अनुसूची – ५ व्यापारिक तौलने यन्त्रहरुको विवरण

अनुसूची – ५ व्यापारिक तौलने यन्त्रहरुको विवरण

अनुसूची – ५
(नियम १० को उपनियम (२) र (३) सँग सम्बन्धित)
व्यापारिक तौलने यन्त्रहरुको विवरण

खण्ड १ साधारण आवश्यकताहरु

१. यसमा निम्नलिखित किसिमका तौलने यन्त्रहरु समावेश गरिएका छन्ः–

(क) साधारण तराजु
(ख) तुलो
(ग) मञ्चयुक्त तौलने यन्त्र
(घ) काउण्टर मेशीन
(ङ) कमानीदार तराजु
(च) तौलने पुल
(छ) स्वयं सड्ढेतक र अर्ध सड्ढेतक तौलने यन्त्र
(ज) मानिस जोख्ने यन्त्र

२. (क) तौलने यन्त्रहरु साधारण कामको अवस्थामा निम्नलिखित कुराहरु पुर्याउने गरी वस्तु ढाँचा वा बनावटका हुनुपर्छः–

(अ) ठीक ठीक तौल देखाउने ।
(आ) बराबर बनाउनु नपर्ने गरी पार्टपूर्जाहरु निरन्तर सन्तोषजनक काम दिने ।
(इ) मिलानहरु मुनासिव हदसम्म स्थायी रहने ।
(ई) मुख्य मुख्य पूर्जाहरुमा अनुचित दवाव उत्पत्ति नहुने ।

(ख) सबै तौलने यन्त्रहरु साधारणतः हल्लने (भाइव्रेटिङ) किसिमका हुनुपर्छ । “भाइव्रेटिङ” किसिमको यन्त्र भन्नाले सड्ढेतक सन्तुलन स्थानको दुवैतिर हल्लने यन्त्रलाई सम्झनुपर्छ ।
(ग) तौलने यन्त्रहरु असल कालिगढी तथा निर्माणको हुनुपर्छ र सफा गरिएको अवस्थामा जा“चिनु पर्दछ ।
(घ) पार्टपूर्जा सहित भएका तौलने यन्त्रहरु जुन पार्टपूर्जाले यन्त्रको सच्चाइमा असर पर्ने हुन् सो बिना चलन गर्न नसकिने गरी निर्माण गरिनुपर्दछ । यस्ता पूर्जाहरु जुन जोख्ने यन्त्रका पार्टपूर्जा हुन् सोही यन्त्रका आंशिक अङ्क हुन् भन्ने थाहा हुने गरी यकिन भएको हुनुपर्छ ।

(ङ) कुनै यन्त्रमा साट्न हुने वा उल्टाउन हुने अङ्गहरु छन् भने यस्तो अङ्ग साट्दा वा उल्टाउँदा यन्त्रको सच्चाइमा असर पर्नु हुँदैन ।
(च) चक्कुधार र वियरिङ्गः– तौलने यन्त्रहरुमा प्रयोग गरिने चक्कुधार (नाइफ एज) र वियरि·हरु एगेट वा सुहाउँदो कडा वस्तु वा सुहाउँदा किसिमको स्टीलबाट बनेको हुनुपर्छ ।
(छ) जोख्ने यन्त्रहरुमा सबै रेखाङ्कनहरु एकनासका थोप्लाहरु वा रेखाहरुद्वारा गरिएको हुनुपर्छ ।

३. अङ्कनः–

(क) सबै तौलने यन्त्रहरुमा राम्ररी देखिने पढ्न सकिने तथा नमेटिने गरी निर्माताको नाम वा रजिष्टर्ड ट्रेडमार्क क्षमता र श्रेणी लेख्न जरुरत पर्नेमा श्रेणीसमेत अङ्कित हुनुपर्छ ।
(ख) (क) मा बताइएको निर्माताको नाम वा ट्रेडमार्क जाँच पास गर्ने अधिकारीको टाँचा वा मोहर जस्तो भई भ्रम पर्ने हुनुहुँदैन ।
(ग) तौलने यन्त्रहरुको क्षमता तल लेखिए अनुसार देखाइएको हुनुपर्छ ।

……. टन …… टनसम्म जोख्नको लागि वा (t.)
….. किलो ….. किलोसम्म जोख्नको लागि वा (kg.)
….. ग्रा ….. ग्रामसम्म जोख्नको लागि वा (g.)

४. मोहर लगाउने व्यवस्था:– सबै तौलने यन्त्रहरुमा निरीक्षकको टा“चा वा मोहर लगाउनको निमित्त नरम धातुको फुली वा ठेडी (स्टड) जडेको हुनुपर्छ । यस्ता फुली वा ठेडी यन्त्रको देखिने अङ्गमा जडिएको हुनुपर्छ र निरीक्षकको मोहर नमेटाई झिक्न वा हटाउन नसकिने तवरले
जडिएको हुनुपर्छ ।

५. जाँचः–

(क) संभव भएसम्म सबै तौलने यन्त्रहरु साधारण व्यवहार गरिएको अवस्थामा जाँचिनु पर्छ । बिक्रेता र निर्माताहरुको स्थानमा गरिने जा“चहरुको बाहेक बोक्न नसकिने खालका तौलने यन्त्रहरु तिनीहरु रहेको मौलिक स्थानमा जाँचिनुपर्छ ।

(ख) संभव हुने सबै अवस्थामा सबै तौलने यन्त्रहरुको सेन्सिटिभ्नेस् तथा अधिकतम त्रुटिपूर्ण भारमा जाँचिनुपर्छ ।
(ग) वाक्यांश (ख) मा देखा परेका सेन्सिटिभ्नेस् र त्रुटिको परिभाषा तल दिइए अनुसार सम्झनुपर्छ । “सेन्सिटिभ्नेस्” भन्नाले सन्तुलनको अवस्थामा तौलने यन्त्रको सड्ढेतकलाई आँखाले देख्न सकिने सबैभन्दा सानो सन्तुलनको अवस्थामा परिवर्तन ल्याउन पल्ला वा
मंचमा राख्नु पर्ने न्यूनतम तौललाई सम्झनुपर्छ । “त्रुटि” भन्नाले सड्ढेतकलाई असन्तुलनको अवस्थाबाट सन्तुलनको अवस्थामा
ल्याउन पल्ला वा मंचमा थप्नु वा झिक्नु पर्ने न्यूनतम तौललाई सम्झनुपर्छ ।

खण्ड–२
(दुई पल्ले साधारण तराजु (विम स्केल)

१. परिभाषाः–
(क) साधारण दुईपल्ले तराजु भन्नाले समान वाहु भएको, तीन चक्कुधार भएको, ३ वा बढी वियरिङ भएको, वाहुहरुको बीचमा सङ्केतक भएको र छेउका चक्कुधारहरुबाट पल्लाहरु झुण्डिएको तौलने यन्त्रलाई सम्झनुपर्छ ।

२. साधारण तराजुका श्रेणीः– साधारण तराजु तल लेखिएका चार श्रेणीमध्ये कुनै एक श्रेणी अन्तर्गत पर्दछ ।

(क) श्रेणी “क”:– यस्ता तराजुहरु रासायनिक, आस्से र दुईपल्ले तराजुहरु जसमा चक्कुधार र वियरि·हरुलाई अलग गर्ने व्यवस्था भएको तथा तालिका १४, १५ का आवश्यकताहरु पूरा गर्ने अरु साधारण तराजुहरु समेत पर्दछन् ।

(ख) श्रेणी “ख”:– यसमा सुन, चाँदी, वुलियन, व्यापारमा प्रयोग गर्ने तथा तालिकमा नं. १४ र १५ का आवश्यकताहरु पूर्ति गर्ने तराजुहरु पर्दछन् ।
(ग) श्रेणी “ग”:– यी तराजुहरु तालिका नं. १४ र १५ का आवश्यकताहरु बमोजिमका हुनेछन् ।
(घ) श्रेणी “घ”:– यस्ता तराजुहरु तालिका नं. १४ र १५ का आवश्यकता पूरा गर्ने हुनुपर्छ र श्रेणी “ग” को का“टाहरुदेखि छुटाउन बीचको चक्कुधारको दुवैतिरका पातामा एक एक वटा प्वाल ५ देखि १० मिमी व्यासको हुनुपर्छ ।

