परिच्छेद–४

परिच्छेद–४

परिच्छेद–४
बढुवा सम्बन्धी व्यवस्था

२६. बढुवा ः (१) नियम ९ बमोजिम प्रतिशत निर्धारण भई बढुवाद्वारा पदपूर्ति गर्न लेखी आएको मितिले तीन महिनाभित्र बढुवा समितिले पद पूर्ति गरिसक्नु पर्नेछ ।
(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी हवल्दार र प्रहरी सहायक निरीक्षकको रिक्त पदमा बढुवाद्वारा पूर्ति गर्ने प्रयोजनको लागि पूर्ति गरिने रिक्त पदको जेष्ठताको आधारमा तीन गुणा बढी सम्भाव्य उम्मेद्वारहरु कायम हुने गरी नियम ४३ बमोजिमको बढुवा समितिको सचिवालयले बढुवा प्रकृया अघि बढाउनु पर्ने छ ।

(३) उपनियम (२) बमोजिम सम्भाव्य उम्मेदवारहरु कायम गर्दा सम्वन्धित ब्याच र खास मिति सम्म नियुक्ति भएका त्यस्ता प्रहरी कर्मचारीहरु तीन गुणा भन्दा बढी हुने अवस्था आए सो हदसम्म त्यस्ता प्रहरी कर्मचारीहरुलाई बढुवाको लागि सम्भाव्य उम्मेदवार कायम गर्न बाधा पर्ने छैन ।

२७. बढुवा समिति ः (१) प्रहरी सेवाको देहायको पदमा बढुवाका लागि सिफारिस गर्न देहाय बमोजिमका बढुवा समितिहरु रहनेछन् ः–
(क) प्रहरी अतिरिक्त महानिरीक्षक पदका लागि ः–
(१) सचिव, मन्त्रालय – अध्यक्ष
(२) सचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय – सदस्य
(३) प्रहरी महानिरीक्षक – सदस्य–सचिव
(ख) प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षक पदका लागि ः–
(१) सचिव, मन्त्रालय – अध्यक्ष
(२) प्रहरी महानिरीक्षक – सदस्य
(३) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक –सदस्य–सचिव
(ग) प्रहरी उपरीक्षक, प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदका लागि ः–
(१) प्रहरी महानिरीक्षक – अध्यक्ष
(२) सहसचिव, मन्त्रालय – सदस्य
(३) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक –सदस्य–सचिव
(घ) प्रहरी नायव निरीक्षक पदका लागि ः–
(१) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक – अध्यक्ष
(२) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – सदस्य
(३) प्रहरी नायव उपरीक्षक – सदस्य–सचिव
(ङ) प्रहरी सहायक निरीक्षक पदका लागि ः–
(१) प्रहरी वरिष्ठ उपरीक्षक वा प्रहरी उपरीक्षक – अध्यक्ष
(२) प्रहरी उपरीक्षक वा प्रहरी नायव उपरीक्षक – सदस्य
(३) प्रहरी नायव उपरीक्षक – सदस्य—सचिव
(च) प्रहरी हवल्दार पदका लागि ः–
(१) प्रहरी नायव उपरीक्षक – अध्यक्ष
(२) प्रहरी निरीक्षक – सदस्य
(३) प्रहरी नायव निरीक्षक –सदस्य–सचिव

(२) बढुवा समितिमा रहेका प्रहरी पदाधिकारी वा निजामती कर्मचारीको नजिकको नातेदार बढुवाको लागि सम्भाव्य उम्मेदवार रहेछ र त्यस्तो उम्मेदवारको बढुवा सिफारिस गर्नु पर्ने भएमा प्रहरी पदाधिकारीको हकमा प्रहरी महानिरीक्षकले र निजामती कर्मचारीको हकमा मन्त्रालयको सचिवले त्यस्तो पदाधिकारीको सट्टा समान तहको अर्को पदाधिकारीलाई बढुवा समितिमा काम गर्ने गरीे तोक्नेछ ।

स्पष्टीकरण ः यस उपनियमको प्रयोजनका लागि “नजिकको नातेदार” भन्नाले बाबु, आमा, सौतेनी आमा, पति, पत्नी, छोरा, छोराबुहारी, छोरी, छोरीज्वाइँ, दाजु, भाउजू, भाइ, भाइबुहारी, दिदी, भिनाजु, बहिनी, बहिनीज्वाइँ, नाती, नातिनीबुहारी, नातिनी, नातिनीज्वाइँ, भान्जा, भान्जीबुहारी, भान्जी, भान्जीज्वाइँ, भतिजा, भतिजाबुहारी, भतिजी, भतिजी ज्वाइँ, सासू, ससुरा, देवर, देउरानी, नन्द, आमाजु, जेठाजु, जेठानी, जेठान, साला, साली सम्झनु पर्छ ।

(३) बढुवा समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारहरूमध्ये सबैभन्दा बढी अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीलाई बढुवाका लागि पहिला सिफारिस गर्नु पर्नेछ ।
(४) बढुवा समितिले बढुवाका लागि सिफारिस गरेको प्रहरी कर्मचारीको नामावली र निजले प्राप्त गरेको कुल प्राप्ताङ्क सहितको सिफारिस सूची सम्बन्धित सबैको जानकारीका लागि प्रकाशित गर्नु पर्नेछ ।

(५) ऐन र यस नियमावलीको अधीनमा रही वढुवा समितिले बढुवाको सिफारिस गर्ने प्रयोजनको लागि आवश्यक सिद्धान्त र कार्यविधि तय गरी लागू गर्न सक्नेछ ।

२८. बढुवाका लागि उम्मेदवार हुन चाहिने सेवा अवधि ः (१) प्रहरी सेवाको रिक्त पदमा बढुवाद्वारा पदपूर्ति हुने पदको उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिकोे पदमा देहाय बमोजिमको न्यूनतम सेवा अवधि पूरा भएको हुनु पर्नेछ ः–

(क) प्रहरी सेवाको राजपत्राङ्कित अधिकृत पदका लागि चार वर्ष,
(ख) प्रहरी सेवाको राजपत्रअनंङ्कित पदबाट राजपत्राङ्कित अधिकृत पदमा बढुवा हुनका लागि आठ वर्र्ष
(ग) राजपत्रअनंङ्कित पदका लागि चार वर्ष

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी नायव महानिरीक्षक र सो भन्दा माथिल्लो पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद लाग्ने छैन ।
(३) नियम २९ को उपनियम (४) बमोजिमको शैक्षिक योग्यता नभए तापनि देहायको अवधि पुरा गरेको प्राविधिक प्रहरी समूहको प्रहरी कर्मचारी देहायको पदमा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्नेछ ः–
(क) प्रहरी नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा बढुवा हुन चौध वर्ष ।
(ख) प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा बढुवा हुन पन्ध्र वर्ष ।

