) निजामती कर्मचारीले शैक्षिक योग्यता र सेवाकालीन तालिमबापतको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्नेछ । सो पेश नगरेमा त्यसबापत अंक दिइने छैन ।
(८) निजामती कर्मचारीले बढुवा प्रयोजनको लागि दरखास्तसंग पेस गरेको शैक्षिक योग्यता सो सेवा, समूह, उपसमूहसंग सम्बन्धित हो वा होइन भन्ने सम्बन्धमा तोकिएबमोजिमको सम्बद्धता निर्धारण समितिले निर्णय गरेबमोजिम हुनेछ । बढुवा प्रयोजनको लागि दरखास्तसंग पेस गरेको शैक्षिक योग्यताको सम्बद्धता निर्धारण बढुवा समितिको बैठक बस्नुभन्दा अगाडिको मितिसम्म भएमा त्यस्तो शैक्षिक योग्यताको अंक बढुवाको लागि गणना गरिनेछ ।
(९) यस दफाको अधीनमा रही तालिम दिने संस्था र तालिमको स्तरसम्बन्धी व्यवस्था सेवा, समूह वा उपसमूहसञ्चालन गर्ने मन्त्रालयसंग समन्वय गरी सामान्य प्रशासन मन्त्रालयले तोकेबमोजिम हुनेछ ।
२४घ१. ……………………
२४घ१क.जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनद्वारा हुने बढुवा :- (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा समितिले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको लागि सिफारिस गर्दा बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सबैभन्दा बढी सेवा अवधि भएका उम्मेदवारलाई देहाय बमोजिमको आधारमा बढुवा सिफारिस गर्नेछ ः–
(क) बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा अवधि आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कन औसतमा पन्चानब्बे प्रतिशत वा सोभन्दा बढी अङ्क प्राप्त गरेको,

(ख) राजपत्र अनङ्किकत प्रथम श्रेणीको पदको लागि कम्तीमा एस.एल.सी. वा सो सरहको शैक्षिक योग्यता भएको,
(१) राजपत्राङ्किक द्वितीय श्रेणी वा सो भन्दा माथिको पदको लागि सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा कम्तीमा स्नातक तह वा सो सरहको तथा राजपत्राङ्किक तृतीय श्रेणीको पदको लागि सम्बन्धित सेवा, समूह वा उप–समूहसँग सम्बन्धित विषयमा कम्तीमा प्रमाणपत्र तह वा सो सरहको शैक्षिक योग्यता भएको,
(२) बढुवा हुने पदभन्दा एक श्रेणी मुनिको पदमा सम्बन्धित सेवा, समूह वा उपसमूहसँग सम्बन्धित विषयमा एक महिना वा सोभन्दा बढीको सवाकालीन तालिम लिएको,
तर भौगोलिक क्षेत्रमा काम गरे बापत पूरा अङ्क प्राप्त गरेको सम्भाव्य उम्मेदवार नभएमा वा छुट्याइएको रिक्त पदमा सम्भाव्य उम्मेदवार नपुग हुने अवस्था भएमा त्यस्तो पदमा भौगोलिक क्षेत्रमा
काम गरे बापत पूरा अङ्क प्राप्त नगरेको कर्मचारीलाई पनि सम्भाव्य उम्मेदवार कायम गरी बढुवा गरिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बढुवा समितिले दफा ७ को उपदफा (१) को खण्ड (घ) बमोजिमको जेष्ठता र कार्यसम्पादन मूल्याङ्कनको आधारमा बढुवाको लागि सिफारिस गर्दा देहायको आधारमा बढुवाको सिफारिस गर्नेछ –