(ङ) साधारणतः विभिन्न किसिमको व्यापारमा प्रयोग हुने तराजुहरुको किसिम तल दिइए बमोजिम हुनेछन्ः–

(अ) श्रेणी “क” का तराजुहरु आस्से तथा सुक्ष्म तौलाइमा प्रयोग गरिन्छ ।

(आ) श्रेणी “ख” का तराजुहरु निम्नलिखित व्यापारमा प्रयोग गरिन्छः–

(१) सुन चाँदी ।
(२) बहुमूल्य धातु, बहुमूल्य पत्थर तथा माणिक्यादिमा ।
(३) केशर तथा अरु यस्ता मह“गो वस्तुहरु ।
(४) रसायन तथा औषधिहरु ।
(५) अत्तरादी सुगन्धका वस्तुहरु ।

(इ) श्रेणी “ग” का तराजुहरु निम्नलिखित पदार्थहरु तौलन प्रयोग गरिन्छः–

(१) तामा, पित्तलजस्ता साधारण धातुहरु ।
(२) साधारणतः महंगो पदार्थहरु चिया, कफी, सुर्ती, सुखा फलफूल, तेल, घिउ, अन्य इत्यादिमा ।

(ई) श्रेणी “घ” का तराजुहरु साधारणतः सस्ता खालका पदार्थहरु जस्तो फलाम, दाउरा, काठ, गोल, काम नलाग्ने कपास, सागपात इत्यादि तौलन प्रयोग गरिन्छ ।

३. पदार्थः–
(क) तराजुहरु सुलिस फलाम वा पित्तल वा काँस वा आलुमिनियम मिश्रधातु वा स्टेनलेस स्टीलबाट तयार गरिनुपर्छ ।
(ख) पल्लाहरु सुलिस फलाम, स्टेनलेसस्टील, पित्तल वा काँस, कडा काठबाट तयार गरिनु पर्दछ । “ग” र “घ” श्रेणीका तराजुहरुमा मात्र काठका पल्लाहरु प्रयोग गर्न सकिन्छ ।

(ग) तराजुको डण्डीबाट पल्लाहरु धातुको सिक्रीले अथवा धातुबाट बनेको रिकाव ( स्टिरप) द्वारा झुण्ड्याइनु पर्छ । तर १०० ग्रामदेखि मुनिका “ख” श्रेणीका तराजुमा पल्लाहरु रेशमको डोरीद्वारा झुण्ड्याइएको हुनुपर्छ ।

डण्डी जडान
४. तराजुहरुमा प्रयोग गरिने चक्कुधार तथा व्यरिङ्ग निम्नलिखित किसिमहरु मध्ये कुनै एक हुनुपर्छ । (क) “एगेट वक्स” (ब्नबतभ दयह):– यसमा एगेट वियरिङ्ग पित्तल वा फलामको बट्टामा जडिएको हुन्छ र बट्टाको छेउमा प्वालहरु पारिएका हुन्छन् ताकि चक्कुधारका बाहिर निस्केका चोसाहरुलाई बाकसभित्र पस्न दिई वियरि·मा बस्न वा उठ्न दिन सकियोस् ।
(ख) “डच एण्ड”:– यसमा छेउका वियरि·हरु डण्डीमा “कडी” (Shackle) बनाउन पेचद्वारा डण्डीमा कसिएका पाताहरुभित्र जडिएको हुन्छ ।
(ग) “स्वान नेक”:– यसमा डण्डीको छेउहरु लम्बाइको समकोण पारी फराकिलो पारिएको हुन्छ जसले गर्दा प्वालको आधार बीचको चक्कुधारसँग समान्तर रहन सक्छ ।
(घ) अटूट चक्कुधारः– यसमा चक्कुको सम्पूर्णधार वियरि·को पूरा लम्बाइमा रहने हुन्छ ।

५. निर्माणः–
(क) तराजुहरुमा मालयुक्त पल्ला हुनुहुँदैन ।
(ख) “क” श्रेणीका तराजुहरुमा अटुट चक्कुधार हुनुपर्छ र सबै चक्कुधारहरुलाई वियरिंगबाट मुक्त गरी राख्ने व्यवस्था पनि गरिएको हुनुपर्छ । तराजु ऐनाको बाकसमा राखिएको हुनुपर्छ । “क” श्रेणीमा हरेक यन्त्रहरुमा लेभल मिलाउने पेचहरु र लेभल संकेतक हुनुपर्छ ।
(ग) “ख”, “ग” र “घ” श्रेणीका तराजुहरुमा संतुलन गोला वा संतुलन बाकस झुन्ड्याउने सिक्री वा पल्लामा सुरक्षित साथ संलग्न गरिएको हुनुपर्छ ।

(आ) काठका पल्ला भएका तराजुहरुमा “सन्तुलन गोला” वा संतुलन बाकस हुनुपर्छ ।
(इ) तराजुको मिलानको निमित्त राखिएको कुनै पनि संलग्न अ· स्थिरतास“ग जडिएको हुनुपर्छ र समय समयमा मिलान गर्नको निमित्त संतुलन गोला वा संतुलन बाकस प्रयोग गरिएकोमा जडान मजबुतिसाथ क्षति पु¥याउन नसक्ने किसिमले गरिएको हुनुपर्छ ।
(ई) “संतुलन गोला” अथवा “संतुलन बाकसको आकार” ५० किलो मुनिको तराजुको हकमा, क्षमताको १ प्रतिशत तथा ५० किलो र सोभन्दा माथिको तराजुको हकमा, १ किलोभन्दा बढी कुनै पदार्थ (लुज मेटेरियल) अटाउने गरी ठूलो हुनुहुँदैन ।

६. अङ्कनः तराजुहरुमा श्रेणी, क्षमता, निर्माणको नाम वा नामको शब्दको पहिला अक्षरहरु वा ट्रेडमार्क देखिने गरी स्पष्टसँग र नमेटिने गरी अङ्कित गरिएको हुनुपर्छ । तराजुको क्षमता तथा श्रेणी देवनागरी तथा अंग्रेजी दुवै लिपिमा दिइएको हुनुपर्छ ।

७. जाँचः– (क) तराजुहरु पूर्ण भारमा वा विना भारमा हु“दा सेन्सिटिभ्नेस् र पूर्ण भारमा अधिकतम त्रुटि दुवै जाँचिनुपर्छ ।
सेन्सिटिभ्नेस् र त्रुटि तालिका बमोजिमको हुनुपर्छ ।

(ख) आधा क्षमताको भारमा पनि तराजुहरु जाँचिनुपर्छ । यस भारमा तराजुहरुका चक्कुधार र वियरिङ्गहरु गतिको यताउता गर्न सकिने सीमाभित्र पाश्र्वतिर चलाइँदा पूर्ण भारको निमित्त मान्यता दिइएको त्रुटि (घटी–बढीको हद) को पचास प्रतिशत भन्दा बढी हुनुहुँदैन । यसैगरी भारलाई पल्लाको कुनै पनि भागमा सार्दा पूर्ण भारको निमित्त मान्यता दिइएको त्रुटिको ५० प्रतिशतभन्दा बढी त्रुटि हुनुहुँदैन ।

८. टाँचा मार्नेः– साधारण दुई पल्ले तराजुहरुमा जाँचको टाँचा लगाउनको निमित्त बुजो वा ठेडी हुनुपर्छ । यस्तो बुजो वा ठेडी तराजुको देखिने भागमा हुनुपर्छ र टाँचा नबिगारिकन झिक्न नहुने तरिकाले जडेको हुनुपर्छ ।

 

खण्ड ३
काउण्टर मेशीन (चित्र नं. १५)

१. परिभाषाः काउण्टर मेशीन भन्नाले दुई बाहु बराबर भएको ५० किलोभन्दा क्षमता बढी नभएको तथा पल्लाहरु डण्डी (बिम) माथि भएको जोख्ने यन्त्रलाई जनाउंछ ।

