परिच्छेद– ६ अवकाश, उपदान र निवृत्तभरण

परिच्छेद– ६ अवकाश, उपदान र निवृत्तभरण

३३. अनिवार्य अवकाशः (१) अन्ठाउन्न वर्ष उमेर पूरा भएको वा दफा १७ बमोजिमको पदावधि पूरा भएको निजामती कर्मचारीले निजामती सेवाबाट स्वतः अवकाश पाउनेछ ।
(२) उपदफा (१) लागू हुनुअघि ३० वर्ष सेवा अवधि पुगी म्याद थप भई निजामती सेवामा बहाल रहेका निजामती कर्मचारीहरू पनि ५८ वर्ष उमेर पूरा नहुन्जेलसम्म निजामती सेवामा बहाल रहन सक्नेछन् ।
तर दफा १७ बमोजिम पदावधि तोकिएका निजामती कर्मचारीको हकमा सोही दफाबमोजिम हुनेछ ।
(३) यस दफाको प्रयोजनको लागि निजामती कर्मचारीको उमेर सेवामा प्रवेश गर्दा निजले पेस गरेको शिक्षण संस्थाको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा नागरिकताको प्रमाणपत्रमा किटिएको जन्म दिन वा वर्षबाट हुन आएको उमेर वा निजले भरेको वैयक्तिक नोकरी विवरण (सिटरोल) मा लेखिदिएको जन्ममिति वा वर्षबाट हुन आएको उमेरमध्ये जुन उमेरबाट निज पहिले अवकाश हुन्छ सोही आधारमा गणना गरिनेछ ।

३४. अवकाश दिन सक्नेः नेपाल सरकारले देहायका अवस्थामा कुनै पनि निजामती कर्मचारीलाई सेवाबाट अवकाश दिन सक्नेछः–

(क) कुनै निजामती कर्मचारीले आफ्नो जिम्मामा रहेको वा आफूले कुनै तरिकाबाट प्राप्त गरेको सरकारी गोप्य कागजात, लिखत वा जानकारी कुनै अनधिकृत व्यक्ति वा निकायलाई दिएमा वा दिने प्रयास गरेको कुरा प्रमाणित भएमा,
(ख) कुनै निजामती कर्मचारीले राष्ट्रिय हित विपरीत कुनै विदेशी राष्ट्र, संस्था वा नागरिकसंग अवाञ्छित सम्पर्क कायम गरी आफ्नो ओहदाको मर्यादा विपरीत गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको कुरा प्रमाणित भएमा ।
३४क. असमर्थ कर्मचारीको सम्बन्धमा विशेष व्यवस्थाः कुनै निजामती कर्मचारी शारीरिक वा मानसिक रोगको कारणबाट नियमित रूपमा सेवा गर्न असमर्थ छ भनी नेपाल सरकारले गठन गरेको मेडिकल बोर्डबाट प्रमाणित भई आएमा नेपाल सरकारले निजलाई निजको सेवा अवधिमा बढीमा सात वर्ष सेवा अवधि थप गरी अवकाश दिन सक्नेछ ।

३५. स्वेच्छिक अवकाशः (१) निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पूरा भएका निजामती कर्मचारीले नेपाल सरकारद्वारा नेपाल राजपत्रमा प्रकाशित सूचनामा तोकिएको अवधिभित्र सोही सूचनामा उल्लिखित सर्तमा स्वेच्छिक अवकाश लिन सक्नेछ । यसरी स्वेच्छिक अवकाश लिने कर्मचारीमध्ये सम्वत् २०४९ साल कार्तिक २१ गतेभन्दा अघि निजामती सेवामा प्रवेश गर्नेको
हकमा साठी वर्ष उमेर ननाघ्ने गरी र सो मिति र सोभन्दा पछि निजामती सेवामा प्रवेश गर्नेको हकमा अन्ठाउन्न वर्ष उमेर ननाघ्ने गरी बढीमा सात वर्षसम्म सेवा अवधि थप गरी निवृत्तिभरणको लागि जम्मा सेवा अवधि कायम गरिनेछ ।
तर दरबन्दी मिलान हुन नसकी फाजिलमा परेको वा नेपाल सरकारलाई आवश्यक नभएका पदमा कार्यरत कर्मचारीको हकमा छुट्टै सुविधा र सर्त तोकी नेपाल राजपत्रमा सूचना प्रकाशन गरी स्वेच्छिक अवकाशको लागि निवेदन माग गर्न सकिनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने अवस्था र उमेरको हद पचास वर्ष पुगेको कर्मचारीले स्वेच्छिक अवकाश लिन चाहेमा यस ऐनबमोजिम एक श्रेणी माथिको पदमा दफा २०क. बमोजिम बढुवा पाउने भएमा एक श्रेणी माथिको पदमा बढुवा
गरी दफा ३७ को उपदफा (३) को सेवा अवधि पूरा भएको भए सो सुविधासमेत पाउने गरी स्वेच्छिक अवकाश लिन सक्नेछ ।

