अनुसूची–४ व्यापारिक ताेलहरु र ग्राहिता तथा लम्बाई नापहरुको विवरण

अनुसूची–४ व्यापारिक ताेलहरु र ग्राहिता तथा लम्बाई नापहरुको विवरण

अनुसूची–४

ख) धातु पाताका तौलहरु

मिलिग्राम श्रेणीः– ५००,२००,१००,५०,२०,१०,५,२ र १ हरेक श्रेणीमा व्यवहारिक सुविधाको निमित्त २,२०, र २०० संज्ञाका तौलहरु दुईवटा हुनुपर्छ ।

फलाम र स्टीलका तौलहरु

२.(क) पदार्थः– ५० किलोग्रामदेखि १० किलोग्रामसम्मका तौलहरु कास्ट आइरनबाट बनेको हुनुपर्छ । ५ किलोग्रामदेखि १०० ग्रामसम्मका तौलहरु कास्ट आइरन वा फोर्जड माइल्ड स्टीलको हुनुपर्छ ।

(ख) आकार आयामः– कास्ट आइरनबाट वा माइल्ड स्टीलबाट बनेका तौलहरुको आकार चित्र नं. १ र २ बमोजिम र आयाम तालीका नं. १ र २ बमोजिम हुनेछ ।

(ग) ५० किलोग्रामदेखि १० किलोग्रामसम्मका कास्ट आइरन तौलहरुमा माइल्ड स्टीलको हैन्डल हुनुपर्छ ।

(घ) मिलान गर्ने प्वालः– ५० किलोदेखि १० किलोसम्मको तौलहरुमा मिलान गर्ने प्वाल एकापट्टिको ब्लकको माथिपट्टि आयताकारका (रेक्टांगुलर) हुनेछन् र तल गएको हुनेछन् र ५ किलोदेखि १०० ग्रामसम्मको तौलहरुमा मिलान गर्न प्वाल माथिपट्टि ढकहरुको बीचमा गोलाकारका हुनेछन् ।

ढक मिलान गर्दा यही प्वालमा सीसा भरेर मिलाईनु पर्छ । जाँचको टाँचा र सालको टाँचा माथि प्वाल थुन्ने सीसामा लगाउनु पर्छ प्वालका आयामहरु चित्रहरुमा दिइएकै हुनुपर्छ ।

चित्र न‍ं. १

 

चित्र नं. २

 

चित्र नं. ३

 

चित्र नं. ४

 

चित्र नं. ७

 

 

तर, नयाँ तौलहरु जाँच गर्दा तौलको संज्ञानुसार इजाजत दिइएको घटीको हदको ५० प्रतिशत भन्दा तौल घटी भएको हुनुहुँदैन ।

३. पित्तल र काँसका तौलहरुः

(क) यी तौलहरु ढालेको पित्तलका वा का“सका छडिलाई दबाएर वा ताछेर तयार गरिएको हुनुपर्छ ।
(ख) आकार र आयामः–
ब्रास र ब्रोंज तौलहरु तल लेखिएका किसिमका हुनेछन्ः–

बुलियन तौलहरु
(१) २० किलोग्रामदेखि २ किलोग्रामसम्मका तौलहरु सिलिन्डर आकारको हुनुपर्छ ।

२० किलोदेखि १० किलोसम्मको तौलहरुमा हैन्डल रहनु पर्छ र बाँकी २ किलोसम्मका तौलहरुमा माथि गट्टा भएको हुनुपर्छ । आकार र आयाम क्रमशः चित्र नं. ३ र ४ तालिकमा नं. ३ र ४ अनुसार हुनुपर्छ । २० किलोदेखि २०० ग्रामसम्मका तौलहरुमा बुलियन ईंटको आकार भित्र चित्रमा दिइए अनुसार लेखिएको हुनुपर्छ र १०० ग्रामदेखि १ ग्रामसम्मका तौलहरुमा ईटको आकार मात्र कुंदिएको हुनुपर्छ ।

६. सङ्केत अङ्कनः–

(क) २० ग्राम र सो देखि तलका सबै तौलहरु बाहेक अरु निर्माताको नाम अथवा ट्रेडमार्क नमेटिने गरी ढलान गरिएको अथवा टाँचा मारिएको हुनुपर्छ ।

(ख) किलोग्राम सङ्केत गर्न किलो, ग्राम संङ्केत गर्न ग्राम र मिलिग्राम सड्ढेत गर्न मिग्रा आदि संज्ञा सबै तौलहरुमा नमेटिने गरी अङ्कन गरिएको हुनुपर्छ । ५० मिलिग्राम र सोदेखि मुनिको ढकहरुमा संज्ञा अक्षरमा अङ्कन नगरिएको भए पनि हुन्छ । संज्ञा सङ्केत गर्न अङ्क र अक्षरको आकार निर्माताको नाम वा  ट्रेर्डमाकको अक्षरको आकार भन्दा दोब्बर ठूलो हुनुपर्छ तथा संख्या र अक्षर नेपाली तथा अंग्रेजी लिपिमा हुनुपर्छ ।

(ग) निरीक्षकको सबै टाँचाहरु लगाउन सकिने सबभन्दा सानो तौल ५० ग्रामको हुनेछ । ५० ग्रामदेखि माथिका सबै व्यापारिक तौलहरुमा निरीक्षक नम्बर साल र जाँचको टाँचाहरु लगाउनु पर्छ । १०० मिलिग्रामसम्मको तौलमा सालको टा“चा मात्र लगाउनुपर्छ । ५० मिलिग्रामदेखि मुनिका तौलहरुमा कुनै टाँचा लगाउनु हुँदैन । यदि तिनीहरुलाई बट्टामा राखेको भए त्यो बट्टामा टा“चा लगाई प्रमाणित गरिनु पर्छ । यदि बट्टा नभए जाँच गरेको प्रमाणपत्रद्वारा यस्ता तौलहरु प्रमाणित गरिनु पर्छ ।