(४) वढुवाको लागि न्यूनतम सेवा अवधि आवश्यक नपर्ने पदमा कार्यरत प्रहरी कर्मचारीको हकमा बहाल रहेको पदमा तीन वर्ष अवधि पुगेको भए पछिल्लो तीन वर्ष र तीन वर्ष अवधि नपुगेको भएमा बहाल रहेको पद भन्दा एक तह मुनिको पदमा कार्यरत रहेको नोकरी अवधि मध्ये पछिल्ला वर्षहरुको समेत गरी जम्मा तीन वर्षको कार्य सम्पादन मुल्यांकन वापत प्राप्त अङ्कको औसत अङ्क गणना गरिने छ ।

२९. बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन नपाउने ः

(१) नियम २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि
देहायको अवधिभर प्रहरी कर्मचारी बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैन ः–
(क) निलम्बन भएकोमा निलम्बन भएको अवधिभर,
(ख) बढुवा रोक्का गरिएकोमा सो अवधिभर,
(ग) तलब वृद्धि रोक्का भएकोमा सो रोक्का भएको अवधिभर,
(घ) तल्लो पदमा घटुवा भएकोमा सो भएको मितिले दुई वर्षसम्म,
(ङ) खाइपाई आएकोे तलबवृद्धि घटुवा भएको वा जेष्ठता सहितकोे शुरु स्केलमा घटुवा भएकोमा सो भएको मितिले एक वर्षसम्म,
(च) बहाल रहेको पदमा तीन पटकभन्दा बढी नसिहत पाएको भए अन्तिम पटक नसिहत पाएको मितिले एक वर्षसम्म,
(छ) पदमा पुनर्बहाली भएको प्रहरी कर्मचारीको हकमा पुनर्बहाली भएको मितिले एक वर्षसम्म ।

(२) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि खुल्ला प्रतियोगिताद्वारा नियुक्ति भएको जनपद प्रहरी समूहको हकमा प्रहरी हवल्दार, प्रहरी नायव निरीक्षक वा प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी समूहको हकमा प्रहरी हवल्दार देखि प्रहरी उपरीक्षक सम्मको पदमा बढुवाको लागि अनिवार्य आधारभूत तालीम पूरा नगरेसम्म बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन सक्ने छैन ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि यो नियमावली प्रारम्भ हुनु अगाडि समूह परिवर्तन गरेको कर्मचारीको हकमा त्यसरी समूह परिवर्तन भएको मितिले तीन वर्षसम्म र आफैंले निवेदन दिई सेवा परिवर्तन भएको भए त्यसरी सेवा परिवर्तन भएको मितिले चार वर्षसम्म बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन पाउने छैन ।

(४) यस नियमावलीमा उल्लेख भएकोमा सोही बमोजिम र उल्लेख नभएकोमा प्रहरी प्राविधिक समूह अन्तर्गतको स्वास्थ्य उपसमूहको पदमा वढुवाको लागि नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ र अन्य प्राविधिक प्रहरी पदमा बढुवाको लागि निजामती सेवा ऐन, २०४९ मा उल्लेख भए बमोजिमको समानस्तरको शैक्षिक योग्यता पूरा नगरेको प्रहरी कर्मचारी बढुवाको सम्भाव्य उम्मेदवार हुने छैन ।

तर प्रहरी प्राविधिक समूह अन्तर्गतको सङ्गीत, विधिविज्ञान वा यस उपनियममा उल्लेख नभएको अन्य प्राविधिक पदमा वढुवाको लागि आवश्यक पर्ने शैक्षिक योग्यता प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले निर्धारण गरे बमोजिम हुनेछ ।

३०. बढुवाका आधार ः\

(१) बढुवा समितिले प्रहरी कर्मचारीलाई कार्यक्षमता वापत पाएको कूल अङ्कको आधारमा बढुवाका लागि सिफारिस गर्नेछ ।
(२) उपनियम (१) बमोजिम कार्य क्षमताको मूल्याङ्कन गर्दा देहाय बमोजिम बढीमा एकसय अङ्क दिइनेछ ।
(क) कार्यसम्पादन मूल्याङ्कन वापत – ४० अङ्क
(ख) ज्येष्ठता वापत – २० अङ्क
(ग) भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापत – ८ अङ्क
(घ) शैक्षिक योग्यता वापत – १० अङ्क
(ङ) तालीम वापत – ७.५ अङ्क
(च) चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ५ अङ्क
(छ) विभूषण (मानपदवि, अलंकार तथा पदक) वापत – २ अङ्क
(ज) बढुवा समितिले दिने – ७.५ अङ्क


(३) सम्भाव्य उम्मेदवारको कार्य सम्पादन मूल्याङ्कन वापत अङ्क गणना गर्दा असार मसान्त सम्मको हिसाबले र अन्य अङ्कको गणना गर्दा वढुवाको बैठक बस्नु भन्दा अघिल्लो दिनसम्म हासिल गरेको अङ्क गणना गरिनेछ ।

३१. कार्यसम्पादन मूल्याङ्कन सम्बन्धी व्यवस्था ः (१) प्रहरी कर्मचारीको कार्यसम्पादनको मूल्याङ्कन गर्न अनुसूची–७ मा उल्लेख भए बमोजिमको ढाँचाको फाराम प्रयोग गरिनेछ ।

(२) प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन आर्थिक वर्षको हिसाबले वार्षिक रूपमा गर्न  पर्नेछ ।
(३) प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कनको कूल अङ्कको विभाजन देहाय बमोजिम हुनेछ ः–
(क) सुपरिवेक्षकले दिनसक्ने अधिकतम अङ्क – बीस
(ख) पुनरावलोकनकर्ताले दिन सक्ने अधिकतम अङ्क – दश
(ग) पुनरावलोकन समितिले दिन सक्ने अधिकतम अङ्क – दश
(४) महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखको हकमा उपनियम (३) को खण्ड (

क) बमोजिम सुपरिवेक्षकले दिने बीस अङ्कमा उपनियम (६) बमोजिमको सुपरिवेक्षक र सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले दिन सक्ने अधिकतम अङ्क क्रमशः बाह्र र आठ हुनेछ ।

(५) प्रहरी नायव निरीक्षक देखि प्रहरी अतिरिक्त महानिरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम वार्षिक रूपमा तीन प्रति तयार गरी एकप्रति मन्त्रालय, एक प्रति प्रहरी प्रधान कार्यालय र प्रहरी उपरीक्षकदेखि प्रहरी अतिरिक्त महानिरीक्षक दर्जासम्मको प्रहरी कर्मचारीको हकमा एक प्रति लोक सेवा आयोगमा र अन्य प्रहरी कर्मचारीको हकमा सम्बन्धित प्रहरी कार्यालयमा पठाउनु पर्नेछ । प्रहरी सहायक निरीक्षक र सोभन्दा मुनिको दर्जाको प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम दुई प्रति तयार गरी एक प्रति बढुवा समितिको सचिवालय रहने प्रहरी कार्यालयमा पठाउनु पर्नेछ र अर्को प्रति सम्बन्धित प्रहरी कार्यालयमा राखिनेछ ।