३६. उपदानः (१) पाँच वर्ष वा सोभन्दा बढी सेवा गरेको तर निवृत्तभरण पाउने अवधि नपुगेको निजामती कर्मचारीले अवकाश पाएमा वा राजीनामा स्वीकृत गराई पदबाट अलग भएमा वा भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिने गरी पदबाट हटाइएमा देहायको दरले उपदान पाउनेछः–
(क) पाँच वर्षदेखि दश वर्षसम्म सेवा गरेको निजामती कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी आधा महिनाको तलब,
(ख) दश वर्षभन्दा बढी पन्ध्र वर्षसम्म सेवा गरेको निजामती कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी एक महिनाको तलब,
(ग) पन्ध्र वर्षभन्दा बढी बीस वर्षभन्दा कम सेवा गरेको निजामती कर्मचारीले आफूले काम गरेको प्रत्येक वर्षको निमित्त आखिरी डेढ महिनाको तलब ।
(२) ………………….

३७. निवृत्तभरणः (१) बीस वर्ष वा सोभन्दा बढी समयसम्म सरकारी सेवा गरेको निजामती कर्मचारीले देहायबमोजिमको हिसाबले मासिक निवृत्तभरण पाउनेछः– जम्मा सेवा वर्ष × आखिरी तलबको रकम /५०
……………… 
(१क) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सेवा प्रवेशको लागि अधिकतम उमेर चालीस वर्ष तोकिएको वर्ग र पदमा नियुक्त भएका कर्मचारीहरू र दफा १० को उपदफा (२) बमोजिम उम्मेदवार भई नियुक्त भएका कर्मचारीहरू उमेरका कारण अनिवार्य अवकाश हुँदा निजको सेवा अवधि निवृत्तभरण पाउन सक्ने अवस्था रहेनछ भने त्यस्तो निजामती कर्मचारीलाई बढीमा दुई वर्षसम्म सेवा अवधि थप गरी निवृत्तभरण प्रदान गर्न सकिनेछ ।
तर यो उपदफा प्रारम्भ हुनुभन्दा अगाडि सेवा निवृत्त भइसकेका कर्मचारीको हकमा यो व्यवस्था लागू हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरणको न्यूनतम रकम समान पदको बहालवाला निजामती कर्मचारीको तलबको शुरु अंकको आधाभन्दा कम र अधिकतम समान पदको बहालवाला निजामती कर्मचारीको तलबको शुरु स्केलभन्दा बढी हुने
छैन ।
(३) सम्वत् २०४९ साल कार्तिक २१ गतेभन्दा अघिदेखि निजामती सेवामा बहाल रहेको कर्मचारीले ३० वर्ष सेवा अवधि पूरा गरिसकेको भए स्वेच्छाले सेवाबाट अवकाश लिन सक्नेछ । यसरी स्वेच्छाले सेवाबाट अवकाश लिएको वा सम्वत् २०४९ साल कार्तिक २१ गतेभन्दा अघिदेखि निजामती सेवामा बहाल भई ५८ वर्ष उमेर पूरा भएको कारणबाट दफा ३३ बमोजिम
स्वतः अवकाश प्राप्त गरेको निजामती कर्मचारीको उमेर साठी वर्ष पूरा हुन जति अवधि बाँकी छ सो अवधि थप गरी निजको जम्मा सेवा अवधि कायम गरिनेछ ।
(४) पन्ध्र वर्ष सेवा अवधि पूरा गरेको कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको सेवा अवधिमा बढीमा पाँच वर्ष अवधि थप गरी निजको परिवारलाई निवृत्तिभरण वा उपदान जुन लिन चाहन्छ सो रोजेर लिन दिइनेछ ।
(५) कुनै सरकारी पदमा अघि गरेको सेवाबापत निवृत्तभरण पाइरहेको व्यक्ति पछि
निजामती पदमा नियुक्त भएमा निजले पछि गरेको सेवा अवधिमा अघि गरेको सेवा अवधि जोडी यस दफाबमोजिम निवृत्तभरण लिन पाउनेछ ।