(क) पछिल्लो तीन वर्षको कार्यसम्पादन मूल्याङ्कनको औसतमा पन्चानब्बे प्रतिशत वा सो भन्दा बढी अंक प्राप्त गरेको,
(ख) सम्बन्धित सेवा, समूह वा उपसमूहको राजपत्र अनङ्कित द्वितीय श्रेणीको लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता हासिल गरेको, र
(ग) श्रेणी विहिन पदमा वा राजपत्र अनङ्कित पाँचौं श्रेणीको पदमा आवद्ध भएका उम्मेदवारलाई श्रेणी विहिन पदमा गरेको सेवा अवधि समेत गणना गरी कम्तीमा कुल सेवा अवधि बीस वर्ष पूरा भएका उम्मेदवारहरु मध्ये सबैभन्दा बढी सेवा अवधि भएको ।
(३) उपदफा (१) को खण्ड (ग) को उपखण्ड (३) को प्रतिबन्धात्मक वाक्यांश बमोजिमका सम्भाव्य उम्मेदवार बढुवा भएमा त्यस्तो कर्मचारीको जेष्ठता सोही उपदफा बमोजिम बढुवा हुने अन्य कर्मचारी भन्दा पछि हुने गरी कायम गरिनेछ ।
(४) यस ऐन बमोजिम बढुवा गर्दा यस दफा बमोजिम गरिने बढुवाको कारवाही सम्पन्न गरी सिफारिस गरेपछि कार्यक्षमताको मूल्याङ्कनद्वारा गरिने बढुवाको सिफारिस गर्नु पर्नेछ ।

२४घ१ख.कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका कर्मचारीको समायोजन सम्बन्धी
व्यवस्था :- (१) यो दफा प्रारम्भ हुनु भन्दा अघि कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा -भएकाकर्मचारीहरुको समायोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले यो -दफा प्रारम्भभएको मितिले एक महिनाभित्र सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगमा पुल दरवन्दी सिर्जना गरी त्यसरी बढुवा भएका तथा हुने कर्मचारीहरुलाई त्यस्तो दरवन्दीमा समायोजन पदस्थापना गर्नेछ ।
(२) यो दफा प्रारम्भ हुनु भन्दा अगावै कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान भई बढुवा नियुक्ति पाउन बाँकी रहेको तथा यो दफा प्रारम्भ भएको मितिले एक वर्षभित्र कार्यसम्पादन तथाअनुभवको मूल्याङ्कनद्वारा हुने बढुवाको लागि दरखास्त आह्वान भई बढुवा हुने कर्मचारीहरुको समायोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगमा पुल दरवन्दी सिर्जना गरी त्यसरी बढुवा भएका तथा हुने कर्मचारीहरुलाई त्यस्तो दरवन्दीमा समायोजन पदस्थापन गर्नेछ ।
(३) उपदफा (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि यसरी बढुवा भएका तथा हुने कर्मचारीहरु निजामती सेवाको दरवन्दी नरहेको निकायमा कार्यरत रहेको भएमा त्यस्तो कर्मचारीको दरवन्दी भएको निकायमा पुल दरवन्दी सिर्जना गरी त्यस्तो दरवन्दीमा समायोजन पदस्थापन गर्नु पर्नेछ ।
(४) उपदफा (१), (२) र (३) बमोजिम समायोजन पदस्थापन भएपछि निजहरु बढुवा हुनु भन्दा अगाडि बहाल रहेको पद स्वतः खारेज हुनेछ ।
(५) उपदफा (१), (२) र (३) बमोजिम समायोजन पदस्थापन भएको दुई महिनाभित्र