(६) उपनियम (५) मा जुनसुकै कुरा लेखिएको भए तापनि क्षेत्रीय प्रहरी प्रमुखले कार्य सम्पादन मूल्यांकन फारम भरी तीन÷तीन प्रति सम्बन्धित क्षेत्रीय प्रशासक र प्रहरी अतिरिक्त महानिरीक्षक समक्ष तथा महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखले सम्बन्धित प्रमुख जिल्ला अधिकारी र उपनियम (७) बमोजिमको सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।

(७) देहायका पदका प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन गर्नका लागि देहायका सुपरिवेक्षक तथा पुनरावलोकनकर्ता रहनेछन् ः–

 

तर महानगरीय प्रहरी परिसर प्रमुख र जिल्ला प्रहरी प्रमुखको हकमा सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले समेत उपनियम (४) को अधीनमा सुपरिवेक्षकको रुपमा कार्य सम्पादन मूल्याङ्कन गर्नेछ ।

(८) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीको सुपरिवेक्षक निज कार्यरत प्रहरी कार्यालयमा नभएको अवस्थामा निजको दैनिक कार्यमा रेखदेख एवं सुपरीवेक्षण गरिरहेको कार्यालयमा कार्यरत निजकोे सुपरिवेक्षकसँग समान दर्जाको अधिकृत वा सो दर्जाको अधिकृत नभए सोभन्दा एक तह माथिल्लो दर्जाको अधिकृतले त्यस्तो प्रहरी कर्मचारीको सुपरिवेक्षकको रुपमा अङ्क दिन बाधा पुगेको मानिने छैन ।

(९) उपनियम (७) बमोजिम पुनरावलोकनकर्ता हुने प्रहरी कर्मचारीले उपनियम (८) बमोजिम कुनै प्रहरी कर्मचारीको सुपरिवेक्षकको रुपमा अङ्क दिएमा त्यस्तो पुनरावलोकनकर्ता भन्दा एक तह माथिको दर्जाको अधिकृतले सम्बन्धित प्रहरी कर्मचारीको पुनरावलोकनकर्ता भई कार्य गर्नेछ । उदाहरणको लागि ः क्षेत्रीय प्रहरी कार्यालयहरूमा कार्यरत प्रहरी नायव उपरीक्षकको पुनरावलोकनकर्ता प्रहरी नायव महानिरीक्षकको सट्टा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव उपरीक्षक प्रमुख हुने जिल्ला प्रहरी कार्यालय, अञ्चल प्रहरी कार्यालय र क्षेत्रीय प्रहरी तालीम केन्द्रहरूमा कार्यरत प्रहरी निरीक्षकहरूको पुनरावलोकनकर्ता प्रहरी उपरीक्षकको सट्टा सम्बन्धित प्रहरी वरिष्ठ उपरीक्षक ।
(१०) प्रहरी जवान र प्रहरी हवल्दारको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ ः–
(क) प्रहरी उपरीक्षक – अध्यक्ष
(ख) प्रहरी नायव उपरीक्षक – सदस्य
(ग) प्रहरी निरीक्षक – सदस्य

(११) प्रहरी सहायक निरीक्षक र प्रहरी नायव निरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ ः–
(क) प्रहरी नायव महानिरीक्षक – अध्यक्ष
(ख) प्रहरी वरिष्ठ उपरीक्षक – सदस्य
(ग) प्रहरी उपरीक्षक – सदस्य

(१२) प्रहरी निरीक्षकदेखि प्रहरी उपरीक्षकसम्मको कार्य सम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ ः–

ज्ञ। प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी महानिरीक्षक मन्त्रालयका सचिव
द्द। प्रहरी नायव महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी महानिरीक्षक
घ। प्रहरी वरिष्ठ उपरीक्षक प्रहरी नायव महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक
द्ध। प्रहरी उपरीक्षक प्रहरी वरिष्ठ उपरीक्षक प्रहरी नायव महानिरीक्षक
छ। प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक प्रहरी नायव महानिरीक्षक
ट। प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षक प्रहरी उपरीक्षक
ठ। प्रहरी नायव निरीक्षक प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षक
ड। प्रहरी सहायक निरीक्षक प्रहरी निरीक्षक प्रहरी नायव उपरीक्षक
ढ। प्रहरी हवल्दार प्रहरी सहायक निरीक्षक प्रहरी निरीक्षक
ज्ञण्। प्रहरी जवान प्रहरी सहायक निरीक्षक प्रहरी निरीक्षक

(क) प्रहरी महानिरीक्षक – अध्यक्ष
(ख) प्रहरी महानिरीक्षकले तोकेको प्रहरी अतिरिक्त महानिरीक्षक वा प्रहरी नायव महानिरीक्षक – सदस्य
(ग) सहसचिव, मन्त्रालय (प्रहरी प्रशासन महाशाखा हेर्ने) – सदस्य

(१३) प्रहरी नायव महानिरीक्षक तथा प्रहरी वरिष्ठ उपरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ ः–
(क) सचिव, मन्त्रालय – अध्यक्ष
(ख) प्रहरी महानिरीक्षक – सदस्य
(ग) प्रहरी अतिरिक्त महानिरीक्षक (प्रहरी प्रधान कार्यालयका
मानवस्रोत विकास विभाग) – सदस्य

(१४) प्रहरी अतिरिक्त महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कनका लागि देहायको पुनरावलोकन समिति रहनेछ ः–
(क) सचिव, मन्त्रालय – अध्यक्ष
(ख) प्रहरी महानिरीक्षक – सदस्य

(१५) प्रहरी महानिरीक्षकको कार्यसम्पादन मूल्याङ्कन गर्दा सुपरिवेक्षक तथा पुनरावलोकनकर्ताको कार्य मन्त्रालयका सचिवले तथा पुनरावलोकन समितिको कार्य देहायको समितिले गर्नेछ ः–
(क) नेपाल सरकारका मुख्य सचिव – अध्यक्ष
(ख) मन्त्रालयका सचिव – सदस्य

(१६) बढुवाको प्रयोजनको लागि कार्यसम्पादनको मूल्याङ्कनको अङ्क गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको कार्यसम्पादन मूल्याङ्कन फारामको औसतबाट हिसाब गरिनेछ ।
तर,
(क) यस नियमावली बमोजिम कार्यसम्पादनको मूल्याङ्कन भएको अवस्था नरहेको र बढुवाको प्रयोजनको लागि कार्य सम्पादन बापतको अङ्क गणना गर्नु पर्ने भएमा प्रहरी नियमावली, २०४९ बमोजिम भरिएका पछिल्ला आर्थिक वर्षहरुका कार्य सम्पादन मूल्याङ्कन वापत हुन आएको एकमुष्ट अङ्कलाई पूर्णाङ्क चालीसमा परिणत गरी सोही बमोजिम प्राप्ताङ्क निर्धारण गरिनेछ ।