नोटः जाँचको टाँचा भन्नाले विशेष किसिमले नेपालको निसाना छाप कुंदिएको टाँचालाई सम्झनुपर्छ ।

७. मिलानः– मिलान गर्ने प्वाल, राखिएका तौलहरुलाई मिलान गर्दा चाहिए जति सीसा वजन गरी हालेर प्वालमा मिल्ने सीसाले बन्द गरेको हुनुपर्छ र सीसाको सतह घटीमा ३ मिमि प्वालको भित्र हुनुपर्छ ।

खण्ड २

व्यापारिक क्यारेट तौलहरु

१. साधारणः
(क) व्यापारिक क्यारेट तौलहरु मणि, मोती तथा बहुमूल्य जवाहरात आदि तौलन प्रयोग गरिन्छ ।
(ख) गणना तथा व्यवहारिक सुविधाको हेतुले साधारणः एक क्यारेट सय बराबर भागमा उपखण्डित हुनेछ र प्रत्येक भागलाई सेन्ट भनिनेछ । यसरी १ सेन्ट भन्नाले २ मिलिग्राम बराबर हुन्छ । क्यारेट तौलहरुमा भिन्नांश वजनहरु भए उक्त भिन्नांशलाई प्रतिसय सेन्टमा यति भाग भनी संज्ञा लेख्ने प्रणाली अनुसार गरिन्छ जस्तो ०.५ क्यारेटलाई ५०।१०० क्यारेट लेखिन्छ ।

२. संज्ञा
क्यारेट तौलहरुको संज्ञा तल दिइए अनुसार हुनेछ ।

(क) गट्टा भएका तौलहरुः–

संज्ञा सममूल्यता                                                                                    क्यारेटमा ग्राममा
५००                                                                                                                     १००
२००                                                                                                                      ४०
१००                                                                                                                     २०
५०                                                                                                                        १०
२०                                                                                                                         ४
१०                                                                                                                         २
५                                                                                                                           १

(ख) धातु पाता तौलहरु     सममूल्यता

संज्ञा क्यारेट                                                                                          मिलिग्राम
२                                                                                                                ४००
१                                                                                                                २००
५०।१००                                                                                                     १००
१०।१००                                                                                                       ४०
५।१००                                                                                                         २०
२।१००                                                                                                        १०
१।१००                                                                                                        २
०.५।१००                                                                                                     १

 

व्यवहारमा प्रयोग गरिने तौलहरुको वास्तविक श्रेणीमा २०, २०० र २।१००, २०।१०० का तौलहरु दुई दुई वटा हुनुपर्छ ।

गट्टादार ढकहरुः

(क) पदार्थः

यी ढकहरु पेलिएकोे, तानिएको वा थिचेर निकालिएको पदार्थबाट तयार गरिनु पर्छ र ढालेर तयार गरिएको हुनुहु“दैन । ढकहरु पित्तल, का“स, निक्केल, सिल्भर, अचुम्वकीय निक्केल, क्रोमियम वा अचुम्बकीय स्टेनलेसस्टीलबाट तयार गरिएको हुनुपर्दछ ।

३. (क) आकार र आयामः–

आकार तथा आयाम चित्र नं. ९ र तालिका नं. ९ बमोजिम हुनेछ ।

चित्र नं. ९

इजाजत दिइएका

घटी बढीका हदहरुः–

५०० क्यारेट                                             ८ मिलिग्राम
२०० ,,                                                      ६ ,,
१०० ,,                                                      ५ ,,
५० ,,                                                        ४ ,,
२० ,,                                                        ३ ,,
१० ,,                                                         २ ,,
५ ,,                                                           १ ,,

तर पहिलो जाँच गर्दा घटी हदको सयकडा ५० भन्दा घटी भएको हुनुहुँदैन ।

४. धातु पातामा तौलहरुः–

(क) पदार्थः–

१०।१०० क्यारेट र सोदेखि मुनिका तौलहरु आलुमिनियम पाताबाट बनाइनुपर्छ यसदेखि माथिका तौलहरु पित्तल, आलुमिनियम, निक्केल सिल्भर, निक्केल क्रोमियम वा काँसका पाताबाट तयार गरिनुपर्छ ।

(ख) आकार तथा आयामः– आकार चित्र नं. १० र आयाम तालिका नं. १० बमेजिम हुनेछ ।

६. अङ्कनः–

(क) ५० क्यारेट र सोदेखि मुनिका तौलहरु बाहेक हरेक तौलमा निर्माताको नाम वा ट्रेडमार्क र संज्ञा नमेटिने गरी अङ्कित गरिएको हुनुपर्छ ।

(ख) संज्ञाको संख्याका अङ्कन, अगाडि र पछाडि देवनागरी र अंग्रेजी अक्षरको बीचमा गरिनु पर्छ । संख्याको अङ्कन देवनागरी तथा अंग्रेजी दुवै लिपिमा चित्रमा देखाइए अनुसार क्रमशः तल र माथि लेखिनुपर्छ । निर्माताको नाम वा ट्रेडमार्क लिपिको आकारभन्दा तौलको संज्ञा तथा लिपि दोब्बर ठूलो हुनुपर्छ ।