३७क. सेवा अवधि गणना हुने ः प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ को उपदफा (१४) बमोजिम स्थायी नियुक्ति पाएको निजामती कर्मचारीले यो दफा प्रारम्भ भएको
मितिले साठी दिनभित्र निजले निजामती सेवाको स्थायी नियुक्ति लिनुभन्दा अघि गरेको विकास तर्फ पदमा निरन्तर रुपमा गरेको सेवा अवधि जोडाउन निवेदन दिएमा त्यस्तो सेवा अवधिको शतप्रतिशत सेवा अवधि निवृत्तभरण वा उपदानको प्रयोजनको लागि हालको सेवा अवधिमा गणना गरिनेछ ।

३८. निवृत्तभरणमा वृद्धिः बहालवाला निजामती कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अंकमा जति
वृद्धि भएको छ त्यसको दुई तिहाई रकम समान पदका निवृत्त निजामती कर्मचारीहरूको
निवृत्तभरण रकममा पनि थप गरिनेछ ।
तर दफा ३९ख. बमोजिम निवृत्तभरण पाउने निजामती कर्मचारीको हकमा यो प्रावधान
लागू हुने छैन ।
३९. पारिवारिक निवृत्तभरण र उपदानः (१) कुनै निजामती कर्मचारीको सेवामा छ“दै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भएमा निजको परिवारलाई वा निजको नाबालक भाइ वा अविवाहिता दिदी बहिनीलाई दफा ३६ वा ३७ मा लेखिएबमोजिम उपदान वा निवृत्तभरण प्राप्त हुनेछ ।
तर निवृत्तभरणको हकमा यस्तो निवृत्तभरण सात वर्षभन्दा बढी समय प्राप्त हुने छैन । निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दैमा मृत्यु भएको निजामती कर्मचारीको परिवारलाई सात वर्ष पुगेपछि निवृत्तभरण प्राप्त हुने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि निवृत्तभरण पाउने व्यक्ति नाबालक रहेछ भने निज बालिग नभएसम्म त्यस्तो निवृत्तभरण पाउनेछ ।
(३) निजामती कर्मचारीको विधूर पति वा विधवा पत्नीले निजको पति वा पत्नी सेवामा छँदै वा निवृत्तभरण पाउन थालेको सात वर्ष नपुग्दै मृत्यु भई उपदफा (१) बमोजिम पारिवारिक निवृत्तभरण पाउने भएमा सो निवृत्तभरण पाउने अवधि भुक्तान भएको मितिदेखि र त्यस्तो निवृत्तभरण नपाउने भएमा वा निजको पति वा पत्नीले निवृत्तभरण पाउन थालेको सात वर्ष व्यतित भइसकेपछि मृत्यु भएकोमा निज कर्मचारीको मृत्यु भएको मितिदेखि जीवनभर निजले
पाउने निवृत्तभरणको आधा रकम पाउनेछ ।
तर त्यस्तो विधुर पति वा विधवा पत्नीले अर्को विवाह गरेमा निजले त्यस्तो निवृत्तभरण सुविधा पाउने छैन ।
(३क) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजामती कर्मचारीको निवृत्तभरण पाइरहेको विधुर पति वा विधवा पत्नीको मृत्यु भएमा वा निजले अर्को विवाह गरेमा त्यस्तो निजामती कर्मचारीको नाबालिग सन्तानले बालिग नभएसम्म त्यस्तो निवृत्तभरणको रकम
तोकिएबमोजिम पाउनेछ ।
(४) बहालवाला निजामती कर्मचारीको तलब वृद्धि हुँदा तलबको शुरु अंकमा जति वृद्धि
भएको छ, त्यसको दुई तिहाई रकम उपदफा (१), (२) र (३) अनुसार पारिवारिक निवृत्तभरण
पाइरहेका व्यक्तिले खाइपाई आएको पारिवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।
(५) कुनै निजामती कर्मचारीको यस ऐनबमोजिम पाउने कुनै रकम लिन नपाउँदै मृत्यु भएमा सो रकम निजको परिवारको सदस्यहरूमध्ये यस ऐनबमोजिम निजको निवृत्तभरण वा उपदान पाउने ठहरिएको व्यक्तिले लिन पाउनेछ  (६) निवृत्तभरण वा उपदान दिंदा मृत निजामती कर्मचारीले आफ्नो परिवारको सदस्यमध्येमा वा आफ्नो नाबालक भाइ वा अविवाहिता दिदी बहिनी कसैलाई इच्छाएको रहेछ भने सो व्यक्तिलाई र कुनै कारणले सो व्यक्तिले पाउन नसक्ने अवस्था भएमा वा कसैलाई पनि नइच्छाएको भएमा सो कर्मचारीको परिवारको सदस्यमध्ये नेपाल सरकारले उचित ठह¥याएको व्यक्तिलाई दिइनेछ ।