(ख) यस नियमावली बमोजिम बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम आवश्यक पर्ने हो त्यसको प्रयोजनको लागि पहिलो वर्षको लागि यस नियमावली बमोजिम भरिएको कार्य सम्पादन मूल्याङ्कनको अङ्क र अघिल्लो तीन वर्षको खण्ड (क) बमोजिम, दोश्रो बर्षको लागि पछिल्लो दुई वर्षको यस नियमावली बमोजिम भरिएको कार्य सम्पादन मूल्याङ्कनको अङ्क र अघिल्लो दुई बर्षको लागि खण्ड (क) बमोजिम, तेश्रो बर्षका लागि पछिल्लो तीन वर्षको यस नियमावली बमोजिम भरिएको कार्य सम्पादन
मूल्याङ्कनको अङ्क र अघिल्लो एक बर्षको लागि खण्ड (क) बमोजिमको औषत अङ्क गणना गरिनेछ ।

(ग) बढुवाको सम्भाव्य उम्मेदवार हुन चार वर्ष भन्दा बढी सेवा अवधि आवश्यक पर्ने पदको हकमा पछिल्लो चार वर्षको कार्य सम्पादन मूल्याङ्कन फारामको औसतबाट हिसाब गरिनेछ ।

(१७) वैदेशिक अध्ययन वा वैदेशिक तालीममा गएको वा निलम्बन भई निलम्बन फुकुवा भएकोमा त्यस्तो अवधिको कार्यसम्पादन मूल्याङ्कन वापत त्यस्तो अध्ययन वा तालीममा जानुभन्दा वा निलम्बन हुनुभन्दा तत्काल अघिल्लो वर्षको कार्यसम्पादन मूल्याङ्कन भएको रहेछ भने सोही वर्षको र त्यस्तो कार्य सम्पादन मूल्याङ्कन भएको रहेनछ भने हाजिर भएपछि भरेको कार्यसम्पादन मूल्याङ्कनमा जति अङ्क पाएको छ सोही अनुपातमा नै अङ्क गणना गरिनेछ ।

(१८) संयुक्त राष्ट्रसंघको सेवाको लागि मिशनमा गएको अवधिको कार्यसम्पादन मूल्याङ्कन गर्ने प्रयोजनको लागि त्यस्तो मिशनमा खटिएको प्रहरी कर्मचारीले कार्य सम्पादन मूल्याङ्कन फाराम भरी उक्त मिशनमा नेपाल प्रहरीको तर्फबाट खटिएको सम्बन्धित जेष्ठ कमाण्डरको सिफारिस सहित प्रहरी प्रधान कार्यालयको युएन शाखा मार्फत निजको सुपरिवेक्षक समक्ष पठाउनु पर्नेछ । तर जेष्ठ कमाण्डरको हकमा निजले आफ्नो कार्य सम्पादन मूल्याङ्कन फाराम भरी प्रहरी प्रधान कार्यालयको युएन शाखा मार्फत निजको सुपरिवेक्षक समक्ष पठाउनु पर्नेछ ।

(१९) प्रहरी कर्मचारीहरूको कार्य सम्पादन मूल्याङ्कन फाराम देहाय बमोजिमको अवधि भित्र भरी देहाय बमोजिम पठाउनु पर्नेछ ः–
(क) प्रत्येक प्रहरी कर्मचारीले उपनियम (५) मा उल्लेख भए बमोजिमको संख्यामा कार्यसम्पादन मूल्याङ्कन फाराम भरी श्रावण ७ गतेभित्र सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।
(ख) सुपरिवेक्षकले आफूकहाँ प्राप्त कार्यसम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कन गरी श्रावण मसान्तसम्ममा पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ । तर प्रमुख जिल्ला अधिकारीले आफूसमक्ष पेश भएको कार्यसम्पादन फाराम मूल्याङ्कन गरी श्रावण मसान्तसम्ममा एक प्रति मन्त्रालय र एक प्रति प्रहरी प्रधान कार्यालयमा सिलबन्दी गरी पठाई एक प्रति आफ्नै कार्यालयमा सिलबन्दी रुपमा राख्नु पर्नेछ ।

(ग) पुनरावलोकनकर्ताले आफूसमक्ष सुपरिवेक्षकबाट पेश भएको कार्यसम्पादन मूल्याङ्कन फाराम मूल्याङ्कन गरी भदौ २२ गतेभित्र पुनरावलोकन समितिको मूल्याङ्कन प्रयोजनको लागि प्रहरी प्रधान कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।

(घ) पुनरावलोकन समितिले असोज २२ गतेसम्ममा कार्यसम्पादन मूल्याङ्कन गरि सक्नु पर्नेछ र यसरी मूल्याङ्कन गरिएको फाराम सिलवन्दी गरी सुरक्षित राख्नु पर्नेछ ।
(२०) कार्यसम्पादन मूल्याङ्कन फाराम भर्दा अनुसूची—८ मा उल्लिखित निर्देशिकालार्ई समेत पालना गर्नु पर्नेछ ।
(२१) कुनै प्रहरी कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराममा प्रदान गरिएको अङ्क निजले सम्पादन गरेको काम तथा दक्षताको स्तरसँग अस्वभाविक देखिन आएमा सम्बन्धित सुपरिवेक्षक र पुनरावलोकनकर्तालाई सो उपर पुनःमूल्याङ्कन गरी पठाउनका लागि पुनरावलोकन समितिले त्यस्तो फाराम सिलबन्दी गरी फिर्ता पठाउन सक्नेछ ।
(२२) उपनियम (२१) बमोजिम प्राप्त हुन आएको फाराममा सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले पुनःमूल्याङ्कन गरी ७ दिनभित्र पुनरावलोकन समितिमा सिलबन्दी गरी पठाइसक्नु पर्नेछ ।

३२. वर्गीकृत क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कन ः (१) प्रहरी कर्मचारीलाई विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभव वापतको अङ्क प्रदान गर्दा अनुसूची—९ मा उल्लेख भए बमोजिम भौगोलिक क्षेत्रलाई

क्रमशः “क”, “ख”, “ग”, “घ” र “ङ” गरी पाँच वर्गमा विभाजन गरी वार्षिक रुपमा काम गरेको अनुभव वापत आठ अङ्कमा नबढ्ने गरी देहाय बमोजिम अङ्क दिइनेछ ः–

(क) “क” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.५ अङ्कका दरले ।
(ख) “ख” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.४ अङ्कका दरले ।
(ग) “ग” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.३ अङ्कका दरले ।
(घ) “घ” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १.२ अङ्कका दरले ।
(ङ) “ङ” वर्गमा काम गरेको प्रत्येक वर्षका लागि १ अङ्कका दरले ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै एक भौगोलिक क्षेत्रमा कम्तीमा नब्बे दिन वा सोभन्दा बढी अवधि रुजु हाजिर भई काम गरेको भए सोही भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अङ्कको दामासाही हिसाबले र नब्बे दिनभन्दा कम अवधि काम गरेको भए जुनसुकै भौगोलिक क्षेत्रमा काम गरेको भए पनि “ङ” वर्गको लागि तोकिएको अङ्क दिइनेछ ।