(ग) तौलमा उठेका सङ्केत अथवा चिन्हहरु स्पष्ट बुझिने हुनुपर्छ । धातुपातामा टाँचा मारिएका सङ्केत वा चिन्हहरु स्पष्ट बुझिने र गहिरो हुनुपर्छ । यसरी मारिएका टाँचाहरु धेरै समयसम्म नमेटिने हुनुपर्छ । तर यस्ता तौलहरुमा सङ्केत चिन्ह आदिका टाँचाहरु गहिरो गरी लगाउँदा पाता फुट्ने वा भाँचिने गरी हुनुहुँदैन ।

७. प्याकिङः–

(क) हरेक क्यारेट तौलको सेटमा २ मा तोकिएको संज्ञाको श्रेणीदेखि बाहेक २,२०,२०० र २।१००, २०।१०० क्यारेटका एक एक थप ढकहरु समेत हुनुपर्छ ।

(ख) तौलहरु भित्र मखमलको कपडाले मोरिएको बट्टामा राखिनुपर्छ । साना साना धातुपाताका तौलहरु आफ्नाे स्थानबाट हट्न नसक्ने गरी काँच वा पारदर्शक पदार्थले ढाकिएको हुनुपर्छ । तौलहरु उठाउनको निमित्त बाकसमा एक चिम्टी समेत समावेश गरिएको हुनुपर्छ ।

खण्ड ३ तरल पदार्थ नाप्ने व्यापारिक ग्र्राहिता नापहरु साधारण यस खण्डमा तीन किसिमका व्यापारिक ग्राहिता नापहरु पर्दछन्ः–
(१) डुबाउने सिलिन्ड्रिकल
(२) खन्याउने सिलिन्ड्रिकल
(३) वृत्ताकार (कोनिकल)

सिलिन्ड्रिकल नापहरु दूध, खाने तेल आदि जस्ता वस्तुहरु र कोनिकल नापहरु– खनिज तेलहरु आदि जस्ता नाप्नेमा प्रयोग गरिन्छन् ।
संज्ञा यस्ता विभिन्न नापहरुको संज्ञा निम्न लेखिए बमोजिम हुनेछः–

३. आकार र आयामः–
(क) सिलिन्ड्रिकल डुबाउने र खन्याउने नापको आकार र आयाम क्रमशः चित्र नं. ११ (क),
(ख) र तालिका नं. ११ बमोजिम हुनुपर्छ

आयामको घटी बढीको हद १० लि. र २० लि. को निमित्त ५ प्रतिशत र अरु सबैको निमित्त १० प्रतिशत हुनेछन् । सबै आयामहरु मिमीमा ।

४. पदार्थः–

(क) सिलिन्ड्रकल ग्राहिता नामः–

आलुमिलियम वा आलुमिनियम मिश्र धातुपाता, पित्तल अथवा स्टेनलेस स्टील पाता ढलाई तयार गर्नुपर्छ । पाताको न्यूनतम मोटाई तालिका बमोजिम हुनुपर्छ ।

(ख) कोनिकल ग्राहिता नाप ग्यालभनाइज्ड स्टील पाता वा टीन प्लेटबाट तयार गरिनुपर्छ । पाताको न्यूनतम मोटाइ तालिकामा तोकिएबमोजिम हुनुपर्छ ।

(ग) ग्राहिता नापको भित्री सतहमा दाग लागेको हुनुहुँदैन र बिट एकनाससँग मिलेको हुनुपर्छ ।
(घ) खन्याउने सुविधाको निमित्त ग्राहिता नापहरुमा राम्रो र अनुपातिक आकृतिको टुटी भएको हुनुपर्छ ।
(ङ) कोनिकल ग्राहिता नापहरुमा पदार्थ नपोखिने गराउनको निमित्त एक रिटेनिङ लिप समेत राखिनु पर्छ र निरीक्षकको टाँचा लगाउनको लागि एक सीसासहितको फुली पनि हुनुपर्छ ।

(च) रिटेनिङ लिपको फेदमा ५ मिलिमीटर ब्यासको एक प्वाल रहेको हुनुपर्छ र तरल पदर्थ भर्दा सोही प्वालको तल्लो भागसम्म मात्र भर्नुपर्छ । यस्तो प्वाल हैण्डलसित समकमोण पारी राखिएको हुनुपर्छ । कोनिकल ग्राहिता नाप पिंधमा उपयुक्त तवरले समकोणस“ग राखिएको पाताद्वारा मजबूत गराइनु पर्दछ ।
(छ) कोनिकल ग्राहिता नापलाई लम्बबाट १२०ण् ढल्काउँदा सबै तरल पदार्थ पोखिने हुनुपर्छ ।
(ज) कोनिकल ग्राहिता नापहरु धेरै समयसम्म टिक्न सक्ने गरी प्रशस्त मजबूत हुनुपर्छ ।

मान्यता दिइएका जाँचको घटी बढीका हदहरु
डुबाउने, खन्याउने सिलिन्ड्रिकल र कोनिकल ग्राहिता नापहरुको घटी बढीको हद

५. अङ्कन–

(क) हरेक सिलिन्ड्रकल ग्राहिता नापहरुमा नमेटिने गरी निर्माताको नाम वा ट्रेडमार्क अङ्कित गरिएको हुनुपर्छ । (कोनिकल ग्राहिता नापहरुको सम्बन्धमा यस्तो संज्ञा नाम वा ट्रेडमार्क अंगमा नै कुंदिएको वा छुटृै पातामा अङ्कित गरी नझर्ने गरी जडेको हुनुपर्छ ।)