३९क. बेपत्ता भएको कर्मचारीको निवृत्तभरण र उपदानः (१) निजामती सेवामा रही काम गरेको कुनै कर्मचारी हराई बेपत्ता भई तोकिएको अवधिसम्म मरे बाँचेको पत्ता नलागेमा त्यस्तो कर्मचारीले दफा ३६ वा ३७ बमोजिम पाउने उपदान वा निवृत्तभरणको रकम निजको परिवारलाई दिइनेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ३७ बमोजिम निवृत्तभरण लिन पाउने व्यक्ति निवृत्तभरण लिन नपाउँदै बेपत्ता भएमा सात वर्षसम्म र निवृत्तभरण पाउन थालेपछि बेपत्ता भएमा सात वर्ष पुग्न बाँकी अवधिसम्म निजको परिवारलाई निवृत्तभरणको पूरै रकम र सो अवधिपछि पति वा पत्नीलाई आजीवन निवृत्तभरणको आधा रकम
पारिवारिक निवृत्तभरण दिइनेछ ।
(३) बेपत्ता भएको कर्मचारी पछि फेला परेमा दफा ३६ बमोजिमको उपदान भुक्तानी दिई नसकेको भए सो उपदान वा दफा ३७ बमोजिम पाउने निवृत्तभरणको रकम निजले दाबी गर्न आएको मितिदेखि निजलाई नै दिइनेछ ।
तर उपदफा (१) वा (२) बमोजिम भुक्तानी दिइसकेको उपदान, निवृत्तभरण वा पारिवारिक निवृत्तभरण रकममा पछि फेला परेको व्यक्तिले दाबी गर्न पाउने छैन ।

३९ख. उपदान र निवृत्तभरणसम्बन्धी विशेष व्यवस्था :- (१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेको मितिभन्दा पछि नियुक्त हुने निजामती कर्मचारीलाई उपदान तथा निवृत्तभरण दिने प्रयोजनका लागि नेपाल सरकारले छुट्टै उपदान तथा निवृत्तभरण कोष खडा गर्नेछ र त्यस्ता कर्मचारीहरूको मासिक तलबबाट दस प्रतिशतका दरले रकम कट्टी गरी सो रकममा नेपाल सरकारले मासिक तलबको दस प्रतिशत बराबरको रकम थप गरी हुन आउने रकम सो कोषमा जम्मा गरिदिनेछ ।
(२) दफा ३२ को उपदफा (१क), दफा ३४क., ३५, ३६, ३७, ३८, ३९ र ३९क. का उपदान तथा निवृत्तभरणसम्बन्धी प्रावधान उपदफा (१) बमोजिमको सूचना प्रकाशन भएपछि नियुक्त हुने कर्मचारीहरूको हकमा लागू हुने छैनन् ।
(३) उपदफा (१) बमोजिम मासिक तलबबाट कट्टा भए बराबरको रकम नेपाल सरकारले त्यस्तो कर्मचारीलाई तलब भुक्तानी गर्दाको बखत उपलब्ध गराउनेछ ।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि दफा ५९ को खण्ड (ख) को उपखण्ड (२) बमोजिम भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका निजामती कर्मचारीले उक्त कोषमा निजको तलबबाट कट्टी गरिएको कुल रकम र सोबापत पाकेको ब्याज तथा मुनाफासमेत एकमुष्ट लिन पाउनेछ ।
(५) उपदफा (१) बमोजिम खडा भएको उपदान तथा निवृत्तभरण कोषमा जम्मा हुने रकमको व्यवस्थापन, सञ्चालन, कोष कट्टी गर्ने प्रक्रिया, उपदान तथा निवृत्तभरण प्रयोजनको लागि कोष कट्टी रकमको भुक्तानी तथा कोष कट्टीसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।