२. क्षमताः– यस्ता यन्त्रहरु निम्नलिखित क्षमताका हुन सक्दछन्ः– ५०० ग्राम, १ किलो,
२ किलो, ३ किलो, ५ किलो, १० किलो, १५ किलो, २० किलो र ५० किलो ।
३. साधारण आवश्यकताहरुः–

(क) डण्डी वा मुख्य अङ्ग (बडी) को दुई भाग भएमा ती भागहरु कमसेकम दुई क्रस वारद्वारा जोडिनुपर्छ । पल्लाहरु मजबूत पाताहरु भएको मजबूत पूर्जामा जडेको हुनुपर्छ । बीचका टुक्राहरु वा काँटाहरु नबाँगिने तथा आफ्नाे ठाउँबाट नहट्ने गरी जडिएको हुनुपर्छ ।
(ख) अडानहरु (Stays) अंकुसीहरु तथा सुर्कनीहरु (लुप्स) का सबै वियरिङ्ग सतहहरु, चक्कुधारहरु तथा सम्पर्क बिन्दूहरु कडा स्टील वा एगेटको हुनुपर्छ । चक्कुधारहरु र वियरिङ्गहरु डण्डीलाई स्वतन्त्रतासँग चल्न दिने गरी जडान गरिएको हुनुपर्छ । चक्कुधारहरु आफ्नो कार्यभागको सम्पूर्ण लम्बाईसँग वियरिङ्गमा रहेको हुनुपर्छ ।

(ग) साना मिलानहरुको निमित्त काउण्टर मेशीनमा एक संतुलन बाकस हुन सक्नेछ । यस अवस्थामा संतुलन बाकस स्थायी तवरले ढक हाल्ने पल्ला मुनि राखिनुपर्दछ र यन्त्रको क्षमताको एक प्रतिशतसम्म कुनै पदार्थ अटाउने गरी ठूलो हुनुपर्दछ । मिलानको अरु कुनै व्यवस्था हुनुहुँदैन ।
(घ) पल्लाहरु सुलिस फलाम, स्टेनलेस स्टील, पित्तल वा काँस जस्ता कुनै उपयुक्त पदार्थको हुन सक्नेछन्, तथा कुनै व्यवहारिक आकारको हुनसक्नेछन् ।
(ङ) काउण्टर मेशीनका दुवै पट्टिका पल्ला तल झर्ने न्यूनतम गहिराई निम्न बमोजिम हुनुपर्नेछ ।

क्षमता                                                                                         गहिराइ

५०० ग्राम,१ किलो र २ किलो                                                        ६ मि.मी.
३ किलो, ५ किलो, १० किलो र १५ किलो                                      १० मि.मी.
२० किलो र २५ किलो                                                               १२ मि.मी.
५० किलो                                                                                 १३ मि.मी.

जाँचः–

४.(क) सबै काउण्टर मेशीनको सेन्सिटिभ्नेस् र त्रुटि, यन्त्रले पूर्णभार वहन गरेको अवस्थामा समतल सतहमा राखी जाँचिनु पर्छ र प्राप्त परिणामहरु तालिका नं. १६ मा दिइएको आवश्यकतानुसार हनुपर्छ ।
(ख) सेन्सिटिभ्नेस् तथा त्रुटिः–

(अ) यस्तो यन्त्रको सेन्सिटिभ्नेस् डण्डी समतल रहेको स्थितिमा, पूर्ण भारको क्षमतामा जाँचिनेछ र यसरी जाँच्दा तालिकामा निर्दिष्ट गरिएको तौलको परिमाणलाई पल्लामा राख्दा संकेतकले आफ्नो गतिको क्षेत्रको हदसम्म तल वा माथि चल्नुपर्छ ।

(आ) काउण्टर मेशीनको त्रुटि भन्नाले दुवै पल्लाहरुमा पूर्ण भार राख्दा डण्डीलाई समतल स्थितिमा ल्याउन, यदि आवश्यकता परेमा, चाहिने बढी वा घटी तौललाई जनाउँछ । यस्तो तौल तालिका १६ को कलम ३ वा ५ मा प्रसङ्गानुसार तोकिएको तौलभन्दा बढी हुनुहुँदैन ।

(ग) सेन्सिभिट्नेस्को जाँच पल्लाहरुमा पूर्ण भार राखिएको अवस्थामा मात्र गरिनु पर्दछ ।
(घ) माल हाल्ने पल्ला अर्धाकार (स्कूप) भएको अवस्थामा पूर्ण भारको आधा तौल आर्धाकार पल्लाको पछाडि पट्टि बीचमा राख्दा तथा बाँकी तौल पल्लाको जुनसुकै स्थानमा राख्दा यन्त्रले तोकिएको त्रुटिको घटी बढीको हदभित्र रही ठीक हुनुपर्नेछ ।

(ङ) माल हाल्ने पल्ला अर्धाकार छैन भने काउण्टर मेशीनको क्षमताको आधा भारको केन्द्र पल्लाको केन्द्रबाट पल्लाको अधिकतम लम्बाइको एक तिहाई फासलासम्ममा राख्दा वा पल्लाको ठाडो छेउ भएदेखि त्यस छेउको बीचसँग जोडिएर तथा सो भार पल्लामा कुनै स्थितिमा त्यसभित्र पर्ने गरी राखिंदा काउण्टर मेशीनले तोकिएको त्रुटिको हदको आधाभन्दा बढी तौलमा फरक देखाउनु हुँदैन ।

(च) पूर्ण क्षमताको आधा भारहरु पल्लाहरुमा रहेको अवस्थामा चक्कुधार व्यरिङ्गहरुलाई छेउतिर अगाडि वा पछाडि चल्न सक्ने हदभित्र चलाउँदा यन्त्रले सच्चाइमा कुनै विशेष फरक देखाउनु हुँदैन ।

 

५. टाँचा लगाउनेः–

टाँचा लगाउनको लागि, हरेक यन्त्रका डण्डी वा मुख्य अङ्गमा प्वाल पारेर नरम धातुको एक बुजो (प्लग) वा फुली (स्टड्) राखिएको हुनुपर्दछ । यस्तो बुजो वा फुली कुनै उपयुक्त तरिकाद्वारा आफ्नो स्थानबाट नहट्ने गरिएको हुनुपर्दछ ।

खण्ड ४
तुलो

१. परिभाषाः तुलो भन्नाले बाहुहरु बराबर नभएको तराजुलाई सम्झनुपर्छ ।
२. क्षमताः तुलोहरु निम्न क्षमताका हुन सक्नेछन्–
५, १०, २०, ५०, १००, १५०, २००, २५०, ३००, ५०० र १००० किलो ।
३. आकार तथा बनौटः
(क) तुलोको आकार साधारणतया चित्र नं. १६ मा झै हुनेछ ।
(ख) तुलोहरु स्टेनलेसस्टील वा सुलिस फलामबाट बनेको हुनुपर्छ ।
(ग) तुलोको डाँठ (शान्क) पूर्ण रुपमा सीधा हुनुपर्छ । तर डाँठको अनुप्रस्थ खण्ड ( क्रस सेक्शन) लम्बाइको सबै स्थानमा उत्तिनै हुनु आवश्यक छैन । डाँठमा रहने रेखाङ्कन वा दाँतीहरु एकै सतह (प्लेन) मा हुनुपर्दछ र रेखाङ्कन धार्साहरु डाँठको समकोणमा गरिनु पर्दछ ।
(घ) सार्ने संतुलकको चोसो दाँतीमा नचल्ने गरी बस्ने हुनुपर्छ ।
(ङ) डाँठलाई आवश्यकताभन्दा बढीमा चल्न नदिनको निमित्त तुलोहरुमा अवरोधक (स्टप) को वा अरु उपयुक्त बन्दोबस्त गरिएको हुनुपर्छ ।
(च) सार्ने संतुलक तथा झुण्ड्याउने अंकुसीहरु यन्त्रमा मजबूतसँग राखिएको हुनुपर्छ । सार्ने संतुलक (प्वाइज) तुलोबाहिर जान नदिन जडिएका किलो (नट) आदि छेउतिरका जडानहरु मजबूतसँग डाँठमा जडिएको हुनुपर्छ । सार्ने संतुलक स्वतन्त्रसँग सर्ने हुनुपर्छ तथा शून्यको चिन्ह भन्दा पछाडि जान नदिनको निमित्त एक अवरोधकको समेत बन्दोबस्त गरिएको हुनुपर्छ । तुलोमा संतुलक वा सार्ने संतुलक भए सो संतुलक वा सार्ने संतुलकमा भविष्यमा मिलानको निमित्त काटेर प्वाल पारिएको वा अरु कुनै व्यवस्था भएको हुनुपर्छ । सार्ने संतुलकमा टुक्रा पदार्थहरु राखिएको भए खस्न नसक्ने व्यवस्था गरिएको हुनुपर्छ ।