(ख) संज्ञाको संख्यामा अङ्कन देवनागरी र अंग्रेजी अक्षर दुवैमा क्रमशः देब्रे र दाहिनेपट्टि दिइनुपर्छ ।
(ग) संख्याको अङ्कको तदनुरुप तलतिर क्रमशः देवनागरी र अंग्रजी लिपीमा लि. वा. मिलि तथा (m।) वा (ज्ञ।) अङ्कित गरिएको हुनुपर्छ ।
(घ) संख्याको अङ्क र संज्ञाको आकार निर्माताको नाम वा ट्रेडमार्कभन्दा कमसेकम दोब्बर ठूलो हुनुपर्छ ।

खण्ड ३ (क)
ठूला भाँडाहरुको ग्रहिता मापाङ्कन गर्ने उपकरण

१. क्षेत्रः–

ठूला ठूला व्यापारिक बल्क मेजर, भेहिकल टैंक, बल्क मिटर आदि मापाङ्कन गर्न प्रयोग गरिने उपकरणहरु पर्दछन् ।

२. परिभाषाः मापाङ्कन गर्ने उपकरणको क्षमताः– मापाङ्कन गर्ने उपकरणको क्षमता भन्नाले नापिने तरल पदार्थ उपकरणमा भर्दा सोमा अङ्कित चिन्हस“ग तरल पदार्थहरुको मेनिस्कस निम्नतम विन्दुसँग मिलेको क्षमतालाई जनाउँदछ ।

३. संज्ञा (डिनोमिनेशन):-
मापाङ्कन गर्ने उपकरणको क्षमता ५०, १००, २००, ५००, १०००, १५००, २०००, ५००० लिटर हुनेछ ।

सबै आयाम मि.मि. मा संकेत गरिएको छ । आयामको घटीबढी हद ५ + प्रतिशतमा नाप्ने उपकरणको त्रुटि त्यसको कुल क्षमताको ०.१ प्रतिशतभन्दा बढी हुनुहुँदैन ।

४. (क) नाप्ने उपकरण माइल्ड स्टीलको पाता र पाइपबाट बनाइएको हुनुपर्छ ।

(ख) पाताको मोटाइ निम्न बमोजिमको हुनुपर्छ ।

क्षमता                                                          न्यून मोटाइ
५०० लिटरसम्म                                              १.८ मि.मि.
१००० लिटरदेखि १५०० लिटरसम                    २.५ मि.मि.
२००० देखि ५००० लिटरसम्म                           ४.० मि.मि.

५. निर्माण तथा बनावट

(क) नाप्ने उपकरण मजबुतसँग बाहिरी भागबाट वेल्डिङ्ङ्ग गरी जोडिएको हुनुपर्छ र भित्री सतहमा कुनै किसिमको उबड–खाबड तथा अन्य कुनै खराबी हुनुहुँदैन ।
(ख) नाप्ने उपकरणको भित्री भाग इपोक्सी रेजिन जस्ता प्रतिरोध क्षमता भएका पदार्थद्वारा पोतिएको र बाहिरी भाग रोगन गरिएको हुनुपर्छ ।
(ग) ठीक क्षमता यकीन गर्न नाप्ने उपकरणको माथिल्लो भाग (गर्दन) मा गेज ग्लास  नाप रेखाङ्कित ऐना वा ऐना झ्याल  मा ओभर फ्लो पाइपको व्यवस्था हुनुपर्छ ।
(घ) नाप्ने उपकरणको तल्लो भागसम्म पुग्ने गरी फिलिङ्ग पाइप उपलब्ध गराउनुपर्छ ।
(ङ) तरल पदार्थ भर्दा वा निस्कासन गर्दा हुन आउने भूमरी तथा अन्य अस्थीरताहरु रोक्नका लागि नाप्ने उपकरणको निकासद्वारा माथि व्याफल प्लेट जडान गरिएको हुनुपर्छ । तरल पदार्थको बहाबलाई बाधा नदिने तथा हावा वा अन्य तरल पदार्थलाई पस्न नदिने गरी व्याफल प्लेट बनाइएको हुनुपर्दछ ।
(च) नाप्ने उपकरणको निकास तरल पदार्थ खन्याउँदा भाँडो पूरै रित्तिने गरी निर्माण गरिएको हुनुपर्छ ।
(छ) स्थाई रुपमा जडान भएको नाप्ने उपकरण जमिनमा मजबुत साथ ठड्याउनका लागि उपयुक्त ढाँचाको स्टयाण्ड हुनुपर्दछ । उदाहरणका लागि चित्र नं. १२ (ख) र १२ (ग) मा देखाइएका छन् ।

(ज) खुटृीद्वारा अड्याइएको चल नाप्ने उपकरणको हकमा त्यसलाई ठड्याउन समतल जमिन र सतह मिलाउन चाहिने स्क्रीउजेक, स्पीरीट लेभल आदि त्यसैसाथ समावेश गरिएको हुनुपर्छ ।

(झ) नाप्ने उपकरण मिलान गर्न आवश्यक पर्ने एक वा दुई मिलान गर्ने साधन  उक्त उपकरणमा समावेश हुनुपर्छ । त्यस साधनबाट
भाँडोको क्षमताको ०.५ प्रतिशतसम्म मिलान गर्न सक्ने हुनुपर्छ । नाप्ने उपकरणमा समावेश भएका मिलान गर्ने साधनहरुलाई सिलबन्दी गर्न छेउमै सिलिङ लग व्यवस्था हुनुपर्छ साथै ग्रहिता अड्ढित चिन्हलाई मिलान गरी सकेपछि तलमाथि नपार्न सक्नका लागि सिल गर्न सक्ने ठाउँ हुनुपर्छ ।