(३) प्रहरी सेवाबाट बर्खास्त भई पुनर्बहाली भएको वा निलम्बन भई त्यस्तो निलम्बन फुकुवा भएको प्रहरी कर्मचारीको हकमा निजहरू रुजु हाजिर नभएको अवधिको भौगोलिक क्षेत्रमा काम गरे वापतको कुनै अङ्क दिइने छैन ।

(४) संयुक्त राष्ट्र संघीय मिशनमा खटिएको वा विदेशस्थित नेपाली कुटनीतिक नियोगमा खटिएको प्रहरी कर्मचारीलाई “ङ” वर्गको र अध्ययन विदा वा तीन महिना वा सो भन्दा वढी अवधिको लागि वैदेशिक तालीममा जाने प्रहरी कर्मचारीलाई “ङ” वर्गको लागि तोकिएको अङ्कको आधा अङ्क दिइनेछ ।

(५) भौगोलिक क्षेत्रमा काम गरे वापत पाउने अङ्क जुन पदमा बढुवा हुने हो सो पदभन्दा एक तह मुनिको पदमा प्राप्त गरेको भए मात्र गणना गरिनेछ ।
(६) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि यो नियम प्रारम्भ हुँदाका वखत कुनै कर्मचारीले भौगोलिक क्षेत्र वापत प्राप्त गरी सकेको अङ्क घट्ने छैन ।
(७) यो नियमावली प्रारम्भ हुनु भन्दा अगाडि भौगोलिक क्षेत्रमा काम गरे वापत प्राप्त गरेको अङ्कलाई पूर्णाङ्क आठमा परिणत गरी सोही बमोजिम प्राप्ताङ्क निर्धारण गरिनेछ ।

३३. जेष्ठताको मूल्याङ्कन ः प्रहरी कर्मचारीलाई जेष्ठता वापतको अङ्क दिँदा हाल बहाल रहेको पदमा काम गरेको प्रत्येक वर्षका लागि दुई अङ्कका दरले बढीमा बीस अङ्क दिइनेछ ।

तर,

(क) एक वर्षभन्दा बढी चानचुन महिना वा दिनका लागि दामासाहीको हिसाबले अङ्क दिइनेछ ।
(ख) गयलकट्टी भएको अवधिको जेष्ठता वापतको अङ्क दिइने छैन ।

३४. शैक्षिक योग्यताको मूल्याङ्कन ः

(१) बढुवाका लागि प्रहरी कर्मचारीलाई निजले हासिल गरेको शैक्षिक योग्यताको आधारमा देहाय बमोजिम बढीमा दश अङ्क दिइनेछ ः–

 

 

(२) श्रेणी नखुलेको प्रमाणपत्रको हकमा विश्वविद्यालयले स्तर निर्धारण गरेकोमा सोही अनुसारको श्रेणी कायम गरी र सो नभएमा द्वितीय श्रेणी सरहको अङ्क दिइनेछ ।

(३) प्रहरी नायव उपरीक्षक वा सोभन्दा माथिको पदमा बढुवाका लागि शैक्षिक योग्यताको अङ्क गणना गर्दा प्रहरी निरीक्षक पदको निमित्त आवश्यक पर्ने शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मानिनेछ ।

(४) साधारण लेखपढ गर्न जान्ने मात्र शैक्षिक योग्यता तोकिएको पदमा नियुक्त भएका प्रहरी कर्मचारीहरुको शैक्षिक योग्यताको मूल्याङ्कन गर्दा एस. एल. सि. भन्दा मुनिको योग्यतालाई न्यूनतम शैक्षिक योग्यता मानी सो वापत द्वितीय श्रेणी सरहको अङ्क प्रदान गरिने छ ।

३५. तालीमको मूल्याङ्कन ः (१) प्रहरी सेवाको पदमा रहँदा लिएको देहाय बमोजिमका कुनै दुई तालीम वापत देहाय बमोजिम बढीमा सात दशमलव पाँच अङ्क दिइनेछ ः–

 

 

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि आधारभूत तालीम बापत अङ्क प्रदान गर्दा आधारभूत तालीम गरेको पदबाट एक तह माथिको पदमा बढुवा हुन बाहेक अन्य पदमा बढुवाको लागि सो तालीम बापत अङ्क प्रदान गरिने छैन ।

(३) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी कर्मचारीलाई तालीम वापतको अङ्क दिँदा पन्ध्र दिनभन्दा कम अवधिको तालीमका लागि कुनै अङ्क दिइने छैन ।

(४) उपनियम (१) को प्रयोजनको लागि प्रहरी कर्मचारीलाई अनुसूची—१० मा उल्लेख भए बमोजिमका तालीम दिइनेछ ।
(५) श्रेणी नखुलेको तालीम वापत कुनै प्रहरी कर्मचारीको अङ्क गणना गर्दा (ख) श्रेणी बराबरको अङ्क गणना गरिनेछ ।
(६) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै प्रहरी कर्मचारीले यो नियमावली प्रारम्भ हुनुभन्दा अघि हासिल गरेको तालीमको हकमा समेत उपनियम (१) बमोजिमको अङ्क दिइनेछ ।
(७) ………

(८) प्रहरी हवल्दार पदमा बढुवा गर्दा प्रहरी जवान पदमा गरेको तालीम र प्रहरी सहायक निरीक्षक पदमा बढुवा गर्दा प्रहरी जवान र प्रहरी हवल्दार पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ ।


(९) प्रहरी नायब निरीक्षक पदमा बढुवा गर्दा प्रहरी सहायक निरीक्षक पदमा गरेको तालीम र प्रहरी निरीक्षक पदमा बढुवा गर्दा प्रहरी सहायक निरीक्षक र प्रहरी नायब निरीक्षक पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ ।

(१०) प्रहरी नायब उपरीक्षक पदमा बढुवा गर्दा प्रहरी निरीक्षक पदमा गरेको तालीम र प्रहरी उपरीक्षक पदमा बढुवा गर्दा प्रहरी निरीक्षक र प्रहरी नायब उपरीक्षक पदमा गरेको तालीमको अङ्क गणना गरिनेछ ।

(११) प्रहरी वरिष्ठ उपरीक्षक, प्रहरी नायब महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गर्दा हाल कार्यरत पद र सोभन्दा एक श्रेणी मुनिको पदमा प्राप्त गरेको तालीम बापतको अङ्क गणना गरिनेछ ।