(छ) उल्टाउन हुने (इन्भर्सिवल) वा तीन अंकुसी भएका वा काउण्टर खालका तुलोहरु प्रयोग गर्न हुनेछैन ।
(ज) संतुलन ठीकसँग देखाउनको निमित्त तुलोहरुमा “फलक्रम” को ठीक मास्तिर एक ठाडो संकेतक राखिएको हुनुपर्छ ।
(झ) झिक्न हुने अंकुसी, किस्ती वा बाल्टिनको प्रयोग गरिएको स्थितिमा यस्तो अंकुसी किस्ती वा बाल्टिन तुलाको आवश्यक अङ्गहरु हुनेछ र सो बिना तुलो संतुलनमा आउन नसक्ने हुनुपर्छ ।

४. जाँचः–
(क) तुलोहरु पूर्ण भारमा सेन्सिटिभ्नेस् तथा त्रुटिको निमित्त जाँचिनु पर्दछ तथा तालिका नं. १७ को आवश्यकताको पूर्ति गर्ने हुनुपर्छ ।
(अ) सेन्सिटिभ्नेस्को पूर्ण भारमा तुलो समतल भएको स्थितिमा जाँचिनु पर्दछ । तालिकाको कलम (२) वा (४) मा तोकिएको तौल थप्दा तुलो चलेको देखिने हुनुपर्दछ ।

(आ) तुलोमा पूर्ण भार राख्दा, यदि आवश्यक परे, त्यसलाई समतल स्थितिमा ल्याउन, पर्ने तौल वा त्रुटि प्रसङ्गानुसार तालिकाको कलम ३ वा ५ मा तोकिएको हद बाहिर हुनुहुँदैन ।

(ख) हरेक संख्या अंकित विभाजन चिन्ह जाँचिनु पर्छ र भार बढाउँदै तथा घटाउँदै लगेर जाँचिदा समेत यन्त्र ठीक हुनुपर्छ ।
(ग) बीचका विभाजन चिन्हहरु पनि ठीक फासलामा छन् भन्ने यकिन गर्न जाँच गरिनु पर्छ ।
(घ) माथि लेखिएको भन्दा कम भारमा सेन्सिटिभ्नेस्को वा अरु जाँच गरिने छैन ।

५. टाँचा मार्नेः–
जाँच गर्ने निरीक्षकको टाँचा लगाउनलाई तुलोको काँध अगाडि पट्टिको सतहमा नरम धातुको एक बुजो वा फुली राखिएको हुनुपर्छ । यस्तो बुजो वा फुली डण्डीमा खोदेर वा अरु उपयुक्त तरिकाले आफ्नो स्थानबाट नहट्ने गरिएको हुनुपर्छ ।

खण्ड–५
मञ्चयुक्त तौलने यन्त्र (प्लेटफर्म वेइङ्ग मेशीन)

१. परिभाषाः–

(क) मञ्चयुक्त तौलले यन्त्र भन्नाले मिश्र (कम्पाउण्ड) लिभरहरु प्रयोग गरिएको तथा माल राख्ने ग्राहक साधारणतः मञ्च (प्लेटफर्म) आकार भएको यन्त्रलाई जनाउँछ। यस्ता यन्त्रहरुको क्षमता ३ टन भन्दा बढी हुनुहुँदैन तथा तौलको संकेत तुलो वा अरु किसिमको सङ्केतहरुद्वारा देखाउने हुनेछ ।

२. क्षमताः–
मञ्चयुक्त तौलले यन्त्रहरु निम्नलिखित क्षमताका हुन सक्नेछन्ः–
५०, १००, १५०, २००, २५०, ३००, ५००, १०००, १५००, २०००, ३००० किलो ।

३. साधारण आवश्यकताहरु –
(क) तुलोः–

(अ) मञ्चयुक्त तौलने यन्त्रको तुलोको अनुपातिक तौलहरु राख्ने आश्रय (सर्पोट) बाहेक अरु कुनै सजिलैस“ग हटाउन हुने भाग हुने छैन । सर्ने सन्तुलक वा सन्तुलकहरुलाई शुन्य रेखा पछाडि सर्न नदिनको निमित्त एक वा बढी छेकेवारहरु हुनुपर्छ । मञ्चयुक्त तौलने यन्त्रमा तुलोको गति तल माथि दुवैतिर १० मि. मी. भन्दा बढी हुनेछैन ।

(आ) प्रदर्शक (गाइड) को तल र माथि वा प्रदर्शकमा सर्ने तुलोको भागमा चुम्वकीय वस्तु जडिएको हुनुपर्नेछ र तुलोमा दाँतीको व्यवस्था भए
तिनीहरुलाई बचाउने व्यवस्था हुनुपर्छ ।

(इ) तुलोको सहायक डण्डीमा सबैभन्दा सानो विभाजन त्यस क्षमताको निमित्त मान्यता दिइएको घटी बढीको हदभन्दा बढी हुनुहुँदैन । तर २०० किलोग्राम वा कम क्षमता भएको हकमा सबैभन्दा सानो विभाजन रेखाकोमा (भ्याल्यू) त्यस क्षमताको निमित्त तोकिएको त्रुटिभन्दा बढी हुनसक्दछ तर १०० ग्राम भन्दा बढी हुनुहुँदैन ।

(ई) डायल, सहायक डण्डी र संभव हुने स्थितिमा मुख्य डण्डीको रेखाङ्कनको न्यूनतम विभाजन १ ग्राम वा ती भारहरुको १० वा १० को कुनै घात ( पावर) को गुना हुनुपर्छ ।

(ख) मञ्चः–

(अ) फैलिएको मञ्च राखिएको अवस्थामा मञ्चको बाकसको दुवैतिर मान्यता दिइने फैलावट बाकसको लम्बाइको २५ प्रतिशत भन्दा बढी हुनेछैन ।

(आ) यदि चलाउन हुने बाकस, बार, फ्रेम वा बाल्टिन साधारण प्लेटफार्मको साथमा प्रयोग गरिएको खण्डमा यस्तो वस्तु यन्त्रको अनिवार्य भाग हुनेछ र यो बिना यन्त्र सन्तुलन गर्न संभव हुनुहुँदैन । यस्तो बाकस, बार, फ्रेम वा वाल्टिन यो यन्त्रको हो भन्ने छुट्टिनु पर्दछ र मञ्चमा प्रयोगको अवस्थामा रहँदा यथासंभव बीचमा हुनुपर्दछ ।

(ग) सन्तुलन व्यवस्थाः–

(अ) तुलोमा सन्तुलन गोलाको प्रबन्ध गरिएको भए, त्यस्तो सन्तुलन गोला सजिलो पहु“च बाहिर हुनुपर्दछ ।
(आ) यन्त्रको दैनिक प्रयोगबाट हुन आउने त्रुटिको मिलानको निमित्त यन्त्रमा क्षमता ०.५ प्रतिशतभन्दा नबढ्ने गरी तथा दुबैतिर ०.१२५ प्रतिशत भन्दा नघट्ने गरी सन्तुलन व्यवस्था हुनुपर्छ (तालिका हेर्नुहोस्) सन्तुलन गोला रहने सन्तुलन बाकस तुलोमा हुन सकेसम्म बाकसबाट तुलोको डण्डीसम्म किलो ठोकी मजबुतसँग जडिएको हुनुपर्छ । एउटा फुस्काउन हुने साँचोद्वारा सन्तुलन गोला चलाउन सक्ने हुनुपर्छ ।