३९ग. पारिवारिक निवृत्तभरणसम्बन्धी विशेष व्यवस्था :- (१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि नेपाल सरकारले खटाएको कार्यसम्पादन गर्ने सिलसिलामा द्वन्द्वको कारणले कुनै निजामती कर्मचारीको मृत्यु भएमा त्यस्तो कर्मचारीको पदावधि बीस वर्षभन्दा कम रहेछ भने बाँकी अवधि थप गरी निजको पति वा पत्नीलाई आजीवन यस ऐनबमोजिमको निवृत्तभरण दिइनेछ ।
(२) उपदफा (१) बमोजिमको निवृत्तभरण प्राप्त गर्ने व्यक्तिले दफा ३९ बमोजिमको पारिवारिक निवृत्तभरण वा उपदान पाउने छैन ।
(३) यस दफाबमोजिम निवृत्तभरण पाउने व्यक्तिले अर्को विवाह गरेमा निजले त्यस्तो निवृत्तभरण पाउने छैन ।
(४) बहालवाला निजामती कर्मचारीको तलब वृद्धि हुँदा तलबको सुरु अंकमा जति वृद्धि भएको छ त्यसको दुई तिहाइ रकम यस दफाअनुसार निवृत्तभरण पाइरहेका व्यक्तिले खाइपाई आएको पारिवारिक निवृत्तभरण रकममा पनि थप गरिनेछ ।
(५) यस दफाबमोजिम निवृत्तभरण पाइरहेको व्यक्तिको मृत्यु भएमा वा निजले अर्को विवाह गरेमा त्यस्तो निवृत्तभरणको रकम मृतक कर्मचारीको नाबालक छोराछोरी भए त्यस्ता छोराछोरीले बालिग नभएसम्म तोकिएबमोजिम पाउने छन् ।

३९घ. विशेष आर्थिक सुविधा ः निजामती कर्मचारीको सेवामा छँदै मृत्यु भएमा निजको परिवारलाई एक लाख पचास हजार रुपैयाँ एकमुष्ट प्रदान गरिनेछ ।

४०. तलबको उल्लेखः (१) यस परिच्छेद र परिच्छेद ५ मा जहाँ जहाँ तलबको उल्लेख भएको छ त्यसले सम्बन्धित निजामती कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धिसमेत) लाई जनाउनेछ । (२) दफा ३६ र ३७ को प्रयोजनको लागि “आखिरी तलब” भन्नाले सम्बन्धित कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थाको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै निजामती कर्मचारी असाधारण बिदा वा निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पूरै तलबको हिसाब गरिनेछ ।

