नेपालको संविधान २०१९

नेपालको संविधान २०१९

 

– (तेस्रो संशोधन समेत मिलाइएको रुपमा)

स्वस्तिश्री गिरिराजचक्रचूडामणि नरनारायणेत्यादि विविध विरुदावली विराजमान मानोन्नत महेन्दमालापरम नेपालप्रतापभास्कर ओजस्विराजन्य परम गौरवमय तेजस्वी त्रिभुवनप्रजातन्त्र श्रीपद परम उज्ज्वलकीर्तिमय नेपालश्रीपद परम प्रोज्ज्वल नेपालतारा परम पवित्र ॐरामपट्ट परम ज्योतिर्मय सुविख्यातत्रिशक्तिपट्ट परम सुप्रसिद्ध प्रबल गोरखा दक्षिणबाहु परमाधिपति अतिरथी परम सेनाधिपति श्री श्री श्रीश्री श्रीमन्महाराजाधिराज महेन्द्र वीर बिक्रम शाहदेव देवानाम् सदा समरविजयिनाम् ।

प्रस्तावना

नेपाल अधिराज्य र नेपाली जनताको सर्वोत्तम हित र समुन्नतिको निमित्त लोक सम्मतिकोअनुकूल शासन व्यवस्था चलाउनु वाञ्छनीय भएको र त्यस्तो व्यवस्था जनजावनमा आधारित, राष्ट्रियप्रतिभा र परम्परा सुहाउँदो, तलैदेखि उठी सम्पूर्ण जनताको क्रियाशील सहयोग पाउने रविकेन्द्रीकरणको सिद्धान्तलाई अंगाल्ने दलविहिन प्रजातान्त्रिक पञ्चायत प्रणालीद्वारा मात्र सम्भव छ भन्नेहाम्रो दृढ विश्वास भएको ; रप्यारा प्रजाको सुख र समृद्धि ने सदैव हाम्रो एक मात्र लक्ष्य भई सो लक्ष्य प्राप्त गर्नको लागि हामिबाट दृढसंकल्प गरिबक्सेकोलेनेपाल अधिराज्यको निमित्त एक संविधान बनाई जारी गर्नु वाञ्छनीय हँुदा हाम्रा महान् तथाआदरणीय पूर्वजहरुका पालादेखि नै चलिआएको हाम्रा मुलुकको संवैधानिक कानून, रीत र परम्पराअनुसार हामीमा अन्तर्निहित राजकीय सत्ता र विशेषाधिकार प्रयोग गरिबक्सी हामी श्री ५महाराजाधिराज महेन्द्र वीर विक्रम शाहदेवबाट यो संविधान बनाई जारी गरीबक्सेका छौं ।