(घ) डायलको व्यवस्था गरिएको मञ्चयुुक्त तौलने यन्त्रहरुः–

(अ) “रैक” र “पिनियन” उपयुक्त कडा नखिइने वस्तुको हुनुपर्छ र सफासँग तयार गरिएको हुनुपर्छ ।
(आ) सङ्केतकको टुप्पो कुनै स्थितिमा पनि डायलको रेखाङ्कित सतहदेखि ५ मि.मि. भन्दा माथि हुनुहुँदैन साथै सङ्केतकको टुप्पो डायलको रेखाङ्कित भागमा हुनुपर्छ तर टुप्पोले रेखाङ्कनहरु पढ्न नमिल्ने गरी छोप्नु हुँदैन ।

(इ) डायल बराबर भागमा विभाजित भएको हुनुपर्छ र विभाजन चिन्हहरुको बीचमा कमसेकम २ मि. मी फासला हुनुपर्छ ।

(ङ) यन्त्रमा “टैर” नाप्ने रेखाङ्कन समावेश गरिन सक्नेछ (“टैर” भन्नाले सड्ढेतकले शून्यको चिन्ह नदेखाएकोमा सो देखाउन मञ्चमा थपिने तर यकीन गर्न आवश्यक नभएको भारलाई सम्झनुपर्छ) ।

(च) अनुपातिक तौलहरु नहुने यन्त्रहरुमा यन्त्रको क्षमता भन्नाले मुख्य डण्डीमा गरिएको रेखाङ्कनको माथिल्लो अङ्कलाई जनाउँछ ।

४. अनुपातिक तौलहरुः–
(क) मञ्चयुक्त तौलने यन्त्रमा सवै पृथक् (लुज) अनुपातिक तौलहरु नमेटिने अङ्क वा अरु उपयुक्त चिन्हद्वारा सो यन्त्रको हो भनी चिनिने व्यवस्था हुनपर्छ । यस्तो सन्तुलन तौलहरुमा चित्र १८ मा झै तिनीहरुले प्रतिनिधित्व गर्ने तौलहरु अङ्कित गरिनुपर्दछ ।
(ख) अनुपातिक तौलहरु षटकोणिक वा बाटुलो हुनेछन् र सन्तुलक (काउण्टर व्यालेन्स) मा राख्नको निमित्त सुहाउँदो किसिमसँग चित्र १८ मा झै काटिएको हुनुपर्छ ।
(ग) अनुपातिक तौलहरु कास्ट आइरन वा पित्तलको हुनुपर्छ ।
(घ) अनुपातिक तौलहरुमा मिलान गरेपछि मजबुतसँग सीसा अडाउनको निमित्त खोलिएको वा वाहिरतिर सा“गुरिदै आएको मिलान गर्न आयताकार प्वाल हुनुपर्छ । खोलिएको प्वाल मिलानलाई चाहिने सीसा अटाउन सक्ने गरी मुनासिवसँग ठूलो हुनुपर्छ । मिलान भइसकेपछि अनुपातिक तौलको मिलान गर्ने प्वालभित्र सीसाको तह, तौलको तल्लो सतहबाट कमसेकम ३ मि.मि. भित्र रहनुपर्छ ।

(ङ) अनुपातिक तौलहरु रहेका मंचयुक्त तौलने यन्त्रहरुमा सबैभन्दा थोरै संज्ञाको अनुपातिक तौलकोमा (भ्याल्यू) तुलोमा रहेको रेखाङ्कनको सबैभन्दा ठूलो अङ्क बराबर हुनुपर्छ ।

(च) अनुपातिक तौलहरुको संज्ञा १ किलो, २ किलो, ५ किलो, वा १० वा १० को अपवत्र्य वा १० को पूर्ण घात हुनुपर्छ ।
माथि उल्लेख गरिएको संज्ञाको जतिसुकै पनि अनुपातिक तौलहरु प्रयोग गर्न सकिने छ तर अनुपातिक तौलहरुद्वारा जनाइने जम्मा तौल सम्बन्धित तौलने यन्त्रको क्षमता भन्दा बढी हुनुहुँदैन ।

द्रष्टव्यः–

कुनै मञ्चयुक्त तौलने यन्त्रको क्षमता हिसाब गर्दा पृथक् तौल भएकोमा तुलोमा तथा पृथक् तौल नभएकोमा सहायक डण्डीमा देखाएको अधिकतम रेखाङ्कन समावेश गरिने छैन ।
(छ) रेखाङ्कित “टैर” डण्डी वा डण्डीहरु भएकोमा मञ्चयुक्त तौलने यन्त्रको क्षमता भन्नाले सो “टैर” डण्डी वा डण्डीहरुमा भएको रेखाङ्कन समेत समावेश गरिनु पर्दछ ।

द्रष्टव्यः–

शून्य चिन्ह बाहेक अरु रेखाङ्कन नभएको “टैर” डण्डीहरुको प्रयोग गरिएको खण्डमा यन्त्रको क्षमता हिसाब गर्दा “टैर” डण्डी समावेश गरिने छैन । रेखाङ्कन नगरिएका “टैर” डण्डीमा शून्य चिन्ह हुनुपर्छ ।

५. जाँचहरु तथा जाँचका आवश्यकताहरुः–
(क) शून्य भारमा मञ्चयुक्त तौलने यन्त्रको तुलो समतल रहनुपर्दछ ।
(ख) मञ्चयुक्त तौलने यन्त्रहरु पूर्ण क्षमतासम्मको रेखाङ्कन वा दाँतीहरु ठीक छन् भन्ने यकीन गर्नको निमित्त जाँच गरिनेछन् ।
(ग) सबै पृथक् अनुपातिक तौलहरु राखिएको भए हिनामिनाबाट बचावटको निमित्त जाँचेर उपयुक्त तवरले तिनीहरुमा टाँचा मारिने छन् ।
(घ) पूर्ण भारको एक चौथाई (वा त्यसको यथाशक्य नजिक) तौलहरु मञ्चको बीचमा वा कुनै कुनामा राख्दा मञ्चयुक्त तौलने यन्त्र डायल किसिमको भए तालिकाको कलम ४ मा दिइएबमोजिम तथा डायल बाहेक अरु किसिमको भए तालिकाको कलम ३ मा दिइए बमोजिमका त्रुटिहरुको आधा हदभित्र रही ठीक तौल देखाउनुपर्छ ।

(ङ) तुलो भएको मञ्चयुक्त तौलने यन्त्रको सेन्सिटिभ्नेस् तथा त्रुटिपूर्ण भारमा वा त्यसको यथाशक्य नजिकमा मात्र जाँचिने छ । यस्तो सेन्सिटिभ्नेस् तथा त्रुटि क्रमशः तालिकाको कलम २ र ३ मा तोकिएको हद बाहिर हुनुहुँदैन ।

(च) यी यन्त्रहरुको मुख्य मुख्य विभाजन वा दाँतीहरुलाई जनाइएको भारहरुमा जाँचिनुपर्छ र यसरी जाँच्दा कुनै मुख्य विभाजन वा दाँतीको मान बराबरको थप तौल राख्दा ठीकसँग देखाउने हुनुपर्छ ।

(छ) (ङ) मा उल्लिखित सेन्सिटिभनेस्को जाँच बाहेक, डायल भएको मञ्चयुक्त तौलने यन्त्रहरुमा पनि माथि वर्णन गरिएका जाँचहरु उस्तै ढंगबाट गरिनु पर्दछ । यस्ता यन्त्रहरु तालिकाको कलम ४ का आवश्यकताहरुको पूर्ति गर्ने हुनुपर्छ ।