४०क. बिमा सुविधासम्बन्धी व्यवस्था ः (१) निजामती कर्मचारीको बिमाबापत नेपाल सरकारले एउटा सावधिक जीवन बिमा कोष स्थापना गर्नेछ ।
(२) प्रत्येक निजामती कर्मचारीको मासिक तलबबाट दुई सय रुपैयाँ कट्टा गरी उपदफा
(१) बमोजिमको कोषमा जम्मा गरिनेछ र त्यति नै रकम नेपाल सरकारले थप गरी बिमांक रकम एक लाख रुपैयाँको बीसवर्षे सावधिक जीवन बिमा गरिदिनेछ । सो बिमा कोषमा जम्मा भएको रकममध्येबाट कर्मचारी सेवा निवृत्त हुँदा निजलाई बिमांक रकम र बोनस भुक्तानी दिइनेछ ।
(३) उपदफा (२) बमोजिम रकम कट्टा गर्न सुरु गरेको बीस वर्ष अवधि नपुगी कुनै निजामती कर्मचारीको मृत्यु भएमा निजको परिवारले एक लाख रुपैयाँ पाउनेछ । कुनै निजामती कर्मचारी सेवाबाट अनिवार्य अवकाश भएमा देहायबमोजिमको रकम प्रदान गरिनेछ –
(क) एक वर्षभन्दा कम अवधिको रकम कट्टी गरिएको भएमा दस हजार रुपैयाँ,
(ख) एक वर्षदेखि पाँच वर्षसम्म रकम कट्टी गरिएको भएमा पच्चीस हजार रुपैयाँ,
(ग) पाँच वर्षदेखि दस वर्षसम्म रकम कट्टी गरिएको भएमा पचास हजार रुपैयाँ,
(घ) दस वर्षदेखि पन्ध्र वर्षसम्म रकम कट्टी गरिएको भएमा पचहत्तर हजार रुपैयाँ,
(ङ) बीस वर्षसम्म रकम कट्टी गरिएको भएमा एक लाख रुपैयाँ ।
तर निजले जम्मा गरेको रकम र सोको ब्याज लाभांश रकम उल्लिखित रकमभन्दा बढी हुन आएमा सोही बराबरको रकम उक्त कोषबाट प्रदान गरिनेछ ।
(४) कुनै निजामती कर्मचारीले उपदफा (२) बमोजिम रकम जम्मा गर्न सुरु गरेको बीस वर्ष नपुगी अनिवार्य अवकाश भएको अवस्थामा बाहेक अन्य जुनसुकै किसिमबाट सेवाबाट अलग भएमा त्यस्तो कर्मचारीलाई समर्पण मूल्य बराबरको रकम उपलब्ध गराइनेछ ।
(५) उपदफा (२) र (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि निजामती सेवाबाट अवकाश हुने कर्मचारीले सावधिक जीवन बिमाबापत जम्मा गरेको रकम बीस वर्ष वा सोभन्दा कम अवधिमा परिपक्व हुने गरी निरन्तरता दिन सक्नेछ ।
तर सोबापत नेपाल सरकारले कुनै रकम व्यहोर्ने छैन ।
(६) सावधिक जीवन बिमा कोषसम्बन्धी अन्य व्यवस्था तोकिएबमोजिम हुनेछ ।
४०ख. अध्ययन, तालिम वा अध्ययन भ्रमणसम्बन्धी व्यवस्थाः (१) सम्बन्धित मन्त्रालय, आयोग वा सचिवालयले आफ्नो मातहतका कर्मचारीलाई अध्ययन, तालिम वा अध्ययन भ्रमणमा पठाउनको लागि प्रत्येक वर्ष सो सम्बन्धी विवरण तयार गरी सामान्य प्रशासन मन्त्रालयमा पठाउनुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम विवरण प्राप्त भएपछि सामान्य प्रशासन मन्त्रालयले अध्ययन, तालिम वा अध्ययन भ्रमणको लागि विषयगत आधारमा संख्या किटान गरी त्यसको विवरण राष्ट्रिय योजना आयोगमा पठाउनुपर्नेछ ।
(३) नेपाल सरकारको नाममा राष्ट्रिय योजना आयोग र अन्य सरकारी निकायमा प्राप्त भएका अध्ययन, तालिम वा अध्ययन भ्रमण सम्वन्धी अवसर नेपाल ब्यवस्थापिका–संसद सेवा, नेपाल स्वास्थ्य सेवा लगायत सवै सेवालाई न्यायिक तवरले वाँडफाँड गर्न देहाय बमोजिमको
समिति रहने छ –
(क) नेपाल सरकारको मुख्य सचिव – अध्यक्ष
(ख) अर्थ मन्त्रालयको सचिव – सदस्य
(ग) कानून, न्याय, सविधानसभा तथा संसदीय 
मामिला मन्त्रालयको सचिव – सदस्य
(घ) राष्ट्रिय योजना आयोगको सचिव – सदस्य
(ङ) सामान्य प्रशासन मन्त्रालयको सचिव – सदस्य सचिव
(३क) उपदफा (३) बमोजिम प्राप्त अध्ययन तालिम वा अध्ययन भ्रमण सम्वन्धी अवसर वाँडफाँड सम्वन्धमा भएको काम कारवाही सम्वन्धी बार्षिक प्रतिवेदन ब्यवस्थापिका संसदको राज्य ब्यवस्था समिति समक्ष पेश गर्नुपर्नेछ ।
(४) उपदफा (३) बमोजिमको समितिको निर्णयानुसारको अवसरहरूको वितरण सामान्य प्रशासन मन्त्रालयले गर्नेछ ।
(४क) यस दफा बमोजिम बैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारीले त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण सम्पन्न गरेपछि सो सम्वन्धी प्रतिवेदन तयार गरि आफ्नो कार्यालयमा पेश गर्नुपर्नेछ ।
(५) अध्ययन, तालिम वा अध्ययन भ्रमणमा मनोनयन गर्ने सम्बन्धी आधारहरू तोकिएबमोजिम हुनेछन् ।