३६. चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत प्रदान गरिने अङ्क ः

(१) कुनै प्रहरी कर्मचारीले चुनौतीपूर्ण वा विशेष जिम्मेवारी निर्वाह गरे वापत अङ्क दिँदा देहाय बमोजिम बढीमा पाँच अङ्क दिइनेछ ः–
(क) अति चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ५ अङ्क
(ख) मध्यमस्तरको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापत – ३.५ अङ्क
(ग) सामान्य वा चुनौतीपूर्ण जिम्मेवारी वापत – २ अङ्क

(२) उपनियम (१) बमोजिमको अङ्क दिँदा अनुसूचीमा—११ मा उल्लेख भए बमोजिमको आधारमा दिइनेछ ।
(३) देहाय बमोजिमको अधिकारीले आफू मातहतको प्रहरी कर्मचारीले निर्वाह गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको सम्बन्धमा उपनियम (२) बमोजिमको आधारमा मूल्याङ्कन गरीे सम्बन्धित बढुवा समितिको सचिवालयमा प्रत्येक वर्ष असोज २२ गतेभित्र सिलबन्दी गरी पठाउनु पर्नेछ ः–

(क) प्रहरी निरीक्षकदेखि प्रहरी नायव महानिरीक्षकसम्मको प्रहरी अधिकृतले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क सम्बन्धित विभागीय प्रमुख, महानगरीय प्रहरी आयुक्त वा क्षेत्रीय प्रहरी कार्यालय प्रमुखको सिफारिसमा प्रहरी महानिरीक्षकले ।

(ख) प्रहरी सहायक निरीक्षक, प्रहरी नायव निरीक्षकले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क सम्बन्धित शाखा, महाशाखा, प्रहरी परिसर र जिल्ला प्रहरी कार्यालयका प्रमुखको सिफारिसमा सम्बन्धित प्रहरी नायव महानिरीक्षकले ।

(ग) प्रहरी जवान र प्रहरी हवल्दारले आफ्नो कार्यक्षेत्रमा सम्पादन गरेको चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क सम्बन्धित प्रहरी निरीक्षकको सिफारिसमा सम्बन्धित प्रहरी नायव उपरीक्षकले ।

(४) चुनौतीपूर्ण वा विशेष जिम्मेवारी वापतको अङ्क गणना गर्दा बढुवाका लागि सम्भाव्य उम्मेदवार हुन जति वर्षको सेवा आवश्यक पर्ने हो पछिल्लो त्यति वर्षको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको मूल्याङ्कनको औसतबाट गणना गरिनेछ ।

(५) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि तत्काल बढुवाको कारबाही गर्नु परेमा बढुवा समितिले बढुवाका लागि सम्भाव्य उम्मेदवारको चालु आर्थिक वर्षको चुनौतीपूर्ण वा विशेष जिम्मेवारीको मूल्याङ्कन गरी पठाउन सम्बन्धित अधिकारीलाई आदेश दिन सक्नेछ ।

(६) उपनियम (५) बमोजिम बढुवा समितिको आदेश प्राप्त भएमा सम्बन्धित पदाधिकारीले बढुवा समितिले तोकिदिएको समयभित्र मूल्याङ्कन गरी सिलबन्दी खाममा सम्बन्धित बढुवा समितिमा पठाउनु पर्नेछ ।

(७) यस नियम बमोजिम कुन कुन क्षेत्रमा कार्य गर्ने प्रहरी कर्मचारीलाई चुनौतीपूर्ण वा विशेष जिम्मेवारी निर्वाह गरेको हो भन्ने विषयको निर्धारण प्रहरी प्रधान कार्यालयको सिफारिसमा मन्त्रालयले स्वीकृत गरे बमोजिम हुनेछ ।

३७. विभूषण (मानपदवी, अलंकार र पदक) वापत दिइने अङ्कको निर्धारण ः

(१) प्रहरी कर्मचारीलाई विभूषण वापत अङ्क दिँदा जुन पदमा छँदा विभूषण प्राप्त गरेको हो सोभन्दा माथिल्लो पदमा हुने बढुवाको प्रयोजनका लागि बढीमा दुई अङ्क दिइनेछ ।
(२) देहायको विभूषण वापत देहायको अङ्क दिइनेछ ः–
(क) मानपदवी वापत – २ अङ्क,
(ख) अलङ्कार वापत – १.५ अङ्क, र
(ग) वीरता पदक वा सौर्य पदक वापत – १अङ्क

(३) यस नियम बमोजिम विभूषण वापत अङ्क दिँदा संवत् २०६५ साल भन्दा पछि प्राप्त गरेका विभूषण वापत मात्र दिइनेछ ।

३८. बढुवा समितिले दिने अङ्कको निर्धारण ः (१) प्रत्येक प्रहरी कर्मचारीले बढुवा समितिले अङ्क दिने प्रयोजनको लागि अनुसूची—१२ बमोजिमको नेतृत्व क्षमता तथा मूल्याङ्कन फाराम तीन प्रति भरी प्रत्येक वर्षको साउन १५ गतेभित्र नियम ३१ बमोजिमको सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम आफूलाई प्राप्त तीन प्रति फाराममा सुपरिवेक्षकले मूल्याङ्कन गरी भदौ ७ गते भित्र प्रहरी प्रधान कार्यालय समक्ष पेश गर्नु पर्नेछ ।
(३) उपनियम (२) बमोजिम प्राप्त भएका फाराममा बढुवा समितिको अध्यक्ष तथा सदस्यले छुट्टाछुट्टै मूल्याङ्कन गरी दिएको अङ्कको औसतबाट बढुवा समितिले अङ्क निर्धारण गर्नेछ ।
(४) बढुवा समितिका अध्यक्ष वा सदस्यले उपनियम (२) बमोजिम अङ्क दिँदा कुनै प्रहरी कर्मचारीलाई दुई भन्दा कम अङ्क दिनु परेमा वस्तुगत कारण समेत उल्लेख गर्नु पर्नेछ ।
(५) बढुवा समितिका अध्यक्ष वा सदस्यले उपनियम (२) बमोजिम अङ्क दिँदा साहसिक कार्य, राष्ट्र तथा प्रहरी सङ्गठनको नाम उच्च राख्ने प्रशंसनीय कार्य तथा सिर्जनात्मक एवं लगनशील कार्य गर्ने प्रहरी कर्मचारीलाई वस्तुगत कारण खोली अधिकतम सात दशमलव पाँच अङ्क दिन सक्नेछ ।
३९. बढुवा सम्बन्धी विशेष व्यवस्था ः (१) देहाय बमोजिमको उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई नियम