६. टाँचा मार्ने तरीकाः–

(क) डायल किसिमका मञ्चयुक्त तौलने यन्त्रहरुमा जाँच गर्ने अधिकारीको टाँचा प्राप्त गर्नको निमित्त नरम धातुको एक बुजो प्रबन्ध गरिएको हुनुपर्छ र संभव भएमा यस्तो बुजो फ्रेम र डायलबाट छेडिएको हुनुपर्छ । डायलमा राखिएको यस्तो बुझो वा फुली, यन्त्रलाई कुनै हानि नहुने तरीकाले राखिएको हुनुपर्छ ।

(ख) डायल किसिमका बाहेक अरु मञ्चयुक्त तौलने यन्त्रहरुमा एउटा बुजो वा फुली सङ्केतक लिभर वा तुलोको कुनै देखिने स्थानमा जडान गरिएको हुनुपर्छ ।

खण्ड–६
कमानिदार तराजु (स्प्रिड्ढ व्यालेन्स)

१. परिभाषाः–

कमानीदार तराजु भन्नाले, माल राख्दा, कमानीको तनाव वा थिचाइद्वारा मालको पूरा तौल, डायलमा रहेको सड्ढेतको माध्यमद्वारा देखाउने यन्त्रलाइ जनाउ“छ ।

२. क्षमताः–

कमानीदार तराजु तालिका १९ मा दिइए मध्ये कुनै एक क्षमताको हुन सक्नेछ ।

३. साधारण आवश्यकताहरुः–

(क) यस अनुसूचीको खण्ड १ मा दिइएका साधारण आवश्यकताहरु बाहेक कमानीदार तराजुहरुले निम्नावङ्कित आवश्यकताहरुको समेत पूर्ति गर्नुपर्नेछ ।
(ख) माल राख्ने पल्ला कमानी मुनि हुने कमानीदार तराजु स्थायी रुपले कुनै आश्रय वा ब्राकेटबाट झुण्डिएको हुनुपर्छ ।
(ग) तराजुमा पल्लाको व्यवस्था भए यस्तो पल्ला पित्तल, काँस, कास्ट आइरन, सुलिस फलाम वा स्टेनलेसस्टीलबाट बनाइनुपर्छ । पल्लाहरु झुण्ड्याइने भए धातुको सिक्री वा धातुको आश्रय समेत समावेश हुनुपर्छ । सुलिस फलाम प्रयोग गरिएको खण्डमा उपयुक्त तवरले खिया लाग्नुबाट बचाइनुपर्छ ।

(घ) सङ्केतको टुप्पो १ मि.मी भन्दा बढी मोटो हुनुहुँदैन तथा डाइलको रेखाङ्कनबाट ३ मि.मी. भन्दामाथि हुनुहुँदैन ।
(ङ) डायल समान फासलाका रेखाङ्कनद्वारा विभाजित हुनुपर्छ तथा कुनै दुई विभाजन चिन्हहरु १५ किलोसम्म क्षमता भएकोमा २ मि .मी २० किलो वा सो भन्दा वढी क्षमता भएकोमा ३ मि.मी. भन्दा नजिक हुनुहुँदैन ।

(अ) दुई सँगसँगैका विभाजन चिन्हहरुले जनाउने तौल, तालिका १९ मा दिइएको मानभन्दा बढी हुनुहुँदैन ।
(आ) कुनै निर्धारित भारदेखि डायलमा रेखाङ्कन शुरु गरिएको भए, माल नराख्दाको सङ्केतकको स्थिति स्पष्टसँग शून्यको चिन्हद्वारा देखाइने हुनुपर्छ ।

(च) मिलाउन हुने सङ्केतकको व्यवस्था भएमा मिलानको विस्तार यन्त्रको क्षमताको १ प्रतिशत भन्दा बढी हुनेछैन तर खजिन पदार्थ जोख्ने कार्यको सम्बन्धमा प्रयोग हुने यन्त्रमा यस्तो विस्तार २ प्रतिशतसम्म हुन सक्नेछ ।

(छ) कमानीदार तराजुहरुको कमानीलाई क्षमताभन्दा अधिक भारको तनावबाट बचाउन यन्त्रको अङ्गमै कुनै उपयुक्त साधनको व्यवस्था गरिएको हुनपर्छ ।

(ज) कमानीदार तराजुहरुको अङ्ग पित्तल, कास्ट आइरन, सुलिस फलाम वा अरु उपयुक्त वस्तुबाट बनाइएको हुनुपर्छ र मुनासिव रुपमा मजबुतस“ग बनेको हुनुपर्छ ।

४. जाँचः–

(क) पल्ला कमानी मुनि भएमा, माललाई त्यसमा जहाँसुकै राख्दा पनि त्रुटि तोकिएको हदभन्दा बाहिर हुनुहुँदैन ।
(ख) पल्ला अर्धाकार भएमा पूर्ण भारको आधा तौल पल्लाको केन्द्रबाट सब भन्दा टाढा र बाँकी आधा तौल जुनसुकै स्थानमा राख्दा, त्रुटि तोकिएको हदभित्र हुनुपर्दछ ।

(ग) पल्ला अर्धाकार नभएमा, कमानीदार तराजुको क्षमताको आधा भारको केन्द्र पल्लाको केन्द्रबाट त्यसको अधिकतम लम्बाइको एक तिहाई फासलाभित्र राख्दा वा पल्लाको ठाडो छेउ भए त्यसको छेउको बीचसँग जोडेर बाँकी तौल पल्लाको कुनै पनि स्थानमा त्यसभित्र पर्ने गरी राख्दा कमानीदार तराजुको त्रुटि तोकिएको हदको आधि हदभित्र हुनुपर्छ ।

(घ) कमानीदार तराजुमा हरेक विभाजन चिन्ह जाँचिनुपर्छ ।

(ङ) कमानीदार तराजुले तौल निरन्तर बढाउँदै लगेर वा घटाउँदै लगेर जाँच्दा समेत, ठीक तौल देखाउनुपर्छ । तर यसरी तौल निर्धारित गर्न अघि यन्त्रलाई स्वाभाविक चालमा चल्न दिनुपर्छ ।

(च) कमानीदार तराजु २४ घण्टासम्म पूर्णभार राखेर सो भार हटाएको चार घण्टापछि तराजु भार राख्नु अघिको स्थितिमा फर्कनुपर्छ र (ङ) मा झै जाँच्दा ठीक रहनुपर्छ ।

(छ) कमानीदार तराजुहरुमा सेन्सिटिभ्नेस्को जाँच गरिने छैन ।

५. टाँचा लगाउनेः– कमानीदार तराजुहरुमा, निरीक्षकको टाँचा प्राप्त गर्नको निमित्त नरम धातुको एक बुजोको प्रबन्ध गरिएको हुनुपर्छ र संभव भएमा यस्तो बुझो फ्रेम वा डायलबाट छेडिएको हुनुपर्छ । यस्तो बुजो वा फुली, यन्त्रलाई कुनै हानि नहुने गरी राखिएको हुनुपर्छ ।

खण्ड–७
तौलने पुल (वे व्रिज)

१ परिभाषाः–

तौलने पुल भन्नाले सङ्केतन प्रबन्ध लिभर व्यवस्थादेखि भिन्दै जगमा स्थापना गरी, अनुपातिक तौलहरु वा अरु सङ्केतकको माध्यमद्वारा १००० किलो (एक टन) वा सो भन्दा माथि तौलनको निमित्त प्रयोग गरिने कम्पाउण्ड लिभरहरुद्वारा निर्माण गरिएको तौलने यन्त्रलाई सम्झनुपर्छ ।

२. क्षमताः–

तौलने पुलहरु निम्नलिखित क्षमताका हुन सक्नेछन्ः–
१, २, ३, ५, १०, १५, २०, २५, ३०, ४०, ५०, ६०, ८०, १००, १५०, २००, ३०० र ४०० टन ।

३. साधारण आवश्यकताहरुः–

१. (क) मञ्चयुक्त तौलने यन्त्रको सम्बन्धमा खण्ड ५ मा दर्शाइएका साधारण आवश्यकताहरु बाहेक तौलने पुलहरुले निम्नलिखित आवश्यकताहरुको पूर्ति गर्नुपर्नेछ ।