(ञ) आवश्यक परेको बेला नाप्ने उपकरणको भित्री भाग रङ्गाउन वा निरीक्षण गर्न मानिस वा हात पस्न सक्ने व्यवस्था हुनुपर्छ ।

६. मापाङ्कन कार्यविधिः–

१. वितरण गरिने नाप्ने उपकरण मापाङ्कन विधि सफा छ छैन राम्ररी जाँच गर्नुपर्छ ।

(ख) नाप्ने उपकरणमा गेज ग्लास (न्बगनभ नबिकक) को व्यवस्था भएमा तरल पदार्थ भर्दा ग्रहिता अङ्कित चिन्हसम्म र ओभर फ्लो पाइप  को व्यवस्था भएको ओभर फ्लो हुने गरी भरिनुपर्छ ।

२. मात्रा नाप्नु पर्ने नाप्ने भाँडोको मापाङ्कन विधिः–

(क) नाप्ने उपकरण कुनै ठाउँबाट नचुहिने हुनुका साथै खिया तथा ग्रिज नलागेको र सफा भए नभएको राम्ररी जाँच गर्नुपर्छ ।
(ख) पूर्व मापाङ्कित उपकरणमा पानी भरी सो पानी जाँच गरिने उपकरणमा खन्याई सोबाट ग्रहिता हेर्नुपर्छ । केही गरी उपकरणको ग्रहिता नाप्ने अङ्कित चिन्हमा सोभन्दा घटीबढी भएमा मिलान गरी मिलाउनुपर्छ र सिलबन्दी गर्नुपर्छ ।

७. अङ्कन–

प्रत्येक नाप्ने उपकरणमा त्यसको क्षमता अङ्कित हुनुपर्छ । निर्माताको नाम र ट्रेर्डमार्क नमेटिने गरी अङ्कन भएको हुनुपर्छ । साथै संज्ञा देवनागरी वा अङ्गेज्रीमा अङ्कन भएको हुनुपर्छ ।

खण्ड ३ (ख)
पेट्रोलियम वा अरु तरल पदार्थ बोक्ने भेहिकल टैङ्क मापाङ्कन

१. परिभाषाहरुः–

क) भेहिकल टैङ्क– भेहिकल टैङ्क भन्नाले आवश्यक पाइप भल्वहरु, मिटरहरु आदि सहितको गाडी जनाउँदछ ।
(ख) खण्डः– खण्ड भन्नाले विभाजन भएको अवस्थामा तरल पदार्थ रहने कुनै एक खण्ड र विभाजन नभएको अवस्थामा सम्पूर्ण टैङ्कलाई सम्झनुपर्दछ ।
(ग) मापाङ्कनः– मापाङ्कन भन्नाले सम्पूर्ण टैङ्कको अथवा यसका खण्डहरुको क्षमता जाँची टाँचा लगाउने कार्य बुझाउँदछ ।
(घ) डिपस्टीकः– डिपस्टीक भन्नाले टैङ्कमा रहेको तरल पदार्थको गहिराई नाप्न प्रयोग गरिने पित्तल वा अरु कुनै उपयुक्त कडा पदार्थको चारपाटे डण्डी बुझाउँदछ ।
(ङ) अलेज स्टीक:– अलेज स्टीक भन्नाले पु्रफ लेभलबाट तरल पदार्थको गहिराई निश्चित गर्न प्रयोग गरिने पित्तल वा अरु कुनै उपयुक्त कडा पदार्थको टी आकारको डण्डी बुझाउँदछ ।

(च) अलेज संकेतकः– अलेज सङ्केतक भन्नाले तरल पदार्थ कहाँसम्म भर्ने सो सङ्केत गर्ने यन्त्रलाई बुझाउँदछ ।

(छ) प्रुफलेभलः– प्रुफलेभल भन्नाले सबै गहिराइको नापसँग सम्बन्ध हुने प्रसङ्ग बिन्दु (Reference level) बुझाउँदछ ।

(ज) डिप पाइपः– डिप पाइप भन्नाले तर पदार्थको उच्चतम सतह भन्दा माथि प्वाल भएको र टैङ्ककाे माथिल्लो भागबाट मजबुतीका साथ लम्ब रुपमा पिंधबाट करीब १५ से.मी. माथिसम्म पर्ने गरी जडान गरिएको पाइपलाई बुझाउँदछ ।

२. जाँच्ने माध्यमः–
(क) खण्ड जाँचः– भेहिकल टैङ्कको खण्डहरुको क्षमता निश्चित गर्न पानी वा अन्य उपयुक्त तरल पदार्थ प्रयोग गरिनेछ ।
(ख) मिटर जाँचः– भेहिकल टैङ्कको मिटर जाँच गर्दा मिटरले नाप्ने तर पदार्थ जस्तै गुणहरु भएका अन्य तरल पदार्थ प्रयोग गरिनेछ ।

३. उपकरण र औजारहरुः

भेहिकल टैङ्क मापाङ्कन गर्न निम्नलिखित उपकरण र औजारहरु प्रयोग गरिनेछन् ।

(क) प्रुभिङ नापहरुः यस्ता नापहरुको आवश्यकता परेमा यिनीहरुको यथार्थता उपयुक्त कार्यकारी नापहरुबाट जाँच गर्नुपर्दछ ।
(ख) मापाङ्कित बल्क मिटरः उपयुक्त कार्यकारी नापबाट यथार्थताको  जा“च गरिएका प्रिसेट भल्व, एयर इलिमिनेटर र स्ट्रेनर जडान
भएको मिटर ।
(ग) व्यापारिक नापहरुको सेट ।
(घ) होज पाइप, स्कीवर, पञ्च, ट्राइस्क्वायर, टायरप्रेसर गेज र घन आदि अरु उपकरण र औजारहरु ।