सम्बन्धित मन्त्रालय, सचिवालय वा आयोगले साविकको संगठन संरचना र दरवन्दीको पुनरावलोकन गरी कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका तथा हुने कर्मचारीहरुको समायोजनको लागि आवश्यक पर्ने दरवन्दीको स्तर उन्नति र थप दरवन्दीको यकिन गरी स्वीकृतिको लागि सामान्य प्रशासन मन्त्रालयमा पठाउनु पर्नेछ । यसरी पठाइने विवरणमा साविकको दरवन्दी, कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएकोतथा हुने कर्मचारीको विवरण तथा पुनःसंरचना गरी समायोजन गर्न सकिने दरवन्दीको विवरण खुलाइ पठाउनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको विवरण प्राप्त भए पछि सामान्य प्रशासन मन्त्रालयले सोको विश्लेषण गरी उपयुक्त ठहराएको दरवन्दी एक महिनाभित्र स्वीकृत गर्नेछ ।
(७) उपदफा (६) बमोजिम दरवन्दी स्वीकृत भएपछि संशोधित दरवन्दी विवरण निजामती कितावखानाबाट अद्यावधिक गराउनु पर्नेछ ।
(८) उपदफा (७) बमोजिम निजामती कितावखानाबाट दरवन्दी विवरण अद्यावधिक भए पछि उपदफा (६) बमोजिम स्वीकृत भएको दरवन्दीमा सेवा, समूह तथा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले उपदफा (९) बमोजिम तयार गरिएको योग्यताक्रम सूची मध्ये माथिल्लो योग्यताक्रममा पर्ने कर्मचारीहरुको रुची तथा चाहनाको प्राथमिकताक्रम निर्धारण गर्न लगाई पदस्थापन गर्नेछ ।
(९) उपदफा (८) को प्रयोजनको लागि सेवा, समूह वा उपसमूह सञ्चालन गर्ने मन्त्रालयले सम्बन्धित सेवा, समूह वा उपसमूहका कार्यसम्पादन तथा अनुभवको मूल्याङ्कनद्वारा बढुवा भएका कर्मचारीहरुको योग्यताक्रम सूची तयार गरी राख्नु पर्नेछ । यसरी योग्यताक्रमको सूची तयार गर्दा देहायको आधारमा तयार गर्नु पर्नेछ ः–
(क) हाल बहाल रहेको श्रेणीको पदमा ज्येष्ठता लागू भएको मितिको आधारमा,
(ख) खण्ड (क) बमोजिम ज्येष्ठता नछुट्टिएमा एक श्रेणी मुनिको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,
(ग) खण्ड (क) र (ख) मा उल्लिखित आधारबाट ज्येष्ठता नछुट्टिएमा एक श्रेणी मुनिको पदको लागि लोक सेवा आयोग वा बढुवा समितिको सिफारिसको योग्यताक्रमको आधारमा,
(घ) खण्ड (क), (ख) र (ग) बमोजिम ज्येष्ठता नछुट्टिएमा उमेरको ज्येष्ठताको आधारमा ।
(१०) उपदफा (८) बमोजिम पदस्थापन भएपछि त्यस्तो पुल दरवन्दी स्वतः खारेज हुनेछ ।
(११) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१), (२) र (३)
बमोजिम पुल दरवन्दीमा रहेका कर्मचारीहरु उपदफा (८) बमोजिम पदस्थापन नभई अन्यत्र सरुवा हुने छैन ।
(१२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (८) बमोजिम पदस्थापन भएको कार्यालयमा दफा १८ को उपदफा (३) बमोजिमको अवधि पूरा नभई कुनै पनि
कर्मचारीलाई अन्यत्र सरुवा गरिने तथा काज खटाइने छैन ।
तर, नेपाल सरकारबाट थप आर्थिक सहायता लिएका, नेपाल सरकारद्धारा गठित