(ख) फ्रेमको ढाँचाः– (फ्रेमवर्क) तौलने पुलको प्रेम भएको खण्डमा यस्तो फ्रेम सुलिस फलामको पाता वा कास्ट आइरन वा कास्ट स्टीलबाट बनाउनु पर्छ । यस्तो फ्रेम ज्यादा धक्का वा थर्कावट प्रतिरोध गर्न सक्ने बलियो खालको र लिभर व्यवस्था यताउति हुन नसक्ने किसिमसँग उपयुक्त तवरले मजबुत हुने गरी बलियोसँग निर्माण गरिएको हुनुपर्छ ।

(ग) तौलने पुलहरुको तुलोको न्यूनतम गति दुवैतिर १३ मि.मी. हुनेछ ।

२. मञ्च चारखाने (चेकर्ड) वा सादा हुनसक्छ र कास्ट आइरन वा स्टीलको पाताबाट बनेको र पूर्ण भारसम्म ग्रहण गर्न सक्ने गरी बलियो हुनुपर्दछ । खाल्टोभित्र सजिलोसँग पस्न सुविधाको लागि एउटा मान्छे पस्ने प्वाल हुनुपर्छ ।

४. जाँच तथा जाँचका आवश्यकताहरुः–

तौलने पुलको जाँचको तरीका खण्ड ५ मा उल्लिखित मञ्चयुक्त तौलने यन्त्रको सरह हुनेछ तथा सेन्सिटिभ्नेस् र त्रुटिको हदहरु तालिका २० बमोजिम हुनेछ ।

५. भागहरु छुटयाउनेः– यन्त्रको सच्याइमा असर पर्ने छुट्याउन हुने भागहरु यस यन्त्रका हुन् भन्ने छुटयाउन नमेटिने गरी अङ्क वा अरु उपायद्वारा अङ्कित गरिनु पर्दछ ।

६. टाँचा मार्नेः–

(क) डायल किसिमका यन्त्रहरुमा निरीक्षकको टाँचा प्राप्त गर्नको निमित्त नरम धातुको एक बुजोको प्रबन्ध गरिएको हुनुपर्छ र संभव भएमा यस्तो बुजो फ्रेम वा डायलबाट छेडिएको हुनुपर्छ । यस्तो बुजो वा फुली यन्त्रलाई कुनै हानि हुने संभावनाबाट बचावट हुने गरी रहेको हुनुपर्छ ।
(ख) डायल किसिमका बाहेकहरु तौलने पुलमा एउटा फुली, सङ्केतक “लिभर” वा तुलोको कुनै देखिने स्थानमा जडान गरिएको हुनुपर्छ ।

खण्ड–८
मानिस तौलने यन्त्र

१ परिभाषाः–

मानिस तौलने यन्त्र भन्नाले कम्पाउण्ड लिभरको व्यवस्था भएको तथा तौल लिइने मानिसलाई ग्रहण गर्ने मञ्च भएको र तुलोद्वारा वा अरु कुनै सङ्केतन व्यवस्थाद्वारा अथवा टिकट छाप्ने कुनै यान्त्रिक साधनद्वारा मानिसको तौल देखाउने यन्त्रलाई बुझाउँछ ।

२. क्षमताः–

मानिस तौलने यन्त्रको क्षमता १२० किलो भन्दा घटी हुनुहुँदैन ।

३. साधारण आवश्यकताहरुः–

(क) मञ्चः– मञ्चको अधिकतम आकार ४०० मि.मी.  ३५० मि.मी. को हुनुपर्छ र फ्रेम बाहिर मञ्चको कुनै भाग निस्केको हुनुहुँदैन ।
(ख) तुलोयुक्त यन्त्रः–

(१) अनुपातिक तौलहरु अड्याउने आश्रय बाहेक तुलोमा अरु कुनै सजिलैसँग झिक्न सकिने अङ्गहरु रहेको हुनुहुँदैन । तुलोको तल माथि अधिकतम गति १० मि.मी. को हुनुपर्छ ।
(२) प्रदर्शक (गाइड) को तल र माथि वा प्रदर्शकमा पर्ने तुलोको भाग फलामको भए यिनीहरुमा अचुम्बकीय पदार्थ जडिएको हुनुपर्छ ।
(३) तुलोमा दाँतीको व्यवस्था गरिएको भए यस दाँतीको सुरक्षा हुने उपयुक्त ब्यवस्था हुनुपर्नेछ ।
(४) तुलोको न्यूनतम विभाजनको मान ५० ग्राम भन्दा बढीको हुनुहुँदैन र तुलोमा ५ किलो  ५० ग्राम विभाजनहरुद्वारा रेखाङ्कित भएको हुनुपर्छ ।
(५) सन्तुलन व्यवस्थाः– खण्ड ५ मा वर्णित मञ्चयुक्त तौलने यन्त्रको सरह हुनेछ । सन्तुलन गोलामा पसेको गट्टादार पेचद्वारा सन्तुलन गोला चलाइने व्यवस्था हुनुपर्छ ।

(ग) डायलयुक्त यन्त्रः– यन्त्रमा डायल राखिएको भए डायलको व्यवस्था मञ्चयुक्त तौलने यन्त्रको सरह हुनेछ तर विभाजन रेखाहरु १.५ मि.मी. भन्दा घटी फासलामा रहनु हुँदैन र न्यूनतम रेखाको मान ५०० ग्राम भन्दा बढी हुनुहुँदैन ।

(घ) टिकट छाप्ने किसिमको यन्त्रः– (१) यन्त्रमा भएका र्याक र पिनियन उपयुक्त कडा नखिइने वस्तुबाट बनेको हुनुपर्छ तथा चिल्लो पारी तयारी गरिएको हुनुपर्छ ।

(२) टिकटमा तौल बुझिने गरी अङ्कित गरिने हुनुपर्छ ।

४. अनुपातिक तौलः पृथक् अनुपातिक तौलहरु मञ्चयुक्त तौलने यन्त्रको सरह उपयुक्त किसिमका हुनेछन् तर मिलान गर्ने प्वालमा रहेको सीसाको सतह तौलको पिंधबाट भित्र २ मि.मी. भन्दा घटी फासलामा रहेको हुनुहुँदैन ।

५. जाँचः–

(क) तुलोको व्यवस्था गरिएको मानिस तौलने यन्त्रको तुलो मञ्चमा तौल नहुँदा समतल अवस्थामा रहनुपर्छ ।
(ख) यन्त्रको क्षमताको एक चतुर्थाश वा त्यसको यथासंभव निकटतम भार मञ्चको केन्द्रमा वा चारकुनामध्ये कुनै एककुनामा राख्दा तोकिएको त्रुटिको हदको ५० प्रतिशतभित्र रही तौलने यन्त्रले एउटै तौल देखाउने हुनुपर्छ ।
(ग) पूर्ण क्षमतासम्मका रेखाङ्कनहरु ठीक छन् भन्ने यकीन गर्न यन्त्र जाँचिनुपर्छ ।
(घ) तुलोको व्यवस्था भएको मानिस तौलने यन्त्रको पूर्ण भारमा त्रुटि तथा सेन्सिटिभ्नेस् जाँचिनुपर्छ । मान्यता दिएका त्रुटि र सेन्सिटिभ्नेस् तलको तालिका अनुसार हुनेछन् ।
(ङ) मानिस तौलने यन्त्रमा डायलयुक्त सङ्केतनको वा टिकट छाप्ने साधनको व्यवस्था भएमा यस्तो यन्त्रको त्रुटि मात्र जाँच गरिनुपर्छ । मान्यता दिइने त्रुटि कुनै पनि भारमा तालिकामा तोकिएको हदभन्दा ज्यादा हुनुहुँदैन ।

 

खण्ड–९
काउण्टर प्रकारका स्वयं संङ्केतक तथा अर्ध स्वयं सङ्केतक तौलने यन्त्र

१. परिभाषाः–

(क) स्वयं सङ्केतक तौलने यन्त्र भन्नाले तौलिने वस्तु त्यस्तो यन्त्रमा राख्दा वस्तुको सम्पूर्ण तौल स्वयं देखाउने यन्त्रलाई सम्झनुपर्छ ।
(ख) अर्ध स्वयं सङ्केतक तौलने यन्त्र भन्नाले तौलिने वस्तु त्यस्तो यन्त्रमा राख्दा वस्तुको आंशिक तौल स्वयं र बाँकी तौल टैर वा क्षमता डण्डीमा जडिएको कुनै तौल वा सर्ने सन्तुलक वा अरु कुनै उपयुक्त माध्यमद्वारा देखाउने यन्त्रलाई सम्झनुपर्छ ।

