अनुसूची ८१
अनुसूची ८१
(नियम १८६, १८८ र १८९ संग सम्बन्धित)
स्थानीय निकायका पदाधिकारी तथा सदस्यहरु र कर्मचारीहरुले जिल्ला बाहिर भ्रमण गर्दा दैनिक भत्ता एवं होटल बास खर्च वापत पाउने अधिकतम दर
१. पदाधिकारी सम्बन्धी ः
(ख) भ्रमण खर्च ः हवाई जहाज, रेल, बस आदि सवारी साधनको बिल अनुसारको रकम ।
(ग) जिल्ला बाहिर भ्रमण गर्दा पदाधिकारी र कर्मचारीहरुलाई होटल बास खर्च वापत, पदाधिकारी र कर्मचारीहरुलाई माथि सि.नं. १ र २ मा उल्लेखित दैनिक भत्ताको दरमा नबढ्ने गरी बढीमा सात दिन सम्मको वास खर्च वापतको रकम भुक्तानी दिन सकिने छ । आठौं दिनदेखि एक्काइसौं दिन सम्म दैनिक भत्ताको रकम पचास प्रतिशत र होटल बास खर्चको रकम पच्चीस प्रतिशत मात्र पाउनेछ ।
(घ) जिल्ला भित्र ५ कोश भन्दा वाहिर रात विताउने गरी भ्रमण गर्दा पदाधिकारी र कर्मचारीहरुले सि.नं. १ र २ मा तोकिएको दैनिक भत्ताको दरको ३÷४ नबढ्ने गरी परिषद्ले स्वीकृत गरेको दरमा दैनिक भत्ता तथा तोकिएको दरको आधा रकममा नवढ्ने गरी वढीमा सात दिन सम्मका लागि होटल बास खर्च वापत पाउने छन् तर स्थानीय निकायका पदाधिकारीले आफ्नो वसोवास भएको क्षेत्रको भ्रमण गर्दा भने दैनिक भत्ता र वास खर्च पाउने छैनन् ।
(ङ) जिल्ला वाहिर भ्रमण गर्ने पदाधिकारी र कर्मचारी भ्रमणबाट फर्केको दिन सि.नं. १ र २ का पदाधिकारी र कर्मचारीलाई तोकिएको दैनिक भत्ताको आधा रकम भुक्तानी पाउनेछन् ।
(च) सरकारी कामको सिलसिलामा भ्रमणमा रही दैनिक भ्रमण भत्ता उपभोग गर्ने पदाधिकारी वा कर्मचारीले दैनिक भत्ता उपभोग गरेको अवधिभर फिल्ड भत्ता, बैठक भत्ता, तालिम भत्ता, स्थानीय भत्ता वा अन्य कुनै किसिमको भत्ता पाउने छैन तर प्रचलित कानून बमोजिम अन्य छुट्टै भत्ता पाउने व्यवस्था भएकोमा यस नियम बमोजिमको भत्ता पाउने छैन ।
(छ) सरकारी कामको सिलसिलामा भ्रमण गर्दा खण्ड (ग) बमोजिमको वास खर्च अन्तर्गत कर प्रयोजनको लागि दर्ता भएको होटेलको विल पेश गर्नु पर्नेछ तर निम्न जिल्लाहरुमा यस्तो विल प्राप्त हुन नसक्ने अवस्था भएमा पेश गरिएको होटेल विल भन्दा वढी नहुने गरी यस नियम बमोजिम पाउने होटेल बास खर्चको पचास प्रतिशत रकम मात्र दिईनेछ ।
द्रष्टव्य ः
(१) कार्यालयको मोटर प्रयोग गरेकोमा हुने इन्धन खर्च इन्धन बजेटबाट ब्यहोर्नु पर्नेछ ।
(२) जिल्ला भित्रको हकमा भ्रमण वा अनुगमन प्रतिवेदन अनिवार्य रुपमा लिएर मात्र दैनिक भत्ता दिनु पर्नेछ ।
(३) सभापति, प्रमुख र अध्यक्ष तथा सदस्यले के के उद्देश्य र नतिजाको लागि भ्रमणमा गएको हो सो को विवरण ३÷३ महिनामा समीक्षाका लागि सम्बन्धित बोर्डमा अनिवार्य रुपमा पेश गर्नु पर्नेछ ।
(४) सरकारी खर्चमा सात दिन भन्दा वढी विदेश भ्रमण गर्दा आठौं दिनदेखि यस अनुसूचीको सि.नं. ३ बमोजिम पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम मात्र पाउनेछ ।
(५) सरकारी खर्चमा विदेश भ्रमण गर्दा बाटाको हवाई यात्रामा रात विताएको अवधिभर यस अनुसूचीको सि.नं. ३ बमोजिम पाउने दैनिक भत्ताको पचास प्रतिशत रकम मात्र पाउने छ ।
द्रष्टव्य ः
भारतको चेन्नाई, हैदरावाद, बैंगलोर, मुम्वई, दिल्ली, कोलकाता र व·लादेशको ढाका र चटगाउ“ बाहेक अन्य स्थानमा रात बिताउनु पर्दा माथि उल्लिखित दरको पचास प्रतिशत रकम मात्र दिइनेछ ।