मेडिकल वोर्डले बिरामी भनी सिफारिश गरेका, अपाङ्गताको “क” र “ख” बर्गको प्रमाणपत्र प्राप्त गरेका, स्थानीय निकाय लगायत दुर्गमस्थानमा पदस्थापन भै जान चाहने कर्मचारीहरु, कडा किसिमका रोग लागेका कर्मचारीहरु, पति वा पत्नीको कडा रोगमा उपचार गराई सुगम स्थानमा बसिरहेका कर्मचारीहरु, बिशेक्ष् परिस्थितिजन्य अवस्थाका कर्मचारीहरु, आसौच वारेका, गर्भवती र घरायसी कारणबाट अन्यत्र जान नसक्ने महिला, अवकाश हुन दुई बर्ष वा सो भन्दा कम समय वाँकी रहेका कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयको सहमति लिई यस दफा बमोजिमको रिक्त पदमा सरुवा गर्न वा काजमा खटाउन वाधा पर्ने छैन ।

(१३) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिम हुने समायोजन पदस्थापनले यस दफा बमोजिम सिर्जना भएको पद बाहेक अन्य रिक्त पदमा दफा ७ को उपदफा (१) बमोजिम पदपूर्ति गर्ने व्यवस्थामा कुनै प्रतिकूल असर पु¥याउने छैन ।”
२४घ२. श्रेणीविहीन कर्मचारीको स्तर वृद्धिसम्बन्धी व्यवस्था ः (१) श्रेणीविहीन पदहरूको स्तर
देहायबमोजिम हुनेछ –
(क) प्रथमस्तर
(ख) द्वितीयस्तर
(ग) तृतीयस्तर
(घ) चतुर्थस्तर 
(ङ) पाँचौं स्तर
(२) श्रेणीविहीन पदमा सुरु नियुक्ति हुने निजामती कर्मचारीको प्रथमस्तर कायम हुनेछ ।
(३) दफा १८ङ. बमोजिम सजायको अभिलेख नभएको श्रेणीविहीन कर्मचारीको अख्तियारवालाले देहायबमोजिम स्तर वृद्धि गर्नेछः–
(क) पाँच वर्ष वा सोभन्दा बढी तर दस वर्षभन्दा कम सेवा अवधि भएकोलाई द्वितीयस्तर,
(ख) दस वर्ष वा सोभन्दा बढी तर पन्ध्र वर्षभन्दा कम सेवा अवधि भएकोलाई तृतीयस्तर,
(ग) पन्ध्र वर्ष वा सोभन्दा बढी तर बीस वर्षभन्दा कम सेवा अवधि भएकोलाई चतुर्थस्तर ।
(घ) बीस वर्ष वा सोभन्दा बढी सेवा अवधि भएकोलाई पाँचौंस्तर ।
(४) उपदफा (३) को स्तरबमोजिमको तलबमान नेपाल सरकारले तोकेबमोजिम हुनेछ ।
(५) स्तर वृद्धिसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

२४ङ. वैयक्तिक विवरण राख्नुपर्नेः (१) आफू बहाल रहेको कार्यालयमा कार्यरत निजामती कर्मचारीको वैयक्तिक विवरण दुरुस्त राख्ने जिम्मेवारी सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखको हुनेछ । आफ्नो व्यक्तिगत विवरण अद्यावधिक गर्ने गराउने दायित्व सम्बन्धित कर्मचारीको हुनेछ । (२) बढुवाको लागि सम्भाव्य उम्मेदवार भइसकेका निजामती कर्मचारीले सरकारी काम वा अध्ययन वा काजको सिलसिलामा विदेशमा रही वा दैवी विपत्ती वा काबु बाहिरको परिस्थिति परी दरखास्त फाराम पेस गर्न नसकेमा बढुवा सूचनाको म्यादभित्र सम्बन्धित विभागीय प्रमुख वा कार्यालय प्रमुखले त्यस्तो कर्मचारीको विवरण बढुवा सूचना प्रकाशन गर्ने कार्यालयमा
पठाउनुपर्नेछ । यसरी पठाइएको विवरणलाई आधार मानी बढुवा समितिले बढुवाको कारबाही टु‍ङ्गो लगाउनेछ ।