२. क्षमताः–

स्वयं सङ्केतक वा अर्ध स्वयं सङ्केतक तौलने यन्त्रहरुको क्षमता तलको तालिकामा दिए अनुसार हुनेछ ।

३. साधारण आवश्यकताहरुः–

(क) यन्त्रमा सङ्केतन व्यवस्था काम गर्न कमानीको प्रयोग नगरी डण्डी वा दोलक ( पेन्डुलम) सम्बद्ध लिभरहरु वा अरु किसिमको अवरोधक उपाय संयोग गरी साधारणतः स्वयं सङ्केतक वा अर्ध सङ्केतक तौलने यन्त्रहरु तयार गरिनुपर्छ । माल राख्ने पल्ला र तौल राख्ने पल्लाको जडानहरु डण्डी चलुन्जेलसम्म समतलमा रहने गर्न सकिने किसिमले लिभरहरुको व्यवस्था हुनुपर्छ । सङ्केतकलाई तुरुन्त विश्रामको अवस्थामा ल्याउने “डेस पट” वा अरु कुनै उपयुक्त व्यवस्था यन्त्रमा रहेको हुनुपर्छ ।

(ख) पल्लाहरुको आश्रय उपयुक्त अपरिवर्तनीय बनावटको हुनुपर्छ । पल्लाहरु सुलिस फलाम, स्टेनलेसस्टील, पित्तल वा काँस आलुमिनियम वा यसका मिश्र धातु, पोर्सिलेन, इनामेल पोतिएको स्टील, का“च वा प्लास्टिक जस्ता पदार्थहरुबाट तयार गरिनुपर्छ ।

(ग) वियरि· सतह, चक्कुधार र सबै अडान, अंकुसी र सुर्कानिहरुका सम्पर्क बिन्दुहरु कडा स्टील वा एगेटबाट तयार गरिनुपर्छ । डण्डीलाई स्वतन्त्रतासँग चल्न हुने किसिमले र चक्कुधारहरु यथासम्भव आफ्नो सम्पूर्ण लम्बाई वियरिंग माथि अड्न हुने किसिमले चक्कुधारहरु र वियरिंगहरु जडान गरिएको हुनुपर्छ । सबै लिभरहरु र अवरोधक व्यवस्था यथासम्भब यन्त्रभित्र जडान गरिएको हुनुपर्छ ।

(घ) सूक्ष्म मिलानको निमित्त यन्त्रमा सन्तुलन बाकसको प्रबन्ध हुनुपर्छ र हुन सकेसम्म यस्तो बाकस तौल राख्ने पल्लामुनि स्थायी किसिमले राखिएको हुनुपर्छ । सन्तुलन बाकसमा यन्त्रको क्षमताको १ प्रतिशतसम्म मिलान गर्ने पदार्थहरु राख्न सकिने हुनुपर्छ । अरु कुनै मिलान गर्ने साधन यन्त्रमा हुनुहु“दैन । स्वयं सड्ढेतक तौल यन्त्रको सम्बन्धमा सन्तुलन बाकस माल राख्ने पल्लाको ठीक मुनि रहेको हुनुपर्छ ।

(ङ) यन्त्रहरुको पट (चार्ट) समान भागहरुमा विभाजन गरिनु पर्दछ र यस्ता विभाजन चिन्हहरु बृहत्करण (म्याग्निफिकेशन) को व्यवस्था गरिएकोमा बाहेक एक अर्कोबाट १० किलो र त्यसभन्दा कम क्षमताको निमित्त १.५ मि.मी. र १ किलोभन्दा माथिको क्षमताको निमित्त २.० मि.मि. भन्दा कम फासलामा हुनुहुंदैन । सँगसँगैका दुई विभाजन चिन्हहरुले जनाउने आधा तौल, तालिका नं.२२ मा दिइएको अधिकतम त्रुटिको हदभित्र रही ठीक हुनुपर्छ । सङ्केतकको टुप्पो १.० मि.मी. भन्दा बढी मोटो र पटदेखि ३.० मि.मी. भन्दा माथि हुनुहुँदैन । यन्त्रमा तौलने वस्तु नराखिंदा सड्ढेतक स्पष्टसँग शून्य चिन्हमा रहनुपर्छ ।

(च) पटको अल्प (माइनर) रेखाहरुको मान १ ग्राम, २ ग्राम, ५ ग्राम वा तिनका दशको अपवत्र्य अथवा १० को घातका अनुपातमा हुनुपर्छ ।
(छ) धरातल (लेभल) ले मिलाउन आवश्यक नभएको यन्त्रहरुमा बाहेक सबै स्वयं सड्ढेतक तथा अर्ध स्वयं सङ्केतक यन्त्रहरुमा धरातल मिलाउनको लागि पेचहरु र एउटा वृत्ताकार हावाको फोका भएको स्पिरिट लेभल हुनुपर्छ ।

(ज) “टैर” डण्डीहरु विभाजित गरिएको खण्डमा पटको तथा टैर” डण्डीको क्षमता जोड्दा तालिकामा दिइएका क्षमताहरुको अनुकूल क्षमताको हुन आएमात्र चलन गर्न पाइनेछ ।

द्रष्टव्यः–

शून्य चिन्हद्वारा मात्र अङ्कित गरिएको “टैर” डण्डीहरु प्रचलन गरिएको खण्डमा यन्त्रको क्षमता निकाल्दा यस्ता टैर डण्डीहरुको क्षमता हिसाब गरिनेछैन । विभाजित नगरिएको सबै टैर डण्डीहरुमा शुन्यको चिन्ह अङ्कित हुनुपर्छ ।

४. जाँचः–

(क) सबै स्वयं सड्ढेतक तथा अर्ध स्वयं सड्ढेतक यन्त्रहरुमा समतल क्षेत्रमा जाँच गरिनुपर्दछ ।

(ख) यन्त्रहरुको जाँच क्रमशः भार बढाउ“दै लगेर हरेक संख्याड्ढित विभाजन चिन्ह जाँचिनुपर्छ र अरु विभाजन चिन्ह पनि ठीक छन् भन्ने कुरामा निरीक्षकलाई चित्त बुझ्नुपर्छ । मान्यता दिइने त्रुटिको हद तालिकामा दिइएबमोजिम भन्दा बढी हुनुहुँदैन ।

(ग) यन्त्रको क्षमताको आधा भार पल्लाको केन्द्रबाट सो पल्लाको अधिकतम लम्वाइको एक तिहाई फासलाभित्र जुनसुकै स्थानमा राख्दा, डायलले देखाएको तौलमा (थाहा हुने किसिमसँग) कुनै पर्याप्त फरक हुनुहुँदैन ।

(घ) पल्ला अर्धाकार भएको खण्डमा, पूर्ण भारको आधा अर्धको बीचमा र बाँकी आधा अर्धको कुनै पनि भागमा राख्दा यन्त्र मान्यता दिइएको त्रुटिको हदभित्र रही ठीक हुनुपर्छ ।

(ङ) स्वयं सङ्केतक र अर्ध स्वयं सङ्केतक यन्त्रहरुमा सेन्सिटिभ्नेस्को जाँच गरिनेछैन ।

५. टाँचा लगाउनेः– निरीक्षकको टाँचा प्राप्त गर्नको निमित्त हरेक यन्त्रमा डण्डीको कुनै उपयुक्त देखिने ठाउँमा नरम धातुको एक बुजो वा फुली राखिएको हुनुपर्छ । यस्तो बुजो वा फुली डण्डीमा प्वाल पारेर वा अरु कुनै उपयुक्त उपायद्वारा आफ्नो स्थानबाट नहट्ने गराइएको हुनुपर्छ ।