४. मापाङ्कन कार्यविधिः

(क) भेहिकल टैङ्कको मापाङ्कन ग्रहिता नाप सरह गरिनेछ । मिटर जडान भएका टैङ्कको हकमा मिटरलाई मापाङ्कन गर्दा छुटृै नाप्ने यन्त्र सरह मानी मापाङ्कन गरिनेछ ।

(ख) खण्डका क्षमता हिसाब गर्दा इमरजेन्सी, सेफ्टी वा माष्टर भल्व छुटृै आउने डेलिभरी लाइनदेखि निष्काशन भल्व  क्षमताको हिसाब   गरिनेछ ।

तर एउटै डेलिभरी पाइपलाइनबाट आउटलेट भल्वसम्म जोडिएको खण्डको हकमा खण्डको क्षमता भन्नाले डेलिभरी पाइपको क्षमता भन्नाले डेलिभरी पाइपको क्षमता बाहेकको क्षमता जनाउँदछ । निम्न कुरा स्थायी रुपमा स्थिति अनुसार नमेटिने गरी देखाइएको हुनुपर्छ । अङ्कित क्षमताले डेलिभरी लाइनको क्षमता समेत जनाउँदछ ।
वा अङ्कित क्षमताले डेलिभरी लाइनको क्षमता बाहेकको क्षमतालाई जनाउँदछ । निकासको सबभन्दा तल्लो स्थानमा सेफ्टी वा माष्टर भल्व जडान भएको हुनुपर्छ ।

(ग) भेहिकल टैङ्क मापाङ्कन गर्दा प्रयोग हुने कंक्रिटको समतल मञ्चको कुनै उपयुक्त ठाउँमा मचान वा त्यस्तै फ्रेमवर्कमाथि प्रुभिङ नाप वा बल्क मिटर जडान भएको हुनुपर्दछ ।

(घ) खण्ड मापाङ्कन गर्दा टैङ्क समतलबाट न्यून झुकाव हुने गरी राखिएको हुनुपर्दछ । यस्तो झुकाव जुन खण्डका लागि न्यून हुन आउंछ त्यही खण्डबाट क्रमिक रुपमा भर्ने कार्य हुनुपर्छ ।

(ङ) गाडीका पाँग्राहरुका चाप उचित हुनका साथ पाँग्राहरुको खियावटले मापाङ्क गरिने टैङ्कका समतलमा असर नपार्ने हुनुपर्छ ।
(च) टैङ्क खण्ड सफा गर्ने र जाँच्ने कार्य आवश्यकतानुसार गरिनु पर्छ ।
(छ) भेहिकल टैङ्क मापाङ्कन गर्नु अघि सो भेहिकल टैङ्कका कुनै अङ्गबाट चुहावट नभएको यकिन गर्न उपयुक्त मात्रामा पानी भरी जाँच गर्नुपर्दछ । मापाङ्कन गर्दा टैङ्क खण्डका भित्री सतह र पाइपलाइन पूरा भिज्ने गरी चाहिने मात्रामा उपयुक्त तरल पदार्थको प्रयोग हुनुपर्दछ ।
(ज) उपरोक्त सावधानीहरु अपनाइएपछि मापाङ्कन गरिने टैङ्क खण्डमा अङ्कित क्षमतासम्म उपयुक्त प्रुभिङ नाप वा बल्क मिटरद्वारा (ख) अनुसार भर्नु पर्छ । डिप अलेज डण्डीमा सावधानीपूर्वक नापको चिन्ह लिई यस्ता चिन्हहरुमा नमेटिने गरी रेखा काट्नु पर्दछ । अलेज संकेतक प्रयोग भएमा यसलाई ठीकसँग जडान गरी सिलबन्दी गर्नुपर्दछ ।
(झ) डिपस्टीकमा पु्रफलेभल देखाउन एउटा चिन्ह अङ्कित हुनुपर्छ । अलेज स्टीकको हकमा अलेज विन्दुबाट टि (T) ज्वाइन्टसम्मको दूरी त्यसमा अङ्कित हुनुपर्छ ।
(ञ) क्रमानुसार खण्डहरु भर्दा अघिल्ला भरिएका खण्डहरु भरिएकै अवस्थामा हुनुपर्दछ ।

५. मान्यता दिइने त्रुटिहरुः

(क) प्रुभिङ नापको क्षमता र त्रुटिहरु निम्न तालिकाबमोजिम हुनेछ ।

क्षमता लिटर                                             त्रुटिहरु मि.लि.
५०                                                                       ५०
१००                                                                    १००
२००                                                                    २००
५००                                                                    ५००
१०००                                                                 १०००
१५००                                                                 १५००
२०००                                                                २०००
५०००                                                                ५०००

(ख) भेहिकल टैङ्कमा रहेका खण्डहरुमा अधिकतम त्रुटि अङ्कित क्षमताभन्दा बढीमा ०.०५ प्रतिशत हुनेछ ।

६. (क)भेहिकल टैङ्कमा निरीक्षकको छाप लगाउन पित्तलको पाता रिपिट गरिएको हुनुपर्छ । उक्त पातामा तालिका बमोजिमको विवरण खुलाइएको हुनुपर्छ ।