१९३ बमोजिमको नीति निर्माण समितिको सिफारिसमा प्रहरी महानिरीक्षकले श्रेणी विहिन बाहेक राजपत्र अनङ्कित पदसम्म एक तह माथिको रिक्त पदमा बढुवा गर्न सक्नेछ ः–
(क) राष्ट्र तथा आफू सेवारत प्रहरी कार्यालयको मान, प्रतिष्ठा र गौरव बढाउन प्रशंसनीय, सृजनात्मक र लगनशील कार्य गर्ने प्रहरी कर्मचारीलाई,
(ख) राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विभिन्न विधामा उत्कृष्ट कार्य गरी राष्ट्र र प्रहरी सङ्गठनको छवि उच्च राख्न विशेष योगदान पु¥याउने प्रहरी कर्मचारीलाई, र
(ग) प्रहरी सेवामा रही कर्तव्य निर्वाह गर्दाको सिलसिलामा वीरगति प्राप्त गर्ने वा काम गर्दा शारीरिक रूपमा अशक्त भई सेवाबाट अवकास लिनु पर्ने अवस्थाका प्रहरी कर्मचारीलाई ।
(२) उपनियम (१) अनुसार बढुवा गर्दा बढुवा भएका कर्मचारीको नाम, पद, बढुवा गर्नु पर्ने आधार र औचित्य सहितको लिखित विवरण प्रहरी प्रधान कार्यालयले बढुवा गरेको पन्ध्र दिनभित्र मन्त्रालयलाई दिनु पर्नेछ ।धधध।बिधअयmmष्ककयष्ल।नयख।लउ
द्दज्ञ
(३) उपनियम (१) अनुसार गरिने बढुवा एक आर्थिक वर्षमा दश जनाभन्दा बढी व्यक्तिलाई गरिने छैन ।

४०. श्रेणी विहीन कर्मचारीले अन्य पदमा प्रतिस्पर्धा गर्न पाउने ः यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पदमा खुल्ला प्रतियोगिताबाट पूर्ति गरिने पदको लागि लिईने परीक्षामा प्रहरी आधारभुत तालीम बाहेक अनुसुची–३ मा उल्लेख भए बमोजिमको अन्य योग्यता भई पच्चीस वर्ष ननाघेको बहालवाला श्रेणी विहीन कर्मचारीले सहभागी हुन पाउनेछ ।
४१. प्रहरी महानिरीक्षक पदमा बढुवा ः यस नियमावलीको नियम २८ मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षक पदमा बढुवा गर्दा प्रहरी अतिरिक्त महानिरीक्षकहरू मध्येबाट र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नभएको अवस्थामा प्रहरी नायव महानिरीक्षकहरू मध्येबाट जेष्ठता, कार्यकुशलता, कार्यक्षमता, उत्तरदायित्व वहन गर्न सक्ने क्षमता, नेतृत्व प्रदान गर्न सक्ने कुशलता तथा आफूभन्दा
मुनिको प्रहरीलाई प्रोत्साहन र परिचालन गर्न सक्ने सामथ्र्यको आधारमा नेपाल सरकारले उपयुक्त देखेको उम्मेदवारलाई प्रहरी महानिरीक्षक पदमा बढुवा गर्नेछ ।

४१क. प्रस्ताव पेश गर्नु पर्ने ः प्रहरी अतिरिक्त महानिरीक्षक पदमा नियम २७ को उपनियम (१) को खण्ड (क) को बढुवा समितिको सिफारिसमा र प्रहरी महानिरीक्षक पदमा नियम ४१ को अधीनमा रही बढुवाको लागि मन्त्रालयले नेपाल सरकार मन्त्रिपरिषद्मा प्रस्ताव पेश गर्नु पर्नेछ ।
४२. बढुवा उजुरी सम्बन्धी व्यवस्था ः (१) देहायको बढुवा समितिको बढुवा सिफारिसमा चित्त नबुझ्ने प्रहरी कर्मचारीले बढुवाको सिफारिस सम्बन्धी निर्णय भएको मितिले सात दिनभित्र देहायको बढुवाको उजुरी सुन्ने समिति समक्ष उजुरी दिन सक्नेछ ः–

(२) बढुवा उपरको उजुरी सुन्ने समितिले उपनियम (१) बमोजिम उजुरी प्राप्त भएपछि उजुरी गर्ने म्याद सकिएको भोलिपल्ट बढुवा समितिको राय प्रतिक्रिया र उजुरीसँग सम्बन्धित कागजात पठाउन बढुवा समितिको सचिवालयमा लेखी पठाउनु पर्नेछ । त्यसरी लेखी आएमा सम्बन्धित बढुवा समितिको सचिवालयले तीन दिनभित्र आफ्नो राय प्रतिक्रियासहित उजुरीसँग सम्बन्धित कागजात उजुरी सुन्ने
समिति समक्ष पठाउनु पर्नेछ ।

(३) उपनियम (१) बमोजिम परेको उजुरीमा उजुरी गर्ने म्याद समाप्त भएको मितिले पन्ध्र दिनभित्र टुङ्गो लगाई सक्नु पर्नेछ । बढुवाको उजुरी सुन्ने समितिले बढुवा समितिले बढुवाका आधारहरुको मुल्यांकन गर्दा कुनै कारण वा आधार खुलाउनु पर्नेमा सो नखुलाएकोमा त्यस्तो कारण वा आधार खुलाउन अवधि तोकी लेखी पठाउन सक्नेछ ।
(४) यस नियम बमोजिम परेको उजुरीको टुङ्गो लागेपछि मात्र बढुवा समितिको सिफारिस कार्यान्वयन गरिनेछ ।
(५) नियम २७ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको बढुवा समितिको बढुवा सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम लोक सेवा आयोगले, नियम २७ को उपनियम (१) को खण्ड (ग) बमोजिमको बढुवा समितिको बढुवाको सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम मन्त्रालयले र नियम २७ को उपनियम (१) को खण्ड (घ), (ङ) र (च)
बमोजिमको बढुवा समितिको बढुवा सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिको सचिवालयको काम प्रहरी प्रधान कार्यालयले गर्नेछ ।

(६) बढुवा समितिको बढुवा समितिको सिफारिस उपर बढुवा उजुरी सुन्ने समितिले कुनै उम्मेदावारले यस नियमावली बमोजिम प्राप्त गर्नु पर्ने अङ्क प्राप्त नगरेको वा प्राप्त नगर्ने अङ्क प्राप्त गरेको आधारमा बढुवा समितिको सिफारिस संशोधन गर्नुपर्ने देखिएमा सो समेत गरी बढुवा समिति समक्ष पठाउनु पर्नेछ र बढुवा समितिले बढुवाको उजुरी सुन्ने समितिबाट लेखी आए बमोजिम नियुक्तिको लागि सिफारिस गर्नु पर्नेछ ।

(७) उपनियम (१) बमोजिम पर्न आएको उजुरी झुठ्ठा ठहरिएमा उजुरी पछि हुने बढुवामा त्यस्तो उजुरीकर्ताको पहिलो पटकको उजुरी भए २ अङ्क र दोस्रो पटकको उजुरी भए ३ अङ्क काटिनेछ ।