(३) कुनै उम्मेदवारले बढुवाको दरखास्त फाराम भर्दा झुठ्ठा विवरण पेस गरेको व्यहोरा प्रमाणित भएमा निजलाई विभागीय सजाय गरिनेछ ।
२४च. बढुवाको उजुरीः (१) दफा २० बमोजिम बढुवा समितिले गरेको बढुवाको सिफारिसमा चित्त नबुझ्ने सम्बन्धित निजामती कर्मचारीले त्यस्तो सिफारिस गरेको मितिले पैंतीस दिनभित्र लोकसेवा आयोगमा उजुरी दिन सक्नेछ र त्यसरी परेको उजुरीमा उजुरी गर्ने म्याद नाघेको मितिले साठी दिनभित्र टुंगो लगाइनेछ ।
(२) उपदफा (१) बमोजिम पर्न आएका उजुरी टुंगो लागेपछि पहिले प्रकाशित बढुवा नामावलीमा संशोधन गर्नुपर्ने भएमा उजुरी सुन्ने अधिकारीले सोको सूचना बढुवा समितिलाई दिनुपर्नेछ ।
(३) उपदफा (१) बमोजिम उजुरी छानबिन गर्दा जानी–जानी त्रुटिपूर्ण मूल्यांकन गरेको देखिएमा लोकसेवा आयोगले मूल्यांकनकर्तालाई चेतावानी दिन सक्नेछ ।
(४) उपदफा (१) बमोजिम पर्न आएको उजुरी झुठ्ठा ठहरिएमा उजुरीपछि हुने बढुवामा
त्यस्तो उजुरीकर्ताको पहिलोपटकको उजुरी भए २ अंक र दोस्रोपटकको उजुरी भए ३ अंक
काटिनेछ ।
(५) उपदफा (३) वा (४) बमोजिम भएको कारबाहीको सूचना सम्बन्धित कर्मचारीलगायत बढुवा समितिको सचिवालय र सम्बन्धित कर्मचारी कार्यरत रहेको कार्यालयमा
पठाउनुपर्नेछ ।
(६) बढुवाको उजुरीसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

२५. बढुवाको शर्तमा परिवर्तन ः दफा २१, २२, २४, २४क, २४ख, २४ग., २४घ. वा सो अन्तर्गत
बनेका नियमहरूमा कुनै संशोधन गर्दा त्यस्तो संशोधन भएको एक वर्षपछिको मितिदेखि मात्र
लागू हुने गरी व्यवस्था गरिनेछ ।

२६. सेवा, समूह वा उपसमूह परिवर्तनः नेपाल सरकारलाई निजामती सेवाको कुनै सेवा, समूह वा उपसमूहको कुनै श्रेणीको कुनै विशेष योग्यता भएको कर्मचारीको आवश्यकता परी सो सेवा, समूह वा उपसमूहभित्रैबाट सरुवा वा बढुवाद्वारा पूर्ति गर्न नसकिने भई अन्य निजामती सेवा, समूह वा उपसमूहबाट सेवा परिवर्तन गरी पदपूर्ति गर्नुपर्ने भएमा नेपाल सरकारले सोको माग गरी लोकसेवा आयोगमा पठाउनुपर्नेछ । लोकसेवा आयोगबाट प्रकाशितविज्ञापनमा तोकिएको योग्यता भएका समान श्रेणीका निजामती कर्मचारीहरूको बीचमा प्रतिस्पर्धात्मक परीक्षाको माध्यमबाट छनौट भएका निजामती कर्मचारीको नेपाल सरकारले सेवा, समूह वा उपसमूह
परिवर्तन गर्नेछ ।
तर नेपाल सरकारको कुनै निकायको निजामती सेवाको कुनै पद आवश्यक नभई दरबन्दी कटौती भएको र सो कटौती भएको सेवा समूह, उपसमूह र श्रेणीको पद अन्य कुनै पनि निकायमा रिक्त नरहेको तथा एक वर्षसम्म पनि रिक्त हुन नआई त्यस्तो दरबन्दीमा कार्यरत कर्मचारीलाई अर्को सेवा, समूह वा उपसमूह परिवर्तन गर्नुपर्ने भएमा नेपाल सरकारले लोकसेवा आयोगको परामर्श लिई अन्य सेवा समूह वा उपसमूहमा समूहीकृत गर्न यो दफामा उल्लिखित 
कुनै कुराले बाधा पुर्याएको मानिने छैन ।