(ख) खण्डको क्षमता मेनहोलको बिर्कोमा नमेटिने गरी अङ्कित भएको हुनुपर्छ र देखिने गरी टैङ्कको दुवैपट्टि रङ्गले लेखिएको हुनुपर्छ । एकभन्दा बढी खण्ड भएको अवस्थामा माथि झै प्रत्येक खण्डमा त्यसको क्षमता अङ्कित हुनुपर्छ र प्रत्येकको क्रमानुसार संख्या लेखिनुपर्छ । खण्डसँग जोडिएको निष्काशन भल्वमा सम्बन्धित खण्डको अङ्क हुनुपर्दछ ।

(ग) डिप अलेज स्टीकको टुप्पामा गाडीको दर्ता नं. र खण्डको क्षमता नभेटिने गरी अङ्कित भएको हुनुपर्दछ । एकभन्दा बढी खण्ड भएमा स्टीकमा रहेको पातामा गाडीको नम्बर, खण्डको क्रम संख्या, खण्डको पु्रफ र डिपरेखा र खण्डको क्षमता अङ्कित गरिएको हुनुपर्छ ।
७. क्रम संख्या ६ बमोजिमको रिपीट  गरिएको पित्तलको पातामा निम्न बमोजिमका कुरा निम्न बमोजिम अङ्कित हुनुपर्छ ।

नेपाल सरकार
उद्योग मन्त्रालय
नेपाल गुणस्तर तथा नापतौल विभाग
गुणस्तर तथा नापतौल कार्यालय
…………………………….नेपाल

स्टाण्डर्ड नापतौल ऐन, २०२५

गाडी धनीको नामः–
टैङ्क गाडीको संख्याः–
खण्ड संख्या खण्ड क्षमता (लिटरमा) निरीक्षकको छाप

खण्ड ४

व्यापारिक लम्बाई नाप (नदोब्रिने)

१. साधारणः–
धातुका लम्बाई नापहरु कपडा रिबन र काठको नापहरु काठको व्यवसायमा प्रयोग गरिनुपर्छ ।
२. संज्ञाः–
लम्बाई नापको संज्ञा निम्नप्रकार हुनेछन्ः–

१ मीटर
०.५ मिटर

३. (क) पदार्थः

यी नापहरु स्टेनलेसस्टील, निक्केल र क्रोमियम प्लेट गरिएको पित्तल वा माइल्ड स्टीलबाट तयार गरिनु पर्छ ।

(ख) आकार र आयामः–

आकार र आयाम चित्र नं. १३ बमोजिम हुनुपर्छ ।

(ग) अङ्कनः–

(अ) पहिलो १० सेन्टिमीटरसम्म हरेक सेन्टिमीटरको धर्साहरु अङ्कित हुनुपर्छ । यसबाट ५–५ सेन्टिमीटरको धर्साहरु अङ्कित गरिनुपर्छ । हरेक १० सेन्टिमीटरको धर्सा देवनागरी अङ्कले अङ्कित हुनुपर्छ । सेन्टिमीटर संज्ञाको धर्साको लम्बाई नापको चौडाइले आधा भागसम्म पुगेको हुनुपर्छ र हरेक ५ सेन्टिमीटर संज्ञाको धर्सा चौडाइको सम्पूर्ण भागसम्म कोरिएको हुनुपर्छ । ०.५ मिटरको नापमा चित्रमा झै २५ सेन्टिमीटरको धर्सामा एक क्रस चिन्ह अङ्कित हुनुपर्छ र १ मीटरको नापमा चित्र नं. १३ मा झै २५.५० र ७५ रौं धर्साहरुमा क्रस गरिएको हुनुपर्छ ।

(आ) लम्बाइ नापहरुमा धर्साहरुको अङ्कन नापको एकापट्टि मात्र हुनुपर्छ ।

(घ) मान्यता दिइएका घटीबढीका हदः– हरेक ५।५ सेन्टिमीटरको धर्साे ०.२५ मिलिमीटरभन्दा घटी वा बढी हुनुहुँदैन । साथै पूरा लम्बाइ तल दिइएबमोजिमको हदबाट घटीबढी नहुने गरी शुरुदेखि कुनै धर्सो १.० मिलिमीटरभन्दा बढीले फरक पर्ने हुनुहुँदैन ।


(ङ) चित्र नं. १३ बमोजिम हरेक नापको प्रत्येक छे्उको नजिक राखिएको प्वालमा एक तामाको किला दुवैपट्टि देखिने गरी बलियोसँग टाँचा लगाउनको निमित्त ठोकिएको हुनुपर्छ लम्बाई घटाउन बढाउन नसकिने गर्न, नापको दुवै छेउमा चित्र नं. १३ मा देखाइए झै तीराकार अङ्कित हुनुपर्छ ।

४. निर्माण र तयारीः–
(क) लम्बाइ नाप समान रुपले तयार गरिएको हुनपर्छ र मुनासिव माफिक सोझो हुनुपर्छ ।
(ख) लम्बाई नापमा अङ्कन  गरिएका रेखाहरु र क्रस चिन्हहरु बुझिने र व्यवहारमा प्रयोग गर्दा मुनासिव समयसम्म नमेटिने गरी गहिरोसँग वाङ्गिन ने गरी खोप्नु हुँदैन ।