४३. बढुवा समितिको सचिवालय ः (१) देहाय बमोजिमको बढुवा समितिको सचिवालयको कार्य देहाय बमोजिमको कार्यालयले गर्नेछ ः–
(क) नियम २७ को उपनियम (१) को खण्ड (क) र (ख) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य मन्त्रालयले र खण्ड (ग) र (घ) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य प्रहरी प्रधान कार्यालयले ।

(ख) नियम २७ को उपनियम (१) को खण्ड (ङ) र (च) बमोजिमको बढुवा समितिको सचिवालयको कार्य सम्बन्धित क्षेत्रीय प्रहरी कार्यालयले ।
(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी प्रधान कार्यालयको प्रत्यक्ष मातहतमा कार्यरत रहेको प्रहरी नायव निरीक्षकभन्दा तल्लो दर्जाको पदमा कार्यरत प्रहरी कर्मचारीको बढुवा गर्न वा यस नियमावली बमोजिम प्रहरी प्रधान कार्यालयबाट नै बढुवा गर्नुपर्ने अवस्था भएमा सोे बढुवा सम्बन्धी कार्य गर्ने प्रयोजनका लागि बढुवा समितिको सचिवालय प्रहरी प्रधान कार्यालयमा रहनेछ ।

४४. प्राप्ताङ्क उपलब्ध गराउने ः बढुवा समितिले प्रदान गरेको अङ्क र चुनौतीपूर्ण वा विशेष जिम्मेवारी बापत प्राप्त गरेको अङ्क बाहेकको अङ्क सम्बन्धित उम्मेदवारले हेर्न माग गरेमा निजलाई उपलव्ध गराइनेछ ।

४५. बढुवा सम्बन्धी कागजात धुल्याउने सम्बन्धी व्यवस्था ः बढुवा सम्बन्धी सम्पूर्ण प्रक्रिया पूरा भएको तीन वर्षपछि बढुवा सिफारिसको निर्णय बाहेकका अन्य बढुवा सम्बन्धी कागजातहरू धुल्याउन सकिनेछ ।

तर कुनै बढुवाको सम्बन्धमा मुद्दा परी विचाराधीन रहेको अवस्थामा त्यस्तो बढुवा सम्बन्धी कागजातहरु मुद्दाको अन्तिम टु∙ो नलागेसम्म धुल्याइने छैन ।

४६. कायम मुकायम, कार्यवाहक र निमित्त सम्बन्धी व्यवस्था ः

(१) प्रहरी सेवाका कुनै पदमा साधारणतया कायम मुकायम मुकरर गरिने छैन ।

तर कार्यालय प्रमुखको पद रिक्त रहेको अवस्था परी कार्यालयको दैनिक कार्य सञ्चालन गर्न बाधा पर्न गएमा कायम मुकायम मुकरर गर्न सकिनेछ ।

(२) यस नियम बमोजिम कायम मुकायम मुकरर गर्दा एक तह मुनिका कर्मचारीहरू मध्ये बढुवाको लागि सबैभन्दा बढी अङ्क प्राप्त गर्ने प्रहरी कर्मचारीलाई मात्र कायम मुकायम मुकरर गरिनेछ ।
(३) कायम मुकायम मुकरर भएको प्रहरी कर्मचारीले कायम मुकायम मुकरर भएको पदको दज्र्यानी चिन्ह र सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ ।

(४) देहायको पदमा देहायको अधिकारीले कायम मुकायम मुकरर गर्नु पर्नेछ ः–

(क) प्रहरी महानिरीक्षक र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा नेपाल सरकार ।
(ख) प्रहरी नायव महानिरीक्षक र प्रहरी वरिष्ठ उपरीक्षक पदमा सम्बन्धित बढुवा समितिको सिफारिसमा गृह मन्त्री ।
(ग) प्रहरी उपरीक्षक पदमा मन्त्रालयको स्वीकृति लिई प्रहरी महानिरीक्षक ।
(ङ) प्रहरी नायव उपरीक्षक र प्रहरी निरीक्षक पदमा प्रहरी महानिरीक्षकको स्वीकृति लिई प्रहरी नायव महानिरीक्षक ।
(५) कुनै कारणले कार्यालय प्रमुखको पद एक महिना भन्दा बढी अवधिको लागि रिक्त भएमा र सो पदमा कायम मुकायम मुकरर नगरिएको अवस्थामा एक तह माथिको कार्यालय प्रमुखले सो पदको कार्यवाहक भई कामकाज गर्न सो रिक्त पद भन्दा एक तह मुनिको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीलाई तोक्न सक्नेछ । त्यसरी कार्यवाहक भई तोक्दा त्यसको सूचना प्रहरी प्रधान कार्यालयमा दिनु पर्नेछ ।

(६) उपदफा (५) बमोजिम कार्यवाहक भई काम गर्न तोकिएको प्रहरी कर्मचारीले त्यस्तो कार्यवाहक भएको पदको सम्पूर्ण अधिकार प्रयोग गर्न पाउनेछ ।
(७) यस नियम बमोजिम कायम मुकायम मुकरर नगरिएको वा कार्यवाहक नतोकिएको अवस्थामा एक महिनामा ननाघ्ने गरी कुनै कारणले कार्यालय प्रमुख अनुपस्थित भएमा सोही कार्यालयको सबैभन्दा वरिष्ठ प्रहरी कर्मचारीले सो पदको निमित्त भई काम गर्नेछ । यसरी निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी कर्मचारीको हुनेछ ।

(७क) उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्रहरी महानिरीक्षकको पद कुनै कारणले रिक्त हुने भएमा वा प्रहरी महानिरीक्षकले कुनै कारणवश सो हैसियतमा काम गर्न नसक्ने भएमा नेपाल सरकारले प्रहरी सेवाको वरिष्ठ्तम प्रहरी अतिरिक्त महानिरीक्षकलाई निमित्त प्रहरी महानिरीक्षक भई काम गर्ने गरी तोक्न सक्नेछ । यसरी निमित्त भई काम गरेको अवधिको सम्पूर्ण जिम्मेवारी निमित्त भई काम गर्ने प्रहरी अतिरिक्त महानिरीक्षकको हनेछ ।

(८) कायम मुकायम, कार्यवाहक वा निमित्त भई काम गर्ने प्रहरी कर्मचारीले जुन पदमा काम गरेको छ सोही पदको तलब भत्ता र रासन सुविधा पाउनेछ । तर पन्ध्र दिन भन्दा कम अवधि कार्यवाहक वा निमित्त भई काम गरे बापत त्यस्तो तलब भत्ता र रासन सुविधा पाउने छैन ।

(९) उपनियम (८) बमोजिम काम गर्ने प्रहरी कर्मचारीले पाउने तलब भत्ताको अङ्क निजले सो पदमा बढुवा हँुदा पाउने तलब भत्ता भन्दा बढी हुने छैन ।
(१०) कुनै एक पदमा एकै अवधिमा एक भन्दा बढी प्रहरी कर्मचारी कायम मुकायम वा कार्यवाहक मुकरर हुन सक्ने छैन ।