४०ग. अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्नुपर्ने अवधिः नेपाल सरकारको मनोनयनमा अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमणमा जाने निजामती कर्मचारीले त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि अध्ययन, तालिम वा अध्ययन भ्रमणमा जानुभन्दा अघि कार्यरत रहेको मन्त्रालय वा कार्यालयमा यस ऐनको अधीनमा रही देहायबमोजिमको अवधिसम्म अनिवार्य रूपले सेवा गर्नुपर्नेछः–
अध्ययन, तालिम वा अध्ययन भ्रमणको अवधि सेवा गर्नुपर्ने न्यूनतम अवधि
(क) तीन महिनासम्म एक वर्ष
(ख) तीन महिनादेखि छ महिनासम्म डेढ वर्ष
(ग) छ महिनादेखि नौ महिनासम्म दुई वर्ष
(घ) नौ महिनादेखि एक वर्षसम्म तीन वर्ष
(ङ) एक वर्षदेखि दुई वर्षसम्म चार वर्ष
(च) दुई वर्षदेखि तीन वर्षसम्म पा“च वर्ष
(छ) तीन वर्षदेखि चार वर्षसम्म सात वर्ष
(ज) चार वर्षदेखि पा“च वर्षसम्म आठ वर्ष

४०घ. कबुलियत गर्नुपर्नेः (१) कुनै पनि निजामती कर्मचारीले सरकारी मनोनयनमा अध्ययन गर्न, तालिम लिन वा अध्ययन भ्रमण गर्न जानुभन्दा अघि त्यस्तो अध्ययन, तालिम वा अधययन भ्रमण पूरा गरी फर्केर आई दफा ४०ग. बमोजिमको सेवा गर्ने कबुलियत गर्नुपर्नेछ ।
(२) उपदफा (१) बमोजिम सरकारी मनोनयनमा गएका निजामती कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्न नआएमा वा दफा ४०ग. बमोजिम गर्नुपर्ने सेवा अवधि पूरा नगरेमा त्यस्तो कर्मचारीबाट अध्ययन, तालिम वा अध्ययन भ्रमण अवधिभर निजले पाएको तलब,भत्ता निजले प्राप्त गरेको छात्रवृत्ति रकम तथा कबुलियतमा उल्लेख भएका अन्य रकमहरूसमेत तोकिएको अवधिभित्र नबुझाएमा सरकारी बा“ कीसरह असुलउपर गरिनेछ ।
(३) अख्तियारवालाको पूर्वस्वीकृति लिई निजी प्रयासमा गएका निजामती कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि अध्ययन, तालिम वा अध्ययन भ्रमणमा व्यतीत गरेको अवधि बराबर सेवा गर्ने कबुलियत गर्नुपर्नेछ ।
(४) उपदफा (१) र (३) बमोजिम अध्ययन गर्न गएका निजामती कर्मचारीले अध्ययन,
तालिम वा अध्ययन भ्रमण पूरा गरेपछि सेवा गर्न नआएमा वा सेवा अवधि पूरा नगरेमा त्यस्ता कर्मचारीको अध्ययन, तालिम वा अध्ययन भ्रमणको अवधि निजको सेवा अवधिमा गणना गरिने
छैन ।
(५) यस दफामा अन्यत्र जुनसुकै कुरा लेखिए तापनि अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारी अनिवार्य अवकाश भएको वा मृत्यु भएको कारणले दफा ४०ग. बमोजिमको सेवा अवधि पूरा गर्न नसकेमा निज वा निजको परिवारबाट कुनै रकम असुलउपर गरिने छैन ।