५. अङ्कनः–

(अ) धर्सा नकोरिएको मोहडापट्टि शुरुको छेउबाट सम्पूर्ण लम्बाइको करीब एक तिहाई फासलामा लम्बाइको संज्ञा अङ्कित हुनपर्छ र निर्माताको नाम वा ट्रेडमार्क पनि अर्को छेउबाट त्यत्तिकै फासलामा अङ्कित गरिएको हुनुपर्छ ।

(आ) लम्बाई नापको परिमाण र संज्ञा क्रमशः देवनागरी र अंग्रेजी लिपिमा तल दिइए अनुसार अङ्कित गरिनुपर्छ र यी अङ्क वा अक्षरका आकार निर्माताको नाम वा ट्रेडमार्क भन्दा दोब्बर ठूलो हुनुपर्छ ।

१ मिटर

०.५ ,,

स्टील टेप नाप

१. संज्ञाः–

यस्ता टेपहरुको संज्ञाः– १, २, १०, १५, २०, ३० र ५० मीटरको हुनेछ ।

२. टेपः–
(क) टेपहरु स्टील या स्टेनलेस स्टीलका हुनेछन् र निम्नलिखित आयामको हुनेछन् ।
(ख) टेप नजोडिएका सिङ्गै हुनुपर्छ र चौडाइ घटीमा ५ मिलिमीटर मोटाइ ०.१ मिलिमीटर हुनुपर्छ ।
(ग) टेपका छेउहरु अलिकति गोलो पारिएको हुनुपर्छ । टेप राम्ररी पालिस गरिएको हुनुपर्छ र छयाकटे हुनुहुँदैन । टेपमा खिया नलागोस भन्ने हेतुले खिया अवरोधक पदार्थ लगाइनु पर्छ ।

(घ) तान्नको सुविधाको निमित्त टेपको बाहिरी छेउमा टेप बराबर चौडाइ भएको धातु पातामा जडिएको रीङ्ग वा अरु साधनको व्यवस्था गरिएको हुनुपर्छ ।

३. रेखाङ्कनः–
(क) सीधा राखिएको अवस्थामा टेपको लम्बाइ औंला राख्ने धातुको रिङ्ग समेतदेखि मानिनुपर्छ ।
(ख) टेपको रेखाङ्कन लम्बाइको पहिलो १० से.मि. सम्म १ मिमीको फासलामा गरिनु पर्दछ । बाँकी भागमा ५ मिमीको अन्तरमा अङ्कन गरिनु पर्दछ । रेखाङ्कन चिन्हहरुको लम्बाइ निम्नबमोजिमको हुनुपर्छ ।

एकाई                                                                   रेखाङ्कन चिन्हको

न्यूनतम लम्बाई मिमी
मिलिमीटर                                                                   २
पाँच मिलिमीटर                                                         ३
सेन्टिमीटर                                                                  ४

मीटर टेपको सम्पूर्ण चौडाइ

(ग) हरेक १० से.मी. र मीटर देवनागरी वा अंग्रेजी अङ्कद्वारा अङ्कित गरिनु पर्नेछ । साथै मीटर रेखा मी. वा m द्वारा लेखिनु पर्नेछ । पहिलो १० से.मी. सम्म हरेक से. मी. देवनागरी वा अंग्रजी अङ्कद्वारा चिन्हित गरिनु पर्नेछ । १०, १५, २०, ३०, र ५० संज्ञाको टेपहरुको अन्तमा मिटर वा meter द्वारा अङ्कित गरिनु पर्नेछ ।

४. मान्यता दिइएका घटी बढी हदहरुः–

(क) कार्यकारी स्टाण्डर्डसँग दाँज्दा १ र २ मीटर लम्बाइका टेपको हकमा २ किलो र १०, १५, २०, ३० र ५० मीटर लम्बाइका टेपको हकमा ५ किलो तनावमा समतल सतहमा टेप राख्दा घटी बढीको हद निम्नबमोजिम भन्दा ज्यादा हुनुहुँदैन ।

(अ) सँगसँगैको कुनै २ मिमी रेखा वा क्रमिक सेमी रेखाहरु ०.२ मिमीले भन्दा फरक पर्नु हुँदैन । क्रमिक कुनै १० सेमी रेखाहरु वा कुनै क्रमिक मीटर रेखाहरु ०.४ भन्दा ज्यादाले फरक पर्नु हुँदैन ।

(आ) टेपको शुरुदेखि नाप्दा जम्मा लम्बाइमा घटी बढीको हद तल दिइएको भन्दा फरक पर्नु हुँदैन ।

(१) १ मीटर रेखा ०.५ मिमी
(२) २ ,, ०.८ ,,
(३) ५ ,, १.० ,,
(४) ५ मीटरदेखि अरु कुनै मीटर रेखा (पहिलो ५ मीटरलाई १.० मिमी र हरेक मीटर वा मीटरको अंशको निमित्त ०.५ मिमि)

(ख) नयाँ जाँच र छड्के जाँच दुवैको निमित्त घटी बढीको हद उही हुनेछन् ।

५. अङ्कनः–

रेखाङ्कन नगरिएको सतहपट्टि तथा टेपको बट्टामा देखिने गरी निर्माताको नाम वा ट्रेडमार्क अंग्रेजी वा देवनागरी वा दुवैमा लेखिनुपर्दछ । संज्ञा क्रमशः देवनागरी वा अंग्रेजीमा लेखिनु पर्दछ । साथै बट्टामा बेर्ने दिशा देखाइएको हुनुपर्दछ ।

६. टाँचा लगाउनेः–
टेप नापहरुमा नापको शुरुको नजीक रेखाङ्कन सतह पट्टि टाँचा लगाइनु पर्दछ ।